हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्वि

तराई केन्द्रीत कांग्रेस कार्यक्रम – पहिलो लेख

कुलचन्द्र वाग्ले
नेपाली कांग्रेसले तराइ Ôेत्रमा आफूलाई थप सक्रिय बनाउने प्रयत्न गरेको छ । यस क्रममा गत हप्ता सुनसरीको इटहरीमा प्रशिÔण्ँ कार्यक्रमसमेत सम्पन्न ग¥यो । अन्य ठाउ“मा पनि यस्ता कार्यक्रम गर्ने योजना बनाएको कांग्रेसले प्रशिÔण्ँबाट त्यहा“को माग, आवश्यकता र खा“चोलाई बुझ्नेछ । जनताकै जरामा पुगेर स्थिति बुझ्नु र राजनीति गर्नु कुनै पनि राजनीतिक दलका लागि स्वभाविक दायित्व हो । त्यसमा पनि लोकतान्त्रिक दललाई अनिवार्य नै हुन्छ । यस्ता कार्यक्रममा स्थानीयबाट प्राप्त सुझावलाई सङ्कलन गरेर कांग्रेसले नेपाल अनुकूल तराइ नीति तय गर्ने लक्ष्य लिएको हुनुपर्छ ।
आधुनिक नेपालका लागि प्रजातान्त्रिक आन्दोलनको लामो समय क्रममा नेपाली कांग्रेसले देशभर व्यापक जनाधार निर्माण्ँ गरेको छ । हिमाल,पहाड र तराइ जहा“सुकै पुरानो र नया“ जनाधार छ र पनि त्यसमा खलबल आउन थालेको टिप्पण्ँी हुदैछ । कांग्रेसले सायद् यही टिप्पण्ँीलाई ध्यानमा राखेर तराइ केन्द्रीत कार्यक्रम ल्याएको हो । यस सन्दर्भमा कांग्रेसको तराइ कार्यक्रमको औचित्य र विÈयमाथि छलफल हुनु जरुरी देखिन्छ । यस विÈयमा केही ऐतिहासिक तथ्य र प्रभावलाई हेरेर छलफल गर्न सकिन्छ ।
निश्चय पनि नेपालको तराइ Ôेत्रको जनमत सिद्धान्ततः बढी नै लोकतान्त्रिक छ । यसो हुनुमा मुख्यतः दुई कारक छन् – पहिलो नेपाली कांग्रेस र दोस्रो विश्वको ठूलो लोकतान्त्रिक मुलुक भारतस“ग प्रत्यÔ सीमा जोडिनु । कांग्रेसको सक्रिय राजनीतिक प्रभाव एवम् सीमा जोडिदा हुने प्रत्यÔ उठबस र त्यसबाट पर्ने भारतीय राजनीतिक छापले तराइलाई लोकतान्त्रिक भावधारमा ल्याएको स्वीकार गर्न हिच्किचाउनु पर्दैन । यस्तो स्थितिबाट नेपाली लोकतान्त्रिक भावधारमा आएको तराइलाई केही वर्È यता Ôेत्रीय भावधारमा खुम्च्याउने प्रयत्न भएको छ । खासगरी कांग्रेसले नै उत्पादन गरेका नेपाली नेता, कार्यकर्ताले तराइलाई नेपालबाट Ôेत्रीय अवस्थितिमा खुम्च्याउने प्रयत्नको नेतृत्व गरेका छन् । अखण्ड नेपालको तराइ जति सुन्दर र सÔम छ Ôेत्रीय रुपमा खुम्चिदा त्यति सुन्दर र सÔम हुदैन भन्ने तथ्य पनि ती नेताले बुझेका छन् र पनि स्वार्थको रोटी सेक्न मधेशवादी हु“दा उनीहरुले सायद सहज देखे । खुम्च्याउन खोजिएको यही मेसोमा कांग्रेसले समग्र नेपालमा लमतन्न तराइ भन्ने गौरब पुनः जागृत गर्न तराइ केन्द्रीत कार्यक्रम र नीति तय गर्न खोजेको हुनुपर्छ ।
भारतस“ग सीमा जोडिएको प्रभाव विÈयमा धेरै व्याख्या आवश्यक छैन तर नेपाली कांग्रेसले कसरी तराइस“ग र तराइले कसरी नेपालस“ग आफूलाई जोडे त्यो भने हेर्नुपर्छ । नेपालमा प्रजातन्त्र ल्याउन तराइबासी नेपाली कांग्रेसका नेताहरुले निर्वाह गरेको भूमिका इतिहासका लागि अवस्मरण्ँीय छ । प्रजातन्त्र प्राप्तिपछि प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला नेतृत्वको सरकारमा महोत्तरीका रामनारायण्ँ मिश्र उद्योग मन्त्री हुनुहुन्थ्यो । त्यसबेला दाङका परशुनारायण्ँ चौधरी शिÔा मन्त्री र पार्टीका महामन्त्री पनि बन्नुभयो । त्यहीबेला सिरहाका सूर्यनाथदास यादव संसदीय व्यवस्थामन्त्री हुनुुभयो । उद्योगमन्त्री मिश्रका छोरा हरिशंकर मिश्र लामो समयसम्म कांग्रेस नै रहनुभयो । गजेन्द्रनारायण्ँ सिंह २००७ सालदेखि नेपाली कांग्रेस सप्तरीका सभापति रहनुभयो । उहा“ २०१७ सालपछि कांग्रेसको नेताका रुपमा भारतको प्रवासमा पनि बस्नुभयो । सप्तरीका रामेश्वरप्रसाद सिंह त्यस्तै जुझारु नेता हुनुहुन्थ्यो । अंग्रेज सत्ताविरुद्ध भारत छोडो आन्दोलनका नेता जयप्रकाश नारायण्ँ र राममनोहर लोहिया लगायत क्रान्तिकारीहरु हजारीबागको जेल तोडेर नेपाल प्रवेश गर्नुभयो । नेपालमा पनि सप्तरीस्थित जेलमा उहा“हरुलाई थुनियो । ती भारतीय स्वतन्त्रता सेनानीलाई सप्तरीको जेल तोडेर मुक्त गर्न उनै जुझारु नेता रामेश्वरप्रसाद सिंहले ०१५ सालमा नेतृत्व गर्नुभयो । त्यस क्रममा जेलका एक सुरÔाकर्मीको निधन भएको थियो ।
त्यस्तै बन्दनीय सहिद दुर्गानन्द झा हुनुहुन्छ । भद्रकाली मिश्र पनि कांग्रेस नै हुनुहुन्थ्यो । यस्ता असङ्ख्य राष्ट्रिय नेता वा राजनेता नेपालले तराइबाट पाएको हो । २०१५ सालका उपसभामुख र प्रजातन्त्र पुनस्र्थापनापछि मन्त्री एवम् पार्टीका महामन्त्री बन्नुभएका राजनेता महेन्द्रनारायण्ँ निधिले लोकतान्त्रिक नेपालका लागि दिनुभएको योगदान नेपालीले बिर्सन सक्ने विÈय होइन । त्यसो त विपी कोइराला, गिरिजाप्रसाद कोइराला, सरोज कोइराला लगायत हजारौ“ नेता कार्यकर्ताले तराइ भूमिबाटै नेपालको प्रजातान्त्रिक आन्दोलनलाई हाक्नु भएको हो । यस्ता ऐतिहासिक उदाहरण्ँ र व्यक्तित्वहरु छन् जसले प्रजातान्त्रिक नेपाल भन्नोस् वा आधुनिक नेपाल निर्माण्ँ गर्न दिएको योगदान अत्यन्त गौरवपूणर््ँ र अवस्मरण्ँीय छ । यो बृहत इतिहासको उत्खनन् र संयोजनको विÈय हो । ०१५ सालको पहिलो आमनिर्वाचनबाट तराइ Ôेत्रले नै प्रतिनिधिसभामा अधिक प्रतिनिधित्व गरेको हो । वर्तमान हेरियो भने पनि धेरै उदाहरण्ँीय व्यक्तित्व छन् । कुनै दिन कांग्रेसका नेता डा.रामवरण्ँ यादव अहिले नेपालका राष्ट्रध्यÔ हुनुहुन्छ ।
नेपाली कांग्रेसले यही गौरवशाली इतिहासको पदमार्ग निर्देशित भएर वर्तमानमा तराइ केन्द्रीत कार्यक्रम गर्नुको औचित्य छ । उल्लेखित व्यक्तित्वहरु कांग्रेसमा जन्मनुभयो । उहा“हरुले तराइलाई नेपालस“ग जोड्नुभयो । तराइबाट पहाड, हिमाल, तराइका सबै नेपालीलाई हेर्नुभयो । अहिले त्यो खा“चो बढेको स्थिति छ । कांग्रेसले त्यो खा“चोलाई पूरा गरेर नेपाललाई भावनात्मक रुपले दृढतापूर्वक जोड्नुपर्छ । कार्यक्रम औपचारिकतामा मात्र सीमित हुनुहु“दैन । त्यस्तै तराइका नेताले पनि Ôेत्रीय विकासको अवधारण्ाँस“गै सिङ्गो नेपाल हेर्नुपर्छ । आफूलाई ती ऐतिहासिक पुरुÈ जस्तै राष्ट्रिय नेता स्थापित गर्नुपर्छ । नेपालीको आवश्यकता र अपेÔा यही हो ।
प्रशिÔण्ँको विÈय लोकतन्त्र हुनसक्छ । त्यस्तै संघीयता वा राज्यपुनःसंरचना हुनसक्छ । शासकीय स्वरुप पनि बन्न सक्छ । अर्थात् मुलुकका जल्दाबल्दा विÈय नै प्रशिÔण्ँका पनि विÈय हुन् । यति हु“दाहु“दै पनि तराइ Ôेत्रका बासिन्दाले दैनिक भोगी रहेको कठिनाइ, उनीहरुका आवश्यकता र मागसमेत कांग्रेसले समेट्नुपर्छ । स्थानीयलाई राष्ट्रियभन्दा पनि आ–आङ्खनै समस्याले पिरोलेको हुन्छ भन्ने बिर्सनु ह“ुदैन । ती समस्याई राम्ररी सम्बोधन गर्ने दृष्टि–सोच र सम्बोधन गर्दा मात्र जनाधार बलियो भनियोस् वा आकर्Èित हुन्छ भन्ने तथ्य लागू गर्नुपर्छ । कांग्रेसले आङ्खना जिम्मेवारपूणर््ँ धारण्ँ निर्धक्क प्रस्तुत गर्न हिच्किचाउनु हु“दैन ।

सरकार–वर्कस वार्ता सकरात्मक शुरुवात – सम्पादकीय

२०६४ माघ महिना देखि किरात स्वायत्त राज्यको माग राख्दै सशस्त्र गतिविधि थालेको किरात जनवादी वर्कस पार्टीले हतियार बिसाउने संकेत दिएको छ । वर्कस र सरकारका प्रतिनिधिहरु बीच भर्खरै सम्पन्न प्रथम चरणको वार्तामा राज्यका तर्पmबाट वर्कस नेता–कार्यकर्ता माथि लागेका आरोप फिर्ता लिन र वर्कसले विभिन्न समुदायमा पूर्वी पहाडी जल्लाका प्रहरी चौकीहरुबाट लुटेका हतियार सरकारलाई बुझाउने विषयमा सकरात्मक छलफल प्रारम्भ भएको देखिन्छ । किरात मुन्धुम विचारधाराका आधारमा वर्कसले किरात स्वायत्त राज्यको माग गर्दै थालेको भूमिगत गतिविधिका दौरान पूर्वी पहाडका खोटाङस्थित नुनथला प्रहरी चौकी सहित ४ ओटा प्रहरी चौकीमा आक्रमण गरी हतियार समेत लुटी लगेका थिए । त्यस्तै, वर्कसका नेता कार्यकर्ताले पूर्वाञ्चलका विभिन्न स्थानहरुमा मोटो चन्दा रकम असुलेको तथा चन्दा आतंक मच्चाउँदै आएको आरोप राज्य पक्षको छ । ४ वर्षको दौरानमा प्रहरीले वर्कसका ३० बढी नेता–कार्यकर्तालाई विभिन्न समयहरुमा पक्राउ गरी मुद्दा चलाएको छ भने उनीहरु अहिलेसम्म पन िहिरासतमै राखिएका छन् ।
०६८ फागुन ३० गते सरकारका शान्ति मन्त्री सत्य पहाडी सहितका सरकारी टोली र वर्कसका तर्पmबाट वार्ता टोली संयोजक सुमन वान्तवा बीच विभिन्न ५ बुँदे सहमति भएको बुझिएको छ । वर्कस र सरकारबीच विगतमा भएका राजनीतिक सहमतिहरु कार्यान्वयन, वर्कस नेता कार्यकर्ता माथि लागेका सरकारी मुद्दा खारेज, वर्कसले शान्ति र संविधान लगायतका राजनीतिक विषयलाई मान्यता दिने जस्ता विभिन्न बुँदामा सहमति भएको कारण सरकार–वर्कस वार्ता सकरात्मक दिशातर्पm लम्केको देखिन्छ । दुई पक्षबीच शान्ति मन्त्रालयमा सम्पनन वार्तापछि दुवै पक्षले आ–आफ्ना तर्पmबाट सहमति कार्यान्वयनका लागि अघि बढ्ने उल्लेख गरका छन् । दुई पक्षबीच अर्को चरणको वार्ताका क्रममा हतियार बुझाउने र मुद्दा फिर्ता गर्ने भनी गरिएको सहमति कार्यान्वयन हुन आवश्यक छ ।
मुलुक दीगो शान्तिको दिशा तिर लम्किरहेको अवस्थामा मुलुक भित्र विद्यमान यस्ता समस्याहरु सम्बोधित हुन जरुरी छ । प्रारम्भिक चरणमा सामान्य जस्तो लाग्ने द्वन्द्वात्मक समस्याले कालान्तरमा गम्भीर परिणती दिएको इतिहास हाम्रा लागि ताजा छ । तसर्थ, झिनामसिना समस्या भनेर सम्बोधन नगर्ने वा राज्य पक्षले खासै दबाब दिएन अथवा वेवास्ता ग¥यो भनेर सशस्त्र समूह वा कुनैले द्वन्द्व सृजना हुने किसिमका समस्या थाती राख्न मिल्दैन । मुलुकमा सबैको अस्तित्व स्वीकार हुने परिस्थिति निर्माण नभए सम्म अग्रगति र विकास सम्भव छैन । मुलुकको दीगो शान्ति, विकास र समस्त नेपाली जनताको प्रगति र समृद्धिका लागि पनि सरकार र किरात जनवादी वर्कस पार्टीले भर्खरै थालेको सहकार्य स्वागतयोग्य छ । यो सहकार्य सकरात्मक र उपलब्धीको चरम उचाईसम्म पुगेर निष्कर्ष सहित टुङ्गिनु पर्दछ । जसले गर्दा मुलुकमा विद्यमान अन्य भूमिगत र सशस्त्र गतिविधिको सही निरुपणका लागि यो सफलता सेतु बन्न सक्ने देखिन्छ ।

‘शान्ति र संविधानमाथि खेलवाड’ – मुख्य समाचार

२०६३/६४ मा गैरनेपालीलाई नागरिकता वितरण गरेको तर वास्तविक नेपालीले नागरिकता नपाएको सम्बन्धमा उच्चस्तरीय नागरिकता छानबिन आयोग गठन गर्न माग गर्दै सत्तारुढ दल एकीकृत माओेवादी र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच २०६८ फागुन २५ गते जन्मका आधारमा नागरिकता प्राप्त व्यक्तिका सन्तानलाई वंशजका आधारमा नागरिकता दिनका लागि संविधानमा संशोधनका लागि गरिएको सहमतिप्रति गम्भीर आपत्ति जनाइएको छ ।
काठमाडौ, चैत्र १÷शान्ति स्थापना र संविधान निर्माणका सवालमा सत्तापक्ष र प्रतिपक्षका प्रमुख राजनीतिक दलले आफ्नो भूमिका निर्वाह नगरेर शान्ति र संविधानमाथि खेलबाड गरेका भन्दै साना दलले गम्भीर चिन्ता प्रकट गरेका छन् ।
संविधानसभामा प्रतिनिधित्व गर्ने साना दलमध्येका १९ साना दलको मंगलबार बसेको बैठकले पटक–पटक संविधान निर्माणका लागि म्याद थप गरेर आफ्ना स्वार्थ र सत्तालाई सर्वोपरी ठान्ने प्रमुख दलको प्रवृत्तिले गर्दा संविधान निर्माण हुन नसकेको ठम्याउँदै  यसमा विभिन्न शक्ति केन्द्रको समेत षड्यन्त्र रहेको प्रष्ट देखिएको बैठकपछि जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।
विज्ञप्तिमा २०६३÷६४ मा गैरनेपालीलाई नागरिकता वितरण गरेको तर वास्तविक नेपालीले नागरिकता नपाएको सम्बन्धमा उच्चस्तरीय नागरिकता छानबिन आयोग गठन गर्न माग गर्दै सत्तारुढ दल एकीकृत माओेवादी र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच २०६८ फागुन २५ गते जन्मका आधारमा नागरिकता प्राप्त व्यक्तिका सन्तानलाई वंशजका आधारमा नागरिकता दिनका लागि संविधानमा संशोधनका लागि गरिएको सहमतिप्रति गम्भीर आपत्ति जनाइएको छ ।
यसैगरी सरकारले सत्यनिरुपण तथा मेलमिलाप आयोग गठन नगरी असंवैधानिक बाटोबाट द्वन्द्वकालका राजनीतिक मुद्दा फिर्ता लिन गरेको निर्णयको विरोध गर्दै उक्त निर्णय फिर्ता लिन माग गरिएको छ ।
विज्ञप्तिमा २०६८ फागुन ३ गते नेपाल–भारत मन्त्रीस्तरीय निर्णयबाट पञ्चेश्वर विकास प्राधिकरणलाई तत्काल अघि बढाउने, सप्तकोसी उच्चकोसी बाँध निर्माण गर्न डिपिआर तयार पार्ने र मन्त्रिपरिषद्को बैठकबाट जिएमआर.कम्पनीलाई उपल्लो कर्णाली निर्माण गर्न दैलेख कालिकोटलगायत क्षेत्रको वनक्षेत्र उपलब्ध गराउने जस्ता निर्णय खारेज गर्न माग गरिएको छ ।
राज्य संरचना आयोगले ल्याएको जातीय राज्य, आत्मनिर्णयको अधिकार, बहुराष्ट्रवाद जस्ता विभाजन तथा विघटनकारी अवधारणासहितको प्रतिवेदनको विरोध गर्दै जनतालाई सो विरुद्ध जानकारी गराई जनमत तयार गर्न बैठकले विभिन्न छलफल तथा गोष्ठी आयोजना गर्ने निर्णय गरेको जनाइएको छ । बैठकमा नेकपा (मसाल),  नेकपा (माले), जनमोर्चा नेपाल, राष्ट्रिय जनमोर्चा, नेकपा (माक्सवादी), नेकपा संयुक्त (माक्सवादी), चुरेभावर राष्ट्रिय पार्टी, समाजवादी जनता पार्टीलगायतका दलको सहभागिता थियो  ।

व्रैद्यद्वारा राजिनामाको माग – उपमुख्य समाचार

माओवादी उपाध्यक्ष मोहन वैद्यले प्रधानमन्त्री बाबुराम भट्टराईले तत्काल राजिनामा दिनुपर्ने माग गरेका छन् । उनले राष्ट्रघाती काम गरेकोले वर्तमान सरकार विरुद्ध सडक संघर्ष चर्काउने चेतावनी समेत दिएका छन् ।
पार्टी मुख्यालय पेरिस डाँडामा मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै वैद्यले राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि भट्टराईको राजिनामा माग गरे । ‘यो सरकार माओवादीको जस्तो भएन,’ उनले भने–‘सरकारले पार्टीको एजेन्डा पनि कार्यान्वयन गरेन । माओवादीको सरकार हो भन्ने महशुश नै हुँदैन ।’ भट्टराईले राजिनामा गर्न ढिलाई गरेकोमा वैद्यको आपत्ति थियो ।

पार्टीको निर्णय कार्यान्वयन नगर्ने तथा राष्ट्रघाती कतिपय काम गरेको यो सरकार विरुद्ध आवश्यक परे सडक संघर्ष चर्काइने वैद्यको भनाई थियो । भट्टराईको राजिनामापछि सरकारको नेतृत्व कसले गर्ने विषयमा आफूहरु खुला रहेको उनले बताए ।
यसअघि आईतबार र सोमबार वैद्य पक्षीय केन्द्रीय सदस्यहरुको बसेको बैठकले भट्टराईको राजिनामाको विषय चर्काउने
तथा  राष्ट्रिय स्वाधिनता र केन्द्रीय समितिले गरेको निर्णय कार्यान्वयन गराउन सडकबाट  आवाज उठाउने निर्णय गरेको थियो ।

शिक्षकहरुका माग पूरा गरिने

‘लामो समयसम्म अस्थायी रुपमा कार्यरत शिक्षकहरु सरकारको नीतिगत कमजोरीका कारण मर्कामा परेको बताइन्  ।’
दमक, चैत्र १÷ शिक्षा राज्यमन्त्री लिला भण्डारीले शिक्षकहरुले उठाएका मन्त्रालयगत मागहरु दुई दिन भित्र पूरा गरिने बताएकी छिन् ।
सबै मागहरु पूरा गर्न ऐन संशोधनको तयारी भइरहेको उल्लेख गर्दै शिक्षा मन्त्रालयले पूरा गर्न सक्ने मागहरु अबिलम्ब पूरा गरिने उनले बताईन् । क्रान्तिकारी पत्रकार संघले मंगलबार दमकमा गरेको पत्रकार सम्मेलनमा उनले लामो समयसम्म अस्थायी रुपमा कार्यरत शिक्षकहरु सरकारको नीतिगत कमजोरीका कारण मर्कामा परेको बताइन् । शिक्षकहरुले राखेका ४७ सुत्रीय माग मध्ये सबै माग शिक्षा मन्त्रालयले मात्र पूरा गर्न नसक्ने उल्लेख गर्दै उनले अन्य माग पूरा गर्न अन्य सरोकारवाला मन्त्रालयहरुसँग परामर्श भइरहेको जानकारी दिइन् ।
आगामी चैत महिनामा हुने प्रवेशिका परीक्षा सौहार्द रुपमा सम्पन्न गर्न शिक्षकहरुसँग सहमति भइसकेको उल्लेख गर्दै उनले आगामी दिनमा विद्यालयहरुमा रहेको दरबन्दी मिलानका लागि आवधिक रुपमा नियमित पदपूर्ति गरिने बताइन् । कार्यक्रम क्रान्तिकारी पत्रकार संघ माइपश्चिम क्षेत्रीय समितिका उपाध्यक्ष डण्डीराज घिमिरेको अध्यक्षतामा भएको थियो ।

वर्कसले हतियार बुझाउने

खोटाङ, चैत्र १/ जातीय राज्यको माग गर्दै पूर्वी पहाडी जिल्लाहरुमा सशस्त्र गतिविधि सञ्चालन गर्दै आएको किरात जनवादी वर्कस पार्टीले सरकारलाई हतियार बुझाउने भएको छ । वर्कस र सरकारबीच शान्ति मन्त्रालयमा ०६८ फागुन ३० गते भएको शान्ति वार्तामा हतियार बुझाउने वर्कसले जनाएको हो ।
हतियार बुझाउने प्रक्रिया अर्को वार्ताबाट अघि बढाइने सहमति भएको वर्कसका तर्फका वार्ता टोली संयोजक सुमन वान्तवाले बताए । शान्ति मन्त्रालयका तर्फबाट शान्ति मन्त्री सत्य पहाडी, गृहराज्यमन्त्री भीमराज चौधरी र वर्कसका सुमनबीच पाँच बुँदे सहमति भएको छ ।
सहमतिमा विगतमा सरकारसँग भएको सम्झौता कार्यान्वयन हुनुपर्ने, आन्दोलनका क्रममा भएका सरकारी मुद्दा फिर्ता लिनुपर्ने, शान्ति र संविधान वर्कसलाई स्वीकार हुने समेटिएको छ । वार्तामा भोजपुरका राजनीतिक संयन्त्रका प्रतिनिधि शेरधन राईले मध्यस्तताको भूमिका निभाएका थिए भने सभासद् सुदन किराँती पनि वार्तामा सहभागी थिए ।
वर्कसले ०६४ माघ ७ गते खोटाङका फाक्टाङ, देवस्थान र चिसापानी प्रहरी चौकी आक्रमण र ०६७ वैशाख २१ गते नुनथला प्रहरी चौकीमाथि आक्रमण गरी हतियार लुटेका थिए । चन्दा आतंकको पर्याय बनेको वर्कसले प्रहरी चौकी आक्रमण गरेपछि उसको केन्द्रीय तहका ३० जना कार्यकर्तालाई प्रहरीले अहिले पनि हिरासतमा राखेको छ ।
वर्कसले मुन्धुम बिचारधारा अन्तर्गत किराँत स्वायत्त राज्यको माग गर्दै हतियार उठाएका थिए ।

अभिभावक संघमा पुनः शिवाकोटी

बिर्तामोड, चैत्र १/संस्थागत विद्यालय अभिभावक संघ झापाको मंगलबार सम्पन्न तेश्रो जिल्ला सम्मेलनले पुनः मोहन शिवाकोटीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।
शिक्षा राज्यमन्त्री लिला भण्डारीको प्रमुख आतिथ्यमा भएको सम्मेलनले सर्वसम्मत १५ सदस्यीय समिति चयन गरेको हो । समितिको उपाध्यक्ष सीता बस्नेत, सचिव घनश्याम अधिकारी, सह–सचिव आनन्द लिम्बू र कोषाध्यक्षमा दिपेन्द्र दाहाल रहेका छन् ।
कार्यक्रममा जिल्ला शिक्षा अधिकारी
लक्ष्मीप्रसाद भट्टराई, संघका संस्थापक अध्यक्ष हरी कट्टेल, प्याब्सनका जिल्ला अध्यक्ष नारायणप्रसाद घिमिरे, एनप्याब्सनका जिल्ला सचिव धर्मराज माझी, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष गणेश पोखरेल, पुस्तक व्यवसायी संघका केन्द्रीय सदस्य श्याम ढकाल, एशिया पब्लिकेसनका पूर्वाञ्चल प्रतिनिधि शिव ढुङ्गेल लगायतले बोलेका थिए ।
संघकी तत्कालिन जिल्ला उपाध्यक्ष सुमित्रा प्रसाईले स्वागत मन्तव्य राखेको कार्यक्रममा  सीता बस्नेतले आर्थिक तथा अध्यक्ष शिवाकोटीले सांगठानिक प्रतिवेदन पेश गरेका थिए । सम्मेलनले संघको विधान संशोधन प्रस्ताव समेत पारित गरेको छ ।

झापामा नेवाः पत्रकार

बिर्तामोड, चैत्र १/ झापामा नेवाः पत्रकार राष्ट्रिय दवू गठन भएको छ । अग्रज पत्रकार अमृतलाल श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय समिति गठन भएको हो ।
दवूका केन्द्रीय उपसंयोजक महेश श्रेष्ठको प्रमुख आतिथ्यमा मङ्गलबार बिर्तामोडमा गठित समितिको उपाध्यक्षमा दिनेश शाक्य, सचिवमा निरकुमार श्रेष्ठ, कोषाध्यक्षमा कमला श्रेष्ठ रहेका छन् । त्यस्तै, सदस्यमा विकास, सञ्जय, रीता, मञ्जु, जयबहादुर, आसिम ज्वयल श्रेष्ठ, डीएन, एकराज प्रधान र माया प्रधान (पकुवाल) रहेका छन् ।
नेवा देय दवूका अध्यक्ष कृष्ण उदासको अध्यक्षतामा भएको कार्यक्रममा
उप–संयोजक महेश श्रेष्ठ, सुन्दरी श्रेष्ठ, इन्द्रसिंह राजवंशी, जयप्रकाश श्रेष्ठ लगायतले बोलेका थिए । समितिमा झापाका विभिन्न सञ्चारमाध्यममा कार्यरत नेवार समुदायका सञ्चारकर्मी आवद्ध छन् ।

हङकङ विरुद्ध नेपाल विजयी – खेल समाचार

काठमाडौ, चैत्र १/आइसीसी ट्वान्टी–ट्वान्टी विश्वकप छनोटको खेलमा हङकङविरुद्ध नेपाल विजयी भएको छ । पहिले टस जितेर ब्याटिङ सुरु गरेको नेपालले हङकङलाई १३१ को लक्ष्य दिएको थियो । दुवईको जीसीए–२ मैदानमा भएको खेलमा नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १३० रन बनाएको थियो । हङकङले २० ओभरमा ९ विकेट गुमाउँदै १०० रन मात्र बनाउन सफल भएको छ ।
दुवै टिमले यसअघि दुई खेलमा प्रतिस्पर्धा गरेका थिए, नतिजा भने १–१ को स्थितिमा थियो । नेपालले अघिल्लो वर्ष चीनको गोन्जाउमा भएको १६ औं एसियाली खेलकुदमा हङकङसँग ३० रनको हार बेहोरेको थियो । तर, यसै वर्ष काठमाडौंमा भएको एसीसी ट्वान्टी–ट्वान्टी कप च्याम्पियनसिपमा नेपालले अन्तिम ओभरमा रोमाञ्चक २ विकेटको जित निकालेको थियो ।
सोह्र टिमको सहभागिता रहने प्रतियोगिताका उत्कृष्ट दुई टिमले यसै वर्षको सेप्टेम्बरमा श्रीलंकामा हुने विश्वकपमा खेल्न पाउने छन् । ८–८ टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूहका उत्कृष्ट ३ टिमले प्लेअफ खेल्छन् । ६ टिमको सहभागिता रहने प्लेअफबाट उत्कृष्ट दुई टिमको छनोट गरिने छ । प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, अफगानिस्तान, क्यानडा, पपुवा न्युगिनी, हङकङ, बर्मुडा र डेनमार्क छन् । समूह ‘बी’ मा आयरल्यान्ड, केन्या, स्कटल्यान्ड, नामिबिया, युगान्डा, ओमान, इटाली र अमेरिका छन् ।

उत्तर कोरिया र फिलिपिन्स विजयी

काठमाडौ, चैत्र १/एएफसी च्यालेन्ज कप प्रतियोगिता अन्तर्गत समूहचरणका अन्तिम खेलमा उत्तर कोरिया र फिलिपिन्स बिजयी भएका छन् ।
भारत र उत्तरकोरियाबीच दशरथ रंगशालमा भएको खेलमा उत्तर कोरियाले ४ गोल गरेको छ । भारतले भने कुनै गोल गर्न सकेन । हलचोक मैदानमा भएको खेलमा ताजकिस्तानविरुद्ध फिलिपिन्स २–१ ले विजयी रह्यो ।