यात्रु बस खस्दा ३४ जना घाइते ८ जना गम्भीर घाइते

दमक/ सोमबार राती पूर्व पश्चिम राजमार्ग अन्तर्गत झापाको विरिङ्ग पुलबाट एउटा यात्रुबाहक रात्रीबस खस्दा ३४ जना यात्रु घाइते भएका छन् । ति मध्ये आठजनाको अवस्था चिन्ताजनक छ ।
काकरभिट्टाबाट काठमाडौंका लागि हिँडेको ना।२ ख।७४६५ नम्बरको बस राती १०ः५५ बजे पुलबाट खोलामा खसेको हो । घट्नामा घाइते मध्ये चिन्ताजनक अवस्थाका ३ जनाको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र ५ जनाको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ । अन्य सामान्य अवस्थाका विरामीहरुको विर्तामोडस्थित काचनजंघा हस्पिटल र कन्काई हस्पिटलमा उपचार भइरहेको छ । प्रहरीका अनुसार बस चालक नारायणघाटका ५५ वर्षिय रामबहादुर भुजेल भारतको पश्चिम बंगाल घर भएका २५ वर्षिय रिपन मुस्लिम र सिमुल खानको धरान र ताप्लेजुङ्ग हाङ्देवाका रणबहादुर सुब्बा नामवतन नखुलेका मंगोलियन अनुहारका १९ वर्षिय एक किशोर स्याङ्जाका २२ वर्षिय कृष्ण बराल रामेछापका २२ वर्षिय हरिकृष्ण राणा र भारतका वर्ष ३५ का कालो जमल मालिमको सुरुङ्गा र विर्तामोडमा प्राथमिक उपचार गरि थप उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पताल पठाइएको छ । यो समाचार तयार पार्दा सम्म सिक्किमका  २६ वर्षिया लिला सुब्बा र २४ वर्षिया नन्दकुमारी सुब्बा पोखराका सुरेश कुँवर र अनिल विक भारतका २२ वर्षिय दावा लामा र २४ वर्षिय हरि बाबु सर्लाहीका ४८ वर्षिय यामप्रसाद शिवाकोटी वुटवलका २८ वर्षिय शिशिर रेग्मी रामेछापका  १७ वर्षिय गणेश मगर चितवनका २२ वर्षिय समिर ठाकुर र ५५ वर्षिय बुद्ध लामा काठमाडौं बालाजुका ४८ वर्षिय गंगाराम थापा ठमेलका २१ वर्षिय कर्मा गुरुङ र स्वय्म्भूका २४ वर्षिय बाबु गुरुङ काठमाडौंकी २२ वर्षिय सगुन शेरचन पोखराका २८ वर्षिय रविन पराजुली सोलुखुम्बुका २० वर्षिय बालकुमार विश्वकर्मा  भारत पश्चिम बंगालका २३ वर्षिय दिपन बाबु आशामका २५ वर्षिय प्रशान्त वल्लीका नारायणघाटका २३ वर्षिया शुष्मा श्रेष्ठ र अर्जुन श्रेष्ठ पोखराका २६ वर्षिय सत्यमान लोक्सम र नाम वतन नखुलेका अचेत अवस्थाका अन्य २ जनाको विर्तामोडस्थित काचनजंघा र कन्काई हस्पिटलमा उपचार भइरहेको  छ । सामान्य घाइते अवस्थाका १ जना काचनजंघा हस्पिटलबाट नै सम्पर्क वाहिर रहेका जनाइएको छ ।
इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी निरिक्षक छविरमण भट्टराई सहितको इलाका प्रहरी कार्यालय विर्तामोड र सशस्त्र प्रहरीको टोली राती यो समाचार तयार पर्दा सम्म उद्धारका लागि घट्ना स्थलमा थिए । पुलको बार भत्किएपछि खसेको बसलाई बाहिर निकाल्न आवश्यक क्रेन तत्काल उपलब्ध हुन नसकेका कारण बस भित्र थप यात्रु भए नभएको स्पष्ट हुन सकेको छैन । बसभित्र २ जना बालबालिका रहेको भन्ने बाहिरी चर्चा भएपनि त्यसको पुष्टि हुने आधार फेला नपरेका कारण दुर्घटनामा कसैको मृत्यु नभएको प्रहरी निरिक्षक भट्टराईको अनुमान छ । घट्ना स्थलमा उद्धारका लागि खटिएका निर्माण व्यवसायी शेरबहादुर थापाले बस निकाल्न आवश्यक क्रेन उपलब्ध गराउने प्रयास गरिरहेको बताउनु भएको छ ।
सो बसमा यात्रा गरिरहेका भारतीय सेनामा कार्यरत ४ जना नेपाली युवा भने सकुशल रहेका छन् । उनीहरु विदामा घर फर्कने क्रममा रहेका थिए । प्रहरीले घट्नाका घाइतेहरुलाई उधृत गर्दै पुल पश्चिमबाट बसमा ढंुगा प्रहार भएपछि बस चालकको नियन्त्रणबाट बाहिर गई दुर्घटना भएको जनाएको छ । संघीय लिम्बुवान राज्य परिषद्को बन्द कार्यक्रम रहेकाले बसमाथि ढुंगा प्रहार गर्ने बन्दकर्ताहरु नै भएको प्रहरीको दावी छ ।

0 प्रतिकृया:

Post a Comment