श्रीमतीको हत्या

ईटहरी/ इटहरीका एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । सोमबार अपरान्ह ईटहरी-४ का ३२ वर्षीय खेमराज बस्नेतले उनकी २९ वर्षीया श्रीमती नन्दकुमारीलाई आफ्नै घरमा खुकुरी प्रहार गरी हत्या गरेका हुन् ।
खुकरी प्रहारबाट गम्भिर घाइते भएकी नन्दकुमारीको न्युरो अस्पताल बिराटनगरमा उपचार हुन नसकी बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान तर्फ लाने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । खेमराजलाई इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएको छ ।

0 प्रतिकृया:

Post a Comment