हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्वि

डाँफे सहकारीको भ्रमण

दमक/दमकको डाफे बचत तथा ऋण सहकारी संस्थाको टोलीले मेचीदेखि महाकालीसम्मका बिभिन्न जिल्लाका सहकारीहरुको भ्रमण गरेको
टोलीले गत फागुन गते देखि १३ गतेसम्म सहकारीहरुको स्थलगत भ्रमण गरेको हो बचत तथा ऋणसँगै अब कृषि क्षेत्रमा पनि संस्थाले काम गर्ने उद्देश्यका साथ सदस्यहरुलाई अन्य जिल्लाका सहकारीहरुको भ्रमण गराएको संस्थाका अध्यक्ष सिताराम पोखरेलले जनाए भ्रमणपछि उपयुक्त योजना बनाउने अध्यक्ष पोखरेलले बताए
थोरै समयमै राम्रै प्रगतितर्फउन्मुख भएको यो सहकारी आफ्नै तीन तले भवनमा संचालन भइरहेको अध्यक्ष पोखरेलको नेतृत्वमा गएको टोलीले मोरङ, सप्तरी, सिराहा, चितवन, कपिलबस्तु, भैरहवा, पाल्पा, महाकाली लगायतका जिल्लाका डेढ दर्जन बढी कृषिसँग सम्बन्धित सहकारीहरुको स्थलगत भ्रमण गरेको
त्यस्तै टोलीले सप्तरीको माहुलीमा रहेको गाई, भैसी, बाख्रा पालन ब्यावसायमा लागेको कृषक सहकारी, मोरङको कटहरीमा तरकारी खेती, रुपन्देहीको बुटवलमा बचत तथा ऋण सहकारी लगायतको भ्रमण गरेको टोलीमा संस्थाका सञ्चालकहरु लिलानाथ खनाल, घनश्याम खनाल, लगायतका आधा दर्जन महिला सदस्य सहभागी थिए

मंगलबारे व्यवस्थित बनाइँदै

उर्लाबारी/मोरङको उर्लाबारी- स्थित मंगलबारे चौकलाई सफा फराकिलो बनाउन सुरु गरिएको
स्थानीयबासीको अगुवाईमा पर्वपश्चिम राजमार्ग छेउमा रहेका खुद्रा पसलका रुपमा सञ्चालन हुँदै आएका टहराहरु हर्टाई चौकलाई ब्यवस्थित बनाउने कार्य सुरु गरिएको हो राजमार्गको दुबैतर्फ८२ फिट भित्रका खाल्टाखुल्टी पुर्ने, चौकलाई सफा फराकिलो बनाउन लागिएको स्थानीय प्रकाश थापाले बताए चौकलाई ब्यवस्थित बनाउदा आसपासमा रहेका बोटबिरुवाहरुलाई काट्न नहुने स्थानीयबासीको राय रहेको

टेलिकममा आगलागी

दमक/आइतबार राति नेपाल टेलिकमको दमकस्थित कार्यालय परिसरमा आगलागी भएको
त्यहाँ राखिएका शरणार्थी मामिला सम्बन्धी राष्ट्र संघीय उच्च आयोग -युएनएचसीआर) ले उपयोग गर्दै आएका उपकरणमा लागेको आगोका कारण भएको क्षतिको विवरण प्राप्त भइनसकेको प्रहरीले जनाएको
इलाका प्रहरी कार्यालय दमकका अनुसार राति पौने बजे एक्कासी पानी ब्याट्री पड्किएको आवाज आएपछि आगो सल्किएको थियो आगोलाई दमक नगरपालिकाको वारुण यन्त्र प्रहरीले निभाएका छन्
त्यसैगरी आइतबार साँझ देखि दमक- स्थित सुकुम्बासी बस्ती नजिकै रतुवा खोला बगरमा रहेको खरबारीमा आगलागी भइरहेको आगो के कारणले सल्किएको भन्ने बारे सो क्षेत्रका बासिन्दाले समेत अनविज्ञता जनाएका छन्
इलाका प्रहरी कार्यालय दमकले समेत आगलागी बारे कुनै जानकारी नआएको जनाएको यो समाचार तयार पार्दा सम्म आगो निभेको छैन

चन्द्रबहादुर डाँगी विश्वकै होचा

काठमाडौं/७२ बर्षीय नेपाली नागरिक चन्द्रबहादुर डाँगी बिश्वकै सबैभन्दा होचा ब्यक्ति भएको गिनिज बुक अफ वर्ल्ड रेकर्डले पुष्टी गरेको योसँगै उनी बिश्वकै सबैभन्दा होचा जिवित बयस्कका रुपमा दरिएका छन्
उनको उचाई नाप्न आएको गिनिज बुक अफ वर्ल्ड रेकर्डसको टोलीले आइतबार चन्द्रबहादुरको उचाई ५४. सेन्टिमिटर अर्थात् २१. इन्च मात्र भएको प्रमाणित गरेको हो लैनचौरको क्लिनिक ट्राभल मेडिकल सेन्टरमा २४ घण्टामा तीनपटकसम्म डाँगीको नाम लिइएको थियो डाँगीको नाप लिन गिनिज बुक अफ वर्ल्ड रेकर्डसका प्रधान सम्पादक क्रेग ग्लिन्डेसहितको टोली काठमाडौं आइपुगेको थियो

नेपालका चन्द्रबहादुर डाँगी यसअघि यो किर्तिमान फिलिफिन्सका जुनेर वालापिङको नाममा रहेको थियो चन्द्रबहादुर जुनेरभन्दा . सेमी होचा छन् उनको उचाई ५९. सेमी अर्थात् २३. इन्च रहेको थियो उनले गत जुनमा नेपालकै खगेन्द्र थापा मगरको नाममा रहेको होचा व्यक्तिको किर्तिमान खोसेका थिए
यो बुढ्यौलीमा बिश्व रेकर्ड कायम राख्न गिनिज बुकको सर्म्पर्कमा पुगेका चन्द्रले नयाँ रेकर्डबाट उनको स्वास्थ्यका लागि सहयोग पाउने गिनिज बुकले अपेक्षा गरेको प्रधानसम्पादक ग्लिन्डेले भने-'गिनिज बुकको ५७ बर्षे इतिहासमा चन्द्र नै मापन गरिएका सबैभन्दा होचा ब्यक्ति हुन् '
७२ बर्षो उमेरसम्म गुमनाम रहेका चन्द्रबहादुर गिनिज बुकले दिएको प्रमाणपत्रसँगै चर्चामा आएका छन् प्रमाणपत्र पाएपछि चन्द्र संचारकर्मी माझ निकै प्रफुलित देखिन्थे
'तरुनीहरुले मलाई उचालेरै घुमाउँथे'-चन्द्रले भने-'होंचो भएकाले बिहे गर्ने केटी नै पाइन ' आफ्ना चार दाजुभाइ भन्दा निकै कम उचाई रहेका चन्द्रबहादुरले त्यही कारण उमेरमा बिबाह गर्न सकेनन् अहिले उनलाई बिवाह गर्ने रहर पनि छैन चन्द्र भन्छन्-'७२ बर्ष भइसकियो, अब के बिहे गर्नु ?'