हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्वि

दमकमा प्लाष्टिक झोला प्रयोग जारी

– चिरञ्जिबी घिमिरे
दमक । दमक नगरपालिकालाई प्लाष्टिकमुुक्त क्षेत्र घोषणा गरेको ३ महिना बितिसक्दा समेत नगरपालिकामा प्लाष्टिकका झोला प्रयोग भइरहेको पाइएको छ । गत फागुुन १ गतेबाट नै नगरलाई प्लाष्टिकमुक्त क्षेत्र घोषणा गरेपनि नगरपालिकाबाट उचित अनुुगमन हुुन नसक्दा केही ठाउँमा यसको प्रयोग गरिरहेको पाइएको हो । सरकारी कार्यालय नजिक भएको स्थान र मुुख्य बजारमा यसको प्रयोग नभए पनि अन्य भित्री बजारमा भने यसको प्रयोग गरेको पाइएको हो ।
दमक उद्योग वाणिज्य संघले यस अघि पनि नगरलाई प्लाष्टिकमुुक्त क्षेत्र घोषणा गरिसकेको थियो । तर त्यो पनि असफल भएको र हालको घोषणामा पनि चुनौती रहेको दमक उद्योग वाणिज्य संघका द्वितीय उपाध्यक्ष गोपाल गुरागाईले बताए । ‘वाणिज्य संघले थालेको काममा नगरपालिकाले खास ध्यान दिएर अनुुगमनको कामलाई चुस्त बनाई प्लाष्टिकको प्रयोग निस्तेज पार्नुपर्छ ।’ – उनले भने । अनुुगमनका लागि नगरपालिकामा पर्याप्त नगरप्रहरी नभएको उनले बताए । वाणिज्य संघले गरेको यस्तो कार्यलाइ नगरपालिकाले सहयोग गर्नुु पर्नेमा जोड दिए । दमकका होटल व्यवसायी माधव ढकालका अनुुसार दमक नगरमा प्लाष्टिक छिटपुुट रुपमा पाइने गरेकोले यसको तत्काल अनुुगमन गरी प्रयोग गर्नेलाई कार्वाही गर्नुु पर्नेमा जोड दिए । त्यस्तो झोला बिशेषगरी मासु पसल, किराना पसल र सब्जी पसलमा पाइने गरेको उनले बताए । यो माटोमा पनि नकुुहिने भएकाले यसले वतावरण प्रदुुषण गरेको वैज्ञानिक तथ्य जोडेर उनले उल्लेख गरे – ‘प्लाष्टिकको झोलाले हामी सबैलाइ हानी गर्ने भन्ने थाहापाइ पाइ प्रयोग गर्नेलाई कडा कारवाही गर्नुु पर्छ’।– स्थानीय व्यापारी भरत श्रेष्ठले केही कडाशैलीमा भने– ‘यस्तो हो भने कि हामीले पनि प्रयोग गर्न पाउनुु पर्छ, कि त सबैलाई यसको प्रयोग गर्नबाट बन्द गरिनुु पर्र्छ’ । नगरपालिकाले प्याकिङ गरेका समान बाहेक अन्यमा प्लाष्टिको प्रयोग गर्न नपाइने भने पनि अहिले फलफुुल लगायत अन्य खुला सामग्रीमा पनि प्याकिङ गर्ने प्रवृत्ति बढेको छ । दमकको नयाँ सब्जी बजारमा फलपुुल पसल गर्दै आएका निशान दाहालले भने आफुुलाई थाहा नभएर फलफूल प्याकिङ गरेर बेचेको बताए । नगरपालिकाले आफ्नो नजिकको क्षेत्र वाहेक दमकको सम्पुुर्ण क्षेत्रमा अनुुगमन गर्न जरुरी रहेको उनले बताए । उता नगरपालिकाले भने अनुुगमन गरिराखेको
बताएको छ । नगरप्रहरीको कमी भन्ने आरोपको खन्डन गर्दै आफुुसंग पर्याप्त नगरप्रहरी रहेको नगरपालिकाका वातावरण प्रमुुख द्रोण थापाले बताए । ‘प्लाष्टिकका झोला प्रयोग गर्नेलाइ ५ सय रुपैयाँ जरिमाना गरेका छौं, अझै अनुुगमन गर्छौं । लुुकिछिपी यस्तो गरेको पाइए कडा कारवाही गर्छौ’।– उनले भने । बजारमा खुला सामग्रीमा पनि प्याकिङ गर्ने प्रवृत्ति बढेकाले यसको अनुुगमन गरी तत्काल यस्तो गर्नेलाई कारवाही गर्ने थापाले बताए ।

बजेट अभावमा निर्माणाधिन बसपार्क अलपत्र

– विमल लामिछाने
दमक । सरकारले यसपटक बजेट विनियोजन नगर्दा झापाको दमकमा बन्दै गरेको अत्याधुनिक टर्मिनल भवन सहितको  अपाङ्गमैत्री वसपार्क निर्माण कार्य अलपत्र बनेको छ । पूर्वपश्चिम राजमार्गसँगै जोडिएको दमक नगरपालिका ११ स्थित वसपार्क देशमा नै पहिलो अपाङ्गमैत्री निर्माण गरिएको हो । वसपार्कभित्र प्रवेश गर्ने पश्चिमी द्धारमा अत्याधुनिक टर्मिनल भवन निर्माण भइरहेको छ । निर्माणको अन्तिम चरणमा पुगेको भवनभित्र ४६ जना यात्रुलाई एकैपटक आराम गर्न सक्ने व्यवस्थित प्रतिक्षालय निर्माण गरिएको भएपनि अन्तिम चरणमा पुगेर त्यसको निर्माण कार्य अलपत्र बनेको हो ।
आरामदायी सिट सहितको अपाङ्गमैत्री हल निर्माणको योजना छ । भवनमा यात्रुका लगेज (सामान) सुरक्षित हिसावले भण्डार गर्न सकिने छ । टिकट काउण्टर, शौचालय, वाथरुमदेखि वसमा चढ्न समेत अपाङ्गमैत्री स्थल बनाइएको वसपार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष तीर्थराज वस्नेत (शंकर ) ले जनाए । उनले अहिलेसम्ममा नेपालकै पहिलो अपाङ्गमैत्री वसपार्क बन्दै गरेको दावी गरे । वसपार्क निर्माणका लागि हालसम्म कुल ८ करोड ५० रुपैयाँ खर्च भइसकेको छ । चालु आर्थिक वर्षमा सरकारले ४० लाख रकम आएको गत सालको ठेक्का लगाइसकेको भवनतर्फ खर्च भएको छ । यो रकम प्रत्येक वर्ष १२ प्रतिशतले बड्ने नियम छ । एकैपटक २५ वटा वस अटाउन सक्ने यस वसपार्क निर्माणकार्य सम्पन्न गरिसक्न अव लगभग ४ करोड रुपैयाँ लाग्ने बस्नेतको अनुमान छ ।
 कुल २ विगाहा १ कट्ठा क्षेत्रफलमा निर्माण भएको वसपार्क वरिपरी व्लक निर्माण गरिसकिएको छ । वस्नेतले बजेट निरन्तर आएमा आगामी दुई वर्षभित्रमा सम्पूर्ण काम सम्पन्न हुने बस्नेतले जनाए । टर्मिनल भवनको सम्पूर्ण काम अन्तिम चरणमा पुगेको छ भने वस
स्टेण्ड भित्र कालोपत्रे गर्ने काम वाँकी रहेको छ । पहिलो चरणमा पाइप, सवबेस, दोस्रोमा पुराइ, सफाइ र तेस्रोमा कालोपत्र गरिने हुनाले अब कालोपत्रेको मात्र बाँकी रहेको उल्लेख छ । दमक नगरपालिकाका कार्यकारी अधिकृत युवराज दहालले भूकम्पको असरका कारण अन्यत्रको बजेट कटौती गरेर राहतमा खर्च गर्नु पर्ने परिस्थिती भएकाले तल्लो निकायसम्म नै बजेट विनियोजनमा कमि आएको उल्लेख गरे । ‘त्यसको असर चाँही हामीलाई यहाँ समेत परेको हो ।’राजमार्गसगै जोडिएको यो वसपार्क नेपालकै नमूना वसपार्क रहेको निर्माणको जिम्मा लिएको शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक शम्भु केसीले जानकारी दिए । खर्च भएको कुल वजेटमध्ये १ करोड ६ लाख रुपैयाँमा टर्मिनल भवन निर्माण गरिएको उनले बताए ।

कारागारभित्र सन्तान जन्माउन माग

सप्तरी । कर्तव्य ज्यान मुद्दामा आठ वर्षसम्म कारागारमा बिताउँदा सप्तरी जगतपुर–१ का डोम दम्पती सुरज मरिक र छोटनीदेवीलाई असह्यै पीडा भयो । दुवै सप्तरी कारागारमा थिए । तर, भेटघाट हुन पाउँदैनथ्यो । छुट्टै बस्नुपर्दा उनीहरूको सन्तानको इच्छा पनि पूरा हुन पाएन ।
सन्तानको रहर पूरा गर्न चार वर्षअघि उनीहरूले कारागारभित्र प्रजनन अधिकारको माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरे । सर्वोच्चले प्रजनन अधिकारका लागि पारिवारिक भेटघाटको व्यवस्था मिलाउन सरकारका नाममा आदेश पनि दियो। तर, अदालतको आदेश कार्यान्वयन नहुँदा उनीहरू सन्तानविहीन भएर नै कारागारबाट छुटे । जेल परेको १२ वर्षपछि उनीहरू गणतन्त्र दिवसको अवसरमा गत १५ जेठमा रिहा भएका छन् । सरकारले अदालतको फैसला कार्यान्वय नगरेकै कारण हालसम्म आफूहरू सन्तानविहीन हुनुपरेको सुरजले गुनासो गरे । डोम दम्पतीले अन्तरिम संविधानको धारा २० को उपधारा २ बमोजिम प्रत्येक महिलालाई प्रजनन स्वास्थ्य र प्रजननसम्बन्धी हक प्रदान गरेअनुसार सो सुविधा उपभोग गर्न पाउनुपर्ने जिकिर गर्दै ३१ जेठ ०६७ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाएर रिट दायर गरेका थिए । ३९ वर्षीय सुरज र ३२ वर्षीया छोटनीले सप्तरीस्थित सेतु सामुदायिक विकास तथा मानवअधिकार मञ्चका अध्यक्ष जंगबहादुर सिंह र ललितपुरस्थित इन्हुरेड इन्टरनेसनलका जेन्डर लैंगिक सामनता अधिकृत प्रियंका पोखरेललाई वारेसनामा दिई रिट दायर गरेका थिए ।
सर्वोच्चका तत्कालीन न्यायाधीशद्वय बलराम केसी र गिरीशचन्द्र लालको संयुक्त इजलासले २८ चैत ०६७ मा गरेको फैसलामा भनिएको थियो, ‘अन्तरिम संविधानको धारा २० को उपधार २ को प्रयोजनका लागि पारिवारिक भेटको सुविधा प्रदान गर्न सकिने कारागारमा सुविधा उपलब्ध गराउनू ।’आदेश भएको मितिले दुई महिनाभित्र कारागार व्यवस्थापन विभागको महानिर्देशकको संयोजकत्वमा गृह मन्त्रालयको अधिकृत सदस्य सचिव रहने गरी अध्ययन कार्यदल गठन गर्न भनिएको थियो । कार्यदलमा प्रहरी प्रधान कार्यालयका अधिकृत राख्न पनि आदेश दिइएको थियो ।
कार्यदललाई दुई महिनाभित्र प्रतिवेदन बुझाई कानुन संशोधन गर्नुपर्ने, नपर्ने सुझाब दिन भनिएको थियो । यस्तै सोही आदेशमा
कारागारको कैदी आफैँले पारिवारिक भेटको माग गरेमा कानुनी रूपले प्रमाणित पतिपत्नीलाई मात्र कारागारमा सो सुविधा उपलब्ध गराउनू भनिएको थियो । तर, डोम दम्पतीले भने कारागारभित्र उक्त सुविधा पाउन सकेन । ‘बुढेसकालमा आफ्ना छोराछोरी सहारा बन्छन् भनी सर्वोच्चमा मुद्दा गरेका थियौँ,’ राजविराजस्थित सप्तरीको कारागारका छुट्टाछुट्टै ब्लकमा १२ वर्ष बसेका डोम दम्पतीले भने, ‘अहिले रिहा भएर घर आइसकेका छौँ, तर अब बुढेसकालको सहारा पाउने कि नपाउने भन्ने चिन्ता परेको छ ।’
९ मंसिर ०६१ मा सप्तरीको जगतपुर–१ निवासी चनियादेवी मरिकको हत्या आरोपमा सप्तरी प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो । सप्तरी जिल्ला अदालतले उनीहरूलाई १२ पुस ०६२ मा सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो ।

भूटान फर्किने बाटो बन्द नगर्न आग्रह

 दमक । स्वदेश फिर्ती अभियानका भूटानी अगुवा डा. भम्पा राईले हाललाई विभिन्न देशमा पुनर्वासको परिस्थिती रहेपनि पछि भूटान फर्किने कुटनीतिक वातावरण बनाउनका लागि जुटिरहन सुझाव दिएका छन् ।
झापाको दमकमा रही भूटानी शरणार्थीहरुको निशुल्क उपचार र राजनीतिक सल्लाहमा सक्रिय राईले विहीबार भूटान स्वतन्त्र जनमञ्चको टोलीसंगको भेटमा सो सुझाव दिएका हुन् । भूटानी शरणार्थी प्रतिनिधि स्वदेश फिर्ती समितिका सभापति समेत रहेका डाक्टर राईले हाललाई जो जो जहाँ जहाँ पुनर्वास भएपनि कालान्तरमा भूटान फर्किने योजनामा लागिरहन टोलीलाई सल्लाह दिएका छन् । साथै उनले नेपाल सरकार र सम्बन्धित निकायले पनि भूटान फर्किने पाउने ढोका बन्द नगर्नका लागि अनुरोध गरेका छन् । ‘हामी तेस्रो मुलुक पुनर्वास नै हुन नचाहनेलाई भूटान फर्काउन र अरुका लागि पनि आफ्नो देश फर्किने ढोका बन्द नगर्न हामी माग गर्दर्छाैं ।’– उनले भने ।
जनमञ्चका अध्यक्ष टोम अधिकारीले डा. राईको स्वास्थ्य जीवनको कामना गर्दै आफुहरुलाई भूटान फर्किने वातावरण बनाउन मार्ग निर्देशनको भूमिकामा रहेको भन्दै उनलाई सम्मान गरे । डा. राई रहेको दमक ११ स्थित क्लिनिकमा भेटेर सरसल्लाह माग्दै अधिकारीको अगुवाईको टोलीले अनौपचारिक कार्यक्रममा सम्मान व्यक्त गरेको हो । राई केही दिन आन्द्रामा समस्या भएर रगत बग्ने भइ विरामी रहेका थिए । टोलीका अगुवा अधिकारीले राईले भनेकै योजनामा आफुहरु लागेर जनमञ्च गठन गरेको जनाए । उनले नेपाल सरकारलाई आफुहरुको भूटान फर्किन पाउँने बाटोलाई बन्द गर्ने काम नगरिदिन स्मृतिपत्र बुझाएको बताए । बेलायतमा बस्दै आएका अधिकारीले केही समयका लागि नेपाल आएर युवाहरुलाई समेटी जनमञ्च गठन गरेर विभिन्न देशमा पुगेका शरणार्थीहरु र भूटान भित्रकालाई पनि समेट्ने योजनामा लागेको जनाएका छन् ।

बालकको अपहरणपछि हत्या

सुनसरी । सिरहामा अज्ञात समूहको अपहरणमा परेका एक स्कूले बालकको हत्या भएको छ । ११ दिन पहिले अपहरणमा परेका सुखिपुर गाविस ६ दहिपौडीका ११ बर्षीय बालक श्रवण भण्डारीको हत्या भएको हो । हत्या गरेर माटोमा गाडेको अवस्थामा मोहनपुर कमलपुर ३ मा बालक भण्डारीको शव विहीबार फेला परेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सन्तोष निरौलाले पुष्टि गरे । स्थानीय महिलाहरु शौच गर्न गएको बेला सिनो गन्हाएपछि प्रहरीलाई खबर गरेको थियो । त्यसपछि त्यहाँ पुगेको गोलबजार प्रहरीले गन्हाएको ठाउँमा उत्खनन गर्दा एउटा खुट्टा काटिएको र घाँटीमा डोरी बाँधेको अवस्थामा बालक भण्डारीको शव फेला परको प्रहरीले जनाएको छ । अपहरणकारीले ९८१७७६६९५५ नम्बरबाट फोन गरेर अपहरित बालककी आमासँग २० लाख रुपैयाँ फिरौती माग गरेका थिए । फिरौती तिरेर बालक लग्न भनेको ठाउँमा पिडित परिवार पुगेपछि प्रहरीलाई लिएर आएको भन्दै अपहरणकारीले फोन गरी फर्काएका थिए । त्यसपछि अपहरणकारी फिरौती मागेको नम्बर स्वीच अफ गरेका थिए । अपहरणकारीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । यस घटनामा संलग्न रहेको भन्दै प्रहरीले अनुसन्धानका लागि दर्जनौं व्यक्तिलाई पक्राउ गरेको छ । कतिपयलाई अनुसन्धानपछि छाडेको छ भने कतिपयलाई अझै प्रहरीले नियन्त्रणमा राखेको अनुसन्धान गरिरहेको स्रोतले जनाएको छ । अपहरित बालकको हत्या भएपछि दहिपौडी टोल शोकमा डुबेको छ । पीडित परिवारको घरमा चुलो समेत बलेको छैन् । अपहरणपछि बालकको हत्या भएपछि गाउँले त्रसित बनेका छन् । अपहरण भएदेखि नै गाउँलेहरु रातभर जाग्राम बस्दै आएका छन् ।

सामुदायिक विद्यालयप्रति आकर्षण बढाउने प्रयास

– निगरानी गर्न टोल टोलमा समिती गठन

दमक । सामुदायीक बिद्यालयप्रति अभिभावकको आकर्षण वढाउने उदेश्यले झापाको शिवसतासी—९ माईधारस्थित बालनिकुञ्ज उच्च माध्यामिक बिद्यालयले शैक्षिक सुधार कार्यक्रम संचालन गरेको छ । गत वर्षवाट संचालन भएको कार्यक्रम अन्र्तगत बिद्यालयले आफ्नो क्षेत्रभित्र बिभिन्न ८ वटा टोल समिति गठन गरी बिद्यार्थीको नियमित पठनपाठनमा बिशेष निगरानीमा अबिभावकलाई बिशेष परिचालन गर्ने भएको छ ।
बिहिबार बिद्यालय व्यवस्थापन समितिले सुरु गरेको टोल समिति गठन कार्यक्रम अन्र्तगत नगरपालिकाको वडाँ नं ८ रमाईलो वस्तीमा १ नं व्लग गठन गरेको छ । समितिको अध्यक्षमा दलवहादुर न्यौपाने, उपाध्यक्षमा रिना दर्नाल, सचिवमा खेम सुवेदी र सदस्यहरुमा डिल्लिलाल लिम्बु, वेदमाया गौली, मनिता लिम्बु र रेखा बिष्ट छन् । बिद्यालयको क्षेत्रभित्र रहेका टोलहरुमा गठन हुने व्लगहरु ८ वटा हुने बिद्यालयका प्राचार्य भिमवहादुर लिम्बुले जानकारी दिए । उनले टोल समितिको काम, कर्तब्य र अधिकारको बिषयमा बताउँदै आफ्ना बालबालिकाको शैक्षिक प्रगतिका निम्ति बिद्यालयमा शिक्षक शिक्षिकाले कक्षा कोठामा पढाएकोले मात्र नपुग्ने बताए । प्राचार्य लिम्बुले टोल समितिले आफ्ना टोलमा बिद्यालय जाने बालबालिकाको लगत संकलन गरी ति विबरणहरु बिद्यालयलाई पठाउनुपर्ने, टोलमा बालबालिकाहरु बिद्यालय नियमित गइरहेका छन् या छैनन् त्यसको चासो र बिद्यालयलाई सुचना गरिनुपर्ने, बिद्यालय व्यवस्थापन समितिको वैठकमा टोल समितिका एक—एक जनालाई सहभागि गराइने, टोलमा शैक्षिक सुधार अन्र्तगत रचनात्मक कार्यक्रम संचालन गर्न समितिलाई बिद्यालयले आवश्यक स्रोत र साधन उपलब्ध गराउने जानकारी दिए । टोल समिति गठन पछि सोही समिति अन्र्तगत कक्षा—१ देखी ६ सम्म गाउँघरमा नै र कक्षा—७ देखी १० सम्म बिद्यालयमा केन्द्र बनाएर ट्युसनको व्यवस्था गरिने प्राचार्य लिम्बुले बताए । उनले बिद्यार्थीलाई पठनपाठनप्रति सक्रियता बनाउँन यस्तो अभियान संचालन गरिएको जानकारी गराउँदै सो अभियानले उनिहरुमा पढाईप्रति जागरुक बन्ने आशा व्यक्त गरे ।
बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष समध्वोज कार्कीको अध्यक्षतामा भएको अभियान जेष्ठ २५ गते सम्पन्न हुने छ । सो अवसरमा बिद्यालयका सहप्रार्चय बिष्णुप्रसाद खतिवडाले आदीवासी जनजातिको वाहुल्य रहेको बिद्यालय क्षेत्रमा अविभावकले आफ्ना बालबालिका बिद्यालय पठाइरहेपनि बिद्यालयमा नियमित हाजिर भए या नभएका बारेमा चासो नराख्ने गरेको बताए । निजी बिद्यालयको तुलनामा सामुदायीक बिद्यालय कमजोर भन्ने बुझाईलाई गलत सावित गराउन बिद्यालयले गरेको अभियान सफल बन्दै गइरहेको खतिवडाको भनाई थियो । उनले पुर्वप्राथमिक तह अन्र्तगत प्रिनर्सरी, युकेजी र केजी कक्षा संचालनवाट महङ्गो शुल्कमा निजी बिद्यालयमा पढाईरहेका आफ्ना बालबालिकालाई झिकेर ल्याइरहेको बताए । ६ सय ६४ बिद्यार्थी अध्यापन गरिरहेका बिद्यालयमा दक्षिणी इलामको महमाईको दुर्गम गाउँवाट समेत २ घण्टा पैदल हिडेर बिद्यार्थीहरु आउने गरेको जानकारी दिए ।

पूर्वका जिल्लामा पुस्तकको अभाव

विराटनगर । भूकम्पपछि लगातारका पराकम्पनले एक महिना बन्द विद्यालय बन्द रहेर पुनः सञ्चालनमा आएपनि विद्यार्थीले पुस्तक नपाउँदा समस्या परेको छ । आवश्यक पुस्तक उपलब्ध नगराउँदा बिराटनगरस्थित जनक शिक्षा समाग्री केन्द्रको क्षेत्रीय डिपोमा यतिवेला शिक्षक र पुस्तक विक्रेताको भीड बढेको छ । कक्षा ८, ९ र १० को पाठ्यपुस्तक विक्री–वितरण गर्दै आएको केन्द्रसँग शैक्षिक सत्र सुरू भएको दुई महिना बितिसक्दा पनि आवश्यक किताब छैन ।
समयमा आवश्यक किताब उपलब्ध नगराएको भन्दै नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघले विराटनगरस्थित जनक शिक्षाको क्षेत्रीय डिपोमा तालाबन्दी गरेको छ । जनक शिक्षाले पुस्तक छपाईमा ढिलाई हुँदा मेची–कोशीका १० जिल्लाका सरकारी विद्यालयमा पाठ्यपुस्तकको अभाव भएको स्विकारेको छ । चैतमै छापेर बाँडिसक्नुपर्ने किताब अझै छापिएको छैन: महासंघका मोरङ अध्यक्ष माधव अधिकारीले भने: आउँछ–आउँछ भन्दाभन्दै दुई महिना बितिसक्यो अझै पनि आवश्यक किताव पाउन सकिएको छैन । जनक शिक्षा समाग्री केन्द्रका अनुसार मेची–कोशीमा कक्षा ८ को मात्रै ८५ हजार सेट पुस्तक आवश्यक छ । जसमा पहिलोपटक ४५ हजार मात्रै आइपुगेको छ ।
क्षेत्रीय शिक्षा निर्देशनालय धनकुटाका अनुसार मेची–कोशी अञ्चलका धेरैजसो विद्यालयमा कक्षा ८ को पाठ्यपुस्तक पुगेको छैन । पहिलो खेपमा ४५ हजार सेट र दोस्रोमा ५ हजार सेट मात्र किताब आयो : जनक शिक्षाका क्षेत्रीय प्रमुख चन्द्रलाल माझीले भने : अझै ३५ हजार सेट किताबको अभाव छ । उनका अनुसार पुस्तक छाप्न ढिलाई भएकाले समयमा विद्यार्थीलाई किताब उपलब्ध गराउन नसकिएको हो ।
किताब अभावकै कारण मोरङका अधिकांश सामुदायिक विद्यालयले माथिल्ला कक्षाको पढाई अगाडी बढाउन सकेका छैनन् । मोरङका निमित्त जिल्ला शिक्षा अधिकारी दिव्यराज कट्टेलले भने : विद्यार्थीसँग किताव नै नभएपछि शिक्षकले कसरी पढाई अगाडी बढाउने ? उनका अनुसार पाठ्यक्रम परिवर्तन भएका कारण कक्षा ८ का अधिकांश किताब विद्यार्थीले पाउन सकेका छैनन् । अभिभावक, विद्यार्थी र शिक्षक दिनहुँ आएर किताब खै भन्दै किचकिच गर्छन : पुस्तक व्यवसायी राजन पाठकले भने ः जनक शिक्षाले नै हामीलाई नदिएपछि हामीले के गर्ने ? सरकारले शैक्षिक सत्रको प्रारम्भमै किताब पुर्याउन १ देखि ५ कक्षासम्मको पाठ्पुस्तक छाप्ने अधिकार नीजि क्षेत्रलाई दिएको छ । कक्षा ६ र ७ को किताब गतवर्षको स्टकबाट विक्री गर्ने अधिकार समेत मुद्रण व्यवसायीलाई दिइएको छ । तर कक्षा ८, ९ र १० को पाठ्यपुस्तक भने जनक शिक्षाले मात्र छाप्ने गर्छ ।

कनकाईको रजत महोत्सवको योजना

सुरुङ्गा । झापाको सुरुङ्गास्थित कनकाई बहुमुखी क्याम्पसले आफ्नो स्थापनाको २५ औं वर्ष पुगेकाले यसै वर्ष रजत महोत्सव मनाइने भएको छ । रजत महोत्सवको सन्दर्भ पारेर क्याम्पसमा शौचालयको पुन निर्माण, मर्मत सम्भार र खेलमैदानको पूर्वी भागमा घेराबारा निर्माणका लागि क्याम्पस व्यवस्थापन समिति सदस्य गोविन्द पौडेलको संयोजकत्वमा ५ सदस्यीय निर्माण समिति गठन गरिएको छ ।
समितिको सदस्यमा डिल्ली प्रसाद संग्रौला, भक्तीप्रसाद संग्रौला, खेमराज कार्की र हिम्मत नेम्बाङ रहेका छन् । रजत महोत्सवलाई भव्य र सभ्य बनाउन स्थायी पक्की मञ्च निर्माण समेत गरिने संयोजक पौडेलले बताए । भविष्यमा सटर सहितको व्यवसायिक भवन निर्माण गरेर क्याम्पसको नियमित आम्दानीको स्रोत बनाउने सोच भएकाले हाललाई काँडे तारले घेराबारा गर्न लागिएको उल्लेख छ ।

शिष्ट ब्यवहार गर्न प्रहरीलाई निर्देशन

दमक । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता विश्वमणी पोखरेलले प्रहरीले नागरिकलाई  शिष्ट ब्यवहार गर्नुपर्ने बताएका छन् । इलाका प्रहरी कार्यालय दमक मातहतका सहभागी युनिट इन्चार्जहरुलाई  सभ्य ब्यवहार गरेर नागरिकले प्रहरी प्रति हेर्ने दृष्टिकोण बदल्न पोखरेलले निर्देशन दिएका हुन् ।  डिएपी पोखरेलले प्रहरी कार्यालयमा सेवा लिन आउने नागरिक शुरुमा गेटमा ड्युटी बसेको प्रहरीसंग ठोकिने हुँदा उसको नम्र बोली सरल ब्यवहार गर्नुपर्ने बताए । बिहीबार दमकमा भएको प्रहरी अनुशिक्षण कार्यक्रममा उनले सिकेका कुरा प्रहरी जवानसम्म पुराउन अनुरोध गदै साता दिनपछि नागरिकले प्रहरीको ब्यवहारमा सुधार आएको महसुस दिलाउन निर्देशन समेत दिए । कार्यक्रममा इलाका प्रहरी कार्यालय दमक, इलाका ट्राफिक प्रहरी कार्यालय दमक,  प्रहरी चौकी  केर्खा , लगायतका १५ युनिटका इन्चार्ज तथा प्रतिनिधि सहभागी थिए ।

निशुल्क शिविर हुने

सुरुङ्ग । भारतको शिलिगुडीका बरिष्ठ डाक्टर चाङको अगुवाईको स्वास्थ्य टोलीबाट झापाको कनकाई नगरपालिकामा निशुल्क स्वास्थ्य परीक्षण हुने भएको छ । कनकाई ३ र ४ को वडा नागरिक मञ्चले जेठ २४ गते एक दिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको हो । सुरुङ्गा उपस्वास्थ्य चौकीमा सम्पन्न गरिने शिविरमा मुटु, नशा, हड्डी, बाथ र दात सम्बन्धि परीक्षण सेवा उपलब्ध गराउने वडा नागरिक मञ्च वडा नं. ४ का सदस्य गोविन्द पौडेलले जनाए ।