हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्वि

"सरकारका कारण राष्ट्रियता खतरामा" - उपमुख्य समाचार

जुरोपानी/ नेकपा एमालेका प्रभावशाली नेता केपी शर्मा ओलीले अहिलेको सरकारका कारण राष्ट्रियता संकटमा परेको बताएका छन् ।
सरकारका मन्त्रीहरुलेनै राष्ट्रियता बिरोधी अभिव्यक्ति दिई रहेको र प्रधानमन्त्रीलेनैं त्यसको संरक्षण गरि रहेको उनको भनाई छ । झापाको जुरोपानी-३ स्थित प्रगती उच्चमाविको स्वर्ण महोत्सव समापन समारोहमा आज उनले जातिय अधिकारका नाममा साम्प्रदायिकता सद्भाव भड्काउन चाहनेहरु कि्रयाशिल रहको बताए । पूर्व उपप्रधानमन्त्री समेत रहेका नेता ओलीले अब्यबहारीक शिक्षा प्रणालीका कारण शैक्षिक बेरोजगारी बढि रहेको बताए ।
शान्ति प्रकृयामा माओवादीकै कारण गतिरोध भएको उल्लेख गर्दै सवै दललाई एउटै टोकरीमा राखेर हेर्न नहुने जनाउँदै उनल्ो अहिलेको सरकारबाट शान्ति प्रकृया तथा संविधान लेखन प्रति अनुकुलताको अपेक्षा गर्न नसकिने बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिष्णुबहादुर बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयलाई महत्वपूर्ण योगदान पुर् याउने बिभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा पूर्व समान्य प्रशासन मन्त्री तथा एमाले नेता युवराज कार्की र जिल्ला शिक्षा कार्यालयका उद्वव विष्टले शिक्षा क्षेत्रलेनै समाजको अगुवाई गर्न सक्ने भएकाले असमान शिक्षा प्रणाली खारेज गरिनु पर्ने बताए । कार्यक्रममा झापा क्षेत्र नम्बर-६ का सभाषद् दिपक कार्कीको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा विल्सनबिक्रम राईुतोक्मे बुढाु ले बिभिन्न प्रहसन प्रस्तुत गरेका थिए भने गायक तथा संगीतकार टीका भण्डारीले बिभिन्न गीत तथा प्यारोडी सुनाएर मनोराजन गराएका थिए । कार्यक्रममा नेता ओली पूर्व मन्त्री कार्की सभाषद कार्की कलाकारद्वय भण्डारी र राई तथा झापाका प्रमुख जिल्ला अधिकारी नरेन्द्रराज शर्मा जिल्ला शिक्षा कार्यालय झापाका उपसचिव उद्धव विष्ट शैक्षिक तालिम केन्द्र भद्रपुरका युवराज पाण्डे लगायतलाई ढाका टोपी ओढाएर सम्मान गरिएको थियो । ओलीले विद्यालयले प्रकासन गरेको स्मारीकाको बिमोचन समेत गरे ।

" शान्ति र विद्रोहसँगै लैजान नहुने" - मुख्य समाचार

पिपुल्स टाइम्स समाचार
दुधे/ नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले शान्ति र विद्रोहसँगै लैजाने माओवादीको रणनीतिका कारण नै प्रकृयामा सुधार आउन नसकेको बताएका छन् ।
झापाको सतासीधामस्थित दुधेमा आइतबार नेपाल भूपू सैनीक संघले आयोजना गरेको जिल्ला स्तरीय भेलामा बोल्नु हुँदै महामन्त्री सिटौलाले शान्ति र संविधानलाई शुनिश्चीततामा लैजान माओवादीको द्वैध चरित्र नै मुख्य समस्या भएकोमा जोड दिए ।
शान्ति प्रकृया समयमै पूरा गराउन सके सातादिन भित्र संविधान जारी गर्न सकिने उहाँको भनाई थियो । शान्ति र लोकतन्त्रको विकल्प नभएको उललेख गर्नुहुँदै महामन्त्री सिटौलाले भन्नुभयो- ुमुलुक समृद्ध तथा जनतालाई मालिक बनाउन लोकतन्त्र व्यवस्था नै सर्वमान्य माध्यम हो ।ु उहाँले एक प्रसङ्गमा गोर्खाभर्ती बन्द गर्नै सरकारको कदम जायज नभएको बताए ।
भेलामा पूर्वमन्त्री तथा केन्द्रीय सदस्य नरेन्द्र विक्रम नेम्बाङ र केन्द्रीय तथा सभाषद् केशवकुमार बुढाथोकीले राज्य पूनस्रंरचना आयोगले प्रस्तुत गरेको विवादास्पद प्रतिवेदनको कुनै अर्थ नहुने जीकिर गरेका थिए । संघीयताको खाका कोर्ने आयोगको दुईखाले प्रतिवेदन नै हास्यास्पद छ माटो क्षेत्रलाई समेटेर सुहाउँदो संघीयताको खाचो रहेको उनीहरुको भनाई थियो ।
कार्यक्रममा भूपू सैनीक संघका केन्द्रीय अध्यक्ष नारायणप्रसाद कोइराला संघका महासचिव गर्जबहादुर गुरुङ कांग्रेस झापा सभापति उद्वव थापा लगायतल गोर्खा भर्ती बन्द गर्न सरकारको कदमको विरोध गर्दै तत्काल फिर्ता लिन आग्रह गरेका थिए । सो अवसरमा विभिन्न पार्टी परित्याग गरी आउने नवप्रवेशीहरुलाई महामन्त्री सिटौलाले सदस्यता प्रदान गरेका थिए । कार्यक्रम संघकी जिल्ला अध्यक्ष सुकमाया लिम्बुको अध्यक्षतामा भएको थियो ।

रवि स्मृति फुटबल हुने

दमक/ आगामी फागुन-१४ गते देखि दमकमा प्रथम रवि स्मृती रेडबुल अन्तर कलेज नकआउन फुटबल प्रतियोगीता हुने भएको छ । अखिल क्रान्तिकारी दमक बहुमुखी क्याम्पस ईकाईको आयोजनामा हुने प्रतिगोतीमा झापा र मोरङ्का करिब एक दर्जन टीम सहभागी हुने ईकाई अध्यक्ष ज्योती भट्टराईले जानकारी दिए । प्रतियोगीता फागुन-२१ गते सम्म चल्ने छ ।

साधनाद्वारा सहकारी शिक्षा

दमक/ दमक-११ मा अवस्थित साधना वचत तथा ऋण सहकारी संस्थाले आइतबार सहकारी शिक्षा सम्बन्धी एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
संस्था आवद्ध शेयर सदस्यहरुको सहभागिता रहेको सो प्रशिक्षणमा डिभीजन सहकारीका प्रमुख नेत्रप्रसाद घिमीरे लगायतले सहकारी शिक्षाका महत्वका बारे चर्चा गरेका थिए ।
महिना दिन अघि गठित सो संस्था साचालनमा आएको हो । ३३ जना शेयर सदस्य रहेको गठित संस्थाका अध्यक्षमा देवीप्रसाद गुरागाई उपाध्यक्षमा हरि थापा सचिवमा विरेन्द्रकुमार पौडेल सह-सचिवमा केदार तिम्सीना र कोषाध्यक्षमा गायत्री पौडेल रहेकी छिन् ।

प्रजातन्त्र दिवसमा हाजिरीजवाफ

केर्खा/ ६१ औं प्रजातन्त्र दिवस र अन्तर्राष्ट्रिय सहकारी वर्ष २०१२ को अवसर पारेर झापा तोपगाछी-७ मा हाजिरीजवाफ र सहकारी शिविर सम्पन्न भएको छ ।
कर्खास्थित नवोदय सहकारी संस्था लिमिटेडको आयोजनामा सम्पन्न उच्च मावि स्तरीय हाजिरीजवाफ प्रतियोगितामा कमला मदन आश्रित उच्च मावि तोपगाछी-८ प्रथम मोति उच्च मावि धरमपुर-५ द्वितिय लक्ष्मीनारायण उच्च मावि धरमपुर-८ तृतीय र शहिद धर्मभक्त उच्च मावि केर्खा सान्तवना भए । तोपगाछी धरमपुर लखनपुर र चुलाचुलीका ८ उच्च माविले प्रतियोगितामा भाग लिएका थिए ।
त्यस्तै सहकारी शिविर साचालन गरी विद्यार्थी आयोजक संस्थाका कर्मचारी र साचालक समितिका पदाधिकारीहरुलाई सहकारिता बारे शिक्षा दिइएको कार्यक्रमका सायोजक हिमप्रसाद दाहालले बताए ।
कार्यक्रममा प्रमुख अतिथि तथा राष्ट्रिय सहकारी संघका केन्द्रीय सदस्य गणेशप्रसाद बस्नेत र विशिष्ट अतिथि तोपगाछी स्रोत व्यक्ति सूर्यप्रसाद सापकोटा लगायतले बोलेका थिए । कार्यक्रममा सहकारी संघ झापाका उपाध्यक्ष बलराम गजुरेलले सहजिकरण गरेका थिए भने अध्यक्षता संस्थाका अध्यक्ष दिलिप चापागाईको रहेको थियो ।

प्रजिताको वार्षिकोत्सव सम्पन्न

दमक/ दमक-१ स्थित प्रजिता एकाडेमीको चौंथो साधारणसभा आईतबार सम्पन्न भएको छ ।
एज प्याब्सन झापाका अध्यक्ष जयबहादुर श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा शिक्षाप्रेमी मानबहादुर देवानलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो । कार्यक्रम ुहेडसरु उपनामले परिचित छविलाल सिटौला सामाजिक अगुवा शेरिसंह सुब्बा फाउण्डर जीवन शिवाकोटी लगायतले बोलेका थिए ।
वार्षिकोत्सव कार्यक्रमका अवसरमा विद्यार्थीहरुले सांस्कृतिक मनोराजन प्रदान गर्नुका साथै खेलकुदका गतिविधि गरेका थिए ।
प्रजिता एकाडेमी व्यवस्थापन समितिका अध्यक्ष इश्वरीप्रसाद लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पि्र_िन्सपल तारा लामिछानेको स्वागत रहेको थियो भने कार्यक्रम साचालन सागर राई र नवराज शिवाकोटीले संयुक्त रुपमा गरेका थिए ।

ढुवागढीमा जागनी महोत्सव

चन्द्रगढी/ झापाको चन्द्रगढी-३ स्थित दुवागढीमा श्रीकृष्ण प्रणामी धर्म जागनी महोत्सव २०६८ साचालन हुने भएको छ ।
आईतबार पत्रकार सम्मेलन गरी आयोजक संस्थाले महोत्सवबारे जानकारी दिएको हो । महोत्सव आउँदो १२ देखि १८ गते सम्म साचालन हुने आयोजक संस्थाका महासचिव शान्तिप्रसाद सापकोटाले जानकारी दिए । श्रीकृष्ण प्रणामी मन्दिरको ५० औं स्थापनाका अवसरमा आयोजना हुने सो महोत्सवको उद्घाटन संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङले गर्ने भएका छन् । सो अवसरमा अन्तर्राष्ट्रिय स्वरुपको धर्म सम्मेलन तथा धर्म संगोष्ठि हुने बताइएको छ ।

ग्याँस बिक्रेताको अधिवेशन तय

दमक/ ग्याँस बिक्रेता महासंघ झापाको दोस्रो जिल्ला अधिवेशन आगामी फागुन १५ गते विर्तामोडमा हुने भएको छ ।
महासंघले आइतबार दमकमा पत्रकार सम्मेलन गरी सो अधिवेशनमा २ सय भन्दा बढी व्यवसायीहरुले भाग लिने समेत जानकारी गराएको छ । पत्रकार सम्मेलनमा महासंघका जिल्ला सदस्य टेकबहादुर थापाले अधिवेशनको महासंघका केन्द्रीय अध्यक्ष किशोर केसीले उद्घाटन गर्ने जानकारी दिए पत्रकार सम्मेलनमा वितरीत प्रेस विज्ञप्तीमा महासंघ पेशागत हकहीत र उपभोक्ता अधिकारका लागि कि्रयाशील रहेको उल्लेख छ । महासंघले झापामा अझै ग्याँसको आपूर्ति सहज नभएको कारण समस्या व्यहोर्नु परीरहेको समेत जनाएको छ । महासंघका माई पश्चिम झापा क्षेत्रीय समितिका सचिव महेन्द्र खड्काले झापामा मात्रै दैनिक २ हजार वटा सिलिन्डर ग्याँसको माग रहेपनि २५ प्रतिशत समेत माग पूरा हुन नसकीरहेको जनाए । महासंघका केन्द्रीय पार्षद राजु न्यौपानेले नेपालमा दैनिक ग्याँसका सहज आपूर्तिका लागि २२ हजार मेट्रीकटन ग्याँस आवश्यक भएपनि ७ हजार मेट्रीकटन मात्र मुश्किलले उपलब्ध भइरहेको जनाए ।
पत्रकार सम्मेलनमा महासंघका क्षेत्रीय अध्यक्ष गंगाप्रसाद सिटौला केन्द्रीय पार्षद गणेश रिजाल राजेश अधिकारी ग्याँस व्यवसायीहरु पारसमणी आचार्य सिाजत रौनीयार लगायतले ग्याँसको सहज आपूर्तिका लागि सरकारसँग माग गरे ।

साइकलको ठक्करले एकको मृत्यु

भद्रपुर/ झापा ज्यामिरगढी-७ की एक महिलाको आईतबार साईकलको ठक्करबाट मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाले दिएको जानकारी अनुसार २७ वर्षीया रतिया करुवाको स्थानीय २९ वर्षीय सूर्य सुब्बाले चलाएको साइकलको ठक्करबाट घाइते भएपछि उपचारका लागि मेची आम्दा अस्पताल धुलाबारी लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
करुवाको मृत्यु भएपछि उनलाई ठक्कर दिने साईकल चालक सुब्बालाई प्रहरी नियन्त्रणमा लिइएको बताइन्छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रगतिशील प्राध्यापकहरुको सम्मेलन

२ जना सम्मानित
विर्तामोड/ नेपाल प्रगतिशील प्राध्यापक संगठनको मेची अाचल स्तरीय सम्मेलन आईतबार विर्तामोडमा सम्पन्न भएको छ ।
सम्मेलनले उमाकान्त ओलीको अध्यक्षतामा ११ सदस्यीय मेची अाचल स्तरीय क्षत्रीय समिति समेत चयन गरेको छ । समितिको उपाध्यक्षमा दीपक पौडेल सचिवमा मोहन शिवाकोटी कोषाध्यक्ष लत्ता पौडेल र सदस्यहरुमा लक्ष्मीप्रसाद रेग्मी वेचैन शाह हरि न्यौपाने भानु रेग्मी महेन्द्रप्रकाश गौतम अर्जुनप्रसाद दंगाल र कमलप्रसाद भट्टराई चयन भएका छन् । सो अवसरमा प्राध्यापक डा। कालुराम राई के।आर। खम्बु र उपप्राध्यापक भुवन आचार्यलाई दोसल्ला ओढाएर सम्मान समेत गरिएको छ ।
नेपाल प्रगतिशील प्राध्यापक संगठनका केन्द्रीय उपाध्यक्ष पितकुमार श्रेष्ठको प्रमुख आतिथ्य र संगठनका निवर्तमान अध्यक्ष चित्रबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नेकपा मालेका पोलिटब्यूरो सदस्य खगेन्द्र प्रसाई नेकपा एमालेका झापा अध्यक्ष रविन कोइराला त्रिभुवन विश्व विद्यालय प्राध्यापक संगठनका केन्द्रीय सदस्य टीका प्याकुरेल लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको साचालन लिलाप्रसाद अधिकारीले गरेका थिए । सम्मेलनमा झापा इलाम पाँचथर र ताप्लेजुङका १ सय ५० जना प्राध्यापकहरुले भाग लिएका थिए ।