नवरङ्ग र रङ्गहरुमा विविधता


नेपाली साहित्याकाशलाई धरमपुरको माटोबाट प्रक्षेपण गरिएको क्षेप्यास्त्र हो नवरङ्ग साहित्य प्रतिष्ठान । तथापि झापाली यो नवरङ्गको आलोक बारे शिक्षित वौद्धिक चेतनशील र सभ्य भनिएको झापाली समाज अझै बेखबर छ । नवरङ्गले विगत करिब २ दशक अघि देखि झापाली पहिचान उचाल्न भरमग्दुर प्रयास गर्दै आएको छ । मुलुक भरका र मुलुक भन्दा बाहिर बसेर नेपाली भाषा र साहित्यका लागि समय श्रम र जीवन दिने स्रष्टा र द्रष्टाहरुलाई चिन्ने पहिचान गर्ने सम्मान गर्ने पुरस्कृत गर्ने देखि भाषा साहित्यको धरोहर थप्ने कार्यमा नवरङ्ग अनवरत लाग्दै आएको छ । वास्तविकता झापाको कथित वौद्धिकताका लागि अलमलको नाम भएको छ ।
नेपाली समाज बोल्ने सुन्ने र विश्लेषण गर्ने भन्दा पनि अनावश्यक बक्ने र झुक्ने काम गर्छ । स्वीकार गर्न सक्नु वा नसक्नु प्रत्येक मस्तिष्कलाई यो ठाडो चुनौति हुने छ । आज सम्म नेपाली भाषा साहित्य कला र संस्कृतिले नेपालीत्वको अस्तित्व रक्षा गरेको छ । विश्वका ७ अर्ब मानव जनसंख्याको बगुन्द्रो भिडमा २ करोड ६६ लाख बढी संख्यामा रहेका प्रत्येक नेपालीलाई नेपाल राष्ट्र र नेपाली राष्ट्रताको पहिचान र पगरी दिएको छ । आफ्नो पृथक पहिचान कायम राख्न मद्दत गरेको मार्गमा उन्मुख छ अग्रसर छ । नेपालका लागि मन भएका मानिसको संसार भर छरिएका छन् । जन्म नागरिकता ठेगाना पेशा क्षेत्र बसोबास र रहनसहन फरक र अलग भए पनि प्रत्येक ती मनहरु जसले नेपालीपन प्रति गर्व गर्न सक्छन् । जसले नेपालीपनलाई छाती भित्र लुकाएर राखेका छन् सुसुप्त ढङ्गले नेपाल र नेपालीपन प्रतिको उनीहरुको आस्था बढ्दै गएको छ । वास्तवमा यी सबैलाई साकार पार्ने काम नेपाली भाषा साहित्य कला र संस्कृतिका लागि जीवन दिनेहरुबाट सम्भव भएको छ । तर आज यही यथार्थलाई नेपाली समाजले स्वीकार्न सक्दैन । जसका कारण आफूलाई सम्पर्क अस्तित्व सभ्यताको गन्ध र अपनत्वको सुत्र मिलेको छ । समग्रमा समाजलाई आफ्नो सकल मिलेको छ । समाज आफै आफ्नो मुहार तिर थुक्न लालयित छ । त्यसका लागि उसलाई ऐनाको आवश्यकता पर्दछ र परिरहेको छ । आज त्यहीँ ऐनालाई बिस्रने कृतघ्न समाज अघि नवरङ्ग-नवरङ्ग एउटा सफा ऐना हो ।
धरमपुर झापाको सानो क्षितिज भित्र बलेको नवरङ्गी दीपको उज्यालो अधिकांश नेपाली मनको बास रहेका वस्तीहरु सम्म छरिएको छ । छरिने क्रम दिनानुदिन बढ्दो छ । तर हाम्रो समाज भित्र लुकेको कथित वौद्धिकताले यो ऐनालाई चिन्ने सम्म प्रयत्न गरेका छैन । किटानका साथ यो कला संस्कृतिको विषयवस्तु सामग्री भाषाको चर्चा महत्व र गरिमालाई राष्ट्रिय र स्थानीय स्तरमा कतै पनि महत्व दिइएको छैन । बखानमा भाषा संस्कृति समाज राष्ट्र राष्ट्रियता एकता प्रगति साचार आदि जे-जे बकेर पनि त्यहीँ साहित्य कला भाषा र संस्कृतिले सम्भव भएको विकास गरेको माध्यमबाट प्रविधि चिन्तन अभ्यास र निरन्तरताको जगबाट उठेको नेपाली पत्रकारिताको हुर्मत आज त्यहिँ बोटको जरा काट्न लालयित छ जुन बोटको टुप्पोमा उसको चलखेल सम्भव छ ।
एउटा सानो अखबरी अखडामा बसेका आफ्नै समकक्षीहरुको फुँई देख्दा उदेक पनि लाग्छ । साथीहरु भन्छन्-ुसाहित्यकार जति बहुला प्रेम धोका खाने लफङ्गा बेरोजगार अल्छे आधा मगज भएका आदि-आदि आफ्नै आमालाई ुवेश्याुको गाली दिने अपराध गर्ने यो परम्परा साहित्यको लर्कोमा लाम लागेको हामी कलमका पक्षधरहरु माथि यस्तै धावा बोल्छन् । इतिहास देखि वर्तमान सम्म र वर्तमान हुँदै गुज्रने भविष्यका लागि पनि यति खुल्लेआम चुनौति दिन सकिन्छ कि तिमी जुन भाषामा समाचारको स्वाद पस्कन्छौँ जुन लिपिमा आफ्ना पत्रहरुको बेइजती गरेर समाजलाई क्षणिक रणभुल्लमा फसाउने कारखाना चलाउँछन् त्यो सम्भव मात्र भाषामा छ । र त्यो भाषा तिमीले आविष्कार गरेका होइनौ । त्यो शैली सृजना विषयवस्तुको सार अर्थ तिमीले एउटा टेबुलमा सेतो पाना माथि रगटेको कलमले त्यसै दिन सक्दैन । त्यसका लािग युगले थुप्रै त्याग र बलिदानी गरेको छ त्यो सबैमा भाषा साहित्य कला र संस्कृतिको योगदान छ । आज तिमी जुन बोलीम्ाा दम्भ राखेर भुक्छौ त्यो भुकाई सम्भव तब भएको छ जब सभ्यताले भाषा र साहित्यलाई विकास गर् यो । तिम्रो चेतनाले ओकल्ने सम्यता विरोधी प्रत्येक लवज बनाएको छ भाषाले साहित्यले । त्यसैले तिमी जुन घमण्डका साथ नेपाली भाषा साहित्य संस्कृति र कलाका अन्तरवस्तु उपर धावा बोल्दैछौँ त्यो घमण्ड होइन । वास्तवमा त्यो अहंकार हो । तिमी र तिमीहरु जस्तै हजारौँ लाखौँ मानिसहरु छौ जो नेपाली राष्ट्रताको ठेकेदारका रुपमा आफूलाई कठपुतली समाज अघि उभ्याउँछौ र नेपाली मातृभाषा पहिचान संस्कृति र कला माथि सरम नमानी । त्यसैले तिमीहरु जस्ता लाज धक र भाषा संस्कृति साहित्य र कला विरोधी पाखण्डहरु उपर थुक्दा पनि शेष र आक्रोश कम हुँदैन ।
नेपाली साहित्यको निर्मलता नेपालीपनको कोमलता र हार्दिकता बुझ्न र बुझाउन नवरङ्ग साहित्य प्रतिष्ठानका गतिविधि एक हद सम्म काफी छन् तर पाखण्ड हरुमा नवरङ्गको योगदानलाई आत्मसाथ गर्ने हिम्मत नहुन सक्छ । त्यसैले नेपाली राष्ट्रियताको धरोहर थाम्दै आएका नवरङ्गहरुले गरेका गतिविधिहरु उनीहरुका लागि मृत्यु दिन अथवा जार वा सौता सरह अपि्रय र त्रासदीपूर्ण बन्ने गर्दछन् । अवरङ्गहरुको विषयलाई बाध्यतावस यी पाखण्डहरु अखबारका पछाडि वा भित्री पृष्ठमा एउटा सानो कुनामा मात्र अँटाएर औपचारिकता पूरा गर्न लालयित छन् । वास्तवमा कुनै पनि अखबार वा तरङ्गका साचार माध्यमले पनि साहित्य संस्कृति भाषा र कलाका विषयलाई भयङ्कर र भीमकाय विरोध ठान्छन् । जसको गति र मति भ्रष्ट छ उनीहरुबाट यसभन्दा बढी अपेक्षा गर्नु बेकार छ ।
बहुरङ्गीन साहित्य चिन्तनले नेपाली चिन्तनको वस्तुस्थितिलाई सामजिकताका केन्द्रबिन्दुबाट उकालो हाँकेको छ । साहित्य र वैचारिकता अनि सृजना र संस्कृतिसँगै कलाको समिश्रणबाट जन्मिएका काल्पनिकता र वस्तुगतताको जग टेकेरै इतिहासमा राजनीतिको कालो गोमन फँडा फुलाएर सबै पक्षलाई डस्ने उन्मत्त विषालु अवस्था सम्म हुर्किको छ । आज यो दूध मिलाउनेहरु माथ नै धावा बोल्ने डस्ने र मृत्युको उपहार दिने अराजक र विशृङ्खलित एवम् कुर्लाधार चरित्रको भएको छ । आज राजनीतिको नाङ्गो र अश्लिल भूमिकाले मुलुक र नेपाली जनजीवनको शान्ति र अमनचयन खोसेको छ । विचारको खडेरीमा भ्रमको वर्षात गराउने हाम्र्रा राजनीतिक दलहरुको हविगतले मुलुकलाई चिरा पारेको छ । सत्ता र सरकारको सर्गमीले इमान विचार त्याग समर्पण योगदान विश्वास आदिलाई बिकाउ चिज बनाउने प्रयत्न गर्दैछ । समग्रमा रङ्गहरुमा विविधता छर्दै नवरङ्ग र नवरङ्गीहरु जस्ता स्रष्टाहरुको सही मूल्याङ्कन गर्ने साहित्यिक संस्थाहरु अहिले सम्म जीवित छन् । त्यसैले मात्र नेपाली राष्ट्रता र पहिचानको जीवन्तता बोध हुन्छ । अन्यथा नेपाली राष्ट्रवाद र एकता अखण्डता भूमि सार्वभौमसत्ता र गौरव-गाथा उहिल्यै बेचिने वा कोशी गण्डकी कर्णाली र कालापानीहरु जस्तै बेचिने वा पशुपतिनगर वा सुस्ताहरु जसरी नै मिचिन सक्थ्यो ।
आज मुलुक र समाज स्वतन्त्र छ भन्नु विचार र सृजनामा मात्रै हो । त्यसैले संसार जित्ने दुस्साहस गर्ने सम्राट नेपोलियनहरुले पनि भनेका थिए-हजारौँ तरबार भन्दा एउटै कलम बलियो हुन्छ । यतिबेला यो कलम निडरता र बिना आग्रह पूर्वाग्रह उभिएको छ । यो नेपाली भाषा साहित्य र कलाका विरोधीहरु उपर साइनेट हो गि्रनेड झोलामा बोकेर विदेशी लिलामी पसलमा दोकान थाप्ने कथित राष्ट्रवादीहरु उपर यो चुनौति हो कि कलम र सृजना सदैव सत्यको पक्षमा सत्य उजागर गर्न उठ्छ र उठिरहने छ चाहे जतिपटक कलमका निब भाँच्ने दुस्साहस किन नहोस् कलम निरन्तर सत्यकै पक्षमा बढ्छ र बढीरहने छ ।
कमन देवान

0 प्रतिकृया:

Post a Comment