हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्वि

माओवादी दोषी-पोखरेल


७ कातिक
दमक÷ नेकपा एमालेका सचिव तथा पूर्व साचारमन्त्री शंकर पोखरेलले राजनीतिक संक्रमण लम्बिनुमा माओवादी प्रमुख दोषी भएको बताएका छन् ।
सोमबार झापाको गौरादहमा सोमबार सम्पन्न दोश्रो ईन्द्र लोहनी स्मृती खुल्ला भलिबल प्रतियोगीता समापनको कार्यक्रममा प्रमुख अतिथी रहेको नेता पोखरेलले शान्ति प्रकि्रया र संविधान निमार्णमा माओवादीको द्वैध चरित्र बाधक भएको टिप्पणी गरे । उनले प्रधानमन्त्री बाबुराम भट्टराईको भारत भ्रमणका समयमा गरिएको बिपा सम्झौताले माओवादीको राष्ट्रवाद खोक्रो छ भन्ने पुष्टि भएको बताए ।
प्रतियोगीता मदन भण्डारी स्पोर्टस एकेडेमी झापा क्षेत्र नम्बर-६ले आयोजना गरेको हो ।

फाईनलमा दमक र भानु

७ कातिक
गौरादह÷ भ्ाुापाको गौरादहमा जारी दोश्रो इनद्र लोहनी स्मृति भलिबलको उपाधीका लागी आज हुने फाईनल खेलमा आज दमक भलिबल क्लब र भानु स्र्पोटिड क्लब जुरोपानि बिच प्रतिष्पर्धा हुँदैन् ।
हिजो भएको सेमिफाइनल खेलमा महारानीझोडा खेलकुद बिकास समितिलाई हराउदै दमक भलिबल क्लब र गौरादह खेलकुद बिकास समितिलाई पछि पार्दै भानु स्पोटिड क्लब फाइनलमा पुगेको हो ।
दमकले १५-१५ २५-१८ र २६-२४को ३ सेट जितेर महारानीझोडालाई हराएको थियो । त्यस्तै महारानीझोडाले २५-२३ अंकमा चित्त बुझाएको थियो ।
यसैगरि भानु स्पोटिडले २५-२२ २५-१७ र १५-११ अंक ल्याएर ३ सेट जितेको थियो । गौरादहले भने २५-१९ २५-२० अंक ल्याएको थियो ।
हिजोको खेलका म्यान अफ द म्याच गौरादहका ऐन मगर भएका थिए ।
तेस्रो स्थानका लागी भने महारानीझोडा र गौरादह खेलकुद बिकास समिति बिच खेल हुँदैछ ।
यस अघि पत्रकार र आयोजक बिच भएको मैत्री पुर्ण खेलमा आयोजक मदनभण्डारी स्र्पोट्स एकाडेमी बिजयी बनेको थियो । आज हुने खेल समापन कार्यक्रममा एमाले सचिव शंकर पोखरेल सहभागी हुने आयोजकले जनाएको छ ।