हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्वि

सिनेमा कमोडिटिज मात्रै होईन

श्रीकृष्ण न्यौपाने

सिनेमा गित संगित साहित्य र विज्ञानको उन्नत समिश्रण हो । भनिन्छ यो छैटौ ललित कलाको छैटौ रुप पनि हो । कुनै निश्चित भूगोल र भाषाले सिनेमाको महत्वलाई संकुचित गर्न सक्दैन । किनकी यसको भाषा एउटै हुन्छ त्यसलाई बुझ्न कुनै विशेष लिपि र भाषाको सहयोग नै चाहिदैन किनकी यसको भाषा त्यस्तो हुन्छ जसले मानवीय संवेग र भावनालाई सहजै तत्काल छोइदिन्छ । त्यसैले पनि सिनेमालाई कमोडिटिज अर्थात् उपभोग्य बस्तुकारुपमा मात्र नभई समाज र साहित्यकालागि पनि बलियो बनाउनु पर्ने सर्वमान्य सिद्धान्त हो । तर नेपाली परिप्रेक्ष्यमा सिनेमा मेकिङ्ग शौख र मनोरंजनमा रुमलिएकै कारण नेपाली रजतपट अहिलेसम्म न व्यवसायिक हुन सक्यो न त यसले मानवीय चाहना र भावनालाई सम्बोधन नै गर्न सक्यो ।
एउटै निर्देशक एक वर्षमा आधा दर्जन चलचित्र हलमा उतारेर गर्व गर्ने यो बजारमा नेपाली सिनेमाको गुणस्तरलाई सहजै अनुमान गर्न सकिन्छ । मैले कस्तो चलचित्र बनाए भन्नु भन्दा पनि कतिवटा बनाए भन्ने प्रतिष्पर्धामा रम्न थालेपछि सिनेमा मेकिङ्गमा रिसर्च अध्ययन त हुने कुरै भएन । दर्शकको चाहना र रुची बुझ्ने कसलाई फुस्रद सिनेमा रिलिज गरिदिएपछि दर्शकले हेरिहाल्छन् नी भन्ने पुरानै मान्यताका कारण कुल जनसंख्याको १ प्रतिशत जनता नेपाली सिनेमा हेर्न हलसम्म जाने कष्ट व्योहर्न चाहदैनन् । सबैको साझा गुनासो छ कार्बन कपी लाग्ने नेपाली सिनेमा हेर्नु भन्दा त्यसको सक्कली प्रति हेर्नुको मज्जै बेग्लै । हरेक सिनेकर्मीलाई नेपाली दर्शकको गुनासो थाह नभएको पनि हैन । तर पनि निरिहझै लाग्छन् नेपाली सिने मेकस्र अनी बुझी बुझी थाह नपाए झै लाचारी भई दिन्छन् । फराकिलो अध्ययन विना नक्कल गर्ने प्रबृत्ति बढेकाले नेपाली सिनेमा माथि उठ्न नसकेको भन्नेमा पनि त्यही जमात अगाडी देखिन्छ । राम्रो सिर्जना र नविन धारणाकालागि अरुका सिर्जनाको अध्ययन अवलोकन जरुरी हुन्छ तर नेपाली निर्देशकसँग अनुसन्धान र अध्ययन गर्ने समय नै कहा छ र यहि परिप्रेक्ष्यमा एउटा दृष्टान्त पेश गरौं अमेरिकी महिला निर्देशक इरिन गेलेले चेलीबेटी बेचविखनका विषयमा एउटा ३० मिनेट लामो बृत्त चित्र ब्रेभ गर्ल बनाउन उनले दुई वर्षभन्दा बढि अध्ययन गरिन् । सबै कलाकारलाई अडिसनबाट छानिन् । १४ वर्षिय बालिकालाई बेच्न लागेको विषय महिला बेचविखन सम्बन्धी समस्या अन्र्तराष्ट्रिय स्तरकै विषयमा उनले भर्खरै छायांकन सकाएको यो डकुमेन्ट्रीले नेपाली निर्देशक र निर्मातालाई धेरै कुरा सिकाएको छैन र
अनुसन्धान र दर्शकको भावनालाई आत्मसाथ गर्न नसकेकैले नेपाली नेपाली सिनेमाले राम्रो व्यापार गर्न नसकेको कुरा कसैबाट लुकेको छैन । नेपाली सिनेमा हेरेर दर्शक खुसीमा रमाउने दुःखमा कराउने भावनामा बग्ने नभएसम्म नेपाली सिनेमाले आफ्नो धर्म निर्वाह गर्न सक्ने छैन । मानवीय संवेदनालाई नछोएसम्म सिनेमाको परिभाषामा नेपाली सिनेमा अटाउन नसक्ने विश्लेषकहरुको बुझाई छ ।
चलचित्रले ५१ औं दिन मनाउन छाडेको पनि धेरै भईसक्यो । हरेक साता फिल्म उत्रने र रिलिज हुने पत्तो समेत नभएको अवस्थामा फिल्म निर्माणको घोडा दौड भने झन् तेज भएको छ । लगानी र सिर्जनाका हिसाबले नेपाली सिनेमाको अबस्था धराशयी भइरहेको परिप्रेक्ष्यमा सिनेकर्मीले पनि सोच्ने बेला आईसकेको छ कि भारतीय चलचित्रबाट प्रत्यÔ प्रभावित भएर कहिलेसम्म र कसकालागि सिनेमा बनाउने सिनेमालाई कमोडिटिजका रुपमा मात्रै बुझ्ने हो भने यसले कुनै पनि मनलाई छुन सक्दैन सिनेमाको अर्को पाटो साहित्य कला र संस्कृतीलाई पनि सँगै लिएर हिड्नु अहिलेको आवश्यकता हो ।



प्रवृत्ति

कमन देवान
'मान्छे' चरित्र बडा विचित्रको छ । जुनसुकै जहाँसुकै र जेसुकै काममा पनि मान्छे जस लिन आफू अगाडि त_िम्सन्छ र अवजसबाट पन्छन सक्दो प्रयास गर्छ । हाम्रो समाजमा बग्रेल्ती यस्ता उदाहरणहरु  भेटिन्छन् जहाँ मान्छे नामक अजिव जीवले यो दरिद्रता प्रदर्शन गर्दछ । ताकि उसको बुझाईमा यो वुद्धिमता, चतुर् याई सक्षमता र कुशलता हो । तर यो पनि बिल्कुलै बुझाई मात्र हो त्यो कस्तो भने जानाजान उल्टालाई सुल्टा बुझ्नु जस्तो । आजको समाजमा मान्छेको हविगत चमेरे निर्वाहकै लगभग परिस्थितिबाट गुज्री आएको हो । तथापि हामी मान्छेमा भएको  वौद्धिकताले यस यथार्थलाई बारम्बार अस्वीकृत गर्दछ । मान्छेलाई मान्छे सम्म पुग्नबाट निषेध गरेर मान्छेलाई मान्छेले जस्तो बाँच्न पाउने अधिकार खोसेर अन्ततः मान्छेले छोएको पानी मान्छेलाई नै नचल्ने प्रथाको शिराबाट सस्थता ज्ञान विवेक र  वुद्धत्व खोज्ने हामी मान्छेहरु तथाकथित मात्रै त छैनौँ  आजभोलि शंका लाग्न थालेको छ ।
मान्छे बसेको घरमा मानवता बसाई सरिसकेको छ । मानवताको प्राण अन्तकतै पुगेर वस्तुगत देह प्रतिको मोह काम लालसा र डाढा भित्र कुहिरोको काग बनेको हामी मान्छेको चेतना वरदानै पाए पनि अरुको कुभलोमा प्रयोग गर्न लालयित छौं । इश्र्या लोभ र स्वार्थको अड्ा जमाएर हामीले फलाकेको आदर्श म्रत्येक वाणी निर्मम पीडावोध गर्दै सत्यको अग्नि कुण्डमा हामफालेर आत्महत्या गर्दै छन् । यो सत्यको पक्षमा उभिने क्राइस्ट मोहमद वु वुद्ध; कवीर र रामहरुलाई आफ्नो स्वार्थ पूर्तिका लागि भजाएर हिँड्ने हामी मान्छेले सत्यको निण्ठा माथि त यति विघ्न फेल गरेका छौँ भने बाँकी कुरा के छ र । तसथै यतिबेला मान्छेले खराबीका विरुद्ध जतिसुकै सफा सुद्ध; र असल आवाज वुलन्द गर्दा पनि त्यो शंकाको घेरा भित्र पर्छ । कसैले कसैलाई प्रशांसा गर्नुको पनि स्वार्थ कसैले कसैलाई माया सदभाव र स्नेह बाँड्दा पनि स्वार्थ फकाउनु पुल्काउनु र मनाउनुमा पनि स्वार्थ नै  छ । नभए पनि त्यो शंकाको दायरचबाट उम्कनै सक्दैन । भन्नुको तात्पर्य शंका स्वार्थ कुभलाई र बदमासी आजको समय मिल्दो सत्यहरु हुन् हामी मान्छेका लागि । 
जसरी कोइलीले कागको गुँडमा फुल पारेर बचेरा उडाउने मात्रै कष्ट खेपेर कागजलाई पंगु बनाउँछ समाजमा मान्छेले स्वयम् मान्छे माथि गरिरहेको व्यबहार उपरोक्त कि्रयासँग मेल खान्छ । समयको प्रवाह गति दिशा र गन्तव्य सँधै प्रकृति सम्वत छ । त्यसलाई सम्म आफ्ने काबुमा राख्ने हिम्मत गर्न नचुक्ने एउटै व्रहमाण्डको आँटिलोजीव मानिस हो । त्यसैले आफ्ना कालाकर्तुतहरु छोप्न मान्छेले सेतो च्यादरको कमिज र लबेदा पहिरिने गर्दछ । ढोंगको नाचमा कुमारित्वको बलात्कार गरेर सतीप्रथाको विरोध सयामा गरिने प्रतिवद्धता जस्तै छ  मान्छेको आचरण र व्याख्या।
यहाँका उहाँका त्यहाँका कहाँका जहाँका पनि मान्छे भन्नु उस्तै हुन् । यदाकदा मानवताको चेतमा पला बढी भएकाहरुको दृष्टिकोण र चिन्तनलाई भने छुट दिनुपर्दछ । अन्यथा हामी मान्छको मान्छेत्व भन्दा बेश्या र पाखण्ड मति पशुहरुमा त छँदै छैन सजिव जीव र ढुङ्गामा पनि  छैन । ढुङ्गा कहिल्यै  पग्लिएको प्रमाण छैन बरु फुटेर टुक्राटुक्रा हुन्छ तर मान्छेको अडान र विश्वास यस्तो सस्तीत्व चेतबाट कहिल्यै शिक्षित दीक्षित र प्रशिक्षित छैन । ढुङ्गाले आफ्नो  आदर्श र मूल्यका लागि कुर्वानी गर्छ त मान्छे आफ्नो क्षणिक स्वार्थका लागि सिङ्गो मानवताको कुर्वानी चढाउन लालयित छ । यसर्थ हामी मान्छेले मान्छे हुनुमा के किन कति र कसरी गर्व गर्ने  आज यो प्रश्न हामी प्रत्येक मान्छेका अघि हामी आफैंले तेस्र्याएका छौं । र यो यस्तो दूर्भाग्यपूर्न समय हो कि हामी आफैले सोधेको प्रश्नको सही वास्तविक र ठीक उत्तर जान्दैनौं । आफैले सोधेको प्रश्नमा असफल भएका हामी मान्छेट के सफलता प्राप्त होला  यो विषयको सही उत्तर भावी इतिहासमा कुनै दिन प्राप्त होला अहिलेको हाम्रै मतिले त्यो सम्भव देखिँदैन । 
तसर्थ आफूले के गर्न सकिएन  त्यसलाई जीवनको असल पाठ र चुनौतिका रुपमा स्वीकार गरौँ तर कागले दुःख गरेर बनाएको गुण र बचेरा कोरल्ने योजना भत्काउने काम नगरौं । सबैले सबै काम  गर्न सकिँदैन त्यसको मतलव अर्काले गरेको काममा आफू पगरी गुथ्न चाँहि अघि नसरौँ । के गर्दा आफैले पगरी गुथ्न सफल भइन्छ त्यो गर्ने प्रयत्न गर्नुमै वुद्धिमानी ठहर्ने छ ।

पहिलो तोपगाछी महोत्सव शुरु

केर्खा
१६ मंशिर÷ स्थानीय कृषी तथा पर्यटनको प्रवर्धन गर्ने उद्येश्यले झापाको तोपगाछीमा आज बाट पहिलो तोपगाछी महोत्वस शुरु भएको छ ।
झापा उद्योग वाणिज्य संघ तोपगाछी शाखाको मुख्य आयोजनामा भएको महोत्सवको नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डिराज ढकालले उद्याटन गर्नु भएको हो । उद्याटनका क्रममा प्रमुख अतिथी ढकालले नेपालको दिर्घकालिन आर्थिक विकासका लागि कृषी क्षेत्रको व्यवसायीकता अपरिहार्य रहेको बताउनुभयो । यस्ता महोत्वस तथा मेलाले तिनको व्यवसायीकतामा सहयोग पुर्याउने उहाँको भनाई थियो । बाणिज्य संघ शाखाका अध्यक्ष पुष्प बास्तोलाको अध्यक्षमा महोत्सव उद्याटन हुनु अघि बिभिन्न भाँकी सहितको जुलुसले बजार परिक्रमा गरेको थियो । स्थानीय कृषी तथा पर्यटनको प्रवर्धन गर्ने उद्येश्यले आयोजीत महोत्सवमा ३० स्टल रहेका छन् । महोत्सव १७ दिन चल्ने जनाईएको छ ।
उद्याटनका क्रममा निमित्त प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद दुलाल झापा उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र घिमिरे वरिष्ठ उपाध्यक्ष गोविन्द पौडेल उपाध्यक्ष उमेश डालमिया लगायतले बोल्नु भएको थियो । कार्यक्रममा संघका निवर्तमान अध्यक्ष दिलिप चापागाईले स्वागत मन्तब्य राख्नु भएको थियो ।

आज विश्व एड्स दिवस, झापा र मोरङ्मा एक हजार भन्दा बढि संक्रमित

1dec
दमक÷ आज विश्व भर २४ विश्व्ा एड्स दिवश बिभिन्न कार्यक्रम गरि मनाईदैछ । ूशून्यमा झारौँू भन्ने मूल नारासहित आज यो दिवश मनाउन लागिएको हो । प्रत्येक वर्षको डिसेम्बर १ तारिखका दिन विश्व एड्स दिवस मनाउने गरिन्छ ।
यसै दिवसको अवसरमा बुधबार दमकका अन्तरकि्रया सम्पन्न गरिएको छ । एचआईभि÷एड्सको जोखिम न्युनिकरणका लागि सरकारी निकाय राजनीतिक दल संचार माध्यम तथा सामाजीक अगुवाको भूमिका बिषयक अन्तरकि्रया गरिएको हो । झापाका निमित्त प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद दुलालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा दमक नगरपालिकाका कार्यकारी अधिकृत पशुपति खतिवडा ईलाका प्रहरी कार्यालय दमकका ईन्चार्ज मिलन भट्टराईले एचआईभि तथा एड्स न्युनिकरणका लागि सरकारी तथा गैह्रसरकारी निकाय बिच समन्वय हुन आवश्यक रहेको बताए ।
कार्यक्रममा एकिकृत नेकपा माओवादीका राज्य समिति सदस्य सन्त किराती नेपाली कांग्रेसका नगर सभापति ढुण्डिराज भण्डारी नेकपा एमालेका नगर अध्यक्ष अम्बिका खनाल माच सम्बद्ध संघिय लिम्बूवान राज्य परिषदका नगर ईन्चार्ज मोहन बेघा आदिवासी जनजाती महासंघ नगर समन्वय समितिका अध्यक्ष मोहन धिमाल दमक जेसीजका अध्यक्ष सुवाशचन्द्र भट्टराई दमक उद्योग वाणिज्य संघका कार्य समिति सदस्य प्रविण चाम्लिङ् धु्रवतारा स्पोर्टीङ् क्लबका अध्यक्ष कमल कटुवाल निलहिरा समाज दमकका कार्यक्रम निर्देशक चन्चला सुव्बा उप्का नेपालका दमक प्रमुख जीवन नेपाली चुलाचुली साचार समूहका सायोजक छविराज ढकाल लगायतले एचआईभि तथा एड्स रोकथाम तथा नियन्त्रणका लागि लागुऔषधको प्रयोग तथा असुरक्षित यौन सम्पर्कलाई दुरुत्साहन गरिन आवश्यक रहेको बताएका थिए ।
एसएससिटी नेपाल तथा हेप्पि नेपालको सहयोगमा आयोजीत कार्यक्रममा हेप्पि नेपालका कार्यक्रम निर्देशक प्रदिप पाठकले गैह्रसरकारी संस्थाका कार्यक्रमहरु पारदर्शी भएनन् भनेर आरोपमात्र लाउनु भन्दा नियमित अनुगमन गरिन आवश्यक रहेको बताए । कार्यक्रममा हेप्पि नेपालका कार्यक्रम सायोजक बिमल आचार्यले कार्यक्रमबारे प्रकाश पार्दै झापामा समेत एचआईभि तथा एड्सको उच्च जोखिम रहेको बताएका थिए । सामाजीक न्यायका लागि साचार समूहले आयोजना गरेको कार्यक्रम संस्थाका अध्यक्ष बिष्णु सुव्बाको अध्यक्षतामा भएको थियो ।
हाल झापामा ३ सय २२ जना एचआईभि संक्रमित रहेको सरकारी तथ्याङ्कले जनाएको छ । एड्स समन्वय समितिका अनुसार ति मध्ये १ सय २७ जना महिला रहेका छन् । समितिका सायोक लिवर्टी श्रेष्ठले जिल्लामा एचआईभि तथा एड्सको जोखिम न्युनिकरणका लागि बिभिन्न सरकारी तथा गैह्रसरकारी संस्था बिच समन्वयमा बिभिन्नकार्यक्रम भईरहेको बताईन् । विश्व एड्स दिवशकै अवसरमा आज समितिले चेतना मूलक मोटरसाईकल र् याली आयोजना गर्ने उनले जानकारी दिईन् । सो पछि जिल्ला विकास समितिको सभाकक्षमा अन्तरकि्रया गरिने जनाईएको छ ।
यस्तै उर्लावारी समाचारदाता सरोज बस्नेतका अनुसार मोरङ जिल्लामा पनि महिलाको तुलनामा पुरुषहरुमा बढि एचआईभि संक्रमित रहेको पाईएको छ ।
जिल्ला विकास समिति मोरङको तथ्याङक अनुसार हालसम्म मोरङमा ६ सय ७९ जना पुरुष एचआइभी संक्रमित रहेका छन् । त्यस्तै २ सय ९८ जना महिलाहरुमा एचआइभी संक्रमण रहेको पाईएको छ । तथ्याङक अनुसार मोरङमा एचआइभी संक्रमण भएका पुरुषहरु विशेष गरी यौन पेशामा संलग्न महिलाहरुसंग शारिरिक सम्बन्ध राख्नेहरु रहेको जिल्ला एड्स समन्वय समितिले जनाएको छ । यस्ता पुरुषहरुको संख्या ३ सय ४१ रहेको छ ।
त्यस्तै सुईको माध्ययमबाट लागु औषध प्रयोग गर्नेहरुमा पनि एचआईभीको संक्रमण बढि पाईएको छ । हाल सम्म फेला परेकाहरु मध्ये २ सय ४१ जना सुइको माध्ययमबाट लागु औषध प्रयोग गर्नेहरु छन् ।
विभिन्न कारणले २५ जना बालबबालिकालाई पनि एचआइभी संक्रमण भेटीएको छ । त्यस्तै १ सय ९९ जना गृहीणीहरुमा एचआइभी संक्रमण पाइएको छ । अन्य संक्रमण हुनेहरुमा समलीङ्गी ९ र रगत तथा अन्य उपकरणको माध्ययमबाट संक्रमण भएका ३ समूह नछुटीएका ६१ र यौन पेशामा संलग्न महिला ३१ जना रहेका छन् ।


ुपारदर्शी बनाऊ
झापाका निमित्त प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद दुलालले गैह्रसरकारी संस्थाका कार्यक्रमहरु पारदर्शी बनाउन आवश्यक रहेको बताएका छन् । पारदर्शीताको अभावकै कारण गैह्रसरकारी संस्था र सरकारी निकाय बिच आवश्यकता अनुसार समन्वय हुन नसकेको उनको भनाई छ । उनले भने- ुगैह्रसरकारी संस्था दर्ता नविकरण तथा नियमन गर्ने निकाय प्रशासन हो तर पनि गैह्रसरकारी संस्थाहरुले प्रशासनमा नियमित रुपमा आफ्ना प्रतिवेदनहरु बुझाई रहेका छैनन् ।ु
कतिपय संस्थाहरु दाताको सहयोग पाईन्जेल आफ्नै ढङ्ग बाट साचालन हुने र दाताले सहयोग गर्न छोडे पछि सरकारी निकायसँग समन्वयमा आउने गरेको उनले आरोप लगाए ।

संविधानसभाको म्याद छ महिना थप्ने सहमति,६ बुँदे सहमति-पूर्ण पाठ सहित

काठमाडौ, मंसिर १३ - ब्यवस्थापिका संसदको बैठकमा ब्यवस्थापिका संसदले आन्तरिम संविधानको संशोधन गरी मंगलबार संविधानसभाको म्याद छ महिना थपेको छ । यो चौथों पटक म्याद थपिएको हो ।

ब्यस्थापिका संसदमा भएको मतदानमा उपस्थित ५०८ सभासद् मध्ये ५०५ ले सरकारले प्रस्तुत गरेको संविधानसभाको म्याद थप सम्बन्धि संविधानसंशोधन प्रस्तावको पक्षमा मतदान गरेका थिए भने विपक्षमा तीन मत परेको थियो । उक्त तीन मत राष्ट्रिय प्रजातान्त्र पार्टी नेपालको हो ।

यसअघि मंगलबार बिहान मधेसी मोर्चासहितका माओवादी, काँग्रेस र एमालेको बैठक बसी छ बुँदे सहमति गरेर संविधानसभाको म्याद छ महिना थप्ने सहमति गरेको थियो । सर्वोच्च अदालतले एक पटक भन्दा बढी म्याद नथप्न आदेश गरेकाले यही समयसीमा भित्र संविधान जारी गर्नु पर्ने बाध्यात्म परिस्थिति रहेको छ । 



चार दलवीच मंगलबार भएको ६ बुदे सहमति
२०६८ साल कार्तिक १५ गते भएको सात बुँदे सहमतिलाई प्रगति र कार्यान्वयन गर्दै शान्ति प्रक्रिया निष्कर्समा पुर्उन र संविधान निर्माणकोलागी चार दलवीच निम्नाअनुसारको सहमति भएको छ ।
१. कार्तिक १५ गते भएको सहमति अविलम्ब पुरा गर्न शान्ति प्रक्रिया र संविधान निर्माण कार्यलाई समयमै सम्पन्न गर्ने प्रतिबद्धता ब्यक्त गर्दछौ ।
२. सात बुँदे सहमतिमा मंसिर ७ गते सम्म गर्नु पर्ने भनि भएको सहमति लाई मंसिर मसान्तसम्म पुरा गर्ने ।
३. सहमति कार्यान्वयन र काम सम्पादनको समिक्षा गर्न प्रत्येक साता शिर्ष नेताहरुको बैठक बस्ने ।
४.२०६८ साल मंसिर २० गतेभित्र संबैधानिक समितिबाट संविधान निर्माणको कार्यतालिका निर्माण गर्ने । राज्यपुर्नसंरचना आयोगको पहिलो बैठक बसेको दुई महिनाभित्र पुर्नसंरचनाको स्वरुप सहितको प्रतिवेदन तयार पार्ने
५.अविलम्ब राष्ट्रिय सरकार गठन गर्ने
६. संविधानसभाको म्याद ६ महिना थप गर्ने
.....................                    .........................    ...............    
पुष्पकमल दाहाल प्रचण्ड           शुशिल कोइराला      झलनाथ खनाल
अध्यक्ष एनेकपा माओवादी    सभापति नेपाली काग्रेस  अध्यक्ष नेकपा एमाले

        .............................
             विजयकुमार गच्छदार
            संयूक्त लोकतान्त्रिक मधेसी मोर्चा

रहेनन् सम्पादक खत्

कारले साइकललाई ठक्कर दिंदा रुपन्देहीको सालझण्डीमा सोमबार एक पत्रकार सहित दुई जनाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् ।
कारमा सवार कारोबार दैनिकका समाचार सम्पादक ३५ वर्षे विजयबाबु खत्री र साइकल चालक सालझण्डी ४ का ४० वर्षे पुर्ण बहादुर थारुको मृत्यु भएको हो । काठमाडौंमा लामो समयदेखि पत्रकारिता पेसामा लागेका खत्री रुपन्देही करहीया गाविस ३ का स्थायी निवासी हुन् ।
थारुको उपचारकालागि ल्याउदै गर्दा बाटोमा र पत्रकार खत्रीको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । पश्चिमबाट पुर्वतिर आउदै गरेको बा.७. च ५९२ नम्मरको कारले अपरान्ह ४ बजे पूर्वपश्चिम राजमार्ग अन्तरगत सालझण्डीमा साइकललाई ठक्कर दिएपछि बचाउन खोज्दा दुर्घटना भएको थियो । दुर्घटनामा परी लमजुड गाउंशहर ६ का २५ वर्षे लीला घिमीरे, काभ्रे देवपुरकी २३ वर्षे राधिका ढकाल र झापा सुरुड. २ का ३० वर्षे विआर आचार्य घाइते भएका छन् ।

पहिलो डिभिजनमा लडाकुको पुनर्बर्गीकरण

चुलाचुली÷ ईलामको चुलाचुली स्थित माओवादी लडाकुको पहिलो डिभिजनमा लडाकुको पुनर्बर्गीकरण कार्य सोमबार सकिएको छ । तर पुनर्बर्गीकरण कार्यमा ४ सय भन्दा बढि लडाकु अनुपस्थित रहे । ति लडाकुहरु कहाँ गए भन्ने यकिन तथ्याङ्क भने आउन सकेको छैन ।
१० दिन अघि सेना समायोजन बिषेस समिति सचिवालयका बिज्ञहरु सहितको टोलीले पहिलो डिभिजनका १ हजार ५ सय १ लडाकुको पुनर्बर्गीकरण गरेको हो । पुनर्बर्गीकरण गरिएका मध्ये सबै भन्दा बढि लडाकुले सेना समायोजनको बिकल्प रोजेका छन् । पहिलो डभिजन मुख्यालय र माहतहका सहायक शिविरका ७ सय ८७ लडाकुले नेपाली सेनामा समायोजन हुने बिकल्प रोजेका हुन् । ति मध्ये ८५ जना महिला रहेका छन् । यसै गरि ७ सय १४ जना लडाकुले स्वेच्छिक अवकास लिने निर्णय गरेका छन् । अवकास लिने मध्ये २ सय १६ महिला रहेका छन् । पहिलो डिभिजन मातहतका कोहि पनि लडाकुले पुनस्र्थापनाको बिकल्प नरोजेको पुनर्बर्गीकरणमा खटिएका बिज्ञहरुको टोलीका प्रमुख डा। शम्भुराज िसंखडाले जानकारी दिए

ुलिम्बूवान प्रत्याभुत गरिनु पर्छु

११ मंशिर
बिराटनगर÷ माच सम्बद्ध संघिय लिम्बूवान राज्य परिषदका केन्द्रिय अध्यक्ष कुमार लिङ्देनले अव बन्ने संविधानले स्वायत्त लिम्बूवान राज्यको प्रत्याभुत गर्नु पर्ने बताएका छन् ।
शनिवार बिराटनगरमा संगठनले गरेको आमसभालाई सम्बोधन गर्दै उनले अव बन्ने संविधानमा सवै जात जातीले आफ्नोपन पाउनु पर्ने बताए । संघियता बिरोधी गतिविधीहरु अझै पनि नरोकिएको उल्लेख गर्दै उनले त्यसको प्रतिरोधका लागि आफ्नो संगठन तयार भएको उनको भनाई थियो ।
कार्यक्रममा संघिय लोकतान्त्रिक राष्ट्रिय माचका महासचिव खगेन्द्र माखिमले हालै बनेको राज्य पुनस्रंरचना आयोगले वर्षौ देखि उपेक्षित जाति-जनजातीको संवेदनशिलता बुझ्न आवश्यक रहेको बताए । कार्याक्रममा परिषदका बरिष्ठ उपाध्यक्ष ज्ञानबहादुर गुरुङ् द्वितिय उपाध्यक्ष ज्ञानबहादुर ईम्बुङ् महिला बिभाग प्रमुख शान्ता योङ्हाङ् बुद्धिजिवी परिषदका सायोजक भानु भट्टराई लगायले बोलेका थिए ।

ुनेभ्लाुको स्थपना दिवश

११ मंशिर
केर्खा÷ नेपाल पाराभेटेरीनरी एण्ड लाईभष्टक एसोसिएसन नेभ्ला ले शुक्रबार देशभर बिभिन्न कार्यक्रम गरी आफ्नो २२औं स्थापना दिवस मनाएको छ ।
ूदिगो विकास एवम् समृद्ध नेपाल निर्माणमा पशु बिकास को आवश्यकता प्रविधि र प्राविधिक जनशक्तिको सकि्रयता आजको अपरिहार्यताू भन्ने मुल नाराका साथ नेभ्लाले स्थापना दिवश मनाएको हो ।
यसै अवसरमा नेभ्ला जिल्लाकार्य समिती झापाले महेशपुरमा पशुहरुका निशुल्क भ्या_िक्सन लगाएको छ । सो अवसरमा ४ सय ५० पशुलाई एच।एस एण्ड बि क्यु भ्या_िक्सन लगाएको नेभ्लाका झापा जिल्ला अध्यक्ष रुद्र कटुवाले बताए । सो अघि बिभिन्न प्लेकार्ड सहितको मोटरसाईकल र् याली समेत गरिएको थियो ।

मंगलमयमा राई



९ मंशिर
लखनपुर÷ लखनपुर-१ स्थित मंगलमय उच्चमाविको व्यवस्थापन समिति अध्यक्ष हुकुमिसंह राई निर्विरोध निर्वाचित भएका छ् ।
शुक्रबार विद्यालयमा भएको कार्यक्रममा निर्वाचन समितिले अध्यक्ष सहित ३ जना सदस्यहरु निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो । निर्वाचन समितिका संयोजक फणिन्द्र खत्रीले व्यवस्थापन समितिका सदस्यहरुमा धनप्रसाद तिवारी इन्द्र राई र पदमकुमारी राई को नाम सार्वजनिक गरेका थिए ।
व्यवस्थापन समितिको शुक्रबार नै बसेको बैठकले रघुनाथ पोखरेल पुष्प भट्टरँई र अतिनलाल राजवंशीलाई सदस्यमा मनोनित गरेको छ । समितिमा सदस्य सचिव प्राचार्य ओमप्रसाद खनाल रहेका छन् ।
निवर्तमान समितिका जेष्ठ सदस्य पदमकुमारी राईको अध्यक्षतामा भएको कार्यक्रममा लखनपुर गाविसका सचिव टेकबहादुर कार्की स्रोत व्यक्ति सूर्य सापकोटा विद्यालयका पूवर््ा अध्यक्षहरु युवराज खड्का र प्रमोद दाहाल सामाजिक अगुवा दिलिप राई ऋषिकेश सुवेदी पारसमणि राई विवेक मिश्र एकीकृत नेकपा माओवादीका रविन गुरु¨ नेपाली कांग्रेसका बालकृष्ण गौतम नेकपा एमालेका मणि भण्डारी माच सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद्का भीम राई संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टीका गणेश आङ्देम्बे लगायतको उपस्थिति रहेको थियो ।