हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्वि

भोजपुरमा ब्युझिँयो रङ्गमाज

जाति धर्म भाषा सम्प्रदाय विचारको रङ्गभन्दा पहिले मानवियता आवश्यक छ भन्ने मूल आसय बोकेको नाटक बेरङ्ग रङ्गहरु गन्तव्य थिएटरले भोजपूरको सामुदायिक सभाकक्षमा शुक्रबारदेखि माचन गरिरहेको छ ।


निकट भविष्यमा नै राष्ट्रिय साहित्यिक सम्मेलनको सहयोगार्थ गजल प्रतिष्ठान भोजपुरको आयोजनामा भएको नाटक माचनको पहिलो दिन देखि नै अपेक्षा भन्दा बढी दर्शकहरु न्ााटकप्रति आकर्षित भएका छन् । नाटक हेरेपछि स्रष्टा श्याम तमोटले भने ूभोजपुरमा नै यत्तिको प्रयोगात्मक र सुन्दर नाटक भएको पहिलो पटक हो ।ू त्यसतै रङ्गकर्मी नारद हार्तम्छालीले भने ूभोजपुरलाई गन्तव्य थिएटरले ठूलो गुण लगायो । यो माटोमा जन्मेर चर्चित भएका कतिपय स्रष्टाले भोजपुर भुलेको अवस्थामा दुःख गरेर टाढाबाट यहाँसम्म आइ पुन हराउन लागेको नाटकको माहोल व्युँताएकोमा ।
यो नाटक जहाँ जहाँ माचन हुन्छ आधा कलाकारहरु स्थानीयलाई नै समेट्ने गरेको छ । योभन्दा अगाडि दार्जिलिङ्ग इलाम भूटानी शरणार्थी शिविरमा माचन भै सकेको नाटक बेरङ्ग रङ्गहरु केही समयपछि भारतको सिलिगुडी र सिक्किममा पनि माचन हुँदैछ । नाटक बारे परिकल्पनाकार तथा निर्देशक प्रकाश आङ्देम्बेले भने ूहामीले नाम र दामको लागि धेरै नाटक गर्यौ तर सुन्दर संस्कार र जीवनको लागि नाटक गरेनौं । अब नाटक व्यवसाय र मतलबभन्दा पहिला जीवनको लागि केन्द्रित हुन आवश्यक छ ।ू
नाटकमा कलाकारहरु धनकुटे कान्छा किरण पेले दिलन समाल चेतन आँथुपो सुनिल लिम्बू केशव भुजेल काँसी कडेल सुर्य सुब्बा जमुना राई सविता भुजेल स्वीकृत राई आदिले अभिनय गरेका थिए भने लाइट र म्युजिकको संयोजन महेश भण्डारी र सिजन दाहालले गरेका थिए । फोटॊ २ ओटा छ

दलाल समात्ने अभियान थालौँ - दोस्रो लेख

धरम केसी
शुक्रबार केही साथीहरुले दमामको सिको गार्डेनमै भेट्न बोलाएकोले गार्डेन घुम्न र नेपाली कामदार मित्रहरुसँग भेट्न पाइयो । गार्डेनको छेउमै एकहूल नेपालीहरु कसैको प्रितÔामा थिए अनि फोनमा भन्दै थिए- ुखोई त अहिलेसम्म आएन ु
बुझ्दै जाँदा उनीहरु त साउदी प्रहरीको भ्यानको प्रतीÔामा पो रहेछन । केही Ôण्ँमै प्रहरीको भ्यान आयो र ती सबैलाई भ्यानमा राखेर लग्यो । कुनै दिन यही गार्डेनमा काठमाडौं महानगरपालिकाका सुरÔाकर्मीले फुटपाथे पसलेहरुलाई सडकपेटीबाट लखेटे ´ैं नेपाली सिडी क्यासेटको ब्यापार गर्ने नेपालीहरुलाई साउदी मुतौवा र प्रहरीले लखेटेको देखेको थिएँ । त्योबेला डरले भागाभाग हुन्थ्यो उनीहरुको । तर आज नेपालीहरु साउदी प्रहरीको भ्यानमा खुशी साथ तँछाड मछाड गरी पसेको दृश्य देखियो † कस्तो दिन आयो साउदीमा †
उनीहरु त गइहाले मैले त्यो बेला यसको रहस्य बुझ्न सकिन । पछि मैले अरु नेपालीहरुलाई सोध्दा थाहा भयो कि उनीहरुको त्यो गिरÏतारी ुसुनियोजित र प्रायोजितु रहेछ । यो गिरÏतारीको योजना र प्रायोजन गर्ने पनि नेपाली नै रहेछन् । ती नेपालीले यी नेपालीहरुलाई पक्राउ गराए बापत जनही १ हजार ५ सय साउदी रियाल लिएका रहेछन् ।
गैर आवासीय नेपाली संघ साउदी अरबले यस्ता नेपाली दलालहरुलाई पक्रेर कार्बाही गर्न गराउन नेपाली दूतावास रियादलाई संस्थागत अनुरोध गरिसकेको हो । दूतावाससम्म त्यस्ता दर्जनौं दलालहरुको नामावली पनि पुगिसकेको र दूतावासले त्यसो नगर्न चेतावनीसम्म दिएको खबर बाहिर आएको पनि छ । तर त्यस्ता कुनै पनि दलालहरु हालसम्म कार्बाहीमा परेको खबर भने छैन । यो घटनाक्रमले भगौडा कामदारहरुसँग रकम असुलेर पक्राउ गराउने धन्दा नरोकिएको पुष्टी गर्छ ।
उता साउदी प्रहरीको थुनामा महिनौ बस्दा पनि स्वदेश फर्किन नपाएकाहरुको पीडा बेग्लै छ । यस्तै भगौडा कामदारहरु खचाखच भिरंदा खुट्टा टेक्ने ठाउंसम्म मुश्किलले पाइने यी जेलहरु भित्र बिरामी परेका रोजगारदाताले दायर गरेका कतिपय मुद्दाहरुका कारण्ँ थप तनावमा रहेका बैधानिक हक अधिकार नैतिकता सामाजिक छवि र आफ्नो भावी रोजगारको आश सबै गुमाएका नेपालीहरुका थप पीडा र गुनासाहरु वण्र्ँन गरेर साध्य छैन् । अनि अर्कोतिर यो हप्ता यति जनालाई स्वदेश फर्कायौं यो महिना यतिजना उडिसके यसरी उडाउने ब्यवस्था मिलाइएको छ भनेर प्रचारबाजी गरिएकै हुन्छ । जसका कारण्ँ हुँदा खाँदाको बैध रोजगारी छाडेर भाग्ने भगाउने क्रम थप प्रोत्साहित बनेको छ र दलालहरुको कमिशनको धन्दा अरु फस्टाउँदो र मौलाउँदो छ ।
अवैध भगौडा कामदारहरुका दलालहरु बैध हुने त सवालै भएन । यिनीहरुलाई पकि्रन र सजायको भागिदार बनाउन त्यति सजिलो पनि छैन् । किनकी यिनीहरुले लिएको अवैध कमिशन रकमको कुनै बिल भपाई हुँदैन र कतिपय कामदारहरुले आफ्नो दलालको नाम बताउन पनि चाहँदैनन् । त्यसैले पहिचान र प्रमाण्ँ खोजिको िवÈय बन्दैछ । बैध कामदारहरुका एजेन्टहरु नै बैध छैनन् । यिनीहरुले त्यस्ता अबैध ठगी र कमिशनका धन्दाहरुमा आफ्नो संलग्नता नै स्वीकार गर्दैनन जिम्मेवारीबोध र जवाफदेहिता त धेरै परको कुरा । पैसा पावर पहुँच र प्रभाव यिनीहरुकै बढी हुने हुँदा यदाकदा खादा ओढाई सम्मान गरिनेमा समेत पर्दछन यिनीहरु †
के गर्ने त
अहिले साउदी अरबमा विद्यमान दुई प्रमुख भगौडा र घरेलु महिला कामदारका समस्या दीर्घकालिन समाधानका लागि दुईओटा कदम चालिएका छन् । नेपाली दूतावास रियादको विशेÈ पहलमा घरेलु महिला कामदारहरुको िभÈा रोकिँदा र नेपाली कामदारहरुको न्यूनतम तलब १ हजार साउदी रियाल तोकिँदा विद्यमान समस्या समाधानमा सकारात्मक असर पर्ने निश्चित छ । तर दुर्भाग्यवश माथि उल्लेखित अबैध दलालहरु लगायत उपरोक्त धन्दाहरुबाट फाइदा उठाइरहेका केही स्वार्थी तत्वहरुलाई यी कदमहरु मन परेको छैन । एकातिर ुसाउदी अरबमा घरेलु महिला कामदारहरुलाई किन रोक्ने आउन दिनुपर्छ ।ु भन्ने स्वरहरुलाई शक्तिकेन्द्रहरुसम्म पुर् याईंदै भने ुकामदारको तलब राजदूतले तोक्ने होइनु भन्नेहरुले अहिले पनि साउदी अरबमा ५ देखि ७ सय रियाल तलब रहेका िभÈामा कामदारहरु पठाएर दूतावासको सिफारिस तथा निण्र्ँयको खिल्ली उडाइरहेका छन् ।
मौजुदा परिस्थितीले दिएको सन्देश र िशÔा यही छ कि जसरी पीडित महिला कामदारहरुको उद्धारमा ुदलाल केन्द्रितु बन्दा कमसेकम पीडित महिलाहरुको स्वदेश फिर्तीको टिकटको आवश्यकता नपरेको अबैध दलालहरु पक्राउ पर्न थालेको र त्यस्ता दलालहरुको चंगुलमा परी थप नेपाली महिला दिदी बहिनीहरु बेचिनबाट जोगिने परिस्थिति बन्दैछ त्यसरी नै पीडित पुरुÈ कामदारहरुको उद्धार पनि अब ुदलाल केन्द्रितु बन्नै पर्दछ ।
कमिशनकै लागि कामदार भगाउने र थप कमिशन रकम असुली जेल पठाउने दलालहरुलाई त ´न् खोजी-खोजी कार्वाही गर्नु पर्छ । जब एउटा साधारण्ँ लेबरले पनि साउदी अरबमा ८ घण्टा काम गरेर १ हजार साउदी रियाल पाउनेछ र ुभागेको खण्डमा उनी त के उनको मृत लास समेत स्वदेश पुग्नसक्ने छैन भन्ने शन्देश कामदारहरुको मन मस्तिष्कमा पुग्नेछ तब शायदै कुनै नेपाली कामदारहरु भाग्नेछन । समस्या समाधानका अरु पनि बाटाहरु होलान् तर समाधानको उचित बाटो भने यही हो ।
लेखक गैरआवासीय नेपाली संघ साउदी अरेबियाका अध्यÔ हुन् ।

नेपाली कम्युनिस्टका गुण र दोषहरू - पहिलो लेख

श्याम श्रेष्ठ
२००७ साल यता कुनै त्यस्तो प्रगतिशील र लोकतान्त्रिक राजनीतिक, आर्थिक र सामाजिक आन्दोलन भेटिँदैन जसमा नेपालका कम्युनिस्ट दलले सक्रियतापूर्वक भाग नलिएको र त्यसको नेतृत्व नगरेको होस्। नेपालमा सामन्तवादको उन्मूलन र क्रान्तिकारी भूमिसुधारका लागि जोताहा किसान र मोहीहरूको सशक्त आन्दोलन आˆनो अस्तित्वको प्रारम्भदेखि नै उठाउने श्रेय नेपाली कम्युनिस्ट आन्दोलनलाई नै जान्छ। नेपालमा क्रान्तिकारी भूमिसुधार र “जसको जोत उसको पोत”को लोकपि्रय सामन्तवादी विरोधी नारा सर्वप्रथम उठाउने र स्थापित गर्ने कार्य नेपालको कम्युनिस्ट पार्टीले नै गरेको हो।

२००४ सालमा विराटनगरमा नेपालको पहिलो मजदुर हडताल उठाउने कार्य नेपाली काँग्रेसले नै गरेको हो, जतिखेर नेपाली कम्युनिस्ट पार्टी जन्मेकै थिएन। उसले मजदुर आन्दोलनलाई पछिसम्म उठाइरहन र व्यापक बनाउन भने सकेन। सम्भवतः उसको पुँजीवादी वर्ग आधारले नै यसो गर्न दिएन। परन्तु नेपालमा कम्युनिस्ट पार्टी स्थापनाको लगत्तैपछिदेखि नै अखिल नेपाल ट्रेड युनियन काँग्रेसको पहलमा देशव्यापी रूपमा मजदुर आन्दोलनको थालनी र विस्तार भएको देखिन्छ। जिउनयोग्य तलब, दिनमा आठ घण्टाको कार्यकाल, मजदुर पेसाको सुरक्षा, बुढेसकालमा पेन्सन र ट्रेड युनियनको अधिकार जस्ता माग राखेर हरेक पेसाका मजदुरलाई सङ्गठित गर्ने र उनीहरूको सङ्घर्ष उठान गर्ने कार्य नेपालको कम्युनिस्ट आन्दोलन नै गरेको हो।

मूलतः तत्कालीन नेकपा माओवादीले उठान गरेको सशस्त्र सङ्घर्ष र २०६२/६३ को ऐतिहासिक जनआन्दोलनमा सात कम्युनिस्ट/गैरकम्युनिस्ट संसद्वादी दलसित माओवादीको सहकार्यले नै २०६४ सालमा संविधानसभामार्फत नेपालमा राजनीतिक रूपमा सामन्ती राजतन्त्र समाप्त पारेर लोकतान्त्रिक गणतन्त्र स्थापित हुन सम्भव भएको हो। शस्त्रबलसहितको कम्युनिस्ट शक्तिको बलवान् उपस्थिति नहुँदो हो त नेपालमा यति छिटै र यति सजिलै राजतन्त्र मासिएर गणतन्त्र कदापि आउने थिएन। नेपालमा धार्मिक/सांस्कृतिक रूपमा पनि हिन्दु सामन्ती एकाधिपत्य समाप्त पारेर सिङ्गो मुलुक धर्मनिरपेक्ष मुलुक भएको पनि यही कारणले हो।

नेपालमा निर्वाचित संविधानसभाको नारा पनि सर्वप्रथम नेपाली काँग्रेसले २००६ सालमा उठाएको इतिहास साक्षी छ। यो नारालाई पनि काँग्रेसले छोडेपछि फेरि सशक्त ढङ्गले उठाउने, सर्वस्वीकार्य बनाउने र यथार्थमा अनुवाद गराउने श्रेय पनि सामान्यतः नेपाली कम्युनिस्ट आन्दोलन र विशेषतः नेकपा माओवादीलाई नै जान्छ। नेपालको प्रभुसत्ता र राष्ट्रिय स्वाधीनताका लागि कुनै पनि खालको विस्तारवादी साम्राज्यवादी हस्तक्षेपको विरुद्धमा प्रारम्भदेखि नै दह्रो आवाज उठाउने कार्य पनि नेपालको कम्युनिस्ट आन्दोलनले नै गरेको छ।

यही कारणले पूर्वी युरोप र रुसमा समाजवादी व्यवस्था ढल्दा पनि नेपालमा भने समाजवादी व्यवस्था र कम्युनिस्ट पार्टीप्रति जनआकर्षण घटेन, बरु झन् झन् बढ्दै गयो। नेपालमा अहिले सडकमा पनि कम्युनिस्ट नै सबैभन्दा शक्तिशाली स्थितिमा छन् र संविधानसभा तथा व्यवस्थापिका संसद्मा पनि। आपसमा जुधेर चुनाव लड्दा पनि नेपालमा यतिबेला संविधानसभाको ६२ प्रतिशत सिट कम्युनिस्ट दलकै रहेको छ।

नेपाली कम्युनिस्ट आन्दोलनका उज्याला पक्ष प्रशस्त भए जस्तै यसका दोष र अँध्यारा पक्ष पनि उल्लेख्य मात्रामा रहेका छन्। यसलाई हटाउन उनीहरूले ध्यान दिनु आवश्यक छ। नेपाली कम्युनिस्ट आन्दोलनको मुख्य दोष के छ भने यसले राजनीतिक क्षेत्रमा क्रान्ति वा आन्दोलनको उठान राम्रोसित गरेको छ तर त्यसको बैठान र व्यवस्थापन ठीक ढङ्गले कहिल्यै गर्नसकेको छैन। यसले जहिले पनि राजनीतिक क्रान्ति र आन्दोलनलाई अधकल्चोमै छोड्ने गरिरहेको छ। २०४६ सालमा पनि उसले त्यही भूल गर्‍यो, २०६३ सालमा पनि उही महाभूल दोहोर्‍याउँदैछ।

नेपालको कम्युनिस्ट शक्तिको जोडबलमै नेपालमा गणतन्त्र आयो तर संविधानसभामार्फत नयाँ संविधानमा गणतन्त्रलाई संस्थागत गर्नुपर्ने समयमा दुई सबैभन्दा ठूला कम्युनिस्ट दल मूल एजेन्डाबाट बरालिएर आपसमा सत्ताका लागि बाझेर बसिरहेछन्। नेपालको गणतन्त्रलाई नयाँ संविधान बनाइँदा यथासम्भव ज्यादा प्रगतिशील अन्तर्वस्तुले भरिपूर्ण बनाउन माओवादी एमाले र अरू कुनै कम्युनिस्ट दलको प्राथमिकता र रुचि देखिँदैन।

नेपालका कम्युनिस्ट आन्दोलन वा युद्धबाट उपरी तहमा राजनीतिक प्रणाली बदल्न अत्यन्त सक्षम रहेका देखिन्छन् तर उनीहरूको दोष के हो भने उनीहरू राजनीतिक क्रान्तिकै उचाइको आर्थिक र सांस्कृतिक क्रान्ति गर्न चाहिँ नितान्त असक्षम देखापरेका छन्। आर्थिक, सांस्कृतिक र सामाजिक रूपान्तरण नेपालका कम्युनिस्टले हमेसा बिर्सिने एजेन्डा बनेको छ जब कि यो नभई कुनै पनि क्रान्ति सम्पन्न, सफल र दिगो हुँदैन।

हालसालैको ताजा उदाहरण हेर्ने हो भने माओवादीको १० वर्षे जनयुद्धले गाउँमा जालीफटाहा र सामन्त शून्य गर्‍यो, गाउँमा गयल जमिन्दारका जमिन जोताहा र भूमिहीन किसानमा बाँड्यो। जब माओवादी शान्तिप्रक्रियामा आयो उसले ती सामन्तलाई प्रगतिशील भूमिसुधारद्वारा जरैमा समाप्त पार्नुको साटो मोही किसान र भूमिहीन किसानका लागि कुनै वैकल्पिक व्यवस्था नै नगरी जोताहाबीच बाँडिसकिएको तिनको जग्गासमेत फिर्ता गर्ने सम्झौता गरेको छ र फिर्ता गर्ने प्रक्रिया थालेको छ। हदबन्दीभन्दा बढी जमिनका लागि समेत क्षतिपूर्ति दिने सम्झौता नेपालका कम्युनिस्टले काँग्रेससित हालै गरेका छन् जुन राजा महेन्द्रले पनि गरेका थिएनन्। क्रान्तिकारी भूमिसुधार नेपालका कम्युनिस्ट सत्ता बाहिर हुँदा जोडले उठाउने र सत्तामा जाने बित्तिकै बिर्सिने नारा बनेको छ।

राजनीतिक क्रान्तिपछि नेपालको राज्ययन्त्र र राज्यसत्ताको स्वरूप र चरित्र बदल्ने कुरामा पनि नेपालका कम्युनिस्ट हमेसा चुकेका देखिएका छन्। राज्ययन्त्र र राज्यसत्ताको परिवर्तनभन्दा पनि त्यसमा घुलमिल र विलयन नेपालका कम्युनिस्टको मुख्य प्रवृत्ति बनेको छ। सिंहदरबार बदल्न गएका नेपालका कम्युनिस्टहरू सिंहदरबारमा पुगेपछि आफैँ सिंहदरबारको प्रभावमा बदलिएका देखिएका छन्। सरकारमा पुगेका बेला सेना, प्रशासन, प्रहरी, न्यायालयको चरित्र र वर्ग संरचनामा परिवर्तन ल्याउने निणर्ायक पहल कुनै पनि कम्युनिस्ट पार्टीबाट भएको देखिँदैन। कम्युनिस्ट नेतृत्वको सरकारमा पनि मजदुर, जोताहा किसान, महिला र दलितको प्रतिनिधित्वको त्यत्तिकै अभाव देखिएको छ जति यसअघिका पुँजीवादी नेतृत्वको सरकारमा हुने गथ्र्यो।

नेपालका कम्युनिस्ट पार्टीहरूको अर्को दोष के देखिएको छ भने उनीहरूले आफू अरुभन्दा ठूलो देखिन सङ्ख्यात्मक वृद्धिमा मात्र अत्यधिक प्राथमिकता दिएका छन् तर सङ्गठनको गुणात्मक विकासमा र नेता कार्यकर्ताको वैचारिक सांस्कृतिक रूपान्तरणमा उनीहरूले ध्यान र प्राथमिकता दिएको देखिँदैन। वैचारिक सांस्कृतिक रूपान्तरणमा पर्याप्त जोडबल नदिएको हुनाले नेपालका कम्युनिस्टहरू संस्कृति र चरित्रका हिसाबले रातो मुला जस्ता देखिन्छन्ः बाहिर कुरो र भाषण हेर्दा एकदम रातो, भित्र व्यवहार र चरित्र हेर्दा एकदम सेतो। समाजका अपराधीहरू, गलत र भ्रष्ट तत्वहरू तथा वर्गीय रूपमा प्रतिगामी र प्रतिक्रियावादीसमेत निर्बाध रूपमा कम्युनिस्ट पार्टीमा प्रवेश गरेको/गराइएको खुलेआम देख्न सकिन्छ। पार्टीमा प्रवेश गर्नेहरूको रेखदेख, नियन्त्रण र प्रवेश गरेकाहरूको वैचारिक सांस्कृतिक रूपान्तरणमा भने कसैको ध्यान पुगेको देखिँदैन। यस प्रकारको जसरी पनि संसदीय चुनाव जित्ने उद्देश्यबाट मात्र निर्मित वैचारिक र सांस्कृतिक रूपमा प्रदूषित सङ्गठन निर्माणबाट सामाजिक क्रान्ति र समाजवादी समाजको निर्माण कसरी हुनसक्छ ?

अहिले नेपाली कम्युनिस्ट आन्दोलनमा नेता र पार्टीबीच गहन र खुला वैचारिक र दार्शनिक बहस त्यति देख्न पाइँदैन। कक्षा र प्रशिक्षण विरलै मात्र हुने गर्छ। नेपालको कम्युनिस्ट आन्दोलनको यतिखेरको विडम्बना के हो भने नेपालमा कम्युनिस्ट नेतामा कुशल सङ्गठक थुप्रै देख्न सकिन्छ तर बोली र व्यवहारमा, सोच र संस्कृतिमा ठूलो खाडल नभएको आदरयोग्य सिद्धान्तकार कोही देखिँदैन। पुष्पलाललाई गद्दार भनेर नेपाली कम्युनिस्ट आन्दोलनको दुई दशक बितेको छ तर सिद्धान्त, विचार, संस्कृति र व्यवहारमा उनको उचाइको समकालीन कम्युनिस्ट नेता विरलै भेटिन्छ।

नेपालको कम्युनिस्ट आन्दोलनको अर्को दोष के हो भने विश्वमा ज्ञान, विज्ञान र श्रमिक वर्गको आन्दोलनमा ठूलो हेरफेर भइरहेको छ, कतिपय मुलुकमा समाजवादी व्यवस्था नै ढलेको छ। तर बदलिँदो ज्ञानविज्ञानको दही-मथनी गरेर, समाजवाद ढल्नाका मूल कारण खोजेर, त्यसलाई संश्लेषण गरेर समाजवादी सिद्धान्तलाई बदलिएको युगानुकूल परिष्कृत र उन्नत बनाउने कार्य खासै भइरहेको देखिँदैन। माक्र्स, ऐंगेल्स र लेनिनको पालासम्म विश्वका ज्ञानविज्ञान र श्रमिक आन्दोलनको उचाइलाई संश्लेषण गर्ने प्रक्रिया लगातार जारी राखिएको थियो। लेनिनको मृत्युसँगै त्यो प्रक्रिया जहाँको तहीँ रोकिएको छ। नेपाली कम्युनिस्ट आन्दोलनको अर्को रोग हो-निरन्तर सिद्धान्तहीन फुट। सिद्धान्तमै भिन्नता हुँदा फुट अवश्यम्भावी हुन्छ, कतिपय फुटलाई सैद्धान्तिक जामा पहिर्‍याइए पनि गहिराइमा नियाल्दा अधिकांश फुट व्यक्तिकेन्दि्रत अहंकारको टक्कर, केवल कार्यनीतिक भिन्नता र भित्री पार्टी जनवादको अभाव र भिन्न तथा आलोचनात्मक मतको दमनका कारणले मात्र पनि भइरहेका देखिन्छन्।

नेपाली कम्युनिस्ट आन्दोलनमा काम कारबाहीमा बहुमतको निर्णय मानेर, कामकारबाहीमा एकरूपता कायम गरेर आलोचनात्मक तथा भिन्न मतलाई सङ्गठन बाहिर र भित्र दुवै ठाउँमा एउटा प्रणालीअन्तर्गत स्वतन्त्रतापूवर्क चलखेल गर्न दिने मामिलामा ठूलो सङ्कीर्णता र हिच्किचाहट भेटिन्छ। एउटा विधिअन्तर्गत भिन्न र आलोचनात्मक मतलाई स्वतन्त्रतापूर्वक चलखेल गर्न दिने कुराले नै विचारको विकास र नयाँ सक्षम नेतृत्वको प्राकृतिक छनोट हुने कुरो हो। तर त्यसलाई नोकरशाही ढङ्गले दबाइँदा पार्टीमा स्थायी गुटहरू जन्मने गरेका छन् र गुटहरू फुटतिर उन्मुख हुने गरेका छन्। भिन्न मतको दमनको प्रतिक्रियामा अराजक ढङ्गले मत राख्ने प्रवृत्ति पनि यत्रतत्र देखापरिरहेछ।

नेपाली कम्युनिस्ट आन्दोलनमा वर्गीय दृष्टिकोण भुत्ते हुँदै जाँदो छ,त्यसको स्थान साम्प्रदायिक जातीय सोचले लिँदैछ। यो ठूलो भूल हो जसलाई कम्युनिस्टहरूले अविलम्व सच्याउनुपर्छ। जातीय साम्प्रदायिकताको भावनामा पङ्खा हम्केर र विश्ाुद्ध जातीय राज्यको सोचबाट जातीय समस्या हल हुन सम्भव छैन, बरु झन् जटिल मात्र हुनेछ। समतामूलक समावेशी विकास नै कम्युनिस्टहरूको बाटो हो। भाषागत र जातीय समस्यालाई कम्युनिस्टहरूले हल गर्नर्ैपर्छ तर त्यो वर्गीय दृष्टिकोणबाट हल गर्नु कम्युनिस्टहरूको विशेषता हो। विशुद्ध जातीय राज्य मात्र बनाएर यो समस्या हल हुन सक्दैन। नयाँ सङ्घीय राज्य प्रणालीमा सङ्घ होइन, सत्ताको तल्लो एकाइ सबैभन्दा शक्तिशाली हुनुपर्छ किनकि श्रमिक वर्ग र सर्वसाधारण जनताले राज्य भेट्ने सबैभन्दा नजिकैको ठाउँ त्यहीँ हो। नेपालमा भने उल्टो भइरहेछ। सत्ता र स्रोतबाट वञ्चित गरिखाने वर्गलाई शासन र स्रोतको मालिक बनाएर र त्यसभित्र खालि सम्भ्रान्त वर्गमात्र माथि उठ्ने सम्भावना रोक्नुको साटो नेपालका कम्युनिस्टहरू केन्द्रीय राज्यलाई सबैभन्दा बलियो बनाउने पक्षमा देखिन्छन्। यो ठूलो विडम्बना हो।

दमकले अरु थुप्रै गर्न सक्छ - सम्पादकीय

झापाको दमकमा आयोजित आदिवासी जनजाति सांस्कृतिक महोत्सव-२०६८ भर्खरै सम्पन्न भएको छ । महोत्सव मूल आयोजक संस्था नेपाल आदिवासी जनजाति महासंघ दमक नगर समन्वय परिषद्ले सार्वजनिक गरेको ताजा जानकारी अनुसार २६ लाख ५० हजार रुपैयाँ बढी आम्दानी र २३ लाख रुपैयाँ बढी खर्चको विवरण प्राप्त भएको बुझिन्छ । १५ दिन सम्म चलेको महोत्सव अवधिमा ३ करोड बढीको आर्थिक कारोबार तथा राष्ट्रिय र स्थानीय स्तरका लोकपि्रय कलाकारहरुको नियमित प्रस्तुतिहरु पनि भए । सम्भवतः दमकको इतिहासमै एकै कार्यक्रमका दौरान यतिबिघ्न कलाकारहरुले एउटै माच टेकेको अनुमान समेत गरिएको छ यस पटक । यिनका अतिरिक्त विभिन्न आदिवासी जनजाति समुदायका कला संस्कृति भेषभूषा रहनसहन र मौलिकता झल्काउने किसिमका नमूना घरहरुको प्रदर्शनी जातिहरुको सांस्कृतिक नृत्य प्रस्तुति लगायतका कार्यले दमकको माटोमा एउटा अनुभूतिको इतिहास रोपेको मान्न सकिन्छ ।
किनकि कुनै पनि राष्ट्र क्षेत्र समाज र समुदायका लागि उसको जीवन्त पहिचान हुन आवश्यक छ । पहिचानको पृथकताले उसको अस्तित्व सुरक्षित गरेको हुन्छ । यस पटक दमकले यही सन्देश दिएको छ । दमक नगरको राजनीतिक आर्थिक सामाजिक शैक्षिक पूर्वाधार विकास आदि समृद्धिहरुसँगै यहाँको सांस्कृतिक पूर्वाधार पनि बलियो सह-अस्तित्वमा आधारित छ भन्ने सन्देश महोत्सवले दिन सफल भएको मान्न सकिन्छ । संकुचित मानसिकता बोकेकाहरुले यसलाई आफ्नो मात्र वा अरु कसैको मात्र उपलब्धि मान्न सक्छन् । लोकतन्त्रमा सबैलाई सबै किसिमको सोच र विचार प्रस्तुत गर्ने अधिकार छ तर सबैले आ-आफ्ना पायक विचारहरु मात्रै अन्तिम सत्य हो वा त्यो विचार मात्रै सर्वोपरि हो भन्ठान्नु अन्ततः लोकतन्त्रकै उपहास बाहेक अरु हुन सक्दैन । तसर्थ आम हितका दृष्टिकोणले दमकमा सम्पन्न महोत्सवले सिङ्गो दमकेली शान र दमकवासीको गौरवलाई उचो तुल्याएको छ भन्नु अत्योक्ति हुने छैन ।
सन्दर्भकै दौरान केही तिता र मिठा अनुभूतिहरुका साथ दमकमा जो उपलब्धिपूर्ण कार्य भएको छ तिनलाई मिहिन ढङ्गले विवेचना गर्दै गल्तीहरुबाट पाठ सिकेर प्रगतिहरुलाई संस्थागत गर्न हामी सबैको दायित्व हुन जान्छ । प्रत्यक्ष रुपमा यी वा यस्ता उपलब्धिहरुका जस पात्रहरु सीमित हुन सक्छन् तर सकरात्मक सोचका साथ सबैले आ-आफ्नो दायित्व र जिम्मेवारी वोध गर्ने हो भने यस्ता उपलब्धिहरु सिङ्गो समाजलाई एकतावद्ध र सुसांस्कृतिक बनाउन प्रेरीत गर्ने किसिमका हुन्छन् । सबैको हित हुने कार्यले सबैको अहित हुने काममा लागेकाहरु बाहेक अरुलाई नोक्सान पनि गर्दैन । तसर्थ दमकमा थालिएका यस्ता सकरात्मक र दमकेली पहिचानसँग जोडिएका विषयहरुमा सबैले समान जस लिन गौरव गर्न सहभागी हुन र सहकार्य गर्न पाउनु पर्दछ । अवसरहरु फेरि पनि आउँछन् तिनको सही सदुपयोग र समान वितरणमा हाम्रा लागि थप चुनौति र सम्भावना बढेका छन् । कुनै पनि कार्यका लागि सबै पक्षको सहभागिताका आवश्यक छ २१ औं शताव्दीको लोकतन्त्रले सहभागितामूलक निर्णय प्रकि्रयालाई जोड दिएको छ । तसर्थ हिजो कसले कहाँ कति गल्ती गर् यो भनेर गौणा ढुक्नु भन्दा पनि कसरी सच्चिएर र सच्याएर लाने यस दिशातर्फ सबैको ध्यान गए दमकले अरु थुप्रै राम्रा कामहरु गर्न सक्छ ।

पहिलो डिभिजनका ७ सय ३० लडाकुको बिदाई - मुख्य समाचार

शान्ति प्रकि्रयाको नयाँ अध्याय
पिपुल्स टाइम्स समाचार
केर्खा,माघ २९ गते २०६८/ पाँच वर्ष अघि सुरु भएको शान्ति प्रकि्रयाका मुख्य मानिएका चरणहरुमध्ये माओवादी लडाकुहरुको शिविरबाट बिदाई गर्ने कार्यक्रम सुरु भएको छ । पुनर्वर्गीकरणमा सामेल भइ स्वेच्छिक अवकाश रोजेका लडाकुहरुलाई बिदाई गर्ने क्रम चुलाचुलीस्थित जनमुक्ति सेनाको प्रथम डिभिजनबाट सुरु भएको हो । प्रथम डिभिजन मातहत स्वेच्छिक अवकाश लिएका जनमुक्ति सेनाहरुलाई शनिबार बिदाई गरिएको छ ।
बिगत ५ वर्षयता पहिलो डिभिजन मातहतका बिप्लप-सिर्जन स्मृति बि्रगेड इलाम चिन्ताङ-सुखानी स्मृति बि्रगेड रत्न-शकुन्तल स्मृति बि्रगेड मोरङ अनु सन्देश-स्मृति बि्रगेड चुलाचुली र चुलाचुलीमा रहेको प्रथम डिभिजनमा कार्यरत १५ सय २१ मध्ये ७ सय ३० जना लडाकुहरुलाई बिदाई गरिएको हो ।
अवकाश रोजेका लडाकुहरुलाई बिदाई गर्नका लागि शनिबार बिहानैदेखि चार ओटै बि्रगेडहरुमा बिदाई कार्यक्रम आयोजना गरिएको थियो । बिदाई भएका लडाकुहरुलाई प्रथम डिभिजनद्वारा तयार गरिएको प्रमाण-पत्र समेत प्रदान गरिएको छ । बिदाई कार्यक्रमहरुमा प्रथम डिभिजनका कमाण्डर यामबहादुर अधिकारी प्रतिक्षा सह-कमाण्डर प्रमोद लगायतको उपस्थिति रहेको थियो ।
विशेष समितिले प्रदान गरेको अवकाश बापत पहिलो किस्ता र यातायात खर्च बुझिसकेका लडाकुहरुलाई पायकपर्ने स्थानहरुसम्म पुर् याउनका लागि डिभिजन र बि्रगेडहरुले गाडीको समेत प्रबन्ध गरेको थियो । अवकाश लिएका लडाकुहरुलाई दर्जाका आधारमा ५ ६ ७ र ८ लाख रुपैयाँको ५० प्रतिशत रकम बराबरको चेक प्रदान गरिएको छ ।
७ हजार २ सयलाई झण्डै २ अर्ब
यसैबीच स्वेच्छिक अवकाश रोजेका प्रथम डिभिजन सहित देशभरका ७ वटै मुख्य तथा २८ वटा सहायक शिविरका लडाकुहरुलाई चेक हस्तान्तरण गर्ने कार्य सम्पन्न भएको पुनस्र्थापना रेखदेख र सेना समायोजन विशेष समितिको सचिवालयले जनाएको छ ।
विशेष समितिका संयोजक बालानन्द शर्माले छिटफुट भएका लडाकुलाई काठमाडौस्थित सचिवालय मार्फत वितरण गरिने व्यवस्था मिलाइएको जानकारी दिएका छन् । सचिवालयले हालसम्म स्वेच्छिक अवकाश रोजेका ७ हजार ३ सय ६५ जना लडाकु मध्ये ७ हजार २ सय जनालाई १ अर्ब ९७ करोड रुपैयाँ बराबरको चेक वितरण गरिसकेको तथा बाँकी रहेका करिब डेढ सयलाई सचिवालयमा सम्पर्क राख्न आग्रह गरेको छ ।
समितिले यही माघ १९ गतेदेखि स्वेच्छिक अवकाशमा जानेहरुलाई बिदाई प्रकि्रया सुरु गरेको थियो । अनमिनले प्रमाणित गरेका १९ हजार ६ सय २ मध्ये १६ हजार ९ सय ९६ मात्र वर्गीकरणमा सहभागी भएका थिए ।
समायोजनमा ९ हजार ७ सय ५ स्वेच्छिक अवकाशमा ७ हजार ३ सय ६५ र ६ जनाले मात्र पुनस्र्थापना रोजेका थिए । मन्त्रालयअन्तर्गत रहेको शिविर व्यवस्थापन केन्द्रीय समन्वयकर्ताको कार्यालयका अनुसार लडाकुका लागि आर्थिक वर्ष ०६३÷६४ देखि आर्थिक वर्ष ०६८÷६९ मङ्सिर मसान्त सम्ममा जम्मा ८ अर्ब ७८ करोड ९९ लाख २६ हजार ५ सय ४६ रुपैयाँ खर्च भइसकेको छ ।

फागुन ४ सम्मको अल्टिमेटम - उपमुख्य समाचार

स्वेच्छिक अवकास रोजेका माओवादी सेनाको पहिलो डिभिजनका लडाकुहरुले आगामी फागुन-४ गते सम्ममा चेक अनुसारको सवै रकम फिर्ता नदिए स्सशक्तू आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
शनिबार दमकमा पत्रकार सम्मेलन गर्दै उनीहरुले पहिलो डिभिजन अन्तर्गतका ३ सय भन्दा बढि लडाकुको रकम डिभिजनले लगेको बताए । जनमुक्ति सेना प्रथम डिभिजन संघर्ष समितिका सायोकज पूर्णबहादुर लिम्बूले लडाकुको भागमा २५ हजार रुपैयाँ छोडेर बाँकि सबै रकम डिभिजनलेनै लगेकेा दाबी गरे ।
संघर्ष समितिका सहसंयोजक रामकुमार लिम्बूले स्जनयुद्धका योद्धाूहरुको त्यागलाई पैसासँग साटिएको र त्यसको सम्मानका लागि दिईएको पैसा समेत जवरजस्ति खोसिएको गुनासो गरे । आफुहरुलाई पैसाको लोभ नभएको र यदि आफूहरुलाई पैसा दिँदा शान्ति प्रकृयामा बाधा पुग्ने भए आफूहरु सबै पैसा राज्यकोषमा बुझाउन समेत तयार रहेको उनको भनाई थियो ।
बिशेष समिति मार्फत् आफ्नो खातामा २ लाख २५ हजार पाए पनि
डिभिजनले २५ हजार रुपैयाँ बाँकी राखेर सबै रकम लगेको स्वेच्छिक अवकाश रोजेका सुन्दर शेर्पाले बताए । पत्रकार सम्मेलनमा अर्का लडाकु प्रदीपकुमार श्रेष्ठले सर्वहाराका नाममा राजनीति गर्न सिकाउने पार्टीले आफूहरुले पाउनुपर्ने रकम खोसेर नवसामन्तवादको सृजना गरेको आरोप लगाए । पहिलो डिभिजनका ७ सय १ लडाकुले चेक पाए पनि ३ सय भ्ान्दा बढिको रकम चेक मार्फत नै खोसिएको संयोजक लिम्बूले दाबी गरे ।

मैना खातामा राज्यमन्त्री

लखनपुर,माघ २९ गते २०६८/ केही दिनयता रहेका गृहराज्य मन्त्री भीमराज राजवंशीले शनिबार लखनपुरको मैना खाताका बासिन्दाहरुसँग भेटघाट गरेका छन् ।
स्थानीयहरुले उनीसँग स्थानीय समस्या र विकास निर्माणका योजनाहरुबारे छलफल गरेका थिए । सो अवसरमा राज्यमन्त्री राजवंशीले आपसी मतभेद्लाई त्यागेर सबै मिली राष्ट्र बनाउनुको विकल्प नभएको बताए ।
सो पछि आयोजित पत्रकार भेटघाटमा राज्यमन्त्री राजवंशीले माओवादी भित्र अहिले देखिएको विवाद आन्तरिक रणनीति मात्रै भएको दाबी गरे । मधेसी जनअधिकार फोरम स्लोकतान्त्रिकू बाट राज्यमन्त्री बनेका राजवंशीले राज्य पुनस्रंरचना र शासकीय स्वरुपका विषयमा पार्टीले बनाएको छुट्टै समिति मार्फत् नै धारणा आउने बताए । यद्यपी उनले समग्र मधेस एक प्रदेश मधेसवादी दलहरुको माग नभएको स्पष्ट पारे ।

वुद्ध टोलको नयाँ नेतृत्व

दमक, माघ २९ गते २०६८/ दमक-१४ स्थित बुद्ध टोल विकास संस्थाको तेस्रो साधारण सभाले पुनः रणबहादुर बराइलीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
साधारणसभाका प्रमुख अतिथि टोल विकास साजालका अध्यक्ष पदमप्रसाद कोइराला मन्तव्य राख्दै ।

सरस्वती उच्च मा।वि।sाे सभाकक्षमा भएको सभाले उपाध्यक्षमा गंगा तामाङ सचिवमा भेषराज ओझा सहसचिवमा अस्मिता तामाङ र कोषाध्यक्षमा रुपामाया राई सर्वसम्मत चयन गरेको हो ।
संस्थाको साधारण सभा उद्घाटन कार्यक्रमका वक्ताहरुले टोल विकास संस्थाहरुले स्थानीय निकाय जनप्रतिनिधिविहीन रहेको अवस्थामा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको बताए ।
टोल विकास साजाल दमक-१४ का अध्यक्ष पदमप्रसाद कोइरालाको प्रमुख आतिथ्य र संस्थाका अध्यक्ष रणबहादुर बराइलीको अध्यक्षतामा भएको सभामा सरस्वती टोल विकास संस्थाकी अध्यक्ष गीता बुढाथोकी बिन्ध्याबासिनी टोल विकास संस्थाकी अध्यक्ष चन्द्रा भट्टराई दीपेन्द्र टोल विकास संस्थाकी अध्यक्ष विष्णुकुमारी सुब्बा पत्रकार विष्णु पौडेल र सदस्यहरुका तर्फबाट विष्णु निरौलाले शुभकामना मन्तव्य राखेका थिए । सभाको साचालन सचिव भेषराज ओझाले गरेका थिए ।

युवकको रहस्यमय मृत्यु

दमक, माघ २९/  अचेत अवस्थामा भेटिएका दमक-१० का एक युवकको उपचारको क्रममा शनिबार मृत्यु भएको छ ।
दमक-१० को पाथीभरा चलचित्र मन्दिर छेउमा अचेत अवस्थामा भेटिएका दमक-१० का २३ वर्षीय विश्वराज दाहालको दमकस्थित आम्दा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
उनको शव पोष्टमार्टमका लागि मेची अाचल अस्पताल भद्रपुर लगिएको प्रहरीले जनाएको छ । घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसैबीच मृतकका आफन्तहरुले उनको सुनियोजित हत्या भएको आशंका गर्दै छानबिनको माग गरेका छन् ।

भोलेन्टियस्र पुनर्गठन

बिर्तामोड, माघ २९/ झापामा माच सम्बद्ध संघीय लिम्बूवान राज्य परिषद्को युवा संगठन लिम्बूवान भोलेण्टियस्र पुनर्गठन गरिएको छ ।
शनिबार जिल्ला पार्टी कार्यालयमा भएको कार्यक्रमले भोलेण्टियस्र पुनर्गठन गरेको हो । भोलेण्टियस्रको जिल्ला ईन्चार्जमा मोहन बेघा चयन भएका छन् । यस्तै सह-इन्चार्जद्वयमा अमित खम्बू र असिम थेवे रहेका छन् । यस्तै क्षेत्र नम्बर-१ मा ईन्चार्ज राजीमान लिम्बू २ मा सुजित राई ३ मा राजेन्द्र लिम्बू ४ मा एकराज खवास ५ मा भरत संग्रौला ६ मा अनुप लिम्बू र ७ मा देउकुमार राई इन्चार्जमा चुनिएका छन् ।
यस्तै दमक फिल्ड कमाण्डरको जिम्मा अर्जुन राईले पाएका छन् । परिषद्का केन्द्रीय उपाध्यक्ष ज्ञानु इम्बुङ् भोलेण्टियस्रका केन्द्रीय कमाण्डर फक्तालुङ् योङ्हाङ् कमिसार प्रेमदीप थाम्सुहाङ् परिषद्का केन्द्रीय सदस्य धनराज सुब्बाप्रेम घिमिरे केन्द्रीय उपकमाण्डर राजु राई लगायतको उपस्थिति रहेको कार्यक्रम परिषद्का जिल्ला अध्यक्ष मानबहादुर साँवाको अध्यक्षतामा भएको थियो ।