हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्वि

इलाममा बल्ल ६० प्रतिशत रोपाईँ सकियो

इलाम, ६ साउन/पानी नपरेपछि साउन लागिसक्दा समेत इलामका सबै किसानले अझै धान रोप्न पाएका छैनन् । पानी नपरेकाले इलाममा अहिलेसम्म ६० प्रतिशत मात्र धान रोपाइ“ सकिएको छ । अघिल्लो बर्È समयमा नै मनसुन हु“दा असार मसान्त सम्म ८० प्रतिशत रोपाइ“ सकिएकोमा यस पटक भने मनसुनकै कारण्ँ ढिला भएको हो ।
समयमा समयमा पानी नपरेका कारण अझै रोपाई गर्न नसकिएको सोयाङ्ग–६ का किसान दाताराम सञ्जेलले बताए । वर्षेनी एक मुरी वीउको धान रोप्दै आएका उनले पानी नभएकै कारण हालसम्म रोपाईको सुरसार नभएको बताए ।
त्यस्तै माई, जोगमाई, पुवामाई, रतुवा आसपासका बेंसीहरू र दक्षिणी गाविस दानाबारी, चुलाचुली, महमाई, बा“झो, इभाङ्गलगायतका पनि रोपाईं हुन नसकेको किसानहरूले बताएका छन् । कतिपय खेतहरूमा मकै निकाले मात्र रोपाई गरिने भएकाले पनि धान रोप्न ढिला भएको बताईको छ ।
साउनको पहिलो हप्तासम्म पनि रोपाई आधा मात्र सकिनु दुर्भाग्य हो । यसले धान उत्पालनलाई पक्के असर पु¥याउने किसानहरू बताउ“छन् ।
इलाममा १४ हजार आठ सय हेक्टर जमिनमा धान खेती हु“दै आएको छ । जसमध्ये करिव सात हजार हेक्टरमा रोपाई सकिएको जिल्ला कृÈि विकास कार्यलयले जनाएको छ । जिल्लामा आधा खेतमा मात्र सि“चाई सुविधा छ । धेरै ठाउ“मा धान रोप्न किसानहरूले आकासे पानीको भर पर्नुपर्ने जिल्ला कृषि विकास कार्यालयका अधिकृत राजेन्द्र मल्ले बताए । जिल्लामा मुख्यगरी मन्सुली, भाले मन्सुली, राधा १७, राधा १२, बासमति, मिथिला, सावित्री, जातका धान लगाईने गरिन्छ ।
देशभर मलको अभाव भईरहेका बेला इलाममा भने मल अभावको खासै असर पारेन । धेरै किसानहरूले गोबर मल नै प्रयोग गर्ने गरेकाले रासायनिक मल नहु“दा पनि खासै प्रभाव नपारेको कार्यालयका अधिकृत मल्लले जानकारी दिए ।
समयमा नै पानी नपरेपछि निरास बनेका किसानहरू यतीबेला मनशुन सक्रिय हुनसाथ खेत–खेतमा देखिएका छन् । साउन लागिसक्दा पनि किसानहरू धान रोप्न व्यस्त छन् ।

‘मुलुकको समृद्धिका लागि सहकारी’

दमक, ६ साउन/देशका विपन्न वर्गलाई आर्थिक रुपले समृद्ध बनाएर मुलुक निर्माण गर्नु नै सहकारीको मुख्य अभियान भएको शुक्रबार झापाको दमकमा आयोजित एक कार्यक्रमका सहभागीले बताएका छन् ।
गृहणी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड दमक–११ को प्रारम्भिक साधारणसभामा बोल्दै उनीहरुले सहकारीमा इमान्दारिता, पारदिर्शता र लगनशीलताको आवश्यकता पर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा राष्ट्रिय सहकारी संघका सञ्चालक गणेश बस्नेत, जिल्ला सहकारी संघ झापाका अध्यक्ष हरिचरण बानियाँ, डाँफे बचत तथा ऋण सहकारी संस्था लिमिटेडका व्यवस्थापक चुडामणि ओझा, सहकारीकर्मी पुष्पप्रभा घिमिरे लगायतले बोलेका थिए ।
संस्थाका अध्यक्ष कृष्ण तिम्सिनाको अध्यक्षतामा  कार्यक्रममा सम्पन्न भएको थियो । संस्थामा ४ सय बढी महिला शेयर सदस्यहरु रहेका बताइन्छ ।

मन्दिरबाट मिश्र हटाइए

लखनपुर/औँशीमा गोरु जोतेर धार्मिक अवहेलना गरेको भन्दै लखनपुर–१ सितापुरीस्थित लक्ष्मीनारायण मन्दिरमा पीडित राघविन्द्र मिश्र निकालिएका छन् । करिब ४ वर्षदेखि मन्दिरको दैनिक पुजापाठ गरिआएका पण्डित मिश्रले बिहीबार आफ्नो खेतमा गोरु जोतेको आरोप लगाउँदै उनलाई मन्दिरका पुजापाठबाट हटाइएको मन्दिरका अध्यक्ष लेखनाथ गौतमले जानकारी दिए । मन्दिरका दाता, गाउँलेहरूको शुक्रबार बसेको भेलाले पण्डित मिश्रले धार्मिक अवहेलना गरेकाले नियमानुसार हटाइएको गौतमको भनाई छ । ४÷५ वर्षदेखि स्थानीयस्तरमा सञ्चालनमा आएको सो मन्दिर स्थापना गर्न दाता जानुकादेवी निरौलाले १२ कठ्ठा जग्गा दान गरेका थिए ।

सिंहदेवीको साधारणसभा

दमक, ६ साउन/झापाको दमक–१ स्थित सिंहदेवी सहकारी संस्था लिमिटेडले शुक्रबार साधारणसभा तथा अधिवेशन सम्पन्न गरेको छ ।
संस्थाका अध्यक्ष मित्रप्रसाद पराजुलीको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि शिक्षासेवी खेमनाथ दाहाल, दमक नगरपालिका टोल विकास सञ्जालका प्रतिनिधि भरतमणि चुडाल, डाँडागाउँ टोल विकास संस्थाका सचिव पदम न्यौपाने लगायतले बोलेका थिए ।
कार्यक्रममा अािर्थक वर्ष २०६८÷६९ को आर्थिक प्रतिवेदन लेखा संयोजक निर्मला दाहाल (गुरागाई) ले प्रस्तुत गरेकी थिइन् भने संस्थाको आय–व्यय सचिव दीपक बरालले प्रस्तुत गरेका थिए । कार्यक्रममा उत्कृष्ट कारोबार गर्ने सदस्यहरु, उत्कृष्ट कार्य गर्ने कर्मचारी र सहयोगी पदाधिकारीहरु लगायतलाई पुरस्कृत गरिएको थियो ।
यसैबीच शुक्रबार नै सहकारी संस्थाको नयाँ सञ्चालक समिति समेत चयन गरिएको छ । मित्रप्रसाद पराजुलीको अध्यक्षतामा गठित ९ सदस्यीय समितिका उपाध्यक्ष, सचिव, कोषाध्यक्षमा क्रमशः हेमलता प्रधान, दीपक बराल र गोमा ढकाल छन् भने सदस्यहरुमा राजन अधिकारी, पदम न्यौपाने, कमला अधिकारी, लक्ष्मी कडुवाल, सीता चुडाल छन् ।
त्यस्तै लेखा समिति संयोजकमा भरतमणि चुडाल र सदस्यहरुमा केशव गौतम र धनकुमारी बेघा छन् । सो कार्यक्रममा सञ्चालन सचिव दीपक बरालको रहेको थियो ।

धनेश्वरको वार्षिकोत्सव

दमक, ६ साउन/झापाको दमक–१० स्थित धनेश्वर बचत तथा ऋण सहकारी संस्था लिमिटेड दमकले शुक्रबार आफ्नो तेस्रो वार्षिकोत्सव सम्पन्न गरेको छ ।
संस्थाका अध्यक्ष अशोक थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ज्येष्ठ शेयर सदस्य टिकादत्त दाहाल, भीमप्रसाद न्यौपाने, मोहन कार्की र गीता लामा लगायतले बोलेका थिए ।
संस्थाका सचिव लक्ष्मी उप्रेतीको सञ्चालन रहेको कार्यक्रमका बीच वार्षिक आय–व्यय समेत प्रस्तुत गरिएको थियो । दमक÷झापाको दमक–१० स्थित धनेश्वर बचत तथा ऋण सहकारी संस्था लिमिटेड दमकले शुक्रबार आफ्नो तेस्रो वार्षिकोत्सव सम्पन्न गरेको छ ।
संस्थाका अध्यक्ष अशोक थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ज्येष्ठ शेयर सदस्य टिकादत्त दाहाल, भीमप्रसाद न्यौपाने, मोहन कार्की र गीता लामा लगायतले बोलेका थिए ।
संस्थाका सचिव लक्ष्मी उप्रेतीको सञ्चालन रहेको कार्यक्रमका बीच वार्षिक आय–व्यय समेत प्रस्तुत गरिएको थियो ।

मालपोतमा राप्रपा नेपालको ज्ञापन पत्र

दमक, ६ साउन/मालपोत कार्यालय दमकमा सेवाग्राहीले चर्को सास्ती खेप्नु परेको भन्दै सुधारका लागि राप्रपा नेपालले शुक्रबार ज्ञापन पत्र बुझाएको छ ।
संगठनका नगर अध्यक्ष थापाले सेवाग्राहीका गुनासा सम्बोधन गर्न विभिन्न मागहरू अघि सार्दै कार्यालयका प्रमुख डा. बच्चुराम कार्कीलाई त्यस्ता माग पत्र बुझाएका हुन् । ज्ञापनपत्र बुझाउन अध्यक्ष थापा सहित पार्टीका केन्द्रीय सदस्यहरूमा राम थापा, धनेन्द्र सुब्बा लगायत रहेका थिए । सो अवसरमा ज्ञापन पत्र बुझ्दै प्रमुख कार्कीले
 सेवाग्राहीका गुनासा हटाउन आफू क्रियाशील रहने प्रतिबद्धता जनाएका थिए । यस्तै पार्टीले नापी दमकमा समेत केही दिन अघि सेवा प्रणालीमा गुनासा आएको स्मरण गराउँदै तत्काल सुुधार गर्न ज्ञापन पत्र बुझाएका पार्टीका केन्द्रीय सदस्य थापाले जानकारी दिए ।

बन्दी रिहाइका लागि गुहार

दमक, ६ साउन/भुटानको जेलमा रहेका एकजना कैदीलाई रिहाइ गर्न आफन्तले विदेशबाटै पहल थालेका छन् ।
भुटानको चेम्गाङ जेलमा रहेका खगेन्द्र खनाललाई रिहागर्न अपिल गर्दै क्यानडामा पुनर्वासमा गएका आफन्तले अन्तराष्ट्रिय रेडक्रस मार्फत पहल गरेका हुन् ।
क्यानडामा रहेका मामा यादव न्यौपाने र दिदी दुर्गा भट्टराइले क्यानेडियन रेडक्रस मार्फत पहल थालेका हुन् । मामा यादवले रेडक्रस मार्फत जेलमा चिठी समेत पठाइएको टेलिफोनमा बताए ।
रेडक्रसले खनाललाई रिहा गर्न पहल समेत थालेको छ । उनी सन् २००८ मा पक्राउ परेका थिए ।

रतुवामा दैनिक विवाद

दमक, ६ साउन/मर्मत भइरहेको झापाको रतुवा पुलमा दैनिकजसो झगडा तथा विवाद हुन थालेको छ ।
त्यहाँको सुरक्षा र ट्राफिक व्यवस्थापन मिलाउन प्रहरीलाई समेत हम्मे–हम्मे भएको छ । एकतर्फी रुपमा यातायातका साधन सञ्चालन गर्नुपर्ने र एकैपटक सवारी साधनको लाम लाग्दा सुरक्षा व्यवस्थापनमा कठिनाई भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक हरि खतिवडाले रतुवा पुलमा ट्राफिक व्यवस्थापनमा कठिनाई भएको बताउँदै त्यहाँ हरहमेशा प्रहरी परिचालन गर्न जनशक्ति कम भएको जानकारी दिए ।
पुलमा केही समय पहिले ट्राफिक प्रहरीको मोबाईल लुटिएपछि दुई दिनसम्म सशस्त्र प्रहरी परिचालन गरिएको थियो । यातायात व्यवसायी र यात्रुबीच समेत पुल पार गर्ने विषयमा विवाद हुन थालेपछि थप कठिनाई भएको प्रहरीको भनाई छ । सडक कार्यालयले भने पुल मर्मतको काममा थप केही दिन लाग्ने स्पष्ट गरेको छ ।

मोरङमा वृक्षारोपण शुरू

उर्लाबारी, ६ साउन/मोरङमा जंगल अतिक्रमण गरी आवादी गरिएको करिव ५ हजार हेक्टर जमिनमा वन विस्तार गर्न योजनावद्ध वृक्षारोपण सुरु गरिएको छ ।
यस वर्ष एक सय हेक्टर बढी क्षेत्रफलमा वृक्षारोपण गर्ने जिल्ला वन कार्यालय मोरङको तयारी छ । जलवायू परिवर्तनको असरबाट बच्न र वातावरण संरक्षणका लागि सरकारले जंगल क्षेत्रलाई २९ प्रतिशतबाट बढाएर ४० प्रतिशत पु¥याउने लक्ष्य अनुसार मोरङमा यस वर्ष वृक्षारोपणलाई व्यापकता दिइएको हो । मोरङ उर्लावारी–४ स्थित सुनझोडा सामुदायिक वनमा अतिक्रमण भएको ८० हेक्टर जमिन मध्ये ४० हेक्टर अर्थात ६० विघा जमिनमा वन महोत्सव नै आयोजना गरी वृक्षारोपण भइरहेको छ ।     स्थानीय सामुदायिक वनको अग्रसरतामा जिल्ला वन कार्यालयले गत वर्ष ४० र यो वर्ष ४० गरी ८० हेक्टरमै वृक्षारोपण भएको छ । यस वर्ष मोरङमा करिव २ लाख नयाँ विरुवा रोप्ने तयारी गरेको जिल्ला वन कार्यालयले जनाएको छ । निजी वन र सरकारी वनमा नयाँ विरुवा रोपिने कार्यालयले जानकारी दिएको छ ।     जिल्ला वन कार्यालय मोरङले पहिलो चरणमा अतिक्रमण भएको तर वस्ती नबसेको जंगल क्षेत्रमा वन विस्तार योजना अघि बढाएको हो । सजिलोबाट अप्ठ्यारोमा जाने नीति अनुसार पहिलो चरणमा त्यस्ता स्थानमा वृक्षारोपण गर्ने जिल्ला वन अधिकृत श्रीप्रसाद बरालले जानकारी दिए ।
उनले दोस्रो चरणमा खेती लगाएका र साना झुपडी बनाएर बसेकाहरूलाई हटाउने र तेस्रो चरणमा
राजमार्ग र त्यस  परिपरि पक्की भवन बनाएर अतिक्रमण गरेकाहरूलाई हटाएर वन क्षेत्र विस्तार गर्ने योजना रहेको बताए ।
अधिकृत बरालले राजनीतिक दलहरूको सहयोग भएमा जिल्लामा भएको ५ हजार हेक्टर अर्थात करिव ८ हजार बिघा जमिनबाट दुई वर्ष भित्र अतिक्रमण हटाउने बताए ।
मोरङमा करिव ५५ ओटा वन समुदायलाई हस्तान्तरण गरिएको छ । मोरङको कूल ५५ हजार ५ सय हेक्टर वन क्षेत्र मध्ये ५ हजार हेक्टर भन्दा बढी अतिक्रमणमा परेको कार्यालयले जनाएको छ ।

प्रवेश शुल्क लिएको विरोधमा तालाबन्दी

दमक, ६ साउन/क्याम्पसले उच्च शिक्षाका लागि भर्नामा आउने विद्यार्थीहरूसँग प्रवेशका नाममा शुल्क उठाएको भन्दै शुक्रबार दमक बहुमुखी क्याम्पसमा अनेरास्ववियुले क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको छ । प्रशासनले एकलौटी ढङ्गले विद्यार्थीहरूसँग प्रवेश परीक्षाको लागि भन्दै रकम असुली कार्य अघि बढाएपछि अनेरास्ववियुले सहमति पालनाको विरोधमा तालाबन्दी गरेका संगठनका दमक क्याम्पस इकाई अध्यक्ष सुमन बञ्जाराले जानकारी दिए । संगठनले सातादिन भित्र माग सुनुवाई नभए थप आन्दोलन गरिने चेतावनी दिएका छन् । प्रशासनले सहमति विपरित निर्णय गरेको विरोधमा गत असार २८ गते
 नै स्मरण पत्र बुझाए पनि सो बारे प्रशासन गम्भीर नबनेकाले समस्या समाधानका लागि पहिलो चरणमा क्याम्पस प्रमुखको कार्यकक्षमा अनिश्चितकालीन तालाबन्दी गरिएको संगठनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।