सिलाई तालिम सुरु

दमक, माघ २५/ महिला सशक्तिकरण केन्द्र नेपाल दमकले तीन महिने कपडा सिलाई तालिम सुरु गरेको छ ।
महिलाहरुको आयआर्जन विकास गर्ने उद्देश्यले तालिम सुरु गरिएको हो । तालिमको केन्द्रकी अध्यक्ष भूमिका कोइरालाले लुगा सिउने मेशिन चलाएर सोमबार उद्घाटन गरेकी हुन् ।
दमक-१० स्थित कार्यालयमा साचालन भइरहेको तालिममा २४ जना महिला सहभागी रहेको केन्द्रले जनाएको छ । जिल्ला विकास समितिको सहयोगमा सुरु गरिएको तालिमका सहभागीहरुलाई सिकाईका लागि आवश्यक कपडा समेत वितरण गरिएको छ ।

0 प्रतिकृया:

Post a Comment