निरौलाको एकल कविता वाचन

दमक/आदिकवि भानुभक्त आचार्यको दुईसत् वार्षिकीका अवसरमा शनिबार झापाको दमकमा एकल कविता वाचन गरिएको छ ।

ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठान दमकको आयोजनामा कवि रुद्र निरौलाले छन्दबद्ध कविता वाचन गरेका हुन् । उनले विभिन्न छन्दमा कविताहरू वाचन गरेका थिए । शिक्षासेवी छबिलाल सिटौलाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अर्का कवि चुडामणि रेग्मीले छन्द साहित्यमा निरौला जिल्लामा उत्कृष्ट भएको बताए । साहित्य कला संगमका सचिव डम्बरुबल्लभ न्यौपानले कवि निरौलाको जिवनीमाथि प्रकाश पारेका थिए ।
प्रतिष्ठानका सचिव सुर्य पौडेल, साहित्यक उपसमितिका संयोजक नरपति पाण्डेले निरौलाको साहित्य सिर्जनाको चर्चा गरेका थिए । कविहरू विष्णु न्यौपाने, हेम अधिकारी, मन्दीरा भट्टराइले निरौलालाई कबिता वाचनमा सहयोग गरेका थिए । कवि निरौलाले त्रिवेणी, भञ्जाङको सुसेली नामक कृति प्रकाशन गरिसकेका छन् ।

0 प्रतिकृया:

Post a Comment