लाईन क्रस - सामुहिक रॊदन महोत्सव

प्रकाश आङदेम्बे
ूमसँग गोजीमा सय रुपियाँमात्र थियो । विहान पाँच बजेदेखि अडिसन दिन लाइनमा उभिएको बाह्र बजे मात्र मेरो पालो आयो । त्यो दिन अरुले पालो मिच्ने डरले लाइनमानै उभिइएर एउटा पाउरोटीमात्र खाएँू इन्डियन आइडलको पुर्व भोगाइ सुनाउँदै प्रसान्त तामाङ घोप्टो परेर रुन थाल्यो । उद्घोषक राजेश घतानी पनि डाको छाडेर रुन थाले । छेउमा बसेका डम्बर नेपालीले आँखाभरी आँसु जमाएँ । ठट्टा गरिरहेका विल्सनविक्रम राई मलाई पुलुक्क हेरेर चियरवाट उठे । साचारकर्मी मोहन नेम्बाङ अरुलाई नरुन भन्दै आफै भावुक बने । गजलकार दाताराम चाँपागाई पनि घोप्टो परे चियरमानै । डाको छाडन नमिले पनि आँसु नझारी बस्न सकेनन् मेरा पनि आँखा र मन । यो सबै दृश्यहरु प्रत्यक्ष नियाली रहेका थिए भाइ सुर्य सुब्बा । यो दृश्य थियो गएको शनिबार दमक स्थित कुनै एक होटलको । जब जब यस्तो अवस्थामा हुन्छु तब धेरै अघि आफैले सृजना गरेको रुबाइ सम्झन्छु ।
मन भाचिन्छ तोडिन्छ कहिले दिन कहिले राती हुन्छ
जसलाई विश्वास गर्यो उ नै विश्वासघाती हुन्छ
यसरी मन भाँचिनु तोडिनु टुट्नु र दुःख्नुभन्दा
बरु मन त फलामकै भए जाति हुन्छ ………
धेरैपटक एउटै काममा सँगै भए पनि आफ्नो आफ्नो व्यस्ताका कारणले प्रशान्त जी र मेरो प्रत्यक्ष भेट भएको थिएन । दुइवर्षअघि चलचित्र किन मायामा को स्क्रिनप्ले र सर्ट डिभिजनको वर्कआउट गरिदिनका लागि म गान्तोक गएको थिए । त्यस चलचित्रका मुख्य भूमिकामा थिए प्रशान्त जी । डाइरेक्टर चुन्नीलाल घिमिरे दाजुलाई मैले जाने जति आइडिया सेयर गर्न मात्र म गएको थिएँ । प्रशान्त जी गान्तोक आउने दिन म गान्तोकवाट फर्किए आफ्नो कार्यक्रमको पुर्व स्याडुलले गर्दा । त्यसपछि र अघि पनि हामी बीच भेट गर्ने चाहना हुँदा हुँदै पनि भेट भएको थिएन । संयोगले भेट भयो यसपटक आफ्नै गृहनगरमा निकै समयपछि । त्यसो त योभन्दा अघि पनि धेरै पटक प्रशान्तजी दमक आउनु भएकै हो तर पृथक माहौल र समूहका कारण मैले भेटिन । विशेषत राजेश घतानी जीलाई यो सुत्रधार भूमिकाको लागि बधाइ दिनैपर्छ । देखावटी रुपमा तोपगाछी महोत्सवमा सवै भेला भएता पनि आन्तरिक रुपमा हाम्रो उपलब्धी भनेको एकअर्काका दुःखशुख सेयर गर्ने थियो ।

यसै पनि मलाई महोत्सवहरु त्यति अर्थपूर्ण लाग्दैनन् र जादिन तर साथीभाइको करकापले यो पटक तोपगाछी महोत्सव गइयो । राजेशजी विल्सनजी डम्बरजी प्रशान्तजीको प्रस्तुति हेरेर त्यहाँवाट फकियौँ । आयौँ होटलमा । रातको १२ बजेको थियो । डम्बरजीले भने ूआइडलमा तँपाइको नाम घोषित हुँदा म खुशीले बागबजारवाट बानेश्वरसम्म उपि्रुदैँ पुगेछु । पछि पो थाहा भो खाली खुट्टै रहेछु ।ू यति भन्नासाथ आम शुभेच्छुक नेपाली दाजुभाइहरुले आफुलाई लगाएको ठूलो गुन सम्झेर भावुक बन्दै प्रशान्तजीले आँसु खसाल्नु भयो । अनि सुरु भयो अरुलाई हसाउने आनन्द दिलाउने तीनै स्रष्टाहरुको सामुहिक रुवाई । रोदनपूर्ण माहोल रोक्न प्रायले मलाई इशारा गरे तर मैले चाहेर पनि प्रतिकि्रया जनाइन । कारण हास्न र हँसाउने त कयौं स्थान पाइन्छ तर हार्दिकताले प्रेमले आत्मियताले दिल खोलेर रुने स्थान किहंलेकाली संयोगले मात्र पाइन्छ । तसर्थ यो संयोगलाई मैले थमथम्याउन चाहिन । प्रशान्तजीले रुँदै भन्नु भयो ूअघि कार्यक्रममा सयौँ बुढीआमा र बाबाहरु मलाई प्रेम गरेर रात जाडो नभनि आउनु भएको थियो । चाहेर पनि सवैलाई ढोग्न सक्तिन ।ू थप भने ूसंयोग र सबैको मायाले आज म आइडल भए होला तर म आइडल हुनुभन्दा अगाडि नै तँपाइहरु हाम्रो जातिको लागि अग्रज भइसक्नु भएको थियो । म जस्तो सामान्य मान्छेलाई तँपाइहरुले लगाउनु भएको गुण र प्रेमलाई म कहिले पनि भुल्ने छैन ।ू लगभग डेढघण्टा पछि आँसुको सृङ्खला थामियो । एकआपसमा अँगालो मारामार भइरह्यो । रगतको साइनो पर्ने आफन्त वा तिम्रो लागि जे पनि गर्छु भन्ने फ्यानहरुको सामुन्ने समेत सेयर गर्न नसिकिने दुःखहरु सेयर गरागर भयो । मित्रताको महानता लहरिरह्यो निकैबेर ।
लगगभ विहान ४ बजेतिर सुताइ भयो जस्तो लाग्छ । प्रशान्तजीले मेरो बारेमा अलिक बढी सुन्नु भए जस्तो फिल भइरह्यो मलाई । पटक पटक मेरो केयर मप्रति झुकेर सम्मान जनाइ रहँदा मलाई भने अलिक बढी असहजता महसुस भयो र सम्झाए पनि । विहान प्रुेस भएर अब हामीले के गर्ने बारेमा निकैबेर गफ गर्यौ । मैले पनि प्रशान्तजीको जिम्मेवारी अगाडि बढी रहेको उनको यात्रा समाजले उनीप्रति राखेको दृष्टिकोण र उनले गर्नु पर्ने अबको खास कार्यको संभावना बारेमा सिधैं भने । उनले पनि एक भएर अगाडि बढ्नुपर्छ भनि रहँदा राजेशजीले थप्नु भयो । ूयो भाइ अलिक मिस गाइडमा परिरहेछ अब तँपाइले मार्गदर्शन दिनु पर्यो ।ू म मौन थिए । प्रशान्तले पनि थपे ूदाइ हजुरसँग धेरै भेटने मन थियो आज पूरा भयो । अब हजुरको शव्द र सल्लाह मलाई हरसमय चाहिएको छ ।ू त्यत्रो सेलिबि्रटिले म जस्तो मामुली व्यक्तिलाई राखेको हार्दिकता विश्वासको शव्दको उत्तर केही दिन सकिन र यत्ति मात्र भने । ूमैले सक्ने जति सहयोग सधै मवाट हुन्छ ।ू
प्रशान्तजी कै आग्रह अनुरुप अब उनी मेरा भाइ भए । छुट्टिने बेला पनि आँखाभरि आँसु जमाएर अँगालो मारे उनले । विदा हुनुअघि ूआमालाई नमस्कार भनिदिनु है भनंे ।ू राजेश जी र प्रशान्त पुर्व लागे । विल्सनविक्रम डम्बर नेपाली भूटानी कलाकार रत्न तुम्बापो र म होटलमा सँगै खाना खाएर छुट्टियौँ । रातभरिको अनिदोले गर्दा मेडिया नेटवर्क भूटानको चुलाचुली आइतबारेमा भएको फोटो प्रदर्शनिमा जान भने सकिन् । रुममा फर्किएर सिरक गल्र्याम्म ओडेर………………।
सेलिबि्रटिहरुसँगको यस्तो नियमितता क्रमश भइरहन्छ । कति अस्थाइ हुन्छन् कति स्थाइ । बुधवार साँझ ठिक यो लेख टाइप गरिरहेको बखत मोवाइलको घण्टी बज्यो । हेरें । प्रशान्त भाइको फोन रहेछ । उनको आवाज आयो । ूदाइ तँपाइलाई एकदम मिस गरिरहेकोछु । मैले फेसबुकमा प्रुेण्ड रिक्वेस्ट सेन्ड गरेको छु एसेप्ट गर्नुस है ।ू आधाघण्टा जति गफ भयो ।
जे होस कहिले काँही मात्र दिल खोलेर रुन पाइने दुर्लभ संयोगले मेरो जीवनमा पुन उर्जा प्रवाह गरेको छ । सामुहिक रोदन महोत्सवमा सहभागी सबै साथीभाइलाई बधाइदिन चाहान्छु ।

0 प्रतिकृया:

Post a Comment