हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्वि

ताजपुरिया परिषद् गठन

लखनपुर, ७ जेठ/मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद् अन्तर्गत संघीय ताजपुरिया स्वायत्त परिषद् शनिबार गठन भएको छ ।
तीर्थ ताजपुरियाको अध्यक्षतामा गठित २१ सदस्यीय समितिका उपाध्यक्षद्वय सुजन ताजपुरिया र कपिल शाह छन् भने सचिव सहसचिव र कोषाध्यक्षमा क्रमशः सुरेश शर्मा, रञ्जित ताजपुरिया र राधा ताजपुरिया छन् भने अन्य सदस्य रहेका छन् ।
त्यस्तै स्वायत्त परिषद्का सल्लाहकारहरुमा गौनारायण ताजपुरिया, कोहन ताजपुरिया, समनीय ताजपुरिया, डम्बर धिमाल र मोहन सुब्बा छन् ।
परिषद्का सचिवालय सदस्य तथा धिमाल स्वायत्त परिषद्का अध्यक्ष बाङ्गाई धिमालको प्रमुख आतिथ्यमा सम्पन्न भेलामा सचिवालय सदस्य प्रेमदीप थाम्सुहाङको विशेष आतिथ्यता रहेको थियो ।
सो भेलामा सचिवालय सदस्य थाम्सुहाङले ताजपुरिया जातिले आफ्नो जातीय अस्तित्वका लागि आन्दोलित हुनुपर्नेमा सहजीकरण गरेका थिए ।

मानव अधिकारमा सुवेदी

दमक, ७ जेठ÷/ नेपाल मानव अधिकार संगठन दमकको सातौं अधिवेशनले देवप्रसाद सुवेदीको सभापतित्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिको उपसभापति टंक बाँस्तोला, सचिव दिलीपकुमार श्रेष्ठ, कोषाध्यक्ष पुस्ता राई र सह–सचिव सेवक दाहाल रहेका छन् । समितिका सदस्यहरुमा डिल्लीप्रसाद भट्टराई, श्याम पोख्रेल, तारा उप्रेती, उर्मीला कार्की, ऐश्वर्य तिम्सिना, दिलबहादुर बस्नेत, केदारनाथ दाहाल, बालकृष्ण गजमेर, राजकुमार भट्टराई, प्रकाशचन्द्र राजवंशी, प्रल्हादकुमार पौडेल र विकास ढकाल रहेका छन् ।
दमकस्थित मोडेल क्याम्पसमा भएको कार्यक्रममा संगठनका पूर्वाञ्चल संयोजक डा. केपी सुवेदी प्रमुख अतिथि तथा केन्द्रीय सदस्य चित्रबहादुर बस्नेत बिशेष अतिथि रहेका थिए । कार्यक्रममा संगठनका सचिव टंक बाँस्तोलाले प्रगति प्रतिवेदन पेश गरेका थिए ।

मंगलमयमा जुरेश

लखनपुर, ७ जेठ/लखनपुर–१ स्थित मंगलमय उच्चमाविमा जुनियर रेडक्रस सर्कल गठन गरिएको  छ ।
विद्यालयमा भएको विद्यार्थीहरुको भेलाले रोशन काफ्लेको अध्यक्षतामा जुेरेस गठन गरेको हो । समितिको उपाध्यक्ष योजना अधिकारी, सचिव अशेष अधिकारी, सहसचिव करण भट्टराई र कोशाध्यक्ष अस्मिता खतिवडा रहेका छन् । सदस्यहरुमा ममता राई, निरोज सुनदास, रोहण मण्डल, करुण खत्री, अमृत राई र ऋचा भट्टराई रहेका छन् ।
कार्यक्रममा शिक्षक मोहनकुमार बगालेले, लक्ष्मी ढकाल लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रम प्राचार्य ओमप्रसाद खनालको अध्यक्षतामा भएको थियो । विद्यार्थीहरुको क्षमता तथा व्यक्तित्व विकासका साथै उनीहरुलाई सामाजिक कार्यप्रति प्रोत्साहित गर्ने उद्देश्य जुरेस गठन गरिएको शिक्षक सहनायक ओमप्रकाश गौतमले जानकारी दिए ।

दनुवार समुदायको आकर्षण बन्यो तरकारी खेती

सिन्धुली, ७ जेठ/परम्परागत रुपमा माछा मारेर जीविकोपार्जन गर्ने सिन्धुली रानीवास गाबिसका दनुवारहरु यतिखेर भने तरकारी खेतीमा आकर्Èित भएका छन् । उनीहरुले अहिले खेतबारीमा तरकारी खेती गरेर मनग्य आम्दानी लिइरहेका छन् । गा“उमा क्रियाशील गैर सरकारी संस्थाहरुले तरकारी खेतीका लागि आर्थिक सहयोग तथा प्राविधिक ज्ञान दिएपछि आफू तरकारी खेतीमा लागेको रानीवास–६, का लिला दनुवारको भनाई छ ।
तरकारी खेतीमा लागेका कृÈक दनुवारका अनृुसार अहिले दनुवार समुदायका सबै जसो घरपारिवार व्यवसायिक रुपमा तरकारी खेतीमा लागेका छन् । तरकारी खेतीमा संलग्न किसानका अनुसार तरकारी खेतीबाट मासिक १० हजार रुपैया“सम्म आम्दानी हुने गरेको छ । यसरी मासिक रुपमा राम्रो आम्दानी हुने देखिएपछि अहिले रानीवासका अधिकांश दनुवारहरु तरकारी खेतीमा आकर्Èित हुन थालेका छन् ।
पैसा नभएर केही गर्न नपाएका दनुवारहरु सरकारी तथा गैरसरकारी संस्थाले आर्थिक सहयोग गर्न थालेपछि उत्साहित देखिएका छन् । रानीवास गाविसका अधिकांश दनुवारहरु तरकारी खेतीप्रति आकर्Èित हुन थालेपछि छिमेकी गाविसका दनुवारहरु पनि त्यसप्रति लालायित देखिन थालेका हुन् ।

गजल

आशिष सुवेदी
अश्रुधारा खोलीबन्दा हृदयलाई डाक्नु भुल थियो
उसलाई तानी जिन्दगीको कुनाभित्र जाक्नु भुल थियो ।

हुन्न भन्थे“ सा“चो कहिलै ढुङ्गास“ग पुकारेर
अटेर गरी उसैस“ग सम्बन्ध त्यो भाक्नु भुल थियो ।

बरु बिÈ प्यारो हुन्थ्यो असम्भव झन बा“च्न एक्लै
बाठो बन्दै काली भन्दै अंगाल्नलाई ताक्नु भुल थियो ।

मदहोसमै लडे“भने उठाउदिने थाहै थियो
आफूसिध्याई ब्यर्थ जित्न उसंग नथाक्नु भुल थियो ।

अरु सबै नसोचेर याद बोकी थला पर्दा
उसकै यादमा मन झन ब्यर्थसित पाक्नु भुल थियो ।




राकेश कार्की
सा“च्चिकै हो मैले छलेको हैन
डुबे“ होला यादमा जलेको हैन

छातीमै छ तस्वीर पिउ“दै नशामा
माते“ होला बरु ढलेको हैन

कोट्याउने किरण्ँले त्यो जिन्दगीलाई
मुस्कान हो मैन बत्ती बलेको हैन

सोचे“ होला मैले तिम्रै बारेमा
सन्तापले पहिरो चलेको हैन

कविता

जुवा

रुपेश राई
छ–बाह्रभित्र
कुनी कस्तो मति आउ“छ ।
एकदिन केटाहरुस“ग, हजारे खेल्दै थिए“ ।
आमाको स्वा“टले अहिलेसम्म दोहो¥याएको छुइन“ ।

‘तास, जुवा, मद, पान भुले हात लाउ“लास्, लाखेस†’
गाउ“लाई यो सजाइ हो । सभ्यताको कलङ्क ।
मान्छे हुनुको विडम्बना । इच्छा गर्नुको श्राप ।
यसैले गाउ“ मौका हेरिबस्छ तृप्तिको ।

सकिनै आ“ट्दाको आनन्द । तिमीले भोगेको छौ ?
सहरलाई मात्र यो सब किन छुट छ?

व्यायाम गर । अनुहार झरिलो पार ।
कट सार † पोलिसी हाल । केही व्याज
पाऊ । व्याङ्क व्यालेन्स राख, इत्यादि ।

छुल्याहा स्किम †
दाउमा, दाउ हाल फेरि–फेरि,
नाफा–मुनाफा, हार–जित पैसाको शैली¬ ।
कता के, कता के, किनबेच हुन्छ,
विश्वासको सेयर बजार ।
आजको जीवन शैलीमा
भर पर्दो सूत्र ।
यो सब के हो??
पैसा... । जीवन होइन र???

जीवन त जुवा हो † जीवन त जुवा हो †† अहिले सम्मको अनुभव
मलाई यही भन्छ †† एउटा दाउ † अर्को दाउ † जोखिम आनन्दको मिश्रण्ँ ††




कतै भेटिएन
राजकुमार सुब्बा ‘अनिश्चित’
विद्युतीय छापाहरुमा
कम्प्युटरका स्क्रिनहरुमा
टाइपिङ्ग हुँदै डिलिङ भएका अक्षरहरु
रिमाइण्ड हुँदै पुन
मोबाइला स्क्रिनभरी
घाम उदाउनु र अस्ताउनु जस्तै भएर
भाइरसले ग्रस्त पारेका
कुनै समयका फोल्डरहरु
समयसँगै नखोलिने भएका छन्
सूचनाका ब्लाक बोर्डहरु
विरोधाभाष सम्पादकीय बनेर
खाली पेज बनेका छन्
पहाड बोकेर पहाड
निशन्देह गुराँसका खेतीहरु
हुस्सुहरुले छ्याप्पै ढाकेर
घाम लाग्न बिर्सिएका दिन
छापाहरुमा कतै–कतै भेटिएन
कतै–कतै सुनिएन
शुभकामनाका सन्देशहरु



अब कसरी

नरेन्द्र लावती
लुट्नै लागेका छन्, यस्तै त्यो सामन्तीले ।
भ्रष्ट योगी चिन्तन भई यसै बाँच्नु कैले ।।
बिरामी भई लडे मत थिचे थिच्नु सबैले ।
अब कसरी पिउनै सक्तिन ओखती उढ्नु कैले ।।
तर .......
डढेलोले भित्र–भित्रै खरानी भनाइ चुली ।
निच्च धुवै खाई बाँध्नै किन ठुली ।।
निदाए पनि आँखा खोले कान खोले ।
अब कसरी जाग्नु लगिसके यम दुतले ।।
अनि .....
स्वर्ग भनि खोजि हिँडे धेरै पटक ।
आफ्नै ठानी बस्न खोजे मैले धेरै पटक ।।
निसास्सिएर गगन पनि कैरिएछ मनले
अब कसरी सेलिएको बरफ जम्नु त्यस्तै ।।
    तोपगाछी –६



प्रवृत्ति

विकास थुलुङ्ग
कला छ, गला छ हातमा फूलको माला छ ।
यही बाटो मन्त्री आउँछ भन्ने हल्ला छ ।
मनले मन समाल्या छ ।
भरे के बोल्ने भनि रट्या जस्तो जवाफ छ
अरु भन्दा कम छैनन् भनि सबैले भन्या छ
भिड लमतन्य छ
तर, भिडमा भिडै नदेखिने अडान लिया छ
हो–हल्ला भई राख्या छ
मान्छे नै हो भनि एउटा मनले त भनिराख्या छ
अफ्सोच हिजो दर्शन छाट्नेले आज सबै थोक भुल्य छ
मै खाउँ, मै लाउँ, पढावृद्धि मेरै होस् भन्नेहरु आज
छर्लङ्ग देख्या छ
एकै छिनमा
एकै छिनमा मन्त्री नजिक आइ उभ्या छ
मालाले छाउको पु¥या छ
फेरि एउटा माला कलाको नाउमा थप्या छ
हा......हा........हा फूलले आँखा छोप्या जस्तो छ
सबैजना आफ्नो कुरा राख्न व्यस्त छ
अब कला अनि गलासँगै भिडमा मिस्या छ
खरानी भित्रको आगो फेरि निभ्या छ ।
दमक–११

आयोग – लघुकथा

रन्जु “मार्ग”
फेरि पनि अस्पतालबाट मिर्गाैला हरायो ।
अस्पतालमा खैलाबैला मच्चियो १ एक पल्ट होइन, दुई पल्ट होइन, पाँच–पाँच पल्ट एकै ठाउँ बाट यसरी बारम्बार मिर्गाैला हराउँदा अस्पताल एक रहस्यको केन्द्र बन्यो ।
विभिन्न पत्रपत्रिकाले मिर्गाैला हराएको खबर प्राथमिकताका साग छाप्यो । सांसदहरुले यसबारेमा आवाज उठाए । उनीहरुले यस बारेमा आयोग गठन गर्नु पर्ने माग राखे । जनताहरुले पनि छानबिन हुनुपर्ने कुरा उठाए । अन्तत समिर्गाैला छानबिन आयोग गठन भयो । आयोगमा अस्पतालका प्रमुख डाक्टर सहित तीन सदस्य सम्मिलित भए ।
छानबिन टोलीले आफ्नो काम शुरू गरेयों । सबैभन्दा पहिले छानबिन टोलीले अस्पतालमा काम गर्ने सम्पूर्ण कर्मचारीलाई सोधपुछको लागि बोलायो ।
उनीहरुलाई एक एक गरी सोध्ने क्रम जारि भयो । तपाइको नाडीमा लगाएको घडी नयाँ जस्तो छ नि ? कहिले किनेको ?
होइन हजुर, कहाँको नयाँ हुनु नि, पाँच वर्ष
अगाडि विवाहमा ससुरालीले दिएको उपहार हो । कहिलेकाही मात्र लाउँछु त्यसैले नयाँ जस्तो देखिएको छ ।
तपाई जानुस् ।
उ गयो । छानबिन टोलीले अर्काे कर्मचारीलाई बोलायो । अर्काे भित्र छिरे पछि छानबिन टोलीले उसलाई शिर देखि पाउ सम्म हे¥यो ।
ओहो । तपाइले नयाँ शर्ट–पाइन्ट पो लगाउनु भएको छ । कहिले किन्नु भयो ?
कहाँको नया हुनु नि हजुर, पाँच वर्ष अगाडि विवाहमा दुलाहा बन्दा किनेको । म यो कहिलेकाही मात्र लगाउने गर्छु त्यही भएर नयाँ जस्तो देखिएको होला ।
ल तपाई पनि जानुस् ।
यसै गरी त्यहाँ काम गर्ने सबै कर्मचारीसँग सोधपुछ गरियो । अन्तमा, आयोग टोलीले एउटा निर्णय गरे ।
“हामीले सोधपुछ गर्दा दुई जनाको जवाफ एकै हुन आएकोले यी दुवै जनामाथि शंका लागेको छ । त्यसैले यिनीहरुलाई कारबाई गर्न निर्देशन दिइन्छ ।

बन्द अनेक प्रश्न एक – दोस्रो लेख

कृष्ण दंगाल
लोकतान्त्रिक मुलुकमा आप्mना माग सम्बोधन गराउने गतिलो माध्यमको रुपमा बन्द हड्ताललाई लिने गरिन्छ । सत्तासिन सरकारको ध्यान आकर्षण गर्ने अन्य वैकल्पिक तुरिका हुँदा हुँदै पनि नेपालमा सबैभन्दा सजिलो बन्द हड्ताललाई लिने गरिन्छ । एकवर्षका बन्द हड्तालका सबै तथ्याङ्क सार्वजनिक गर्ने हो भने स्थिति कहाली लाग्दो हुन जान्छ । कति बन्द हड्ताल कसले किन र के प्रयोजनका निम्ति गराएको हो  धेरै जनाले थाहा पाउदैनन् । अहिले मुलुक संक्रमणको अवस्थामा रहेको छ र देशमा आप्mना माग सम्बोधन गराउने नाममा पालो पर्खेर  बन्दहड्ताल गराउने लहर चलेको छ । बन्द हड्तालको प्रकृति विचित्रको रहेको छ। एक थरीले हुनुपर्छ भनेर हड्ताल गर्छ भने अर्को हुनु हुँदैन भनेर गर्दछ । यस्ता बन्दहड्तालको आवाज कसैले सुन्ने गरेकै छैन । यदाकदा सरकारले बन्दकर्तासँग वार्ता गरेर माग पूरा गरेको घोषणा गरेपनि यस्ता घोषणा व्यवहारमा लागु भएकै  छैनन् । बिसौं दिन बन्द भएर जनताले सास्ती खेप्नु परेको छ । त्यसमा बन्दप्रति साधारण जनतालाई चासो छँदैछैन । उपचार गर्न नपाएर सुत्केरी महिला र शिशुको मृत्यु भएको खबर बाहिर आउँदैछ । बन्दकर्ताले त्यो सुनेकै छैनन् शायद सुनेका भए त्यसैलाई आप्mनो बन्द सफल  भएको ठान्दै होलान् । विभिन्न गन्तव्यका लागि हिंडेका यात्रुलाई विचल्ली बनाएर तमाशा हेर्दै होलान् । यहाँ बन्दको विरोध हो । बन्दकर्ता निर्वाध मोटरसाइकलमा गु्डने र अरुलाई डोहो¥याउन लगाउने जस्ता काम पनि सडकमा दल र देखिन्छन् । राजनैतिक  दल र विभिन्न जातिहरू समेत बन्द हड्तालका नाममा बन्द हड्ताल गर्दैछन् र यस्ता बन्द हड्तालको मार सहरी क्षेत्र र सडक क्षेत्रको वरिपरि पर्र्दैछ । माथि हिमाल र पहाडमा रेडियोले हिजो पनि बन्द भयो र आजपनि बन्द छ भनेर समाचार सुनाउदैछ र धेरै नेपाली घरका पिढीमा बसेर यस्ता खबर सुन्दैछन् । जनताको हितका निम्ति गरिने बन्द हड्तालले  जनतालाई नै आघात  पु¥याउछ भने त्यसको के अर्थ रह्यो । आदरणीय बन्दकर्ता बन्धुहरू तपाईहरूलाई एउटा प्रश्न सोध्न मनलागेको छ । प्रश्न गर्दा रिसाएर ढुङ्गा मुढा पट्टि नलाग्नु होला ।  अहिलेको संक्रमणको अवस्थामा गरिएका बन्द हडटालबाट कसले के कति उपलब्धि पाएको छ । यदि उपलब्धि हुँदैन भने के का निम्ति बन्द हड्ताल गर्नु ? बन्द हड्तालबाट सदैव निश्चित क्षेत्रका जनता मारमा पर्र्दैछन् । बन्द हड्तालले श्रमजिवी मजदुरलाई अप्ठ्यारो पर्दैछ । तपाई धेरै जसो बन्दकर्ता मजदुरको हितको वकालत गर्नुहुन्छ र गरीब निमुखा जनताको पक्षमा भाषण गर्नु हुन्छ । यस्को वास्तविक कारण बुझिएको छैन । कतै क्षेत्रीय विषय कतै जातीयण् विषय कतै अस्तित्वको पहिचानलाई आधार बनाएर बन्दका क्रम तिब्र भएकाछन् । तपाई बन्दकर्ताहरूले धेरै विषयमा कागजी सहमति समेत गर्नु भएको होला र हरेक विषयका माग शुरुमा कागजमै सम्बोधन हुन्छ भन्ने जवाफ दिनुहोला तर यस्ता कागजी कुरा कतिसम्म व्यवहारमा लागू भएका होलान् । बन्दका  कारणले श्रीमान, श्रीमति वा सन्तानको मृत्यु हुनेको पिडा कसरी बुझ्नु भएको छ र बन्द समाप्त भएपछि त्यस्ता पिडित पट्टि कस्तो ध्यान पु¥याउनु भएको छ? अचेल बन्दकर्ताका भिडमा लाज पचेका अर्काथरि बन्दकर्ता थपिएका छन् । आपैm सरकारमा बसेर आपैm बन्द गर्नेहरू पनि देखिएको छ । सरकार भनेको मुलुकको सर्वोच्च निकाय हो । सरकामा प्रतिनिधित्व गर्ने स्वयंले बन्द हड्ताल गर्छन भने उनीहरूको माग सम्बोधन  कसले कसरी गर्ने । स्वयं धामी र बोक्सी भएपछि त्यसको के अर्थ हुन्छ । स्वयं सरकारमा बसेर घुर्की लगाउनेको जमात ठूलै देखिएको छ । यस्ता नकच्चराहरूले देशको उन्नति वा अवनति के गर्छन् ? जनतालाई पिर गर्नुको पनि हद हुन्छ । जे गरे पनि नेपाली जनता बोल्न सक्तैनन् भन्ने सबैले सोचेका हुन भने त्यो सोचाईलाई मिल्काए हुन्छ । हरेक बन्द कर्ताले बन्द सफल बनाउन पर्चा पम्पलेट वा माइकिङको माध्यमबाट अनुरोर र धम्की दिने गरेको पाइन्छ तर आज सम्म बन्दबाट भएको उपलब्धि थोरैले सार्वजनिक गरेका होलान् । अचेल बन्द पनि छोटे, बढे विभिन्न खालका रहेकाछन् । यस्ता बन्दका विभिन्न सवारी साधनमा आगजनी गरेर बहादुरी प्रदर्शन गर्नेको संख्या पनि ठूलै रहेको छ । भरखरै शैक्षिक भ्रमणमा निस्किएको विद्यार्थी बोकेको बसमा विद्यार्थी भित्रै भएको अवस्थामा मट्टितेल छर्किएर आगजनी गरिएको र प्रशासन मुक दर्शक भएको खबर पनि सार्वजनिक भएकै हो । के बन्द हड्तालको निम्ति नियम कानुन वा आचार संहिता केही हुँदेन ? जसले जे गरे पनि हुन्छ ? अभैm गम्भिर विषय जब देशमा संक्रमणको अवस्था आउछ तब सबैले विरोधमा उत्रनै पर्छ ? बन्द हड्तालका कारणले देशमा भएको क्षति कसरी पुरा हुन्छ अथवा यस्ता बन्दले क्षति हुँदैन ?
    अन्त्यमा– यो लेखको आशय बन्द हड्तालको विरोध होइन तर बन्द हड्तालका नाममा गरिने बन्द हड्ताल ज्यादतिपूर्ण व्यवहारको विरोध हो । बन्द हड्तालले पारेको पिरको बोली हो । बन्द हड्ताल गर्नै पर्नेले आप्mना मात्र सम्बोधन गराउन यो बाटो अवलम्बन गरेपनि यसैलाई मुख्य आधार विन्दु बनाइनु राम्रो होइन । विरोध गर्ने र सरकारको ध्यान तान्ने अरु उपाय अवलम्बन गर्न सके देशलाई राम्रो हुने  थियो कि ? आफै सरकारमा बसेर देशलाई अनिर्णयको बन्दी बनाउन बन्द हड्ताल गर्नेहरूले एकपल्ट गम्भिर हुनै पर्दछ । अहिले नेपाली जनता मौन बसे पनि भोलि आजका ज्यादतिको हरहिसाब पक्कै गर्नेछन् । लेखको अन्त्यमा आदरणीय बन्दकर्ता बन्धुहरूसँग एउटा प्रश्न गर्न चाहन्छु “के तपाईहरू निरन्तर बन्दहड्ताल गरेर ठीक गरि रहनु भएको छ?” बिसौं दिनका बन्दले साधारण जनतालाई कस्तो भएको होला ? बन्द निरन्तर चल्दैछ  र कतै यस्ता बन्दले भोलि देशमा अशान्ति र साम्प्रदायिक सद्भावमा कटुता ल्याउने वातावरण सृजना गर्ने हो होइन त्यो भने हेर्न बाँकी छ ।

सामाजिक सद्भाव हाम्रो गौरव – पहिलो लेख

नरपति पाण्डे
मान्छे विवेक र चिन्तनद्वारा चल्दछ । विवेक पु¥याउने क्षमता र चिन्तनको स्तर उसको घर, समाज र देशको राजनीतिक संस्कारले निर्धारण गरेको हुन्छ । जङ्गली युगमा बलियाले निम्छराहरुलाई विवेक नभएकै कारणले बर्बर दमन गरेका थिए । दास बनाएका थिए । चरम दासत्व र शोषण थियो । त्यसको परिणाम विद्रोह र क्रान्तिले अविवेकी मानिसहरुलाई विवेक पु¥याउन उत्पीडितहरुले सबक दिएको समाज विकासको विज्ञानले व्याख्या गरेको पाइन्छ । समाजमा एकापसमा मेल, मित्रता, भाईबन्धुत्व र कुटुम्बको विकास भएर आज हामी अझ विकसित र सभ्य बन्ने निरन्तर उपायहरु खोजिरहेका छौं ।
समाजमा मानिसको विकास क्रम हु“दै आउ“दा विवेक नपु¥याए कै कारणले विभिन्न जातको नामाकरण भएको होला । प्रकृतिले मानव सृष्टि गर्दा एकजोडी नरनारी बाहेक सायदै अर्को थिएन । मानव आदिकालको विकासक्रमको खोजीनिती गर्ने मुर्धन्य–मुर्धन्य विज्ञहरुले सयौं जातिको एकैचोटी उत्पति भएको तथ्य–सत्य प्रमाणहरु अझै भेट्न सकेका छैनन् । र यो भेटिने पनि छैन ।
नेपालको मानव बसोवासको सामाजिक जीवनको ऐतिहासिक संस्कार सद्भावपूर्ण रहिआएको छ । कविला युग, दास युग, बर्बर अप्रजातान्त्रिक युगहरु मावनव सभ्यता र समृद्धि बिरुद्धका युग थिए भन्ने प्रमाणहरु नेपाली राजनीतिले राम्ररी बुझेको छ । शिक्षाको विकास नभएता पनि समाजमा मैत्रीपूर्ण भएर बा“च्न नेपालीहरुले हजारौं वर्ष पहिले सिकेका थिए । पाहुनापातहरुको स्वागत, ऐंचोपैंचोको प्रचलन, अर्मपर्म गरेर एकापसको काम पूरा गर्ने मेला–पर्वहरुमा सहभागी हुने, अºट्यारो पर्दा हारगुहार गरेर समाधान गर्ने , मरीमराउ हु“दा आत्मैदेखि स्वीकारेर सबै मलामी जाने, विवाहहरुमा सत्कारपूर्वक आमन्त्रण गरी जन्ती जाने जस्ता संस्कार संस्कृतिमा स्वतःस्फुर्त सहभागीताको प्रमाणले जातको आधारमा भेदभाव गरेको नेपाली समाजमा सायदै देखिएको छैन ।
एउटा कालखण्डको अविवेकी बाठाहरुले बनाएको वर्णश्रमले पु¥याएको क्षतिलाई हटाउन नेपाली राजनीति निरन्तर लागि रहेको छ । प्रजातन्त्र, लोकतन्त्र, मानवअधिकार र समान सहभागिताको लागि निरन्तर नेपाली समाज गतिशील बनिरहेको समयमा जातिय आन्दोलन र संघर्षले किन बिब्ल्या“टो बाटो पक्रन खोज्दैछ । ? यो उत्पात नेपाली धरोहर र गौरवका लागि सर्वनास हुन जान्छ कि ? भन्ने मेरो जिज्ञासा हो ।
१०५ जाती भन्दा बढी जातीहरु मिलेर बसेको नेपाली विशिष्टतालाई किन भत्काउने प्रयत्न र प्रयास हु“दैछ ? इराकमा सिया र सुन्नी मुसलमान जातीहरुलाई मिलेर बस्न नदिने अन्तर्राष्ट्रिय मिचाहाहरुको मिचाइले ल्याएको परिणामबाट आज इराकको हालत के भएको छ ? हाम्रो त त्यस्तो जातिय हिंसाको कुनै सम्भावना नै छैन । किनभने परस्पर हामी बहुसा“स्कृतिक एकतामा बाच्न अभ्यस्त भै आएका छौं ।
दुई हजार अठ्सठ्ठी वर्षको नेपाली इतिहासमा नेपालमा कुनै एउटा जातले कुनै अर्को जातलाई घोक्रेठ्या“क पारेर मुण्डन गरेको पाइदैन । बरु गोपाल, महिषपाल, किरा“त, लिच्छवि, मल्ल, राणा र शाह जस्ता कुलघरानाका थरहरुले लामो–छोटो शासन गरेको प्रत्यक्ष इतिहास छ । भौतिक विकास जस्तोसुकै भए गरेतापनि समाज र समुदायमा साम्प्रदायिक भयको क्षण नेपाली समाजले कहिले भोग्नु परेको छैन । यो नै हाम्रो अतुलनीय धरोहर हो ।
शिक्षाको विकास नभएको समय परिस्थितिमा त सयौं जातजातिहरु बन्धुबान्धव र कुलकुटुम्ब भएर बस्न सकेका थियों भने अब शिक्षाले शिक्षित गरेका विज्ञान र प्रविधिले सम्पन्न बनाउ“दै गरेको हामी नेपालीहरु हाम्रो भूगोलको गौरवमा बा“च्न नसक्ने भएका छौं र ? पक्कै छैनौं । बरु कुटुम्बरी गर्न कुनै जातिय संकीर्णताले छेक्न छोडेको छ ।  कसैको षडयन्त्र सफल हुनलाई यस्तो विछृङ्खलता हुर्किदै पो छ कि ? हामीले हाम्रो चिन्तनधारालाई चिसो बनाएर चिन्तन गर्नु अनिवार्य भएको छ ।
हामी सबै जातजातीका पूर्खाहरुले हाम्रा लागि स्थापित गरिदिएका मानव मुल्य–मान्यता र संस्कारहरुलाई अझ समृद्ध बनाउ“दै जानु पर्ने हो कि धुजा–धुजा बनाउ“दै जानु पर्ने हो ? यो त सोच्नु प¥यो नि । विज्ञान र प्रविधिले विश्व समुदायलाई एउटै समाजमा रुपान्तरण गरिरहेको छ । मानिस नजान्दा नजान्दै अन्तराष्ट्रिय जाति भैसकेको छ । विश्वव्यापीकरणले देशका सिमानाहरुलाई रेखामा सीमित गरिसकेको छ । अन्तरदेशिय संस्कृति र संस्कार विकास हु“दै गएको छ । घरभित्रको कोठामा टेलिभिजन, इन्टरनेट, इमेल, रेडियो, अंग्रेजी भाषा र अंग्रेजी संस्कार संस्कृतिका प्रचलन टन्न उपयोग गर्दै जातिय सद्भावलाई उपेक्षा गर्नु कुनै पनि नेपालीहरुको सुकर्म होइन जस्तो मलाई लाग्छ ।
जातिय सद्भावको बिघटनले नेपाल कै बिघटन हुन सक्दछ । बहुभाषी, बहुसा“स्कृतिक र बहुजाती विशेषता भएर पनि आजसम्म एक ढिक्का नेपाली बनाइ राख्ने बन्धन खुलस्त सामाजिक सद्भाव, सहिष्णु र कृतज्ञताले गरेको छ । हाम्रा पुर्खाहरुले यहि दिएर गएका छन् । महान चिन्तक शङ्खधर साख्वा, समाज सुधारक गुरु फाल्गुनन्द, महावीर, बालगुरु षडानन र शान्तिका प्रवर्तक गौतम वुद्धले सद्भाव, प्रेम र सहिष्णुताहरु नै हस्तान्तरण गरेर जानु भएको छ ।
अब हाम्रो नेतृत्वले भावी पुस्तालाई के हस्तान्तरण गरेर जाने ? हिंसा, विभाजन, विद्वेष, असहिष्णु, विभेद, बेमेल, विग्रह, आतस अनि आतङ्क, र अस्थीरता ? कि बम बारुद, बन्दुक जस्ता घातक प्रवृतिहरु ? तर यो हुनै सक्दैन । हाम्रो जातिय एकताले यस्तो प्रवृति स्वीकार्दैन । सहअस्तित्वको लागि सबै जातजातीहरुको एकमना एकता नै कायम हुनेछ । हाम्रा राजनीति माग र चाहनाहरु पनि एकमना एकता तर्फ नै केन्द्रित हुनु पर्दछ । हाम्रो राजनीति नेतृत्व र हामी सबैले शान्ति, एकता, सहिष्णु, मेल, कृतज्ञता, न्याय, गति, कोमलता, सुन्दरता, कुटुम्बरी, सभ्यता र समृद्धि भावी पुस्तालाई हस्तान्तरण गरिदिनुपर्छ । र मात्र भावी पुस्ताले अहिलेको नेतृत्वलाई सम्मान प्रकट गर्नेछ । एउटै भूगोलभित्र विभिन्न जातजातिहरु सहिष्णुतापूर्वक निरन्तर अगाडि बढ्दै जानु नेपाली जातिको एकमात्र अमुल्य दौलत हो । यो लुटेर नेपालीलाई भीखमङ्गा बनाउने अन्तर्राष्ट्रिय षड्यन्त्रलाई परास्त गर्न फेरी एकपल्ट वीरगाथाको दायित्व आएको छ ।
विभिन्न स्वार्थवश उठेका बहश, तर्क र आन्दोलनले मुलुकको सम्पूर्ण क्षेत्र लठिभद्र भएको छ । सामाजिक न्यायको खा“चो बढ्न थालेको छ । विपन्न र गरिबहरु मर्न र बा“च्नको दोसा“धमा घचेटिएका छन् । असुरक्षा र मह¨ीले मुलुक नै पनपनिएको छ । मुल्यमा आधारित राजनीति र आपसी मेलमिलाप मुलुकले खोजेको छ । नेपाली विशिष्टता विरुद्घ कुनै पनि निर्णय भैहाल्यो भने दुई हजार अठ्सठ्ठी वर्षलाई समाप्त पार्ने महाभुल हुनेछ । र त्यो भुल सच्चिने अवस्थामा फर्किने छैन । शान्ति स्थापना गरेर समृद्ध नेपाल बनाउन भएको राजनीतिक परिवर्तनको चाहनालाई अन्यत्र कतै नमोड्नु नै नेपालको हीत हुनेछ । आज सडकमा देखिएको विषाक्त रोगहरुलाई सबै पक्षहरुले त्याग्नु पर्दछ ।

भारतीय हस्तक्षेप र औपचारिक विरोध – सम्पादकीय

नेपालका लागि भारतीय महावाणिज्य दूतावासका एक विभागीय कर्मचारीले मधेशबारे प्रकट गरेको इच्छा र आसय नेपाली राजनीतिका हस्तीहरूका लागि गम्भीर टाउको दुखाई बनेको छ । दूतावासका राजनीतिक मामिला हुर्ने कन्सुलर एसडी मेहताले गत बुधबार आफ्नै आयोजना सहितको रात्रीभोज कार्यक्रम गरी पर्सा र बाराका स्थानीय राजनीतिक नेताहरूलाई ‘मधेसका लागि लड्न’ उक्स्याएको प्रसङ्ग काठमाडौँका लागि हट केक बनेको छ । तर, जब कि, वर्षौँदेखि नेपाली राजनीतिका जुनसुकै घुम्ती, अप्ठ्यारा वा पेचिलो परिस्थितिमा भारतीय इच्छा शक्ति नेपाल र नेपाली जनताको समर्थन र वैधताका कारण ०७ साल, ०६४ साल, ०६३ साल जस्ता आमूल परिवर्तनका चरणहरूमा नेपाली राजनीतिले प्रजातन्त्र र लोकतन्त्रको अनुभूति गरेको तितो यथार्थलाई अस्वीकार गर्नु नेपाली राजनीतिको निष्ठा र हैसियत दुवैबाट गिर्नु हो ।
केही महिना अघि मात्रै एक जना भारतीय पूर्व सेनाप्रमुखले समेत मधेसका बारे सार्वजनिक अभिव्यक्ति दिए । त्यस्तै, भारतीय गुप्तचर संस्था ‘र’ ले समेत नेपाली राजनीतिका अन्तरकुन्तर छामेर मासु–हड्डी खुट्याउँदै आएको अर्को वास्तविकता हाम्रा अघि दिनको प्रकाश झैँ छर्लङ्ग छ । सुगौली सन्धी पछिका प्रत्येक घटनाक्रमहरूमा नेपाली भू–राजनीतिमा भारतीय हस्तक्षेप नरहेकोे प्रमाणित कसैले गर्न सक्दैन । नेपाल राष्ट्र राज्य, सार्वभौमसत्ता सम्पन्न, अखण्ड र विशाल जस्ता महागुणगान गाउनुले कति असर पर्छ, थाहा छैन । तर, नेपाली राजनीतिमा व्यवस्थापिका संसद् भित्रको निर्णय प्रक्रियामा समेत घुमाउरो शैलीले भारतीय हस्तक्षेप रहेकै छ । विशेष गरी नेपालमा नयाँ प्रधानमन्त्री छनौट वा मौजुदा सरकार ढलाउने विषयमा भारतीय स्वार्थ हावी हुँदै आएको छ । यी र यस्ता कैयौँ उदाहरणहरू छन् जसले नेपाली राजनीति भारतीय हस्तक्षेपबाट मुक्त नरहेको प्रमाणित गर्न सकिन्छ । चाहेर वा नचाहेर नेपाली राजनीतिले अन्ततगत्व खोज्ने भनेकै भारतीय समर्थन हो । भारतकोे समर्थन बिना जस्तो सुकै राष्ट्रवादी शक्ति हुँ भन्ने दलले पनि नेपाली राजनीतिमा आफ्नो सवल भूमिका निर्वाह गर्न नसकेको यथार्थ हाम्रा लागि नौलो पटक्कै छैन । अर्थात, नेपाली राष्ट्रवादको पूर्ण परिभाषा दिल्ली इच्छा शक्ति भित्र लुकेको अनुमान मिथ्या होइन कि !
जहाँसम्म एसडी मेहताको प्रसङ्ग छ, यो विषय कुटनीतिक निकायसँग सम्बन्धित छ । जिल्ला तहका मधेसी नेताहरूलाई मात्रै रिझाउने प्रयत्नका कारण यो विवादित बनेको छ । आफ्नै देशका कैयौँ प्रान्तमा भोकमरी र महामारी फैलिरहने भारतले दुतावास मार्पmत नेपालको तराई भू–भागमा विद्यालय भवन, पक्की सडक निर्माण एम्बुलेन्स विवरण जस्ता लोभ्याउने स्किम बाँड्दै आएको घटना दशक अघिदेखिकै हो । भारतले नेपालको असल मित्र राष्ट्रका हैसियतले सहयोग गरेको हो भन्न सकिने अवस्था छ÷छैन ? भारतले दिँदै आएका स्किम सहयोगहरू लिन उपयुक्त हुने वा नहुने ? यतिबेला यस्ता विषयहरूमा गम्भीर विश्लेषण जरुरी छ । भारत यदी असल नियतका साथ नेपाल र नेपाली जनताको लोक कल्याणकारिता प्रति चिन्तित र सकरात्मक छ भने सर्वप्रथम भारतीय पक्षबाट सुगौली सन्धी भन्दा यता जे–जति असमान सन्धी–सम्झौता भए ती सबैकाो पुनरावलोकन गरिन जरुरी छ ।
नेपालप्रति र नेपाली जनताको सार्वाभौम अधिकारप्रति भारतले लोकतान्त्रिक अभ्यासको नमुना प्रस्तुत गर्न खोजेको हो भने सय बढी स्थानमा भारतीय पक्षबाट भएको सीमा अतिक्रमण तत्काल रोकिन आवश्यक छ । सन्धी पुनरावलोकन बारे नेपाली पक्षले राखेको प्रस्तावबारे प्रसङ्ग नै सुन्न नचाहने तर ‘बिप्पा’ जस्तो भारतलाई अधिकतम लाभ हुने व्यापार सन्धी गर्न भने नेपाली पक्षलाई बारम्बार फकाई–फुल्याई बाध्य पार्ने भारतीय नीति अहिले पनि ‘नेहरू डक्ट्राइन’ कै सिद्धान्त भन्दा एक इच्छा दायाँ–बायाँ छैन । यो कुटनीतिक चाहिँ मर्यादित हो कि होइन ? बुज्रुकहरूले अवाफ दिन जरुरी छ ।
यद्यपि, दोष अरुकै मात्र देख्नु मुर्खता हुने छ । जब कि, आफ्नो घरेलु विवादलाई घरभित्रै समाधान नरेर धम्की गुहार्ने वा छिमेकीको शरण पर्ने नपाली राजनीतिको हरूवा प्रवृत्ति र प्रथा राजा त्रिभुवनकै पाला देखिको हो । त्रिभुवन पछि पनि नेपालका अबल्ला राजनेताहरू भारतीय शरण परेकै हुन् । बहुदलीय राजनीतिक प्रतिस्पर्धाको अभ्यास भारत (बनारस)ं बाटै नेपाली राजनीतिमा प्रवेश गरेको हो । इत्यादि र अरु पनि थुप्रै कारणहरूले नेपाली राजनीति भारतीय हस्तक्षेप भन्दा बाहिर वा स्वतन्त्र छैन र देखिन्न । जहाँसम्म भारतीय हस्तक्षेपको विरोध गर्ने नेपाली राजनीतिक परम्परा छ, त्यो केवल औपचारिकता निर्वाह मात्रै हो ।