हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्वि

संयुक्त व्यवस्थापनबाट उज्यालो यातायात सञ्चालन हुने

पिपुल्स टाइम्स समाचार
बिर्तामोड/विगत नौ महिनादेखि उज्यालो यातायात सञ्चालनको विषयमा चर्किएको विवाद समाधान गर्न संयुक्त व्यवस्थापनबाट उज्यालो यातायातका सवारी साधन सञ्चालन गर्ने सहमति भएको छ ।
मेची अञ्चलका चार वटा यातायात व्यवसायी संघको संयुक्त यातायात व्यवस्थापन समिति, उज्यालो यातायातका प्रतिनिधि र टे«ड युनियनका प्रतिनिधिबीच विहीवार विर्तामोडमा भएको बार्तामा उज्यालोसहितको संयुक्त व्यवस्थापनबाट यातायात सञ्चालन गर्ने सहमति भएको हो । संवाद समूहको संयोजनमा भएको बार्ताको सहमतिमा ‘संयुक्त यातायात व्यवस्थापन समिति मेचीकै संरचनामा पहिचानसहित उज्यालो यातायात व्यवसायी संघका यातायात उज्यालोसहितको संयुक्त व्यवस्थापनबाट सञ्चालन गर्न हामी सहमत छौँ’ उल्लेख छ ।
पहिचानको मोडल, हैसियत र यातायातको क्यू वितरण लगायतको प्राविधिक विषय तीन दिनभित्र टुंग्याउने गरी कार्यदल गठन भएको छ । संवाद समूहका सदस्य तथा स्थानीय शान्ति समितिका संयोजक सूर्यनारायण गणेशको संयोजकत्वमा गठित समितिमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष श्रीप्रसाद मैनाली, सर्वोच्च यातायात व्यवसायी महासंघका अध्यक्ष विष्णु शिवाकोटी, मेची यातायात संघका सभापति एलपी सिटौला, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ मेचीका सचिव राजेन्द्र रिजाल, उज्यालो यातायात व्यवसायी संघ मेचीका अध्यक्ष भूपू कान्छा र सचिव केवलराम राई सदस्य रहेका छन् ।
कार्यदलले प्राविधिक विषयमा छलफल र निर्णय गर्ने संवाद समूह सचिवालयका संयोजक अधिवक्ता दीपेन्द्र भट्टराईले बताए । विभिन्न चरणमा भएको वार्ताको आधारमा विहीवारको बार्तामा उक्त दुई बुँदे सहमति भएको संवाद समूहका सहजकर्ता अधिवक्ता खगेन्द्र खरेलले बताए ।
वार्ताको सहजीकरण संवाद समूहका तर्फबाट राजनीतिक दलका नेताहरुले गरेका थिए । नेपाली कांग्रेसका कार्यवहाक सभापति देउमान थेवे, नेकपा एमालेका डिल्ली घिमिरे, एकीकृत नेकपा माओवादीकी अध्यक्ष धर्मशीला चापागाई, नेकपा माओवादीका सेक्रेटरी रोशन कन्दङवाले सहमतिबाटै विवाद टुंग्याउनुपर्नेमा जोड दिँदै बार्ताको सहजीकरण गरेका थिए । टे«ड युनियनका
 प्रतिनिधिहरु यज्ञप्रताप अधिकारी, विष्णु सिटौला, भूपाल सापकोटा, दीपक तामाङ र भूपाल ओलीले मजदुरका पेशागत हकअधिकार ग्यारेन्टी गर्न र सहमतिबाट अगाडि बढ्न दबाब दिएका थिए । बार्तामा  कन्काई यातायातका सभापति कुलप्रसाद ओडारी, पूर्वाञ्चलका सभापति प्रमानन्द घिमिरे, उज्यालोका तर्फबाट लाजेहाङ साम्यु, अरुण बुढाथोकी र रवीन बस्नेतले समेत आ–आफ्नो एजेन्डा प्रस्तुत गरेका थिए । 


तीन गाडी चोर पक्राउ

काँकडभिट्टा/गाडी चोरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना भारतीय नागरिक र अन्य दुईजना नेपाली रहेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरू भारतको सिलिगुढीका २३ बर्षीय सुवास राय, मोरङको बेलबारी ३ का १९ बर्षीय सुरेन्द्र रणपहेली र कैलालीको टिकापुर ८ का २६ बर्षीय लक्ष्मण सेठी हुन् । जुम्लाको धापा ८ घर भई हाल मेचीनगर १० बस्ने रामकृष्ण शर्माले चलाउँदै आएको भारतीय नम्बर क्प्ण्घएण्ण्ज्ञण् को गाडी चोरी गरेको अभियोगमा उनीहरू पक्राउ परेका हुन् ।
यहि साउन ५ गते
राति आफूले चलाउने गरेको सो गाडी हराएको भनी शर्माले इलाका प्रहरी कार्यालय काँकडभिट्टामा साउन ६ गते दिएको उजुरीका आधारमा प्रहरीले खोजी गर्ने क्रममा सोही दिन विहान साढे १० बजेतिर प्रहरीले बेलबारी ७ बाट बा १ च ३९४८ नम्बर प्लेट लगाइ चलाइरहेको अवस्थामा राय र रणपहेलीलाई पक्राउ गरेको थियो । उनीहरू पक्राउ परेपछि अनुसन्धान गर्ने क्रममा सेठीको समेत संलग्नता देखिएकोले उनलाई समेत पक्राउ गरिएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रमुख, डिएसपि वसन्त रजौरेले जानकारी दिए ।
सो बारेमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

दमकमा बहाल कर तिर्ने घरधनी न्युन

दमक/झापाको दमक र आसपासको क्षेत्रमा घरधनीहरुले स्वयम बहाल कर तिर्ने गरेका छैनन् ।
बहालमा बस्ने व्यवसायीलाई कर तिराउने गरिएको हो । करदाता सेवा कार्यालय दमकका प्रमुख दिपक खड्काले व्यवसायीहरु आफैले कर तिर्ने गरेको बताए ।  उनले घरधनी स्वयमले कर तिर्नेको संख्या न्युन रहेको बताए । त्यस्तै अघिल्लो आर्थिक बर्ष २०७०÷७१ मा ५ सय ७४ वटा ब्यक्तिगत पान नम्बरहरु कार्यालयले जारी गरेको छ ।
जागिरेहरुले अनिबार्य रुपमा प्यान नम्बर लिनुपर्ने र आय कर सरकारलाई बुझाउनु पर्ने भएपछि प्यान नम्बर लिनेहरु संख्या बढेको खड्काले जानकारी  दिए ।  ६ सय २६ वटा अन्तशुल्क नबिकरण तथा इजाजत पत्र जारी गरिएको, बजारमा अनुगमन गरि ९ सय ५५ वटा फर्मलाई प्यानमा अनिबार्य रुपमा दर्ता गरिएको कार्यालयले जनाएको छ । ६३ वटा फर्मलाई प्यान नम्बरबाट भ्याटमा लगिएको छ । सरकारले १९ किसिमका फर्महरुलाई अनिबार्य रुपमा भ्याटमा दर्ता गर्ने प्राबधान ल्याएपछि ३२ वटा त्यस्ता फर्महरुलाई भ्याटमा दर्ता गरिएको कार्यालयले जनाएको छ ।

रक्तदानमा ३४ पिन्ट रगत संकलन

दमक/झापाको दमकमा बिहिवार भएको रक्तदान कार्यक्रममा ३४ पिन्ट रगत संकलन भएको छ । लायन्स क्लब अफ दमक  माउण्ट एभरेष्ट, दमक जेसीज लायन्स अफ इष्टन लाइनको सयुक्त आयोजनामा रक्तदान गरिएको हो ।
कार्यक्रममा ४ महिला सहित ३४ जनाले रगतदान गरेका थिए । लाइफलाइन अस्पताल दमकका मेडिकल सुपेरिटेन्डेन्ट सुर्यनारायण शाहले रक्तदान  कार्यक्रममा रगत दान गरेर उद्घाटन गरेका थिए ।
लायन्स क्लब अफ दमकका अध्यक्ष अजय अग्रवालले कार्र्यक्रमको बारेमा प्रष्ट पारेका थिए ।

भारतीय विदेशमन्त्री स“ग ज्येष्ठ शरणार्थीहरुको अपिल

दमक/भुटानी शरणार्थी ज्येष्ठ नागरिक स्वदेश फिर्ति समितिले शरणार्थीहरुको स्वदेश हुन पाउने अधिकारलाई शुनिश्चीत गरिदिन भारत सरकारसंग आग्रह गरेको छ ।  भारतीय विदेशमन्त्री सुष्मा स्वोराजको शुक्रबारबाट हुने नेपाल भ्रमणको पूर्वसन्ध्यामा समितिले विदेश मन्त्री स्वोराजलाई इमेल पठाएर भुटानी शरणार्थीहरुको स–सम्मान घर फिर्ती अभियानलाई उठाईदिन आग्रह गरेका हुन् । विदेशमन्त्री स्वोराजको नेपाल भ्रमणमा क्रममा समितिले आफना मुद्यालाई ध्यानकर्षण गराउन अपिल गरिएको जनाएको छ । भुटानबाट जवर्जस्त लखेटिएका आफना नागरिकलाई स–सम्मान घर लैजान भुटान नचाहेको उल्लेख गर्दै समितिले भुटान सरकारलाई कुटनीतिक दवाव दिएर मात्र यो समस्या सुल्झीने दावी गरिएको छ । अपिलमा भनिएको छ –‘भुटान सरकारलाई आफ्ना नागरिक आफनै देशमा लैजान कुटनीतिक दवाव दिनुको बिकल्प छैन् ।’
झापाको दमकमा समितिले नेपालस्थित भारतीय राजदुत मार्फत विदेशमन्त्रीलाई पूर्वको झापा र मोरङमा बस्दै
 आएका ज्येष्ठ नागरिकहरुको हस्ताक्षार सहितको  अपिल पठाउँदै त्यस्तो आग्रह गरेका हुन् । समितिका प्रवक्ता  सन्तविर घलेले भुटानी शरणार्थी समस्या समाधान गर्न भारत सरकारको भूमिका विना संभव नहुने उल्लेख गरेका छन् । दमकमा सञ्चारकर्मीहरुसंग कुराकानी गर्दै घलेले भुटानी शरणार्थीहरुको इच्छा विपरीत विभिन्न पश्चिमा मुलुकहरुमा पूनार्वास गरिएको दावी गरे । ‘ स्वदेश फिर्तीको मुद्यालाई रोकेर एक पक्षीय तेश्रो देश पूर्नावासमा दातृ निकाय समेत केन्द्रित छन् ।’ प्रवक्ता घलेले गुनासो गरे । उनले पूनर्वास संगै घर फर्कने स्वतन्तत्रा भए मात्र शरणार्थीहरुको समस्या समाधान हुने दावी गरेका छन् ।

दुर्घटनामा चौरासी जनाको मृत्यु

विराटनगर/  मोरङ जिल्लामा गत आर्थिक वर्षमा सडक दुर्घटनामा परी ८४ जनाको मृत्युभएको छ ।
जिल्ला ट्राफिक कार्यालय मोरङका अनुसार आव २०७०÷७१ मा ४३१ वटा सवारी दुर्घटनामा परी ८४ जनाको मृत्यु भएको हो ।
मोटरसाइकलको दुर्घटनामा परी सबैभन्दा बढी मृत्यु भएको प्रहरी निरीक्षक खेमबहादुर केसीले बताए ।
मोरङको ग्रामीण क्षेत्रमा अधिकांश ग्राभेल सडकमा सवारी सञ्चालन, ट्राफिक नियम उल्लङ्घन एवम् अत्यधिक गतिमा सवारी सञ्चालन गर्ने कारण दुर्घटना बढी हुने गरेको प्रहरीले जनाएको छ ।
यसैगरी इलामको दक्षिणी दानाबारी–८ स्थित हिलेखोलामा भएको ट्याक्टर दुर्घटनामा इलाम,इरौँटार–३ का २७ वर्षीय जीवन मगरको मृत्यु भएको छ ।  दानाबारी बजारतर्फ दाउरा ल्याउँदै गरेको मे १ त २२८२ नम्बरको ट्याक्टर पल्टिँदा मगरको मृत्यु भएको हो ।

चन्द्रगढीका पसलहरुमा अखाद्यबस्तु फेला

भद्रपुर/संयुक्त वजार अनुगमन टोलीले गरेको बजार अनुगमनका क्रममा झापाको सदरमुकाम चन्द्रगढीका अधिकांश किराना पसलहरुमा न्युनतम मापदण्ड पूरा नगरी अखाद्यवस्तुहरु बिक्रीवितरण गरिरहेको फेला परेको छ ।
बजारमा मापदण्ड विपरित अखाद्य बस्तुहरु बिक्री वितरण भइरहेको विषयमा सञ्चार माध्यममा समाचार आएपछि जिल्ला बजार अनुगमन समितिले चन्द्रगढीका ६ वटा किराना पसलमा गरेको आकस्मिक अनुगमनक्रममा मापदण्ड विपरित यस्ता अखाद्यबस्तु फेला पारेको हो ।
घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख गोपी घिमिरेको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालयका शंकरप्रसाद पौडेल, उद्योग वाणिज्य संघ चन्द्रगढीका नविन कोइराला, घरेलुका कर्मचारी मेघनाथ लुइटेल र पत्रकार उत्तम नेपालको संयूक्त टोलीले चन्द्रगढीको हङकङ सपिङ सेन्टर, आँचल स्टोर, पप्पु स्टोर, अग्नि ट्रेड एण्ड सप्लार्यस, ववि स्टोर्स र अनिता किराना पसलमा अनुगमन गरेको हो ।
अनुगमनका क्रममा हङकङ सपिङ सेन्टरले आफै प्याकेजिङ गरेको, स्पष्ट मिति उल्लेख नभएका सामान बिक्री गरिरहेको, लेवल नराखेको त्यसैगरी आँचल स्टोरले गुणस्तरहिन साँधेको आलु चिप्स, मुराई लगायतका अखाद्यवस्तु बिक्रीका लागि राखेको अनुगमन टोलीले फेला पारेको हो । यस्तै ववि स्टोरले कृत्रिम अभाव देखाएको भन्दै केहि दिन अघि उपभोक्ताले जिल्ला प्रशासन कार्यालय झापामा अनुगमन गरी कारवाही गर्नका लागि निवेदन दिएका थिए । अनुगमनका लागि जिल्ला प्रशासन कार्यालयमा बुझाइएको निवेदनमा किटानी नगरिएकोले कारवाही गर्न टोली असफल भएपछि स्टोर संचालक संजय महतोलाई घरेलु तथा साना उद्योग कार्यालयमा उपस्थितिका लागि वोलाइएको अनुगमन
 टोलीका संयोजक घिमिरेले जानकारी दिए । बजार अनुगमनका क्रममा सदरमुकामा अधिकांश पसलहरुमा मूल्य सूचि नराखिएको, अखाद्यवस्तु बिक्रीका लागि राखिएको, उपभोग्य मिति, उत्पादन मिति जस्ता महत्वपूर्ण कुरा नराखिएको फेला परेको थियो । यसैगरी बजार अनुगमनका क्रममा आयोनुनको प्याकेजिङ न्युन गुणस्तरको भएको पाइएपछि अनुगमन समितिले साल्ट ट्रेडिङ्ग कर्पोरेशन नेपालको क्षेत्रीय कार्यालयलाई आवश्यक निर्देशन दिइएको अनुगमन टोलीका संयोजक घिमिरेले जानकारी दिए ।

सवारी दुर्घट्ना घटयो

दमक/दमक र त्यसका आसपासका  क्षेत्रमा सवारी दुर्घटनामा कमी आएको छ । 
अघिल्लो आर्थिक वर्ष भन्दा , आर्थिक बर्ष २०७०÷७१ मा  दमक र आसपासका क्षेत्रमा सवारी दुर्घटना कमी भएको हो ।  इलाका ट्राफिक प्रहरी कार्यालय दमकका अनुसार  ०७०÷७१ मा  १५ जनाले दुर्घटनामा ज्यान गुमाएका छन् । 
आर्थिक बर्ष २०६९÷७० मा ३२ जनाको दुर्घटनामा ज्यान गुमाएका थिए । ट्राफिक चेकजाँचमा कडाई र चेकजाँचलाई  निरन्तरता दिइएका कारण  दुर्घटनामा कमी आएको इलाका ट्राफिक प्रहरी कार्यालय दमकका प्रमुख बासुदेव थापाले जानकारी दिए ।   बिना हेल्मेट, तीन जना सवार र मापासे गरेर सवारी चलाउनेलाई कारवाही गरेकाले घटना थोरै भएको उनले  बताए ।
०६९÷७०को   दुर्घटनामा २५ जना पुरुष र ४ जनाको महिला सहित ३ जना बालकको ज्यान गएको थियो । सो अबधिमा ४ वटा चौपायको सवारी दुर्घटनामा ज्यान गएको थियो ।  २०७०÷७१ मा २ वटा चौपायको ज्यान गएको थियो । सो अबिधमा १३ जना पुरुष, एक जना महिला र एक जना बालकको ज्यान गएको थियो ।

झापाका ट्याक्टर व्यवसायीहरु आन्दोलित

दमक/खोला नालाबाट टयाक्टरमा समेत निर्माण सामग्री ओसार्न रोक लगाएको प्रति झापाका ट्याक्टर  व्यवसायीले विरोध जनाएका छन् । सरकारले हालै गरेको निर्णय प्रति बिरोध जनाउँदै ट्याक्टरलाई समेत खोलामा निर्माण सामाग्री संकलन गर्न रोक लगाउनु न्यानोचित नभएको गुनासो गरेका हुन् । जिल्लाभरका व्यवसायीहरुको विहिबार भएको भेलाले  विदुर भट्टराईको अध्यक्षतामा  जिल्ला स्तरिय संघर्ष समिति पनि घोषणा गरेका हुन् । गठित संर्घष समितिमा जिल्लाका ६ ओटै क्षेत्रका ट्याक्टर व्यवसायीहरु संलग्न छन् । गठित संघर्ष समितिको सदस्यहरुमा सन्तोष कुमार मेचे, भोगेन्द्र श्रेष्ठ, रुपेश मेचे, राजेश राउत, उदय भण्डारी, शिवलाल खतिवडा, राजकुमार र्चौहान, श्याम निरौला, केदनिधी भट्टराई, बद्रिप्रसाद खनाल र नविन बराल छन् ।
विर्तामोडमा भएको  व्यवसायीहरुको भेलाले झापा जिल्ला निर्माण समाग्री  परिचालन उपयोग उपभोक्ता समिति गठन गरेको  हो । 
झापा कन्काई माई ट्याक्टर संघले दमकमा विहिबार पत्रकार सम्मेलन गरी  प्रशासनको रोकका कारण  जिल्लाभर कम्तिमा २० हजार मजदुरहरुको दैनिक रोजगारी गुमेको  जनाएको छ । संघका सचिव नविन बरालले जिल्लामा पाँच हजार ट्याक्टर सञ्चालनमा रहेका र तिनीहरुमा रोजगारी गर्ने  सर्वसाधारण मजदुरको जिविकोपार्जनमा समस्या आएको बताए । उनले भने–‘राज्यलाई कर तिरेर ट्याक्टर सञ्चालन गर्ने  व्यवसायीहरुको करोडौँ लगानी  निस्क्रिय  हुँदा मार वेहोर्नुपरेको  छ ।’ उनले  चुरे संरक्षणका नाममा तराईमा रहेका खोलानालाबाट हातको प्रयोगले निकालिने निर्माण सामग्रीमा रोक लगाउनुको कुनै  तुक नभएको बताए । ‘स्काभेटर रोक लगाउनु स्वभाविक हो, तर बेल्चा र हातले गिटी बालुवा उठाउन पनि रोक लगाउनु न्यायसंगत  छैन् ।’ सचिव बरालले भने । सरकारले आफना पेशा विस्थापित गर्न लागेको भन्दै त्यस विरुद्ध थप आन्दोलन चर्काउने चेतावनी दिएका छन् । संघर्ष समितिले माग पूरा गराउन दवाव मूलक आन्दोलन गर्ने निर्णय भएको सचिव बरालले जानकारी दिए । यसैबीच खोलामा निर्माण सामाग्रीहरु ओसार्न रोक लगाउनु जायज नभएको बताए ।
संघका कोषाध्यक्ष प्रविण कटुवालले प्रसासनको  यस्तो अव्यवहारिक निर्णय नसच्याइए सडक संघर्षमा उत्रने व्यवसायीहरुको साझा निर्णय भएको बताए ।  उनले   निर्माण सामग्री निकाल्न  रोक लगाईँदा  विकास निर्माणका काम एवम् सर्वसाधारणको घर निर्माणको काम समेत रोकिएको बताए । यसैविच संघले विज्ञप्ती निकालेर वार्ताका माध्यमबाट  समाधानको  खोजी गर्न प्रशासनसँग माग गरेको छ । संघका अध्यक्ष बद्री खनालले हस्ताक्षर गरेर जारी गरेको विज्ञप्तीमा   प्रसासनको निर्णयमा पुनः विचार गर्न माग गरिएको छ ।
यसैगरी मोरङको मधुमल्लामा खोलाहरुबाट बालुवा, गिटी, ढुंगाहरु निकाल्न पाउनु पर्ने  माग गर्दै  ट्याक्टर ब्यवसायीहरुले बिहिवार  बिरोध गरेका छन ।
ट्याक्टर ब्यवसायी संघ मधुमल्लाको आयोजनामा भएको बिरोध ¥यालीले मधुमल्ला बजार परिक्रममा गरी  कोणसभामा परिणत भएको थियो ।  इलाका प्रहरी कार्यालय मघुमल्लाका प्रहरी कार्यालय प्रमुख राजेश चौधरीका अनुसार बिहान ११ वजेबाट पौने ३ वजे सम्म ट्याक्टर ब्यवसायीहरुले  ५० वटा ट्याक्टर  सडकमा राखेर बिरोध गरेका थिए ।
बिरोध पछिको  कोणसभालाई संघका अध्यक्ष रामचन्द्र थापामगर र सचिव खरी मगरले सम्वोधन गरेका थिए ।  सरकारले चुरे क्षेत्र संरक्षण अभियानलाई सफल पार्न खोलाको बालुवा, गिटी, ढुङ्गगा निकाल्न  प्रतिबन्ध लगाएको छ ।

आयोजनाका पूर्वप्रमुख सिंहविरुद्ध भ्रष्टाचारको मुद्दा

मोरङ/अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सुनसरी–मोरङ सिंचाइ आयोजनाका पूर्वप्रमुख विनयकुमार सिंहविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
पदीय दुरुपयोग गरी १ करोड ४५ लाख ७६ हजार ६८८ रूपैयाँ गैरकानूनी रुपमा आर्जन गरेको आरोपमा अख्तियारले सिंह र उनकी पत्नी अलका सिंहविरुद्ध मुद्दा दायर गरेको हो ।
अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०–९२० बमोजिम बिगो र बिगो बमोजिम जरिवाना माग गरेको छ । साथै भ्रष्टाचार निवारण ऐनको दफा ४७ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ ‘ख’ बमोजिम सिंह र उनके पत्नीको नाममा बैंकमा रहेको १ करोड ३२ लाख ७२ हजार २११ र श्रोत नखुलेका अन्य अचल सम्पत्ति समेतबाट बिगो बमोजिम जफत एवं असुलउपर हुन मागदाबी गरिएको छ ।