श्रीमानको कुटाइ विरूद्ध प्रहरीमा

पिपुल्स टाइम्स समाचार
दूधे / झापा सतासीधामका एक पुरूषले आफ्नै श्रीमतीलाई मरणासन्न हुने गरि कुटपिट गरेका छन् ।
मोटरसाईकलको चाबी हराएको बिषयलाई लिएर सामान्य बिवाद हुँदा रिसले आगो भएका श्रीमान जीवनाथ कोईरालाको कुटाईबाट स्थानीय ९ नम्बर वडाकी टंकमाया गम्भीर घाइते भएकी हुन । उनको आँखा, टाउको र डढेल्नोमा गम्भीर चोट लागेको छ ।
टंकमाया काेइराला

टंकमायाका श्रीमान जिवनाथले मोटर साईकलको चाबी लुकाएको आरोप लगाउँदै मुक्का हानेका थिए ।  ईलाका प्रहरी कार्यालयमा श्रीमान विरुद्ध उजुरी दिन पुगेकी टंकमायाले भनिन्, ‘मेरो ज्यानको सुरक्षा र म माथि कुटपिट गर्ने मेरै श्रीमानलाई कानुनमा उल्लेख भएअनुसारको कारबाही होस ।’
शुक्रबार बिहान जीवनाथ श्रीमती टंकमाया माथि जाईलागेका थिए । ‘मोटरसाईकलको चाबी मैले लुकाएर नदिएको भन्दै एकाएक उनी ममाथि आईलागे उनले रुदै भनिन्’, ‘मैले चाबी लुकाएको थिईन उनकै पेन्टको भित्री गोजीमा उनले आफै राखेका रहेछन्’
 प्रहरी कार्यालयमा जाहेरी दिन पुगेकी उनले भक्कानिँदै भनिन्, ‘म माथि कुटपिट हुँदा मैरै सौतेनि छोराले पनि मलाई बाँकी राखेनन् । मुड्की–मुड्कीले हाने,’ उनले भनिन्, ‘उनीहरु मेरो ज्यान बचाउन आए भन्ने लागेको थियो । तर, आउने बित्तिकै बाउ–छोराले पालैपालो कुटे।’  ईलाका प्रहरी कार्यालय झिलझिलेले आमा कुट्ने ३० वर्षीय खगेन्द्र र २६ वर्षीय ईुन्द्र सहीत टंकमायाका श्रीमानलाई पक्राउ गरेको छ । प्रहरी नियन्त्रणमा रहेका खगेन्द्र र ईन्द्रले आफूहरुले आमालाई नकुटेको बताए । आफूहरु बुबा आमाको झगडा छुट्याउन गएको, तर कुटपिट नगरेको ईन्द्रले बताए । यता जीवनाथले भने घाइते नै हुने गरी कुटपिट गर्ने मनसाय नभएको बताए ।
उनले भने, ‘आवेगमा चोटै लाग्ने गरी कुटिएछ ।’ टंकमायाले यस अघि पनि सयौँ पटकका याताना खपेकी रहेछिन् । उनले भनिन, ‘मैले धेरै सहे मेरा माईती मावली पनि छैनन् लोग्नेले पनि माया दया नराखी कुट्छ भने अब सहेर बस्ने अवस्था रहेन ।’ उनका अनुसार उनी दोश्री श्रीमती रहेछिन् ।’ कान्छी पनि थिई उसले श्रीमानको यातना सहन नसकेर लोग्ने नै त्यागी,’ टंकमायाले भनिन्, ‘घरेलु याताना सहन नसकेपछि बाध्य भएर उसले छाडिदिई ।’ जेठी श्रीमतीको मृत्यु पछि कोईरालाले आफूलाई परम्परा अनुसार विवाह गरेका उनले बताइन् ।
गम्भीर घाइते अवस्थामा प्रहरीको सहयोग माग्दै इलाका प्रहरी कार्यालय झिलझिले पुगेकी टंकमायाको शारीरिक अवस्था हेर्ने बित्तिकै ईलाका प्रहरी कार्यालय झिलझिलेले बाउ छोरा तीनै जनालाई नियन्त्रणमा लिएको थियो । इप्रका झिलझिलेका प्रहरी निरीक्षक चिरञ्जीवी दाहालले भने, ‘कुनै कसुर बाँकी नराखि पीडीतलाई चित्त बुझ्ने गरी दोषीलाई कारबाही गर्छौँ ।’
लोग्नेको कुटाई वा घरेलु हिँसाका कारण प्रहरीमा कोहि कसैको सहयोग बिनै उजुरी दिने सतासीधाममा उनी संभवत पहिलो नारी हुन् । स्थानीयबासी भन्छन्, ‘टंकमायाको यो साहासले घरायसी हिँसाबाट पीडीत महिलालाई खुलेर प्रहरी कार्यालयमा पुग्न मद्दत पुगेको छ ।’ यसैबीच सतासीधाम ९ नम्बर वडा प्रणामी मन्दिर टोलका करीव ४ दर्जन महिलाले पीडीत टंकमायाको औषधि उपचार र ज्यानको सुरक्षाको माग गदै ईलाका प्रहरी कार्यालय झिलझिलेमा निवेदन दिएका छन् । उनीहरुले श्रीमती कुटेर पुरुषार्थ प्रस्तुत गर्ने जीवनाथ कोईरालालाई पनि कारबाहीको माग गरेका छन् ।

0 प्रतिकृया:

Post a Comment