हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्वि

उर्लाबारीमा भूकम्पपछि राहत माग्नेको निवेदन नै निवेदन

उर्लाबारी । गत बैशाख १२र २९ गतेको भूकम्पले घरमा क्षति पुगेको भन्दै मोरङको उर्लाबारी नगरपालिकामा निवेदन दिन आउनेहरु बढिरहेका छन् ।
भूकम्प लगत्तै निवेदन नआएपनि त्यसयता नगरपालिकामा दैनिकजसो निवेदन आउन थालेको कार्यकारी अधिकृत सुवास श्रेष्ठले बताए । हालसम्म ७० वटा बढी निवेदन परिसकेका छन् । भूकम्पले उर्लाबारी क्षेत्रमा खासै क्षति नपु-याएपनि निवेदन आउने क्रम भने तीव्र बनेको उनले जनाए । उनका अनुसार भूकम्प पीडित परिवारलाई सहुलियत दरमा ऋणको व्यवस्था गर्ने सरकारी घोषणापछि निवेदन आउने क्रम तिव्र बनेको हो । कार्यकारी अधिकृत श्रेष्ठले भने,‘पीडितलाई सरकारले सहुलियतमा ऋण दिने निर्णय गरेको छ । त्यसैको लोभमा कतिपयले निवेदन दिएको जस्तो देखिन्छ । तर उर्लाबारीको हकमा त्यो सम्भव छैन ।’
भूकम्पले आरसीसी घरका कोठा चर्किएका, पिलर भाँसिएका, काठका घरका खाबा भाँसिएकोले घरको निरीक्षण तथाराहतको माग गर्दै निवेदन आउने क्रम जारीरहेको श्रेष्ठले जनाए । नगरपालिकाकाले प्राप्त निवेदनहरुलाई फायलिङ गरेरराखेको छ भने भ्याएसम्म केही घर तथा भवनको अनुगमन समेत गरिसकेको छ ।
उर्लाबारी–१ का डिल्लीराम कडरियाले भूकम्पले आफ्नो घरमा क्षति पुगेकोलेराहतको माग गर्दै नगरपालिकामा निवेदन दिएका छन् । उनले निवेदनमा आफ्नो काठको घरको खाँबा भाँसिएको उल्लेख गर्दै राहत उपलब्ध गराईदिन माग गरेका छन् । त्यस्तै उर्लाबारी–७ की नैककला घिमिरेर पति टंकप्रसाद घिमिरेले पनि नगरपालिकामा निवेदन दिएका छन् ।
घिमिरे दम्पतिले आफ्नो घर भूकम्पले चर्किएकोले अनुगमनको माग गरेको छ । उर्लाबारी–४ की मिना भट्टराईले पनि आफ्नो एक तले आरसीसी घरमा भूकम्पले क्षति पुगेको भन्दै अनुगमन गरिदिन नगरपालिकामा निवेदन दिएकी छिन् । प्राप्त निवेदनका आधारमा नगरपालिकाका इन्जिनियरसहितको एउटा टोलीले केही घर तथा भवनहरुको अनुगमन गरेको छ ।
इन्जिनियरको टोलीले अनुगमन गरेका मध्ये उर्लाबारी–७ को सुनपकुवा उच्च मा.वि. र उर्लाबारी–३ कोराधिका उच्च माविमा रातो स्टिकर लगाएको छ । टोलीले सुनपकुवा उच्च माविको १४ कोठाको दुई तले दुई वटा भवनमा रातो स्टिकर लगाएको छ । त्यहाँ कसैलाई पनि प्रवेश निशेष गरिएको छ ।
नजी विद्यालयहरु चुपचाप
भूकम्पले उर्लाबारीका धेरैजसो सार्वजनिक भवनहरुमा क्षति पुगेको छ । त्यस मध्ये पनि अधिकांह सामुदायिक विद्यालयका भवनहरुमा क्षति पुगेको छ । विद्यालय भवनमा क्षति पुगेपछि उर्लाबारी क्षेत्र भित्रका प्रायः सवै सामुदायिक विद्यालयले विद्यालय अनुगमनका लागि नगरपालिकामा निवदेन दिएका छन् । तर नगरक्षेत्रका कुनै पनि निजी विद्यालयहरुले भूकम्पले पुगेको कुनै क्षतिको विवरण उपलब्ध गराएका छैनन् ।
ठूलो संख्यामा विद्यार्थी अध्ययनरत उर्लाबारीका निजी विद्यालयहरुले भूकम्प पछि चुपचापरहेपनि नगरपालिकाका ईन्जिनियरसहितको टोलीले भने केही विद्यालयहरुमा गएर अनुगमन गरेको छ । टोलीले उर्लाबारीको मोरङ मोडल आवसीय मावि, होली चाइल्ड बोर्डिङ्ग स्कूल, पशुपति आवासिय मावि लगायतमा आफै गएर अनुगमन गरेको थियो । अनुगमनका क्रममा भूकम्पले ठूलो क्षति पुगेको नपाइएपनि होली चाईल्ड बोर्डिङ्ग स्कूलको एउटा भवनको माथिल्लो तला थप्ने कार्य अघि नबढाउन टोलीले निर्देशन दिएको छ ।
अनुगमन टोलीका सदस्य एवं उर्लाबारी नगरपालिकाका इन्जिनियररोशन उदासका अनुसार माथिल्लो तला थप्ने कार्य बिना नक्सा पास गरिएको तथा निर्माण कार्य सुरक्षित नभएको बताए । उनले निर्मााधिन भवनमा पिलरर छतको बिम निश्चित स्थानमा नभएको तथा ‘वाल’ पनि निकै कमजोर रहेको दाबी गरे ।
इन्जिनियरको अपील
गत बैशाख १२ र २९ गतेको भूकम्पले मुलुकमा ठूलो जनधनको क्षति पुगेकोले सो प्रति उर्लाबारी नगरवासीलाई पनि गम्भीर भईदिन नगरपालिकाका इन्जिनियरले आग्रह गरेका छन् ।
नगरपालिकाका इन्जिनियर सुरबीर राणामगरले भूकम्प पछि उर्लाबारीकै धेरै घर तथा भवनमा क्षति पुगेकोले त्यसप्रति घरधनी आफै सचेत भएर इन्जिनियरहरु सँग आवश्यक परामर्श लिन आग्रह गरेका छन् ।
उनले ‘नाथो यत्ति चर्किदा केही हुँदैन’ भनि हेलचेक्र्याई नगरिदिन आग्रह गरे । साथै उनले उर्लाबारीका निजी विद्यालयहरुले भूकम्प पछिको अवस्थाका बारेमा नगरपालिकालाई कुनै विवरण उपलब्ध नगराएकोले आफ्ना नानीहरु पढ्ने विद्यालयको अनुगमन गरिदिन सम्पूर्ण अभिभावकहरुलाई अपील गरे । आफ्ना नानीहरुको सुरक्षाका लागि अभिभावक आफैले सम्बन्धीत विद्यालयको अनुगमनमा एक दिन खर्चिदा बेफाईदा नहुने इन्जिनियरराणामगरको आग्रह छ ।

दुव्र्यसनलाई निस्तेज गरिने

सुरुङ्गा । नेपाल प्रहरीका पूर्वाञ्चल क्षेत्रीय प्रमुख(डीआइजी) माधवराज जोशीले समाजमा रहेको लागुपदार्थ तथा दुव्र्यसनी समस्यालाई सवै मिलेर निरुत्साहित गर्न अनुरोध गरेका छन् ।
लायन्स क्लव अफ कनकाई सुरुङ्गाको पदस्थापन कार्यक्रमको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । कार्यक्रमको प्रमुख अतिथि समेत रहेका जोशीले २०७१ फागुन १ गतेदेखि हालसम्म २ सय ४२ जना लागु पदार्थ ओसारपसार कार्यमा संलग्नलाई पक्राउ गरिसकेको बताए । पक्राउमध्ये १ सय ८६ जनालाई लागुपदार्थ दुव्र्यसन सम्बन्धि मुद्दा चलाइसकेको बताए । यस अवधिमा १७ हजार ओटा लागुपदार्थ सम्बन्धि ट्याव्लेट, ५ क्वीन्टल गाँजा र व्राउन सुगर वरामत गरिएको जोशीले बताए । उनले यसलाई निरुत्साहित पार्न लायन्ससँग सहकार्य गरेर अगाडि बढ्न सक्ने जनाए ।
कार्यक्रममा लायन्सका डिस्ट्रिक गभर्नर भीम घिमिरेले लायन्स क्लव अफ कनकाईका चार्टर प्रेसिडेन्ट लीला चिमरिया लगायत २७ पदाधिकारीहरुलाई पदस्थापना गराएका थिए । यसैबीच गभर्नर घिमिरेले लायन्सको सदस्यता प्रमाणपत्र र पिन हस्तान्तरण गरेका थिए । मानवीय सेवा, भाइचारा र विश्वबन्धुत्वको विकास र नेतृत्वको विकास लगायतका उद्देश्य बोकेको लायन्सका हाल सम्म विश्वमा १४ लाख बढी सदस्य रहेको घिमिरेले उल्लेख गरे ।
लायन्स क्लव अफ कनकाई सुरुङ्गाको स्पोन्सर क्लवका रुपमा रहेको विराटनगर लायन्स क्लवकी चार्टर प्रेसिडेन्ट अजिता बरालको अध्यक्षता रहेको कार्यक्रममा लायन्सका राजन खत्री,  सहारा नेपाल साकोसका प्रबन्धक निर्देशक महेन्द्रकुमार गिरी, सामाजिक व्यक्तित्व बालकृष्ण मैनाली, नेपाली कांग्रेसका नेत्रप्रसाद चिमरिया, अन्तर पाटी महिला सञ्जाल कनकाई नगर अध्यक्ष सीता बस्नेत,  लायन्स कनकाई सुरुङ्गाका भाइस प्रेसिडेन्ट कुमारमणि पोख्रेलले मन्तव्य राखेका थिए । कार्यक्रममा नवघोषित कनकाइ सुरुङ्गा लायन्सका चार्टर प्रेसिडेन्ट लीला चिमरियाले सबै क्षेत्रसँग सहकार्य गर्दै सामजिक क्षेत्रका कार्य सम्पादन गर्ने प्रतिबद्धता जनाए ।

खेलकुद परिषद्मा हिक्मतको चर्चा

हिक्मत कार्की 
दमक ।  खेलकुद परिषदको रिक्त रहेको सदस्य सचिवको पदमा झापाका हिक्मत कार्की सहितको नाम आएको छ ।
एमाओवादी कोटामा छिरेका खेलकुद परिषद्का सदस्य सचिव युवराज लामाको म्याद सकिएपछि अहिले त्यहाँ कसलाई पठाउँने भन्ने क्रममा युवा तथा खेलकुद मन्त्रालय आफ्नो भागमा परेको एमालेले त्यसमा चुन्ने तयारी गरेको छ । त्यस पदका लागि हिक्मत कार्की, गोकुल बास्कोटा, जीवनराम श्रेष्ठ, लक्ष्मण श्रेष्ठ, लामा टेण्डी शेर्पा, पुनेन्द्रविक्रम लाखे, पिताम्बर तिम्सिनालगायतले दाबी गरेका छन् । एमालेका केन्द्रीय सदस्य कार्की र जीवनरामका सँगै ओलीका विश्वासपात्र बास्कोटाको अहिले निकै चर्चा छ । पिताम्बर आफै सदस्य सचिवको लागि दौडधुपमा लागेको बताइएको छ । सदस्य सचिवको जिम्मेवारी एक सम्हालि सकेका जीवनराम अहिले सदस्य सचिवका लागि तम्तयार देखिए पनि उनी ओली निकट नभएकाले उनको इच्छा पूरा हुने संभावना कम देखिएको छ ।
यता, पार्टीले खेलकुद क्षेत्रको समग्र विकासका लागि पार्टीको केन्द्रीय तहमै काम गरेको व्यक्तिलाई पठाउने भएकाले कार्कीको संभाबना निकै माथि देखिएको एमाले वृत्तमै चर्चा भएको छ । उता बास्कोटाले समेत परेको खण्डमा कार्कीलाई समर्थन गर्ने संकेत देखाएकाले कार्की झन बलियो बनेको जानकारहरु बताउँछन् । अहिले कार्कीको बालकोट आवत–जावत निकै बाक्लो बन्दै गएकाले र त्यताको संकेत पनि सकारात्मक आएको उल्लेख छ ।

मारेर गाडेको बालक पर्किएपछि, अपहरणकारी समातिए

काठमाडौँ । अपहरणमा परेपछि कुटपिट गरि हत्या गरिएको भनिएको एक बालक जीवितै घर फर्किएका छन् । उनलाई अपरहणकारीहरुले कुटपिट गरी ‘मर्याे’ भनेर ‘गाडेका’ थिए । राजधानीको दक्षिणढोका डेरा गरेर बस्ने भीमसेन बन्जराका १० वर्षीयछोरा अपहरणकारीले खाल्डोमा‘पुरेको’ तीन घण्टापछि जीवितै घर आएका हुन् ।
महानगरीय प्रहरी अपराध महाशाखाले अपहरणमा संलग्न दोलखा मार्बुका भीमबहादुर मगर र उनका साथी अभिशेष भनिने रुद्र खत्रीलाई पक्राउ गरेको छ ।
दक्षिणढोकाछेउको चौरमा खेलिरहेकाबालकलाई चाउचाउ दिएर फकाई उनीहरूले अर्जेल गाउँनजिकको जंगलमा पुयाएका थिए ।

शुरुमा फकाउँदै लगेका उनीहरूले जंगलको बीचमा पु¥याएपछि पिट्न शुरु गरेका थिए । ‘बालकसँग सुरुमा बुबाआमाको नम्बर मागेछन्,’ महाशाखाका प्रहरी उपरीक्षक बुद्धि गुरुङले भने, ‘बालकले दिदीको नम्बर दिएको रहेछ ।’ नम्बर पाएपछि दिदीलाई फोनगर्नुअघि उनीहरूले बच्चाको हत्या प्रयास गरेको प्रहरीले जनाएको छ ।

मुख बन्द गरेर घाँटी थिच्दा बालक बेहोस भएपछि उनीहरूले ‘मृत्यु भएको’ ठानेर बालकलाई खाल्डोमा हालेर माथिबाट बालुवा र स्याउलाले छोपेर हिँडेका थिए ।

‘उनीहरूले र्मयो भनेर खाल्डोमा हालेर हिँडेछन्,’ गुरुङले भने, ‘तर बालक बेहोसमात्र भएको रहेछ, उनी खाल्डोबाट निस्किएर आफूपढ्ने स्कुलछेउमा पुगेका थिए ।’

उनीहरूले बालकलाई खाल्डोमा हालेपछि‘अब म¥यो, जाउँ’ भन्दै हिँडेको बच्चाले सुनेका रहेछन् । अपहरणकारीलेबालकको दिदीलाई फोन गर्नुअघि नै बालक होसमा आएर आफन्तको सम्पर्कमापुगेका थिए । उनी आफू पढ्ने गरेको अलमाइट आइडियल स्कुलछेउमा रक्ताम्मेअवस्थामा पुगेका थिए । सँगै पढ्ने साथी गौरवखतिवडाले देखेपछि स्कुलमा खबर गरेका थिए ।

स्कुलले उनको आफन्तको नम्बर पत्ता लगाएर खबरगरिदिएका थिए । ‘शरीरभरि घाउ थियो,’ गौरवले भने, ‘मसहितका साथीलेउसलाई स्कुलभित्र बेन्चमा लगेर सुतायौं, पानी पिउन दिएपछि स्कुलमाखबर र्गयौं ।’ अलि–अलि बोल्न सक्ने स्थितिमा रहेका उनले आमा र दिदी आएपछि आफूलाई अपहरण गरेर जंगलमा पु¥याई म¥यो भनेर अपहरणकारीले फालेको बताएका थिए । त्यसपछिफेरि बेहोस भएका उनलाई थप उपचारका लागि नेपाल मेडिकल कलेज लगिएको थियो ।
 त्यसपछि उनीहरूले महानगरीयप्रहरी वृत्त बौद्धमा जाहेरी दिएका थिए । यता अपहरण गर्नेले त्यसपछि भवानीलाईफोन गरेर भाइलाई आफूहरूले अपहरण गरेको र जीवितै चाहिए ५० लाख रुपैयाँ लिएर सिन्धुपाल्चोकको एक्काइस किलो भन्ने स्थानमा आउन भनेका थिए ।

प्रहरीले भवानीलाई भाइ फेला परिसकेको सूचना अपहरणकारीलाई नदिन सुझाएका थिए । उनलाई प्रहरीले पैसामा बार्गेनिङ गर्न लगाएको थियो ।

‘अन्तिममा ५ लाख रुपैयाँमा कुरा मिलाएर पैसा र्पुयाउने बहानामा उनीहरूलाई पक्राउ गरिएको हो,’ अनुसन्धानमा संलग्न एक अधिकारीले भने, ‘हामीले पक्राउ गरेर बालक फिर्ता आइसकेको खबर नदिँदासम्म उनीहरूलाई बालक जीवितै रहेको थाहा थिएन ।’ पक्राउ परेका द्वयले अपहरण गरेर बालकको हत्या प्रयास गरेकोस्वीकार गरेका छन् । अपहरणमा परेका बालकले अपहरणकारीमध्ये एक जनालाईचिनेकाले उनीहरूले ढाँट्न नसकी बालकको हत्या प्रयास गरेको बयान दिएका हुन् ।
गुरुङका अनुसार पक्राउ परेकामध्ये भीमबहादुर अपहरणमा परेका बालकको छिमेकमा तीन वर्षअघि बस्ने गर्थे । ड्राइभरको काम गर्ने भीमबहादुरले दुई वर्षअघि पिकअप भ्यान चलाउँथे । भ्यान दुर्घटना गराएपछि उनी त्यहाँबाट भागेको पीडित बालककी दिदीले बताइन् । पीडित परिवार भाडामा बस्ने घरमा भीमबहादुरकी सानीआमा नाता पर्ने महिला बस्छिन् । भीमबहादुर त्यहाँ आउने–जाने गरिरहन्थे । त्यही बेलादेखि बालकले उनलाई चिनेका थिए । पछिल्लो एक महिनादेखि बालकलाई उनीहरूले चकलेट, चाउचाउ दिँदै फकाउने गरेका थिए । ‘चिनिराखेको मान्छे भएपछि बालक पनि उसले बोलाउनेबित्तिकै साथै गएको थियो,’ अनुसन्धानमा संलग्न अधिकारीले भने, ‘फुटबल हेर्न लैजाने भन्दै बोलाएर लगेका थिए ।’

अपहरणमा पर्ने बालकको परिवारको आर्थिक स्थिति कमजोर छ । बुबा भीमसेन मानसिक स्थिति ठीक नभएका कारण घरमै छन् । आमा घर बनाउने स्थानमा इँटा र बालुवा बोक्ने काम गर्छिन् । अपराध महाशाखा टेकुमा भेटिएकी बालककी आमाले आँखाभरि आँसु पारेर भनिन्, ‘भीमबहादुरलाई हाम्रो आर्थिक अवस्थाबारे थाहा थियो, तर पनि किन पैसाकै लागि मेरो बच्चालाई यस्तो गर्याे ?’

गर्मीले सप्तरीमा दुईको मृत्यु

सप्तरी । विगत केही दिनदेखि बढेको अत्याधिक गर्मीका कारण सप्तरीमा सोमबार २ जनाको मृत्यु भएको छ । गर्मीले शम्भुनाथ नगरपालिका–९ बस्ने ६४ वर्षीया सम्झादेवी सरदार र सोलुखुम्बु जिल्ला नेटा बतासे गाविस–९ बस्ने ४५ वर्षीया लेखमान विकको ज्यान गएको प्रहरीले जनाएको छ । सरदारको अत्याधिक गर्मीका कारण मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । त्यस्तै, पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने जिल्लाको मोहलीमा बसमा यात्रा गरेको अवस्थामा विकको ज्यान गएको हो । चर्को घाम लागेपछि सरदारको घरमै बेहोस भएर मृत्यु भएको छ भने विकको कटारीबाट धरान जाँदै गर्दा बसमा गर्मीले अचानक बेहोस भएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । गर्मीकै कारण सदरमुकाम राजविराजमा व्यापार व्यवसायमा समेत प्रभावित भएको छ । गर्मीले सोमबार झापा, मोरङ, सुनसरी लगायत तराई जिल्ला प्रभावित भएका छन् ।

गर्मीमा सर्पदंशका बिरामी बढ्दै

दमक । पूर्वी नेपालमा गर्मी बढेसंगै सर्पदंशका बिरामीहरु पनि बढीरहेका छन् ।  झापा,मोरङ, इलाम लगायतका  क्षेत्रमा पनि गर्मी बढेसंगै सर्पदंशका बिरामी बढेका हुन् । जेठ महिनाको २४ गते सम्म  नेपाल रेडक्रस सोसाइटी दमकको सर्पदंश केन्द्रमा जेठ महिनाको २४ गते सम्म ८ जना  बिषालु सर्पले टोकेका बिरामीको उपचार पछि घर फर्किएका छन् ।  ती बिरामीहरुलाई तराई क्षेत्रमा पाइने अति बिषालु गोमन र करेत सर्पले टोकेको सर्पदंशका इन्चार्ज  स्वाथ्यकर्मी देवी भण्डारीले बताए ।  २४ दिन अवधिमा १ सय ३१ जना सर्पदंशका बिरामीको उपचार गरेको केन्द्रले जनाएको छ ।  २०७२ बैशाखमा ७ जना बिषालु सर्पका बिरामीले उपचार गराएर घर फर्किएको केन्द्रको अभिलेखमा उल्लेख छ । बैशाख महिनामा ९१ जना सर्पदंशका बिरामीले उपचार गरेका थिए । पूर्वी नेपालको  तराई क्षेत्रमा अति बिषालु  गोमन र करेत सर्प पाइन्छ । पहाड क्षेत्रमा अति बिषालु सर्प हरेउ र गुर्वे रहेका छन् ।  सर्पको टोकाईबाट बच्न घर वरीपरी हुने प्वालहरु बन्द गर्ने , रातको समयमा टस लाइट बालेर हिड्ने र जुत्ता चप्पल लगाएर हिड्नु पर्ने सुझाव केन्द्रको छ  । सर्पले टोकेको मान्छेलाई तलदेखि माथि सम्म नरम कपडाले बेरेर ल्याउने, सर्पले टोकेको बिरामीलाई धामी, झाँक्री लगाउने ,करेन्ट लगाउने जस्ता गलत काम नगरी चांडो नजिकैको सर्पदंश केन्द्रमा लैजान केन्द्रले आग्रह गरेको छ ।

आयुर्बेदिक स्वास्थ्य शिबिरमा बिरामीको चाप

महारानीझोडा । झापाको महारानीझोडामा एकदिने आयुर्बेदिक निशुल्क स्वास्थ्य शिबिरमा बिरामीको चाप अत्याधिक देखिएको छ । पहिलोपटक भएको आयुर्बेदिक स्वास्थ्य शिबिरमा बिरामीहरुको चाप रहेको पाईएको हो ।
सोमबार झापा क्षेत्र नं. ६ का सभाषद दीपक कार्कीले उद्घाटन गरेको स्वास्थ्य शिबिरमा निशुल्क रुपमा औषधी समेत प्रदान गरिएको थियो । कार्कीले आयुर्बेद स्वास्थ्य सेवालाई प्रभाबकारी बनाउनका लागि सबैको पहल आवश्यक भएका बताए । झापामा आयुर्बेद उपचार पद्धतीमा बिश्वास बढ्न थालेपछि र बिरामीको चाप शुरु भएपछि जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्रले स्वास्थ्य शिबिरको आयोजना गरेको जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्र झापाका प्रमुख डा. सुर्यनारायण मेहताले बताए । उनका अनुसार सबै प्रकारका बिरामीहरु उपचारका लागि आएका थिए । २५ जनाभन्दा
बढी आयुर्बेदका स्वास्थ्यकर्मीहरुले सेवा प्रदान गरेका थिए । बैगुन्धरा आर्युबेद स्वास्थ्यलयका प्रमुख कबिराज बेदप्रसाद शर्माका अनुसार सय प्रकारका औषधीहरु पनि निशुल्क प्रदान गरिएको छ । करिब ६ सय भन्दा बढी बिरामीहरु उपचारका लागि आएका छन् । नेपालमा पहिलोपटक आयुर्बेदको स्वास्थ्यशिबिर गर्ने जिल्ला झापा भएको जानकारी दिदै झापाबाट शुरु भएको यो अभियान अहिले देशब्यापी बन्दै गएको समेत बताईएको छ । कबिराज टेकनाथ अर्यालका अनुसार झापामा आर्युबेद स्वास्थ्य शिबिर बर्षमा दुईपटक बिकट गाबिसहरुमा हुदै आएको छ । अर्यालले स्वागत मन्तब्य राख्दै यस कार्यक्रमलाई निरन्तरता दिने बताए ।

हिम चितुवाको घाँटीमा स्याटलाइट

फिदिम । विश्वको तेस्रो हिमालका रुपमा परिचित कञ्चनजंघा हिमालको फेदीमा संरक्षणकर्मीहरुले हिमचितुवाको घाँटीमा स्याटलाइट जडान गरेका छन् । उनीहरुले दुई साताअघि कञ्चनजंघा संरक्षण क्षेत्र अन्तरगत ताप्लेजुङको ओलाङचुङगोला गाविस वडा नम्वर ९ मा अवस्थित याङमा भन्ने स्थानमा हिमचितुवालाई पासोमा पारेर घाँटीमा स्याटलाइट जडान गरेका हुन् । विश्व वन्यजन्तुकोष, प्रकृति संरक्षण, कञ्चनजंघा क्षेत्र विकास आयोजना,दकञ्चनजंघा क्षेत्र व्यवस्थापन परिषद र स्थानीय हिमचितुवा संरक्षण समितिमा आवद्व पदाधिकारी र प्राविधिकको टोलीले यो काम सम्पन्न गरेको विश्व वन्यजन्तुकोषले सोमवार विज्ञप्ति निकालेर जानकारी गराएको छ । कोषले आफ्नो भाषामा यो कार्यलाई कगअअभककागििथ अयििबचभम धष्तज कबतभििष्तभ(न्एक् तभअजलययिनथ भनेको छ । यसरी हिमचितुवाको घाँटीमा स्याटलाइट जडान गरिएको यो दोस्रो पटक हो । यसअघि सन २०१३ मा कोषले ताप्लेजुङकै खाम्वाचेन क्षेत्रमा पहिलो पटक यो काम सफल पारेको थियो । यो कामका लागि कञ्चनजंघा संरक्षण क्षेत्रमा चारवटा टोली खटेका थिए । कोषका वरिष्ठ अनुसन्धान अधिकृत अनिल श्रेष्ठले भने –“टोलीले हिमचितुवाको वासस्थान पहिचान भएका क्षेत्रमा थापेका २८ मध्ये एउटा पासोमा करिव वर्ष वर्ष उमेर र ४१ किलो वजनको भाले हिमचितुवा फसेपछि त्यसको घाँटीमा स्याटलाईट जडान गरेर छाडेको हो ।” २८ जनाको टोलीले २५ दिनको मेहनत पश्चात हिमचितुवा पासोमा पारेर स्याटलाइट जडान गरेको पनि श्रेष्ठले वताए । यसरी स्याटलाइट जडान गरिएको हिमचितुवावाट अन्तरिक्षमा रहेको स्याटलाइटवाट उस्को रहनसहन, आचरण र स्वभाव अध्ययन गरिने पनि श्रेष्ठले वताए । श्रेष्ठका अनुसार यो काम धधा का अनुसन्धाताहरुले गर्नेछन । यसपट जडान गरिएको स्याटलाइटले हिमचितुवावारे १८ महिनासम्म सूचना दिने वताइएको छ । एक तथ्यांक अनुसार कञ्चनजंघा संरक्षण क्षेत्रमा ३ सय ५० देखि ५ सय ९० को संख्यामा हिमचितुवा रहेको वताइन्छ ।

‘सहि सूचना दिनु सार्वजनिक निकायको दायित्व’

धनकुटा । राष्ट्रिय सूचना आयोगका आयुक्त किरण पोखरेलले लोकतन्त्रमा नागरिकको सूचना पाउने अधिकार रहेकाले सही सूचना दिनु सरकारी कार्यालय एवं सार्वजनिक निकायको दायित्व भएको बताएका छन् । नेपाल पत्रकार महासंघ धनकुटाले सोमबार गरेको सूचनाको हक सम्बन्धी जिल्लाका सरोकारवालाहरुसंगको अन्र्तक्रियामा बोल्दै पोखरेलले सुचना उपलब्ध गराउँनमा कञ्जुस्याई गर्न नहुँने बताए । अहिले सूचना आयोगले सरकारी कार्यालयका सूचना अधिकारीलाई जिम्मेवार बनाउन र प्रोत्साहन सहितको कार्यक्रम ल्याउने तयारी गरिरहेको पोखरेलले जानकारी दिए । सहज सूचना दिने सस्कृतिको विकास गर्नु पर्ने बेलामा पनि सूचना लुकाउने कार्यालय र कर्मचारीहरुलाई कार्वाही गर्ने कानून निर्माण गर्ने चरणमा रहेको पोखरेलले बताए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरले धनकुटामा सूचना लिन अप्ठयारो नभएको दावी गर्दै त्यस्तो रहेमा जानकारी गराउँन आग्रह गरे । स्थानीय विकास अधिकारी गणेशप्रसाद दाहालले पनि सही सुचना उपलब्ध गराउँनुपर्नेमा जोड दिए । कार्यक्रममा अन्य सहभागीहरुले सरकारी कार्यालयबाट आर्थिक विवरणको सूचना दिन आनकानी गर्ने गरेको, एनजिओ र आईएनजिओले खर्च सार्वजनिक नगरेको र खर्चको विवरण नदिएको लगायतका गुनासो सुनाएका थिए ।  यसैबिच धनकुटाका २७ वटा सरकारी कार्यालयका सूचना अधिकारीको नाम र फोन नम्बर सहितको फ्लास बोर्ड सोही कार्यक्रममा सार्वजनिक गरिएको थियो । जिल्ला प्रशासन कार्यालयको निर्देशनमा सवै कार्यालयमा सुचना अधिकारीको ब्यावस्था गराईएको प्रमुख जिल्ला अधिकारी बिजयनारयण मानन्धरले बताए ।

स्वास्थ्य शिविरमा डा. चाङ

सुरुङ्गा । डाक्टरको पहुँचमा पुग्न नसक्ने विरामीहरुलाई लक्षित गरी सुरुङ्गामा एक दिवसिय निशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ ।    वडा नागरीक मञ्च कनकाई नगरपालिका वडा नं.३ र ४ को आयोजनामा प्राथमिक स्वास्थ्य केन्द्र सुरुङ्गामा सम्पन्न शिविरमा सातसय जना विभिन्न किसिमका विरामीहरुको स्वास्थ्य परीक्षण गरीएको आयोजक समितिका सदस्य गोविन्द पौडेलले वताए ।
डाक्टर चाङ सुपर स्पेसियलिटी हस्पिटल सिलिगुडीवाट डाक्टर चाङको नेतृत्वमा आएका विशेषज्ञ डाक्टरहरुवाट स्वास्थ्य परीक्षण गरीएको हो । शिविरमा हाड, जोर्नी, नशा, मुटु तथा दाँत रोग सम्वन्धि विरामीहरुको स्वास्थ्य परीक्षण गरीएको हो । परीक्षणवाट जटिल समस्या देखिएका विरामीहरुलाई डाक्टर चाङको हस्पिटल सिलिगुडीमा रेफर गरीएको छ । शिविरमा सगुन, सगोल, अग्रसर महिला कृषि सहकारी संस्था लि., कनपा ४ सहप्रायोजकका रुपमा रहेका थिए । नेरेसो उपशााखा सुरुङ्गा, सहकार्य युवा क्लव, ज्ञानज्योती युवा क्वल, मार्गदर्शन नेपाल, सुरुङ्गा सामुदायिक अध्ययन केन्द्र लगायतका सामाजिक संस्थाहरुको सहयोगी भुमिका रहेको आयोजक समितिका सदस्य यदु अधिकारीले वताए ।  दप प्रज्वलन गर्दै डाक्टर चाङले शिविरको उद्घाटन गरेका हुन् । वडा नागरीक मञ्च वडा नं. ४ का संयोजक राम घिमिरेको सभापतित्व एवं वडा नं. ३ का संयोजक यामनाथ सेढाईले स्वागत गरेको कार्यक्रममा चन्द्र मैनालीले कार्यक्रमको औचित्य माथि प्रकाश पारेका थिए । कनकाई नगरपालिकाका कार्यकारी अधिकृत सुनिल निरौलाले शिविर सफलताको शुभकामना दिएका थिए ।

गर्मीका कारण जनजीवन अस्तब्यस्त

दमक । केही दिनदेखि बढेको गर्मीका कारण झापा सहित तराईका जिल्लाको जनजीवन अस्तब्यस्त हुन थालेको छ । बिहान सवेरैदेखि हपहपी गर्मी सुरु भएपनि मानिसहरुको चहलपहल समेत घटेको विर्तामोडका एक ब्यवसायीले बताएका छन् । दिनभर ग्राहक नै नआउने भन्दै बिहान र बेलुकी पखमात्र चहलपहल हुने गरेको उनले बताए । गर्मीका कारण बालबालिका, बृद्धबृद्धाका साथै मजदुर बढी मारमा परेका छन् । चर्को गर्मीका कारण मानिसहरु दिनभर शितल ठाँउमा भेला भएर बस्ने गरेका छन् ।
जेठ पहिलो हप्तादेखि अत्याधिक गर्मी बढेका कारण पश्चिम तराईका जिल्लाहरु बढी प्रभावित भएपनि केही दिनदेखि पूर्वमा पनि त्यस्तै पिरलो थपिएको छ । गर्मीले तापक्रम बढेसँगै मानिसमा टाउको दुख्ने, ज्वरो आउने, आँखा दुख्ने, रिङ्गटा लाग्ने, बेहोस हुने, झाडा पखला लगायतका समस्या पनि देखा पर्न थालेका छन् । गर्मी बढेसंगै झापाका प्रमुख ब्यपारीक शहरहरु विर्तामोड, दमक, काकडभिट्टा, दमक लगायत शहर,बजारमा मानिसहरुको चहलपहल घटेको छ । घाम त्यति धेरै चर्को नलागेपनि हपहपी हुने गर्मीले गर्दा धेरैको अनुहारमा खलखली पसिना देखिन्थ्यो । यसले पनि के पुष्टि गर्छ भने झापामा पनि गर्मी निकै बढेको छ । यसैबीच देशभर गर्मी बढ्दै गएकाले खानपानमा ध्यान दिन डाक्टरले सुझाव दिएका छन् । गर्मीमा धेरै पसिना आउने र पसिनाको माध्यमबाटै नुनिलो पदार्थ बाहिर निस्कने भएकाले शरिरमा पानीको मात्रा कम हुन्छ । गर्मीका कारण झापाका अस्पतालमा बिरामीको सड्ख्या बढेको छ । गर्मीकै कारणले हुने विभिन्न रोगका कारण अस्पतालमा आउने बिरामीहरुको चाप अत्याधिक बढेको चिकित्सकहरुले बताएका छन् ।

तराईमा गर्मी अझै बढ्ने

काठमाडौं उपत्कासहित पश्चिम तराईमा गर्मी अझै बढ्ने अनुमान गरिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्व बाहेकका ठाउँमा गर्मी बढ्ने अनुमान गरिएको हो । मौसमविद् बरुण पौडेलले अहिले तत्काल पानी पार्ने कुनै वायु सक्रिय नभएकाले अझै केही दिन गर्मी बढ्ने अनुमान गरिएको बताए । मध्य तथा सूदुरपश्चिममा मंगलबारदेखि सामान्य बदली हुने सम्भावना रहेको उनको भनाई छ । उनका अनुसार काठमाडौं उपत्यका सहित मध्य क्षेत्रमा भने बेलुकापख सामान्य बदली भै फाटफुट पानी परे पनि दिउँसो अझै केही दिन चर्को घाम लाग्ने सम्भावना छ । काठमाडौंको ताप शनिबार तीनवर्ष यताकै उच्च ३५ डिग्री सेल्सियस पुगेको थियो । आइतबार पनि त्यसकै हाराहारीमा रहेको थियो ।