हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्वि

सिद्धि नहर सिंचाई आयोजना सञ्चालनमा

भद्रपुुर । झापाको बाहुण्डाँगीलाई सिञ्चित गर्ने गरी निर्माण सुरु गरिएको बहुप्रतिक्षित सिचाइ आयोजनामा सिद्धि नहर सिचाइ आयोजना संञ्चालनमा आएको छ । इलामको दक्षिण पूर्वी गाविस जिर्मर्ले स्थित सिद्धिखोलाबाट पानीको मुहान रहेको सो नहर निर्माण सुरु भएको ९ वर्षपछि संञ्चालनमा आएको हो ।  वाहुण्डागी गाविसका अधिकांस वडा सिञ्चित गर्ने सिद्धि नहर सञ्चालनमा आएपछि कृषक हर्षित बनेका छन् । ५ वर्षमा निर्माण सम्पन्न हुने गरी २०६२ सालबाट निर्माण काम सुरु गरिएको भए तापनि भौगोलिक विकटताका कारण निर्माण समय लम्बिएको थियो । नेपाल सरकारको साना तथा मझौला सिञ्चाइ आयोजना अन्र्तगत निार्माण भएको योजनाले बाहुण्डागीको २६ सय हेक्टर जमिन सिञ्चित गर्ने उदेश्यले लिइएको छ । इलाम जिल्लाको जिर्मले गााबिसमा बाट झापाको बाहुण्डागी सम्म २२ किलोमिटर मुल र ५६ किलोमिटर शाखा रहेको नहरको निर्माण शुरु हुँदा विनियोजन भएको २५ करोड २१ लाख वजेटले सम्पन्न भएको कतिपय स्थानमा भू–स्खलनका कारण क्षती भएपछि निर्माण समय लम्बिएको पूर्वाञ्चल सिचाई डिभिजन न. १ झापाका प्रमुख– कुञ्जनभक्त श्रेष्ठले बताए । २५ करोड २१ लाख ४२ हजार ९ सय ६६ रुपैयाँ लागतमा बनाएको ५० प्रतिशत संरचना पहिरोले बगाएपछि पुन थप गरिएको २३ करोड ५४ लाख २० हजार रुपैया थप गरी जम्मा ४८ करोड ७५ लाख ६३ हजार रुपैयामा आयोजना निर्माण सम्पन्न भएको हो । 
वाहुण्डाँगीको वडा नम्बर ५ को केही भाग वाहेक सबै क्षेत्रमा पानी संञ्चालन भएको पूर्वाञ्चल सिचाइ विकास डिभिजन नम्बर १ झापाले जानकारी दिएको छ । नेपाल र भारतको सिमानामा रहेको सिद्धिखोलाबाट सिधै मेचीमा बगेर खेर जाने पानीलाई नहरको माध्यमबाट बाहुण्डागी ल्याईएको कामलाई सिञ्चित क्षेत्रका किसानले सकरात्मक रुपमा लिएका छन् । विकट क्षेत्रमा नहरको मुहान भएकाले स्थानीय कृषकले मात्रै रेखदेख गर्न नसक्ने अवस्था रहेको छ । जंगली हात्तीको आतंकले पीँडित बनेका वाहुण्डागीका अधिकांस कृषकहरुले नहरमा पानी आएपछि तरकारी र अन्य खालका हात्तीबाट बचाउन सकिने किसिमको खेती गर्ने बाटो खुलेको छ  ।

सिद्धि नहर सिंचाई आयोजना सञ्चालनमा

भद्रपुुर । झापाको बाहुण्डाँगीलाई सिञ्चित गर्ने गरी निर्माण सुरु गरिएको बहुप्रतिक्षित सिचाइ आयोजनामा सिद्धि नहर सिचाइ आयोजना संञ्चालनमा आएको छ । इलामको दक्षिण पूर्वी गाविस जिर्मर्ले स्थित सिद्धिखोलाबाट पानीको मुहान रहेको सो नहर निर्माण सुरु भएको ९ वर्षपछि संञ्चालनमा आएको हो ।  वाहुण्डागी गाविसका अधिकांस वडा सिञ्चित गर्ने सिद्धि नहर सञ्चालनमा आएपछि कृषक हर्षित बनेका छन् । ५ वर्षमा निर्माण सम्पन्न हुने गरी २०६२ सालबाट निर्माण काम सुरु गरिएको भए तापनि भौगोलिक विकटताका कारण निर्माण समय लम्बिएको थियो । नेपाल सरकारको साना तथा मझौला सिञ्चाइ आयोजना अन्र्तगत निार्माण भएको योजनाले बाहुण्डागीको २६ सय हेक्टर जमिन सिञ्चित गर्ने उदेश्यले लिइएको छ । इलाम जिल्लाको जिर्मले गााबिसमा बाट झापाको बाहुण्डागी सम्म २२ किलोमिटर मुल र ५६ किलोमिटर शाखा रहेको नहरको निर्माण शुरु हुँदा विनियोजन भएको २५ करोड २१ लाख वजेटले सम्पन्न भएको कतिपय स्थानमा भू–स्खलनका कारण क्षती भएपछि निर्माण समय लम्बिएको पूर्वाञ्चल सिचाई डिभिजन न. १ झापाका प्रमुख– कुञ्जनभक्त श्रेष्ठले बताए । २५ करोड २१ लाख ४२ हजार ९ सय ६६ रुपैयाँ लागतमा बनाएको ५० प्रतिशत संरचना पहिरोले बगाएपछि पुन थप गरिएको २३ करोड ५४ लाख २० हजार रुपैया थप गरी जम्मा ४८ करोड ७५ लाख ६३ हजार रुपैयामा आयोजना निर्माण सम्पन्न भएको हो । 
वाहुण्डाँगीको वडा नम्बर ५ को केही भाग वाहेक सबै क्षेत्रमा पानी संञ्चालन भएको पूर्वाञ्चल सिचाइ विकास डिभिजन नम्बर १ झापाले जानकारी दिएको छ । नेपाल र भारतको सिमानामा रहेको सिद्धिखोलाबाट सिधै मेचीमा बगेर खेर जाने पानीलाई नहरको माध्यमबाट बाहुण्डागी ल्याईएको कामलाई सिञ्चित क्षेत्रका किसानले सकरात्मक रुपमा लिएका छन् । विकट क्षेत्रमा नहरको मुहान भएकाले स्थानीय कृषकले मात्रै रेखदेख गर्न नसक्ने अवस्था रहेको छ । जंगली हात्तीको आतंकले पीँडित बनेका वाहुण्डागीका अधिकांस कृषकहरुले नहरमा पानी आएपछि तरकारी र अन्य खालका हात्तीबाट बचाउन सकिने किसिमको खेती गर्ने बाटो खुलेको छ  ।

१६ बुँदे समझदारीमा मधेसी दलको फरक मत

काठमाडौ । असन्तुष्ट चार मधेसी दलले चार ठूला दलबीच जेठ २५ गते भएको १६ बँदे समझदारीमाथि फरक मत प्रस्तुत गरेका छन् । बिहीबार संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा उनीहरुले असहमति पत्र बुझाउँदै सहमति भइसकेको ८ प्रदेशको सट्टा ११ प्रदेश बनाउनुपर्ने फरक मत पेश गरेका हुन् । १६ बूँदे प्रस्ताव संविधानसभा नियमावली २०७०, अन्तरिम संविधान २०६३ को प्रस्तावना एवं मर्म र भावनाविपरीत रहेको दाबी गर्दै उनीहरुले मधेस विद्रोहका बेला सरकारसँग भएको २२ बुँदे र आठबुँदे सम्झौताको समेत खिलाफमा सहमति भएको आरोप लगाएका छन् । फरक मतपत्रमा मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तमलोपा संसदीय दलका नेता सर्वेन्द्रनाथ शुक्ल, सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण र तमसपा नेपालका आमन्त्रित सदस्य नरेन्द्र साहले हस्ताक्षर गरेका छन् ।
‘उच्चस्तरीय राज्य पुनर्संरचना आयोगको प्रतिवेदन, विगतको संविधानसभाको राज्यपुनर्संचरना तथा राज्यशक्तिको बाँडफाड समितिको सहमति, ऐतिहासिक मधेश जनविद्रोहको बेला नेपाल सरकारसँग भएको २२ बूँदे र ८ बूँदे सम्झौता, आदिवासी जनजाति आन्दोलन लगायतका संग भएको सम्झौता र नेपालको अन्तरिम संविधान २०६३ को धारा १३८ को विपरीत सहमति भएको छ,’ ती दलहरुद्वारा जारी फरक मतमा भनिएको छ, ‘सहमतिले सार्वभौमसत्ता सम्पन्न जनताद्वारा निर्वाचित संविधानसभाको क्षेत्राधिकारमाथि हस्तक्षेप गरि संविधानसभाको औचित्यमाथि नै प्रश्नचिन्ह खडा गरेको छ ।’ सहमतिले पहिचानसहिको संघीयता र संघीयतासहितको संविधानको निर्माण गर्नुको सट्टा संघीयताविहीन संविधान निर्माण गर्न कथित संघीय आयोगको प्रस्ताव ल्याइएको फरक मतपत्रमा आरोप छ ।
फरक मतको संक्षेप 
यसका अतिरिक्त विभिन्न समितिको प्रतिवेदन सम्बन्धमा निम्निलिखित रुपमा हाम्रा धारणाहरु प्रस्तुत गरेका छौं ।
१. मौलिक अधिकार तथा निर्देशक सिद्धान्त समिति सामाजिक न्यायको हक: आदिवासी र स्थानीय समुदायलाई भूमि र प्राकृतिक सम्पदा माथि अग्राधिकारको हक हुनेछ । 
२. नागरिकता : विगतको संविधानसभाले गरेको सहमतिको अतिरिक्त जन्मसिद्ध नागरिकता प्राप्त गर्ने नेपाली नागरिकहरुको सन्तानले वंशजको आधारमा नागरिकता प्राप्त गर्नेछ ।
३. न्याय प्रणाली समिति : यस समिति अन्तर्गत गठित विवाद समाधान उप–समितिले दिएको प्रतिवेदन अनुसार हुनुपर्ने छ ।
४. संघीयता र प्रदेश संरचना : विगतको संविधानसभामा पेश भएको राज्य पुनर्संचना उच्चस्तरीय आयोगले पेश गरेको बहुमतको प्रतिवेदन अनुसारको सीमाङकन, नामाङकन, अधिकारको बाँडफाँड समेत हुनुपर्ने ।
५. व्यवस्थापिकीय अंगको स्वरुप निर्धारण समिति : व्यवस्थापिका संसद दुई सदनात्मक हुनेछ ।
६. प्रतिनिधि सभा र राष्ट्रिय सभा : अन्तरिम संविधानमा भएको व्यवस्था अनुसार प्रत्यक्ष तथा समानुपातिक सदस्य संख्याको प्रतिशतको आधारमा निर्वाचन हुने गरी प्रत्यक्षबाट २०१ र सोही अनुपातमा समानुपातिक सदस्य संख्या निर्धारण गर्ने । निर्वाचन क्षेत्रको निर्धारण जनसंख्याको आधारमा हुनेछ ।
७. राष्ट्रिय सभा : राष्ट्रिय सभा सदस्य ५१ हुनेछ । र प्रत्येक प्रदेशबाट समान जनसंख्याको अनुपातमा प्रदेशसभाबाट निर्वाचित हुनेछन् ।
८. प्रदेश सभा : एक सदनात्मक हुनेछ । प्रदेश सभाको गठन प्रदेशको जनसंख्याको आधारमा २१ देखि ५१ सम्म सदस्य संख्या हुनेछ ।
९. नेपालको अन्तरिम संविधान २०६३ को मर्म र भावना अनुरुप सार्वभौमसत्ता सम्पन्न जनताको अधिकारको सम्मान गर्दै संविधानसभाद्वारा नै संघीयतासहितको संविधान जारी हुनुपर्ने हाम्रो धारणा रहेको छ । र कुनै पनि बहानामा सार्वभौमसत्ता सम्पन्न जनताको अधिकार र संविधानसभाको क्षेत्राधिकारलाई कटौती गरी गर्ने कार्य हामीलाई मान्य हुने छैन ।

उपसमितिले संविधानका विवादित विषय टुङ्ग्यायो

काठमाडौं । संवैधानिक राजनीतिक संवाद तथा सहमति समिति अन्तर्गतको उपसमितिको बिहीबार बसेको बैठकले संविधानका विवादित विषयमा सहमति जुटाएको छ । संविधानका प्रस्तावनासहितका विवादित विषयमा सहमति जुटेका बुँदालाई बिहीबार नै सिंहदरबारमा शुरु संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले पारित गरेको छ । सहमतिको प्रस्तावलाई संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिले बिहीबार नै पारित गरेर संविधानसभामा पठाउने भएको हो । बुधवार संवाद समितिले सहमति हुन बाँकी विवादित विषयमा सहमति खोज्न उपसमिति गठन गरेको थियो । समिति सदस्य पूर्णबहादुर खड्का संयोजकत्वमा रहेको छ सदस्यीय उपसमितिले विवादित विषयमा दिनभरीको बहसपछि सहमति निकालेको हो ।
सहमति हुन बाँकी अधिकांश विषय टुङ्गिएको जानकारी दिँदै समितिका सभापति डा. बाबुराम भट्टराईले विवादित विषयलाई  टुङ्गयाउने विधिसमेत तय भएको बताए ।  संवाद समितिले पारित गरेर सहमतिको सो प्रतिवेदन संविधानसभामा पठाएको  उनले जानकारी दिए । विवादित विषयमा उपसमितिले सहमति जुटाउन नसकेपछि बिहीबार नै प्रमुख दलका शीर्ष नेताहरुको छलफलले टुङ्गो लगाएको थियो । दलहरुबीच यसअघि सहमति भएको विषयमा समेत पुनः विवाद भएपछि सहमतिका लागि केही समय लागेको हो । यसअघि प्रमुख चार दलबीच सहमति भएको १६ बुँदे सहमतिको बुँदा सातमा रहेको ुदेशको शासन सञ्चालन गर्न बहुदलीय प्रतिस्पर्धात्मक सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणाली अवलम्बन गरिनेछ ।ु भन्ने वाक्यलाई कांग्रेसले संविधानमा सम्बोधन गर्न भनेपछि विवाद बढेको थियो । कांग्रेसको यो प्रस्तावमा एमाले र एमाओवादीका सदस्यले असहमति जनाएको उपसमितिका सदस्य दिलनाथ गिरीले जानकारी दिए । उपसमितिमा बहुलबाद शब्द र संविधान संशोधनका लागि संसदको दुई तिहाई बहुमतले पारित गरी जनमत सङ्ग्रहबाट अनुमोदन गर्नुपर्छ भन्ने बुँदामा पनि विवाद भएको थियो । संवैधानिक समितिले पारित गरेको सहमतिको प्रस्ताव बिहीबार राति बसेको संविधानसभाको बैठकमा पेश हुने भएको छ ।

पत्रकारलाई कानुनी प्रशिक्षण

उर्लाबारी । मोरङको उर्लाबारीस्थित सञ्चार क्लब नेपालको आयोजनामा आगामी शनिबार ‘पत्रकारहरुको क्षमता अभिबृद्धिका लागि कानूनी प्रशिक्षण कार्यक्रम’ सञ्चालन गरिने भएको छ ।
उर्लाबारी नगरपालिका र सञ्चार क्लबको साझेदारीमा सो कार्यक्रम सञ्चालन गर्न लागिएको हो । कार्यक्रमका लागि विहीबार नगरपालिकाकातर्फबाट कार्यकारी अधिकृत सु्वास श्रेष्ठ र क्लबका तर्फबाट अध्यक्ष रूपेन्द्र शेर्माले सम्झौता–पत्रमा हस्ताक्षर गरेका छन् । अधिवक्ता डम्बर मगरले सहजीकरण गर्ने कार्यक्रममा बालिका बलात्कारविरुद्धका नेपालमा उल्लेखित कानून, प्रचलित कानून र सञ्चारमाध्यममा प्रकाशित तथा प्रशारित सामाग्री, प्रेस ऐनलगायतका बारेमा जानकारी गराउने छन् । मोरङको उर्लाबारीमा प्रधान कार्यालय रहेर २०६० सालमा स्थापना भएको क्लब जिल्ला सदरमुकाम विराटनगर बाहिरका पत्रकारहरुको साझा संगठनका रुपमा यो क्लब निरन्तर क्रियाशिल रहँदै आएको छ । हाल क्लबका पूर्वाेत्तर मोरङका ६० जना पत्रकार आबद्ध रहेका छन् ।

राष्ट्रिय वाणिज्य संघ संगठन बिस्तारमा

विर्तामोड । नेपाल राष्ट्रिय वाणिज्य संघ (एनएनसीए) विर्तामोड नगर कमिटीले विर्तामोड क्षेत्रका व्यवसायीहरुलाई आफ्नो व्यवसायीक हक स्थापनाको लागि संगठित गर्ने अभियान अगाडि बढाएको छ ।
वैठकले विर्तामोड नगरमा विभिन्न १२ वटा व्यवसायीक क्षेत्रहरु निर्माण गर्दै ती एरियाभित्र रहेका व्यवसायीहरुलाई संगठित गर्ने निर्णय गरेको छ । 
सोही अभियान अन्तर्गत जेठ २५ गतेबाट एरिया कमिटीनिर्माण सुरु गरिएको छ । एरिया कमिटि १ अधिवेशनले उमकान्त सापकोटाको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति गठन गरेको छ । एरिया कमिटि २ को अधिवेशनले धर्म बरालको अध्यक्षतामा १० सदस्यीय एरिया कमिटी गठन गरेको छ ।
त्यस्तै, एरिया कमिटी ११ मा टिकाप्रसाद संग्रौलाको अध्यक्षतामा ८ सदस्यीय कमिटी गठन गरेको छ । एरिया कमिटी ५ को अधिवेशनबाट दिपक गुरागाईको अधयक्षतामा १० सदस्यीय कमिटी गठन गरेको छ । 
क्रमश १२ वटै एरियाको अधिवेशन निरन्तर सम्पन्न गरिने नेपाल राष्ट्रिय वाणिज्य संघ विर्तामोडका सचिव याम विमलीले जानकारी दिए ।

शान्तिनगरमा भ्यू टावर बनाउन सुरु

विर्तामोड । पर्यटकलाई आकर्षण गर्न झापाको शान्तिनगर ६ स्थित धारागोलामा भ्यू टावर निर्माण कार्य थालिएको छ । आन्तरिक तथा पर्यटक भित्राउने उद्देश्यले नमुना भ्यू टावरको निर्माण थालिएको निर्माण समिति अध्यक्ष चक्र शेर्माले बताए । मेची राजमार्गले छोएको उक्त ठाउँमा स्थानीय स्रोत र साधनको पहिचान गर्ने उद्देश्यले टावरको निर्माण शुरु गरिएको हो । क्षेत्र नम्बर १ अन्तर्गत रविन कोइरालामार्फत सांसद विकास कोषबाट १२ लाख रुपंैयाँ बजेट छुट्टिए पछि स्थानीय पनि आफ्नो ठाउँको विकासका लागी जुर्मुराएका छन् । भ्यू टावर बनाउनका लागी जिल्ला विकास समिती तथा विभिन्न संघ संस्थाबाट आर्थिक सहयोग जुटाउन पहल गर्ने भ्यू टावर निर्माण समितीका उपाध्यक्ष निरकुमार सुवेदीले बताए । झापाको उत्तरी गाविस पर्यटकीय हिसावले प्रसिद्ध र सुन्दर ठाउँ हो । यस ठाउँबाट सुन्दर दृष्य कैद गर्ने, पर्यटकको एक गन्तव्य स्थलकै रुपमा नमूना भ्यूटावर बनाउने लक्ष्य राखिएको सुवेदीको भनाइ छ । अहिले चार वटा पिलर उठाउने काम भइरहेको र चाँडै कामले तीव्रता पाउने बताएका छन् । यहाँबाट झापाका बिभिन्न स्थानको अवलोकन गर्न सकिन्छ भने भारतका केही भूभाग पनि देख्न सकिन्छ । सुन्दर र स्वच्छ वातावरण रहेको सो स्थानको विकास गरी पर्यटकीयस्थल बनाउन सकिने स्थानीय कृष्णबहादुर लावती बताउँछन् । इलाममा निर्मित भ्यू टावर जस्तै बनाउने लक्ष्य समितिको छ । करिव १ करोड रुपैयाँ अनुमानित बजेट आवश्यक रहेको समितिका अध्यक्ष शेर्माले जनाए । 

कन्सल्टेन्सीलाई कानुनी दायरामा ल्याउन माग

दमक । शैक्षिक  नियम भन्दा बाहिर चलेका शैक्षिक कन्सल्टेन्सीहरुलाई कानुनी दायरामा ल्याउन माग गर्दै झापाका विद्यार्थी संगठनहरुले जिल्ला शिक्षा कार्यालयलाई ३ बुंदे स्मरण पत्र बुझाएका छन् ।
नेपाली कांग्रेस,  नेकपा एमाले, एकीकृत नेकपा माओवादी  लगायतका केही साना दलहरुका भातृ संगठनहरुले जिल्ला शिक्षा कार्यालय झापाका जिल्ला शिक्षा अधिकारी डिल्लीराम लुइटेललाई स्मरण पत्र बुझाएका हुन् । शैक्षिक नियम र दायरा भन्दा बाहिर चल्ने शैक्षिक संस्थालाई कानुनी दायरामा ल्याउनु पर्ने निजी  शैक्षिक संस्थाले वृद्धि गरेको शुल्क फिर्ता गरी भूकम्पका कारण बन्द भएको बैशाख र जेठ महिना अवधिको शुल्क मिनाहा गर्नु पर्ने र जेठ  ६ गते शिक्षा मन्त्रालयसँग भएको सहमति अक्षरस पालना गर्नु पर्ने ७ विद्यार्थी संगठनहरुले माग गरेका छन् । 
नेपाल बिद्यार्थी संघ झापाका सभापति रोशन विष्ट, अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष रवि बस्नेत, अनेरास्ववियु  जिल्ला अध्यक्ष देशबन्धु ढुङगेल, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संघ जिल्ला अध्यक्ष किरण भण्डारी लगायतले सरकारले माग पुरा नगरे कडा संघर्षमा उत्रिने हस्ताक्षरित स्मरण पत्रमा उल्लेख छ । अखिल (क्रान्तिकारी) जिल्ला अध्यक्ष प्रकाश मिश्र, अग्रगामी विद्यार्थी  यूनियन जिल्लाका अध्यक्ष मनकुमार लिम्वू र संघीय विद्यार्थी युनियन जिल्ला अध्यक्ष अशोक घिमिरेले माग गरेका हुन् ।

हम्सेदुम्से वनमा वृक्षारोपण

दमक । दमक नगरपालिकाले बुधबार भूकम्पमा परी ज्यान गुमाएकाहरुको सम्झनामा बृक्षारोपण गरेको छ । दमक ३को वेलडाँगी  स्थित हंसेदुम्से सामुदायिक बन उपभोक्ता समुहको हाता भित्र उनीहरुको सम्झनामा बृक्षारोपण गरेको हो ।
सशस्त्र प्रहरी वलका पूर्वाञ्चल प्रमुख डिआइजी निराकरम बिक्रम शाहले बिरुवा रोपेर बृक्षारोपणको उद्घाटन गरेका थिए ।  उपभोक्ता , बिद्यार्थी , संस्थाका प्रतिनिधि लगायतले बिरुवा रोपेका थिए ।  गत बैशाख १२ र २९ गते आएको भूकम्पमा परी ज्यान गुमाएकाहरुको ४५ औ दिनको स्मृतिमा टिक , चप्रासी , खाकर र सिरीसका बिरुवा रोपेको हुन् ।  ६ हेक्टर क्षेत्रफलमा एक साता भित्र  ९ हजार बिरुवा रोपिने नगरपालिकाले जनाएको छ । कार्यक्रमका प्रमुख अतिथि सशस्त्र प्रहरीका डिआइजी शाहले   बृक्षारोपण  गर्ने काम ठूलो  नभए पनि बिरुवाको संरक्षण गर्नु महत्वपूर्ण  काम भएको बताए ।
नगरपालिकाकाका कार्यकारी अधिकृत  युवराज दाहालले  दमकलाई हरित शहर बनाउन वातावरण संरक्षणमा ध्यान दिनुपर्ने बताए । नगरपालिका स्थानिय सरकार भएकोले रोपिएको बिरुवा हुर्काउने काममा  सरोकारवाला संस्था र उपभोक्ता सक्रियता हुनु पर्ने उनले उल्लेख गरे । नगरपालिकाका पूर्व मेयर रोमनाथ ओलीले बिरुवाको गोडमेल जस्ता काममा निरन्तरता दिनु पर्ने सुझाब दिए । कार्यक्रममा दमक बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष देवी दाहाल र हिमशिखर टेलिभिजन दमकका अध्यक्ष ध्रुव न्यौपाने लगायतले बोलेका थिए । बृक्षारोपणका बिषयमा समुहका अध्यक्ष हिमालय प्रसाद दाहालले जानकारी दिए ।

सुतार कार्की प्रतिष्ठानमा भौतिक संरचना निर्माण

दमक । दमक १६ स्थित सुतार कार्की प्रतिष्ठानमा  बिभिन्न भौतिक संरचना निर्माण गर्न थालिएको छ । यसअघि कार्यलय भवन निर्माण भइरहेको प्रतिष्ठानमा बुधबार शिब पाञ्चायन मन्दिरको शिलान्यास गरिएको छ । सुतार कार्की सेवा समितीका केन्द्रिय अध्यक्ष दिब्यध्वज कार्की, केन्द्रिय बरिष्ठ उपाध्यक्ष टेक बहादुर कार्की र पुर्बाञ्चल अध्यक्ष खेमकुमार कार्कीले संयुक्त रुपमा मन्दिरको शिलान्यास गरे । धार्मिक बिधी अनुसार तिनैजनाले पुजा गरि इटा राखेर मन्दिरको शिलान्यास गरेका थिए । स्थानीय सुतारकार्की बन्धुले निशुल्क दिएको डेढ बिगाहा जग्गामा प्रतिष्ठान निर्माण भइरहेको छ । गत बैशाख १८ देखि २४ गते लगाएको श्रीमद भागवत महापुराणबाट उठेको र प्रतिबद्धता गरिएको रकमबाट मन्दिर निर्माण गरिने छ । पुराणमा नगद ९ लाख र प्रतिबद्धता गरिएको सहित २७ लाख रकम संकलन हुने अनुमान छ । यसअघि प्रतिष्ठानमा ४ कोठे भवन समेत निर्माण भइसकेको छ ।  भवन निर्माण अन्तिम चरणमा पुगिसकेको छ ।  त्यसैगरि प्रतिष्ठान वरिपरि ताराबेरा गरि बृक्षारोपण समेत गरिएको छ । 
बुधबार भएको शिब पाञ्चायन मन्दिरको उद्घाटन कार्यक्रममा समितिका केन्द्रिय अध्यक्ष दिब्यध्वज कार्कीले देशभरका सुतार कार्कीहरुको कुल घर नै प्रतिष्ठानलाई बनाउने बताए । उनले दमकबाटै सुतार कार्कीहरुको एकैदिन देवाली गर्न अभियान शुरु गर्ने जानकारी दिदै त्यसका लागि प्रतिष्ठान उपर्युक्त स्थान भएको उल्लेख गरे । सुतार कार्कीहरुको बंशावली संकलन गर्ने काम जारी भइरहेको जानकारी दिदै उनले समितीको केन्द्रिय साधारण सभा पनि दमकमै गर्नसक्ने जनाए । कार्यक्रममा समितिका केन्द्रिय बरिष्ट उपाध्यक्ष टेक बहादुर कार्की, केन्द्रिय उपाध्यक्ष दिलेन्द्र कार्की, पुर्बाञ्चल अध्यक्ष खेम कुमार कार्की, महासचिब गोबिन्द कार्की, झापा अध्यक्ष पदमसिंह कार्की, मोरङ अध्यक्ष चन्द्र कार्की, सिन्धुली अध्यक्ष नरेन्द्र कार्की, सर्लाही अध्यक्ष मानध्वोज कार्की, शशस्त्र प्रहरी बल पाथीभरा गण मेचीका गणपति भरतबाबु कार्की, जग्गादाता फौदसिंह कार्की लगायत धनेन्द्र कार्की, मिना कार्कीले बोलेका थिए ।

गाउँलेमाथि हात्ती आक्रमण, २ महिलासहित ३ को मृत्यु

दमक । एउटा जंगली हात्तीको आक्रमणबाट दक्षिणी इलामको चुलाचुलीमा बुधबार विहान दुईजना महिलाको ज्यान गएको छ । बिहान चुलाचुली ६ पेल्टीमारीकी ४२ वर्षीया प्रीति लिम्बु र चुलाचुली ४ तिनकुनेकी ३२ वर्षीया अशक्त महिला धनमाया लावतीको हात्तीको आक्रमणमा ज्यान गएको प्रहरी चौकी चुलाचुलीले जनाएको छ । विहान ५ बजेको समयमा घर बाहिर निस्किएकी धनमायालाई हात्तीले आक्रमण गरेको थियो । दाजुको घरमा वास बसेकी धनमाया उठेर आफ्नो घर फर्कदै गर्दा हात्तीको आक्रमणमा परेकी थिइन् ।
 त्यसपछि सो हात्तीले केही पश्चिममा पुगेर घर पछाडी काम गर्दै गरेको अवस्थामा प्रीतिलाई आक्रमण गरेको चुलाचुली प्रहरी चौकी प्रमुख दिवाकर कटुवालले जनाए । हात्तीले आक्रमण गरी २५ मिटर टाढा घिसारेर सख्त घाइते प्रितीको उपचारका लागि लैजान तयारी गर्र्दा गर्दै घरमै ज्यान गएको थियो । सो हात्तीले बाटोमा हिँड्ने अरुलाई पनि आक्रमण प्रयास गरेको र स्थानीय भागेर ज्यान जोगाएका थिए । हात्तीले गाउँमा आतंक फैलाएपछि चुलाचुलीमा रहेको नेपाली सेनाको २२ नम्बर वाहिनीको टोलीले हात्तीलाई लखेटेर कमलखोला पारी उत्तरतर्फ जंगलतिर धपाएको थियो । हात्तीको आक्रमणमा दुई जना महिलाको ज्यान गएपछि आतंकित भएका चुलाचुलीबासीलाई सुरक्षा दिन बुधबार राती प्रहरी, इलाका बन र स्थानियबासिन्दाले संयूक्त गस्ती गर्ने भएका छन् । हातीले आएर आतंक मच्चाएमा हवाइ फायर समेत गर्ने अनुमती जिल्ला प्रहरी कार्यलय इलामले दिएकोले गाउलेहरुलाई ढुक्कले बस्न प्रहरीले आग्रह गरेको छ । 
त्यस्तै करेन्ट लागेर मोरङको पथरी शनिश्चरे नगरपालिकामा बुधबार दिउँसो एक बृद्धाको घटनास्थलमै मृत्यु भएको छ । दिउँसो साढे १२ बजे आँप टिप्ने क्रममा बिजुलीको चुडिएको तारबाट करेन्ट लाग्दा पथरी शनिश्चरे ७ कि ७० वर्षिया बृद्धा लिलामाया पाख्रिनको मृत्यु भएको हो । बृद्धाको शवलाई पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र उर्लाबारी मंगलबारेमा राखिएको छ ।

विभिन्न घटनामा ७ घाइते

पथरी । मोरङको पथरी शनिश्चरेमा बुधबार दिउँसो दुई वटा मोटरसाईकल एक आपसमा ठक्कर खाँदा चार जना गम्भिर घाईते भएका छन् । दिउँसो २ ः ४० बजेतिर  पथरी शनिश्चरे ६ स्थित भित्रि सडक खण्डमा मे ४ प ८६७७ र मे ४ प ३६२५ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खान पुग्दा दुर्घटना भएको थियो । दुर्घटनामा परी ८६७७ नम्बरको मोटरसाईकलका चालक हसन्दह ४ का ४५ वर्षिय इश्वर थापा र पछाडी सबार सोही ठाउँकी १७ वर्षिया लक्ष्मी थापा तथा ३६२५ नम्बरको मोटरसाईकल चालक जाँते ४ का २३ वर्षिय मिलन तामाङ र सोही ठाउँकी १९ वर्षिया दुर्गा श्रेष्ठ गम्भिर घाईते भएका हुन् । घाईतेहरुको बिराटनगरको न्युरो र नोबेल हस्पिटलमा उपचार भईरहेको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।
यसैबीच विद्युत वायरिङमा त्रुटि भएका कारण झापाको दमक १५ मा करेन्ट लागेर एउटा गाई मरेको छ । स्थानीय डिल्लीप्रसाद ओलीको ४५ हजारमा किनेको गाई बुधबार विहान विद्युत वायरिङमा त्रुटि भएका कारण करेन्ट घरभरी सर्टेज भएको थियो । सो क्रममा आँगनमा रहेको गाईलाई पनि करेन्ट लागेर मरेको ओलीका नातेदार युवराज पौडेलले बताए ।
त्यस्तै बुधबार विहान पानीसंगै परेको चट्याङले लागेर मोरङमा तीन जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यलय मोरङका अनुसार मोरङ बुधनगर ८ का अमित शर्मा, सोही ठाउ“की मिरा सरबरिया र उमानन्द शर्मा घाइते भएका छन् । उनीहरुको विराटनगर तथा भारतको  अस्पतालमा उपचार भइरहेको छ ।