हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्वि

बालुवाटारमा माओवादीको क्षेत्रीय कार्यालय

दमक, माघ २९/ एकीकृत नेकपा माओवादीले झापा क्षेत्र नम्बर-७ को क्षेत्रीय कार्यालय तथा सहिद स्मारक बनाउन शुरु गरेको छ । दमक-१३ को बालुवाटारमा स्थानीय टोल विकास संस्थाले प्रदान गरेको २ कठ्ठा ऐलानी जग्गामा पार्टीले कार्यालय निर्माण थालेको हो ।
बालुवाटारमा भवन निर्माणको काम गर्दै मजदुरहरु । फोटा ः पिपुल्स टाइम्स

पार्टीका क्षेत्रीय कार्यालय सचिव अमर केसीले नेता कार्यकर्ताहरुलाई स्तर हेरी ५ सय रुपैयाँदेखि ५ हजार रुपैयाँसम्म सहयोग अनिवार्य गरी भवन निर्माण शुरु गरिएको जानकारी दिए । करिब २ करोड रुपैयाँको लागतमा १ वर्षभित्र निर्माण पूरा गर्ने गरी थालिएको सो भवन दुई तलाको रहने जनाइएको छ ।
भवन भित्रका कक्षहरु सहिदका नाममा नामाकरण गरिने बताइएको छ । त्यस्तै जनयुद्ध जनआन्दोलन र मधेस आन्दोलनका सहिदहरुको स्मारक समेत बनाइने माओवादीले जनाएको छ ।
भवन निर्माणका लागि गत तिहारमा पार्टीले साचालन गरेको देउसे भैलोबाट संकलित ११ लाख रुपैयाँ समेत खर्च हुने बताइएको छ । भवन निर्माणका लागि पार्टीका क्षेत्रीय इाचार्ज गगन पुरीको संयोजकत्वमा मूल समिति गोविन्द बस्नेतको संयोजकत्वमा आर्थिक उपसमिति भीमसेन अधिकारीको संयोजकत्वमा भौतिक व्यवस्थापन तथा खरिद उपसमिति कृष्ण गोलेको संयोजकत्वमा लेखा समिति अखिलेश्वर दासको संयोजकत्वमा अनुगमन समिति कि्रयाशील रहेको जनाइएको छ । गत पुष २५ गतेबाट निर्माण सुरु गरिएको भवनमा हालसम्म २० लाख रुपैयाँ बराबरको काम भइसकेको जनाइएको छ ।

कविताको युग वैरागी काइला

धनकुटे कान्छा
वैरागी काइँला भन्छन्
अहिले सम्झँदा- कविता लेख्ने प्रेरणा कहाँबाट पाएँ को उत्तरमा मसँग त्यस्तो ठूलो र आकर्षण कुरा छैनन् । बालककाल देखिको भावुकताले हुर्केर अभिव्यक्त हुनलाई पछिबाट अर्काको देखासिकीमा लेख्ने बलचाँही गरेको छु-सम्झना यत्ति छ । त्यत्ति हो । अझ अगाडि उनी भन्छन्-
मनका कुराहरु अक्षरमा उभिएर कविता भएछन्-को बोधले खुशी पनि लागेको छ पछिबाट मलाई । तर आजतक-कविता के हो बुझ्नु भने सकेको छैन मैले । म जत्तिकै सरल सहज र स्वभाविक अनि रहस्यमय पनि कविता हो कि -बारम्बार
लाग्छ मन भित्र पसेर म सधैँ हराएको छु ।
यी कुराहरु हुन कविताको एउटा युग वैरागी काइँलाको । नेपाली कविताको फाँटमा देवकोटा रिमाल शेरचन मोहन काइराला पछि सर्वाधिक चर्चाका सफल कवि हुन् वैरागी काइँला ।
२०३१ सालमा वैरागी काइँलाले स्वैरागी काइँलाका कविताहरुस् प्रकाशित गरे । जसको ट्रेण्डमा आजसम्म कविता लेखिँदै आएका छन् । तेसो त आजसम्मका साहित्यिक आन्दोलनहरु तेस्रो आयाम
भन्दा माथि जानै सकेको छैनन् ।
स्मातेको मान्छेको भाषण ः मध्यरातपछिको सडकसितस् एउटा मास्टर पिस बन्यो कविताका लागि ४० वर्षसम्म ।
५० वर्षपछि वैरागी काइँलाको अर्को कविता कृति प्रकाशित भएको छ स्अन्धा मान्छेहरु र हात्तीस् । कृतिमाथि इन्द्रबहादर राई लेख्छन्-स्काइँलाको लेखनमा उहाँलाई पुरोगामी एक अतीव साहसिक र प्रवीण प्रयोगी पाउँछौ । जगजीवन सम्बन्धी नितान्त आफ्नै आर्जनको दृष्टि भएका र गहन चिन्तनका कवि हुनुहन्छ र त्यसैबाट छन् उहाँका प्रविधि र सृजनात्मक भाषिक प्रयोग । लिखित भन्दा बढ्ता निर्मित उहाँका कविता रचना गत पचास वर्षदेखि पाठक वर्ग र कवि लेखकवर्ग माथि धेरै प्रभावी रहेका छन् ।स्
समग्र स्अन्धा मान्छेहरु र हात्तीस् दोस्रो कविता संकलन वैरागी काइँलाको कविताप्रतिको समर्पण हो भने समय र साधनाप्रतिको श्रृङ्खलाबद्ध अध्ययनको चासोपनि । पछिल्लो समयको द्वन्द्व र तिनका समयसँगै मान्छेमा बनेका बिम्व । आदिवासी र तिनका चेतना र सांस्कृतिकताको पाटो वैरागी काइँलको पछिल्ला कविताहरुले उठाएका मुद्दा हुन् । यति लामो साधनामा पनि नथाकि कवितामा डुब्नुले वैरागी काइलालाई कविताको एउटा युग बनाएको छ ।
हेर वुद्धि उप्रेुर झिङ्गाले चियाको कपभित्र डुब्यो…।
छटपटाएको डुब्यो÷वुद्धि झिङ्गाले मर् यो
स्वतन्त्रताको अलिकति प्राप्ति िपंजडा थपिन्छ
स्वतन्त्रता रण्डीको प्यार र हसाई ओठले रक्सी पोखाउँछ
बुल्डोजरले पहाड र मरुभूमि बगाएर संकुचित छु अझ फिजिएँर
कहिले विस्तृत र विजयी नभएर मान्छे फलाम भत्किन्छु ।

गजल

आचार्य प्रभा
दशैंको त्यो रम´मलाई मनमा लिई हाँस्दैछु म
परदेशमा भए पनि अतितको याद साँच्दैछु म ।

फुले होलान् सयपत्री आँगनमा मुस्काउँदै
यता भने काँडाघारी मनमा पाली बाँच्दैछु म ।

घर आँगन सिगार्न सबै उता ब्यस्त होलान्
यहाँ भने ´´ल्कोको दागसम्म माँस्दैछु म ।

गाउँघरमा च्याब्रुङ्मादल घन्किएर बज्दैछन् रे
विदेशमा बिलापको गीत कथी नाँच्दैछु म ।

निधारमा आिशÈको टिका सबले टाँस्दै होलान्
प्रवासमा आसुँ ´ार्दै ´ुटो आिशÈ टाँस्दैछु म ।

  प्रकाश नेपाल
मायाको बो´ थाम्नै गारो भो मरुभूमि मै ढलें म त
तिखो बचनको ज्वाला भित्र ज्यूदै ज्यूदै जलें म त

कति सपना थिए घरजमको बतासमै हराएपिछ
थाम्नु कति थाम्नै गारो भो भिरको गाई ´ै गलें म त

शंका िबÈको घडा भन्छन शंकै पालेर बस्छौ कित
तिम्रो शंकाको अग्नी भित्र ज्यूदै ज्यूदै बलें म त

िबÈ भर्छ दिमागमा मान्छेको मान्छे कै खेदो खन्दछ
लर्खारिदै भौतारिदै एकादेशमा चलें म त

सुनिल दियाली
औँशीको रात थियो जुन माग्छौ तिमी
तिहुनमा नुन छैन सुन माग्छौ तिमी

मलाई छाडी पराई लाई ताक्छौ
बैगुनीको रुप देखाई गुन माग्छौ तिमी

आफ्नो देशको संस्कृति बिसर्िएरै
विदेशीको नक्कली हुन माग्छौ तिमी

पराईलाई मन तन त्यागी
डुब्ली माया देखाई रुन माग्छौ तिमी ।
दमक-१४ क्याम्पस मोड

अवशेष - टङ्क आचार्य

1. प्रेम । हाम्रो पालामा कागजको सानो टुक्रामा लेखिएका शब्दहरुबाट हाम्रो प्रेम शुरु हुन्थ्यो । त्यो बेलाका प्रेमहरु एक दुई बाहेक सबै प्रेमहरु दुःखान्तमा टुङ्गिन्थे । अहिले प्रेम प्रस्तावका लागि एउटै एस।एम।एस। काफी छ । आज मोज गरौँ भोलिका लागि भोलि नै सोचौँला भन्ने यो जमानामा टिनएजरहरुबीच लभको पारो कसरी हाई र कसरी लो हुन्छ के कुराले केटीहरुको एट्रोजेन बढाउँछ र के ले केटाहरुको हार्मोन शिथिल पार्छ यसको त्यति वास्ता गर्दैनन् । हिजो आजका ठिटाठिटीहरु मोज मस्ती गर्न पाए भइहाल्छ उनीहरुलाई ।
-अब हाम्रो पालामा भने के थियो भने एन्टोन चेखभले भने जस्तो ूलभ इज मिस्ट्रीू थियो । यही ूमिस्टिरियल लभू ले यौवनमा प्रवेश गरेका हामीहरुलाई जीवनमा धमाका मच्चाउने गथ्र्यो । जोश जाँगर भावना र यौवनले भरिपूर्ण त्यो हाम्रो समयमा आफ्नो उमेर आफैमा कि्रटिकल र उत्ताउलो बन्थ्यो । र हामी आफै अपोजिट सेक्स प्रति आकर्षि हुनुलाई मानिसको प्राकृतिक स्वभाव हो ठान्थ्यौं पनि ।
-त्यो बेला हामी हुन त अहिले पनि त्यस्तै छ तर समय र साधन सजिलो छ युवा-युवती बीच प्रेम साटासाट गर्ने एक मात्र साधन भनेको चिठ्ठी-पत्र मात्र थियो र कागजमा भावनाहरुलाई अक्षरीकरण गर् यो अनि मायालुको घर पत्ता लगायो र त्यसपछि निकटको मित्र मार्पुत आफ्नो खोली बाँसुरी पत्र डेलिभर गराइरहनु थियो । कति पो अप्ठ्यारो थियो हाम्रो समय । अहिलेको समय त्यसैमा सीमित रहेन खुशी लाग्छ । इमेल इन्टरनेट फेसबुक तथा एसएमएसले सम्पन्न यस युगका नयाँ पुस्तालाई पुराना मेरा जस्ता अनुभव सुन्दा उनीहरु चुड्किला भने झैं लाग्न सक्छ । किनभने चिठ्ठिपत्र र मिडिएटरको चाँजोपाँचो मिलाउँदा समय भित्र अहिलेका युवा युवतीबीच ब्रेकअप नै भइसक्छ ।
-बजारमा म देख्छु अहिलेकाहरुलाई रोमान्स र मस्ति चाहिएको छ । यसका लागि उनीहरु जे गर्न तथा जुन हद पार गर्न पनि तयार छन् टिन एजरहरु । टिनएजरहरुमा ब्वाईप्रुेण्ड र गर्लप्रेुण्ड नहुनेहरु खिसी ट्युरी र हाँसोका पात्र बनिरहेको जमाना बनेको छ । जसो तसो आफ्नो साथी बनाउनै पर्ने बाध्यता बनेको छ । गुरुकूलका नीतिका तथा ज्ञान धर्मका कुराहरुले उनीहरुलाई यत्ति पनि छुँदैन । तर मलाई के कुरामा खुशी लाग्छ भने- न्यू जेनेरेशनमा केटाहरु मोर्डन र हिपहप केटी चाहन्छन् तर बिवाह गर्न चाँहि संस्कार भएकी शुशील कन्या । र केटीहरु घुम्न मोज गर्न वा बायोलोजिकल निड पूरा गर्न रफटप र जंकी केटा मन पराउँछन् तर बिवाह गर्न चाँहि भद्र र सम्पन्न केटा हुनुपर्छ । मलाई खुशी लाग्छ ।
2. मेरि स्टोप्स उनी डाक्टर थिइनन् । उनी एडिन्वर्गमा जन्मिएर जर्मनको म्युनिक विश्वविद्यालय वनस्पति शास्त्र पढेकी विद्यार्थी हुन् त्यसपछि कोइला खानीमा विशेषज्ञको काम गरिन् । उनले आफ्नी आमाले यौनलाई वेवास्ता गरेको र आफ्नो असफल बिवाहका कारण ३६ वर्षको उमेरमा उनले यौनलाई एउटा शैक्षिक विषयको रुपमा अध्ययन गर्ने एउटा प्रश्न-ूकिन धनी पुरुष र महिलाले मात्र संभोगको आनन्द उठाउँछन् ू को उत्तर खोज्ने निश्चय गरिन् ।
-बिसौँ शताब्दीको शुरुसम्म ूसम्पूर्ण महिलाले पनि यौन सम्पर्कको मजा लिन र उत्तेजनामा आउन पाउनु पर्छू भन्ने कुरा प्रतिबन्ध थियो । यसलाई उनले आफ्नो नारा बनाएर अघि बढिन् र संसारलाई हल्लाइदिइन् । त्यसपछि यससँग सम्बन्धित मेरि स्टोप्सले गर्भ निरोध सम्बन्धी सिद्धान्तका ूम्यारिड लभ र ब्वाइज प्यारेन्टहुडू दुई पुस्तक लेखिन् तर प्रकाशनका लागि अमेरिकामा प्रतिबन्ध गरिए । र इङ्ग्ल्याण्डमा जोड्दा आलोचना भए पनि छापिए र संसारभरि भारी संख्यामा बिक्री भए ।
-अहिले मेरि स्टोप्स क्लिनिकहरु संसारभर खुलेका छन् ।
यसले उनको नारा मुताविक महिलाहरुले यौनानन्द लिइरहेका छन् । यदि यो संस्था नहुँदो थियो भने गाउँ शहरका कति महिला-युवतीहरु चरित्रका सिकार बनिरहेका र समाज विकृतयुक्त बनिरहेको हुने थियो । मेरि स्टोप्स क्लिनिकलाई हाम्रो देशमा गर्भ निरोध गर्ने एउटा आधिकारिक संस्था घोषित गरिदिएको छ उनको नाममा ।
3. हिन्दीमा एउटा चुट्किला छ- पत्नी अपने पति सेः रातको घरमे चोर और मुझे चुम कर चला गया । पति घवरा करः तुम ने उसे रोका क्यौँ नही पत्नी ः मै ने बहुत रोका पर उस ने कहा कि अभि जाने दो कल फिर आउँगा ।
-हाम्रो विचार र मनले पनि चोरलाई पालेको एउटा उपर्युक्त चुट्किला । जसलाई आनन्दको आत्मसन्तोष हुँदैन उसले बाहिरी कामुक चोरहरु पाल्दारहेछन् पुरुष हो वा स्त्री । आफैमा सधैँ त कहा चरम आनन्द भै राख्छ होला र । र समाजले नै के आफै यस्तो वातावरण सृजना गरिदिन्छ कि कसो
4. एउटा स्याल थियो । जसको भोजन उसको मालिक ईश्वरले आफै जुटाइदिन्थ्यो । उसलाई भोजनको सिकारको कुनै चिन्ता थिएन । धेरै वर्ष पछि स्याल घोर्ले भयो वयस्क र उमेरदार भयो । एक दिन उसको मालिकलाई त्यो स्याललाई एक छाक भोजन उपलब्ध नगराउँदा कसो गर्दोरहेछ - हेर्न मन लागेछ । सधैँ बिहान ८ बजे भोजन सिकार आफै आइपुग्ने आज आएन स्याल छक्क पर् यो । दिउँसो ११ बज्यो उसलाई निक्कै भोक लागिसक्यो भोजन आएन छटपटकाउन थाल्यो । यताउती हेर्छ उप्रुन्छ बस्छ भोजन आएन । दिउँसो २ बज्यो भोक खप्न नसकेर सिकार गर्न खरायो देख्यो र लखेट्न थाल्यो । २ घण्टा लखेट्दा पनि भेट्टाउन सकेन खरायो कान्ला परतिर आझेल पर् यो र लुक्यो । यो स्याल भने गलेर लखतरान भयो भोक बढेर उस्तैै छ । र थचक्क बस्यो । खरायोले अब स्याल के गर्दैछ हेर्न चिहाएछ । त्यो बेला दुवैको आँखा जुधे । अनि स्यालले खरायोलाई सोधेछ- ए खराया तलाई मैले किन भेटेर सिकार गर्न सकिन खरायोले ः स्याल दाई तिमी एक छाक भोजनका लागि थियौ भने म मेरो जीवनका लागि भाग्दै थिए । त्यसकारण हो भनिदिएछ ।

दमकदेखि काठमाण्डौ काठमाण्डौ देखि दमकसम्म - यात्रा स्मरण

सुमित्रा बाङ्देल "चेली"
त्यसपछि श्री हृदयरत्न बज्राचार्य ज्यूले कार्यक्रमको औचित्य दमक बहुमुखी क्याम्पसको कि्रयाकलाप सस्रती स्लाइड मार्पुत देखाउनु भयो । यो परियोजना सन् २००७ बाट सामुदायिक क्याम्पसहरुमा लागू भएको अन्य क्याम्पसहरु पनि त्तब्ब् प्राप्त गर्ने उपक्रममा जुटेको कुरो प्रकाश पार्नुभयो स्मरण रहोस् उक्त समारोहमा अन्य सामुदायिक क्याम्पसहरुको प्रतिनिधिहरुको उपस्थिति थियो ।
त्यसपछि दमक बहुमुखी क्याम्पसलाई सम्मान तथा सर्टिफिकेट प्रदान गर्ने कार्यक्रम रह्यो । दमक बहुमुखी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष श्री सुरेश सुब्बा ज्यूलाई माननीय लिला भण्डारी ज्यूको बाहुलीबाट सम्मान तथा सर्टिफिकेट प्रदान गरियो । तालीको गडगडाहट क्यामेराका झल्याक-झुलुकले उक्त गरिमामय सभा एउटा उत्सव जस्तो देखियो । दमक बहुमुखी क्याम्पसले त्यो गरिमामय सभामा अन्तर्राष्ट्रिय मापदण्डको मान्यता ग्रहण गरिरहँदा हामी सबैको गर्वले शीर ठडियो भने जिम्मेवारीले अझ थिचेको महसुस पनि गरियो । व्यवस्थापन समितिका अध्यक्ष ज्यूले आफूहरुमा अझ धेरै जिम्मेवारी बोध भएको भविष्यमा पनि यस्तै साथ र सहयोगको अपेक्षा रहेको मन्तव्य प्रकट गर्नुभयो । वहाँको मन्तव्य पछि दमक बहुमुखी क्याम्पसका तर्पुबाट प्रतिबद्धतापत्र दमक बहुमुखी क्याम्पस प्रमुख श्री सन्तकुमार भगत ज्यूबाट वाचन गरी उपाध्यक्ष श्री भिमसेन अधिकारी ज्यूका बाहुलीबाट हस्तान्तरण गरियो ।
त्यसपछि प्रमुख अतिथि शिक्षामन्त्री माननीय श्री लीला भण्डारी ज्यूले मन्तव्य साथै दमक बहुमुखी क्याम्पसको अवलोकन आश्वासन तथा दमक बहुमुखी क्याम्पसले त्तब्ब् प्राप्त गरेकोमा बधाई साथै उत्तरोत्तर प्रगतिको शुभकामना राख्नुभयो । त्यसपछि सभाका सभाध्यक्ष प्रा।डा। श्री गणेशमान गुरुङ ज्यूको छोटो मन्तव्य साथ उक्त सभाको प्रथमसत्रको समापन र दोस्रोसत्र शुरुवातको घोषणा पछि चियापानको कार्यक्रम शुरु भयो । हामी रमिता हेर्दै गलैँचा ओछ्याए जस्तो दुवोको चौरमा न्यानो घाम ताप्दै नास्ता खान थाल्यौँ । भवनको वरीपरि लहरै रातै अत्यन्तै आकर्षक लालुपाते ढकमक्क फुलेको शान्त र सफा वातावरण हेरी रहुँ बसी रहुँ झै आनन्द आउने रहेछ । हामी समूहगत फोटो खिचाएर विदा माग्दै गेट बाहिर अलि पर पार्क गरेको बस कुर्दै उभियौँ । म समूहमा हिडेको मान्छे समूह मै हिँडौ बसौँ भन्ने मानसिकतामा रहेकीले बस कुर्दै छोरा काठमाण्डौमा अध्ययनरतलाई फोन गरे । छोराले ूआमा ! म पनि सानोठिमी प।नि।sा। मा काम परेकाले आएको छु । काम सकिनै लाग्योू भन्दा म एकप्रकारको आश्चर्यमिश्रित आनन्दले भरिए । ल छिटो आऊ भने नभन्दै ५ मिनेटमा आइपुग्यो हामी सबै बस चढेर गौशाला तर्पु लाग्यौँ । २ः३० मा गौशाला नक्षत्र होटलमा पुगियो । हामी महिला साथीहरु आपसमा सल्लाह गर् यौँ । काठमाण्डौको चिसो तातो पानीको अभाव नबसौँ भन्ने निचोड निकाल्यौँ । त्यसपछि बबिता जी आफ्नो आफन्तकहाँ राधिका गुरुमा आफ्नो घर सरस्वतीनगर म छोरासँग छोराको डेरामा सबैसँग विदा मागेर निर्धारित समयमा उपयुक्त ठाउँमा उपस्थिति हुने प्रतिबद्धताका साथ विदा भइयो । गौशालाबाट माइक्रो चढेर आधा घण्टामा लगनखेल महालक्ष्मीस्थान पुगेर छोरीज्वाईँ छोरासँग रमाईलो साथ रात काटी निर्धारित समयमा चक्रपथमा गाडी कुर्न लागे । निर्धारित समयमा बस आइपुगेकाले छोरा र ज्वाइँसँग विदा मागी बस चढेँ । मेरो निर्धारित सहयात्री राधिका गुरुमा बसको प्रुन्टसिटमा बस्नुभएको रहॆछ । वहाँसँगै महेन्द्र गुरागाई सरको बारेमा चर्चा गर्न थाल्यौँ । ूवहाँलाई कस्तो भयो होला यात्रामा हुँदा त्यस्तो घटना घट्यो । मेरी बुबा खस्दा झण्डै रोएर मरे ।ू भन्नु भो । यस्तै गनथन गर्दागर्दै बस यातायात अगाडि पुग्यो । ट्राफिकले इशारा गरेर रोक्यो र बस चालकसँग कागजात मागेर हेर्न थाल्यो । बस रोकेर गुरुजी ओर्लनु भो खै के विवाद भो कुन्नी निक्कै चर्का चर्की पर् यो । सबै सरहरु ओर्लेर भनसुन गर्न लाग्नु भो । ट्राफिक कागजात बोकेर एकान्त कुनातिर उकालो लाग्यो । गुरुजीले बस स्टार्ट गर्नु भो र उभो मोड्नु भयो । जावलाखेल तिर त्यहाँ ट्राफिक अफिस रहेछ । सरहरु सबै गएर अफिसमा खै के-कॆ भनुसुन गर्नुभो हामी सुन्तला किन्न थाल्यौँ । किनी नसक्दै लौ ! चढौँ ! चढौँ ! भन्ने आवाज आएकोले हतार-हतार बस चढेर चक्रपथमा आइपुग्यो । चिया नास्ताको कुरा सँगै बस रोकियो । राधिका गुरुमाले भन्नु भो सुमित्रा जी ! मेरो पस्र खसेछ । हामी सुन्तलाको पोका लुगाको ब्याग ब्याग खंगालेर हेर्न थाल्यौँ । ूहुन्दीनुस । हराएछू भन्नुभो ।ू मलाई चित्तै बुझेन । सोधे ूगुरुमा कति पैसा थियो ू ूधेरै थिएन पन्ध्रसय जति थियो ब्तः ऋबचम पनि थियो ।ू मैले भने गुरुमा ूपक्कै सुन्तला किन्दा छाड्नु भयो । त्यहीँ जाऔँ ।ू गुरुमाले लौन त जाऔँ । मैले त माया पनि मारिसके । हराएको कुरा भेटिदैँन पनि भन्दै समूहमा कसैलाई नभनी एकछिन है भन्दै उकालो कुद्यौँ । हिडेर जान निक्के दुरी रहेकाले बाटैमा एउटा ट्याक्सी रोकेर चढ्यौँ । सुन्तला व्यापारी तराई मूलका व्यक्तिलाई सोधपुछ गर् यौँ । ूयहाँ छोड्नु भएन बाटोमा खसाउनु भयो होलाू भन्यो । हामी तु त्यहीँ ट्याक्सी चढेर बस नजिक आइपुग्दा सरहरु निकै आक्रोशित मुद्रामा एकगोलो भएर उभिनु भएको रहेछ । ट्याक्सीलाई १०० बुझाएर चुपचाप बसमा चढ्यौँ । बस्ने सिटको मुनी पस्र उत्तानो फर्केर हामीलाई गिज्याइरहेको देख्दा हुनसम्म हाँसो उठ्यो । तर हामीले कसैलाई यो यथार्थ बताएनौँ । समूहमा कसैले ट्याक्सी चढेर म्याडमहरु सुन्तला किन्न जानु भो भन्ने लख पनि काट्नु भएछ । हामी चुपचाप बस्यौँ । सोँच्यौ कति कुरा नभनेरै मिठा-मिठा-मिठा हुन्छन् । सबै जनाको "अुखामा"कहाँ हराएको" भन्ने कौतुहलतापुर्ण प्रश्न झल्किएता पनि हामीले यस विषयमा मौनधारणा गर् यौँ । बाटामा"गुरुमा यो रहस्य त गोप्य नरहने भयो नि यात्रा स्मरण लेख्दा यो उल्लेख गरिएन भने एउटा लेखकको धर्म कहाँ रहन्छ र"यो लेख्नु न लेख्नु तर यहाँ चाहीँ रहस्य नै रहोस् ।"

शान्ति प्रकि्रयामा अर्को फड्को - दोस्रो लेख

प्रविण बानिया
मुलुकको जारी शान्ति प्रकि्रयामा माओवादी लडाकुहरुको समायोजन तथा पुर्नःस्थापनाको विषय सबैभन्दा पेचिलो र जटिल मुद्धा हो । शान्ति प्रकि्रया शुरु भएको यति लामो समय बितिसक्दा पनि माओवादी लडाकुहरुको मुद्धाले निकास नपाउदा सिङ्गो शान्ति प्रकि्रयाको हलो अड्किए सरह सावित हुँदै आएको थियो । तर प्रमुख दलहरु बीच पछिल्लो पटक बनेको सातबुँदे सहमतिले लामो समयदेखि अवरुद्ध शान्ति प्रकि्रयालाई एउटा गति र दिशामा उभ्याएको सही हो । खास गरी माओवादी लडाकु समायोजन तथा पुर्नःस्थापनाको विषयले निकास पाउने सङ्केत देखिदैं गर्दा उक्त सातबुँदे सहमतिलाई धेरैले ुऐतिहासिक उपलब्धीकाु रुपमा व्याख्या गरे । सरकारको विशेष समितिले लडाकुहरुको पुर्नवर्गीकरणको काम सकेको महिनौ बितिसक्दा पनि थप प्रकि्रया अघि बढ्न नसक्दै गर्दा त्यसमा सन्देह पैदा हुँदै थियो । तर समायोजनमा जाने लडाकुहरुको संख्यालाई हाललाई एकाछेउमा राखेर स्वेच्छिक अवकास रोजेर पुर्नस्थापनाका जान चाहाने लडाकुहरुका विषयमा आर्थिक प्याकेज दिएर बाटो खुला गिरंदा शान्ति प्रकि्रयाले पुनः अर्काे एउटा महत्वपूण फड्को मारेको छ ।
स्वेच्छिक अवकास रोजका माओवादी लडाकुहरुको विदाइ प्रकि्रया ढिलै गरी शुरु भएको छ । यसले पनि शान्ति प्रकि्रयामा राम्रै सङ्केत देखाएको छ । एक साता अघिदेखि सुरु भएको लडाकुहरुको विदाइ प्रकि्रया अन्तिम चरणमा पुगेको छ । चेक हस्तानतरण कार्यक्रम सकिएपछि माघ मशान्तसम्ममा एक विशेष विदाइ समारोहको आयोजना गरी विदाइ प्रकि्रयालाई औपचारिक रुपमा नै सिध्याउने सेना समायोजन पुनःस्थापना तथा रेखदेख विशेष समितिको तयारी छ । पहिलो चरणमा पुर्नस्थापनामा जान चाहाने लडाकुहरुले पाउने जम्मा रकमको आधा रकमको चेक र बाटो खर्च नगदै दिएर विदाइ गरिदैंछ । यसरी अन्योल र विमतिका बीचबाट स्वेच्छिक अवकास रोजेका लडाकुहरुलाई विदाइ गरिँदा अवरुद्ध शान्ति प्रकि्रयाले थप गति लिएको पुष्टि हुन्छ । लडाकुहरुको पुर्नवर्गीकरण सकिए लगत्तै हुनुपर्ने विदाइ गरिनुपर्नेमा करिब एक महिना ढिलो गरी अवकास रोजेका लडाकुहरुलाई शिविरबाट विदाइ गरिनु समग्र शान्ति प्रकि्रयाका लागि अर्थपूर्ण छ । यद्यपी घाइते तथा अशक्त लडाकुहरुको विषयमा विशेष राहत र थप नयाँ योजनाको खोजी गर्ने र निकास निकाल्ने विषयमा सम्बन्धित पक्षहरुमा सायदै विमति नरहला । यो मुद्धालाई ठूलो र विवादित बनाइनु हुँदैन ।
दलीय विवाद र शक्ति निर्माणको चेपुवामा परेको शान्ति प्रकि्रया एक कदम अघि बढ्दै गर्दा बाँकी जटिलताहरु फुक्दै गएकोतर्फ सङ्केत मिल्दछ । यद्यपी अझै पनि यहाँको राजनीतिक परिवेशमा अनेक आशङ्काहरु देखिन छाडेको छैन । सातबुँदे सहमतिले निकास दिएको सेना समायोजन तथा पुर्नस्थापनाको मुद्धाले किनार पाउनु भनेको सिङ्गो शान्ति प्रकि्रया लगभग निष्कर्षतिर लम्किनु हो । तसर्थ पनि स्वेच्छिक अवकास रोजेका लडाकुहरुको विदाइ तथा दीर्घकालिन व्यावस्थापनलाई थप प्रभावकारी बनाउन माओवादी र सरकारको विशेष समिति दुवै उत्तिकै जिम्मेवार हुन आवश्यक देखिन्छ । जुन सहमति र अपेक्षाका साथ स्वेच्छिक अवकास रोजेका लडाकुहरुलाई ुगोल्डेन ह्यान्डसेकु दिएर विदाइ गरिदैंछ त्यसले अब समायोजन रोजेका लडाकुहरुको अल्झनलाई अघि बढाउन पनि नैतिक दबाव सिर्जना गरिदिएको छ । त्यसो त दलहरुलाई अबको कार्यभार यसैलाई प्रधान बनाउनुपर्नेमा आवश्यकता आत्मासाथ गर्न ढिलाइ गरिन हुँदैन । तसर्थ सेना समायोजनको कार्य अबको सबैभन्दा प्रधान र जटिल कार्य हो राजनीतिक दलहरु यतातर्फ गम्भीर हुन आवश्यक छ ।
इलामको चुलाचुली सिन्धुलीको दुधौली चितवनको शक्तिखोर नवलपरासीको झ्याल्टुङ रोल्पाको दहवन कैलालीको मुसुरिया तथा सुर्खेतको दशरथपुरस्थित मुख्य सात शिविर र २१ साहयक शिविरमा रहेका जम्मा ७ हजार ३ सय ६५ लडाकुले स्वेच्छिक अवकास मार्फत विदाइ लिदैंछन् । स्वेच्छिक अवकास रोजेका लडाकुहरुले समाजमा पुर्नस्थापनाका लागि तह अनुसार पाँचदेखि आठ लाखसम्म रकम प्राप्त गर्दैछन् । यतिबेला स्वेच्छिक अवकास रोजेका लडाकुहरुलाई विदाइ गर्दा मात्रै ठूलै जटिलता फुकेको मान्ने अवस्था छैन् । अब चर्काे विमती असमझादारी र अन्योलका बीचबाट समायोजन रोजेका लडाकुहरुलाई सफल समायोजनामा लैजाने जटिल काम सामुन्नेमा खडा छ । सेना समायोजन गर्दा कति संख्यामा गर्ने भन्नेमा नै प्रमुख दलहरु एकमत नभएको अवस्थामा अब ठूलै अल्झन पैदा गर्ने निश्चित छ । सातबुँदे सहमतिमा सहमति भए अनुसार ६ हजा ५ सय लडाकुहरुलाई समायोजनमा लैजाने सहाति बनेको छ । तर लडाकुहरुको पुर्नवर्गीकरणका क्रममा समायोजन रोज्ने लगडाकुरुको संख्या बढेपछि नयाँ समस्या उत्पन्न भएको छ । अब यस विषयमा माओवादी र अन्य दलहरुले कस्तो निकास निकाल्छन् अथवा सिर्जना हुने राजनीतिक सहमतिले पनि अबको शान्ति प्रकि्रयाको दिशालाई तय गरिदिने छ ।
स्वेच्छिक अवसका रोजका लडाकुहरुको विदाइले शान्ति प्रकि्रयालाई निष्कर्षतर्फको दिशामा लगेको छ । दलीय असहमति र विमतिका बीचमा यसले एउटा सुखद् अनुभूति पनि गराएको छ । उसो त शान्ति तथा नयाँ संविधान लेखनको कार्यलाई सफल अवतरण गराउने सन्दर्भमा सबैभन्दा पेचिलो र जटिल मानिएको शान्ति प्रकि्रया साँचो अर्थमा टुङ्गिदासम्म अरु थुप्रै जटिलताहरु फुकेर जानेमा प्रशस्तै आशङ्काहरु छैन् । कम्तिमा पनि राजनीतकि दलहरु बीच विश्वासको भरपर्दाे वातावरण बन्ने हो भने बाँकी रहेका असहजता र जटिलताहरु सहजै सल्टिनेमा कुनै पनि शङ्का छैन । त्यसका लागि प्रमुख तीन दलहरु आपसी विश्वासको वातावरण बनाएर शान्ति प्रकि्रया र नयाँ संविधान लेखनको कार्यले सार्थकता नपाउँदासम्म सरकारको नेतृत्वलाई यथास्थितीम छोडेर लाग्ने हो लगभग निष्कर्षतिर उन्मुख शान्ति प्रकि्रयामा उल्लेख्य उपलब्धी हात पर्ने निश्चित छ । राज्य पुनःसंरचनाको सवाल र राज्यको शासकीय स्वरुपको विवाद यथाशक्य चाँडो गरी मिलाउनेतर्फ लाग्ने र सहमति बन्ने हो भने अहिले पनि जेठ १४ सम्ममा नयाँ संविधान जारी हुने सम्भावना कायमै छ । यद्यपी त्यसका लागि राजीतिक दलहरु इमान्दारी र गम्भीर हुन नसक्ने हो भने त्यो धेरै टाढाको कुरा हो ।
यतिबेला स्वेच्छिक अवसका रोजेका लडाकुहरुको विदाइले अब समायेजनामा रोजेका लडाकुहरुको पाटोलाई प्रमुख आकर्षणको केन्द्र बनाएको छ । अर्थात अब सबैको ध्यान समायोजन कसरी र कहिलेसम्म हुन्छ भन्नेतर्फ केन्द्रित हुँदैछ । यो सन्दर्भमा लडाकु समायोजनको कार्यले लिने गति र ग्रहण गर्ने दिशाले पनि अबको शान्ति प्रकि्रयाको भविष्यलाई प्रायः निश्चित गर्ने देखिन्छ । सातबुँदे सहमति मार्फत भएको समायोजनको संख्यामा अन्य दलहरु थोरै लचक हुने हो भने त्यो पनि समस्याको विषय बन्दैन । तर विपक्षाी दलहरु ६ हजार ५ पाँच सय भन्दा बढि संख्यामा समायोजनमा लैजान नसकिने अडानमा कायमै रहने हो भने त्यसलै फेरि अघि बढेको शान्ति प्रकि्रयालाई अवरुद्ध गर्ने निश्चित नै छ । यो घडिमा अब प्रतिपक्षी दलहरुले कतिसम्मको जिम्मेवारीता र गम्भीरता देखाउन सक्छन् त्यसैले अबको बाटो तय गरिदिनेछ । नयाँ संविधान लेखनको कार्य लगभग टुङ्गोमा पुगिसकेकाले बाँकी रहेका केहि जटिल विवादहरुउपर निकास खोजेर जाने हो भने बाँकी शान्ति प्रकि्रया निरन्तर अघि बढ्ने सम्भावना प्रशस्तै देखिन्छ । तसर्थ लडाकु विदाइको उपलब्धीलाई उर्जाका रुपमा लिदैं समायोजनको कार्यलाई पनि सहमतिकै आधारमा अघि बढाउन सक्नुपर्दछ । विदाइ प्रकि्रया समग्र शान्ति प्रकि्रयाका लागि एउटा महत्वपूर्ण फड्को भएकाले यसको अर्थ र महत्वलाई आत्मासाथ गर्दै अब राजनीतिक दलहरुले इमान्दारी र गम्भीरताका साथ अग्रगामी दिशामा उभिने इच्छा राख्नुपर्दछ ।


सिद्धान्तको खोलभित्र स्वार्थ - पहिलो लेख

नरपति पाण्डे
असल समाजको निर्माण गर्न विभिन्न कालखण्डमा राजनीतिक परिवर्तनहरु भएका छन् । व्यक्ति समाज र देशको समग्र प्रगतिका लागि राजनीतिले नै सम्बोधन गर्ने गर्दछ । शोषण नभएको समाज निर्माण गर्न प्रजातान्त्रिक आन्दोलन र जनवादी आन्दोलनको चर्को रुप नेपालले खेप्दै आएको छ । हुन पनि नेपालमा अधिकारको शोषण भएको थियो । संस्कृतिको शोषण भएको थियो । आस्था र विचारको शोषण भएकेा थियो । श्रम र पसिनाको शोषण भएको थियो । त्याग र बलिदानको शोषण भएको थियो । सेवा र समर्पणको शोषण भएको थियो । शोषणकर्ता अभियुक्तहरु को थिए त नाफाखोरी व्यापारीहरु र तिनीहरुलाई सुरक्षा गर्ने भ्रष्ट शासन संयन्त्र । फरियावादी र स्वेच्छाचारी एकदलीयहरु । ओठे प्रजातन्त्रवादी र मनचित्तमा शक्तिका लोभीहरु । भाषण र आश्वासनहरुमा ुश्रमजीविु भन्ने व्यवहारमा ूधन र गनू लाई माया गर्नेहरु । यो प्रवृतिगत व्यवहारले कस्तो असल समाज निर्माण हन्छ प्रश्न जिउँदै छ ।
समाजलाई ब्यारेकमा राखेर शासन गर्ने चेतनाले ुअसल समाजु बन्न सक्तैन । चाहिने वर्गको राजनीतिक आवश्यकता अर्काले कोच्याएर स्थायीत्व हुँदैन । व्यक्तिको विकास नभइकन समूहको विकास सम्भव नै छैन । समूहको विकासबाट मात्रै सामाजिक एकता निर्माण हुन्छ । सामाजिक एकता रष्ट्रिय एकताका पूर्वाधार हो । समाजभित्रको विविधतालाई खण्डित गरेर रष्ट्रियताको गफ पनि स्वार्थभित्र कै एउटा सोपान हो । िहंसा सबै मानवीय व्यवहारहरुलाई पक्षघात गर्ने अमानवीय चरित्र हो । िहंसाको आडमा हुर्केको राजनीतिक प्रपाचले अरुलाई पनि सिकाउने धरोहर बन्न सक्छ । जो आज मुलुकमा विकसित भैसकेको छ । यो दीर्घ रोग बन्दै गएको छ । विश्वका दंगाग्रस्त मुलुकहरुको अवस्था देखिदेखि हाम्रो मुलुकमा पनि सल्काइयो ।
माक्स्रवादी दृष्टिकोण अनुसार राज्य भनेको वर्गीय हुन्छ । माक्स्रवाद उपद्रव वितण्डताका दर्शन होइन । ूसमृद्ध र सभ्य समाजका लागी माक्स्रवादू हो भने समाज निर्माणका अभियन्ता श्रमजीवी तथा यसका सहयोगी वर्गहरुलाई अपच हुने राजनीतिक गाजागोल किन सुशासन र समृद्धिको चिन्ता नभएका हठवादी पूर्वाग्रहीहरु एक्कासौं शताब्दीका सैद्धान्तिक स्वाँठहरुमा गनिदैनन् र जस्लाई शान्ति समानता भातृत्व भाइचारा सहनशीलता सिर्जनशीलता सहिष्णुता आदि व्यवहारहरु पाच्य हुँदैन । यसैमा त व्यवहार र प्रवृतिमा फरक आईरहेको छ । बोलीको अनुवाद स्वभाव र प्रवृतिमा हुन सकेन भने ुमाक्स्रवादु होइन ुशकुनीवादु मा रुपान्तरण हुन्छ ।
जनताको सेवा र उनीहरुसँगको घनिष्ठतामा राजनीतिको शक्ति निहित हुन्छ । कल्याणकारी कामहरुले नागरिकहरुको सेवा गरिन्छ । अविरल र अविच्छिन्न कल्याणकारी काम क्रान्तिकारी रुपान्तरणको बलियो आधार हो । जनता र मुलुकका लागी हित हुने काम विविध वैचारिक पक्षहरुसँगको तीव्र प्रतिस्पर्धा र सशक्त पहलकदमीको एउटा स्थायी मार्ग हो । नियन्त्रण दमन र िहंसात्मक उपद्रवले क्षणभरलाई न्यानोभूति हुन्छ । सेवा बिनाको संघर्ष र युद्ध भनेको बिना बत्तीको अँध्यारोमा गुड्ने गाडी हो । पहलकदमी र प्रतिस्पर्धाको बाटो बिराइ बिब्ल्याँटो मार्ग हिड्ने शक्तिहरु तानाशाही र अधिनायक चरित्रका हुन्छन् ।
परिवर्तन यातना होइन । आज नागरिकहरले राज्य र शक्तिशाली राजनीतिक नेतृत्वहरुबाट यातना पाइरहेका छन् । राजनीतिक अस्थीरता अशान्ति मह¨ी बत्तीहीनता इन्धन अभाव महिला िहंसा बिपन्नहरुकेा बिचल्नी कानुनहीनता दण्डहीनता असुरक्षा नागरिकहरुले भोगिरहेका यातनाहरु हुन् । खुशी जीवनका लागी नागरिकहरुले राजनीतिक दलहरुलाई अद्वितिय गुन लगाएका थिए । तर दलहरुले त्यो पैंचो तिर्न सकेका छैनन् । बरु दलहरु भित्रै रस्साकस्सी चुलिएको छ। अझ सम्पूर्ण समस्याहरुको समाधान गर्ने क्रान्तिकारी आशाहरु बाँड्ने एमाओवादीभित्रको घम्साघम्सी कति रुखो छ । घर फर्कन लागेका शान्तिपि्रय लडाकुहरुलाई राज्यले सहानुभूति स्वरुप दिएको नगद लुटालुटको सनसनी खबर र दृष्यले बिगतको अभियानलाई स्वार्थको घटनासँग चर्चा हुन थालेको छ । यस्ता प्रवृतिहरुले माक्स्रवादलाई उजल्याउँछ कि खुइल्याउँछ अनि यो आस्था प्रति तृष्णा जाग्दछ कि बितृष्णा माक्स्रको समृद्ध र सभ्य समाज निर्माणको परिकल्पनालाई मिथ्या बनाउन यि घटनाहरुले आलोचकहरुलाई प्रमाणहरु जुटाइ दिदैछन् । सिद्धान्तको खोलभित्र स्वार्थका रसिला फलहरु नेतृत्व र अगुवाहरुलाई झरिरहेको छ ।
navinnp35@gmail.com

केही सिक्नै पर्छ-सम्पादकीय

नेपाली शान र गौरव विरलै उचो हुने गरेको छ । उसो त नेपाली समाजले युगौँ देखि गीत घन्काउँदै आएका छन्-यो नेपाली शीर उचाली संसारमा लम्कन्छ जुनकिरी झैँ ज्योति बाली अन्धकारमा चम्कन्छ…ू
यतिबेला एउटा विशेष कारणले नेपाली शीर उचो भएको छ । यद्यपि राष्ट्रलाइई यो गौरबको गुाजायस छ÷छैन फरक विषय बन्न सक्छ । हाम्रो राष्ट्र भ्रष्टाचार गरीबी अराजकता कानुनी राज्यका प्रचलित ऐन कानुन उल्लंघन गर्ने कार्यमा विश्वकै कहलिँदो सूचिमा छ । नेपालका जनताको दैनिक आम्दानीको कयौँ गुणा बढी श्रण छ मुलुकलाई । अस्थिरता अराजकता दण्डहिनताले नेपाली समाजको गला रेटिएको थिचिएको र मुख थुनिएको छ । एकोहोरो प्रताडन र दबाव सहेर हिजो संसार थर्काउने वीर विरता र पराक्रम गोर्खालको सम्बोधन पाएको मुलुक आज निरीह जनताहरुले पटक-पटक मर्दै बाँचिरहेको मुलुक बनेको छ । हिजो वुद्ध जन्मिएको मुलुकमा आज अशान्ति र अराजकाले जरा गाढेको छ । तथापि यस्तै बीच नेपाल र नेपालीका छाति चौडा हुने गद् उचो हुने कार्यहरु भइरहेको छन् । मुलुकका राजनीतिक खेलाडीहरु प्रत्येक चामा असफल बनिरहेका अवस्थामा नेपालका खेलकुद क्षेत्रका असली खेलाडीहरुले मुलुकको इज्जत थाम्ने र गरिमा बढाउने कार्य गर्दै आएका छन् । यो युगौँ देखि सुरक्षित र इतिहासमा थपिदैँ आएको बलियॊ इट्टा हो स्वाभिमानी नेपाली जनताका लागि ।
शुक्रबार साँझ पराई भूमिमा नेपाली चेलीहरुले एसीसी कि्रकेट महिल १९ वर्ष मुनिका समूहको फाइनल उपाधि उचालिरहँदा एसियामै नेपालको गौरब उचालियो । प्रत्यके २ करोड ८० लाख नेपालीलाई दम्भ र घमण्ड जाग्यो । वास्तवमा यो स्वाभाविक थियो । एसीसी कि्रकेटको थालनी देखि निरन्तर तीन पटक सम्म नेपाली विजयी बन्दै ह्याटि्रक सहितको किर्तिमान राखिरहँदा यो कार्य सम्पूर्ण राष्ट्रप्रेमी नेपालीहरुका लागि गौरबको विषय हो । नेपालका महिला कि्रकेटरहरु यस किर्तिमानका लागिधन्य हुनेछन् । उनीहरुको मेहनतले देखाएको रङ्ग सिङ्गो मुलुक र सबै पक्षका लागि प्रेरणाको स्रोत बन्न सके त्यो मुलुकलाई समृद्धि तर्फ अघि बढाउन सहोगी बन्ने निश्चित छ ।
नेपाली समाज राज्य राजनीतिक आर्थिक र अन्य पक्षले नेपाली महिला कि्रकेटरहरुको एकताको प्रयास र सफलताको पाठबाट के सन्देश प्राप्त गर्छन् यो पनि महत्वपूर्ण हुने निश्चित छ ।

आदिवासी जनजनति सांस्कृतिक महोत्सव आज समापन हुदै

पिपुल्स टाइम्स समाचार
दमक, माघ २८ २०६८/  १४ दिनदेखि जारी आदिवासी जनजाति सांस्कृतिक महोत्सव आज शनिबार समापन हुँदैछ । आदिवासी जनजाति महासंघ दमक नगर समन्वय परिषदको मूख्य आयोजनामा गत माघ १४ गतेदेखि सुरु भएको महोत्सव पूर्व निर्धारित १२ दिनको कार्यक्रममा २ दिन थप गरी १४ औँ दिन आज समापन गर्ने कार्यक्रम तय भएको हो ।
महोत्सव अवलोकनकर्ताहरुको उत्साहजनक सहभागिता र मागका कारण आयोजक समितिले २ दिन म्याद थप गरेको थियो । गृहमन्त्री बिजयकुमार गच्छदारले उदघाटन गरेको महोत्सवको आज हुने समापन कार्यक्रममा भने गृहराज्यमन्त्री भीमराज राजवंशीको प्रमुख आतिथ्यता रहने आयोजक समितिले जनाएको छ । महोत्सव समापनका अवसरमा विभिन्न क्षेत्रमा लामो समयदेखि योगदान पुर् याउँदै आएका १० जनालाई सम्मान गर्ने कार्यक्रम समेत तय भएको छ ।
महोत्सव सूचना केन्द्रका संयोजक मनकुमार गदालले दिएको जानकारी अनुसार सम्मानित गरिनेहरुमा झापाका अग्रज पत्रकार गाजबहादुर दाहाल बेलायत सरकारको सम्मानित युद्धपदक भिक्टोरिया क्रस बिजेता रामबहादुर बेघा सामाजिक अगुवा तथा किरात याक्खा छुम्मा झापाका अध्यक्ष हरिलाल देवान दमक नगरपालिकाका पूर्व प्रधानपाच धनबहादुर श्रेष्ठ र सांस्कृतिक अगुवा कृष्णकुमारी राई शिक्षा क्षेत्रका अगुवाहरु छविलाल शर्मा सिटौला रामदेव शर्मा र बालाकाजी थापा मगर रहेका छन ।
विभिन्न १३ आदिवासी जनजातिका नमुना घर सहित सांस्कृतिक महत्व राख्ने तथा परम्परागत झल्किने सामग्रीहरु प्रदर्शनीमा राखिएका थिए । हरेक दिन महोत्सव अवधिभर किराँतजन्य लिम्बु राई याक्खा सहित तामाङ गुरुङ नेवारी राजवंशी धिमाल सन्थाल कुमाल भुजेल माझी मगर समुदायका सांस्कृतिक नृत्यहरु प्रस्तुत गरिएका थिए ।
महोत्सवमा प्रदर्शनीका लागि राखिएका मध्ये माझी र गुरुङ जातिको नमुना घरलाई ललितकला प्रज्ञा प्रतिष्ठानले सम्मान गरेको थियो । सांस्कृतिक गायन तथा नृत्यहरुका अतिरिक्त राष्ट्रिय कलाकारहरु पल्पसा डंगोल ुचम्सुरीु र अंशु महर्जन ुहात्तीु बद्री पंगेनी शीला आले सत्यराज आचार्य स्वरुपराज आचार्य सीतल र शिवानी मोक्तान दीपक लिम्बु प्रमोद खरेल जितु नेपाल कुँवेर राई राजेश हमाल राजेश पायल राई सिताराम कट्टेल ुधुर्मुसु कुन्जना घिमिरे ुसुन्तलीु किरण केसी ुराता मकैु शिवहरी पौडेल ुमुखमा हान्नु जस्तोु केदार घिमिरे ुमाङने बुढाु सुरज चापागाई ुबान्द्रेु लगायतले आफनो प्रस्तुती राखेका थिए ।
महोत्सवमा अत्याधिक राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहे पनि नायिका रेखा थापाले माचमा उभिएर प्रस्तुती नदेखाई सुटुक्क हिडेकोमा दर्शक तथा उनका फयानहरु अझै असन्तुष्ट छन । स्थानीय युवाहरुले रेखा थापाको प्रस्तुती नरहनुका पछाडीको मुख्य कारण आयोजकले खराब मौसम भने पनि चित्तबुझदो जवाफ नआएको गुनासो गरेका छन ।
दमकका युवा मनोज खतिवडाले भने-ुमौसमकै कारण उनको प्रस्तुती रोकिनु नपर्ने हो यसका पछाडिको रहस्य सर्वजनिक हुन आवश्यक छु थापाको प्रस्तुती नरहनुको कारण बारे तीव्र रुपमा अनौपचारिक चर्चा चलेपछि तत्कालै आयोजक समितिले विज्ञप्ति मार्फत प्रतिकूल मौसमका कारण नायिका थापाको प्रस्तुती हुन नसकेको भन्दै सो का बिषयमा दुःख प्रकट गरेको थियो ।
डम्बरले दमकेलीलाई भेटे
ुभेटन मन लाग्छु गाउने गायक डम्बर नेपालीले शुक्रबार दमकका दर्शकहरुलाई भेटेका छन ।
आदिवासी जनजाति सांस्कृतिक महोत्सवमा उनले दर्शकहरुलाई भेटेनन मात्र आफूलाई स्थापित गर्ने आधा दर्जन गीतहरु पनि गाए । दिन ढल्दै जाँदा उनले ुभेटन मन लाग्छु बोलको गीतबाट नै प्रस्तुती शुरु गरेका थिए ।
महोत्सवको आज समापन कार्यक्रममा हाँस्य कलाकार विल्सनविक्रम राईको बिभिन्न प्रस्तुति रहने आयोजकले जनाएको छ ।

अँध्यारो झुपडीका व्यथाहरु

राम प्रधान
मानवीय संरचना बडो विचित्र तरिकाको छ । कोही रोइरहँदा कोही हासी रहन्छन् । कोही रमाइरहँदा कोही पीडामा छटपटाइ रहन्छन् । कतै मरिरहँदा कतै जन्मिरहन्छन् । कसैको उठीबास हुँदा कोही हाँसोको पात्र बनिरहन्छन् । कोही हत्या िहंसामा उदृत हुन्छन् भने कोही हत्या िहंसा महापाप ठान्दछन् । कोही खबौर्ँका मालिक छन् भने कोही लाज छोप्न १ मिटर कपडा पनि किन्न सक्दैनन् । कोही िसंह मर्मरको महल बास बस्छन् भने को नालाको पेटीमा जीवन बिताउँछन् । कोही चौरासी व्याजनको भोजनमा रमाउँछन् भने कोही प्राण धान्नको लागि एक छाक खोले पिउन भेटाउँदैनन् । कोही साधन सुविधा सम्पन्न छन् भने कोही खाली खुट्टाले सडकमा हिँड्न बाध्य छन् । यिनै असमानताहरुको विरुद्धमा मानवीय समवेदनाहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । मानव-मानवहरुको बीचमा गएका गरिएका असमान दृष्टिकोण व्यवहारहरुले थिचिएका हेपिएका शोषण दमक उत्पीडनमा परेका मानवहरुको समवेदनाशीलताहरुले मानव जीवनमा रुपान्तरण गरिरहेको हुन्छ । समयको बहावसँगै रुपान्तरण चरणहरु पनि आइरहेको हुन्छ ।
तर सबै मानवहरुको जीवनमा परिवर्तनको चरणहरुले आर्थिक सामाजिक सांस्कृतिक रुपान्तरणहरुले कैयौँ अँध्यारो झुपडीहरुलाई छुन सकेको छैन । कैयाँैँ पटक भएका परिवर्तनहरुले उसलाई र उसका झुपडीमा उज्यालो छाएको छैन । त्यो अँध्यारो झुपडीको मान्छे मेहनती छ । फुर्तिलो छ जता बोलायो उतै जान्छ । समाजका भलाद्मी मान्य गन्य व्यक्तिहरुको काम गर्ने साह्रो गाह्रो फुकाई दिने । चाड पर्व भोज भतेर बिवाह व्रतबन्ध जस्ता कार्यहरुमा त्यहीँ अँध्यारो झुपडी सम्झनु पर्छ । जति ठूलो घर घरान जति धेरै सम्पत्ति भए पनि र जुनसुकै जस्तोसुकै क्रान्ति सम्पन्न भए पनि त्यहीँ अँध्यारो झुपडीहरु बिना अघि बढ्न सक्दैन । जीवनको बाल्यकाल देखि ५ कोरी पुग्दा सम्म परिवर्तनको बहाक त्यहीँ अँध्यारो झुपडी छ । त्यो अँध्यारो झुपडी भित्र जागर छ कला छ सीप छ सृजना छ परिवर्तनको आँधी हुरी छ । आँट छ भरोसा छ विश्वास छ दरिलो राष्ट्रप्रति प्रेमभाव छ । ता पनि राजनीतिक सामाजिक सांस्कृतिक र प्राविधिक परिवर्तनहरुले उसको मन छुन सकेन । त्यो अँध्यारो झुपडीमा बेलुकी बिजुली बाल्न सकेको छैन । झुपडीका फाटेका भित्ताहरु मर्मत गर्न सक्दैन । पानी परेको बेलामा पानी चुहिँदा टाल्न सक्दैन । आँधी हुरी आउँदा उडाइदिन्छ कि भत्काइ दिन्छ कि भनेर छाना-छानामा झुण्डिन्छ । पानी परेको दिन र आँधी हुरी आएको दिन रात भरी नसुती बसिरहेको हुन्छ । उसलाई त्यो झुपडीको असाध्यै माया छ । बर्षातको समयमा बाढी पहिरोले लान्छ कि भन्ने धेरै डर लाग्छ । त्यो अँध्यारो झुपडीको नसा-नसामा सृजनाका उर्जाहरु छन् । हरेक विकास र निर्माणहरुमा उनीहरुको पाखुराहरु आवश्यक परिरहन्छन् । उनीहरुको सकि्रयता भएन भने सबैका प्रकारका सृजना र निर्माण शून्य स्थितिमा पुग्दछ । उनीहरु जो अँध्यारो झुपडीमा बस्छन् । उनीहरुको मनमा उज्यालो छैन । उनीहरुको चुलोमा चाहिएको बेला आगो बल्दैन । भोक लागेको बेला भोक मेटाउने अन्न छैन । बिरामी परेका बेला औषधी उपचार गर्ने रुपैयाँ छैन । छोराछोरीहरुलाई मिठो खाना र राम्रो लुगा लगाउन दिन सकेको छैन । कुनै दिन आराम गर्ने फुस्रद छैन । बिरामी हुँदा पनि काममा नजाँदा भोलि पल्ट भाडामा सामल हुँदैन । उनीहरुको जीवन पनि आफ्नो बहसमा छैन । जसले जहाँ जे आदेश दिन्छ । उसले हजुर भनेर भोक तिर्खा झरी बादल घाम पानी जाडो गर्मी केहीको पनि पर्वाह नगरी लुरु-लुरु गरिरहेको हुन्छ ।
उनीहरुले ठूला-ठूला महलहरु बनाए करोडौँ परेको गाडी कुद्ने बाटोहरु बनाए । ता पनि उनीहरुको जीवनमा हर्ष आएको छैन । राजनीतिक परिवर्तनको मोडहरुमा सधैँ सहभागी बन्छ । भोकै तिर्खाई भए पनि आन्दोलनहरुमा सहभागी बन्दछन् । जहिले पनि अग्रपंक्तिमा सरिक हुन्छ । किनभने उनीहरु आशावादी छन् । उनीहरुको लागि परिवर्तनको आवश्यकता छ । उनीहरुको जीवनलाई पनि रुपान्तरणको जरुरत छ । उनीहरुको जीवनमा थुप्रै प्रकारका परिवर्तनहरु भएका छन् । धेरै छर छिमेकी साथीभाइहरु इष्टमित्रहरुको जीवन र व्यवहार रुपान्तरण भएको छ । जसले श्रम गर्दैन उही ठूलो अरुको श्रम र पसिनाको कमाई खानेहरु पुजनीइ कस्तो बिडम्बना । उनीहरु मनमा थुप्रै कौतुहलता जिज्ञासा मनमा उठे पनि साहु महाजनहरुसँग प्रतिबद्ध गर्ने हिम्मत छैन । उनीहरुले श्रमको सही मूल्य समेत प्राप्त गर्न सकेका छैनन् । ता पनि अँध्यारो झुपडीहरुमा बास बस्नेहरु मनमा डर त्रास छ । भोलिदेखि कामै नदिने पो हो कि काम दिएनन् भने कसरी निर्वाह गर्ने भन्ने चिन्ताहरुले सताइ रहन्छ । कुनै प्रकार साहस आँट र हिम्मत आउँदैन ।
जब-जब चाड पर्वहरु आउँछन् । तब-तब उनीहरुलाई पहराले थिचेको भान हुन्छ । सबैको घर परिवारमा हासो हर्ष खुशी रमाइलो छ । राम्रो-राम्रो लुगा लगाउने । मिठो-मिठो खानेमा होडबाजी प्रतिस्पर्धा हुन्छ । रङ्गीबिरङ्गी लुगा कपडाहरु घरको िसंहार पेटार रङ्ग रोगन कमिसन परेकी भत्ता उपहार भाग अनेकौँ बाटो हुँदै नानाथरीका वस्तुहरु भित्रिन्छन् । तर अँध्यारो झुपडी भित्र आसुँका धाराहरु झर्न शुरु हुन्छ । अबोध छोरा-छोरीहरु अरुको घर-घरमा गरेको राम्रो लुगाहरु ल्याएको मिठो-मिठो खानेकुराहरु भएको खोई हाम्रो घरमा कहिले ल्याउने भन्दा अँध्यारो झुपडी भित्रका मनहरु भाव विह्वल हुन पुग्छन् । छोराछोरीहरुको मन उज्यालो बनाइदिन साहु महाजनहरुको घर आगँनमा पुग्छन् । कतिको घरको गेट खुलेको हुँदैन । कतिपयले पोहोरको त तिरेको छैनस् भन्छन् । कतिपयले कहाँबाट ल्याएर तिर्छस् भन्छन् । अँध्यारो झुपडीहरु मन भित्र उज्यालो नआए पनि झुपडी भित्रको मन भावना र पिडाहरु नबुझिदिए पनि बाध्यता विवशता साथ तिनै सामन्तीहरुको घरमा चाड पर्व बिवाह ब्रतबन्ध जस्तो कार्यहरु उनीहरुको उपस्थिति अनिवार्य छ । उनीहरुको उपस्थिति बिना कसैको शुभ कार्य वा कुनै पनि सामूहिक कार्यहरु चल्ने वाला छैन । काम लगाउने समयमा मिठो चिल्लो कुराहरु गरेर काम लगाउँछन् । काम गरी सकेपछि हप्की-दप्की गरेर बिदाई गर्छन् । धेरैका छोराहरु वैदेशिक रोजगारमा गएर केही हदसम्म आर्थिक रुपान्तरण गरिएको भए पनि साह्रै अँध्यारो झुपडीमा बस्ने गरीबका छोराहरुलाई वैदेशिक रोजगारमा जान लाग्ने कर्जा समेत उपलब्ध गराइदिने मन भावना भएका भलाद्मी र सामाजिक व्यक्तित्व छैन ।
गरीब दुःखी शोषित पीडित अँध्यारो झुपडीहरु उज्यालो ल्याउँछौँ हाम्रो पार्टीमा लागौँ भन्नेहरु दर्जनौँ पटक सयौँ नेताहरु आए । उनीहरुको कार्यक्रमहरुलाई मात्र नभएर भूमिगत अवस्थाहरु अध्यारै झुपडी भित्र भए पनि आफ्नै गाँस कपास काटेर खुवाउँदा लगाउन दिँदा बहुत झुपडीहरुको प्रंशंसा गर्दथे । त्यहीँ झुपडीहरुको बल बुता र त्यागको कारणले सत्ताधारी बन्ने हैसियत बनाए । नयाँ-नयाँ अनुहार बोकेका पार्टीका नेताजीहरु नव शासकमा रुपान्तरण भए । कुनै बेला अँध्यारो झुपडीमा थोत्रो-थोत्रो कपडाहरु समाएर खोले पिउने ठूला-ठूला क्रान्ति र परिवर्तनका कुरा गर्नेहरु आज रिसोर्ट तारे होटलहरु चौरासी व्याजनहरुमा रमाउँछन् । भ्रष्टाचारी तस्करी अपहरणकारीहरुबाट कमिसन खाँदै राष्ट्रिय ढिकुटी रित्याउँछन् । गुण्डाहरुको संरक्षण गर्दछन् । नवशासकहरुलाई सत्तामा पुर् याउँछन त्याग गर्ने इमान्दार सहयोगीहरुको घाटी निमोठ्छन् । अँध्यारो झुपडी कथा व्यथा प्रति ध्यान दिन त परै जाओस् व्यापारी उद्योगपतिबाट टन्न चन्दा र कमिसना असुली गरी महङ्गीलाई शिखर चढाउँछन् । सबै राजनीतिक जोगीहरुको कानै चिरेको हुँदो रहेछ ।