हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्वि

२ हजार बढी व्यापारी कार्बाहीमा

विराटनगर, ६ साउन/अवैध रुपमा नापतौलको कारोबार गर्ने र समयमा नापतौल यन्त्रको नवीकरण्ँ नगराई उपभोक्ता ठगी गर्ने पूर्वाञ्चलका २ हजार २ सय ६७ औद्योगिक एवम् व्यवसायी प्रतिष्ठानलाई गुण्ँस्तर तथा नापतौल Ôेत्रीय कार्यालय विराटनगरले कार्बाही गरेको छ ।
कार्यालयका अनुसार आर्थिक वर्È २०६८÷६९ मा पूर्वाञ्चलको १६ जिल्लाका सहरी तथा बजार र ग्रामीण्ँ Ôेत्रमा गरिएको अनुगमनबाट नापतौलमा अनियमिमता देखिएपछि कार्बाही गरिएको हो । कारबाहीमा पर्नेहरूमा तरकारी व्यवसायी र किराना पसलदेखि ठूला उद्योग समेत रहेका छन् ।
कार्यालय प्रमुख शशिभूÈण्ँ यादवले सीमित स्रोत र साधनका बाबजुद विभिन्न स्थानमा टोली खटाई ४ हजार १ सय ५६ व्यवसायी तथा उद्योगीको नापतौल पुनः जा“च नवीकरण्ँ गरिएको जानकारी दिए ।
साथै कार्यालयले ६१ व्यवसायीलाई नापतौल सम्बन्धी नया“ जा“च इजाजतपत्र वितरण्ँ गरेको तथा १ हजार २ सय २३ व्यवसायीलाई नापतौल अनुमतिपत्र
प्रदान गरेको जनाएको छ । यसैगरी, यस वर्È पूर्वाञ्चलका २ सय १४ पेट्रोलपम्पको जा“च गरी अनुमतिपत्र नवीकरण्ँ गरिएको छ ।
ती कारोबारबाट कार्यालयलाई १६ लाख ६४ हजार २ सय रुपैया“ राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।

गएको वर्ष झापामा ७६ को मृत्यु

बिर्तामोड, ६ साउन/गएको वर्ष झापामा ७६ जनाको सडक दुर्घटनाका कारण ज्यान गएको छ । जिल्ला ट्राफिक कार्यालयका अनुसार गएको वर्ष ०६८÷०६९ मा जिल्लाका जिल्लाका विभिन्न क्षेत्रमा भएका २ सय १४ सडक दुर्घटनामा परी ७६ जनाको ज्यान गएको छ । गत वर्ष ०६७÷०६८ मा भने जिल्लामा २ सय २९ ओटा दुर्घटनामा ८२ जनाको ज्यान गएको थियो ।
जिल्ला कार्यालयका ट्राफिक प्रहरी हवल्दार याम खड्काका अनुसार गएको वर्षमा ४३ लाख रुपैयाँ बढी राजस्व संकलन गरेको छ । सो अवधिमा २७ हजार १ सय ९९ ओटा ट्राफिक नियम उल्लंघन गर्न सवारी साधनहरूलाई कारवाही गरी ४३ लाख ५५ हजार ७ सय ७५ रुपैयाँ राजस्व संकलन गरेको थियो । गत वर्ष ०६८÷०६९ को तुलनामा ६ लाख बढी राजस्व वृद्धि गरेको हवल्दार खड्काले जानकारी दिए । अघिल्लो वर्षमा २५ हजार ५ सय ७३ ओटा सवारी साधनलाई कारवाही गरी ३७ लाख ३ हजार ४ सय ७५ रुपैयाँ उठाएको थियो ।
हाल जिल्लामा जिल्ला ट्राफिक कार्यालय
 सहित ११ ओटा युनिट सञ्चालनमा छ । पछिल्लो पटक गौरादह, बुधबारे क्षेत्रमा अस्थायी ट्राफिक प्रहरी पोष्ट राखिएका छन् ।
यसैगरी, इलाममा अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष ०६८÷०६९ मा सवारी दुर्घटनामा परि मृत्यु हुनेको संख्या २७.२७ प्रतिशत घटेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय इलामको तथ्याङ्क अनुसार आव ०६८÷०६९ मा ३९ दुर्घटनामा परि १६ जनाले ज्यान गुमाएका छन् । दुर्घटनामा १० जना पुरुÈ, ४ महिला र  २ बालबालिकाले ज्यान गुमाएका हुन् । अघिल्लो वर्ष विभिन्न ५१ दुर्घटनामा २२ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा १८ जना पुरुÈ,  २ महिला र २ बालबालिका थिए ।
त्यसैगरी अघिल्लो वर्षको तुलनामा दुर्घटनामा परि गम्भीर घाइते हुनेको सङख्या घटेको छ । गत वर्ष ७५ जना गम्भीर घाइते भएकामा आव ०६८÷६९ मा २७ जना रहेको ट्राफिक प्रहरीको तथ्याङ्कमा उल्लेख छ । दुर्घटनामा २१ जना पुरुÈ र ६ महिला गम्भीर घाइते भएका हुन् ।
कार्यालयका अनुसार ट्राफिक नियम सम्बन्धी जनचेतना र ट्राफिक नियमलाई कडाईका साथ पालना गराएपछि दुर्घटनामा मृत्यु हुनेको संख्यामा कमी आएको हो ।
पछिल्लो समयमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउनेलाई कार्बाही गर्न थालेपछि इलाममा यस्तो संख्या घट्न थालेको ट्राफिक प्रमुख डम्बरबहादर थापाले बताए ।
१७ गते सिगूलाई उनको पञ्चमी–६ को घरबाट एक थान कटुवा पेस्तोल, एक राउण्ड गोली, धनुÈका“ण्ँ र तीर सहित पक्राउ गरेको थियो । जिल्ला प्रशासनको आदेशले थुनामा रहेका उनले भूमिगत समूहको नाममा विभिन्न व्यक्तिलाई धम्क्याएर चन्दा उठाउने गरेका थिए ।

पहिरोले दुई घर विस्थापित

ताप्लेजुङ, ६ साउन/ताप्लेजुङ बिहीबार राति गएको पहिरोले ताप्लेजुङको मेहेले गाविस–९ का दुई परिवार विस्थापित भएका छन् । घरमाथिबाट झरेको पहिरोले बीरबहादुर राई र भीमकुमार राईको परिवार विस्थापित भएका हुन् । उनीहरू छिमेकीकोमा शरण्ँ लिएर बसेको स्थानीय दिपेन्द्र कडरियाले बताएका छन् ।

करेन्ट लागेर मृत्यु

उर्लाबारी,६ साउन/करेन्ट लागेर शुक्रबार अपरान्ह मोरङको बयरवन–८ का ३० वर्षीय डम्बर श्रेष्ठको मृत्युु भएको छ ।
विद्युतको नाङ्गो तारबाट फ्याक्सिबल तार जोडेर स्थानीय दही खोलामा करेन्ट लाएर माछा मार्ने क्रममा अपरान्ह २ बजे श्रेष्ठको मृत्युु भएको स्थानीय पूर्ण बोहोराले जानकारी दिए ।

विपी स्मृति दिवस मनाइ“दै

दमक,६ साउन/तिसौं बिपी स्मृति दिवशको सन्दर्भ पारेर नेपाली कांग्रेस दमक नगर समितिले नगरका सबै १९ वटा वडामा कार्यक्रम गर्ने तय गरेको छ ।
नगरसभापति ढुण्डीराज भण्डारीका अनुसार भोलि वडा नम्बर १५ मा वडा पार्टी कार्यालय उद्घाटन हुने छ ।
यसैगरी अन्य वडा पार्टी कार्यालयले पनि
 स्मृति दिवश तथा अन्य कार्यक्रम हुने तय भएको छ । वडा नम्बर ८, १४, १८ र १९ मा बाहेक अन्य वडाहरूमा वडा पार्टी कार्यालय स्थापना भइसकेको पार्टीले जनाएको छ ।

‘पाइलट बन्छु’ - तोतेबोली

तिम्रो नाम के हो ?
Þमेरो नाम हिस्टन पौडेल हो ।
कुन स्कुल र कतिमा पढ्छौँ ?
Þम सर्वोदय विद्यालयको कक्षा एलकेजीमा ।
तिम्रो बुवा आमाको नाम के हो ?
Þबुवाको नाम विष्णु र आमाको नाम दुर्गा हो ।
तिम्रो बुवा र आमा के काम गर्नु हुन्छ ?
Þबुवा नगरपालिकामा र आमा घरमा काम गर्नुहुन्छ ।
तिमीलाई कुन किताब पढ्न मन लाग्छ ?
Þमलाई ‘म्याथ’ मन लाग्छ ।
तिम्रो स्कूलमा मिल्ने साथी को हुन् ?
Þनिशन हो ।
तिमी घरमा झगडा गर्छौ रे हो ?
Þहोइन नि ।
स्कूलदेखि घर आएपछि के–के गर्छौ ?
Þलुगा फेर्छु, खाजा खान्छु अनि होमवर्क गर्छु
होमवर्क पछि ?
Þटिभी हेर्छु , टिभीमा टोम एण्ड जेरी मन पर्छ ।
पछि ठूलो भएर के बन्छौ ?
Þपाइलट बन्छु ।
पाइलटले के काम गर्छ थाहाँ छ ?
Þआकाशमा जहाज उडाउँछ ।

केबुलकारको कथा

कार्तिकेय घिमिरे
नमस्कार ! मेरो नाम रज्जु गाडी हो । मलाई अंग्रेजीमा केबुलकार भन्छन् । कसैकसैले भने मलाई गोन्डोला पनि भन्छन् । आज म तपाईलाई आफ्नो यात्राको कथा सुनाउछु है ।
मलाई मनकामना दर्शन प्रा.लि. नाम गरेको कम्पनीले नेपालमा ल्याएको हो । मानिसहरु नेपालमा मलाई मनकामना केबुलकारको नामले चिन्छन् । मलाई एसडब्लु कमपनीले बनाएको हो । पहिलो सुरुमा नेपाल आउँदा म निक्कै डराएको थिएँ । ठूला–ठूला पहाड माथिबाट दौडदा मेरो जिउ नै सिरिङ् हुन्थ्यो । अहिले मलाई बानी परिसक्यो । मनकामना मन्दिरको दर्शन गर्न जाने यात्रु बोकेर वारिपारी गर्न मलाई निक्कै मज्जा आउँछ ।
दिनदिनै थुप्रै मान्छे मेरो जिउमाथि चढेर मनकामना मन्दिर जान्छन् । म एक पटकमा ४५० किलोसम्मका ६ जना मान्छेलाई बोक्न सक्छु । मान्छेहरु म माथि चढेर निकै रमाउँछन् । कति मान्छेहरु त आहा ! केबुलकार चढ्दा त प्लेन चढे झै रमाइलो हुँदोरहेछ भनेर एकदमै रमाउँछन् । धेरै वर्षदेखि मान्छेलाई मनकामना पु¥याउने काम मैले गर्दै आएको छु ।
म माथि चढ््न आउने मान्छे थरिथरीका हुन्छन् । कोही मान्छेदेखि मलाई हाँसो उठ्छ । कोही मान्छेदेखि रिस पनि उठ्छ । कोही मान्छे भने मलाई धेरै माया गर्छन् । यस्तै हाँसो, रिस र मायाको मेरो यात्राको कथा सुरु गरुँ है ।
एक दिनको कुरा हो । एउटा मोटो मान्छे लमक्लमक् गर्दै ममाथि चढ्यो । उसले भादगाउँले टोपी लगाएको थियो । उसले त्यो दिन वारि फर्कने बेलामा चारजना केटाएउटी आमैसँगै चढे । म दौड्न सुरु गर्नासाथ तिनीहरु याहु ! केबुलकार हिँड्यो भनेर कराउन थाले । तिनीहरु खुसी भएको देख्दा मलाई पनि खुसी लाग्यो । म पहाडबाट बिस्तारै तलतिर दौडदै थिएँ । ति केटामध्येको एउटा अलि छुच्चो जस्तो देखिने केटाले चुइँगम खाएर मेरो जिउमा ट्याप्प टाँसिदियो । मलाई झनक्क रिस उठ्यो । म चिच्याउँदै कराएँ– ए भाइ तिमीले मेरो जिउमा किन फोहोर टाँसेको हँ ? मैले अचानक कराउँदा ति चारैजना केटा निक्कै डराए । मैले फेरि नरम हुँदै भने– यसरी अर्काको जिउमा फोहोर गर्नु राम्रो हो त ? सबैले होइन अब हामी यस्तो गर्दैनौँ भनी एकै स्वरमा कराए । मलाई ठीकै लाग्यो ।
जाने बेलामा ति चारैजनाले मलाई बाइबाइ केबुलकार दाई भनेर गए । मलाई एकदमै आनन्द आयो । एकदिन त क्या गजब भयो नि ! एकजना दाइ धोती लगाएर पान चपाउँदै म माथि चढे । त्यो दिन उनी एक्लै थिए । मैले दौडाउँदै उनलाई पारीको स्टेशनतिर लग्दै थिएँ । मस्र्याङ्दी नदीको माथिको आकाश मार्गमा पुगेपछि झ्याप्प बत्ती गयो । म ठ्याक्क रोकिएँ । ति त डराए जोडसँग रुन पो थाले बा ! मैले उनलाई सम्झाउँदै भने– ए भाइ साहेब ! नरुनुहोस् । अहिले एकछिनमा जेनेरेटर (बिजुली निकाल्ने मेसिन) चल्छ । अनि म दौडिहाल्छु नि । मेरो कुरा सुनेर ति चुप भए । उनी मेरो जिउमा अडेस लागेर शान्त भइ बसे । पाँच मिनेटपछि म दौडन सुरु गरेँ । ति दाई खुसीले रमाए । मलाई पनि खुसी लाग्यो ।
पारीको स्टेशनमा उत्रने बेलामा ति दाजुले पान खाएको मुखले मेरो जिउमा प्याच्च थुके  उनको स्वभाव देखी मलाई झनक्क रिस उठ्यो । धेरै कुरा सोचेर केही नबोली बसेँ । त्यो दिनभरी मेरो ‘मुड अफ’ भयो । त्यसपछि के–के भयो मलाई केही कुरा सम्झना छैन । त्यसको दुई चार दिनपछि भने म फेरि चङ्गा भएँ । मेरो मन फुरुङ्ग भयो । म आज कस्ता यात्रु आउने हुन् भनी उनीहरुको प्रतिक्षामा थिएँ । एउटी सानी बच्ची फुर्किदै म माथि चढिन् । उनीसँगै उनकी आमा पनि थिइन् ।
मेरो जिउमाथि चढ्नेबित्तिकै ति बच्चीले खुसी हुँदै भनिन्– मामु बिस्तारै बसिस्यो, केबुलकार अंकललाई दुख्ला नि ! मलाई अचम्म लाग्यो । मैले ति बच्चीलाई निक्कै नियालेर हेरेँ । उनका साना–साना आँखा थिए । गोलो चिटिक्क परेको हँसिलो अनुहार थियो । म एकटकसँग ति बच्चीलाई हेर्दै दौडिरहेको थिएँ । त्यति नै बेला अचानक आकाश कालो भएर आयो । बादल गुडुङ गुडुङ गर्दै कराउन थाल्यो । ठूलो आँधीबेहेरी आयो । बच्ची रुन कराउन थालिन् । ‘नरोऊँ नानी तिमीलाई केही हुँदैन । म तिमीसँग छु नि’– मैले भनेँ । मेरो बोली सुनेर बच्चीले अचम्म मान्दै मलाई ट्वाल्ल हेरिन् । मलाई चिनिनौँ ? म तिम्रो केबुलकार अंकल हुँ । मैले बच्चीलाई सम्झाउँदै भनेँ । त्यसपछि बच्ची रुन छाडिन् । उनले आफ्ना साना आँखाको आँशु पुछ्दै भनिन्–‘अंकल’ । मलाई डर लाग्यो । छिटो मनकामना मन्दिर लैजानुस् न भन्या । प्यारी बच्चीको आँखामा आँसु देखेर मलाई हावासँग झोँक चल्यो । म पनि के काम, बेतोडसँग हावालाई टेर्दै नटेरी पारि स्टेशनतिर दौडिएँ । बच्ची खुसी हुँदै हाँस्न थालिन् । मलाई पनि खुसी लाग्यो । पारिको मनकामना स्टेशनमा पुगेपछि बच्ची मेरो जिउबाट उत्रिन् । उनी ‘मामु केबुलकार अंकललाई पनि मनकामना मन्दिरमा लैजाने’ भनेर जिद्दि गर्न थालिन् ।

पोइन्ट अफ भ् - फ्रेममा चराहरु

प्रकाश आङ्देम्बे
स्रष्टा धनकुटे कान्छा र भाइ सुर्य सुब्बासँग विहिवार साँझ दमक स्थित सडक विभाग कार्यालय परिसरमा विना योजना चराहरुको तस्विर खिच्न पसियो । यो भन्दा धेरै अगाडि पनि धेरै पटक विभिन्न विधाका अतिथिहरुसँग यहाँको गेस्ट हाउमा वसेकै हो ।
दिक्दार लाग्दो दमकको अव्यवस्थित भीड र कोलाहलको बीचमा जब हामी सडक विभाग भित्र प्रवेश गर्छौ, एकाएक शान्त र मनोरम वातावरणको बीचमा पुग्छौँ । लाग्छ हामी कुनै शहरमा छैनौ । शान्त, हरियाली वातावरणको अलावा यो स्थान बकुल्ला, पानी हास, काग आदि पंक्षीकोे मुख्य वासस्थान पनि हो । अहिलेको समयमा यी चराहरुले बचेराहरु धमाधम हुर्काइरहेका छन् । यो स्थानलाई चरा अध्ययन केन्द्रको रुपमा या आवसीय सृजनाका लागि लेखक, स्रष्टाहरुलाई व्यवस्थित सुविधासाथ उपयोग गर्ने वातावरणको सृजना गर्ने हो भने दमकको लागि एउटा सुन्दर परिचय बन्न सक्ने छ जस्तो लाग्यो । सोही अवसरमा मेरो क्यामराले क्लिक गरेका केही चराका तस्विरहरु.......

गुंला पर्व र यसको महत्व

राम प्रधान
नेपाल धेरै प्रकारका विशिष्टतामा आधारित देश हो । नेपालको पौराणिक परम्परा, धार्मिक संस्कार संस्कृति तथा सयौँ जात जातिहरुको धार्मिक, प्रचलन, मान्यता परम्परा, चलन, रितिरीवाजहरु सजिएको, सिंगारिएको सुन्दर देश हो । नेपाल सामाजिक, धार्मिक सहिष्णुता, सद्भाव, पारस्परिक सहयोग नेपालको वास्तविक पहिचान हो । नेपाललाई धार्मिक दृष्टिकोणले हेर्दा नेपालको आदिवासी जनजातिहरु मध्येका एक जाति नेवार जाति हो । नेवार जाति परम्परा रितिरीवाज, चालचलन, धर्म संंस्कार संस्कृतिमा विशेष चाख र महत्व राख्ने जाति हो । अन्य जनजातिहरुको जस्तै नेवारहरुको पनि सम्वत् अथवा समय वा साल परिवर्तनको गणना गर्ने बैज्ञानिक आधारमा नयाँ वर्ष मानिन्छ । चन्द्रमास परिवर्तनको आधारमा गणना हुने नेपाल संवत कार्तिक शुक्ल प्रतिपदा (परेवा वा पारु) दिन नयाँ वर्षको प्रारम्भ मानिन्छ । अर्थात् प्रत्येक शुक्ल प्रतिपदाको दिन नयाँ महिना शुरु हुने गर्दछ । यो श्रावण शुक्ल प्रतिपदाबाट शुरु हुने ‘गुंला’ महिना पर्दछ । गुंला महिना वर्षको १० औँ महिना हो ।
गुंला महिना नेवार जातिको मात्र नभइ चन्द्रमास परिवर्तनको आधारमा चाड पर्व रितिरीवाज मान्ने सबै जातजातिहरुको महत्वपूर्ण महिना हो । यो प्रारम्भ भएको पाचौँ दिन नागपंचमी मनाइन्छ । जुन दिन प्राय सबै जातजातिहरुले नागहरुको पूजा गर्दै हरेक घरघरमा नागहरुको चित्र टाँस्ने प्रचलन छ । काठमाडौं, ललितपुर, हानघाट, धापाखेल नागदह लगायत विभिन्न धारा, कुवा, मूल पोखरीहरुमा पुगी नागहरुको पूजा गरी नागपंचमी सम्पन्न गरिन्छ । क्वाँटीपूर्णिमा, रक्षाबन्धन, जनैपूर्णिमा, राखी पूर्णिमा जस्ता महत्वपूर्ण दिन पनि यस महिनाको पूर्णिमाको दिन पर्दछ । अर्थात् चन्द्रमास पूर्ण भएको दिन ४÷५ ओटा नामले एकै दिनलाई जनाउँछ । नेवार समुदायमा क्वाँटीपूर्णिमा, ब्राह्मण तथा क्षेत्री समुदायमा जनै परिवर्तन गरी नयाँ र सफा लगाउने, रक्षाबन्धनको रुपमा डोरी नाडीमा बाँध्ने र तराईवासी समुदायमा चेलीहरुले माइतीहरुको रक्षार्थ राखी बाँधेर मनाउने चलन छ ।
पूर्णिमाको भोलिपल्ट अर्थात् श्रावण कृष्णप्रतिपदाको दिन शहर बजारमा चालु वर्ष भरी स्वर्गवास हुनुभएका पूर्खा वा आफन्तहरुको स्मृतिमा स्वर्गीय व्यक्तित्वहरुको प्रतिविम्ब बनाई आफन्तजनहरुले बजारमा प्रदर्शनगरी स्वर्गीय व्यक्तिप्रति सामूहिकरुपले श्रद्धा व्यक्त गर्ने वर्षको रुपमा मनाइन्छ । यस दिनलाई गाइजात्रा वा सापारु भनेर नेपाली समाजको मनभित्र जिवित छ । त्यसपछि चालुवर्षको धान रापाई गरिसकेको सन्दर्भमा रोपाई जात्रा मनाइन्छ । रोपाई जात्रामा धानको विरुवा रोपेको अभिनय गर्दै सडकमा रोपाई जात्रा हुन्छ । त्यसपछि कृष्णअष्टमी लगायत धेरै पर्वहरु यस महिनामा भने पितृको वा बुवाको मुख हेर्ने पर्व पनि यसै महिनामा पर्दछ ।
यसै महिनामा सोमबार ब्रत वा शिवप्रति भक्ति प्रदर्शन गर्ने, बाबा धाम दर्शन गर्न जाने । चाड पर्वहरुको प्रारम्भ हुने खेतीपातीहरुको समाप्त तथा महिजारोको छेउछाउ वा हिउँद मौसम यसै महिनादेखि शुरु हुन्छ भन्ने धार्मिक मान्यताहरु छन् । धार्मिक किम्वदन्ती अनुसार गुंला महिनाको कृष्ण प्रतिपदा वा कृष्णपक्ष परेवाको दिन स्वर्गद्वार खुल्ला रहने र स्वर्गीय व्यक्तित्वहरुको नाममा सापारु (गाइजात्रा) को व्यवस्थापन गर्दा स्वर्गमा बास हुन्छ भन्ने मान्यता छ । अर्को पक्ष भनेको यस महिनामा कृष्णअष्टमी पर्व केवल नेवार जाति मात्र नभएर कृष्ण भगवानप्रति श्रद्धा गरी कृष्णलाई मान्ने सबै प्रकारको जातजाति । जनजातिहरुले पनि कृष्ण जन्मअष्टमी धुमधामसँग मनाइन्छ । यो महिनामा काठमाडौं उपत्यका बाहेक नेवारहरुको बाक्लो बसोबास भएको शहरहरुमा करिब एक महिनासम्म लगातार रुपममा दैनिक लाखे नाच प्रदर्शन गरिन्छ । गुंला महिनाको ३ दिन अगाडि शिल्ला महिनाको घण्टा कर्ण चतुर्दशीका दिन ‘गथांमुग चन्हेपुजा गरेपछि उपत्यका बाहिरका भोजपुर, धनकुटा, संखुवासभा, तेह्रथुम, धरान, बिराटनगर, दमक, उर्लाबारी, इलाम, इटहरी लगायतका शहरहरुमा लाखे नाच दैनिक जसो देख्न पाइन्छ । कृष्ण जन्मअष्टमीमा कृष्णको जन्म भएको अभिनयपछि माथि उल्लेखित शहरहरुमा लाखे नाच सम्बन्धीको कार्यक्रमहरु चालु वर्षको लागि सम्पन्न भएको मानिन्छ । त्यसपछि गुंला वर्षको अन्तिम दिन अथवा गुंला महिनाको मसान्तको दिन कुसे औसी तथा बुवाको मुख हेर्ने तथा पितृ दर्शन गरेपछि यो महिना समाप्त हुन्छ । यसै महिनामा ‘बोलबम’ जाने विभिन्न जलासयबाट पानी ल्याई शिव मन्दिरहरुमा पानी चढाउने ब्रत बस्ने लगायतका थुप्रै धार्मिक मान्यताहरु बोकेको महिना हो ।
गुंला महिनाभरी नै धार्मिक, सांस्कृतिक, पौराणिक दृष्टिकोणहरुले सबैजसो जातजाति, जनजातिहरु कुनै न कुनै ढंगल जानेर वा नजानी भएपनि यस महिनाभित्र विभिन्न धार्मिक कार्यहरुमा संलग्न रहन्छन् । महिलाहरुको सन्दर्भमा पनि यो महिना महत्वपूर्ण छ। महिलाहरुले हरियो चुरा लगाउने सोमबारको दिन ब्रत बस्ने शिवजी मन्दिरहरुमा पानी चढाउने गर्छन् भने घरघरमा नागको पूजा गर्ने, नाग टाँस्ने गर्दछन् । ब्राह्मण तथा क्षेत्री अथवा जनै लगाउने समुदायले नयाँ जनै लगाउने गर्छन् । तराईवासी समुदायमा राखी चेलीहरुले माइतीहरुलाई लगाइदिन्छन् । पुह्रेतहरुले, पण्डितहरुले रक्षाबन्धन लगाई दिने देखि नेवार समुदायमा ९ प्रकारका प्रोटिन युक्त गेडागुडीहरु पकाएर आफन्तहरुलाई खुवाउने चलन छ। त्यस्तै मुख्य शहरहरुमा बाजा बजाउँदै लाखे नाच प्रदर्शन गर्ने पर्वहरु मनाउने, हिलो खेल्ने, रंगीविरङ्गी कपडाहरु लगाउने, साहित्यकार, व्यंग्यकारहरु सामाजिक विकृति, विसंगतीहरुको विरुद्धमा हाँस्य ब्यंग्य सृजनाहरु समेत प्रस्फुटन गर्ने महिना भएको हुँदा एक प्रकारले रमाइलो महिना पनि हो । त्यसैगरी महिनाको अन्तिम दिन आफ्नो जन्मदाता बुवाप्रति सम्मान, भक्तिभाव प्रदर्शन गर्दै आ–आफ्नो औकात, गच्छ्य अनुसार उपहार, मीठो मसिनो बुवालाई दिएर सम्मान गर्ने महिना भएकोले गुंला महिनाको पर्वहरुको महत्व बढ्दै गइरहेको छ । 

जननायकप्रति श्रद्धाञ्जलि – असरल्ल

कमन देवान
आज जननायक बीपी कोइरालाको ३० औँ स्मृति दिवस । मलाई थाहाँ छैन, बीपी कोइरालाले जन्माएको पार्टी नेपाली कांग्रेस बीपीबाट प्रतिपादित राजनीतिक–वैचारिक चिन्तक र सिद्धान्तमा निष्ठा राख्छ वा यो निष्ठाको उचाईबाट कांग्रेस सिसिफसको ढुङ्गो झैँ लडिमात्र रहेको छ । प्रसङ्गवस असरल्ल बसाईमा प्रजातान्त्रिक समाजवादको विषय सुस्ताएको यो बखत व्यस्ततालाई धकेल्ने प्रयासमा छु, दुईचार अक्षर फुराउन ।
उसो त अचानक ‘फेरि सुन्दरीजल’ नामक पुस्तकमा बीपीले समेटेका विचारहरु (जो जेल डायरीको संकलित रुप हो ) मा नचाहेरै पनि मन डुलेको छ । यसअघि दुईपटक सरसर्ती पढिसकेकाले बोझलाग्दो राजनीतिक कुराकानी र मनोवादात्मक उनका शब्दहरु उपर उस्तो ध्यान दिएकै होइन । यद्यपी, यतिबेला देशमा जुन असहमति र राजनीतिक निषेधको गम्भीर संकटकाल जारी छ, अनि लाग्यो २०३३ सालमा बीपीले राष्ट्रिय मेलमिलापका लागि चालेको कदम बारे सामान्य चिन्तन गर्नै पर्ला । महान् वैज्ञानिक ग्यालिलियोले भनेका छन्– ‘संसारमा सबैभन्दा गाह्रो बिषय सोच्नु हो ।’ मलाई त्यही भाईले गाँजेको छ । देश हाँक्ने जिम्मा लिएका बडेमानका बृद्धि भएका नेतागणले त सोच्न नसकेको र मेसो खुट्याउन नसकेको विषयमा मेरो मथिङ्कल दुख्नुको कुनै तुक छैन ।
समग्र अर्थ कति प्रधान विषय हो, आजको राजनीति यस दिशातिर लम्कन सकेको छैन कि ! भन्ने लाग्छ । त्यसैले २००७ सालको क्रान्तिपछि मुलुकले प्राप्त गरेको प्रजातन्त्र र नेपाली जनताले प्राप्त गरेका अधिकारहरु पूर्णतः संस्थागत हुन सकेका अवस्था छैनन् । यस्तो लाग्छ, देशमा राजनीति, प्रशासन, ऐन, कानुन सबै महत्वपूर्ण अङ्गहरु बेलगाम दौडिएका छन् । देश, राष्ट्र जनता, राष्ट्रियता, समृद्धि विकास जस्ता बिषय ज–जसले भाषणमा जति ओकले पनि फरक पर्दैन । सम्भवतः २०३३ साल पुष १६ गते निर्वासित राजनीतिक जीवन अन्त्य गर्दै राष्ट्रिय मेलमिलापको प्रस्ताव लिएर देश  फर्केका बीपी कोइरालाले उसबेला देखेको मुलुकको सङ्गिन खतराको अवस्था आज पनि टरिसकेको छैन । उत्तर र दक्षिणका शक्तिशाली राष्ट्रहरुका बीचको नेपाल राष्ट्र र यसको  सार्वभौमसत्ता, अखण्डता, राष्ट्रिय एकता र समृद्धि भारत स्वतन्त्र भएको र नेपालमा प्रजातन्त्र प्राप्त भएकै दशकदेखि गम्भीर खतरनाक कुटनीतिका रुपमा छ ।
चीन र भारतको आन्तरिक इच्छा शक्तिमा आउने जुनसुकै परिवर्तनले पनि नेपालको बाह्य तथा आन्तरिक सुरक्षालाई असर गर्छ । बीपीले २०३३ सालमा भन्न र बुझाउन खोजेको त्यही उच्च कुटनीतिक यथार्थलाई तत्कालीन पञ्चायती शासनले यति गम्भीर मुद्दा बनायो कि, देश र जनतामा राष्ट्रता रक्षाको जागरण भर्न देश पसेका उनलाई त्यही विषयले सुन्दरी जलको जेल जीवनको उपहार दियो । बीपी उपर भएको धोकाले पनि इंगित गरेको एउटा गम्भीर षड्यन्त्र र पहिचान भएको कटु वास्तविकता भन्नु नेपालमा २४० वर्षसम्म शासकीय बागडोर समहालेर बसेको शाही शासकीय राजतन्त्र कदापी, नेपाली धरातलमा जनसर्वोच्चता स्थापित भएको छ त्यही सर्वोच्चताको जगबाट लोकतान्त्रिक राज्य व्यवस्था जन्मिएको देख्न चाहदैनथ्यो ।
सिङ्गो राष्ट्रको अभिभावकत्व पाएको संस्था नै जनताका इच्छा बिपरीतको शासन लाद्ने मानसिकताबाट ग्रसित रहनुले पनि करिब ४ दशक अ िमुलुक र जनताका लागि जननायक बीपीले देखाएको बाटो पहिल्याउन नसक्दाको परिणतिले नै त्यस यताका थुप्रै राजनीतिक उथलपुथल र हिंसा भए । अन्ततः जनताका आकांक्षा, शक्ति, सामथ्र्य र चाहनालाई लल्कार्ने निरंकुश राजतन्त्रको स्थान र इतिहासको पानामा सीमित भएको छ ।
आज पति निरंकुश र एकात्मक राजसंस्था र यसले कायम गरेका असंख्य विभेद्का अवशेषहरु कायमै रहेको अवस्था छ । अधिनायकत्व सहितको कथित राजकीय शासन कल्पना गरेर पुनः राजगद्धीमा बस्ने दिवास्वप्नहरु मोहमय बन्दै गरेका अवस्थ छन् । धर्म, जाति वा अरु विभिन्न प्रपञ्चबाट राजसंस्था ब्युँताउने प्रयास गरिन्छन् भने अब नेपाली परिवेश त्यसका विरुद्ध परिपक्व भई, मुकाबिला गर्न सक्ने अवस्थाबाट अघि बढेको छ । ढटवारेहरुलाई यसको राजनीतिक हेक्का रहनै पर्दछ । बीपीले देखाएको प्रजातान्त्रिक समाजवादलाई भज्याई खाने मनोरोगको स्थायी उपचार आजको आवश्यकता हो । लोकतान्त्रिक अधिकारको निर्वाद उपभोग गर्दै नेपाली राष्ट्रता मजबुद बनाउने दिशामा मुलुकका सबै दल र नागरिक लाग्न सके जननायक बीपी कोइरालालाई वास्तविक श्रद्धाञ्जलि मिल्ने छ ।