खोलाले बगाएर आमा-छोराको मृत्यु

३ कातिक
सतासीधाम÷ खोलाले बगाएर झापाको गौरादहका आमा छोराको मृत्यु भएको छ ।
सतासीधाम-८ स्थित कन्काई नदी तर्ने क्रममा गौरादह- १ की अन्दाजी ३० वर्षिया दीपा ढकाल र उनका ७ वर्षिय छोरा दिपेशको मृत्यु भएको ईलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।
आमाले पिठ्युमा सलले बेरेर छोरा सहित नदी तार्ने क्रममा उनिहरु दुवै जनाकेा मृत्यु भएको हुन सक्ने प्रहरी निरीक्षक मेघराज अधिकरीले बताए । आईतबार बिहान साढे ७ बजे तिर शव देखे पछि प्रहरीलाई खवर गरिएको थियो । मृतक ढकाल लखनपुर-४ को हिमाली बोर्डिङ् स्कुलकी कर्मचारी र छोरा सोहि बोडिङ्का कक्षा १ मा अध्ययनरत रहेकेा जनाईएको छ ।

0 प्रतिकृया:

Post a Comment