हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्वि

पत्रकार पौडेल हत्या प्रकरण प्रहरीको अर्को प्रतिवेदन सार्वजानीक, सञ्चारकर्मी तथा नागरिक समाजद्वारा असन्तुष्टि


बिर्तामोड(३०चैत)÷ जिल्ला प्रहरी कार्यालय झापालले ८ दिन अघि झापाको बिर्तामोडमा हत्या गरिएका पत्रकार यादव पौडेलका बारेमा बुधबार सार्वजनिक गरेको प्रतिवेदन प्रति पत्रकार तथा नागरिक समाजका अगुवाहरुले आपत्ति जनाएका छन् ।
प्रहरीले घट्नालाई तोडमोड गरी प्रतिवेदन सार्वजनिक गरिएको भन्दै नेपाल पत्रकार महासंघका अगुवा तथा नागरिक समाजका अगुवाहरुले आपत्ति जनाएका हुन् । प्रहरीको प्रतिवेदनमा पत्रकार पौडेललाई उनीसँगै गएका होटल व्यवसायी युवराज गिरीले तीन तला माथिबाट धकेलेर मारेको उल्लेख छ । उनी पत्रकार पौडेलको सक्रियतामा प्रकाशन हुने भनिएको ‘उज्यालो पूर्व’ नामक पत्रिकाका प्रकाशक थिए । गिरी र पौडेलले हत्या हुने दिन समेत दिन भर बिर्तामोडमा पत्रिकाको कार्यालय कोठा खोजीमा खटिएका थिए ।
    प्रहरीले पक्राउ गरेका मध्ये मोरङको सुन्दरपुर–५ घर भई बिर्तामोडमा पूर्वाञ्चल सेकुवा कर्नर सञ्चालन गर्ने सोमनाथ ढकाल, उनकी श्रीमती मञ्जु भनिने फूलमाया कार्की, होटल व्यवसायी युवाराज गिरी र पाँचथर घर भई बिर्तामोडमा डेरा गरेर ठेक्का व्यवसाय गर्ने मदन राई विरुद्ध पत्रकार पौडेलका जेठान छविलाल खतिवडाले गत चैत २५ गते प्रहरीमा किटानी जाहेरी हालेका थिए । प्रहरीले प्रतिवेदन सार्वजनिक गर्दै हत्यामा गिरी, कार्की र ढकाल मुख्य अभियुक्त रहेको जनाएको छ । प्रहरीले किटानी जाहेरी परेका राई भने फरार रहेको जनाएको छ । पक्राउ परेकी होटल सञ्चालिका कार्की तथा गिरीबीच डेढ वर्ष देखि सम्बन्ध रहेको र शारीरिक सम्पर्क समेत हुने गरेको कार्कीले प्रहरी समक्ष बयान दिएको प्रहरीको प्रतिवेदनमा उल्लेख छ । घट्नाका बारेमा थप अनुसन्धान भइरहेको समेत प्रहरीले जनाएको छ ।
    जिल्ला प्रहरी कार्यालय  झापाका प्रहरी उपरीक्षक तारिणीप्रसाद लम्सालका अनुसार लामो समय देखि चिनजान रहेका गिरीले राति १२.४० बजे पूर्वाञ्चल सेकुवा कर्नरको छतबाट खसालेर हत्या गरेका हुन् । शव परीक्षण प्रतिवेदनमा समेत शरीरका कुनै ठाँउमा धारिलो हतियार प्रयोग नभएको र फोक्सो तथा कलेजो फुटेको र दुई ओटा करङ् भाँचिएकोे प्रहरीले जनाएको छ ।
प्रहरीको प्रतिवेदनमा २१ गते राति ७ बजे तिर पौडेल तथा गिरी बिर्तामोड बसपार्क नजिकैको देउराली होटलमा पुगेर राति १० बजे सम्म बसेको र सो पछि बिर्तामोडस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयमा केहीबेर बसी घट्ना भएको पूर्वाञ्चल सेकुवा कर्नर तर्फ लागेको उल्लेख छ । राति ११ बजे तिर सेकुवा कर्नरबाट नैं पौडेलसँगै रहेका गिरी र मदन राई नामका व्यक्तिबीच २० मिनेट भनाभन भएको र सो पछि केही व्यक्तिहरु सहित राई सेकुवा कर्नरको बाहिर आएर होहल्ला गरेको प्रहरीले जनाएको छ । करिव १५ मिनेटको विवाद पछि ५÷६ जनाको संख्यामा आएका राई सहितको टोली फर्किको प्रहरी प्रतिवेदनमा उल्लेख छ  । सो पछि पत्रकार पौडेलको हत्या भएको लम्सालले बताए ।
    प्रतिवेदनले घट्नामा संलग्न अरुलाई उन्मुक्ति दिलाउने र दोषीलाई समेत न्यून कार्बाही गराउने प्रयास गरेको महासंघ झापा शाखाका अध्यक्ष गणेश पोखरेलले बताए । यस्तो प्रतिवेदनले घट्नाको सत्यता सार्वजानीक गर्न नसकेकाले निश्पक्षरुपमा घट्नाको पुन ः छानविन गरिनु पर्ने उनको माग छ ।
    पत्रकार पौडेलको हत्या बारे छानविन गर्न नेपाल पत्रकार महासंघले गठन गरेको उच्च स्तरीय मिडीया मिशनका सदस्य समेत रहेका महासंघका केन्द्रीय सचिव जगत नेपालले हत्याको निश्पक्ष छानविन नभए र वास्तवीक दोषीमाथि कार्वाही नभए सम्म पत्रकारहरुको आन्दोलन नरोकिने बताए ।
        सो अघि महासंघ झापा शाखा र प्रेस चौतारीको आयोजनामा बिर्तामोडमा भएको विरोध ¥याली पछि आयोजित कोणसभामा महासंघका केन्द्रीय सचिव जगत नेपाल, झापा शाखाका अध्यक्ष गणेश पोखरेल, प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष प्रकाश खतिवडा, केन्द्रीय सदस्य चेतन अधिकारी, प्रेस युनियनका केन्द्रीय सदस्य कृष्ण हुमागाँई  क्रान्तिकारी पत्रकार संघ झापाका अध्यक्ष तारामणि सापकोटा लगायतका वक्ताले पत्रकारको आन्दोलनलाई कमजोर बनाउने गरी प्रहरीले प्रतिवेदन सार्वजनिक गरेको बताए ।
    यस्तै झापाका उद्योगी व्यवसायी तथा राजनीतिक दलका नेताहरुले समेत पत्रकारहरुको आन्दोलनप्रति ऐक्यवद्धता जनाएका छन् । झापा उद्योग वाणिज्य संघका अध्यक्ष उमेश डालमिया, निर्माण व्यवसायी संघ झापाका अध्यक्ष गणेश बस्नेत, जिफन्ट मेचीका सचिव श्रीमननारायण पौडेलले घट्नाको निष्पक्ष छानविन हुन नसकेको बताए । नेकपा एमालेका अध्यक्ष रविन कोईरालाले भने प्रहरी–प्रशासन घट्नालाई कमजारे बनाउने प्रयत्नमा लागेको उल्लेख गरेका छन् । कार्यक्रममा अनेरास्ववियूका केन्द्रीय सदस्य अशेष घिमिरे, नेविसंघका जिल्ला सभापति नारायण गिरी लगायतले घट्नामा संलग्नहरुलाई अविलम्ब कार्बाही गरिनु पर्ने माग गरे ।
    पत्रकार पौडेलको गत चैत २२ गते राति बिर्तामोडको बसपार्क नजिकै हत्या गरिएको थियो । उनी राजधानी दैनिक, एभिन्युज टेलीभिजन तथा झापाबाट प्रकाशन हुने मेची टाईम्स दैनिकमा आवद्ध थिए ।

आन्दोलनका थप कार्यक्रम
उच्च स्तरीय मिडिया मिशनका सदस्य, महासंघ झापा शाखा तथा झापाका अगुवा पत्रकारहरुको भेलाले आन्दोलनलाई थप सशक्त पार्ने निर्णय गर्दै आन्दोलनका थप कार्यक्रम तय गरेको छ ।
महासंघका केन्द्रीय सचिव जगत नेपाल, केन्द्रीय सदस्य तथा पूर्वाञ्चल संयोजक मोहनकाजी न्यौपाने, प्रेस चौतारीका केन्द्रीय उपाध्यक्ष प्रकाश खतिवडा, अनिजका केन्द्रीय उपाध्यक्ष दीपिन राई, प्रेस युनियनका केन्द्रीय सदस्य कृष्ण हुमागाँई, प्रेस चौतारीका केन्द्रीय सदस्य चेतन अधिकारी, जिल्ला अध्यक्ष गोपाल गड्तौला, क्रान्तिकारी पत्रकार संघ झापाका अध्यक्ष तारामणि सापकोटा, महासंघ जिल्ला शाखाका पदाधिकारी लगायतको भेलाले आन्दोलनलाई थप शसक्त पार्ने निर्णय गर्दै थप आन्दोलन घोषणा गरिएको हो ।
जस अनुसार बिहीबार गैह्रसरकारी संस्था महासंघसँग छलफल, अन्तरक्रिया तथा घट्नाको विरोधमा प्रदर्शन गर्ने, आगामी बैशाख २ गते झापाका सम्पादक, प्रकाशक तथा सञ्चारगृह सञ्चालकहरुसँग छलफल र अन्तरक्रिया गर्ने, बैशाख ३ गते पेशागत महासंघसँग छलफल र अन्तरक्रिया गर्ने, बैशाख ४ गते पौडेलेको १३ औं पुन्य तिथिका दिन रक्तदान कार्यक्रम गर्ने र बैशाख ५ गते जिल्लाका राजनीतिक दलहरुसँग छलफल र अन्तरक्रिया गर्ने कार्यक्रम रहेका छन् । त्यस्तै भेलाले पत्रकार पौडेलको हत्या भएको १३ औं दिन सम्म छापा सञ्चार माध्यम तथा टेलिभिजनहरुमा प्रकाशन÷प्रशारण गरिने गरेको प्रेस स्वतन्त्रताको पक्षमा तथा हत्याको विरोधको नारालाई निरन्तरता दिने समेत निर्णय गरेको छ ।

तस्विर ः वाँयाबाट क्रमश ः हत्याका आरोपी युवाराज गिरी, होटल सञ्चालीका मन्जू भनिने फूलमायाँ कार्की र होटल सञ्चालक सोम ढकाल ।

मुख्य समाचार र उपमुख्य समाचार

विशेष कारणबश आजको हाम्रो पत्रिकाको मुख्य र उपमुख्य समाचार वेबसाइटमा अपडेट नगरेको सहर्ष जानकारी गराउँदछौ ।

“संघीयता बिनाको संविधान आउँदैन”

काठमाडौं, चैत्र १९/राष्ट्रपति डा. रामवरण यादवले संघीयतामा जाँदा बुद्धि पु¥याउन राजनीतिक दलका नेताहरुलाई आग्रह गरेका छन् । उनले संघीयतना बिना संविधान जारी हुन नसक्ने भन्दै देश विखण्डन नहुने गरी संघीयतामा जानु पर्ने बताए ।

शनिबार शीतल निवासमा रिपोर्टर्स क्लबको ज्ञापन पत्र बुझ्दै राष्ट्रपति यादवले संघीय प्रदेश निर्माण गर्दा कसरी गर्ने भन्ने विषयमा दलहरुले बुद्धि पु¥याएर काम गर्नुपर्ने उल्लेख गरे । राष्ट्रपतिले भने, ‘मुलुकको एकता अखण्ड हुनुपर्छ । यसमा आँच नआउने गरी संघीय प्रदेशहरु निर्माण गर्नुपर्छ । त्यसले नै देश र जनताको हित हुन्छ म त्यसको पक्षमा छु ।’
राष्ट्रपति यादवले प्रमुख राजनीतिक शक्तिहरुको बीचमा सहमतिको वातावरण बनेकोले जेठ १४ भित्र शान्ति र संविधान आउने विश्वास ब्यक्त गरे ।
संसारमा लागु भएका शासन प्रणालीका राम्रा–राम्रा पक्षलाई समेटेर लोकतान्त्रिक मूल्यमान्यता भएको शासन प्रणाली अपनाउनु पर्ने  धारणा राख्दै भने, ‘लोकतान्त्रिक मूल्यमान्यता भएको संविधान बन्नुपर्छ ।’ विहारका बासिन्दा केही वर्षअघिसम्म धान काट्न नेपाल आउने गरेको स्मरण गर्दै उनले अहिले विहार समृद्ध बन्दै गएको उल्लेख गरे ।

जवजबाट नै वर्गीय आन्दोलन

गौरादह, चैत्र १९/ नेकपा एमालेका केन्द्रीय सदस्य घनश्याम भुषालले जनताको बहुदलीय जनवादबाट नैं नेपालको वर्गीय आन्दोलन सफल हुने बताएका छन् ।
पार्टीको झापा क्षेत्र नम्बर–६ ले गौरादहमा शनिबार गरेको क्षेत्रीय कार्यकर्ता प्रशिक्षणमा उनले विश्व कम्युनिष्ट आन्दोलनको सारतत्व नै ‘जवज’ भएको उल्लेख गरे । ‘जनताको बहुदलीय जनवाद वर्तमान सन्दर्भमा’ बिषयमा प्रशिक्षणका क्रममा उनले विश्वका सबै प्रकारका कम्युनिष्ट आन्दोलबाट सिकेको पाठ पछि जवज सिद्धान्त अनुसरण गरिएको उल्लेख गरे ।
प्रशिक्षणमा पार्टीका राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य हिक्मत कार्कीले समसामयिक विषयमा प्रशिक्षण दिँदै संबिधान लेखन र शान्ति प्रकृया जटिल मोडमा पुगेको उल्लेख गरे । पार्टीका क्षेत्रीय कमिटी अध्यक्ष योगराज दाहालको अध्यक्षतामा भएको कार्यक्रममा क्षेत्र अन्तर्गतमा सबै गाउँ कमिटी पदाधिकारी तथा सदस्यहरु सहभागी थिए ।

आठ महिनामा २ सय ३४ घण्टा बन्द

दमक, चैत्र १९/गएको आठ महिनामा दमक ट्राफिक प्रहरीले करिब ४ हजार सवारी साधनहरुलाई कार्वाही गरी ६ लाख बढी राजश्व संकलन गरेको छ ।
दमक आसपासका मुख्य सडकमा ट्राफिकले चेकजाँचका क्रममा सवारी नियम उल्लंघन गर्ने ३ हजार ९ सय ४६ विभिन्न सवारी साधनहरुलाई कारवाही गरेबापत ६ लाख ७४ हजार ७ सय ५० रुपैयाँ संकलन गरेको हो । ट्राफिकका प्रनानी होम अधिकारीका अनुसार ति अवधिमा कारवाहीमा पर्ने आधा नै मोटरसाईकलको संख्या भएको जनाए ।
सोही अवधिमा ८६ ओटा दुर्घटना हुँदा ५ महिला सहित १० जनाको ज्यान गएको ट्राफिक प्रहरीको तथ्यांकमा छ । ट्राफिक कार्यालयका अनुसार सो आठ महिनामा बस ३ सय १२, ट्याक्टर ३ सय १४, ट्रक ८ सय ६५, कार जीप ४ सय ४९ र मोटरसाईकल २ हजार ६ ओटा सवारी साधन कारवाहीमा परेका छन् ।
यसैगरी सोही अवधिमा दमक क्षेत्रमा २ सय ३४ घण्टा ४० मिने बन्द आह्वान गरिएको थियो । ट्राफिकका अनुसार साउनमा ११ घण्टा, मंसीरमा १ सय १ घण्टा ३० मिनेट, पुसमा ५६ घण्टा, माघमा ११ घण्टा १० मिनेट र फागुनमा ५५ घण्टा यातायात बन्द गरेका थिए । यस्तै अवैध रुपमा सवारी नियन्त्रण गर्न ट्राफिक प्रहरीले सक्रिय बढाएपछि पछिल्लो समयमा २१ ओटा सवारीसाधनहरुलाई आवश्यक कारवाहीका लागि इटहरीस्थित राजश्व कार्यालयमा बुझाइएको प्रनानि अधिकारीले बताए ।

‘रगतको खोलो बग्छ’

काठमाडौ, चैत्र १९/राज्य पुनर्संरचना आयोगका सदस्य मल्ल के. सुन्दरले नयाँ संविधानमा संघीयता नभए रगतको खोलो बग्ने चेतावनी दिएका छन् ।
‘संघीयता भएन भने रगतको खोलो बग्छ,’ संघीयतासहितको संविधानका लागि दबाब दिन शनिबार राजधानीको खुलामञ्चमा आयोजित आमसभामा उनले भने, ‘त्यस्तो आन्दोलनको सुरुवात मधेसीले गर्दछ, आदिवासी र जनजातिले सुरु गर्दछ, तेस्रो जनआन्दोलन हुन्छ ।’ उनले संघीयता भए देश टुक्रन्छ भनेर मिडियाले
पनि एकतर्फी समाचार सम्प्रेषण गरेको आरोप लगाए ।
सुन्दरले मुलुक टुक्र्याउने छुट कुनै पनि समूहलाई नभएको बताउँदै अहिलेसम्मको आन्दोलनलाई सम्मान गर्न संघीयता चाहिएको बताए ।

लिम्बुवानका युवा र महिला समिति

दमक, चैत्र १९/कुमार लिङ्देन नेतृत्वको संघीय लिम्बुवान राज्य परिषद्ले झापामा युवा तथा महिलाका जिल्ला समितिहरु चयन गरेको छ ।
संघीय युवा मञ्चको जिल्ला इञ्चार्जमा देवु गड्सन, अध्यक्षमा दर्शन तुम्बापो, उपाध्यक्षत्रयमा फणिन्द्र पन्धाक, चन्द्र राजवंशी र समु घतानी (लामा) सचिवमा लोकबहादुर बस्नेत तथा सदस्यहरुमा भाइचुङ साम्रा लिम्बु, श्याम तामाङ, आकाश घिमिरे
(चाइनिज) सहित २५ जना चयन भएका जनाइएको छ ।
त्यसैगरी महिला परिषद्को जिल्ला अध्यक्षमा बविता मगर (राई), उपाध्यक्षद्वयमा बुद्धिमाया फागो र रनमाया नाल्बो, सचिवमा विष्णु भट्टराई तथा सदस्यहरुमा सुशीला थेवे, स्वीकृति, लिम्बु, सुनिता सुब्बा, कला सुब्बा, प्रेमा धिमाल, आशा मावो र रुपा लिम्बु चयन भएका संघीय लिम्बुवान राज्य परिषद्का केन्द्रीय सदस्य धनराज सुब्बाले जनकारी दिए ।
परिषद्का केन्द्रीय उपाध्यक्ष ज्ञानु इम्बुङको प्रमुख आतिथ्य र बबिता राईको अध्यक्षतामा भएको भेलामा केन्द्रीय सदस्य धनराज सुब्बा, बैकल्पिक केन्द्रीय सदस्य प्रेम घिमिरे र दिलकेशर थापा लगायतले मन्तव्य राखेका थिए । सो अवसरमा कार्यकर्ताहरुका लागि प्रशिक्षण समेत सञ्चालन गरिएको थियो ।

गौरादहमा जनमुखी स्वास्थ्य केन्द्र

गौरादह, चैत्र १९/ गौरादहमा शनिबारबाट जनमुखी स्वास्थ्य केन्द्र अस्पताल सञ्चालनमा आएको छ ।
सामुदायिक स्वास्थ्य पर्यावरण केन्द्रले सञ्चालन गरेको अस्पतालको डा.सञ्जय रिमालले उद्घाटन गरेका हुन् । केन्द्रका अध्यक्ष राधा आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा डा. अजित शाह अतिथि रहेका थिए । कार्यक्रममा अस्पताल सञ्चालक समितिका सदस्य टंक अधिकारीले स्वागत मन्तव्य राखेका थिए । अस्पताल १५ शैयाको रहेको छ ।

‘काठमाण्डौ’ दमकमा आयो

दमक, चैत्र १९/आकाश अधिकारीद्वारा निर्देशित चलचित्र काठमाण्डौको दमकमा प्रदर्शन शुरु भएको छ ।
अमेरिकाका बिभिन्न स्थान तथा काठमाण्डौका चलचित्रहरुमा प्रदर्शन पश्चात चलचित्रबारे जानकारी दिन शनिबार दमकमा आयोजित पत्रकार भेटघाटमा चलचित्र ‘काठमाण्डौ’का निर्देशक तथा नायक आकाश अधिकारीले यस अघि प्रदर्शित स्थानहरुमा सफल भएको चलचित्र दमक लगायतका स्थानहरुमा पनि सफल हुने विश्वास व्यक्त गरे ।
पत्रकार भेटघाटमा नायक अधिकारी र नायिका ममता

अमेरिकामा समेत छायाङ्कन गरिएको ‘काठमाण्डौ’ बिदेशीने युवाका समस्या, बालश्रमको अवस्था तथा पारिवारीक कथामा आधारित रहेको उनले बताए । चलचित्रमा केहि अमेरिकी कलाकारको समेत अभिनय रहेको छ । ४२ दिनसम्म राजधानीमा प्रदर्शन भएको चलचित्र हाल दमक, धरान, बुटवला, पोखरा लगायतका स्थानमा प्रदर्शन भइरहेको जनाइएको छ । दक्षिण एशियामा नै उत्कृष्ट ठहरिएको प्रविधी सो चलचित्रमा प्रयोग भएको अधिकारीले दाबी गरे ।
पत्रकार भेटघाटमा चलचित्रकी नायिका ममता प्रधानले चलचित्र ‘काठमाण्डौ’ ले मनोरञ्जन दिनुका साथै सामाजिक उत्तरदायित्व समेत बहन गरेको बताईन् ।

बुढासुब्बा गोल्डकप फुटबलको उपाधि थ्री स्टारलाई – खेल समाचार

काठमाडौं, चैत्र १९/चिरप्रतिद्वन्द्व मनाङ मस्र्याङ्दीलाई पराजित गर्दै बुढासुब्बा गोल्डकप फुटबलको उपाधि थी स्टार क्लबले जितेको छ ।
शनिबार भएको फाइनल भीडन्तमा मनाङलाई १–० गोल अन्तरले पराजित गर्दै थ्रीस्टारले चौथो पटक बुढासुब्बा गोल्डकपको उपाधि जितेको हो । उपाधिसँगै थ्रीस्टारले २ लाख ५० हजार रुपैयाँ मात्र हात पारेन, मनाङको १४ खेलको अपराजित यात्रामा पूर्णविराम लगाएको छ । राष्ट्रिय लिगको तेस्रोचरणमा हिमालयन शेर्पासँग हारेयता मनाङ चुकेको थिएन । उप–बिजेता मनाङले भने १ लाख ५० हजार रुपैयाँमा चित्त बुझाएको छ ।
धरानस्थित एन्फा एकेडेमीको मैदानमा खेलमा थ्रीस्टारको जितमा मनाङका पूर्व खेलाडी सन्तोष साहुखलले निर्णायक गोल गरे । हालै मात्र मनाङबाट थ्रीस्टार गएका उनले खेलको ३२ औं मिनेटमा गोल गरे ।