प्रहरीसहित आधादर्जन घाइते

धरान/ धरानमा सुकुमबासी र प्रहरीबीच झडप हुँदा सोमबार २ जना प्रहरी सहित आधा दर्जन व्यक्ति घाईते भएका छन् ।
धरान-१५ स्थित सेउती खोला किनारमा सार्वजनिक जग्गामा अतिक्रमण गरी घर-टहरा बनाएको आरोपमा प्रहरीले सुकुमबासीहरुलाई हटाउने क्रममा झडप भएको हो । झडप नियन्त्रण गर्न प्रहरीले ६ राउण्ड अश्रु ग्याँस समेत प्रहार गरेको थियो । सुकुमबासीहरुलाई हटाउने क्रममा प्रहरी नायव निरीक्षक सुदर्शन दास र प्रहरी जवान श्याम शर्मा घाईते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
सो स्थानमा बनाइएका ६० टहरा समेत भत्काएको छ । प्रहरीमाथि आक्रमण गरेको आरोपमा ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पाचकन्या-४ बस्ने वर्ष २७ का चन्द्र मगर पाचकन्या-५ की १८ वर्षीया समिता मगर सोहि ठाउँकी ४४ वर्षीया कौशिला मगर र पाचकन्यका-८ का २९ वर्षीय सूर्य राईलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ । झडपमा केही सुकुम्बासी समेत घाईते भएका थिए ।

0 प्रतिकृया:

Post a Comment