हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्वि

तमोर बगरमा माछैमाछा, एउटै ८० किलोसम्म [ फिचर फोटो सहित ]

माछा मारेपछि बोकेर घर लाँदै स्थानिय
धनकुटा । तीन दिनअघि अकस्मात आएको बाढीका कारण तमोर नदीमा ठूल्ठूला माछा फेला परेका छन् । उत्तरी जिल्लाहरुमा भएको भीषण वर्षापछि बाढी आएर नदि धमिलिएको थियो । त्यसक्रममा ठूल्ठूला आकारका माछा बगरसम्म लेदोमा बगेर आएका थिए । बगरमा छ्यापछ्याप्ती माछा आएको हल्ला फैलिएपछि आसपास गाउँ र धनकुटा सदरमुकामसम्मका बासिन्दा माछा संकलन गर्न पुगेका थिए । बूढीमोरङ, मूलघाट लगायत क्षेत्रमा पर्ने बगरमा माछा देखेपछि कोसी राजमार्गमा चल्ने सवारी साधनका कर्मचारी र यात्रु समेत माटा बटुल्न पुगेका थिए । त्यसरी फेला परेको माछा ६५ देखि ८० किलोसम्मको भएको स्थानीय पत्रकार मोहन वान्तवाले बताए । माछा गोंज जातको भएको स्थानीयको भनाइ छ । एकै दिन धनकुटाका विभिन्न स्थानमा पर्ने तमोर किनारमा संकलन गरिएको माछा १० हजार टनसम्म भएको अनुमान गरिएको 
छ । फेला परेको माछा समातेर कतिपयले घरमा लगेर थिए । कतिपयले भने बिक्री गरेका थिए । वान्तवाका अनुसार सयदेखि ४ सय रुपैयाँ प्रतिकिलोसम्ममा किनबेच भएको थियो । तमोरमा यसरी छ्यापछ्याप्ती माछा हमेसा पाइँदैन । स्थानीय बूढापाकाका अनुसार २०३७ सालताका आएको बाढीमा पनि यसैगरी माछा बगरमा फेला परेका थिए । यसअघि पाँचथरमा पनि तमोर नदीबाट ठुलो मात्रामा माछा निकालेर बेचिएको थियो ।












पूर्वाञ्चलमा एक लाख हेक्टर जमीन बाँझै

दमक । पूर्वाञ्चलमा ९ लाख ४५ हजार छ सय ५८ हेक्टर खेतीयोग्य जमिनमध्ये ८ लाख ४८ हजार ३ सय ५ हेक्टर क्षेत्रफलमा मात्रै खेती गरिएको छ । 
पूर्वाञ्चलका जिल्लामा १० प्रतिशतसम्म खेतीयोग्य जमिन बाँझै रहने गरेको क्षेत्रीय कृषि निर्देशनालयले जनाएको छ । खेतीप्रति मानिसहरुको विकर्षण बढेकाले खेतीयोग्य जमिन बाँझो हुने क्रम बढेको निर्देशनालयले उल्लेख गरेको छ । तथ्यांक अनुसार यो वर्ष तेह्रथुममा सबैभन्दा बढी १० प्रतिशत जमिन बाँझै छ । अन्नको भण्डारका रुपमा चिनिने पूर्वका झापा, मोरङ र सुनसरीमा पनि ४ देखि ६ प्रतिशतसम्म खेती गर्ने जमिन बाँझै रहेको छ । यो वर्ष सुनसरीमा ६ प्रतिशत खेतीयोग्य जमिन बाँझै रहेको छ । झापामा ४ प्रतिशत र मोरङमा २ प्रतिशत खेतीयोग्य जमिन बाँझै रहेको निर्देशनालयका कृषि प्रचार अधिकृत अभिमन्यु अधिकारीले बताए ।
समयमै मल, बीउ नपाउने, सिँचाइ अभावका कारण आकाशेपानीको भरमा अन्नबाली लगाउनुपर्ने बाध्यता र श्रमिक अभावले खेती गर्ने किसानहरु पिरोलिएका छन् । जसका कारण अधिकांश किसान पहाडी कृषिले परिवार पाल्न धौधौ भएको गुनासो गर्छन् । सन् २०३० सम्ममा हालको तुलनामा ६० प्रतिशत बढी खाद्यान्न आवश्यक पर्ने अनुमान लगाउँदै ‘गाउँगाउँमा सहकारी, घरघरमा भकारी’ र एक गाउँ एक उत्पादन’ जस्ता प्रचारमुखी सरकारी कार्यक्रममा बाँझो जमिनको प्रयोग, खाद्यान्न उत्पादन, आपूर्ति र वितरणमा रहिआएका समस्या सम्बोधन गर्ने कुनै ठोस योजना छैनन् ।

५० % शुल्क मिनाहा गर्न निर्देशन

काठमाण्डौ । भूकम्पका कारण बन्द रहेको एक महिनाको मासिक शुल्कमा ५० प्रतिशत छुट दिन  शिक्षा मन्त्रालयले नीजी विद्यालहरुलाई निर्देशन दिएको छ । मन्त्रालयले आइतबार विज्ञप्ति निकालेर यस्तो निर्देशन दिएको हो । मन्त्रालयको यो निर्देशनसँगै  आन्दोलन घोषणा गरेका १३ विद्यार्थी संगठनहरुले आन्दोलन फिर्ता लिएका छन् । यसअघि निजी विद्यालय सञ्चालकहरुले बिभिन्न शिर्षकहरुमा छुट दिने र त्यो छुट ५० प्रतिशत मिनाहा गरेको सरह हुने भन्दै आएका थिए । तर, विद्यार्थी नेताहरुले एक महिनाको शुल्क शतप्रतिशत मिनाहा गर्न माग गर्दै आएका थिए । यसअघि आइतबार बिहान  नै  बिद्यार्थी संगठनहरुले  प्रधानमन्त्री सुशील कोइरालालाई ध्यानाकर्षण पत्र बुझाएका थिए । मन्त्रालयले विज्ञप्ति मार्फत भूकम्प प्रभावित जिल्लामा प्रभावित भएको शैक्षिक क्यालेण्डरमा समायोजन गरी पाठ्यसामग्री पठन पाठन पूरा गर्ने व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ । भूकम्पबाट आमा बुवा गुमाएका २०० बालबालिकाहरुलाई पालन पोषणसहित शिक्षादिक्षाको निःशुल्क व्यवस्था एसओएस भिलेज नेपाल सानोठिमी भक्तपुरमा मिलाइएको छ ।

२३ जनाको शव अझै भेटिएन

ताप्लेजुङ । पश्चिमी ताप्लेजुङका विभिन्न गाँउ विकास समितिमा वुधवार राती गएको पहिरोमा पुरिएर हराईरहेका २३ जनाको शव अझै भेटिएको छैन । यद्वपी सुरक्षाकर्मी र स्थानीयले उनीहरुको खोजी कार्य जारी राखेका छन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार पहिरो प्रभावित मध्ये खोक्लिङ गाविसका २, थिङलावुका १, लिवाङका १५ र लिङतेपका ५ गरी २३ जना हराइरहेका छन् ।
स्थानीयले भने वेपत्ता सवैको मृत्यु भइसकेको दावी गर्दै आएका छन् ।
प्हिरो प्रभावित खोक्लिङ, लिङतेप, थिङलावु, लिवाङ, लिङतेप र सान्थाक्रा गाविसमा पहिरोमा पुरिएका ३८ जनाको शव भने यस अगावै निकालिएको थियो । ताप्लेजुङका प्रमूख जिल्ला अधिकारी डमरुप्रसाद निरौलाका अनुसार आइतवार पनि ताप्लेजुङका विभिन्न स्थानमा पानी परेकाले हराइरहेकाहरुको खोजीमा समस्या भएको थियो । 
यसैविच पहिरो प्रभावित सवै गाविसका वासिन्दालाई सोमवारदेखि राहत सामग्री वितरण गरिने भएको छ । प्रजिअ निरौलाका अनुसार पहिरो प्रभावित परिवारका सदस्यलाई नजिकैको प्रहरी चौकी मार्फत सामग्री वितरण गर्ने तयारी भएको हो ।
पीडित परिवारका लागि शनिवार नेपाली सेनाको हेलिकोप्टरले राहत सामग्री ओसारेको थियो । यस्तै स्थलमार्गवाट समेत ६ ट्याक्टर सामग्री प्रभावित गाविसमा पठाइएको स्थानीय प्रशासनले जनाएको छ ।

सहमतिपछि दमकमा सरसफाई शुरु

सहमतिपछि दमकमा सरसफाई शुरु 
दमक । फोहोर ब्यवस्थापन पक्ष र सरसफाई मजदुर बीच भएको विवाद मिलेपछि मजदुरहरु फोहोर संकलनको काममा फर्किएका छन् । सफाई मजदुर मुन्ना मल्लिकलाई १० दिन सम्म निलम्वन गर्ने सहमति भएपछि सफाई मजदुरहरु आइतवार दिउँसो ३ बजेबाट काममा फर्किएका हुन् । दमक नगरपालिकामा सफाई मजदुरको तर्फबाट अखिल नेपाल सरसफाई मजदुर संघको इकाई दमक अध्यक्ष कैलाश मल्लिक ,नगरपालिकाको वातावरण शाखा प्रमुख द्रोर्ण थापा, नेपाल ट्रेड युनियन महासंघ झापाकी अध्यक्ष सीता सापकोटा र पाथवे नेपाल दमककी प्रवन्धक निर्मला 
चौधरी बीच भएको छलफलमा सहमति भएको हो ।  १० दिनपछि मुन्नाले नैतिक आचारण सुधार गरेर काम फर्किने एक चोटी सुधार दिने सहमति भएको प्रवन्धक चौधरीले बताइन्  । पाथवेले मुन्नालाई कामबाट गत शुक्रवार निकालेपछि शनिवार मजदुरहरु आन्दोलनमा उत्रिएर काम गर्न छोडेका थिए ।

कनकाईलाई सूचनाको हक मैत्री बनाउने प्रतिवद्धता

सुरुङ्गा ।  कनकाई नगरपालिकालाई सूचनाको हकमैत्री वनाउँ कनकाई नगरवासीका तर्फवाट नगर अधिकृतले प्रतिवद्वता जनाएका छन् ।  आइडिएफ नेपालको आयोजनामा आइतवार सुरुङ्गामा आयोजित सूचनाको हकमैत्री नगरपालिका निर्माणका लागि साझेदार सरोकारवालाहरुसँगको अभिमुखिकरण गोष्ठीमा अधिकृत सुनिल निरौलाले कनकाई नगरपालिकालाई सूचनाको हकको नमुना नगरपालिकाका रुपमा विकास गर्न हस्ताक्षर सहित प्रतिवद्धता जनाएका हुन् । स्थानीय संघसंस्था, राजनीतिक दल, संचारकर्मी, नागरीक समाज लगायतको सहकार्यमा आवश्यक पूर्वाधार सहित सूचना केन्द्र स्थापना गरी आगामी आर्थिक वर्षदेखि नमूना नगरपालिकाको रुपमा कनकाई नगरपालिकालाई विकाश गर्दै जाने प्रतिवद्धता जनाइएको हो ।  
 देशभरका आठवटा नगरपालिकालाई सूचनाको हकको नमुना नगरपालिकाका रुपमा विकाश गर्न राष्ट्रिय सूचना आयोगको सहकार्यमा कार्य अघि वढिरहेको अवस्थामा पूर्वाञ्चलमा कनकाई नगरपालिकालाई सूचनाको हकको नमुना नगरपालिका वनाउँन आइडिएफ नेपालले विभिन्न कार्यक्रमहरु ल्याउने योजना वनाएको आइडिएफका कार्यकारी निर्देशक विष्णु खरेलले वताए । प्रशस्त धार्मिक तथा पर्यटकीय सम्भावना वोकेको यस क्षेत्रमा रहेको कनकाई नगरपालिकालाई सूचनाको हकको नमुना नगरपालिका वनाउन संस्थाले नेतृत्व गर्ने कुरामा कार्यकारी निर्देशक खरेलले जोड दिए । आइडीएफ नेपालका कार्यकारी निर्देशक विष्णु खरेलको अध्यक्षता  र कनकाई नगरपालिकाका कार्यकारी अधिकृत सुनिल निरौलाको प्रमुख आतिथ्य रहेको गोष्ठीमा  कोमल पन्त, केदार गिरी, तुलसी कार्की, हिम्मत नेम्वाङ, चन्द्रमान कन्दङवा, लीलाप्रसाद उप्रेती, सूर्यबहादुर थापा , लीलाराज झापाली लगायतले आआफनो धारणा राखेका थिए ।

कोशी ब्यारेजका २२ ढोका खुल्ला

सुनसरी । सप्तकोशी नदीमा पानीको बहाब बढेपछि कोशी ब्यारेजका २२ वटा ढोका खोलिएका छन् । सामान्य अवस्थामा प्रति सेकेण्ड ५० देखि ८० हजार क्युसेक पानीको बहाब रहने गरेकोमा शनिबार बेलुका ६ बजे १ लाख ९० हजार ३ सय ६५ क्युसेक प्रति सेकेण्ड पानीको बहाब मापन गरिएको छ ।
 सप्तरी र सुनसरीमा वर्षा नभए पनि पहाडी जिल्लामा केही दिनदेखिको वर्षाका कारण कोशीमा पानीको सतह बढेको हुन सक्ने अनुमान गरिएको छ । पानीको सतह बढ्न थालेपछि कोशी व्यारेजको पूर्वी र पश्चिमी प्रवेशद्धारमा सुरक्षाकर्मीले पालैपालो गरी यातायातका साधनलाई आवत जावत गर्न दिएका छन् । भारत बिहारको वीरपुरस्थित जल संसाधन विभागका उच्च अधिकारीकारीले कोशी ब्यारेजमा सतर्कता तथा निगरानी बढाएका छन् । सप्तरी र सुनसरीकोबीच भएर बगेको कोशी नदीमा पानीको बहाब बढेपछि दुवै जिल्लाका कोशी क्षेत्रका बासिन्दाहरु त्रसित भएका छन् ।

ताप्लेजुङमा फेरि अर्को पहिरो, मेची राजमार्गमा यातायात ठप्प

ताप्लेजुङ / बुधबार झरेको पहिरोमा परेकाको उद्वार गरिनसक्दै  ताप्लेजुङमा फेरि अर्को पहिरो गएको छ । पश्चिमी क्षेत्रमा पहिरोले वितन्डा मच्चाए लगत्तै शुक्रबार राति पुर्वी क्षेत्रमा शुक्रबार राति पहिरो गएको हो । पहिरोले सबैभन्दा बढी सुरुम्खिम र खेवाङ, पेदाङ र याम्फुदिन लगायतका गाविसमा क्षति पुर्याएको स्थानीय बासिन्दाले बताएका छन् । शुक्रबार दिनभर अवरुद्ध मेची राजमार्गमा शनिबार बिहानै पहिरो खसेपछि यातायात साधन गुड्न सकेका छैनन् । ताप्लेजुङको खोक्सेखोला र कावेलीमा पहिरो खसेर बाटो अवरुद्ध भएपछि झापाको बिर्तामोड, इलाम र पाँचथरबाट ताप्लेजुङ आउने र ताप्लेजुङबाट झापा झर्ने गाडी बीच बाटोमै अलपत्र छन् ।
सुरुम्खिम निवासी खड्ग तिवारीका अनुसार पहिरोले सो क्षेत्रको थुप्रै संरचना, अलैंची बारी, पशुचौपाया र खेतीयोग्य जमीनमा क्षती पुर्याएको छ । पहिरो खोल्साहरु लेदोसहित बग्दा झन् त्रास बढेको छ । सुरुम्खिम माबि छेउबाट पहिरो गएकोले सो विद्यालय पनि खतरामा परेको उनले जनाकारी दिए । पहिरोले ठूलो क्षति गरेको जानकारी पाउनासाथ तेल्लोकबाट प्रहरी पठाइएको ताप्लेजुङका प्रहरी नायव उपरीक्षक शान्तिराज कोइरालाले बताए ।
३५ जनाको शव भेटियो
जिल्लाको पश्चिमी भेगमा बुधवार रातिको पहिरोमा पुरिएकामध्ये शुक्रवार साँझसम्म ३५ जनाको शव फेला परेको छ । जसमा २७ जनाको शव परिवारलाई बुझाइसकिएको प्रहरीले जनाएको छ । पहिरोमा पुरिएकामध्ये थिङलावु गाविसबाट मात्रै १७ जनाको शव निकालिएको छ । त्यस्तै लिवाङमा ९,  लिङतेपमा ६ र खोक्लिङमा तीनको शव भेटिएको छ । पहिरोमा अझै २६ जना वेपत्ता छन् ।  
हेलिकोप्टरबाट खोजी तथा उद्वार
वेपत्ताको खोजी, उद्धार र राहतका लागि शनिबार स्थानीयबासी प्रहरी परिचालित भए ।  प्रतिकुल मौसमले हेलिकोप्टर जान नसक्दा पहिरोपीडितले राहत पाउन सकेनन् । पहिरो प्रभावित क्षेत्रबाट सुरक्षित ठाउँमा सारिदिन भनिरहेका स्थानीय अझै पनि पहिरो प्रभावित क्षेत्रमा त्रासमा बाँचिरहेका छन् ।
रातभर खुल्ला आकाशमुनि बास
पहिरो प्रभावित वासिन्दाहरु रातभर डाँडा, पाखा र विद्यालयमा आश्रय लिएर बसिरहेको लिङ्तेपस्थित लक्ष्मी माध्यमिक विद्यालयका प्रधानाध्यापक राजकुमार दासले बताए । उनका अनुसार पहिरोले रामदुवाली लगायतका गाँउका बजार सबै खोलामा परिणत गरिदिएको छ । बाटो र पुल भत्काएकाले स्थानीयबासी वल्लो गाउँबाट पल्लो गाँउ पुग्न सकेका छैनन् । छिमेकी लिवाङमा थुप्रै मानिस पहिरोमा फसेपनि उद्धारकर्मी जान सकेका छैनन् ।


संखुवासभामा पहिरोले १ को मृत्यु, ४ बेपत्ता

संखुवासभा । संखुवासभामा पहिरोले पुरिएर एक जना महिलाको मृत्यु भएको छ । पाथीभरा–१ थाप्रुङकी ३२ वर्षीया सुकु तामाङको शनिबार दिउँसो गएको पहिरोले पुरिएर मृत्यु भएको हो । पहिरोले पुरिएर नुम र पाथीभरामा ४ जना बेपत्ता भएका छन् । पहिरोले पुरिएर उनको ३ बर्षीय छोरा बेपत्ता छन् । उनका अर्का छोरालाई सेनाले जिवितै उद्धार गरेको थियो । उनीहरुको नाम भने खुल्न सकेको छैन । सेनाको हेलिकप्टरले उद्धार गरेर ल्याएपछि उनको खाँदबारी अस्पतालमा उपचार भइरहेको छ ।
पहिरोले नै पुरिएर नुम गाविसको फ्याक्सिन्दामा एकै परिवारका ३ जना बेपत्ता भएका छन् । शुक्रबार राति घर माथिबाट पहिरो झरेपछि भाग्ने क्रममा ३२ बर्षिय रोशन तामाङ, उनका २८ बर्षीया श्रीमती उर्मिला तामाङ र १९ महिनाकी छोरी सुनिता तामाङ बेपत्ता भएको डीएसपी कमल थापाले बताए । पहिरोका कारण फ्याक्सिन्दाका १७ परिवारका ८१ जनाले गाउँ छाडिसकेका छन् । वेपत्ताहरुको खोजी जारी राखिएको छ । पहिरो गएपछि फ्याक्सिन्दामा रहेको अरुण नदीको पुलबाट आवतजावतमा समेत रोक लगाइएको छ । पहिरोले मकालु गाविस ६ याङदेममा ४ वटा घर बगाएको छ । घर बगाएपछि उनीहरु नजिकैको साक्सेवा गाउँमा अस्थायी रुपमा बसिरहेका छन् । मकालुको तल्लोवालुङमा ३ घर बगेका छन् । मकालुमा पहिरोले १४ घर–परिवार विस्थापित भएको प्रहरीले जनाएको छ । यसैबीच, २ दिन अघिबाट पहिरोमा फसेका पावाखोला ६ खङदुवाका ६२ परिवारलाई सेनाको हेलिकप्टरले उद्धार गरेर सुरक्षित स्थानमा सारेको छ ।

पावर शेयरिङमा सैद्धान्तिक सहमति, विरोध गर्नेहरू संघियता र गणतन्त्र विरोधी

मोरङ । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले चारदलबीच सहमतिसँगै संबिधान घोषणापछि बन्ने सरकार र पावर सेयरिङका विषयमा सैद्धान्तिक सहमति भएको दाबी गरेका छन् । उनले काँग्रेस, एमालेमध्ये एकले सरकारको नेतृत्व र अर्कोले राष्ट्रपति पाउने तथा एमाओवादी र आप्mनो दलले सभामुख र उपराष्ट्रपति पाउने सैद्धान्तिक सहमति भईसकेको खुलाए । यद्धपी आफनो दलको कुनै दावी भने नरहेको उनले स्पष्ट पारे ।
शनिवार बिराटनगर बिमानस्थलमा कुरा गर्दै गच्छदारले संबिधान घोषणा पछि बलियो राष्ट्रिय सरकार आबश्यक हुने बताए । चारदलबीचको १६ बुँदे सहमति २००७ साल पछिको सबै भन्दा ऐतिहासिक सहमति भएको उनको भनाई छ  । ६५ वर्षदेखिको जनताको चाहना पुरा गर्ने हिसावले भएको चारदलबीचको सहमतिले नयाँ नेपालको नक्सा कोरिसकेको बताउदै उनले सहमतिले नेपालमा राजनैतिक गतिरोधलाई समेत समाप्त पारेको बताए । गच्छदारले ऐतिहासिक सहमतिपछि अब संबिधान निर्माणको कार्य दु्रत गतिमा अगाडि बढेको बताउदै साउनको १५ गते भित्रनै नयाँ संबिधान जारी हुने दावी गरे । उनले चारदलबीचको सहमतिवारे बिभिन्न भ्रमहरू फैलाउने कार्य भईरहेको बताउदै सहमतिले संघीयता र गणतन्त्रलाई संस्थागत गरेको बताए । १६ बुँदे सहमतिको राष्ट्रिय र अन्तरर्राष्ट्रिय जगतले स्वागत गरेको बताउदै उनले दुईचार वटा दलले बिरोध गर्दैमा केही नहुने बताए । सहमतिको केही मधेशवादी दलले बिरोध गरेको सुनेको छुु, 
गच्छदारले भने  ः यो सहमति मधेशको ठुलो जित हो, यसको विरोध गर्नेहरू संघियता र गणतन्त्र विरोधी हुन् राष्ट्रको बृहत निर्माणका लागि आफुले ठुलो जोखिम उठाएको बताउदै उनले १६ बुँदे सहमतिमा आफूले गरेको भूमिकावारे संयुक्त राष्ट्र संघका महासचिव वान कि मुनले समेत आप्mना प्रतिनिधी मार्फत आफुलाई धन्यवाद दिदै सहमतिको स्वागत गरेको जानकारी दिए । अब झिना मसिना कुरा वा दुईचार दलको बिरोधको कुरामा अल्झिनु भन्दा छिटो भन्दा छिटो संबिधान घोषणा गर्ने तर्फ आफूहरू अग्रसर भएको उनको भनाई छ ।

शुल्क मिनाहा नभए आमहड्ताल गर्ने चेतावनी

काठमाडौ । भूकम्पको त्रासले पढाई नभएको एक महिनाको शुल्क मिनाहाको माग सुनुवाई नभएपछि विद्यार्थी संगठनहरुले थप दबाबको कार्यक्रम अघि सारेका छन् । नेबिसंघ, अनेरास्ववियू, अखिल क्रान्तिकारी, मधेश विद्यार्थी फोरम लोकतान्त्रिक, तराई मधेश विद्यार्थी फन्ट लगायत १३ विद्यार्थी संगठनले एक महिनाको शुल्क मिनाको माग राख्दै शिक्षा मन्त्रालय, विभाग र निजी विद्यालयलाई दबाब दिदै आएको थियो ।
विद्यार्थी संगठनहरुले शनिबार पत्रकार सम्मेलन गरी संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो । त्यसमा आफनो माग पुरा गराउन आइतबार प्रधानमन्त्रीलाई भेट्ने, निजी विद्यालयका सञ्चालक र शिक्षा मन्त्रालयका अधिकारीहरु चढ्ने गाडी गुड्न नदिने, विद्यालयमै गएर अभिभावकसंग भेटेर संघर्ष समिति बनाउने लगायतको कार्यक्रम सार्वजनिक गरेको छ । संघर्ष समितिमा नेपाल विद्यार्थीका सभापति एवं सभाषद् रञ्जित कर्ण आफै लागेका छन् । आफनै पार्टीको सरकार र शिक्षा मन्त्री हुदा पनि विद्यार्थी र अभिभावकको हितमा निर्णय नभएपछि उनी आफै संघर्षमा उत्रिएका हुन् । अभिभावकलाई समटेर संयुक्त संघर्ष समिति बनाएर शैक्षिक हड्तालसम्मको कार्यक्रमको तयारी गर्ने जारी विज्ञप्तीमा उल्लेख छ । पहिलो चरणका लागि असार १ गते सम्मको कार्यक्रम  सार्वजनिक गरिएको छ । दोस्रो चरणमा आम हड्तालसम्मको कार्यक्रम ल्याउने सम्मेलनमा जानकारी दिएको थियो । प्याब्सन र एन प्याबसनले भने भुकम्पबाट अति प्रभावित १४ जिल्लामा वैशाख महिनाको यातायात, कम्प्यूटर, प्रयोगशाला, शैक्षिक सामग्री लगायतका सेवामा लाग्ने शुल्क मिनाहा गर्ने जनाएको छ । विद्यार्थी संगठन, अभिावक, शिक्षा मन्त्रालय र निजी विद्यालय सञ्चालक प्रतिनिधि बीचको छलफलमा विद्यार्थी संगठनहरुले आधा महिनाको शिक्षण शुल्क मिनाह भएमा आफूहरुलाई मान्य हुने बताएका थिए । प्याब्सन, एनप्याब्सनले भने यातायात, भोजन, कम्प्यूटर, प्रयोगशाला, शैक्षिक सामाग्री लगायतका सेवामा लाग्ने शुल्क छुट गर्दा पुरै महिनाको शुल्कमा आधा छुट हुने ब्याख्या गरेको छ । ‘निजी क्षेत्र नाफाको हिसाबकितावबाट अलिकति पनि माथि उठन सकेन । सम्पूर्ण शैक्षिक संस्थाबाट खोजिएको प्रतिबद्धता मात्र प्याब्सन र एन प्याब्सनको तर्फबाट टालटुले र अष्पष्ट भाषाको विज्ञप्ती मार्फत विद्यार्थी आन्दोलनमाथि अपमान गर्न खोजियो ः १३ विद्यार्थी संघठनद्वारा जारी विज्ञप्तीमा भनिएको छ । शिक्षा मन्त्रालयले निजी विद्यालयमा पढ्ने सबै विद्यार्थीलाई एक महिनाको छुट दिनुको सट्टा भूकम्पबाट घर भत्किएका विद्यार्थीलाई बर्षदिनसम्म निशुल्क पढाउने व्यवस्था गर्न तर्फ ध्यान दिनु पर्ने तर्क अघि सारेको छ ।