हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्वि

अवशेष

टङ्क आचार्य
ूजिन्दगी निकै सुन्दर छ । त्यसलाई अझ बढी सुन्दर बनाउनु पर्छू यो भनाई भारतीय सहीद सेनानी भगतिसंह को हो । एउटा लालटिनमा तेल भरेर फीता पनि बिलक्रल ठीक गरी सिसा लगाएर एउटा सुरक्षित स्थानमा राखेर बालिदियो भने त्यसले प्रकाश दिन थाल्छ । केही समय पछि सिसामा अलि-अलि कालो लाग्न थाल्छ तेल घटदै जानछ । यस्तै छोडिदियो भने तेल मात्र थपिदियो बालिरह्यो भने उसको प्रकाश कम हुँदै जान्छ सिसाभरि कालो हुन्छ र बालेको र नबालेको थाहै हुँदैन । यो लालटिनमा उज्यालो दिँदा दिँदै कालो कहाँबाट आयो र सिसा नै ढाकिदियो प्रश्न खडा हुन्छ । अर्थात् उसको बल्ने काममा हाम्रो स्याहार पुगेन सिसा सफा गरिएन र लालटिनले प्रकाश दिइरहे पनि सिसा बाहिर आउन सकेन । यहाँ सिसामा कालो -पर्दा जस्तै बन्यो । हामीले लालटिनलाई जस्तै हाम्रा १० वर्ष मुनिका नानीहरुको अ-व्यवहार र उनीहरुका सिसाको कालो पुछिदिनु पर्छ । जीवनलाई अझै सुन्दर मनका मस्तिष्कका सबै काला पर्दाहरु हटाउनु पर्दछ र देशको सुन्दर सपना बनाउनु पर्छ ।
नङ्गा जोगी । एकपटक विराटनगरका तिर्थालु बद्री विशाल आश्रम जाँदै थिए । बाटोमा उत्तर प्रयाग पुगेपछि त्यहाँका बाहुन पण्डालाई देखेर केही दान गर्न मन लागेछ र एउटा धोती र १ हजार रुपैयाँ दान गर्ने भएछन । लाइनको १०÷११ औँ लाइनमा एउटा नाङ्गा रहेछ । उनीहरु दान गर्दै गए नङ्गा जोगीलाई पनि एक हजार र एउटा धोती दिएछन । नागाले त्यही धोती उठाएर दान दिनेकै मुखमा फ्याकिदिएछ र भनेछ-ुये मेरे लिए क्या काम । लेजाओ पिछे तुम्हारा कफन मे काम लागेगा लेजाओ ।ु ठिक्क भनेछ । जसलाई काम छैन लगाउँदैन उसलाई धोती पैसा दान दिनुको अर्थ लाग्छ । कपडा लगाउने तर नहुनेलाई दान दिनुपर्छ । नङ्गालाई कपडा दान……ल हेर्नुस विराटनगरका दानीहरुको हाल त्यहाँ हेर्न लायक बनेछ । वास्तविक नागाहरु असल जीवन बाँच्छन यहाँ वास्तवमा जीवनको शुरु र अन्त्य दुवै ठाउँमा कपडा चाहिँदैन । कपडा लगाउनु भनेको शरीरको सुविधाका लागि मात्र हो । जन्मेको बेला र मृत्युमा कपडा हुँदैन । बच्चालाई लुगा लगाइदिनु भनेको हाम्रो माया हो । अझ असलमा के हो भने नाँगाहरु सोत्तर पात पतिङ्गर पराल मा सुत्छन बस्छन र पकाएर खाँदैनन । भरसक आफै पाकेको खानेकुरा खान्छन । उनीहरुलाई जीवनको कुनै चिन्ता हुँदैन । जन्मेदेखि नै उनीहरुको शरीर प्रकतिसँग मिलेको हुन्छ । अरु जस्तो उनीहरुलाई रोग पनि लाग्दैन ।
जीवनको चिन्ता हुनेहरुलाई सधै दुःख हुँदो रहेछ । चिन्ता कसरी सुखी हुने भन्ने । एउटा उदाहरण-नङ्गा बाबाहरुको आश्रम नजिकै एउटी अलि उमेरकी वेश्या थिइन । ऊ ग्राहकको पर्खाईमा दिनभर बस्थी । एक दिन एउटी पनि ग्राहक आएन भने ऊ भोक भोकी हुन्थी । सँगैमा छेवैका बाबाहरुको आश्रममा भने उसलाई भनेजति दृश्य छ । नङ्गाहरु नाङ्गै दिनभर देख्छे त्यहाँ खानेबेलामा मिठा-मिठा खानेकुरा मिष्ठान्न आइरहन्छ । खाएर पनि उभि्रन्छ । यता वेश्या ती दृश्यहरुमा मुख मिठयाएर बस्छे । उसलाई भने खानेकुरा त के ग्राहक पनि कोईबेला नआएर भोकै हुन्छे । जबकी ती बाबाहरु खानेकुराको पनि कुनै चिन्ता गर्दैनन । एकदिन वेश्याले आफ्नो अप्ठयारो कुरा बाबालाई सोधिछे- बाबाले जीवनको चिन्ता हुनेहरुको समस्या नै यही हुन्छ छोडिदेऊ चिन्ता भनेछन । त्यसदिन देखि वेश्याका पनि मनोकांक्षा पूरा भएको कुरा सुनेको थिए । जीवनको र लोभ लालचको बढी चिन्ता गर्नेहरु बढी दुःखी हुन्छन ।
धर्म भनेको कर्तव्य-कर्म हो । प्राणीले आफ्नो स्वभाव अनुसार प्रकट गर्ने व्यवहार नै धर्म मानिन्छ । हुन त कतिपय वस्तुहरुले पनि आफ्नो कर्तव्य पालन गरेर धर्म देखाएका÷गरेका छन जस्तैः सूर्य सदैव प्रकाशित छन । नदीले आफै जल दिएका छन । वृक्षले कहिल्यै आफै आफ्नो फल खाँदैन र अरुलाई दिन्छ । वर्षा अरुकै हितको निम्ति वर्षन्छ । हामीले पनि महान बन्नलाई परोपकारी हुनुपर्छ । यो नै साँचो धर्म हो । आफ्ना धार्मिक प्रवृत्तिबाट मात्र आफू महान हुने परम्परा जिवन्त छ र पनि मान्छेहरु नै अरु प्राणी वनस्पतिहरु भन्दा अधार्मिक बनेको छ ।
सबैभन्दा बढी सुनेर त्यसपछि पढेर र अन्त्यमा देखेर जानिन्छ । कलियुगमा सुतक ११ दिन द्वापरमा ११ महिना तेत्रा युगमा ११ वर्ष र सत्य युगमा १११ वर्ष लाग्छ । यो कुरा मैले सुनेर जानेको हो ।

माओवादीको लक्ष्यहीन यात्रा

रामकुमार पोखरेल
कमरेड प्रचण्ड लाल सलाम
म कुनै गुटको कार्यकर्ता विचारको प्रस्तोता वा समर्थक भएर होइन नेपालको कम्युनिष्ट आन्दोलनको एक अध्येता शोधकर्ता वा शुभेच्छुक भएर यहाँ लेखिरहेको छु । ूअसंख्य समर्थकहरुको बीचमा बस्नु भन्दा मलाई एउटा विद्वान आलोचकको बीचमा बसेर सिक्न मन लाग्छू भन्ने विलियम प्रथम तथा महिनाको एक दिन भए पनि आलोचकहरुको कुरा सुन्नु पर्छ भन्ने नेपोलियनको भनाईलाई आत्मसात गर्ने हो भने म विद्वान बन्न नसकौंला तर नेपोलियनको विचारसम्मको आग्रहमा उभिएको छु । यो लेखक यसबेला भजन गायक हुनु भन्दा एक आलोचक शुभेच्छुक भएर उभिन खोजेको छ ।
माओवादी शान्ति प्रकि्रयामा आउनु नै गलत काम भने थिएन । त्यो वाध्यताको उपज थियो । तर पछिल्ला दिनमा एकातिर प्रतिकि्रयावादीहरुले वकप गरेको भरमा बहकिदै आफ्ना हैसियत र अडानहरु छोडेर भाग्दै हिडेको र अर्कातिरअन्तरसंघÈ्रको नाममा पार्टीभित्रै अर्को केन्द्र खडा गरी अराजक हुने र भाँडभैलो मच्चाउने जुन काम हुँदै आएको छ त्यसले निश्चय नै पनि नेपाली कम्युनिष्ट आन्दोलनमा माओवादीले प्राप्त गरेको श्रेष्ठतालाई बचाउन नसक्ने देखिदै गएको छ ।
१ नेपालको कम्युनिष्ट आन्दोलने अग्रगतिमा बढ्दा दिÔण्ँपंथी यात्राबाट अघि बढेको पाइँदैन । पुष्पलालले पार्टी गठन गर्दा पाँच जनालाई लिएर गरेका थिए । उनको नेतृत्वमा रहेको पार्टी २००९सालमा भएको काठमाडांै नगरपालिकाको निर्वाचनमा सबै भन्दा ठूलो भएर स्थापित भएको थियो । पुष्पलाललाई पार्टी नेतृत्वबाट विस्थापित गरेर राजतन्त्रको कुनै न कुनै रुपबाट पÔपोÈण्ँ गर्ने मनमोहन वा केशर जङ्ग रायमा´ीले नेतृत्व गरेको दिÔण्ँपंथी दिशाको परिणुम २०१५ सालको आम निर्वाचनमा पार्टी केवल चार सिटमा मात्र सीमित हुन पुग्यो । दरभङ्गा विस्तारित वैठक पूर्वदेखि नेपालको कम्युनिष्ट आन्दोलनमा विभाजन रोपियो । तेस्रो महाधिवेशनको तुलसीलाल निर्वाचित नेता भएपनि बामपंथी अग्रसरता पुष्पलालसँगै भएको कारण्ँ २०२५ सालमा पुष्पलालले पार्टीमा विभाजन ल्याएर अर्को केन्द्र बनाउँदा बामपंथ अग्रसरताकै कारण्ँ पुष्पलालको नेतृत्वको पार्टी नेपालको सबैभन्दा ठूलो कम्युनिष्ट पार्टीको रुपमा उदायो । विचारमा बामपंथ भए पनि व्यवहारमा नेपाली कांग्रेसको जुनियर पार्टनर हुने कतिपय उनका सोचहरु पार्टी निर्माण्ँमा घातक सावित भए । तपाईका गुरु मोहन विक्रमहरुले दिएको गद्दार पुष्पलालको पाठशालामा तपाईहरु पढ्दै आउनु भयो । क्रान्ति तत्काल सम्भव छैन र हतियार उठाउने समय आएको छैन भन्ने कुरामा मोहन विक्रम र पुष्पलालमा भिन्नता नभए पनि मोहन विक्रमको ूगद्दार पुष्पलालू को सोचले पुष्पलालको कांग्रेसी परस्तताका कारण्ँ त्यस समयमा उनी ओरालो लाग्न थाले र अहिलेका माओवादीहरु २०३४ सालसम्म नेपालको एक नम्बरको कम्युनिष्ट पार्टी बन्यो । तर यसबेला क्रान्तिको जबरजस्ती परिस्थिति देख्दै ´ापाबाट शुरु भइसकेका हतियार संघÈ्र र पार्टी संगठन निर्माण्ँमा देखिएको फराकिलोपनले उनीहरुकॊ महानतालाई पनि धक्का दियो । पूर्वको ´ापाको रापले अहिलेका माओवादीको पाठशालाको दाङ जिल्लाको कÔालाई सबैभन्दा पहिले धक्का दियो । हुँदाहुँदै २०३५ सालमा माले गुटले राष्ट्रिय आकार ग्रहण्ँ गरिसकेर २०३६ सालको अलिकति खुकुलो वातावरण्ँमा नाप गर्दा त मोहन विक्रमको पार्टी पनि ´ापालीका अगाडि निकै पुड्को देखियो । कालान्तरमा माले एमाले बन्यो बहुदलीय जनवादको बरफले नयाँ जनवादको रापलाई चिसो बनाइदियॊ । तथापि विकल्पको अभावमा २०६३ सालसम्म यसैलाई ठूलो कम्युनिष्ट पार्टी भन्ने गरिन्थ्यो । तर २०५२ सालमा माओवादीको नेतृत्वमा दिÔण्ँपंथी बिसर्जनवादका विरुद्ध हतियार उठाए पछि एमालेको शाख र गौरव छिमलिदै गयो । त्यसका नौलो जनवादी कित्ताका धेरै मानिसलाई माओवादी विद्रोहबाट प्रभावित हुन पुगे । पछि गएर बहुदलीय जनवादीहरु पनि अडिन सकेनन् र त्यसैको वरिपरि समेटिन पनि आइपुगेका छन् । त्यो पार्टीमा अहिले ´ण्डै ५० प्रतिशतभन्दा उकालोका मानिसहरु तिनै माले एमालेको घरबाट आएका छन् । माओवादी नेतृत्वको विराट युद्ध र आशाले त्यसले संविधान सभाको निर्वाचनमा पनि सर्वश्रेष्ठ दर्जा हासिल गर्न पुग्यो । आज त्यही इतिहास माओवादीले भुलिरहेका छ चाहे त्यो प्रचण्ड नेतृत्वको गुटले होस या मोहन वैद्यलाई अघि हिडाएर आफ्नो दुनो सो´ाे गर्न खोज्नेहरुबाट होस् ।
२ विश्व कम्युनिष्ट आन्दोलनमा देखिएको कुरा हो छद्म भेÈीहरु पहिले प्रतिकि्रयावादीहरुसँग युद्धका कुरा गर्दछन् र बिस्तारै कुम मिलाउन जान्छन् । जब जनताको आँखामा छारो हालेर प्रतिकि्रयावादीहरुका नजरमा नरम बन्न पुग्छन् तब प्रतिकि्रयावादीहरु पहिले प्रशंसा गर्दछन् र पछि बिस्तारै लगेर सेलाउँछन् । सोभियत संघमा गोर्भाचोभको उदय पछि उनले रोनाल्ड रेगनसँग तारा युद्धको कल्पना गरे र प्रचार गरे । तर बिस्तारै उनी नोवल पुरस्कारदेखि संसारमा वा॥वा॥ को पात्र बने । कालान्तरमा उनले लगेर सोभियत संघ र त्यहाँको कम्युनिष्ट पार्टीलाई विसर्जन गरे । माओवादी पनि अहिले गोर्भाचोभको यात्रामा हिड्न जुरमुराइरहेको छ ।
३ गोर्भाचोभको पतन पछि नेपालमा पनि नयाँ जनवादको विकल्प बहुदलीय जनवादले विजारोपण्ँ गर् यो । मदन भण्डारी महानायकका रुपमा प्रस्तुत भए । कृष्ण्ँप्रसाद भट्टराईलाई पराजित गर्दै काठमाडौंमा विजयी बनेपछि न्युज विक जस्ता विदेशी पत्रिकाहरुले ूनेपालमा माक्स्रवाद जीवित रहेकोू भनेर लेखिदिए पछि उनको नाक विकासे िपंडालु जत्रो भएको थियो । बहुदलीय जनवाद भनेको संसदीय राजनीतिको अर्को रुप थियो । बहुदलीय जनवादको लाममै लागेर उनको पार्टीभित्र उनको प्रशंसकहरु खडा भए । आखिर दिÔण्ँपंथको यात्रा तय गरेपछि उनी त्रिशुलीमा सेलाइए । त्यसबेला बहुदलीय जनवादकै खरा कुरा गर्ने र मदनको सच्चा अनुयायी बनेकाहरुनै दासढुंगाको प्रमाण्ँहरु नष्ट गर्न तिर लागे । आफूलाई प्रत्यÔदर्शी बताउने सुन्दर लामा भन्ने व्यक्तिलाई बेपत्ता बनाउने केपी ओलीहरु हत्या स्थलको रुपरङ्ग परिवर्तन गरेर पार्क बनाउन लाग्ने माधव नेपालहरु दुर्घटनाग्रस्त गाडी मर्मत गरेर चढ्नु पर्ने योजनाका साथ गाडी मर्मतको योजना बनाउने ओली विद्या भण्डारी तथा बाचस्पतिहरु तथा रुपनारायण्ँ श्रेष्ठको नेतृत्वमा सुरÔा दस्ता गठन गर्नु पर्ने प्रस्तावमा विरोध जनाउने इश्वर पोखरेलहरु बहुदलीय जनवादकै वरिपरि थिए । माओवादीको शान्ति र संविधानको योजनाको ठीकै भए पनि जसरी आफ्नो सुरÔाको पनि परवाह नगरी जनमुक्ति सेना बिसर्जनको तयारी गर्ने र त्यसको अस्तित्व समाप्त पार्न पार्टीभित्रको दिÔण्ँपंथी गुटसँग टाँसिने प्रचण्डपथ र त्यसको विरोध गर्ने नाममा संकिण्र्ँ क्रान्तिकारिता जाहेर गर्दै अराजक ढङ्गले आउने किरण्ँपथले कतै बहुदलीय जनवादीहरुले नै मदन भण्डारीलाई बिसर्जन गरे जस्तै माओवादीभित्रका कथित शान्ति र संविधानको वकालत गर्नेहरुले विदेशीहरुको योजनामा फसेर प्रचण्डकॊ डुङ्गा नपल्टाइदेलान भनेर भन्न सकिदैन । यो कुरो त कथित मधेसवादी दलहरुको साँठगाँठमा बनेको वर्तमान सरकार र त्यसले पाएको गृह मन्त्रालयको चलखेल र प्रधानमन्त्रीको गलत अभिव्यक्तिले चीनका प्रधानमन्त्रीको नेपाल भ्रमण्ँ स्थगित भएबाट नै प्रष्ट हुन्छ । प्रचण्ड अहिले किरण्ँ लगायतका आफन्तहरुले दिएको चुनौती र विरोधीहरुको घेराबाट मुक्तिको उपाय खोजिरहेका छन् । आन्तरिक पार्टीभित्रका कार्यमा देखिएका सवालहरु वैचारिक मतभेदको नाम दिइए पनि केही मान्छेहरुको व्यक्तिगत स्वार्थले पनि चुलिएको छ । यस्तो स्वार्थ चुलिनुमा लामो समयदेखि प्रचण्डको नेतृत्वले पार्टीमा साँस्कृतिक रुपान्तरण्ँ गर्न नसक्नु नेतृत्वका पनि कमजोरी हो भन्ने कुरा नेतृत्वलॆ स्वीकार गर्नु पर्दछ । वैचारिक सवालमा किरण्ँले क्रान्तिकारी धारको अगुवाई गरेको भए पनि आफू भन्दा अरु कोही क्रान्तिकारी नै छैन भन्ने दृष्टिदोÈबाट उहाँ मुक्त नभएसम्म र मोहन विक्रमको जस्तै मोटो मशाल भनिनेको घेराभन्दा बाहिर अरु कोही पनि क्रान्तिकारी छैनन् भन्ने संकीण्र्ँ चिन्तन पालेर व्यवहारमा गैह्र क्रान्तिकारी र साँगुरो सोचले अघि बढ्ने अव्यवहारिक तथा गैह्र जनवादी उनको गन्तव्य यात्रालाई मानिसले स्वीकार गर्न सक्दैनन् । जे भए पनि आजको माओवादीको यात्रा सही र लक्ष्य निर्दिष्ट नभई एमालेपथमा लम्किन लागेको देखिदै आएको छ । यही माओवादीलाई चेतना भया ।

पहिलो लेख - दुरदर्शी र छुद्रदर्शी


नरपति पाण्डे
आºनो मुलुकको सभ्यतालाई समुद्ध बनाउन त्याग धैर्य र समर्पण गर्ने राजनीतिक सेवकहरु चाहिन्छ । त्यसको अभाव हाम्रो मुलुकमा खट्किरहेको छ । अनुशासन सबै क्षेत्रको सफलताको जग हो । चारित्रिक रुपमा उच्च इमान भएका व्यक्तिहरुले समाजलाई सही मार्गमा हिँडाउन सक्तछन् । इमान्दारहरुले नेतृत्व गरेको सत्ता भएका मुलुकहरु समृद्ध बन्दै गएका छन् । िहंसात्मक मनोवृत्तिले ग्रस्त राजनीतिक नेतृत्व भएका मुलुकहरुको बेहाल छ । जातियता क्षेत्रियता धार्मिक तथा पक्षपातपूर्ण सामाजिक अवस्थाले बिखण्डन र वितण्डता मौलाउने गर्दछ । शक्ति र सत्ताका लागि चाकडी गर्नेहरुले मुलुकलाई बर्वाद बनाइरहन्छन् । िहंसात्मक गतिविधिका लागि शाब्दिक व्याजनाहरुको सहरा लिएर उत्तेजना पैदा गर्ने प्रोपोगण्डात्मक राजनीतिले नेपाललाई युगौं पार्दैछ ।
राष्ट्रको सम्पत्ति खर्चेर निर्माण भएका विकासका पूर्वाधारहरु ध्वस्त बनाइ जनतन्त्र खोज्ने प्रवृति मुलुकले भोग्यो । सामाजिक सद्भाव जातिय समिकरण धार्मिक सहष्णुता राष्ट्रिय अखण्डता र आºनो गौरवलाई तहसनहस पार्ने िहंसा पनि मुलुकले बेहोर् यो । आºनै देशभित्र आºनै बन्धुत्वहरुको दोष वा खोट खोजेर त्यसैमा हमला गर्ने छिन्द्रावेषी छुद्रताले पलायनको अभियान पनि बढायो । शान्तिपि्रयताको बर्खिलाप गर्दै िहंसात्मक संस्कृति विकसित पनि गराइयो । िहंसात्मक संस्कृतिले जनजीविका जनतन्त्र र राष्ट्रियता माथि चुनौती मात्रै थपेन कि अनिश्चयको बादल कालान्तर सम्म मडारिने बनाइ दियो । त्यसले पैदा गरेको प्रसव व्यथाले मुलुक थलिरहेकेा छ ।
राजनीतिमा विकास भएकेा प्रपाचले छलिकहरुलाई फाइदा त गर्ला तर मुलुकको वर्तमान र भविष्य भने कहालिलाग्दो बनाइरहनेछ । छलकारी राजनीति गर्नेहरुले हठधर्मितालाई सधैं अपनाउँछन् । आºनो हठबाट तलमाथि हुन नचाहने मनोबिकारले विदेशी शक्तिसामु क्रमशः झुकाउन थाल्दछ । र आºनो मुलुकमा विदेशी पैसा र शक्ति प्रवेश गराउने वातावरण बनाउँछ । संसारका दङ्गाग्रस्त मुलुकहरुको अवस्था त्यही कारणले हुँदै आएको छ । आºनो अभिष्ट पूरा गर्न छलकार गर्ने गराउने कर्म र काण्डले राष्ट्रियतालाई छिदि्रत गर्दछ । यो हाम्रो मुलुकले भोग्दैछ । अर्काको अस्तित्व नस्वीकार्नु तानाशाही चरित्र हो । छलफल तर्क र प्रतिस्पर्दालाई नस्वीकार्नु निरङ्कुशता हो । जालन्धरविद्याले चलाइएका सत्ता संयन्त्रबाट अग्रगामी परिवर्तनको कुरा मिथ्या हो ।
नायक प्रतिनायकहरुको शृङ्गारहीन राजनीतिले राष्ट्रिय अक्ष्ाण्यता विचलित हुँदै गएको छ । समयलाई कब्जा गरेर राष्ट्रको ढाड नसा बङ्ग्याइ दिने दुरुपयोगीहरु सिल्पहीन अराजनीतिक कलाकार हुन् । स्थीरताको उपेक्षा र सामुहिकताको बहिष्कार गर्ने छिद्रदर्शी अभियन्ताहरुले स्थानीयतामा उठ्न लागेको उर्जालाई समाप्त गरि दिए । र भनी दिए अग्रगामी परिवर्तन । यस्तो हरकतपूर्ण वरदात गर्ने चिन्तनलाई वौद्धिकता भनिन्छ झट्ट के गर्दा आºनो हित र फाइदा हुन्छ त्यस्तो कर्म गर्नेहरुलाई भविष्यवेत्ता भन्ने आºनो स्वार्थका लागी जे पनि गर्न सक्नेलाई देशको सेवक भन्ने यो वाहियात लाचारी प्रचार हो । मुलुकवासीलाई सहज हुने निष्ठापूर्वक काम गर्ने कर्मशीलहरु वास्तविक सेवक हुन् । सिद्धान्तलाई सिर्जनामा लगानी गर्ने योद्धाहरु मात्र देशभक्तहरु हुन् । सिद्धान्तको शास्त्रीय पुराणबाट प्राप्त हुने प्रतिफल क्षतविक्षत र बिरुपता बाहेक अर्को हुँदैन ।
सिर्जनशीलताप्रति अकर्मण्यता र छिद्रदर्शी अराजकता एउटा चक्रवात मात्र हो । त्यो कुनै रुपान्तरणको आन्दोलन हुँदैन । सतहमा बगेको मनगढन्ते परिवर्तन मात्र । नियन्त्रित विचारको बिस्कुन फिँजाएर समृद्धिको झन्झनाहट । बिथ्याँको रगरग । स्थानीयता च्याँतेर संघीयताको फोस्रो खोजाइ । जात जात जुधाएर ुराष्ट्र पहिचानु को खोखी । शोषक लुकाएर शोषण समाप्तीको फतफत । श्रमवीरहरु धपाएर पराइसँग पोल्टो थाप्ने दरिद्रता । कस्तो काव्यात्मक राजनीति उफ ! कृत्रिम संवाहकहरु । आफैले सिर्जना गरेको सिद्धान्त विरुद्ध सम्झौता गर्ने नामधारी दुरदर्शी यि त पाखण्ड र ढोंगी संवाहकहरु हुन् । छिन्कौला राजनीति गर्नेहरुको महत्व सङ्क्रमणकालीन राजनीतिमा हुँदैन ।
भविष्यसम्म काम लाग्दै जाने संस्कारले मात्र राष्ट्र निर्माण गर्दछ । शान्तिपूर्ण सहअस्तित्व र शान्तिपूर्ण प्रतिस्पर्धाले अग्रगामी रुपान्तरण दिन सक्तछ । खुला तार्किक बहशले राष्ट्रियतालाई सुदृढ बनाउन ठूलो मद्दत गर्दछ । छिद्र खोजी वितण्डता गर्ने छिद्रदर्शीहरु मुलुकमारा साइँदुवाहरु हुन् भने दुरदर्शीहरु मुलुक बनाउने मुर्धन्य भविष्य हुन् । राजनीतिलाई जीवन बनाउनेहरुले दुरदर्शी बन्न प्रयत्नशील हुनु पर्दछ । नागरिकहरुको रोजाई पनि यही हो ।

पैसा माग्दै हतियार प्रहार


कृष्णमन्दिर÷साईकल रोकेर उभिएका अपरिचित दुई युवाले झापाको दमकस्थित कृष्णमन्दिरमा बसका एकजना कण्डक्टरलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएका छन् ।
शनिबार साँझ काँकरभिट्टाबाट काठमाडौँ जादै गरेको ना ४ ख ५६९६ नम्बरको मितेरी बसका कण्डक्टर मेचीनगर-१० का २८ वर्षीय प्रताप बस्नेतको टाउकोमा हतियार प्रहार भएको हो । इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब निरिक्षक गंगा भट्टराईका अनुसार अपरिचित ती युवाले बस रोकेर बस्नेतसँग पैसा मागेका थिए । बस्नेतले किन के को पैसा भनि प्रश्न गर्ने बित्तिकै एक्कासी हतियार निकालेर टाउकोमा हानी फरार भएका थिए । घटनामा संलग्नको हुलिया विवरण अनुसार अभियुक्तहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
घाइतेको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

जेसीजको महाधिवेशन शुरु

भरतपुर÷नेपाल जेसीजको ३८ औं राष्ट्रिय महाधिवेशन चितवनको नारायण्ँगढमा शुरु भएको छ ।
पर्यटनको विकास अर्थतन्त्रमा निकास र युवाहरुको विश्वास भन्ने मुल नाराका साथ शुक्रबारबाट शुरु भएको महाधिवेशनको माओवादी अध्यÔ पुष्पकमल दाहालले उदघाटन गरे ।
जेसिजको उदघाटन समारोहमा विभिन्न Ôेत्रमा रहेर उत्कृष्ट काम गरेको भन्दै ८ जना युवालाई उत्कृष्ट वÈ्र युवा पुरस्कारबाट सम्मानित गरिएको छ । सम्मानित हुनेहरुमा कलाकार राजबल्लभ कोइराला कि्रकेट खेलाडी मेहबुब आलम युवा व्यवसायी ज्योतेन्द्र श्रेष्ठ केन्द्रीय प्रहरी अनुसन्धानका दिपेन्द्र अधिकारी गायिका निशा देशार कानुन व्यवसायी भिमार्जुन आचार्य विज्ञान प्रविधिबाट सागरदेव लाखे तथा गिनिज वल्र्ड रेकर्डसमा नाम लेखाएका थानेश्वर गुरागाईं छन । सम्मानित युवाहरुलाई माओवादी अध्यÔ पुष्पकमल दाहालले नगद तथा गोल्ड मेडलबाट सम्मान गरे ।
तीन दिन सम्म चल्ने अधिवेशनले १ अध्यÔ ४ कार्यकारिण्ँी उपाध्यÔ तथा १० उपाध्यÔ गरि १५ जनाको कार्य समिति चयन गर्नेछ । महाधिवशेनका लागि २ हजार भन्दा बढी प्रतिनिधि चितवन आएका छन । यसैबीच नेपाल जेसीज वर्ष २०१२ मा उपाध्यक्ष पदका लागि दमक जेसीज वर्ष २०११ का अध्यक्ष सुवास चन्द्र भट्टराईले उम्मेद्वारी दिने बताएका छन । महाधिवेशन स्थलमा रहेका भट्टराईले साचारकर्मीहरुमाझ आफनो उम्मेद्वारी रहने बताएका हुन । नेपाल जेसीजको ३७ औँ राष्ट्रिय महाधिवेशन गत वर्षको पौषमा झापाको दमकमा सम्पन्न भएको थियो ।

शैक्षिक संस्था ट्राफिक सहकार्य

दमक÷बढदो सवारी दुर्घटना न्युनीकरणका लागि दमकका शैक्षिक संस्था र ट्राफिक प्रहरी बिच सहकार्य शुरु भएको छ ।
शुक्रबार ईलाका ट्राफिक प्रहरी कार्यालय दमकमा भएको छलफल मार्फत उनीहरुले सहकार्यको शुरुवात गरेका हुन । शैक्षिक संस्थाका सवारी साधनमा क्षमता भन्दा बढि विद्यार्थी नबोक्ने आगामी चैत महिनाबाट झापाको दमकका सवै शैक्षिक संस्थाहरुको सवारी साधनको रङ्ग एउटै पार्ने लगायतका सहमति भएका हुन ।
छलफलमा आगामी चैत महिना भित्रमा सवै शैक्षिक संस्थाका सवारी साधनहरु पहेँलो रङको बनाउने सहमति भएको हो । अन्तर्राष्ट्रिय मान्यता र पहिचानका लागि सजिलो बनाउन यस्तो सहमति गरिएको ईलाका ट्राफिक प्रहरी कार्यालय दमकका प्रमुख होमप्रसाद अधिकारीले बताए ।
उनले कलेज तथा उच्चमाविहरुमा विद्यार्थीलाई ुनो-हेल्मेट नो-क्लासु को नियम बसाल्न आग्रह गरॆ । त्यस्तै विद्यार्थीहरुले बोकेको मोवाइलमा कुरा गर्ने क्रममा समेत दुर्घटना भएका भन्दै उनले मोवाइलको प्रयोग निषेध गरिदिन आग्रह गरे । छलफलमा सहभागी विभिन्न शैक्षिक संस्थाका प्रमुख तथा प्रतिनिधीहरुले पनि आ-आफना शैक्षिक संस्थामा ुनो हेल्मेट नो क्लासु को अवधारणा लागू गर्ने र मोवाईल फोन प्रयोग निषेध गर्न प्रतिवद्धबता जनाएका थिए । कार्यक्रममा ईलाका प्रहरी कार्यालय दमकका प्रमुख मिलन भट्टराई प्याब्सनका केन्द्रीय सदस्य एलडी राई एन प्याब्सन झापाका अध्यक्ष जयबहादुर श्रेष्ठ पूर्वााचल कलेजका पि्रन्सीपल रमेशकुमार बस्नेत प्रकाश सुवेदी मोडल क्याम्पस दमकका प्रमुख कृष्णप्रसाद ति_िम्सना िसंहदेवी उच्चमाविका प्राचार्य रुद्र सुवेदी सिद्धार्थ बोर्डी्रङ स्कुल दमकका पि्र_िन्सपल तेजकुमार श्रेष्ठ लगायतले ट्राफिक प्रहरीबाट भएको सचेतना प्रभावकारी बनाउनु पर्नेमा जोड दिएका थिए ।

किन मासु बजार साचालनमा ढिलाई

गोपाल झापाली
दमक÷ व्यवसायीहरुको लगानीमा निर्माणाधीन दमकस्थित मासु बजार साचालनमा ढिलाई भएको छ ।
नगरपालिकाबाट रकम निकासामा ढिलाई हुँदा निर्माण प्रकि्रया अपेक्षाकृत हुन नसकेको निर्माण उपभोक्ता समितिले जनाएको छ । दशैं अघिनै साचालनमा आउने योजना रहेको दमक-११ मा निर्माणाधिन मासु बजारका मुख्य संरचना बने पनि अझै साचालनमा आउन सकेको छैन ।

६० लाख रुपैयाँको अनुमानित लागतमा निर्माण शुरु गरिएको सो मासु बजार निर्माणका लागि व्यवसायीहरुबाट अगि्रम रकम सङ्कलन गरिएको निर्माण समितिका अध्यक्ष गोविन्दबहादुर बस्नेतले बताए । बस्नेतका अनुसार कवल निर्माणका लागि व्यवसायीले २८ लाख रुपैयाँ खर्च गर्दैछन । पसल साचालन गर्ने व्यवसायीले हाल सम्म कम्तिमा ५० हजार देखि १ लाख रुपैयाँ सम्म खर्च गरिसकेको बस्नेतले बताए ।
कृषि सामाग्री कम्पनी लिमिटेडको जग्गा नगरपालिकाले लिजमा लिए पछि मासु व्यवसायी र नगरपालिकाको संयुक्त लगानीमा बजार निर्माण शुरु भएको हो । नगरपालिकाबाट समयमा रकम निकासा हुन नसक्दा बजार साचालनमा ढिलाई भएको निर्माण उपभोक्ता समितिले जनाएको छ ।
केही महिना अघिबाट साचालनमा आएको आधुनिक तरकारी बजारबाट दक्षिण तर्फ मासु बजारका लागि कवलहरु निर्माणाधीन छन ।
सो स्थानमा कुखुराको मासु बिकि्र गर्ने १४ ओटा कवल खसीको मासु तयार बनाउने २ ओटा खसिको मासु बेच्ने ३ ओटा र १÷१ ओटा खसी बाँध्ने र मासु बनाउने साथै माछा थोक बिक्रीका ३ ओटा कवल रहने जनाईएको छ ।
नगरपालिकाले भने विभिन्न कारणबस समयमा रकम निकासा गर्न नसकिएको जनाएको छ । नगरपालिकाका ईन्जिनयर तिर्थनारायण श्रेष्ठले सो का लागि यसै साता एक लाख रुपैयाँ निकासा गरिने जनाए । मासु बजार निर्माण सम्पन्न गर्न नियम अनुसार ३० प्रतिशत कट्टा हुने गरि ११ लाख ७६ हजार रुपैयाँ निकाशा गरिने नगरपालिकाले जनाएको छ ।

सर्वदलीय संयन्त्र खारेज गर ः अख्तियार

पिपुल्स टाइम्स समाचार
काठमाडौं ÷ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्थानीय निकाय साचालनका लागि बनाइएका सर्वदलीय संयन्त्र खारेज गर्न निर्देशन दिएको छ ।
संयन्त्र संविधान र प्रचलित कानून विपरित भएको ठहर गर्दै अख्तियारले खारेज गर्न स्थानीय विकास मन्त्रालयलाई निर्देशन दिएको हो । ुस्थानीय निकायको विकास निर्माण्ँ गर्ने कार्यमा समन्वय गर्न बनाइएका मौजुदा संयन्त्रका काम कर्तव्य र अधिकार जिम्मेवारी र उत्तरदायित्व हो भन्ने प्रष्ट आधारसमेत देखिएनु अख्तियारले जारी गरेको विज्ञप्तिमा भनिएको छ-ुसंविधान तथा प्रचलित कानुनको विपरीत हुने गरी संयन्त्र बनाइएको पाइयो ।ु
संयन्त्रबाट विनियोजन भएको रकम व्यापक भ्रष्टाचार भएको ठहर गर्दै अख्तियारले उपभोक्ता समिति मार्फत् स्थानीय निकाय साचालन गर्न पनि भनेको छ । अख्तियारले स्थानीय निकायको काम प्रभावकारी बनाउन काम कर्तव्य अधिकार र जिम्मेवारी किटान गरी स्थानीय निकाय गठन गर्न प्रधानमन्त्री तथा मन्त्रीपिरÈदको कार्यालय र स्थानीय विकास मन्त्रालयलाई लेखी पठाउने निण्र्ँय गरेको विज्ञप्तिमा उल्लेख छ । सरकारले ०६६ सालमा सर्वदलीय संयन्त्र गठन गर्ने निण्र्ँय गरेपछि स्थानीय निकाय संचालन हुँदै आएको छ ।
अख्तियारले उपभोक्ता समितिको पदाधिकारीमा कुनै पनि राजनीतिक तहको पदमा रहेका व्यक्तिलाई नराखी तटस्थ व्यक्तिमात्रै राख्न र उपभोक्ता समितिले अनिवार्य रुपमा दाखिला गर्नुपर्ने रकम दाखिला गरीसकेपछि मात्र सम्बन्धित कार्यालयले सम्´ाैता गर्न भनेको छ । यस्तै उपभोक्ता समितिले गरेको कामको नापजाँच गरेर मात्र भुक्तानी दिन पनि निर्देशन दिएको छ ।
अख्तियारले आर्थिक वÈ्रको अन्तमा उपभोक्ता समितिलाई कार्य सम्पादन नगरेको काम भइसकेको देखाएर पछि काम गर्ने गरी कुनै पनि हालतमा रकम भुक्तानी नदिन निर्देशन दिएको छ भने लागत अनुमान भन्दा बढी रकम माग्ने र भुक्तानी दिने व्यवस्था बन्द गर्न भनेको छ ।

लाईन क्रस - सामुहिक रॊदन महोत्सव

प्रकाश आङदेम्बे
ूमसँग गोजीमा सय रुपियाँमात्र थियो । विहान पाँच बजेदेखि अडिसन दिन लाइनमा उभिएको बाह्र बजे मात्र मेरो पालो आयो । त्यो दिन अरुले पालो मिच्ने डरले लाइनमानै उभिइएर एउटा पाउरोटीमात्र खाएँू इन्डियन आइडलको पुर्व भोगाइ सुनाउँदै प्रसान्त तामाङ घोप्टो परेर रुन थाल्यो । उद्घोषक राजेश घतानी पनि डाको छाडेर रुन थाले । छेउमा बसेका डम्बर नेपालीले आँखाभरी आँसु जमाएँ । ठट्टा गरिरहेका विल्सनविक्रम राई मलाई पुलुक्क हेरेर चियरवाट उठे । साचारकर्मी मोहन नेम्बाङ अरुलाई नरुन भन्दै आफै भावुक बने । गजलकार दाताराम चाँपागाई पनि घोप्टो परे चियरमानै । डाको छाडन नमिले पनि आँसु नझारी बस्न सकेनन् मेरा पनि आँखा र मन । यो सबै दृश्यहरु प्रत्यक्ष नियाली रहेका थिए भाइ सुर्य सुब्बा । यो दृश्य थियो गएको शनिबार दमक स्थित कुनै एक होटलको । जब जब यस्तो अवस्थामा हुन्छु तब धेरै अघि आफैले सृजना गरेको रुबाइ सम्झन्छु ।
मन भाचिन्छ तोडिन्छ कहिले दिन कहिले राती हुन्छ
जसलाई विश्वास गर्यो उ नै विश्वासघाती हुन्छ
यसरी मन भाँचिनु तोडिनु टुट्नु र दुःख्नुभन्दा
बरु मन त फलामकै भए जाति हुन्छ ………
धेरैपटक एउटै काममा सँगै भए पनि आफ्नो आफ्नो व्यस्ताका कारणले प्रशान्त जी र मेरो प्रत्यक्ष भेट भएको थिएन । दुइवर्षअघि चलचित्र किन मायामा को स्क्रिनप्ले र सर्ट डिभिजनको वर्कआउट गरिदिनका लागि म गान्तोक गएको थिए । त्यस चलचित्रका मुख्य भूमिकामा थिए प्रशान्त जी । डाइरेक्टर चुन्नीलाल घिमिरे दाजुलाई मैले जाने जति आइडिया सेयर गर्न मात्र म गएको थिएँ । प्रशान्त जी गान्तोक आउने दिन म गान्तोकवाट फर्किए आफ्नो कार्यक्रमको पुर्व स्याडुलले गर्दा । त्यसपछि र अघि पनि हामी बीच भेट गर्ने चाहना हुँदा हुँदै पनि भेट भएको थिएन । संयोगले भेट भयो यसपटक आफ्नै गृहनगरमा निकै समयपछि । त्यसो त योभन्दा अघि पनि धेरै पटक प्रशान्तजी दमक आउनु भएकै हो तर पृथक माहौल र समूहका कारण मैले भेटिन । विशेषत राजेश घतानी जीलाई यो सुत्रधार भूमिकाको लागि बधाइ दिनैपर्छ । देखावटी रुपमा तोपगाछी महोत्सवमा सवै भेला भएता पनि आन्तरिक रुपमा हाम्रो उपलब्धी भनेको एकअर्काका दुःखशुख सेयर गर्ने थियो ।

यसै पनि मलाई महोत्सवहरु त्यति अर्थपूर्ण लाग्दैनन् र जादिन तर साथीभाइको करकापले यो पटक तोपगाछी महोत्सव गइयो । राजेशजी विल्सनजी डम्बरजी प्रशान्तजीको प्रस्तुति हेरेर त्यहाँवाट फकियौँ । आयौँ होटलमा । रातको १२ बजेको थियो । डम्बरजीले भने ूआइडलमा तँपाइको नाम घोषित हुँदा म खुशीले बागबजारवाट बानेश्वरसम्म उपि्रुदैँ पुगेछु । पछि पो थाहा भो खाली खुट्टै रहेछु ।ू यति भन्नासाथ आम शुभेच्छुक नेपाली दाजुभाइहरुले आफुलाई लगाएको ठूलो गुन सम्झेर भावुक बन्दै प्रशान्तजीले आँसु खसाल्नु भयो । अनि सुरु भयो अरुलाई हसाउने आनन्द दिलाउने तीनै स्रष्टाहरुको सामुहिक रुवाई । रोदनपूर्ण माहोल रोक्न प्रायले मलाई इशारा गरे तर मैले चाहेर पनि प्रतिकि्रया जनाइन । कारण हास्न र हँसाउने त कयौं स्थान पाइन्छ तर हार्दिकताले प्रेमले आत्मियताले दिल खोलेर रुने स्थान किहंलेकाली संयोगले मात्र पाइन्छ । तसर्थ यो संयोगलाई मैले थमथम्याउन चाहिन । प्रशान्तजीले रुँदै भन्नु भयो ूअघि कार्यक्रममा सयौँ बुढीआमा र बाबाहरु मलाई प्रेम गरेर रात जाडो नभनि आउनु भएको थियो । चाहेर पनि सवैलाई ढोग्न सक्तिन ।ू थप भने ूसंयोग र सबैको मायाले आज म आइडल भए होला तर म आइडल हुनुभन्दा अगाडि नै तँपाइहरु हाम्रो जातिको लागि अग्रज भइसक्नु भएको थियो । म जस्तो सामान्य मान्छेलाई तँपाइहरुले लगाउनु भएको गुण र प्रेमलाई म कहिले पनि भुल्ने छैन ।ू लगभग डेढघण्टा पछि आँसुको सृङ्खला थामियो । एकआपसमा अँगालो मारामार भइरह्यो । रगतको साइनो पर्ने आफन्त वा तिम्रो लागि जे पनि गर्छु भन्ने फ्यानहरुको सामुन्ने समेत सेयर गर्न नसिकिने दुःखहरु सेयर गरागर भयो । मित्रताको महानता लहरिरह्यो निकैबेर ।
लगगभ विहान ४ बजेतिर सुताइ भयो जस्तो लाग्छ । प्रशान्तजीले मेरो बारेमा अलिक बढी सुन्नु भए जस्तो फिल भइरह्यो मलाई । पटक पटक मेरो केयर मप्रति झुकेर सम्मान जनाइ रहँदा मलाई भने अलिक बढी असहजता महसुस भयो र सम्झाए पनि । विहान प्रुेस भएर अब हामीले के गर्ने बारेमा निकैबेर गफ गर्यौ । मैले पनि प्रशान्तजीको जिम्मेवारी अगाडि बढी रहेको उनको यात्रा समाजले उनीप्रति राखेको दृष्टिकोण र उनले गर्नु पर्ने अबको खास कार्यको संभावना बारेमा सिधैं भने । उनले पनि एक भएर अगाडि बढ्नुपर्छ भनि रहँदा राजेशजीले थप्नु भयो । ूयो भाइ अलिक मिस गाइडमा परिरहेछ अब तँपाइले मार्गदर्शन दिनु पर्यो ।ू म मौन थिए । प्रशान्तले पनि थपे ूदाइ हजुरसँग धेरै भेटने मन थियो आज पूरा भयो । अब हजुरको शव्द र सल्लाह मलाई हरसमय चाहिएको छ ।ू त्यत्रो सेलिबि्रटिले म जस्तो मामुली व्यक्तिलाई राखेको हार्दिकता विश्वासको शव्दको उत्तर केही दिन सकिन र यत्ति मात्र भने । ूमैले सक्ने जति सहयोग सधै मवाट हुन्छ ।ू
प्रशान्तजी कै आग्रह अनुरुप अब उनी मेरा भाइ भए । छुट्टिने बेला पनि आँखाभरि आँसु जमाएर अँगालो मारे उनले । विदा हुनुअघि ूआमालाई नमस्कार भनिदिनु है भनंे ।ू राजेश जी र प्रशान्त पुर्व लागे । विल्सनविक्रम डम्बर नेपाली भूटानी कलाकार रत्न तुम्बापो र म होटलमा सँगै खाना खाएर छुट्टियौँ । रातभरिको अनिदोले गर्दा मेडिया नेटवर्क भूटानको चुलाचुली आइतबारेमा भएको फोटो प्रदर्शनिमा जान भने सकिन् । रुममा फर्किएर सिरक गल्र्याम्म ओडेर………………।
सेलिबि्रटिहरुसँगको यस्तो नियमितता क्रमश भइरहन्छ । कति अस्थाइ हुन्छन् कति स्थाइ । बुधवार साँझ ठिक यो लेख टाइप गरिरहेको बखत मोवाइलको घण्टी बज्यो । हेरें । प्रशान्त भाइको फोन रहेछ । उनको आवाज आयो । ूदाइ तँपाइलाई एकदम मिस गरिरहेकोछु । मैले फेसबुकमा प्रुेण्ड रिक्वेस्ट सेन्ड गरेको छु एसेप्ट गर्नुस है ।ू आधाघण्टा जति गफ भयो ।
जे होस कहिले काँही मात्र दिल खोलेर रुन पाइने दुर्लभ संयोगले मेरो जीवनमा पुन उर्जा प्रवाह गरेको छ । सामुहिक रोदन महोत्सवमा सहभागी सबै साथीभाइलाई बधाइदिन चाहान्छु ।

लेखक र पाठक वर्ग


लेखक आफैंमा महान हुन्छन् । हुनपर्छ पनि । लेखक खाली लेख्ने मात्रै नभएर हरेक कुराको सुन्दर रचना गर्ने मान्छे हो । संसारलाई रचना गर्ने र युगलाई दिशा दिने विवेक र शक्ति लेखकमा मात्रै हुन्छ । त्यसो त पाठक भएन भने लेखकको उपस्थिती किन प्रश्न गम्भीर भएर खडा हुन्छ जसरी लेखक बिना पाठक हुँदैनन् । त्यसै गरी पाठक बिना लेखक पनि हुँदैनन् । लेखक र पाठक आपसमा परिपूरक छन् । पाठक आफैं लेखक होइन् । उसले बाहिर आएका र देखिएकाहरुलाई पढिदिने हो । तर लेखक लेखक भएर आउँछ । ऊ रित्तै आउँदैन् । संसारलाई केही दिन भनेर आउँछ । दिएका छन् थुप्रैले । कोही दिने क्रममा छन् । यो त स्वभाविक र निरन्तर प्रकि्रया हो चलिरहछ सधैंभरि । यहाँबाट हेर्दा लेखक वर्ग भनेको कर्म गर्ने व्यक्ति अर्थात् उत्पादन गर्ने श्रमिक हो । पाठक वर्ग त्यो उत्पादनको उपभोक्ता वर्ग हो । लेखकले जे जति बाहिर ल्याउँछ त्यसलाई अनुकुल पारेर पाठक वर्गले लिइदिने हो । लेखकहरुको श्रम र उत्पादनलाई उपभोग गर्ने हो । सबै पाठक लेखक बन्न सक्दैनन् । तर सबै लेखक पाठक पनि बन्न सक्छन् । यसर्थमा सबै लेखक साहित्यिक उत्पादनका उपभोक्ता बन्न सक्ने भए । तर सबै उपभोक्ता अर्थात् पाठक वर्ग उत्पादक बन्न सक्दैनन् । कर्म र श्रम सबैले आ-आफ्नै ठाउँ र गुण अनुसार गरेकै हुन्छन् । खाली बाहिर देखिने र आउने बाटो मात्रै भिन्न हुने हुन् ।
लेखे जति सबै सिर्जना नै बन्छन् भन्ने छैन् । छापिए जति पुस्तक सबै पुस्तक नै बन्छन् भन्ने पनि हुँदैन् । जन्मिए जति सबै सन्तान असल नै हुन्छन् भन्ने पनि कहाँ हुन्छन् र कतिपय समय र परिवेशमा त्यहाँको जनजिवीका र आम जनताको दैनिकीले पनि ठूलो फरक पार्ने गर्दछ । लेखनमा हाम फालेकाहरु सबै लख्नकै लागि आएका नहुन पनि सक्छन् । कति लेखकहरु रहरै पूरा गर्नलाई हुत्तिएका हुन्छन् सिर्जनाको फाँटमा । ती आफैं आउँछन् र आफैं जान्छन् पनि । तर राम्रा र उत्कृष्ट लेखकहरुलाई समयले खोजीखोजी ल्याउँछ । कठालोमा समातेर खडा गरिदिन्छ सिर्जनशाीलतको परिवेशमा । तर पाठक वर्ग आफैंमा उपलब्ध हुने वर्ग हो । जति लेखक निस्एिकएका छन् ती सबैको न्याधिस पाठक नै हुन् । कुन लेखकलाई राख्ने र कुन लेखकलाई मिल्काउने भन्ने निर्णय पाठक वर्गमा नै हुन्छ । अनि त्यो निर्णयक आधारहरु कुनै पनि लेखकको सिर्जना उसको कर्म र योगदानले तयार पारिदिने हो । आजसम्म लेख्न आएका सबै लेखकहरु बाँचेका छैनन् । कोही थारै समय रहेका छन् । कोही आएर लगत्तै गएका छन् । कोही आएर आजसम्म पनि नगइ भिन्न रुप र अर्थमा कायमै छन् । यो मानेमा कस्तो लेखक युग-युगान्तरसम्म रहन सक्ने र नसक्ने भन्ने सबैको हिसाब उसको सिर्जना शक्ति र बाहिर आएका परिणामहरुले किटान गरिदिने हो । लेखक र पाठकको स्वभाव र मानसिकता कहिल्यै पनि एकै हुन सक्दैन् । लेखक एक स्वभाव र चिन्तनको हुन्छ भने पाठक भिन्न स्वभाव र चिन्तको हुन सक्छ । यो सांसारिक रुवभाविकता हो । संसारका यति धेरै अझ भनौं अरबौं खरबौं मान्छेहरुमा कसैको रुप रङ मिल्न सक्दैन् भने अझ स्वभाव र चिन्तन कसरी समान हुन सक्छन् अझ त्यसमा पनि लेखक र पाठक त भिन्न पात्र र गुणका मान्छे हुन् । स्वभावैले पनि लेखक भिन्न हुन्छ । बरु कतिपय पाठक वर्गको रुची र चिन्तन थोरै भए पनि मिल्न सक्ला । तर लेखक र पाठक कहिल्यै पनि एउटा बिन्दुमा कायम हुन सक्दैनन् ।
राष्ट्रिय दैनिक क्षेत्रीय स्तरका पत्रपत्रिका अथवा कुनै विधा विशेष अन्र्तगतका जुन प्रकृति र विषय वस्तुका भए पनि लेखकहरुले दिनहँु जसो केही न केही लेखहिरेका हुन्छन् । लामा-लामा लेख रचना दृष्टिकोण विश्लेषणहरु आइरहेका हुन्छन् अखबार पत्रहरुमा । अन्य कुनै छापा माध्यमहरुमा । दैनिक रुपमा आउने खबर पत्र-पत्रिकाहरु पाठक वर्गका लागि नियमित खुराक र अध्ययन सामाग्री बन्दारहेछन् । सायद ती नै पत्र-पत्रिकाहरुले समय सापेक्ष खुराक र सन्र्दभहरु लिएर आउने भएर पनि होला तिनीहरुलाई नै धेरै पढ्ने गरिन्छ । लेखक वर्ग पनि साप्ताहिक पाक्षिक मासिक रुपमा आउने पत्र-पत्रिकाहरु भन्दा दैनिक छापिने पत्र-पत्रिकाहरुबाट बढी लभान्वित हुँदा रहेछन् । एउटा सचेत पाठकले कुनै पनि खुराक गुमाउँदैन् अर्थात् ऊ पढ्नबाट छुट्दैन् । तर यसो भन्दै गर्दा ती पाठक वर्गसम्म आउने लेखकहरुको सिर्जना खुराकको पनि उत्तिकै महत्व रहने गर्दछ । पाठक वर्गले लेखकका रचनाहरु नपढिदिने र नहेरिदिने हो भने छाप्नु र बजारमा छर्नुको के आचित्य तर त्यो हुँदैन् हुनुहुँदैन् पनि । यहाँबाट खालि लेखक वर्गले पाठक वर्गलाई के दिन्छ र कस्तो सामाग्री पुर्याउँछ अनि पाठक वर्गले उसबाट के प्राप्त गरिरहेको छ भन्ने सवालबाट सन्र्दभलाई बलियो बनाउन खोजिएको हो । लेखकले पाठक वर्गलाई कहिल्यै पनि नकार्न सक्दैन् । बरु पाठक वर्गले लेखक वर्गलाई ना पनि सक्छ । नकार्न सक्छन् । यहाँ लेखक र पाठक वर्ग बीचमा सही तालमेल हुन सकेन भने लेखक र पाठक वर्ग बीचमा ठूलो द्वन्द सिर्जना हुन पुग्छ । यसरी सिर्जना द्वन्द पैदा हुनु भनेको लेखक र पाठक बीचको विचार र चिन्तन ठ्याक्कै नमिल्नु हो । अनि समय र लेखक वर्गको सिर्जना बीचमा मेल नखानु पनि हो ।
जबजब लेखकले समयलाई बोध गर्न सक्दैन् अनि त्यही अनुरुप लेख्न सक्दैन् तबतब पाठक वर्गले त्यसको विकल्प खोज्न थाल्दछ । पाठकले विकल्पको खोजी गर्नु भनेको भएका र आइरहेका लेखकहरुबाट समय अनुसारका र उत्कृष्ठ रचनाहरु नआउनु भन्ने हो । यदि लेखक समय भन्दा धेरै पछाडि रह्यो र युगानुकुल भएर पदचाप मिलाउन सकेन् भने त्यो लेखकको अस्तित्व नामेट हुनसक्छ । लेखकको अस्तित्व सिद्धिनु भनेको पाठक वर्गले उसलाई मिल्काइदिनु हो । समय र युग अनुसार लेखकले रचना दिन सक्दैन् र पाठकका माझ उपस्थित हुन सक्दैन भने त्यो भन्दा ठूलो पराजय एउटा लेखकका लागि अरु केही पनि हुन सक्दैन् । लेखक वर्ग समय अनुसार फड्को मार्न र चल्न सकेन् भने त्यहाँुनेर अर्कै चिजको खोजी हुन्छ । दैनिक खबर पत्र-पत्रिकाहरु अथवा अन्य छापा पत्र-पपत्रिकाहरु मार्फत आउने स्तम्भकार अथवा लेखकले नयाँ-नयाँ कुरा दिन सकेन् र जन्माउन सकेन् भने त्यहाुनेर पाठक वर्गले उसलाई उछिन्छ । पाठक वर्गले लेखक वर्गलाई उछिन्नु भनेको लेखकहरु कमजोर हुँदै जानु हो । संसारलाई रचना गर्न र निर्माण गर्नबाट चुक्दै जानु हो । आजसम्म कवि लेखकहरु जति असल र शक्तिशाली मान्छेहरु अरु छैनन् हाम्रो इतिहासले यही लखॆको छ । अनि यस्ता लेखकहरु कहिल्यै हारेका पनि छैनन् । जस्तोसुकै शासन व्यावस्थालाई पनि परास्त पार्दै समयलाई जित्दै आइरहेका छन् । अझ भनौं बाँकी मान्छेहरु अर्थात् पाठक वर्गहरुलाई युगको अघिल्तिर धकेल्दै आइरहेका छन् । पाठक वर्गलाई चेतनाको ुसिरिन्जु हान्दै आइरहेका छन् ।
जबजब कुनै पनि चिज काम नलाग्ने अथवा थोत्रो हुन्छ विस्तारै त्यसको विकल्पको खोजी सुरु हुन्छ । यो विकास र क्रान्तिको स्वभाविक प्रकि्रया पनि हो । तसर्थ कुनै पनि चिज पूरानो हुन नपाउँदै रुपान्तरण हुन सक्नुपर्दछ । समय अनुसार अनुवाद हुन सक्नुपर्दछ । अझ त्यसमा पनि लखेक वर्ग सधैं पूरानो भइरह्यो र नयाँ हुन सकेन् भने त्यो दुःख लाग्दो कुरा हो । संसारको सिर्जना गर्ने र निर्माण गर्ने लेखक पूरानो हुँदै गयो र यथास्थितीमा उभिइरह्यो भने त्यहाँुनेर संसारलाई धोका हुन्छ । जगत्लाई पीडा हुन्छ । तसर्थ पनि लेखक वर्ग सधैं रुपान्तरण र गतिशीलतामा तानिनुपर्छ । बरु लेखक पूरानो हुँदै गयो र काम नलाग्ने हुँदै गयो भने पाठक वर्गले झक्झक्याउने हो सङ्केत गर्ने हो । यदि त्यसो गर्दा पनि भएन भने त्यसलाई टिपेर फाल्ने हो । यदि लेखक वर्गमा पाठक वर्गको रुची घट्दै गयो भने त्यहाँ लेखक वर्ग बेकामे हँदै जान थालेको ठहरछ । लेखक तत्कालै बद्लिने क्रममा जानुपर्छ । लेखकले पाठकको शक्ति केन्द्र र उसको पढ्ने क्षमतालाई हेक्का राख्दै लेख्न सकेन् भने त्यो भन्दा ठूलो अन्र्तघात लेखकका लागि अरु हुन सक्दैन् । संसार बनाउने लखेक आफैं काम नलाग्ने भयो भने त्यसबाट अरुले के आसा गर्ने समय परिवर्तन भएको उसलाई ज्ञात हुँदैन् युग बदेलिएको पत्तो हुँदैन भने त्यो लेखकबाट पाठक वर्गले के अपेक्षा गर्ने लेखकले पो पाठकलाई नयाँ-नयाँ बनाउँदै जाने हो । मानवीय सुख र समृद्धिका लागि सिर्जना गर्ने हो । पाठक वर्गले त लेखकको चिन्तन र संसार बद्ल्ने तागतबाट आफँू पनि बद्लिदै जाने हो । त्यही अनुसार रुपान्तरण हुँदै जाने हो । पाठक भन्दा लेखक महान बन्नुपर्छ । पाठक भन्दा लेखक सचेत बन्नुपर्छ । पाठकले एउटा शताब्दी बाँच्दै गर्दा लेखकले उनीहरुको चिन्तन र स्वभावलाई अर्काे शताब्दीतर्फ लैजान सकेन् भने ऊ कसरी लेखक बन्छ जनता र देशलाई अग्रगमनमा उभ्याउन सकेन् भने ऊ कसरी रचनाकार बन्न सक्छ समयलाई गति र दिश दिन सकेन् भने ऊ कसरी संसारको निर्माता बन्न सक्छ