चौतारीद्वारा श्रष्टाहरु सम्मानित

बिर्तामोड/साहित्य चौतारी झापाले आफ्नो १५औं स्थापना दिवसको अवसर पारेर मंगलबार विभिन्न श्रष्टाहरुलाई सम्मान गरेको छ ।

कार्यक्रमा यस वर्षको साहित्य चौतारी विशिष्ट सम्मानबाट वरिष्ठ लोकगायक एलपी जोशी सम्मानीत भएका छन् । स्वर्गीय भीमबहादुर र पञ्चकुमारी श्रेष्ठ स्मृति साहित्य चौतारी प्रतिभा पुरस्कारबाट मीरा कडरिया सम्मानित भएकी छिन् ।
यस्तै स्वर्गीय डिकमान विरही स्मृति पुरस्कारबाट साहित्यकार देवीचरण भण्डारी सम्मानित भएका छन् । स्वर्गीय धनमाया विमली स्मृति नवप्रतिभा पुरस्कारबाट नवोदित गायिका एनी गोम्देन, स्वर्गीय जेवी आले स्मृति फोटोग्राफी पुरस्कारबाट फोटो व्यवसायी राजेन्द्र खालिङ सम्मानित भएका छन् ।
चन्द्रशेखर श्रेष्ठको प्रमुख आतिथ्य रहेको कार्यक्रम साहित्य चौतारीका अध्यक्ष टङ्क विकल्पको अध्यक्षतामा भएको थियो ।

0 प्रतिकृया:

Post a Comment