हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्वि

एम्बुलेन्स व्यवस्थित गर्न पहल


विर्तामोड÷ एम्बुलेन्स सेवालाई व्यवस्थित गर्न पहल थालिएको छ । जिल्लामा साचालनमा रहेका एम्बुलेन्स सेवालाई व्यवस्थित बनाउन प्रशासन तथा सरोकारवलाहरुले चासो देखाएका हुन् । शुक्रबार नेपाल रेडक्रस सोसाइटी झापा शाखाको भद्रपुरस्थित कार्यालयमा रेडक्रस तथा जिल्ला एम्बुलेन्स साचालन समितिले आयोजना गरेको समन्वयात्मक बैठकमा सहभागी उनीहरुले एम्बुलेन्स सेवालाई व्यवस्थित गर्न समेत प्रतिवद्धता जनाएका छन् ।
प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहने जिल्ला एम्बुलेन्स साचालन समितिका अध्यक्ष गेहनाथ भण्डारीले एम्बुलेन्स सेवा दुरुपयोग रोक्न सवैको सहयोगको खाँचो रहेको बताए
बैठकमा जिल्ला जनस्वास्थ्य कार्यलयका प्रशासक योगेन्द्रप्रसाद भगत र रेडक्रसका निर्देशक करुनाप्रसाद श्रेष्ठले एम्बुलेन्स साचालन सम्बन्धी नीति र हाल भइरहेको कार्यहरुकाबारे बोलेका थिए ।
जिल्लाका ५१ वटा विभिन्न एम्बुलेन्स साचाकहरुको सहभागिता रहेको सो बैठकमा एम्बुलेन्सलाई व्यवस्थित बनाउन एम्बुलेन्स साचालक र रेडक्रस प्रतिनिधिहरु सम्मिलित एक समिति समेत गठन गरिएको छ । गठित समितिको संयोजक नेरेसो झापा शाखाका अध्यक्ष तथा केन्द्रीय सदस्य लोकराज ढकाल रहेका छन् । ५ सदस्यीय सो समितिको सदस्यहरुमा जयबिन्द्र कुमार सिहं सचिव एम्बुलेन्स चालक संघ नविन श्रेष्ठ सिल वा। स्मृति प्रतिष्ठान दमक प्रसु सिटौला लिराट एम्बुलेन्स विर्तामोड र खेम नाथ न्यौपाने लक्ष्मी नन्द स्मृति एम्बुलेन्स विर्तामोड रहेका छन् । गठित समितिले आगामी १५ दिन भित्र एम्बुलेन्स सेवा दर रेटमा एकरुपता चालकको परिश्रमिक तथा एम्बुलेन्स व्यवस्थीत गराउन सकिने उपायका बारे जिल्ला एम्बुलेन्स साचालन समितिमा प्रतिवेदन पेश गर्ने संयोजक ढकालले बताए । सो बैठकमा झापाका सहायक प्रजिअ योगेन्द्र दुलाल मेचीअाचल अस्पतालका मेडीकल सुपरिडेन्ड डा। टंक प्रसाद बाह्रकोटी रेडक्रसको अन्तराष्ट्रिय समितिका प्रतिनिधी शसीलाल कर्ण लगायतले बोलेका थिए ।

शारिरीक सुगठन झापाको नेतृत्व


विर्तामोड÷नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघ झापाको अध्यक्षमा दमकका अशोक पाठक चयन भएका छन् ।
संघका केन्द्रीय प्रतिनिधि पुष्प श्रेष्ठको प्रमुख आतिथ्य र जिल्ला खेलकुद विकास समितिका सचिव टहलदास मैनालीको उपस्थितीमा जिल्ला कार्य समिति चयन गरिएकेा हो । समितिको उपाध्यक्षमा अर्जुन लम्साल सिजरराज भण्डारी विर्तामोड सचिवमा हरि धिमाल विर्तामोड कोषाध्यक्षमा खेमराज श्रेष्ठ चन्द्रगढी चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा कर्म लामा दमक विजय राजवंशी ज्यामिरगढी विश्वराज राई धुलाबारी प्रशान्त भण्डारी विर्तामोड मौसम श्रेष्ठ सुरुङ्गा बद्री विष्ट आमडाँगी सुकुकुमार कर्मकार विर्तामोड सीता राई विर्तामोड रचना थापा विर्तामोड र कृष्ण बस्नेत चयन भएका जनाइएको छ । सो भेला शनिबार विर्तामोडमा भएको थियो ।

सुन ठगीको आरोपमा पक्राउ


दमक÷सुन सफा गर्ने निहुँमा सुन ठगी गरेको भन्दै दुई भारतीयलाई दमक-१५ का बासिन्दाले पक्राउ गरी प्रहरीमा बुझाएका छन् । शनिबार दिउँसो स्थानीय वेदमाया निरौलाको सुनको सिक्री सफा गरेर तौलिदा परिमाण कम पाइएको भन्दै उनीहरुले सोमा संलग्न दुईजनालाई शनिबार दिउँसो प्रहरीको जिम्मा लगाएका हुन् ।
इलाका प्रहरी कार्यालय दमकका अनुसार नियन्त्रणमा लिइएकाहरुमा भारतको बिहार अन्तर्गत ुनोकरीु गाउँका ५० वर्षीय रामप्रकाश शाह र २२ वर्षीय परमानन्द शाह रहेका छन् ।
उनीहरुमा आवश्यक अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

लक्षित पाइलाहरु

राजकुमार सुब्बा ुअनिश्चितु
सन् १९८६÷१२÷२८ गते सौरेनी सम्घिको भुटानमा जन्मिएका स्रष्टा हुन दिनेश चाम्लिङ्ग ुअभिलाषीु जिवनको सार खोज्नेलाई जब मनले चिताउँछ तब लक्षित र निश्चित ठाउँमा ती पाईलाहरु पुग्छन् । यसैको एउटा उदाहरणीय रुप हो चाम्लिङ्गको कृति ूलक्षित पाईलाहरुू ! नेपाली साहित्य लेखनको क्षेत्रमा मुलत गजल लेखन र गजल कृतिहरु प्रकाशन हुने क्रमहरुको लहरमा पछिल्लो समयमा पाठकहरु माझ आईपुगेको अर्को कृति हो दिनेश चाम्लिङ्गको ूलक्षित पाईलाहरुू आजको बसाई भरी यिनै स्रष्टा चाम्लिङ्गका कृतिसँगै पाठकहरुलाई पनि सँगै डोर् याउने प्रयत्न गर्दैछु ।
चाम्लिङ्गका ूलक्षित पाईलाहरुूमा जम्मा ६ ओटा गजलहरु समाविष्ट छन् गजलहरु पढ्दा र हेर्दा लाग्छन् चाम्लिङ्ग गजलको संरचना भत्काउने र भत्किने कुराहरुबाट निकै सजगताका साथ अघि बढेको देखिन्छन् भने अधिकांश गजलहरु जिवन भोगाईहरु सँग जोडिएर उनिएका छन् भने माया पिरती र देश छोड्नु पर्दाको सास्वत पीडाहरु पनि चाम्लिङ्गका गजलहरुमा उत्तिकै भेटिन्छन् तिनै गजलहरु मध्ये चाम्लिङ्गका केही गजलहरु ः
१। उभिन्छन् जति बाधाहरु सबै ढालिरहेछु
यि लक्षित पाईहरु चालिरहेछु

चकिरहन्छ यो मुटु कहिले फाट्छ जिन्दगीनै
दर्दपुर्ण फाटोहरु बनि टालिरहेछु

जिवन भोगाइहरुको क्रममा यस्ता चोटका अनेकौँ सामनाहरु बीच पनि स्रष्टा चाम्लिङ्ग गजल भित्र आफ्नो जिवन्त खोज्छन् र आफ्नो प्राण रहुाजेल गजलका सुन्दर सेरहरुमा जिवनका अभिव्यक्तिहरु यसरी पोख्छन् ः
२। बाँचुाजेल आशै- आस र उल्लास रहेछ जिन्दगी
नमरुाजेल केवल एकमुठ्ठी स्वास रहेछ जिन्दगी

कहीँ काँडा बिझ् ने बाटो कहीँ फूल फुल्ने माटो
कहीँ चट्टान छत कहीँ भने भाष रहेछ जिन्दगी 

यि गजलका सुन्दर सेरहरुबाट बुझ् न सकिन्छ कि स्रष्टा चाम्लिङ्ग पनि जिवनबाट टाढा रहन नसकेर आफ्नो अभिव्यक्तिका प्रस्तुत गर्न भ्याएका छन् भने आफ्नो पुरानो गाउँघरका स्मरणहरु यसरी गर्न पुग्छन् गजल मार्पुत ः
३। रमाईलो थियो मलाई मेरै त्यो गाउँघर
न धाक धम्की त्यहाँ कसैको थियो न त डर

धेरै भो आज त्यो गाउँ छोडेको पिन
कस्तो भयो होला जोडी पिपुल र वर

यिनै बोध गर्न सक्ने मस्तिष्कबाट निस्किएका यिनै सुन्दर गजलहरु पढ्दा लाग्छ चाम्लिङ्ग जी कुशल र शक्तिशाली गजलकार हुनुहुन्छ । लक्षित पाईलाहरुलाई लक्ष्यमा पुर् याउने वरिष्ठ कवि उपेन्द्र सुब्बा युवा प्रकाश आङ्देम्बे याम थुलुङ्ग अशोक बस्नेत लगायत अन्य समकालीन स्रष्टाहरुको योगदान पनि कदर गर्न लायक छन् । समग्रमा लक्षित पाईलाहरु लक्ष्यको उचाई नाप्न सक्ने एउटा अर्को गजल कृति हो भन्न रुचाउँछु ।
अन्तमा स्रष्टा दिनेश चाम्लिङ्ग अभिलाषी प्रति आभार प्रकट गर्दै कृति लक्षित पाईलाहरुलाई साधुवाद भन्दै यो बसाईबाट बिदा चाहन्छु ।

दुर्घटना न्यनिकरणमा सहकार्य


सडक दुर्घटना पूर्वााचलमा लामो समयदेखिको जटिल समस्या हो । पूर्वपश्चिम राजमार्ग अन्तर्गतका झापा सहित पूर्वका विभिन्न जिल्ला दुर्घटनाबाट मुक्त हुन सकेका छैनन् । अझ झापाको दमक र माईधार खण्ड तथा मोरङको उर्लाबारी कानेपोखरी खण्ड देशकै बढी दुर्घटना हुने क्षेत्रका रुपमा सूचिकृत भएका छन् । राजमार्ग आसपास वन क्षेत्र भएका कारण छाडा चौपाया छोडिँदा पनि यस क्षेत्रमा दुर्घटना न्युनिकरण हुन नसकेको पाइन्छ । दिनहुँ जसो ती खण्डमा हुने दुर्घटनामा मानिसहरुको मृत्यु भइरहेको पाइन्छ । एक साता यता समेत झापाको माईपश्चिम क्षेत्रमा भएका दुर्घटनामा सरदर दैनिक १ जनाको मृत्यु भएको तथ्याङ्क छ । यो एकदमै विकरल समस्या हो भन्दा अतियुक्ति हुँदैन ।
दुर्घटनालाई भवितव्यका रुपमा त लिइन्छ तर यहाँनेर गम्भीर हुनैपर्ने कुरा के हो भने भवितव्य पनि सर्वसाधारण र सम्बन्धित सरकारी निकाय समेतको लापर्वाहीका कारण दुर्घटना भइरहेका छन् । सवारी चालकले मादक पदार्थ सेवन गर्नु तीव्र गतिमा सवारी हाँक्नु हेल्मेटको प्रयोग नगर्नु मोटरसाइकल वा अन्य सवारी साधनको क्षमता भन्दा बढी यात्रु ओसारपसार गर्नु दुर्घटनाका मुख्य कारक भएको ट्राफिक प्रहरीको भनाई छ ।
यी सबै कारणहरुलाई मध्यनजर गर्दै इलाका ट्राफिक प्रहरी कार्यालय दमकले पछिल्लो समय आफ्नो कार्यक्षेत्र अन्तर्गतका शैक्षिक संस्थाहरुसँग दुर्घटना न्युनिकरणका लागि समन्वय बढाएको छ । यो स्वागत योग्य कदमको प्रशंसा अहिलेनै गरिहाल्नु उपयुक्त हुँदैन । मात्रै यसलाई स्वागत गरेर आउँदा दिनमा ट्राफिक प्रहरी र ती शैक्षिक संस्थाहरुले कतिको इमान्दारिता प्रस्तुत गर्छन् नियाल्नुपर्ने भएको छ । शुक्रबार ट्राफिक प्रहरीले गरेको समन्वयात्मक छलफलका क्रममा भएका सहमतिहरुको पालनामा सम्बन्धित पक्षहरुले जोड दिनै पर्छ । शैक्षिक संस्थाका सवारीहरुमा क्षमता भन्दा बढी विद्यार्थी नबोक्ने नो हेल्मेट नो क्लासको अवधारणा लागू गर्ने त्यस्तै मोवाइलको प्रयोग विद्यार्थीहरुका लागि निषेध गर्ने जस्ता तत्काल कार्यान्वयन गर्नुपर्ने सहमतिहरुको कार्यान्वयनलाई सर्वसाधारणले गम्भीर रुपमा नियालिरहेका छन् ।

अवशेष

टङ्क आचार्य
ूजिन्दगी निकै सुन्दर छ । त्यसलाई अझ बढी सुन्दर बनाउनु पर्छू यो भनाई भारतीय सहीद सेनानी भगतिसंह को हो । एउटा लालटिनमा तेल भरेर फीता पनि बिलक्रल ठीक गरी सिसा लगाएर एउटा सुरक्षित स्थानमा राखेर बालिदियो भने त्यसले प्रकाश दिन थाल्छ । केही समय पछि सिसामा अलि-अलि कालो लाग्न थाल्छ तेल घटदै जानछ । यस्तै छोडिदियो भने तेल मात्र थपिदियो बालिरह्यो भने उसको प्रकाश कम हुँदै जान्छ सिसाभरि कालो हुन्छ र बालेको र नबालेको थाहै हुँदैन । यो लालटिनमा उज्यालो दिँदा दिँदै कालो कहाँबाट आयो र सिसा नै ढाकिदियो प्रश्न खडा हुन्छ । अर्थात् उसको बल्ने काममा हाम्रो स्याहार पुगेन सिसा सफा गरिएन र लालटिनले प्रकाश दिइरहे पनि सिसा बाहिर आउन सकेन । यहाँ सिसामा कालो -पर्दा जस्तै बन्यो । हामीले लालटिनलाई जस्तै हाम्रा १० वर्ष मुनिका नानीहरुको अ-व्यवहार र उनीहरुका सिसाको कालो पुछिदिनु पर्छ । जीवनलाई अझै सुन्दर मनका मस्तिष्कका सबै काला पर्दाहरु हटाउनु पर्दछ र देशको सुन्दर सपना बनाउनु पर्छ ।
नङ्गा जोगी । एकपटक विराटनगरका तिर्थालु बद्री विशाल आश्रम जाँदै थिए । बाटोमा उत्तर प्रयाग पुगेपछि त्यहाँका बाहुन पण्डालाई देखेर केही दान गर्न मन लागेछ र एउटा धोती र १ हजार रुपैयाँ दान गर्ने भएछन । लाइनको १०÷११ औँ लाइनमा एउटा नाङ्गा रहेछ । उनीहरु दान गर्दै गए नङ्गा जोगीलाई पनि एक हजार र एउटा धोती दिएछन । नागाले त्यही धोती उठाएर दान दिनेकै मुखमा फ्याकिदिएछ र भनेछ-ुये मेरे लिए क्या काम । लेजाओ पिछे तुम्हारा कफन मे काम लागेगा लेजाओ ।ु ठिक्क भनेछ । जसलाई काम छैन लगाउँदैन उसलाई धोती पैसा दान दिनुको अर्थ लाग्छ । कपडा लगाउने तर नहुनेलाई दान दिनुपर्छ । नङ्गालाई कपडा दान……ल हेर्नुस विराटनगरका दानीहरुको हाल त्यहाँ हेर्न लायक बनेछ । वास्तविक नागाहरु असल जीवन बाँच्छन यहाँ वास्तवमा जीवनको शुरु र अन्त्य दुवै ठाउँमा कपडा चाहिँदैन । कपडा लगाउनु भनेको शरीरको सुविधाका लागि मात्र हो । जन्मेको बेला र मृत्युमा कपडा हुँदैन । बच्चालाई लुगा लगाइदिनु भनेको हाम्रो माया हो । अझ असलमा के हो भने नाँगाहरु सोत्तर पात पतिङ्गर पराल मा सुत्छन बस्छन र पकाएर खाँदैनन । भरसक आफै पाकेको खानेकुरा खान्छन । उनीहरुलाई जीवनको कुनै चिन्ता हुँदैन । जन्मेदेखि नै उनीहरुको शरीर प्रकतिसँग मिलेको हुन्छ । अरु जस्तो उनीहरुलाई रोग पनि लाग्दैन ।
जीवनको चिन्ता हुनेहरुलाई सधै दुःख हुँदो रहेछ । चिन्ता कसरी सुखी हुने भन्ने । एउटा उदाहरण-नङ्गा बाबाहरुको आश्रम नजिकै एउटी अलि उमेरकी वेश्या थिइन । ऊ ग्राहकको पर्खाईमा दिनभर बस्थी । एक दिन एउटी पनि ग्राहक आएन भने ऊ भोक भोकी हुन्थी । सँगैमा छेवैका बाबाहरुको आश्रममा भने उसलाई भनेजति दृश्य छ । नङ्गाहरु नाङ्गै दिनभर देख्छे त्यहाँ खानेबेलामा मिठा-मिठा खानेकुरा मिष्ठान्न आइरहन्छ । खाएर पनि उभि्रन्छ । यता वेश्या ती दृश्यहरुमा मुख मिठयाएर बस्छे । उसलाई भने खानेकुरा त के ग्राहक पनि कोईबेला नआएर भोकै हुन्छे । जबकी ती बाबाहरु खानेकुराको पनि कुनै चिन्ता गर्दैनन । एकदिन वेश्याले आफ्नो अप्ठयारो कुरा बाबालाई सोधिछे- बाबाले जीवनको चिन्ता हुनेहरुको समस्या नै यही हुन्छ छोडिदेऊ चिन्ता भनेछन । त्यसदिन देखि वेश्याका पनि मनोकांक्षा पूरा भएको कुरा सुनेको थिए । जीवनको र लोभ लालचको बढी चिन्ता गर्नेहरु बढी दुःखी हुन्छन ।
धर्म भनेको कर्तव्य-कर्म हो । प्राणीले आफ्नो स्वभाव अनुसार प्रकट गर्ने व्यवहार नै धर्म मानिन्छ । हुन त कतिपय वस्तुहरुले पनि आफ्नो कर्तव्य पालन गरेर धर्म देखाएका÷गरेका छन जस्तैः सूर्य सदैव प्रकाशित छन । नदीले आफै जल दिएका छन । वृक्षले कहिल्यै आफै आफ्नो फल खाँदैन र अरुलाई दिन्छ । वर्षा अरुकै हितको निम्ति वर्षन्छ । हामीले पनि महान बन्नलाई परोपकारी हुनुपर्छ । यो नै साँचो धर्म हो । आफ्ना धार्मिक प्रवृत्तिबाट मात्र आफू महान हुने परम्परा जिवन्त छ र पनि मान्छेहरु नै अरु प्राणी वनस्पतिहरु भन्दा अधार्मिक बनेको छ ।
सबैभन्दा बढी सुनेर त्यसपछि पढेर र अन्त्यमा देखेर जानिन्छ । कलियुगमा सुतक ११ दिन द्वापरमा ११ महिना तेत्रा युगमा ११ वर्ष र सत्य युगमा १११ वर्ष लाग्छ । यो कुरा मैले सुनेर जानेको हो ।

माओवादीको लक्ष्यहीन यात्रा

रामकुमार पोखरेल
कमरेड प्रचण्ड लाल सलाम
म कुनै गुटको कार्यकर्ता विचारको प्रस्तोता वा समर्थक भएर होइन नेपालको कम्युनिष्ट आन्दोलनको एक अध्येता शोधकर्ता वा शुभेच्छुक भएर यहाँ लेखिरहेको छु । ूअसंख्य समर्थकहरुको बीचमा बस्नु भन्दा मलाई एउटा विद्वान आलोचकको बीचमा बसेर सिक्न मन लाग्छू भन्ने विलियम प्रथम तथा महिनाको एक दिन भए पनि आलोचकहरुको कुरा सुन्नु पर्छ भन्ने नेपोलियनको भनाईलाई आत्मसात गर्ने हो भने म विद्वान बन्न नसकौंला तर नेपोलियनको विचारसम्मको आग्रहमा उभिएको छु । यो लेखक यसबेला भजन गायक हुनु भन्दा एक आलोचक शुभेच्छुक भएर उभिन खोजेको छ ।
माओवादी शान्ति प्रकि्रयामा आउनु नै गलत काम भने थिएन । त्यो वाध्यताको उपज थियो । तर पछिल्ला दिनमा एकातिर प्रतिकि्रयावादीहरुले वकप गरेको भरमा बहकिदै आफ्ना हैसियत र अडानहरु छोडेर भाग्दै हिडेको र अर्कातिरअन्तरसंघÈ्रको नाममा पार्टीभित्रै अर्को केन्द्र खडा गरी अराजक हुने र भाँडभैलो मच्चाउने जुन काम हुँदै आएको छ त्यसले निश्चय नै पनि नेपाली कम्युनिष्ट आन्दोलनमा माओवादीले प्राप्त गरेको श्रेष्ठतालाई बचाउन नसक्ने देखिदै गएको छ ।
१ नेपालको कम्युनिष्ट आन्दोलने अग्रगतिमा बढ्दा दिÔण्ँपंथी यात्राबाट अघि बढेको पाइँदैन । पुष्पलालले पार्टी गठन गर्दा पाँच जनालाई लिएर गरेका थिए । उनको नेतृत्वमा रहेको पार्टी २००९सालमा भएको काठमाडांै नगरपालिकाको निर्वाचनमा सबै भन्दा ठूलो भएर स्थापित भएको थियो । पुष्पलाललाई पार्टी नेतृत्वबाट विस्थापित गरेर राजतन्त्रको कुनै न कुनै रुपबाट पÔपोÈण्ँ गर्ने मनमोहन वा केशर जङ्ग रायमा´ीले नेतृत्व गरेको दिÔण्ँपंथी दिशाको परिणुम २०१५ सालको आम निर्वाचनमा पार्टी केवल चार सिटमा मात्र सीमित हुन पुग्यो । दरभङ्गा विस्तारित वैठक पूर्वदेखि नेपालको कम्युनिष्ट आन्दोलनमा विभाजन रोपियो । तेस्रो महाधिवेशनको तुलसीलाल निर्वाचित नेता भएपनि बामपंथी अग्रसरता पुष्पलालसँगै भएको कारण्ँ २०२५ सालमा पुष्पलालले पार्टीमा विभाजन ल्याएर अर्को केन्द्र बनाउँदा बामपंथ अग्रसरताकै कारण्ँ पुष्पलालको नेतृत्वको पार्टी नेपालको सबैभन्दा ठूलो कम्युनिष्ट पार्टीको रुपमा उदायो । विचारमा बामपंथ भए पनि व्यवहारमा नेपाली कांग्रेसको जुनियर पार्टनर हुने कतिपय उनका सोचहरु पार्टी निर्माण्ँमा घातक सावित भए । तपाईका गुरु मोहन विक्रमहरुले दिएको गद्दार पुष्पलालको पाठशालामा तपाईहरु पढ्दै आउनु भयो । क्रान्ति तत्काल सम्भव छैन र हतियार उठाउने समय आएको छैन भन्ने कुरामा मोहन विक्रम र पुष्पलालमा भिन्नता नभए पनि मोहन विक्रमको ूगद्दार पुष्पलालू को सोचले पुष्पलालको कांग्रेसी परस्तताका कारण्ँ त्यस समयमा उनी ओरालो लाग्न थाले र अहिलेका माओवादीहरु २०३४ सालसम्म नेपालको एक नम्बरको कम्युनिष्ट पार्टी बन्यो । तर यसबेला क्रान्तिको जबरजस्ती परिस्थिति देख्दै ´ापाबाट शुरु भइसकेका हतियार संघÈ्र र पार्टी संगठन निर्माण्ँमा देखिएको फराकिलोपनले उनीहरुकॊ महानतालाई पनि धक्का दियो । पूर्वको ´ापाको रापले अहिलेका माओवादीको पाठशालाको दाङ जिल्लाको कÔालाई सबैभन्दा पहिले धक्का दियो । हुँदाहुँदै २०३५ सालमा माले गुटले राष्ट्रिय आकार ग्रहण्ँ गरिसकेर २०३६ सालको अलिकति खुकुलो वातावरण्ँमा नाप गर्दा त मोहन विक्रमको पार्टी पनि ´ापालीका अगाडि निकै पुड्को देखियो । कालान्तरमा माले एमाले बन्यो बहुदलीय जनवादको बरफले नयाँ जनवादको रापलाई चिसो बनाइदियॊ । तथापि विकल्पको अभावमा २०६३ सालसम्म यसैलाई ठूलो कम्युनिष्ट पार्टी भन्ने गरिन्थ्यो । तर २०५२ सालमा माओवादीको नेतृत्वमा दिÔण्ँपंथी बिसर्जनवादका विरुद्ध हतियार उठाए पछि एमालेको शाख र गौरव छिमलिदै गयो । त्यसका नौलो जनवादी कित्ताका धेरै मानिसलाई माओवादी विद्रोहबाट प्रभावित हुन पुगे । पछि गएर बहुदलीय जनवादीहरु पनि अडिन सकेनन् र त्यसैको वरिपरि समेटिन पनि आइपुगेका छन् । त्यो पार्टीमा अहिले ´ण्डै ५० प्रतिशतभन्दा उकालोका मानिसहरु तिनै माले एमालेको घरबाट आएका छन् । माओवादी नेतृत्वको विराट युद्ध र आशाले त्यसले संविधान सभाको निर्वाचनमा पनि सर्वश्रेष्ठ दर्जा हासिल गर्न पुग्यो । आज त्यही इतिहास माओवादीले भुलिरहेका छ चाहे त्यो प्रचण्ड नेतृत्वको गुटले होस या मोहन वैद्यलाई अघि हिडाएर आफ्नो दुनो सो´ाे गर्न खोज्नेहरुबाट होस् ।
२ विश्व कम्युनिष्ट आन्दोलनमा देखिएको कुरा हो छद्म भेÈीहरु पहिले प्रतिकि्रयावादीहरुसँग युद्धका कुरा गर्दछन् र बिस्तारै कुम मिलाउन जान्छन् । जब जनताको आँखामा छारो हालेर प्रतिकि्रयावादीहरुका नजरमा नरम बन्न पुग्छन् तब प्रतिकि्रयावादीहरु पहिले प्रशंसा गर्दछन् र पछि बिस्तारै लगेर सेलाउँछन् । सोभियत संघमा गोर्भाचोभको उदय पछि उनले रोनाल्ड रेगनसँग तारा युद्धको कल्पना गरे र प्रचार गरे । तर बिस्तारै उनी नोवल पुरस्कारदेखि संसारमा वा॥वा॥ को पात्र बने । कालान्तरमा उनले लगेर सोभियत संघ र त्यहाँको कम्युनिष्ट पार्टीलाई विसर्जन गरे । माओवादी पनि अहिले गोर्भाचोभको यात्रामा हिड्न जुरमुराइरहेको छ ।
३ गोर्भाचोभको पतन पछि नेपालमा पनि नयाँ जनवादको विकल्प बहुदलीय जनवादले विजारोपण्ँ गर् यो । मदन भण्डारी महानायकका रुपमा प्रस्तुत भए । कृष्ण्ँप्रसाद भट्टराईलाई पराजित गर्दै काठमाडौंमा विजयी बनेपछि न्युज विक जस्ता विदेशी पत्रिकाहरुले ूनेपालमा माक्स्रवाद जीवित रहेकोू भनेर लेखिदिए पछि उनको नाक विकासे िपंडालु जत्रो भएको थियो । बहुदलीय जनवाद भनेको संसदीय राजनीतिको अर्को रुप थियो । बहुदलीय जनवादको लाममै लागेर उनको पार्टीभित्र उनको प्रशंसकहरु खडा भए । आखिर दिÔण्ँपंथको यात्रा तय गरेपछि उनी त्रिशुलीमा सेलाइए । त्यसबेला बहुदलीय जनवादकै खरा कुरा गर्ने र मदनको सच्चा अनुयायी बनेकाहरुनै दासढुंगाको प्रमाण्ँहरु नष्ट गर्न तिर लागे । आफूलाई प्रत्यÔदर्शी बताउने सुन्दर लामा भन्ने व्यक्तिलाई बेपत्ता बनाउने केपी ओलीहरु हत्या स्थलको रुपरङ्ग परिवर्तन गरेर पार्क बनाउन लाग्ने माधव नेपालहरु दुर्घटनाग्रस्त गाडी मर्मत गरेर चढ्नु पर्ने योजनाका साथ गाडी मर्मतको योजना बनाउने ओली विद्या भण्डारी तथा बाचस्पतिहरु तथा रुपनारायण्ँ श्रेष्ठको नेतृत्वमा सुरÔा दस्ता गठन गर्नु पर्ने प्रस्तावमा विरोध जनाउने इश्वर पोखरेलहरु बहुदलीय जनवादकै वरिपरि थिए । माओवादीको शान्ति र संविधानको योजनाको ठीकै भए पनि जसरी आफ्नो सुरÔाको पनि परवाह नगरी जनमुक्ति सेना बिसर्जनको तयारी गर्ने र त्यसको अस्तित्व समाप्त पार्न पार्टीभित्रको दिÔण्ँपंथी गुटसँग टाँसिने प्रचण्डपथ र त्यसको विरोध गर्ने नाममा संकिण्र्ँ क्रान्तिकारिता जाहेर गर्दै अराजक ढङ्गले आउने किरण्ँपथले कतै बहुदलीय जनवादीहरुले नै मदन भण्डारीलाई बिसर्जन गरे जस्तै माओवादीभित्रका कथित शान्ति र संविधानको वकालत गर्नेहरुले विदेशीहरुको योजनामा फसेर प्रचण्डकॊ डुङ्गा नपल्टाइदेलान भनेर भन्न सकिदैन । यो कुरो त कथित मधेसवादी दलहरुको साँठगाँठमा बनेको वर्तमान सरकार र त्यसले पाएको गृह मन्त्रालयको चलखेल र प्रधानमन्त्रीको गलत अभिव्यक्तिले चीनका प्रधानमन्त्रीको नेपाल भ्रमण्ँ स्थगित भएबाट नै प्रष्ट हुन्छ । प्रचण्ड अहिले किरण्ँ लगायतका आफन्तहरुले दिएको चुनौती र विरोधीहरुको घेराबाट मुक्तिको उपाय खोजिरहेका छन् । आन्तरिक पार्टीभित्रका कार्यमा देखिएका सवालहरु वैचारिक मतभेदको नाम दिइए पनि केही मान्छेहरुको व्यक्तिगत स्वार्थले पनि चुलिएको छ । यस्तो स्वार्थ चुलिनुमा लामो समयदेखि प्रचण्डको नेतृत्वले पार्टीमा साँस्कृतिक रुपान्तरण्ँ गर्न नसक्नु नेतृत्वका पनि कमजोरी हो भन्ने कुरा नेतृत्वलॆ स्वीकार गर्नु पर्दछ । वैचारिक सवालमा किरण्ँले क्रान्तिकारी धारको अगुवाई गरेको भए पनि आफू भन्दा अरु कोही क्रान्तिकारी नै छैन भन्ने दृष्टिदोÈबाट उहाँ मुक्त नभएसम्म र मोहन विक्रमको जस्तै मोटो मशाल भनिनेको घेराभन्दा बाहिर अरु कोही पनि क्रान्तिकारी छैनन् भन्ने संकीण्र्ँ चिन्तन पालेर व्यवहारमा गैह्र क्रान्तिकारी र साँगुरो सोचले अघि बढ्ने अव्यवहारिक तथा गैह्र जनवादी उनको गन्तव्य यात्रालाई मानिसले स्वीकार गर्न सक्दैनन् । जे भए पनि आजको माओवादीको यात्रा सही र लक्ष्य निर्दिष्ट नभई एमालेपथमा लम्किन लागेको देखिदै आएको छ । यही माओवादीलाई चेतना भया ।

पहिलो लेख - दुरदर्शी र छुद्रदर्शी


नरपति पाण्डे
आºनो मुलुकको सभ्यतालाई समुद्ध बनाउन त्याग धैर्य र समर्पण गर्ने राजनीतिक सेवकहरु चाहिन्छ । त्यसको अभाव हाम्रो मुलुकमा खट्किरहेको छ । अनुशासन सबै क्षेत्रको सफलताको जग हो । चारित्रिक रुपमा उच्च इमान भएका व्यक्तिहरुले समाजलाई सही मार्गमा हिँडाउन सक्तछन् । इमान्दारहरुले नेतृत्व गरेको सत्ता भएका मुलुकहरु समृद्ध बन्दै गएका छन् । िहंसात्मक मनोवृत्तिले ग्रस्त राजनीतिक नेतृत्व भएका मुलुकहरुको बेहाल छ । जातियता क्षेत्रियता धार्मिक तथा पक्षपातपूर्ण सामाजिक अवस्थाले बिखण्डन र वितण्डता मौलाउने गर्दछ । शक्ति र सत्ताका लागि चाकडी गर्नेहरुले मुलुकलाई बर्वाद बनाइरहन्छन् । िहंसात्मक गतिविधिका लागि शाब्दिक व्याजनाहरुको सहरा लिएर उत्तेजना पैदा गर्ने प्रोपोगण्डात्मक राजनीतिले नेपाललाई युगौं पार्दैछ ।
राष्ट्रको सम्पत्ति खर्चेर निर्माण भएका विकासका पूर्वाधारहरु ध्वस्त बनाइ जनतन्त्र खोज्ने प्रवृति मुलुकले भोग्यो । सामाजिक सद्भाव जातिय समिकरण धार्मिक सहष्णुता राष्ट्रिय अखण्डता र आºनो गौरवलाई तहसनहस पार्ने िहंसा पनि मुलुकले बेहोर् यो । आºनै देशभित्र आºनै बन्धुत्वहरुको दोष वा खोट खोजेर त्यसैमा हमला गर्ने छिन्द्रावेषी छुद्रताले पलायनको अभियान पनि बढायो । शान्तिपि्रयताको बर्खिलाप गर्दै िहंसात्मक संस्कृति विकसित पनि गराइयो । िहंसात्मक संस्कृतिले जनजीविका जनतन्त्र र राष्ट्रियता माथि चुनौती मात्रै थपेन कि अनिश्चयको बादल कालान्तर सम्म मडारिने बनाइ दियो । त्यसले पैदा गरेको प्रसव व्यथाले मुलुक थलिरहेकेा छ ।
राजनीतिमा विकास भएकेा प्रपाचले छलिकहरुलाई फाइदा त गर्ला तर मुलुकको वर्तमान र भविष्य भने कहालिलाग्दो बनाइरहनेछ । छलकारी राजनीति गर्नेहरुले हठधर्मितालाई सधैं अपनाउँछन् । आºनो हठबाट तलमाथि हुन नचाहने मनोबिकारले विदेशी शक्तिसामु क्रमशः झुकाउन थाल्दछ । र आºनो मुलुकमा विदेशी पैसा र शक्ति प्रवेश गराउने वातावरण बनाउँछ । संसारका दङ्गाग्रस्त मुलुकहरुको अवस्था त्यही कारणले हुँदै आएको छ । आºनो अभिष्ट पूरा गर्न छलकार गर्ने गराउने कर्म र काण्डले राष्ट्रियतालाई छिदि्रत गर्दछ । यो हाम्रो मुलुकले भोग्दैछ । अर्काको अस्तित्व नस्वीकार्नु तानाशाही चरित्र हो । छलफल तर्क र प्रतिस्पर्दालाई नस्वीकार्नु निरङ्कुशता हो । जालन्धरविद्याले चलाइएका सत्ता संयन्त्रबाट अग्रगामी परिवर्तनको कुरा मिथ्या हो ।
नायक प्रतिनायकहरुको शृङ्गारहीन राजनीतिले राष्ट्रिय अक्ष्ाण्यता विचलित हुँदै गएको छ । समयलाई कब्जा गरेर राष्ट्रको ढाड नसा बङ्ग्याइ दिने दुरुपयोगीहरु सिल्पहीन अराजनीतिक कलाकार हुन् । स्थीरताको उपेक्षा र सामुहिकताको बहिष्कार गर्ने छिद्रदर्शी अभियन्ताहरुले स्थानीयतामा उठ्न लागेको उर्जालाई समाप्त गरि दिए । र भनी दिए अग्रगामी परिवर्तन । यस्तो हरकतपूर्ण वरदात गर्ने चिन्तनलाई वौद्धिकता भनिन्छ झट्ट के गर्दा आºनो हित र फाइदा हुन्छ त्यस्तो कर्म गर्नेहरुलाई भविष्यवेत्ता भन्ने आºनो स्वार्थका लागी जे पनि गर्न सक्नेलाई देशको सेवक भन्ने यो वाहियात लाचारी प्रचार हो । मुलुकवासीलाई सहज हुने निष्ठापूर्वक काम गर्ने कर्मशीलहरु वास्तविक सेवक हुन् । सिद्धान्तलाई सिर्जनामा लगानी गर्ने योद्धाहरु मात्र देशभक्तहरु हुन् । सिद्धान्तको शास्त्रीय पुराणबाट प्राप्त हुने प्रतिफल क्षतविक्षत र बिरुपता बाहेक अर्को हुँदैन ।
सिर्जनशीलताप्रति अकर्मण्यता र छिद्रदर्शी अराजकता एउटा चक्रवात मात्र हो । त्यो कुनै रुपान्तरणको आन्दोलन हुँदैन । सतहमा बगेको मनगढन्ते परिवर्तन मात्र । नियन्त्रित विचारको बिस्कुन फिँजाएर समृद्धिको झन्झनाहट । बिथ्याँको रगरग । स्थानीयता च्याँतेर संघीयताको फोस्रो खोजाइ । जात जात जुधाएर ुराष्ट्र पहिचानु को खोखी । शोषक लुकाएर शोषण समाप्तीको फतफत । श्रमवीरहरु धपाएर पराइसँग पोल्टो थाप्ने दरिद्रता । कस्तो काव्यात्मक राजनीति उफ ! कृत्रिम संवाहकहरु । आफैले सिर्जना गरेको सिद्धान्त विरुद्ध सम्झौता गर्ने नामधारी दुरदर्शी यि त पाखण्ड र ढोंगी संवाहकहरु हुन् । छिन्कौला राजनीति गर्नेहरुको महत्व सङ्क्रमणकालीन राजनीतिमा हुँदैन ।
भविष्यसम्म काम लाग्दै जाने संस्कारले मात्र राष्ट्र निर्माण गर्दछ । शान्तिपूर्ण सहअस्तित्व र शान्तिपूर्ण प्रतिस्पर्धाले अग्रगामी रुपान्तरण दिन सक्तछ । खुला तार्किक बहशले राष्ट्रियतालाई सुदृढ बनाउन ठूलो मद्दत गर्दछ । छिद्र खोजी वितण्डता गर्ने छिद्रदर्शीहरु मुलुकमारा साइँदुवाहरु हुन् भने दुरदर्शीहरु मुलुक बनाउने मुर्धन्य भविष्य हुन् । राजनीतिलाई जीवन बनाउनेहरुले दुरदर्शी बन्न प्रयत्नशील हुनु पर्दछ । नागरिकहरुको रोजाई पनि यही हो ।

पैसा माग्दै हतियार प्रहार


कृष्णमन्दिर÷साईकल रोकेर उभिएका अपरिचित दुई युवाले झापाको दमकस्थित कृष्णमन्दिरमा बसका एकजना कण्डक्टरलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएका छन् ।
शनिबार साँझ काँकरभिट्टाबाट काठमाडौँ जादै गरेको ना ४ ख ५६९६ नम्बरको मितेरी बसका कण्डक्टर मेचीनगर-१० का २८ वर्षीय प्रताप बस्नेतको टाउकोमा हतियार प्रहार भएको हो । इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब निरिक्षक गंगा भट्टराईका अनुसार अपरिचित ती युवाले बस रोकेर बस्नेतसँग पैसा मागेका थिए । बस्नेतले किन के को पैसा भनि प्रश्न गर्ने बित्तिकै एक्कासी हतियार निकालेर टाउकोमा हानी फरार भएका थिए । घटनामा संलग्नको हुलिया विवरण अनुसार अभियुक्तहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
घाइतेको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

जेसीजको महाधिवेशन शुरु

भरतपुर÷नेपाल जेसीजको ३८ औं राष्ट्रिय महाधिवेशन चितवनको नारायण्ँगढमा शुरु भएको छ ।
पर्यटनको विकास अर्थतन्त्रमा निकास र युवाहरुको विश्वास भन्ने मुल नाराका साथ शुक्रबारबाट शुरु भएको महाधिवेशनको माओवादी अध्यÔ पुष्पकमल दाहालले उदघाटन गरे ।
जेसिजको उदघाटन समारोहमा विभिन्न Ôेत्रमा रहेर उत्कृष्ट काम गरेको भन्दै ८ जना युवालाई उत्कृष्ट वÈ्र युवा पुरस्कारबाट सम्मानित गरिएको छ । सम्मानित हुनेहरुमा कलाकार राजबल्लभ कोइराला कि्रकेट खेलाडी मेहबुब आलम युवा व्यवसायी ज्योतेन्द्र श्रेष्ठ केन्द्रीय प्रहरी अनुसन्धानका दिपेन्द्र अधिकारी गायिका निशा देशार कानुन व्यवसायी भिमार्जुन आचार्य विज्ञान प्रविधिबाट सागरदेव लाखे तथा गिनिज वल्र्ड रेकर्डसमा नाम लेखाएका थानेश्वर गुरागाईं छन । सम्मानित युवाहरुलाई माओवादी अध्यÔ पुष्पकमल दाहालले नगद तथा गोल्ड मेडलबाट सम्मान गरे ।
तीन दिन सम्म चल्ने अधिवेशनले १ अध्यÔ ४ कार्यकारिण्ँी उपाध्यÔ तथा १० उपाध्यÔ गरि १५ जनाको कार्य समिति चयन गर्नेछ । महाधिवशेनका लागि २ हजार भन्दा बढी प्रतिनिधि चितवन आएका छन । यसैबीच नेपाल जेसीज वर्ष २०१२ मा उपाध्यक्ष पदका लागि दमक जेसीज वर्ष २०११ का अध्यक्ष सुवास चन्द्र भट्टराईले उम्मेद्वारी दिने बताएका छन । महाधिवेशन स्थलमा रहेका भट्टराईले साचारकर्मीहरुमाझ आफनो उम्मेद्वारी रहने बताएका हुन । नेपाल जेसीजको ३७ औँ राष्ट्रिय महाधिवेशन गत वर्षको पौषमा झापाको दमकमा सम्पन्न भएको थियो ।