हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्वि

साईकल यात्रीको मृत्यु



१ पुष
पथरी÷ पूर्व पश्चिम राजमार्ग अन्तर्गत मोरङ्को मंगलबारे-पथरी सडक खण्डमा शुक्रबार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएकोछ । 
अपह्रान्ह २ बजे तिर बा।२ख ४६७ नम्बरको बसले जयचोकमा ठक्कर दिँदा साईकल यात्री पथरी-१ का लक्ष्मी धिमालको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा सख्त घाईते उनको उपचारका क्रममा साँझ बिपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक केशव भट्टराईले जानकारी दिए । 

गुटबन्दि अन्त्यको शङ्खघोष झापाबाट


१ पुष
दमक÷ पार्टी भित्रका सबै खाले गुटबन्दिको अन्त्य गर्ने उद्घोष गरेका नेकपा एमालेका नेताहरुले झापाबाट त्यसको कार्यान्वयनको साझा शङ्खघोष गर्ने भएका छन् । 
पार्टीका प्रभावशाली नेता केपी शर्मा ओलीको गृह जिल्लामा आएर पार्टी अध्यक्ष झलनाथ खनाल लगायतका नेताहरु एउटै माचमा उभिएर उद्घोाष कार्यान्वयनको प्रतिवद्धता जनाउने भएका हुन् । 
युवा संघ नेपालको राष्ट्रिय भेलामा आगामी पुष-२९ गते पार्टी अध्यक्ष खनाल प्रभावशाली नेता ओली उपाध्यक्ष बामदेव गौतम लगायतका नेताहरुले एउटै माचबाट पार्टीका सवै खाले गटबन्धि अन्त्य गर्न कार्यकर्तालाई सम्बोधन गर्ने भएका हुन् । ३ दिन सम्म चल्ने युवा भेलालाई पार्टी सुदृढिकरणको महत्वपूर्ण कार्यक्रमका रुपमा लिईएको नेताहरुले बताएका छन् । 
बैकल्पिक पोलिटब्युरो सदस्य नरेश खरेलले पार्टी जीव्ानमा महत्वपूर्ण भूमिका राख्ने युवाहरुको भेला अभियानको महत्वपूर्ण पाटो रहेको बताए । पार्टीका शिर्षस्थ नेताहरुका कुरामा तालमेल नहुँदा कार्यकर्तामा निराशता बढाएको समयमा यसप्रकारका भेलाले पार्टी जीवनमा उर्जाको साचार गराउने उनको बिस्वास छ । ुअभियानको औपचारीक सुरुवाता भई सके पनि बृहत रुपमा झापाबाट यसले कार्यकर्ता माझ जाने अवसर पाएको छ यो झापाका लागि पनि ऐतिहासिक अवसर होुउनले भने- ुअभियानले पार्टीको आन्तरीक जीवनलाई पनि बलियो बनाउने छ र निष्कृय कार्यकर्तामा पनि उर्जा थप्ने छ ।ु
युवा संघले गर्ने कार्यक्रम सो कार्यक्रमबाट युवाहरु माझ देश व्यापीरुपमा एकै साथ गुटबन्धि अन्त्य भएको सन्देश जाने नेताहरुले बताएका छन् । एमालेका राष्ट्रिय प्रतिनिधी परिषद सदस्य देवेन्द्र दहालले बल्खुबाट शुरु भएको अभियान एकसाथ युवाहरु माझ जान भेला महत्वपूर्ण हुने बताए । अभियान अन्तर्गत जिल्ला तथा अाचलतहका कार्यक्रम आगामी बैठकले निर्धारण गर्ने उनले जानकारी दिए । अाचल कमिटी सदस्य समेत रहेका दाहालले युवा भेलाको स्थान भोली बस्ने बैठकले तय गर्ने उनले जानकारी दिए । 
युवा संघका केन्द्रिय लेखा समिति सदस्य गोविन्द थापा समेत भेलाकेा तयारीका लागि झापा आएका छन् । भेलामा सवै जिल्लाका युवा संघका अध्यक्ष तथा अगुवा नेता÷कार्यकर्ता सहभागी हुने बताईएको छ । 

२२ वर्ष पछि प्रहरी चौकी पुनस्र्थापित


१ पुष
धरमपुर÷ २०४६ सालको आन्दोलनका क्रममा बिस्थापित बनेको झापाको धरमुर स्थित प्रहरी चौकी दुई दशक पछि पुनस्र्थापित भएको छ । 
२०४६ सालको जनआन्दोलनका क्रममा बिस्थापित सो चौकी २२ वर्ष पछि पुनस्र्थापित गरिएको हो । शुक्रबार पुनस्र्थापित चौकीको मेची अाचल प्रहरी प्रमुख बरिष्ठ प्रहरी उपरीक्षक हेमन्त पालले उद्याटन गरेका हुन् । पुरानो गाविस कार्यालय भवनमा बनाईएको चौकीमा प्रहरी सहायक निरीक्षक ईन्द्रप्रसाद भट्टराईको नेतृत्वमा १० जनाको प्रहरी टोली रहेको छ । 
उद्घाटन कार्यक्रममा झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक तारिणीप्रसाद लम्साल लगयत बिभिन्न राजनीतिक दलका नेताहरुले लामो समय पछि पुनस्र्थापति प्रहरी चौकीबाट स्थानीयबासीले सुरक्षा व्यवस्था बलियो हुने अपेक्षा राखेको बताएका थिए । 
कार्यक्रममा नेकपा माओवादीका मानबहादुर अधिकारी नेपाली कांग्रेसका बिनोद ढकाल नेकपा एमालेका दिपेश राई माच सम्बद्ध संघिय लिम्बूवान राज्य परिषदका हर्कराज निङ्लेखु राशप्रपाका ईन्द्रप्रसाद अधिकारी लगायतले प्रहरी चौकी स्थापना पछि सो क्षेत्रको सुरक्षा व्यवस्था बलियो हुने बताएका थिए । 

पूर्वााचल स्तरीय फूटबल


१ पुष
बेलडाँगी÷झापाको दमक स्थित शरणार्थी शिविर बेलडागीमा शुक्रबारबाट पूर्वााचल क्षेत्रिय नकाउट फुटबल प्रतियोगीता सुरु भएको छ । 
जिल्ला खेलकुद बिकास समिति झापा र कारितास नेपालको संयुक्त आयोजना सुरु प्रतियोगीताको शुक्रबारको खेलमा युथ स्टार क्लब शनिश्चरे लाई ३ को विरुद्ध चार गोल गर्ने डाँगीबारी युवा परिवार विजयी भएको छ । 
डाँगीबारी युवा परिवारका जसर्ी नम्बर १४ का हेम तामाङले प्रहार गरेको पेनाल्टी किक गोलमा परिणत भएको थियो । खेल सुरु भएको दुई मिनेटमा नै पेनाल्टी मार्फत अग्रता लिएको डागीबारीले क्रमश ११ मिनेटमा जसर्ी नम्बर १५ का गणेश हेमरम र अर्को जसर्ी नम्बर ७ का बिक्रम कार्कीले खेलको ३६ औ मिनेटमा गोल गरेका थिए । भने डागीबारीका जसर्ी नम्बर १३ का दिल बहादुर तामाङले ४९ औ मिनेटमा गरेको चौथो गोल नै आजको खेलको निर्णायक गोल बन्न पुगेको थियो । 
त्यस्तै युथ स्टार क्लब शनिश्चरेको चर्फबाट जसर्ी नम्बर १० का नरेन्द्र तामाङले १५ मिनेटमा स्टारको तर्फबाट पहिलो गोल गरेका थिए भने जसर्ी नम्बर ९ का बाबुराम धिमालले ६० औ मिनेटमा र अमृत चौधरीले ६५ औ मिनेटमा तेस्रो गोल गरे पनि स्टारका लागी जित शुनिश्चित हुन सकेन । 
आगामी पुस १३ गते मेची रङगसालामा फइनल खेल हुने प्रतियोगीतामा प्रथम हुने टिमले नगद एक लाख रुपैया र द्धितिय टीमले नगर ५० हजार रुपैया पुरस्कार प्राप्त गर्ने छन् भने आजको खेल विर्तामोड युथ क्लर र सशस्त्र प्रहरी बल पाथीभरा गण लखनपुर बिच हुने आयोजकले जानकारी दिएको छ । 
झापाका प्रमुख जिल्ला अधिकारी गेहनाथ पाखरेलले उद्घाटन गरेको कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद दुलाल मेची अाचल प्रहरी प्रमुख हेमन्त पाल कारितास दमकका प्रमुख फादर अमलराज एसजे संयुक्त राष्ट्र संघिय शरणार्थी उच्चायोग दमकका प्रमुख रयनावती रयनावती राष्ट्रिय खेलकुद परिषदका सदस्य किरण गिरीनेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्षँ गणेश पोखरेल दमक नगरपालिकाका कार्यकारी अधिकृत पशुपति खतिवडा लगायतले बोलेका थिए । 

वाणिज्य संघको नयाँ नेतृत्व

विर्तामोड÷ झापा उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयन भएको छ ।
संघको बुधबार सम्पन्न २१ औं अधिवेशनबाट विर्तामोडका उमेश डाल्मियाँको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित गरिएको हो ।
डाल्मियाँले १ सय २३ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी संघका निवर्तमान अध्यक्ष राजेन्द्र घिमिरेले ९९ मत पाए । अर्का प्रतिद्वन्दी बुधबारेका गोविन्द पौडेलले १३ मत ल्याएका निर्वाचत समिति संयोजक गणेश पोखरेलले जानकारी दिए ।
त्यसैगरी संघको बरिष्ठ उपाध्यक्ष पदमा नवराज पनेरु १ सय २१ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्दी तोया गड्तौलाले १ सय ९ मत पाएका छन् । त्यस्तै महासचिव पदमा कालिचरण बस्नेत १ सय ७४ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्दी बोधकृष्ण सुवेदीले ५४ मत पाए । वाणिज्य सचिवमा प्रकाश शिवाकोटी विजयी भएका छन् । उनले १ सय ५३ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्दी पृथ्वीध्वज डाँगीले ७७ मत ल्याएका छन् । त्यसैगरी कोषाध्यक्ष पदमा भाष्कर शर्मा १ सय ३७ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी हुलासचन्द्र सरियाले ९२ मत ल्याएका निर्वाचन समिति संयोजक पोखरेलले बताए । यसअघि संघको एशोसिएट र बस्तुगतबाट उपाध्यक्षमा चन्द्रगढीका गोपालबहादुर थापा र उद्योग उपाध्यक्षमा संघको सतासीधाम शाखा अध्यक्ष मोहनप्रसाद सुवेदी निर्विरोध निर्वाचित भइसकेका छन् । त्यसैगरी उद्योग सचिवमा अजयकुमार सायवाल तथा तीन महिला सदस्यमा गौरादहकी लक्ष्मी प्रसाई बाराकोटी भद्रपुरकी लक्ष्मी िसंह र चारआलीकी मिना खड्का समेत निर्विरोध निर्वाचित भएका थिए ।




सबैलाई समेट्छौं 

यसैबीच नव निर्वाचित अध्यक्ष डाल्मियाँले निर्वाचन परिणामलाई आम उद्यमी व्यवसायीहरुको जीत भएको प्रतिकृया िदंदै सबैलाई समेटेर अघि बढ्ने प्रतिवद्धता जनाएका छन् । पिपुल्स टाइम्स दैनिकसँगको संक्षिप्त कुराकानीमा उनले निर्वाचन परिणाम जे जस्तो भएपनि यसमा छु्टेका अगुवा तथा उद्यमी व्यवसायीको हितका लागि योगदान पुर् याएका अग्रजहरुलाई समेत समेटेर अघि बढ्ने बताए । उनले चन्दा हत्या अपहरण जस्ता समस्याबाट अझै उद्यमी व्यवसायी मुक्त हुन नसकेपनि क्रमिक रुपमा देशले कोल्टे फेर्ने समय आएकाले यसको उच्चतम सदुपयोग गर्न नेतृत्व प्रयत्नशिल रहने बताए ।

नकआउट फुटबल प्रतियोगीता

दमक÷ आगामी पुस १ गतेबाट झापामा पूर्वााचल स्तरिय नकआउट फुटबल प्रतियोगीता हुने भएको छ । 
भूटानी शरणार्थी र स्थानियवासी विचको सम्बन्ध सुदृढ गर्ने उदेश्यले जिल्ला खेलकुद विकास समिति झापा र कारितास नेपालको संयुक्त आयोजनामा साचालन हुने प्रतियोगीतामा पूर्वााचलका १२ वटा टीमको सहभागीता रहने जनाइएको छ । प्रतियोगीता दमकको बेलडाँगी र मेची रङ्शाला चन्द्रगढीमा हुने छ । 
आयोजक जिल्ला खेलकुद विकास समिति झापाले बुधबार दकममा पत्रकार सम्मेलनगरी प्रतियोगीताको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । समितिका अध्यक्ष राजु आचार्य अग्नीले प्रतियोगीताका विजेता टीमलाई नगद एक लाख रुपैया र मेडल तथा उपविजेता टीमलाई नगद ५० हजार रुपैया र मेडल प्रदान गरिने जानकारी दिए । सो प्रतियोगीता साचालका लागी आवश्यक पर्ने अनुमान गरिएको कुल १२ लाख ५० हजार रुपैया मध्ये युएनएचसीआर र कारितास नेपालले ८ लाख ५० हजार रुपैया सहयोग गर्ने आचार्यले जानकारी दिए । अपुग बजेट खेलकुद बिकास समितिले सहयोग संकलन गर्ने जनाइएको छ । प्रतियोगीताको फइनल खेल आगामी पुस १३ गते हुनेछ । 

जनजीवन क्रमिक रुपमा सामान्य

दमक÷ चारदिन समम लगातार भएको बन्दका कारण अस्तव्यस्त बनेको पूर्वी क्षेत्रको जनजीवन क्रमिक रुपमा सामान्य बनेको छ ।
बन्द आव्हान गरेको संघीय लिम्बुवान राज्य परिसदले बुधवार अपरान्ह ४ बजे बन्द स्थगित गरेको घोषणा गरेपछी जनजीवन सामान्य बनेको हो । परिष्दले बुधबार बसेको केन्द्रीय समितिको बैठकले सरकारबाट वार्ताका लागि भएको आग्रह अनुसार बन्द कार्यक्रम स्थगित गरि पुष -१ गते वार्ताका लागि जाने निर्णय गरेको महासचिव सेसेहाङ खजुमले बताए । बैठकका निर्णय सर्वजनिक गरी बन्द स्थगन गर्ने घोषणा गर्न आयोजीत पत्रकार सम्मेलनमा परिषदका अध्यक्ष साजुहाङ पालुङ्गवाको नेतृत्वमा ९ सदस्यीय वार्ता टोली गठन गरिएको समेत जानकारी दिईएको छ । राज्य पुर्नसंरचना आयोगमा प्रतिनिधीत्व गर्न पाउनु पर्ने लगायतका सरकारसँग विगतमा भएका सहमतीहरुको कार्यन्वयन नभएको बिरोधमा परिषदले अरुणपूर्व झापा ईलाम सहित ९ जिल्ला बन्द आहवान गरेको थियो ।

सामुदायिक बनका अध्यक्ष पक्राउ


उर्लाबारी &#247;मोरङको मधुमल्ला ९ स्थित मनोहर सामुदायिक बन उपभोक्ता समितीका अध्यक्ष भूपाल श्रेष्ठलाई मंगलबार पक्राउ परेका छन् । उनलाई मंगलबारनै म्याद थप गरी थुनामा राखिएको छ । <br>
बनबाट अबैध रुपमा रुख काटेको अभियोगमा अध्यक्ष श्रेष्ठलाई पक्राउ गरी जिल्ला अदालत मोरङमा म्याद थप गरी थुनामा राखिएको हो । श्रेष्ठ सहित सचिब कृष्ण रिजाल र  सदस्य दिनेश फुयालको नाममा पक्राउ पूर्जी जारी गरेको थियो । जाँते ४ को गौमती खोलाबाट कर्माको ३६ थान गोलिया २६२।३९ र बोर्धनको ६ गान ४४ क्यूबिक फिट बरामद गरी धानखेती रेाज पोष्ट लक्ष्मीझारमा राखिएको इलाका बन कार्यालय उर्लाबारीका प्रमुख यज्ञबहादुर थापाले जानकारी दिए । <br>
श्रेष्ठले भने तस्करीमा सम्लग्न जोकोहीलाई पनि कारवार्ही गरिनु पर्ने तर तस्करीमा आफ्ने संलग्नता नरहेको दावि गरेका छन्

बजे पल्टिएको अपडेट


गय rati झापा को बिरिंग खोला मा यात्रु बाहक बस पल्टिदा घाइते भएका मध्ये एक जनाको उपचार को क्रम मा मृत्यु भएको छ . अन्य सात जना को अवस्था गम्भीर छ
दुर्घटनामा घाइते भएका ताप्लेजुङका ५८ वषिर्या रणबहादुर सुब्बाको विराटनगरस्थित न्युरो अस्पतालमा उपचारका क्रममा मंगलवार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये सातजनाको अवस्था गम्भीर रहेको जिल्ला ट्राफिक कार्यालय विर्तामोडले जनाएको छ । गम्भीर घाइतेहरुमा नारायणघाट बस्ने बसचालक ३२ वषिर्या रामबहादुर भुजेल र नाम वतन नखुलेकी १८ वषिर्या एक युवतीलाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।बुटवलतर्फ आउदै गररेको ना २ ख ७४६५ नम्बरको मुनाल बस गए राति करिब ११ बजे पल्टिएको थियो ।

यात्रु बस खस्दा ३४ जना घाइते ८ जना गम्भीर घाइते

दमक/ सोमबार राती पूर्व पश्चिम राजमार्ग अन्तर्गत झापाको विरिङ्ग पुलबाट एउटा यात्रुबाहक रात्रीबस खस्दा ३४ जना यात्रु घाइते भएका छन् । ति मध्ये आठजनाको अवस्था चिन्ताजनक छ ।
काकरभिट्टाबाट काठमाडौंका लागि हिँडेको ना।२ ख।७४६५ नम्बरको बस राती १०ः५५ बजे पुलबाट खोलामा खसेको हो । घट्नामा घाइते मध्ये चिन्ताजनक अवस्थाका ३ जनाको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र ५ जनाको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ । अन्य सामान्य अवस्थाका विरामीहरुको विर्तामोडस्थित काचनजंघा हस्पिटल र कन्काई हस्पिटलमा उपचार भइरहेको छ । प्रहरीका अनुसार बस चालक नारायणघाटका ५५ वर्षिय रामबहादुर भुजेल भारतको पश्चिम बंगाल घर भएका २५ वर्षिय रिपन मुस्लिम र सिमुल खानको धरान र ताप्लेजुङ्ग हाङ्देवाका रणबहादुर सुब्बा नामवतन नखुलेका मंगोलियन अनुहारका १९ वर्षिय एक किशोर स्याङ्जाका २२ वर्षिय कृष्ण बराल रामेछापका २२ वर्षिय हरिकृष्ण राणा र भारतका वर्ष ३५ का कालो जमल मालिमको सुरुङ्गा र विर्तामोडमा प्राथमिक उपचार गरि थप उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पताल पठाइएको छ । यो समाचार तयार पार्दा सम्म सिक्किमका  २६ वर्षिया लिला सुब्बा र २४ वर्षिया नन्दकुमारी सुब्बा पोखराका सुरेश कुँवर र अनिल विक भारतका २२ वर्षिय दावा लामा र २४ वर्षिय हरि बाबु सर्लाहीका ४८ वर्षिय यामप्रसाद शिवाकोटी वुटवलका २८ वर्षिय शिशिर रेग्मी रामेछापका  १७ वर्षिय गणेश मगर चितवनका २२ वर्षिय समिर ठाकुर र ५५ वर्षिय बुद्ध लामा काठमाडौं बालाजुका ४८ वर्षिय गंगाराम थापा ठमेलका २१ वर्षिय कर्मा गुरुङ र स्वय्म्भूका २४ वर्षिय बाबु गुरुङ काठमाडौंकी २२ वर्षिय सगुन शेरचन पोखराका २८ वर्षिय रविन पराजुली सोलुखुम्बुका २० वर्षिय बालकुमार विश्वकर्मा  भारत पश्चिम बंगालका २३ वर्षिय दिपन बाबु आशामका २५ वर्षिय प्रशान्त वल्लीका नारायणघाटका २३ वर्षिया शुष्मा श्रेष्ठ र अर्जुन श्रेष्ठ पोखराका २६ वर्षिय सत्यमान लोक्सम र नाम वतन नखुलेका अचेत अवस्थाका अन्य २ जनाको विर्तामोडस्थित काचनजंघा र कन्काई हस्पिटलमा उपचार भइरहेको  छ । सामान्य घाइते अवस्थाका १ जना काचनजंघा हस्पिटलबाट नै सम्पर्क वाहिर रहेका जनाइएको छ ।
इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी निरिक्षक छविरमण भट्टराई सहितको इलाका प्रहरी कार्यालय विर्तामोड र सशस्त्र प्रहरीको टोली राती यो समाचार तयार पर्दा सम्म उद्धारका लागि घट्ना स्थलमा थिए । पुलको बार भत्किएपछि खसेको बसलाई बाहिर निकाल्न आवश्यक क्रेन तत्काल उपलब्ध हुन नसकेका कारण बस भित्र थप यात्रु भए नभएको स्पष्ट हुन सकेको छैन । बसभित्र २ जना बालबालिका रहेको भन्ने बाहिरी चर्चा भएपनि त्यसको पुष्टि हुने आधार फेला नपरेका कारण दुर्घटनामा कसैको मृत्यु नभएको प्रहरी निरिक्षक भट्टराईको अनुमान छ । घट्ना स्थलमा उद्धारका लागि खटिएका निर्माण व्यवसायी शेरबहादुर थापाले बस निकाल्न आवश्यक क्रेन उपलब्ध गराउने प्रयास गरिरहेको बताउनु भएको छ ।
सो बसमा यात्रा गरिरहेका भारतीय सेनामा कार्यरत ४ जना नेपाली युवा भने सकुशल रहेका छन् । उनीहरु विदामा घर फर्कने क्रममा रहेका थिए । प्रहरीले घट्नाका घाइतेहरुलाई उधृत गर्दै पुल पश्चिमबाट बसमा ढंुगा प्रहार भएपछि बस चालकको नियन्त्रणबाट बाहिर गई दुर्घटना भएको जनाएको छ । संघीय लिम्बुवान राज्य परिषद्को बन्द कार्यक्रम रहेकाले बसमाथि ढुंगा प्रहार गर्ने बन्दकर्ताहरु नै भएको प्रहरीको दावी छ ।