हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

12

यमपञ्चक : अर्थात आर्थिक क्रान्ति पर्व

चक्रपाणि गौतम “मुमुक्षु”  पूर्वीय सनातन धर्मानुयायीहरूले चन्द्रमास गणना पद्धति अनुसार कार्तिक कृष्णपक्ष त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितियासम्मका पाँच दिनहरूलाई यमपञ्चकका रुपमा मनाउने परम्परा छ । नेपाली जनजिब्रोका भाषामा हामी यी दिनहरूलाई तिहार पनि भन्दछौ । यो पर्वका पाँचै दिनका महत्व अलग–अलग भएपनि मूल मर्म एउटै छ । काग तिहार :तिहारको पहिलो दिन सर्बभक्षी, सचेष्ट र दीर्घायु पक्षि कागको पूजा गरेर मनाईन्छ । हिन्दु धर्मशास्त्र अनुसार काग काल मृत्यु र शकुनको सन्देशवाहक पंक्षी हो । यसको कर्कश...

प्रेम र जीवन

रुद्र निरौलाप्रेम जीवनको मूलधार हो । बिनाप्रेम जीवनको कल्पना गर्न सकिँदैन । संसार प्रेमकै कारण बाँचेको छ । अंग्रेजी शब्द ीयखभ र नेपाली शब्द प्रेम समानार्थक मानिएका छन् । प्रेम साना मसिना किट पतङ्गदेखि विशाल स्थुलवस्तुसम्म गरिने ममता नै प्यार, प्रेम या माया हो । आज भोलि युवा जमात सहज रुपमा क्ष् ीयखभ थ्यग भन्ने गर्दछन् । कसैप्रति प्रेम देखाउन सद्भावना राख्नु वा पवित्रताको स्मरण गर्नु सचेत प्राणीको गुण हो । त्यसैले, बोलेर वा भावनात्मक रुपले कसैप्रति आत्मीयता प्रकट गर्नु प्राणीको चरित्रभित्र पर्दछ । प्रेमका स्वरुपहरू आ–आफ्नै हुन्छन् । विशुद्ध प्रेम,...

वीपीको शतवार्षिकी दिवस र नेपाली कांग्रेसको भूमिका

ओमप्रकाश गौतम नेपाली राजनीतिकाशमा वीपी कोइराला एक मात्र उदाउँदा तारा हुन् । राष्ट्र, राष्ट्रियता र प्रजातान्त्रिक समाजवादका त्रिवेणीका रुपमा उनलाई लिन सकिन्छ । राजनीतिक क्षेत्रबाहेक उनी साहित्य क्षेत्रमा पनि उनी एउटा उदाउँदो ताराका रुपमा लिन सकिन्छ । महान् नेपाली जनताको मुक्तिका लागि आफ्नो जीवनको पर्बाह नगर्ने र कोही कसैसँग सम्झौता पनि नगर्ने एक कुशल राजनेता उनी मात्रै हुन् । एकलौटी जहानियाँ राणा शासनकालमा पनि कहिल्यै नथाकि राष्ट्रिय, प्रजातन्त्र र समाजवादको स्थापनाको लागि अहोरात्र न दिनमा...

स्वार्थको पनि सीमा हुन्छ

निधिरत्न अधिकारी मानव दुनियाँ सपार्ने पनि राजनीति हो । बिगार्ने पनि त्यही राजनीति नै रहेछ । दुनियाँका सम्पन्न समृद्धशाली राष्ट्र बन्नुमा राजनीतिको अहम् भूमिका छ । तर दुनियाँको कङ्गाल राष्ट्र बनाउनु पनि उत्तिकै राजनीतिकै भूमिका रहेछ । आखिर राजनीति कसले गर्छ ? के का र कसका लागि गर्ने ? भन्ने सवाल अहम् छ । मानिसले मानिसका लागि राजनीति गर्ने हो । कुनै पशु प्राणीका लागि होइन । मानिस यो धर्तीको चेतनशील र सामाजिक प्राणी हो । उसँग चेतना विवेक र ज्ञान हुन्छ भनेर चेतनशील प्राणीको रुपमा उसको स्थान छ ।...

सहकारीमा सुधार गर्नुपर्ने पक्षहरू

नेत्रप्रसाद घिमिरे शेयर सदस्य नबनी अत्याधिक ब्याजको लोभमा निक्षेप राख्ने निक्षेपकर्ताहरू, ऋण लिइसकेपछि तिर्न नपरोस् भन्ने धोकेबाज ऋणी सदस्यहरूको प्रवेशले बचत तथा ऋण सहकारी संस्थाहरू पीडित बनि रहेका छन् । सहकारी सञ्चालनमा आफ्नो जिम्मेवारी र भूमिकाप्रति उदासिन र निष्कृय सदस्यवर्गले सञ्चालकलाई स्वेच्छाचारी हुन सहयोग पु¥याईरहेको देखिन्छ । सहकारीका सदस्यहरूबीच सेवा एवम् प्रतिफल वितरणमा चर्को विभेदको प्रचलन विकराल बन्दै गएको छ । दर्ता गर्न जसोतसो पु¥याइको २५ जनाको संख्या मध्ये हामी केही मिलेर जे...

नौलो संसारको शुभ मुहूर्त

दमक/टेलिकथानक चलचित्र नौलो संसारको यहाँ शुभमुहूर्त गरिएको छ ।सर्वज्ञान म्युजिक प्रालि दमकको ब्यानरमा निर्माण थालिएको सो टेलिचलचित्रको शुभमूर्हत गरिएको हो । दमक–१३ स्थित दुर्गा मन्दिरमा गीतकार ज्ञानेन्द्र कोइरालाले नरिवल फोरेर शुभमुहूर्त गरेका हुन् ।  पारुहाङ वान्तवाको कथा र निर्देशन रहेको चलचित्रको सम्पादन र छायाँकन भानु फोटो स्टुडियोका भानुभक्त न्यौपानेले गरेका छन् । सामाजिक कथावस्तु रहेको सो चलचित्रकोे निर्माता शोभा कार्की र डिएन खरेल रहेका छन् ।पुनम न्यौपानेको मुख्य भूमिका रहेको चलचित्रमा...

प्राकृतिक विपत्ति र संस्कार

निधिरत्न अधिकारी नेपाल प्राकृतिक रुपमा सुन्दर रहँदा रहँदै पनि यसको भौगोलिक बनावट हिमाल, तराई र पहाड तीन भू–खण्डले घेरिएर रहेको छ । हिमाल पग्लिएर बग्ने सदावहार नदीदेखि साना–साना जरुवा खोला खोल्सा नदीहरू हिमाल, पहाड र तराई हुँदै बग्दछन् । यसरी बग्ने क्रममा जब वर्षा ऋतु शुरू हुन्छ, त्यतिबेला तिनै नदीहरूमा पानीको मात्रा धेरैभन्दा धेरै बढेर पानीको वहाब बढ्दछ । अनि यो बहाव बढाईको परिणाम तराईका उर्वरा भूमिहरूभित्र आफ्नो बाटो तयार गरी ठूला–ठूला बाढीद्वारा ती जमिनहरू बगरमा परिणत हुन्छन् । जराले गर्दा...

कलाका नायक श्रीकृष्ण श्रेष्ठप्रति श्रद्धा सुमन

ओमप्रकाश गौतम जीवनपछिको मृत्यु अकाट्य छ । मृत्यु निश्चित छ तर समय निश्चित छैन । मानिस यसैका परिधिभित्र रमाइरहन्छन्, दुःखी भइरहन्छन् । यो एउटा निरन्तर प्रक्रिया हो । बुझ्न सक्नेका लागि जीवन एक नदी हो जो अविरल बगिरहन्छ, बुझ्न नसक्नेका लागि जीवन एक महान् समस्या हो । किनकि त्यही समयको परिधिभित्र बाँधिएर मानिस सङ्घर्ष गरिरहन्छ तापनि ऊ कहिल्यै समस्या नै समस्याको पहाड छिचोल्न पछि पर्दैन । हो आज यस्तै सङ्घर्षको आँधी बेहरीबाट कहिल्यै पनि नथाक्ने अविरल बगिरहने नेपाली चलचित्र रजतपटका वरिष्ठ नायक श्रीकृष्ण...

इच्छाशक्तिको तगारो पार्टी भित्रको बेथिति

नरपति पाण्डे मुलुकको प्रमुख प्राथमिकता शान्ति स्थापना गरेर नयाँ संविधान बनाउनु थियो । त्यसका लागि दीर्घदृष्टि भएको राजनीतिक नेतृत्व चाहिएको थियो । संविधानसभाको निर्वाचनबाट उदाएका साना ठूला आकार भएका राजनीतिक दलहरू शान्ति स्थापना गराउने प्रमुखकर्ता थिए । प्रतिनिधित्व हुन नसकेका अन्य राजनीतिक समुह र नागरिक समाजहरू सहायक कर्ता थिए । मुलुकको हितका लागि शान्तिपूर्ण स्थीरताको आवश्यकता थियो । त्यस्तो वातावरण सिर्जना गर्न कै लागि विस्तृत शान्ति सम्झौता दलहरू बीच भएको थियो । निर्वाचित हुन वा नहुन गन्तव्य...

समाज निर्माणमा मर्यादित पत्रकारिताको खाँचो

पिपुल्स टाइम्स समाचारदमक/समाज निर्माणमा मर्यादित पत्रकारिता जरुरी रहेको झापाको दमकमा शुक्रबार आयोजित एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् । उनीहरुले पेशागत विकास गर्न सञ्चारकर्मीहरु गतिशील बन्नु पर्ने बताएका छन् । पत्रकार मञ्च दमकको तेश्रो अधिबेशन तथा आठौँ बार्षिक साधारणसभाको उद्घाटन कार्यक्रममा बोल्दै बक्ताहरुले सञ्चारकर्मीहरुको भूमिका अझ बढ्दै गएको औँल्याए । मञ्चको उद्घाटन शत्रमा बोल्दै महासंघका पूर्वाञ्चल संयोजक पोख्रेल अधिवेशनको उदघाटन सत्रका प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय...

‘जेसीजको क्षेत्र ‘क’ सम्मेलन विर्तामोडमा शुरु’

बिर्तामोड/‘नयाँ संविधानको शान, विभेदकारी समाजको अवशान’ नाराका साथ शुक्रबारदेखि जेसीज क्षेत्र ‘क’ सम्मेलन झापाको बिर्तामोडमा शुरु भएको छ । नेपाल जेसीजको आयोजना र वीरता लेडी जेसीजको आतिथ्यमा सम्मेलन शुरु भएको हो । सम्मेलनमा जेसीज ‘क’ अन्तरगत मेची, कोशी, सगरमाथा र जनकपुरका ३८ वटा शाखाका पाँच सय भन्दा बढी प्रतिनिधि सहभागी छन् । विर्तामोडमा शुरु जेसीजको सम्मेलनका अतिथिहरु नेकपा एमाले नेता भरतमोहन अधिकारीले सम्मेलनको उद्घाटन गरेका छन् । उनले माघ ८ गते संविधान बन्ने वातावरण तयार नभएको बताए । अधिकारीले...

पब्लिक सहकारीको कारोवार शुरु

गौरादह/पब्लीक कृषि सहकारी संस्था गौरादहले शुक्रवारबाट कारोवार शुरु गरेको छ । संस्थाले औपचारिक रुपमा बचत तथा ऋणको कारोवार शुरु गरेको हो । संस्थाको कारोवारको उद्घाटन जिल्ला सहकारी संघ झापाका अध्यक्ष हरि चरण बानियाँले उदघाटन गरेका छन् ।  कार्यक्रममा संस्थाका अध्यक्ष भुपाल राज कटुवालले कृषि क्षेत्रको विकासमा सहकारी लाग्ने प्रतिवद्धता गरेका थिए । उद्घाटन कार्यक्रममा  द एभरेष्ट बचत तथा ऋण सहकारी संस्था दमकका ब्यवस्थापक धर्मानन्द भट्टराई लगायतले  कारोवारको सफलताको शुभकामना ब्यक्त गरेका...

दमक–११ मा चुम्लुङ

दमक/किरात याक्थुङ चुम्लुङले दमक–११ मा वडा समिति गठन गरेको छ । शुक्रबार सम्पन्न वडा भेलाले कविन्द्र शेर्माको अध्यक्षतामा चुम्लुङको वडा समिति गठन गरेका हुन् । सर्वसम्म्त गठित समितिको उपाध्यक्षमा पूर्ण कुमार साउदेन, सचिवमा विजय लिङदेन ,सह–सचिवमा कृष्ण बेघा र कोषाध्यक्षमा लक्ष्मी प्रसाद चेम्जोङ चुनिएका छन् ।  यसैगरि, सदस्यहरुमा राम बहादुर सम्बाहाम्फे, सन्तकुमार लिङदेन, यमुना योङहाङ (लिङदेन) र अमृता केरुङ (सेनेहाङ)लगायत रहेका छन् । चुम्लुङका नगर अध्यक्ष गुमानसिंह सम्बाहाम्फेको अध्यक्षतामा सम्पन्न भेला चुम्लुङका नगर सचिव देवेन्द्र चेम्जोङले सञ्चालन...

बर्षाले धराने टोलमा समस्या

दमक/३ दिन यता निरन्तर भएको बर्षाका कारण झापाको दमकका विभिन्न स्थानमा रतुवा नदीले कटान थालेको छ । नदीमा पानीको वहाव बढेपछी दमक १८ धराने टोलमा कटान जारी राखेको छ । धराने टोल उत्तरको बस्तीमा नदी पस्ने खतरा बढेपछि स्थानहरुले अस्थायी तटबन्द निमार्ण गरेका छन् । पानी स्पर भत्काउन थालेपछी बाँस, बोरा लगाएर अस्थायी तटबन्ध निर्माण गरिएको एमाले नगर अध्यक्ष अम्बिका खनालले जानकारी दिए । त्यस्तै दमक १८ र १५ को सिमानामा पर्ने चक्रपथमा समेत पानीले क्षति पुर्याएको छ ...

सिटी क्लवको अध्यक्षमा खडका

दमक/दमकमा भएको एक युवाहरुको भेलाले शेखर खड्काको अध्यक्षतामा ११ सदस्यीय सिटी फुटवल क्लव दमक गठन गरेको छ । समितिको उपाध्यक्षमा राजु लावर, सचिवमा नारायण बिष्ट, सहसचिवमा सन्तोष थापामगर र कोषध्यक्षमा मजुन राई रहेका छन् । भेलाले सल्लाहकार समिति गठन गरेको छ ।  समितिको सदस्यहरुमा इन्द्र कार्की, टिका अधिकारी र कर्ण बिक रहेका छन् ...

भृकुटीको बाल क्लवमा सविना

दमक/भृकुटी निम्न माध्यमिक बिद्यालय दमक १ को भृकुटी बाल क्लवको अधिवेशनले सविना केसीलाई चयन गरेको छ ।  शुक्रवार भएको अधिवेशनले समितिको उपाध्यक्षमा सलिना सुब्बा, सचिवमा फणिन्द्र रिजाल, सहसचिवमा देशराज कटुवाल र कोषध्यक्षमा अस्मित राई चुनिएका छन् । सदस्यहरु जानुका अर्याल , पुर्णिमा माखिम , सोनिया कुमाल ,  जितेस धिमाल , पुजा बिक र ममता राई छनौट भएको  बिद्यालयले जनाएको छ ...

हिमालयको शैक्षिक पुरस्कार बितरण

दमक/हिमालय उच्च मावि दमक २ ले तुलसादेवी न्यौपाने स्मृति शैक्षिक प्रोत्साहन पुरस्कार बितरण गरेको छ । शुक्रवार विद्यालयमा भएको कार्यक्रममा विद्यालयकै कक्षा ११ मा अध्ययनरत  जेहेन्दार विद्यार्थी  समिक्षा अर्याल , कक्षा १० का छात्र प्रविण ताजपुरिया  र कक्षा ७ का श्यामबाबु रजकलाई पुरस्कार प्रदान गरेको हो । दमक नगर पालिकाका कार्यकारी अधिकृत नुरहरि खतिवडाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा समाजिक अगुवा शेर बहादुर भटराई, लोक गायक एल पी जोशी, लेखक रुद्र निरौला, धनञ्जय बास्कोटा लगायतले पुरस्कारको बिषयमा चर्चा गरेका थिए ।बोन्साइ साहित्य...

मेरो देश – कविता

निसान श्रेष्ठम नेपाली हुँ मलाई लाग्छ गर्वमेरो देश हेर्दा लाग्छ मलाई स्वर्गहामी कक्षा ८ मा पढ्छौं एक सालतर म कहिले बिर्सिन मेरो देश नेपालनेताहरु चुनाव मै अड्किन्छन् सबै हुन्छन् निरासयस्तै भयो भने कहिले हुन्छ देशको विकास ?हाम्रो देश हेर्दा सबै देश छन् अगाडिएकदिन हाम्रो देशको विकास हुन्छ किनभने हामी हौं नेपाली ।हाम्रो देशमा जताततै छ हरियालीदेशको विकास गर्नुपर्छ है यसपालीअहिले त हुन थालेको छ नेपाल बन्दहामी जस्तो विद्यार्थीले यो सुन्दा मान्छन् आनन्द ।हामी नै हो देशको भविष्यकसलाई थाहा छ होला, हाम्रो देशको सुन्दरताको रहस्य ?हामी नेपाली भनेर चिनिन्छ...

बाढी पहिरोमा परी १० जनाको मृत्यु

पिपुल्स टाइम्स समाचारझापा/दुई दिनदेखि लगातार परेको अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानमा परी १० जनाको मृत्यु भएको छ । गृहमन्त्रालयका अनुसार जनधनको ठूलो क्षति भएको छ । ललितपुर पहिरोले पुरिएर दुई जनाको मृत्यु भएको छ भने अर्का एकलाई भेलले बगाएको छ । कालेश्वर ५ मा पहिरोमा पुरिरर करिव २०–२१ वर्षका सोनाम घलान र १८ वर्षकी ललिता घलानको मृत्यु भएको छ ।पानी परेपछि घर छेउको ठाडो खोल्सीमा आएको भेल बारीमा लगाउन खोज्दा उनीहरुलाई पहिरोले पुरेको थियो । प्रहरी टोलीले उद्धार गर्ने क्रममा दुईको शव भेटिएको ललितपुर...

अस्पताललाई गाउँलेद्वारा जग्गादान

लखनपुर/झापा लखनपुरका बासिन्दाहरुले गाँउमा नै आयुर्वेद अस्पताल बनाउन २ विगाहा बढी जग्गा उपलब्ध गराएका छन् । लखनपुर–४ र ५ का एक दर्जन बढी गाँउलेहरुले करोडौँ मूल्य पर्ने २ विगाहा १ कठा जग्गा अस्पताललाई दान गरेका हुन् । पूर्वाञ्चल क्षेत्रिय आयुर्वेद अस्पतालको भवन निर्माणका लागि ती क्षेत्रका गाँउलेहरुले विहीवार सामूहिक रुपमा १ विगाहा ८ कठ्ठा साढे १ धुर जग्गा दान गरेका स्थानीय सामाजिक अगुवा तथा जग्गादाता मणीकुमार भण्डारीले जानकारी दिए । विहीवार जग्गादाताहरुले अस्पताललाई मालपोत कार्यालय दमकमा गएर लिखत पास गरेका हुन् । भण्डारीले ९ कठ्ठा १३ धुर, गणेश...

छुट्टाछुट्टै घटनामा दुईको मृत्यु

विराटनगर/मोरङ जिल्लामा एक बालिकासहित दुई जनाको मृत्यु भएको छ ।मोरङको लेटाङ बस्ने ३६ वर्षीय कर्णबहादुर मगरको खोला तर्ने क्रममा र एक बालिकाको ठेलाको पाङ्ग्रामा सल बेरिएका कारण मृत्यु भएको पूर्वाञ्चल क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ । मगर बिहिबार राति तुर्के खोला तर्ने क्रममा बेपत्ता भएपछि शनिबार बिहान ९ बजे खोजतलास गर्दा नदीको बगरमा मृत अवस्थामा फेला परेका हुन् ।त्यसैगरी, मोरङको कटहरी–७ बस्ने छ वर्षीया बालिका गुल्सन खातुनको सल ठेलाको पाङ्ग्रामा बेरिएर लड्दा गम्भीर घाइते भएको थियो । उपचारका लागि विराटनगर ल्याउने क्रममा उनको बुधबार साँझ...

लायन्स क्लव अफ दमकको पद हस्तान्तरण

दमक/झापाको दमकस्थित लायन्स क्लव अफ दमक माउण्ट एभरेष्टको पदहस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । बुधबार एक कार्यक्रमका वीच लायन्सको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण गरिएको थियो । लायन्सका निवर्तमान अध्यक्ष बबरजङ थापा (किरण) ले नवनिर्वाचित अध्यक्ष अजय अग्रवाललाई पद हस्तान्तरण गरेका थिए । सो कार्यक्रममा निवर्तमान अध्यक्ष थापाले वार्षिक गतिविधिहरु जानकारी गराएका थिए । पद हस्तान्तरण कार्यक्रममा सहभागीहरु ः सो कार्यक्रममा लायन्स दमकका नवनिर्वाचित अध्यक्ष अग्रवालले लायन्सको मार्ग प्रति सधैँ...

मंगल प्रणामी एम्बुलेन्स सेवा शुरु

सुरुङ्गा/ श्रीकृष्ण प्रणामी मन्दिर माईधाम कनकाई नगरपालिका–४ कोटीहोमद्वारा सञ्चालित मंगल प्रणामी एम्बुलेन्स सेवा पुनः सञ्चालनमा ल्याइएको छ । इजरायलमा कार्यरत प्रणामी सम्प्रदायको अगुवाइमा त्यहाँका नेपालीहरुद्वारा ९ लाख २५ हजार रूपैयाँ सहयोग संकलन गरी उक्त एम्बुलेन्स खरिद गरिएको थियो ।एम्बुलेन्स सञ्चालनबाट प्राप्त आम्दानीले प्रणामी मन्दिर आश्रममा रहेका अनाथ बालबालिका तथा बृद्धबृद्धाहरुलाई टेवा पुगोस् भनेर एम्बुलेन्स सञ्चालनमा ल्याइएको बताइएको छ । उक्त आश्रममा नेपालका विभिन्न जिल्लाका २० जना अनाथ बालबालिका र १३ जना वृद्धबृद्धाहरु आश्रित रहेका छन्...

पूर्वमा टेलिकमको जेनेरेटर बिग्रियो

दमक/नेपाल टेलिकमको जेनेरेटरमा खराबी आएपछि पूर्वाञ्चलमा तीन दिनदेखि इन्टरनेट र टेलिफोन सेवा अवरुद्ध हुन पुगेको छ । बिजुली आएका बेला सिस्टमले काम गरे पनि लोडसेडिङ हुँदा जेनेरेटरले काम नगरेपछि उपभोक्ता मारमा परेका छन् ।लोडसेडिङ हुनासाथ ल्याण्ड लाइन टेलिफोन, जिएसएम मोबाइल, सिडीएमए टेलिफोन र एडिएसएल इन्टरनेट सेवा अवरुद्ध हुने गरेका छन् । टेलिकमका दुईवटा जेनेटरमा खराबी आएपछि सेवा अवरुद्ध हुन पुगेको हो । लोडसेडिङका बेला सिस्टम सञ्चालन नभएपछि पूर्वाञ्चलका १२ लाख जिएसएम, २ लाख सिडीएमए र १ लाख एडिएसएल प्रयोग गर्ने उपभोक्ता मारमा परेका छन् । सेवा अवरुद्ध...

अदालतमा वयान फेर्नेहरु जेल चलान

इलाम/ मानव वेचविखनमा उजुरी दिएर मुद्धा चलिरहेका बेला बयान फेर्ने दुई जना जेल चलान भएका छन् ।पुनरावेदन अदालत इलामले बयान फेरेको भन्दै तीन महिना जेल सजाय सुनाएका दुई जनालाई प्रहरीले झण्डै एक वर्षपछि हालै पक्राउ गरेको हो । अदालतले जेल सजाय सुनाएकोमध्ये पीडित एक युवती भने फरार रहेकी प्रहरीले जनाएको छ ।एक युवती र उनका आफन्तलाई भने कारागार पठाइएको हो । २०६८ असारमा नवमीडाँडाका दुई युवतीलाई बिक्रीका लागि सिलगुडि पु¥याएको आरोपमा पाँच जना विरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता भएपछि जिल्ला अदालत पाँचथरमा मुद्धा चलेको थियो ।सुरुवाती बयानको क्रममा...

बौद्ध संस्कारमा एक रुपता बनाउन पहल

दूधे/मगरको बौद्ध संस्कारमा एकरुपता विषयक तीन दिने गोष्ठी सतासीको माईधारमा सम्पन्न भएको छ । आप्mनो संस्कारमा एकरुपता नभएकैले मगर समुदाय पछि परेको निष्कर्ष निकाल्दै आयोजना गरिएको सो कार्यक्रममा मगर समुदायका अगुवाहरूले देशैभर संस्कारमा एक रुपता लिनुपर्नेमा जोड दिएका थिए । नेपाल मगर बौद्ध सेवा समिति झापाको आयोजना र जिल्ला मगर संघ झापाको सहयोगमा भएको सो कार्यक्रममा नेपाल मगर बौंद्ध सेवा समितिका केन्द्रीय उपाध्यक्ष बिपि रखेल मगरले मृत्यु संस्कारमा सात दिनमा काम सकिनु पर्नेमा जोड दिए । उनले भने सात...

संघीय लिम्बुवानको कमिटी

पथरी/पूर्वमा भर्खरै एकता भएका ५ लिम्बुवान संगठनहरूको पार्टी संघीय लिम्बुवान पार्टी नेपालको मोरङ जिल्ला कार्यसमिति बुधबार गठन भएको छ । नव गठित पार्टीमा दिलु लिङ्देनको अध्यक्षमा १३ सदस्य कार्यसमिति गठन भएको हो । यस्तै शेरबहादुर साँवा सह–अध्यक्ष, विवेक लिम्बू वरिष्ठ उपाअध्यक्ष, दुखाराम माझी, भवानी लिम्बू, राजेश याक्सोक, राज पयाङ्गु र जीवन खेवा उपाध्यक्ष रहेका छन् । यस्तै विशाल इक्सा, योगेन्द्र चोङबाङ्, खगेन्द्र तामाङ सचिव र हेमराज भण्डारी रहेका छन् । यसैगरी अर्थसचिवको पद विसेन्द्र नाल्वोले जिम्मा लिएको छ । भेलामा पार्टी समायोजन समितिका संयोजक रामभक्त...

वास्तविक सवाल र चुरे संरक्षणको विषय – सम्पादकीय

यतिबेला सरकारले खोलानालाबाट बालुवा, गिटी, ढुङ्गा दोहनमा रोक लगाएको अवस्था छ । यसले चुरे संरक्षण कार्यक्रमको सन्दर्भमा कति महत्व राख्छ त्यो एउटा पाटो हो । सँगसँगै मुलुकको प्रकृतिक स्रोतको व्यवस्थापनका लागि पनि महत्वपूर्ण निर्णय गर्न सक्ला । त्यो अर्को महत्वपूर्ण उपलब्धि हुन सक्छ । तथापि नारा मात्रको चुरे संरक्षणको विषय खेलाँचीपनाको पनि चरम मनोमनी बन्दै गएको यथार्थ आजको लज्जाजनक विषय हो । चुरे संरक्षणलाई मुलुकमै पहिलो पटक स्थापित संस्था राष्ट्रपतिको कार्यालयको गरिमा समेतलाई जोडिनु आफैमा गर्वको विषय हो । कुनै समय सरकारी स्वामित्वका वनहरुको नामाकरण...

सहकारीमा सुविधाहरू र राज्यलाई कर योगदान

नेत्रप्रसाद घिमिरे यस आ.व.मा मात्र नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.ले १ करोड ५० लाख कर राजस्व राज्यलाई योगदान गर्नुले सहकारीले समाज विकासमा गर्ने योगदानको आँकलन गर्न सकिन्छ । त्यसै गरी मेची सहकारी संस्था लि.दमक र सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लि.प्रत्येकले करिब ३० लाख राज्यलाई करराजस्व योगदान गरेका छन् । डाँफे दमक, राष्ट्रिय बहुमुखी दमक, कंचनजंघा दमक प्रत्येकले १४ लाखको दरले करराजस्व राज्यलाई योगदान गरेको देखिन्छ । झापाका सहकारीहरूबाट करिब १ करोड ६० लाख रकम आयकरको रुपमा मात्र राज्यलाई...

सरकारलाई बुझाए मेची सहकारीले ३० लाख कर

दमक/झापाको दमकको मेची सहकारी संस्थाले सरकारलाई कर तिर्ने जिल्लाभरको पहिलो सहकारी संस्था भएको दाबी गरेको छ । संस्थाले २९ लाख ८२ हजार ७ सय ४१ रुपैयाँ कर बुझाएको जनाएको छ । बुधवार संस्थाले पत्रकार सम्मेलन गर्दै जिल्लामा उत्कृष्ट कारोबार गर्ने सहकारी संस्था र धेरै कर तिर्ने सस्था भएको दाबी गरेको छ । संस्थाले ४० करोडको कारोबार गरेको छ ।  संस्थाको १८ औँ बार्षिक उत्सव तथा २० आँै साधरणसभाका बारेमा जानकारी दिन गरिएको कार्यक्रममा क्यान्सर पिडित सदस्यहरुलाई सहयोग, सदस्यका सन्तान प्राविधिक बिषय अध्ययनका...