महोत्सवका आकर्षण राजेशद्वय

 राजेशद्वयलाई हेर्न लागेको दर्शकहरुको भीड

दमक÷झापाको दमकमा जारी आदिवासी जनजाति सांस्कृतिक महोत्सवमा सधै भन्दा बिहीबार तेब्बर दर्शक उपस्थित भए । अकर्षकको कारण कुनै औद्योगीक प्रदर्शनी वा बिक्री थिएन । गायक राजेशपायल राई र नायक राजेश हमालको उपस्थिति हुने प्रचारसँगै बिहानैदेखि दर्शकको उपस्थिति बढेको थियो ।
आदिवासी जनजाति महासंघ दमक नगर समन्वय परिषद्को आयोजनामा गत माघ-१४ देखि शुरु भएको महोत्सवमा ५ दिनपछि सबैभन्दा बढी दर्शक उपस्थित भएको आयोजक समितिका सचिव पदम जवेगुले बताए । उनीहरुल्ो दीपेन्द्र नेपालद्वारा रचना गरिएका गीतहरुको संग्रह ुको हुन् तिु संयुक्त रुपमा बिमोचन गरे । सो क्रममा गायक राईले आफ्ना नयाँ तथा पूराना लोकपि्रय गीतसँगै दर्शक उचाल्ने गरी नृत्य समेत प्रस्तुत गरे । सो क्रममा उनले पालैपालो आफूले लगाएका शरीरको माथिल्लो भागका कपडा खोलेका थिए ।
उनले नौजाले मायालु ढ्यान्ट्याडाङ् लगायतका आधा दर्जन गीत गाएपछि मिताको सम्बोधन गरेर ुमहानायकु हमाललाई स्टेजमा बोलाएका थिए । सो क्रममा राजेशपायलले ुमलाई पनि अंग्रेजीमा बोल्न सिकाई देउनु ुयो रातै रमाईलोु ुकालो-कालो कपालमाु
लगायतका गीत गाएर आफूसँगै हमाललाई पनि गाउन लगाएका थिए भने हमाल गाउनेसँगै नाचेका पनि थिए । सो क्रममा हमालले एउटा कविता पनि सुनाए । उनको कवितामा देशको सीमाना मिचिएको तथा राष्ट्रियता संकटमा परेको भाव सुनेपछि दर्शकले उनले नाचेपछि भन्दा बढी तालीले साथ दिए ।
महोत्सवमा विभिन्न औद्योगीक हस्तकलाका सामान तथा आदिवासी सांस्कृतिक पहिचानका विभिन्न एक सय ओटा स्टल रहेका छन् । महोत्सवमा बिहीबार नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका हस्तकला विभाग सदस्य कर्णप्रसाद मास्के चित्रकला विभाग सदस्य शान्तकुमार राईले अवलोकन गरेका थिए । सोपछि उनीहरुल्ो माघ-२२ गते महोत्सव स्थलमा रहेका १३ ओटा नमूना घर मध्ये उत्कृष्ट २ घरलाई पुरस्कृत गर्ने जानकारी दिए ।
महोत्सवमा आज राजवंशी संस्कृति तथा धुर्मुस सीताराम कट्टेल र कुाजना घिमिरेको प्रस्तुति रहने महोत्सवका कला संयोजक शिव नेपालले जानकारी दिए ।

0 प्रतिकृया:

Post a Comment