धम्पुसको हाइवे हुँदै हलिउड

श्रीकृष्ण न्यौपाने

नेपाली चलचित्रमा सम्भावनायुक्त नायकमा दरिएका राजवल्लभ कोइरालाले हलिउडको यात्रा तय गर्ने भएका छन् । वर्षको दुईओटा सिनेमा निर्माण गर्दै आएको फिप्टी फिल्म्सले निर्माण गर्न लागेको नयाँ चलचित्र ुहाइवे टु धम्पुसुमा राजले अभिनय गर्ने पक्कापक्की भएको छ । कोइराला र फिल्म्सबीच हालै सम्झौतामा समेत हस्ताक्षर भैसकेको छ । अमेरिकाको साल्ट लेक सिटीमा रहेको फिप्टी फिल्म्सले कोइरालाको अडिसन स्काइपबाट गत सेप्टेम्बरमै लिएको थियो । नेपाली चलचित्रका अन्य नायकहरुले पनि सो चलचित्रकालागि अडिसन दिएकाले कलाकार छनोटको निर्णय केही ढिलो गरी भएको हो । हाइवे टु धम्पुसमा अडिसन दिने नेपाली कलाकारहरुमा आर्यन सिग्देल विनय श्रेष्ठ निरज बराल र निर्मल ज्ञवाली थिए । ज्ञवाली साचारकर्मी पनि हुन् । 


आगामी जनवरी २५ देखि मार्च ५ सम्ममा नेपालमा सुटिङ्ग गरिने चलचित्रको बाँकी सुटिङ्ग अमेरिकामा गरिनेछ । फिप्टी फिल्म्सले मे र अपि्रलमा लस एन्जल्समा चलचित्रको क्लाइमेक्सको सुटिङ्ग गर्ने जनाएको छ । हाइवे टु धम्पुसलाई रिक म्याकफारल्याण्डले निर्देशन गर्नेछन् भने जोन डि ब्लास विलियम्सले निर्माण गर्नेछन् । यिनीहरुको जोडीले चलचित्रहरु ुमाई गर्लप्रुेण्ड्स ब्वाइप्रुेण्डु र ुस्टाल्किङ्ग सान्टानाु तथा वृत्तचित्र ट्रूथ एण्ड कन्भिक्सन जस्ता चर्चित वृत्तचित्र पस्किसकेको छ । 
विज्ञापन डकुमेन्ट्री र फिचर फिल्म निर्माणमा चर्चित ब्यानर फिप्टि फिल्म्सले भर्जन माइक्रोसपुट टोयोटा म्याकेन इरिक्सन लगायत कम्पनीको विज्ञापन तयार पारिसकेको छ । 
कलिउडबाट एकैपटक हलिउड छलाङ्ग मार्न लागेका कोइराला अहिले हाइवे टु धम्पुसको तयारीमा जुटेका छन् । ुमनमा हर्ष र त्रासले एकैपटक डेरा जमाएको छ उनले भने ुहलिउडका लागि तयारी पनि त्यस्तै चाहिँदो रैुछ ।ु कलिउडको ह्याङ्गओभरबाट हलिउडमा उनले सो चलचित्र आपुना लागि मात्रै नभइ नेपाली चलचित्र क्षेत्रकै लागि अवसरको रुपमा रहने बताए । कोईराला भन्छन् ुनेपाल राष्ट्र र नेपाली सिनेमा उद्योगको प्रतिनिधि पात्रका रुपमा मात्रै म छनोट भएको हूँ । यसले नेपाली चलचित्र र यसमा आश्रितहरुको सम्भावनाको नयाँ क्षितिज उघार्न मद्दत गर्नेछ ।ु आमसाचार तथा पत्रकारितामा स्नातकोत्तर गरिरहेका कोइरालाको बुझाइमा अंग्रेजी भाषाको ज्ञान र लवजले विदेशी चलचित्रमा अनुबन्ध हुन सहयोग गरेको हो । अंग्रेजी साहित्यमा दख्खल राख्ने उनी नेपाली र अंग्रेजी दुवै भाषामा कविता कोर्छन् । 
कोइरालाले सिनेमामा निभाउने पात्रका बारेमा थप जानकारी नगराएपनि मुख्य पात्रको समानान्तर रोल दिइएको बताए । प्रोड्युसरहरुले उपलब्ध गराएको कथाको आधारमा आफूलाई तयार पार्न थालेका कोइरालाले शरीर मेन्टेन गर्न भात कम खान थालेको सुनाए । ुभाते पेट नलागोस् भनेर हो ु उनले भने ुअलि फिट जिउडाल भएको पात्रको भूमिका निर्वाह गर्नुपर्नेछ । ु अनुबन्ध भए लगत्तै भात छाडेर रोटी खान थालेका कोइरालाले छिट्टै शारीरिक सुगठनकालागि जिम जाने बताए । 
हाइवे टु धम्पुसका लागि नेपालतर्फका निर्माण नियन्त्रकमा गणेश सापकोटा र सुशील पोखरेल चुनिएका छन् । उनीहरुले नै नेपाली कलाकारहरु छनोट गरेर स्काइप मार्पुत अडिसन दिन लगाएका थिए । नेपालबाट पुरुष कलाकारको छनोट भैसकेपनि महिलाको भने छिनोफानो लाग्न सकेको छैन । कोइरालाको जोडीका रुपमा रहने हिरोइन पनि नेपालबाटै छानिन सक्ने सम्भावना रहेको स्रोतले बतायो ।
कचष्पचष्कजलबपाु२नुबष्ि।अयु

0 प्रतिकृया:

Post a Comment