मुष्ठिदानबाट सामुदायिक भवन

१३ कातिक
महाभारा÷ मुष्ठि दानबाट संकन गरेको रकमले झापाको महाभारा-८ मा सामुदायिक सुरक्षित आवास भवन निर्माण गरिएको छ ।
स्थानियबासीहरुको अगुवाईमा ३ लाख रुपैयाँ भन्दा बढिको लागतमा सो भवन बनाईएको हो । प्रकोप जोखिम न्युनिकरण ईकाई समितिको सायोजनमा निर्मित सो सामुदायिक भवनका लागि मुष्ठि दानबाट मात्र २ लाख रुपैयाँ सहयोग प्राप्त भएको समितिका सचिब गंगाप्रसाद ढु¨ानाले बताए । भवन निर्माणका लागि साना किसान कृषी सहकारी संस्था महाभाराले ४० हजार र गाविसले २५ हजार रुपैयाँ उपलब्ध गराएको उहाँले जानकारी दिनुभयो । नेपाल रेडक्रस सोसाईटीले गठन गरेको समितिले सो भवन निर्माण गरेको हो ।
सो भवनमा बिभिन्न दैवी प्रकोपमा परेकाहरुलाई अस्थाई बसोबास गराईने समितिका अध्यक्ष सुर्यबहादुर थापाले जानकारी दिए । रेडक्रस झापाले तयार पारेको कटान ग्रस्त क्षेत्रको सुचीमा सो गाविस समेत परेको छ ।

0 प्रतिकृया:

Post a Comment