कन्काईमा बास्केटबल प्रतियोगिता हुने

बिर्तामोड/नेपाल विद्यार्थी संघ झापाले जिल्लास्तरीय अन्तर क्याम्पस बास्केटबल प्रतियोगिताको गर्ने भएको छ ।
यही साउन ४ र ५ गते जिल्लास्तरीय बास्केटबल गर्न लागेको हो । सोमबार बिर्तामोडमा आयोजित पत्रकार भेटघाटमा उक्त जानकारी दिइएको हो । प्रतियोगितामा झापाका करिब दशवटा क्याम्पसहरू सहभागी रहने पत्रकार भेटघाटमा नेविसंघ झापाका उप सभापति राजेन्द्र उप्रेतीले जानकारी दिए ।
प्रतियोगितामा प्रथम र दोस्रो हुने टिमलाई क्रमशः नगद पुरस्कार दश हजार र आठ हजार रुपैयाँ तथा ट्रपी प्रदान गरिने जनाइएको छ । कन्काई क्याम्पस बिर्तामोडको प्राङ्गणमा हुने बास्केटबल प्रतियोगिताको उद्घाटन क्याम्पसका संस्थापक अध्यक्ष जयनारायण ढुंगानाबाट हुने नेविसंघ उपसभापति उप्रेतीले जानकारी दिए । प्रतियोगितको खर्च करीब तीन लाख रुपैयाँ रहेको बताइएको छ ।
बास्केटबल प्रतियोगितालाई काठमाण्डौ भित्र मात्र सीमित नराखेर बाहिर समेत विस्तार होस् भन्ने उद्देश्यका साथ प्रतियोगिताको आयोजना गरिएको नेविसंघ जिल्ला सदस्य मोहन गुरुङ्गले बताए ।

0 प्रतिकृया:

Post a Comment