प्रवेश शुल्क लिएको विरोधमा तालाबन्दी

दमक, ६ साउन/क्याम्पसले उच्च शिक्षाका लागि भर्नामा आउने विद्यार्थीहरूसँग प्रवेशका नाममा शुल्क उठाएको भन्दै शुक्रबार दमक बहुमुखी क्याम्पसमा अनेरास्ववियुले क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको छ । प्रशासनले एकलौटी ढङ्गले विद्यार्थीहरूसँग प्रवेश परीक्षाको लागि भन्दै रकम असुली कार्य अघि बढाएपछि अनेरास्ववियुले सहमति पालनाको विरोधमा तालाबन्दी गरेका संगठनका दमक क्याम्पस इकाई अध्यक्ष सुमन बञ्जाराले जानकारी दिए । संगठनले सातादिन भित्र माग सुनुवाई नभए थप आन्दोलन गरिने चेतावनी दिएका छन् । प्रशासनले सहमति विपरित निर्णय गरेको विरोधमा गत असार २८ गते
 नै स्मरण पत्र बुझाए पनि सो बारे प्रशासन गम्भीर नबनेकाले समस्या समाधानका लागि पहिलो चरणमा क्याम्पस प्रमुखको कार्यकक्षमा अनिश्चितकालीन तालाबन्दी गरिएको संगठनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

0 प्रतिकृया:

Post a Comment