हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्वि

बस पल्टिँदा ६ घाइते

केर्खा÷ पूर्व पश्चिम राजमार्ग अन्तर्गत झापाको तोपगाछीमा मंगलबार साँझ यात्रुबाहक बस पल्टिएको छ । दुर्घटनामा ६ जना घाईते भएका छन् । पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको मे।१ ख १३६२ नम्बरको बस अनियन्त्रित भएर सडक बिचमा पल्टिएको प्रहरीले जनाएको छ । घाईते हुनेहरुमा झापाको धुलावारीकी २४ वर्षिय सर्मिला कार्की तथा उनकी १४ महिनाकी छोरी सदिक्षा र झापा गरामनी-३ की ३० वर्षिया बिमला सुवेदी खजुरगाछी-८ की हिरादेवी सुवेदी बाहुनडाँगी-५ की हिरादेवी भट्टराई तथा क्षितिज भट्टराई रहेका ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ । उनीहरुको दमक स्थित लाईफलाईन अस्पतालमा उपचार भईरहेको र उनीहरु मध्ये यो समाचार तयार पार्दा सम्म ३ जना घर फर्किएका जनाएको छ ।
यस्तै मंगलबार साँझ दमक-१२ को पशुहाट डाँडामा भएको सवारी दुर्घटनामा एक बालिका घाईते भएकी छिन् । पश्चिम जाँदै गरेको मे १ प ९२२७ नम्बरको मोटरसाईकलले लखनपुर-१ की १४ वर्षिया श्रीजना राई लाई ठोक्काएको हो । उनको स्थानीय अस्पतालमा उपचार हुन नसके पछि बिराटनगर स्थित न्युरो अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

मकर मेला तयारी बन्द हड्ताल नगर्न आग्रह

सुरुङ्गा÷ झापाको कन्काईधाममा वर्षेनी माघे सक्रान्तिका अवसरमा लाग्ने मकर मेलाको तयारी शुरु भएको छ । मेलाको अवधिमा कुनै पनि बन्द हड्ताल नगर्न समेत स्थानीय अगुवाहरुले आग्रह गरेका छन् ।
सांस्कृतीक महत्वको मकर मेलामा बिभिन्न देशका समेत भक्तजनहरु आउने भएकाले यसलाई समस्यामा नपार्न उनीहरुको आग्रह छ । सुरुङ्गा बजार व्यवस्थापन समितिका अध्यक्ष टीकाकुमार पोखरेलले नेपालका बिभिन्न जिल्ला तथा भारत र भुटानका समेत भक्तजना आउने मकर मेलालाई सहज रुपमा मनाउने अवसर प्रदान गरिनु पर्ने बताए । यस्तै झापा उद्योग वाणिज्य संघ सुरुङ्गाका अध्यक्ष युवाराज संग्रौलाले मकर मेलाले सांस्कृती महत्व राखे पनि यसमा लाँखौको व्यवसायीक गतिविधी हुने गरेको बताए ।
कन्काई पुलको वारी र पारि लाग्ने मेलाका लागि ३ लाख रुपैयाँमा ठेक्का समेत लागि सकेको छ । पूर्व पट्टि लाग्ने मेलाका लागि सुरुङ्गा गाविसले १ लाख ५१ हजार रुपैयाँमा ठेक्का लगाएको छ । गाविस सचिव तुलसीप्रसाद भण्डारीका अनुसार एकमुष्ट भुक्तानीमा सो ठेक्का लगाईएको हो । कन्काई पुल पश्चिम पट्टिको मेलाका लागि समेत सतासीधाम गाविसले समेत डेढ लाख रुपैयाँमा ठेक्का लगाएको छ । गाविस सचिव छत्रबाबु ओझाले मेला साचालनका लागि अग्रीम भुक्तानीमा ठेक्का लगाईएको जानकारी दिए ।
पुष-२८ गते देखि कन्काईमाईमा ५ दिने मकर मेला लाग्दै आएको छ । मेलामा पूर्वी नेपालका ताप्लेजुङ् पाँचथर ईलाम झापा मोरङ् सुनसरी धनकुटा लगायत भारत र भुटानका गरि करिव ३ लाख भक्तजन आउने अपेक्षा गरिएको छ । यसै बिच मेलालाई व्यवस्थित बनाउने बिषयमा मंगलबार सर्वपक्षिय भेला सुरुङ्गामा सम्पन्न भएको छ । सुरुङ्गा प्रहरी चौकीमा भएको छलफलमा ईलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक छविरमण भट्टराईले मेला अवधि भरि सुरक्षा व्यवस्था बलियो पार्न समाजका सवै क्षेत्रको सहयोगको खाँचो रहकेा बताए । छलफलमा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका नायब निरीक्षक राकेश पोद्धार चौकी ईन्चार्ज बबिन्द्र नेम्वाङ् सुरुङ्गा जेसिजका अध्यक्ष एलपी उप्रेती वाणिज्य संघको पूर्व अध्यक्ष रुद्रप्रसाद चिमरीया बजार व्यवस्थापन समितिका पूर्व अध्यक्ष बालकृष्ण मैनाली एनेकपा माओवादीका पुण्य ओझा नेपाली कांग्रसेसका नेत्रप्रसाद चिमरीया नेकपा एमालेका गोविन्द पौडेल मधेषी जनाधिकार फोरमका राजदेव शाहा लगायतले धारणा राखेका थिए ।

नेपाली बस्तीमा एसएसबीको ज्यादती

इनरुवा÷ भारतीय सिमा सुरÔा वल एसएसबी का जवानहरुले नेपाली गाउँमा प्रवेश गरी गाउँलेहरुलाई कुटपीट गरेका छन् । एसएसवीले घर घरबाट गाउँलेलाई निकालेर कुट्दा ९ जना घाइते भएका छन् ।
सोमबार मध्यराति भारतीय सीमासंग जोडिएको सुनसरीको घुस्कीका बासिन्दालाई हतियारधारी एसएसबीले कुटपिट गरेको हो । करिव २० जनाको समूहमा आएका एसएसबीले महिला पुरुÈ केही नहेरी कुटपिट गरे । घाइते मध्ये तीन महिला समेत छन् । घाइतेहरुको हात खुट्टा मुख र छातिमा गम्भीर चोट लागेको छ ।
राति १२ वजे अचानक एसएबीहरु घर-घरमा प्रवेश गरी कुटपटि गर्न थालेपछि स्थानीय बासिन्दाको भागाभाग चलेको थियो । एसएसबीको कुटाइवाट घुस्की ५ का २७ वर्षीय समिम मियाँ निजकी श्रीमती २२ वर्षीय रविना खातुन छोरी ३ वर्षीया प्रविना खातुन सोही ठाउँका २२ वर्षीय अजमुल मियाँ ६६ वर्षीय कलमुद्धिन मियाँ वडा नं। ६ का ३५ वर्षीय हसिना खातुन ६० वर्षीय ऐजुब मियाँ २८ वर्षी नसमुदिन मियाँ र २२ वर्षीय जिवराईल मिया घाइते भएका जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
सोमबार मध्य राती १२ बजे भारतीय सीमास्थित घुर्ना बजारमा भारतीय नागरिकहरु बीच झगडा भएपछि केही भारतीयहरु नेपाल तर्फ आई बसेको आशंकामा एसएसबीले नेपाली बस्तीका घर-घरमा छापा मार्दा सो घट्ना भएको प्रहरीले जनाएको छ । भारतीय सीमा सुरक्षा बलका इन्स्पेक्टर बकेन्द्र िसंहलाई उद्धृत गर्दै नेपाल प्रहरीले जनाए अनुसार सो ईलाकाबाट अवैध रुपमा आलु दाल चामल चिनी लगायतका बस्तुहरु नेपाल भित्राउने गतिविधि राक लगाउने क्रममा सो घट्ना भएको हो ।
घट्नाका घाइतेहरुको स्थानीय मेडिकलमा उपचार भईरहेको जनाइएको छ । घाइतेहरुको अवस्था सामान्य रहेको र घट्नाबारे विस्तृत जानकारी लिन प्रहरीचौकी घुस्कीहाटबाट नेपाल प्रहरीको टोली घट्ना स्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । यसअघि समेत सो क्षेत्रमा विभिन्न वहानामा भारतीय सुरक्षाकमीहरु नेपालप्रवेश गरि कुटपिट गर्नुका साथै आतंकीत बनाउँदै आएका थिए ।
दैनिक उपभोग्य सामाग्री तथा मल विउ आदि सो बाटो हुँदै नेपाल तर्फ ल्याउने व्यापारी तथा सर्वसाधारणहरुले एसएसबीलाई नजराना नबुझाउँदा उनीहरुले कुटपिट गर्ने गरेका स्थानीयबासीको भनाई छ ।

फेरी आउँदैछन् विकाश

नेपाली सङ्गीत क्षेत्रमा उदाउने र अस्ताउने कलाकारको संख्या नगन्य भईरहेको यो तरल अवस्थामा लामो समयको रियाजपछी झापाली कलाकार विकाश लामा श्रोतामाझ आउन लागेका छन् ।
एक दशक अगाडी झापा धरमपुरको साङ्गितीक समुह एन।बि।sे। मार्फत पुर्वाअाचलका जिल्लाहरुमा स्टेजगायकको रुपमा स्थापित भई सकेका गायक लामा लामो संघर्षपछी आफ्नो पहिलो रिकर्डीङ गीतको तयारीमा लागेका छन् ।


२०५४÷५५ साल तिर झापामा पहिलो पटक व्यावासायिक ड्रमसेट बजाएर चर्चा बटुलेका गायक लामाले सिक्किम तथा दार्जिलीङ्गका विद्यालयबाट औपचारिक शिक्षा तथा साङ्गीतीक ज्ञान लिएका हुन् । पहिलो पटक बिर्तामोडको रडकटेज होटेलको लाइभ कन्सर्टमा ड्रमसेट बजाएर नेपाली दर्शकमाझ उदाएका कलाकारलामा त्यसपछी उनी बिर्तामाडकै सनलाईट सङ्गीत प्रशिक्षण स्कुलमा प्रशिक्षक भएर आफ्नो साङ्गीतिकचाहानालाई उजागरण गराएका थिए । स्कुले जीवनमा भारतको दाजिलीङ्ग सिक्कीम कालेबुङ आसामसम्म ड्रम गितार लगायतका बाध्यबाजन बजाउन पुगेको लामा बताउँछन् । साङ्गींतीक अलवा लामा राम्रो शब्दकार तथा कुशल गायक पनि हुन् उनी जहाँ-जहाँ गए त्यँहा गाएका गीतले उनको प्रतिभालाई सबैको माझ राम्रो कलाकारको रुपमा चिनाउने मौका पनि पाए ।
साङ्गीतिक संघर्षका लाईनहरुमा पुर्वाअाचलका जिल्लाहरुमा विस्तारै सफलताका सिढीहरु चढीरहेको बेला उनीलगायत उनका साङ्गीतिक समुहलाई ठूलो बज्रपात पर् यो । समूहकै एक हस्ती भोकलिष्ट नविन राईको आकाष्मिक मृत्यु भएपछी उनीहरुको समुह छत्ताछुल्ल भयो । केही दिनको शुन्यताले गर्दा मानसिक पीडा भोगेका सबै समूहका सदस्यहरु मन बहलाउन आ-आफ्नो गन्तव्य तर्फ लागे । त्यही क्रममा लामा पनि संयुक्तअरब ईमिरेट दुवईमा पुगे । दुवईको यू।पि।सी। कम्पनीमा कार्यरत लामाले आफ्नो मनको चाहानालाई त्यत्तिकै मर्न कहा दिएर । मनले चाहेपछि भुगोलले कहाँ छेक्न सक्दो रहेछ र दुवईमाहुने नेपाली कार्यक्रम चार्दैगीत गाउन पुगी हाल्थे उनी । जबलामाको चर्चा हुन थाल्यो दुवईको नेपाली माझ उनीले यति चर्चा बटुल्न सफल भए लामा नगएको कार्यकम लगभग कमै हुन छाडे । उनले दुवईमा एड्रीन प्रधान सविन राई विगत छ वर्षदेखी दुवईमा कार्यरत लामा अब नेपालमै व्यवसायिक रुपमा सङ्गीतमा लाग्ने कसरतमा छन् । ्लामाकै रचनाको गीत पाल्देन बम्जन गायकले रेकर्ड गराई विभिन्न मिडियामा बजिरहेको छ । लामा आफै पनि चाडै आफ्नै शब्द सङ्गीत र स्वरमा गीत निकाल्ने अन्तिम तयारी गरीरहेको छन् । नेपालमा एकै स्टेजमा गीत गाउदै हिड्ने गायक डम्बर नेपाली पाल्देन बम्जन लगायतले राष्ट्रिय गायकको पहिचान बनाई रहेकोबेला गायक लामाको मन पनी बढी आशावादी भएको हुनुपर्छ । उर्लाबारी बिर्तामोड ईलाम राँकेलगायतका क्षेत्रमा सङ्गीत प्रशिक्षक भई आफूलाई सङ्गीतमा निखारी सकेका गायक लामाले यो क्षेत्रमा पाईला चाले सफलता पाउनेमा दुईमत नहोला । लामा भन्छन चर्चा बटालुँ या नबटालुँ त्यो दोस्रो पक्ष हो ईच्छा र व्यवसायिकको लागि पनी यो क्षेत्रलाई निरन्तरता दिनेछु ।
७३टज्ञछछण्सप्रस्तुती ः त्रिलोचन कोईराला

प्रचण्डद्वारा सरकार पुनर्गठनको प्रस्ताव

काठमाडौं÷ एकीकृत नेकपा माओवादीका अध्यÔ पुष्पकमल दाहाल प्रचण्डले बाबुराम भट्टराई नेतृत्वको सरकार पुनर्गठन गर्ने प्रस्ताव गरेका छन् । पार्टी केन्द्रीय समितिको शनिबारबाट शुरु भएको बैठकमा ुपार्टीको विकसित सङ्कट तिनको समाधान र आगामी कार्ययोजनाबारे संिÔप्त प्रतिवदनुमा प्रचण्डले सरकार पुनर्गठनको प्रस्ताव गरेका हुन् । प्रचण्डले उपाध्यÔ मोहन बैद्य किरण्ँ पÔलाई समेत समेट्ने गरी बाबुराम भट्टराई नेतृत्वको मन्त्रीपिरÈद् पुनर्गठनको प्रस्ताव गरेका निकट स्रोतले जनाएको छ ।
प्रचण्डले राष्ट्रिय सहमतिको सरकारको नेतृत्वका लागि समेत पहल गर्ने प्रस्ताव गरेका छन् । ुराष्ट्रिय सरकार बन्ने अवस्था आएमा नेतृत्व माओवादीकै हुनुपर्छ भन्ने उहाँको प्रस्ताव छु एक केन्द्रीय सदस्यले भने-ुअहिलेका लागि भने वर्तमान सरकार पुनर्गठनको प्रस्ताव गर्नु भएको छ ।ु प्रचण्डको पहिलो प्राथमिकता भट्टराई नेतृत्वकै सरकारमा नयाँ मन्त्रीहरु पठाउने रहेको र पार्टीभित्र एकमत हुन सकेमा अरुलाई पनि नेतृत्व दिन सकिने प्रचण्ड निकट नेताहरुले बताएका छन् ।
स्रोतका अनुसार भट्टराई नेतृत्वको सरकार ढाल्न बैद्य पÔ कांग्रेसको नेतृत्व समेत स्वीकार्न तयार भएपछि प्रचण्डले राष्ट्रिय सरकारको नेतृत्व पनि पार्टीले नै लिनु पर्ने प्रस्ताव पेश गरेका हुन् । माओवादीको नेतृत्वमा राष्ट्रिय सरकार बन्ने अवस्था आएमा भने सर्वसम्मत सहमति जुटे महासचिव रामबहादुर थापा बादललाई समेत प्रधानमन्त्री बनाउन प्रचण्ड सहमत छन् ।
भट्टराई सरकारप्रति रुष्ट बैद्य पÔले वर्तमान सरकार ढालेर बादलको नेतृत्वमा राष्ट्रिय सरकार बनाउने प्रस्ताव गरेको थियो । तर कांग्रेस लगायतका दलहरुले बादललाई अस्वीकार गरेपछि बैद्य पÔका केही नेताहरुले अब कांग्रेसको पालो भन्न थालेका छन् ।

पार्टीभित्रको अन्तरसंघÈ्र महाधिवेशनबाट अन्त्य गर्ने भन्दै उनले महाधिवेशन नहुँदासम्म फोरम चलाउने र गुटहरु अन्त्य गर्ने प्रस्ताव गरेका छन् । ुपार्टीलाई विघटनको अवस्थामा पुर् याउने तर गुट सुदृढीकरण्ँ गर्ने अवस्थाको अन्त्य गर्नुपर्छ भन्ने अध्यÔको प्रस्ताव छु एक नेताले भने-ुगुट अन्त्य गरेर फोरम चलाउने प्रस्ताव गर्नु भएको छ ।ु
अध्यÔ प्रचण्डको प्रस्तावमा वरिष्ठ उपाध्यÔ
मोहन बैद्य किरण्ँले असहमति जनाएका छन् । उनले आफ्नो छुट्टै प्रस्ताव आउने भन्दै एक दिनको समय मागेका प्रवक्ता दीनानाथ शर्माले जानकारी दिए ।
यसैबीच नेकपा एमालेका वरिष्ठ नेता केपी शर्मा ओलीलाई सभासद् बनाउने कुरा ुहल्लाुमात्रै भएको पार्टी अध्यक्ष झलनाथ खनालले टिप्पणी गरेका छन् । एमालेको एउटा खेमाले पार्टी नेता केपी शर्मा ओलीलाई सभासद बनाउन लागि परे पनि पार्टी अध्यÔ खनालले आधिकारीक रुपमा पार्टीमा त्यस िवÈयमा कुनै छलफल नभएको बताएका हुन् ।
शनिबार विराटनगर विमान स्थलमा साचारकर्मीसँग कुरा गर्दै खनालले पार्टीमा त्यस्तो प्रस्ताव आए छलफल हुन सक्ने बताए । आज धरानमा आयोजना हुने संगठन सुदृढीकरण्ँ र अभियान कार्यक्रममा सहभागी हुन आएका खनालले शान्ति प्रकि्रयालाई तार्किक निष्कÈ्रमा पुर् याउन सर्वदलीय सरकारको आवश्यकता रहेको बताए ।
उपाध्यÔ बामदेव गौतम र महासचिव ईश्वर पोखरेलका साथ विराटनगर आएका खनालले एमाले रहेसम्म पार्टी एकता रहने बताएका छन् । वैचारिक राजनीतिक र भावनात्मक रुपमा एक भएर एमाले अगाडी बढ्ने उनले बताए ।

फोटो

कि्रसमस ुडेु को पूर्वसन्ध्यामा शनिबार साँझ दमक चोकमा दीप प्रज्वलन गरिँदै ।
फोटो ः पिपुल्स टाइम्स

निःशुल्क स्वास्थ्य शिविर


दमक÷ भारतिय राजदुताबासको सहयोगमा शनिबार दमकमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
दुतावासको मेडीकल वेलफेयरको सहयोगमा भारतिय गोर्खा भुतपूर्व सैनिक कल्याणकारी संगठनले शिविर आयोजना गरेको हो । शिविरमा आँखा दाँत लगायतका ५ सय भन्दा बढि रोगीको निशुल्क स्वास्थ्य परिक्षण तथा औषधी वितरण गरिएको संगठनका अध्यक्ष क्याप्टेन जेवी राईले जानकारी दिए । भूतपूर्व भारतीय सैनिक परिवारलाई लक्षित गरि आयोजना गरिएको शिविरमा अन्य स्थानीयबासिन्दाले समेत सेवा लिएका थिए ।

सहकारीको अन्तकिर््रया


दमक÷दमकको मेची सहकारी संस्थाले दुई दिन संस्थाका सदस्यहरुसँग अन्तरकि्रया गरेको छ ।
संस्थाले शुक्रबार र शनिबार संस्थाका शेयर सदस्यहरु सँग अन्तरकि्रया गरेको हो । अन्तरकि्रयामा अन्य बित्तिय संस्था र सहकारी संस्थाका भिन्नता सहकारी संस्थाको बिगत बर्तमान र भविश्य संस्थाका सदस्यको काम कर्तब्य र अधिकारका विषयमा जानकारी गराईएको थियो । अन्तरकि्रयालाई संस्थाका अध्यक्ष गणेशप्रसाद बस्नेत उपाध्यक्ष गीता बस्नेत सदस्य नारायणप्रसाद भट्टराई लगायतले सहजीकरण गरेको व्यवस्थापक खोमप्रसाद बगालेले जानकारी दिए ।
शनिबारको अन्तरकि्रयामा गोपालप्रसाद भण्डारी गिरीराज नेपाल लिलानाथ खनाल गुरुप्रसाद रेग्मी लगायतले बोलेका थिए ।

विपत न्युनिकरणका लागि जनचेतना


शिवगाज÷बढी आगलागीका घटना हुने क्रमसँगै विपत न्युनीकरणमा कि्रयाशील नेपाल रेडक्रस सोसाईटीले जनचेतना मुलक कार्यक्रम शुरु गरेको छ । सोसाइटीको शिवगाज उपशाखाले शनिबार आगलागीका विषयमा कृत्रिम अभ्यास मार्फत विपत न्युनिकरणका लागि जनचेतना बढाउने प्रयास गरेको हो ।
रेडक्रस उपशाखा शिवगाजको भवनमा भएको कृत्रिम अभ्यासमा ४० जना बढी सहभागी थिए । विपत जोखिम न्युनिकरण तथा आगलागी सम्बन्धी रेडक्रसको उपसमितिका सभापति गंगानन्द झाको सभापतित्वमा भएको सो कार्यक्रममा सोसाइटीका झापा शाखा सदस्य प्रकाशचन्द्र खरेल प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा सोसाइटीको उपशाखा शिवगाजका संस्थापक अध्यक्ष पुण्यप्रसाद ढकाल सचिव भोलानाथ मैनाली लगायतले सम्भावित विपत टार्न सतर्कता र सचेतनामा जोड दिए ।
कार्यक्रममा तारिकादेवी कार्की तिवारी र रेडक्रसकी सामुदायिक कार्यकर्ता निर्मला गिरीले सहजीकरण गरेका थिए ।

अज्ञात समूहद्वारा आगजनी


गौरादह÷शनिबार राति करिब ११ बजे झापाको गौरादह-८ का रघुनाथ ढुङ्गानाको आगनमा राखिएको पराल माचमा आगजनी गरेको छ । स्थानीयवासी र दमक नगरपालिकाको दमकलले तत्कालै आगो निभाएका कारण ठूलो क्षति हुनबाट बचेको स्थानीय मोहन खनालले बताए । उनका अनुसार घटनाको प्रकृति हेर्दा कुनै समूहले नियतवस आगजनी गरेको स्थानीयवासीले अनुमान गरेका छन् ।