हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्वि

पहिलो डिभिजनका ७ सय ३० लडाकुको बिदाई - मुख्य समाचार

शान्ति प्रकि्रयाको नयाँ अध्याय
पिपुल्स टाइम्स समाचार
केर्खा,माघ २९ गते २०६८/ पाँच वर्ष अघि सुरु भएको शान्ति प्रकि्रयाका मुख्य मानिएका चरणहरुमध्ये माओवादी लडाकुहरुको शिविरबाट बिदाई गर्ने कार्यक्रम सुरु भएको छ । पुनर्वर्गीकरणमा सामेल भइ स्वेच्छिक अवकाश रोजेका लडाकुहरुलाई बिदाई गर्ने क्रम चुलाचुलीस्थित जनमुक्ति सेनाको प्रथम डिभिजनबाट सुरु भएको हो । प्रथम डिभिजन मातहत स्वेच्छिक अवकाश लिएका जनमुक्ति सेनाहरुलाई शनिबार बिदाई गरिएको छ ।
बिगत ५ वर्षयता पहिलो डिभिजन मातहतका बिप्लप-सिर्जन स्मृति बि्रगेड इलाम चिन्ताङ-सुखानी स्मृति बि्रगेड रत्न-शकुन्तल स्मृति बि्रगेड मोरङ अनु सन्देश-स्मृति बि्रगेड चुलाचुली र चुलाचुलीमा रहेको प्रथम डिभिजनमा कार्यरत १५ सय २१ मध्ये ७ सय ३० जना लडाकुहरुलाई बिदाई गरिएको हो ।
अवकाश रोजेका लडाकुहरुलाई बिदाई गर्नका लागि शनिबार बिहानैदेखि चार ओटै बि्रगेडहरुमा बिदाई कार्यक्रम आयोजना गरिएको थियो । बिदाई भएका लडाकुहरुलाई प्रथम डिभिजनद्वारा तयार गरिएको प्रमाण-पत्र समेत प्रदान गरिएको छ । बिदाई कार्यक्रमहरुमा प्रथम डिभिजनका कमाण्डर यामबहादुर अधिकारी प्रतिक्षा सह-कमाण्डर प्रमोद लगायतको उपस्थिति रहेको थियो ।
विशेष समितिले प्रदान गरेको अवकाश बापत पहिलो किस्ता र यातायात खर्च बुझिसकेका लडाकुहरुलाई पायकपर्ने स्थानहरुसम्म पुर् याउनका लागि डिभिजन र बि्रगेडहरुले गाडीको समेत प्रबन्ध गरेको थियो । अवकाश लिएका लडाकुहरुलाई दर्जाका आधारमा ५ ६ ७ र ८ लाख रुपैयाँको ५० प्रतिशत रकम बराबरको चेक प्रदान गरिएको छ ।
७ हजार २ सयलाई झण्डै २ अर्ब
यसैबीच स्वेच्छिक अवकाश रोजेका प्रथम डिभिजन सहित देशभरका ७ वटै मुख्य तथा २८ वटा सहायक शिविरका लडाकुहरुलाई चेक हस्तान्तरण गर्ने कार्य सम्पन्न भएको पुनस्र्थापना रेखदेख र सेना समायोजन विशेष समितिको सचिवालयले जनाएको छ ।
विशेष समितिका संयोजक बालानन्द शर्माले छिटफुट भएका लडाकुलाई काठमाडौस्थित सचिवालय मार्फत वितरण गरिने व्यवस्था मिलाइएको जानकारी दिएका छन् । सचिवालयले हालसम्म स्वेच्छिक अवकाश रोजेका ७ हजार ३ सय ६५ जना लडाकु मध्ये ७ हजार २ सय जनालाई १ अर्ब ९७ करोड रुपैयाँ बराबरको चेक वितरण गरिसकेको तथा बाँकी रहेका करिब डेढ सयलाई सचिवालयमा सम्पर्क राख्न आग्रह गरेको छ ।
समितिले यही माघ १९ गतेदेखि स्वेच्छिक अवकाशमा जानेहरुलाई बिदाई प्रकि्रया सुरु गरेको थियो । अनमिनले प्रमाणित गरेका १९ हजार ६ सय २ मध्ये १६ हजार ९ सय ९६ मात्र वर्गीकरणमा सहभागी भएका थिए ।
समायोजनमा ९ हजार ७ सय ५ स्वेच्छिक अवकाशमा ७ हजार ३ सय ६५ र ६ जनाले मात्र पुनस्र्थापना रोजेका थिए । मन्त्रालयअन्तर्गत रहेको शिविर व्यवस्थापन केन्द्रीय समन्वयकर्ताको कार्यालयका अनुसार लडाकुका लागि आर्थिक वर्ष ०६३÷६४ देखि आर्थिक वर्ष ०६८÷६९ मङ्सिर मसान्त सम्ममा जम्मा ८ अर्ब ७८ करोड ९९ लाख २६ हजार ५ सय ४६ रुपैयाँ खर्च भइसकेको छ ।

फागुन ४ सम्मको अल्टिमेटम - उपमुख्य समाचार

स्वेच्छिक अवकास रोजेका माओवादी सेनाको पहिलो डिभिजनका लडाकुहरुले आगामी फागुन-४ गते सम्ममा चेक अनुसारको सवै रकम फिर्ता नदिए स्सशक्तू आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
शनिबार दमकमा पत्रकार सम्मेलन गर्दै उनीहरुले पहिलो डिभिजन अन्तर्गतका ३ सय भन्दा बढि लडाकुको रकम डिभिजनले लगेको बताए । जनमुक्ति सेना प्रथम डिभिजन संघर्ष समितिका सायोकज पूर्णबहादुर लिम्बूले लडाकुको भागमा २५ हजार रुपैयाँ छोडेर बाँकि सबै रकम डिभिजनलेनै लगेकेा दाबी गरे ।
संघर्ष समितिका सहसंयोजक रामकुमार लिम्बूले स्जनयुद्धका योद्धाूहरुको त्यागलाई पैसासँग साटिएको र त्यसको सम्मानका लागि दिईएको पैसा समेत जवरजस्ति खोसिएको गुनासो गरे । आफुहरुलाई पैसाको लोभ नभएको र यदि आफूहरुलाई पैसा दिँदा शान्ति प्रकृयामा बाधा पुग्ने भए आफूहरु सबै पैसा राज्यकोषमा बुझाउन समेत तयार रहेको उनको भनाई थियो ।
बिशेष समिति मार्फत् आफ्नो खातामा २ लाख २५ हजार पाए पनि
डिभिजनले २५ हजार रुपैयाँ बाँकी राखेर सबै रकम लगेको स्वेच्छिक अवकाश रोजेका सुन्दर शेर्पाले बताए । पत्रकार सम्मेलनमा अर्का लडाकु प्रदीपकुमार श्रेष्ठले सर्वहाराका नाममा राजनीति गर्न सिकाउने पार्टीले आफूहरुले पाउनुपर्ने रकम खोसेर नवसामन्तवादको सृजना गरेको आरोप लगाए । पहिलो डिभिजनका ७ सय १ लडाकुले चेक पाए पनि ३ सय भ्ान्दा बढिको रकम चेक मार्फत नै खोसिएको संयोजक लिम्बूले दाबी गरे ।

मैना खातामा राज्यमन्त्री

लखनपुर,माघ २९ गते २०६८/ केही दिनयता रहेका गृहराज्य मन्त्री भीमराज राजवंशीले शनिबार लखनपुरको मैना खाताका बासिन्दाहरुसँग भेटघाट गरेका छन् ।
स्थानीयहरुले उनीसँग स्थानीय समस्या र विकास निर्माणका योजनाहरुबारे छलफल गरेका थिए । सो अवसरमा राज्यमन्त्री राजवंशीले आपसी मतभेद्लाई त्यागेर सबै मिली राष्ट्र बनाउनुको विकल्प नभएको बताए ।
सो पछि आयोजित पत्रकार भेटघाटमा राज्यमन्त्री राजवंशीले माओवादी भित्र अहिले देखिएको विवाद आन्तरिक रणनीति मात्रै भएको दाबी गरे । मधेसी जनअधिकार फोरम स्लोकतान्त्रिकू बाट राज्यमन्त्री बनेका राजवंशीले राज्य पुनस्रंरचना र शासकीय स्वरुपका विषयमा पार्टीले बनाएको छुट्टै समिति मार्फत् नै धारणा आउने बताए । यद्यपी उनले समग्र मधेस एक प्रदेश मधेसवादी दलहरुको माग नभएको स्पष्ट पारे ।

वुद्ध टोलको नयाँ नेतृत्व

दमक, माघ २९ गते २०६८/ दमक-१४ स्थित बुद्ध टोल विकास संस्थाको तेस्रो साधारण सभाले पुनः रणबहादुर बराइलीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
साधारणसभाका प्रमुख अतिथि टोल विकास साजालका अध्यक्ष पदमप्रसाद कोइराला मन्तव्य राख्दै ।

सरस्वती उच्च मा।वि।sाे सभाकक्षमा भएको सभाले उपाध्यक्षमा गंगा तामाङ सचिवमा भेषराज ओझा सहसचिवमा अस्मिता तामाङ र कोषाध्यक्षमा रुपामाया राई सर्वसम्मत चयन गरेको हो ।
संस्थाको साधारण सभा उद्घाटन कार्यक्रमका वक्ताहरुले टोल विकास संस्थाहरुले स्थानीय निकाय जनप्रतिनिधिविहीन रहेको अवस्थामा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको बताए ।
टोल विकास साजाल दमक-१४ का अध्यक्ष पदमप्रसाद कोइरालाको प्रमुख आतिथ्य र संस्थाका अध्यक्ष रणबहादुर बराइलीको अध्यक्षतामा भएको सभामा सरस्वती टोल विकास संस्थाकी अध्यक्ष गीता बुढाथोकी बिन्ध्याबासिनी टोल विकास संस्थाकी अध्यक्ष चन्द्रा भट्टराई दीपेन्द्र टोल विकास संस्थाकी अध्यक्ष विष्णुकुमारी सुब्बा पत्रकार विष्णु पौडेल र सदस्यहरुका तर्फबाट विष्णु निरौलाले शुभकामना मन्तव्य राखेका थिए । सभाको साचालन सचिव भेषराज ओझाले गरेका थिए ।

युवकको रहस्यमय मृत्यु

दमक, माघ २९/  अचेत अवस्थामा भेटिएका दमक-१० का एक युवकको उपचारको क्रममा शनिबार मृत्यु भएको छ ।
दमक-१० को पाथीभरा चलचित्र मन्दिर छेउमा अचेत अवस्थामा भेटिएका दमक-१० का २३ वर्षीय विश्वराज दाहालको दमकस्थित आम्दा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
उनको शव पोष्टमार्टमका लागि मेची अाचल अस्पताल भद्रपुर लगिएको प्रहरीले जनाएको छ । घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसैबीच मृतकका आफन्तहरुले उनको सुनियोजित हत्या भएको आशंका गर्दै छानबिनको माग गरेका छन् ।

भोलेन्टियस्र पुनर्गठन

बिर्तामोड, माघ २९/ झापामा माच सम्बद्ध संघीय लिम्बूवान राज्य परिषद्को युवा संगठन लिम्बूवान भोलेण्टियस्र पुनर्गठन गरिएको छ ।
शनिबार जिल्ला पार्टी कार्यालयमा भएको कार्यक्रमले भोलेण्टियस्र पुनर्गठन गरेको हो । भोलेण्टियस्रको जिल्ला ईन्चार्जमा मोहन बेघा चयन भएका छन् । यस्तै सह-इन्चार्जद्वयमा अमित खम्बू र असिम थेवे रहेका छन् । यस्तै क्षेत्र नम्बर-१ मा ईन्चार्ज राजीमान लिम्बू २ मा सुजित राई ३ मा राजेन्द्र लिम्बू ४ मा एकराज खवास ५ मा भरत संग्रौला ६ मा अनुप लिम्बू र ७ मा देउकुमार राई इन्चार्जमा चुनिएका छन् ।
यस्तै दमक फिल्ड कमाण्डरको जिम्मा अर्जुन राईले पाएका छन् । परिषद्का केन्द्रीय उपाध्यक्ष ज्ञानु इम्बुङ् भोलेण्टियस्रका केन्द्रीय कमाण्डर फक्तालुङ् योङ्हाङ् कमिसार प्रेमदीप थाम्सुहाङ् परिषद्का केन्द्रीय सदस्य धनराज सुब्बाप्रेम घिमिरे केन्द्रीय उपकमाण्डर राजु राई लगायतको उपस्थिति रहेको कार्यक्रम परिषद्का जिल्ला अध्यक्ष मानबहादुर साँवाको अध्यक्षतामा भएको थियो ।

विभिन्न ठाउँमा कांग्रेसको प्रशिक्षण

गौरादह, माघ २९/ नेपाली कांग्रेसले झापाको बैगुनधुरामा शनिबार गाउँ सम्मेलन तथा प्रशिक्षण सम्पन्न गरेको छ ।
पार्टीका गाउँ सभापति नगेन्द्रकुमार बस्नेतको सभापतित्वमा भएको कार्यक्रममा पार्टीका प्रशिक्षण प्रतिष्ठानका सदस्य सीताराम भट्टराई प्रमुख अतिथि रहेका थिए ।
महासमिति सदस्य रोहितकुमार शाह बिशिष्ट अतिथि रहेको कार्यक्रममा वर्तमान राजनीति कांग्रेसको भूमिका लगायका बारेमा गाउँ परिशिक्षक रामकुमार ढुंगाना र पार्टीको जिल्ला प्रशिक्षण बिभागका सह-संयोजक यादवराज सेडाईले प्रशिक्षण दिएका थिए ।
त्यसैगरी लखनपुरको वाणि उच्च मा।विमा समेत गाउँस्तरीय प्रशिक्षण सम्पन्न भएको छ । पार्टीका गाउँ सभापति टंक सेढाईको सभापतित्व र महाधिवेशन प्रतिनिधि हुकुमिसंह राईको प्रमुख आतिथ्यमा भएको सो प्रशिक्षणको प्रमुख प्रशिक्षकमा डिल्लीप्रसाद भट्टराई र प्रशिक्षकहरुमा राम गिरी र गोपाल भुजेल रहेका थिए ।
नेपाली कांग्रेस लखनपुर गाउँ समिति सचिव पदम सेढाईले साचालन गरेको सो कार्यक्रममा ऋषिकेश सुवेदी र भीमप्रसाद ताजपुरियाले पनि बोलेका थिए भने स्वागत मन्तव्य दुर्गा पोखरेलले राखेका थिए । सो अवसरमा १ सय ४१ जना कि्रयाशील सदस्यहरु सहभागी थिए । त्यस्तै धरमपुरका ५ स्थानमा केन्द्र बनाएर सबै वडाका कार्यकर्ताहरुलाई प्रशिक्षण दिइएको छ । पार्टी गाउँ सभापति बिनोद ढकालका अनुसार ति केन्द्रहरुमा कमार शंकर प्रेम दाहाल कुमार खतिवडा गोपीचन्द्र गुरुङ नारायण ढकाल खडानन्द्र घिमिरे धर्मराज सुवेदी र डम्बरबहादुर दाहालले प्रशिक्षण दिएका थिए ।

शिक्षक संघको नयाँ नेतृत्व

धुलाबारी, माघ २९/ झापा क्षेत्र नम्बर-१ मा नेपाल शिक्षक संघको नयाँ नेतृत्व चयन भएको छ ।
शनिबार मेचीनगरमा भएको अधिवेशनले रमेशकुमार दाहालको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो । समितिको उपाध्यक्षद्वयमा रमेश निरौला र ईन्दू पनेरु सचिव भोजराज कार्की सह-सचिव फणिन्द्रकुमारी पौड्याल र कोषाध्यक्षमा होमनाथ सुवेदी चयन भएका छन् ।
संघका राष्ट्रिय समितिका सदस्य सरस्वती सिटौलाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संघका जिल्ला सचिव प्रकाश भण्डारी विशिष्ट अतिथी रहेका थिए । कार्यक्रममा संघका बाहुनडाँगी अध्यक्ष चन्द्रशेखर गुरागाँई शान्तिनगर अध्यक्ष गीता ढुंगाना जनतामावि बाहुनडाँगीका प्रधानाध्यापक बिजय देव लगायतले मन्तवब्य राखेका थिए ।
निर्वाचन समितिका संयोजक तोयानाथ दाहालको सभापतित्वमा भएको कार्यक्रममा महेन्द्रबिलास लुईटेलले स्वागत मन्तब्य राखेका थिए ।

दुधे बजारमा पद विभाजन

दुधे, माघ २९/ दुधे बजार विकास समितिको पद विभाजन गरिएको छ । गत माघ २१ गते भएको भेलाबाट सर्वसम्मत निर्वाचित समितिका अध्यक्ष शिवकुमार याङ्याको अध्यक्षतामा भएको बैठकले विभिन्न पदहरुमा निर्वाचित सदस्यहरुबाट पद विभाजन गरेको हो ।
जस अनुसार महासचिवमा इन्द्रदेव पाठक उपाध्यक्षमा ज्ञानेन्द्र तुम्बाफो सचिवमा पशुपति र कोषाध्यक्षमा दुर्गाप्रसाद भट्टराई रहेका छन् । यसैबीच समितिले शनिबारदेखि दुधे बजारलाई व्यवस्थित बनाउन पहल थालेको छ । सडक क्षेत्रमा अव्यवस्थित रुपले रहेका पसलहरुलाई व्यवस्थित ठाउँमा स्थानान्तरण गर्नेक्रम सुरु गरेको हो । समितिले ट्याक्सी तथा बसस्टेण्डलाई समेत व्यवस्थित गरी सडक क्षेत्रमा रहेका रुखका हाँगा काट्ने र सफा गर्ने काम सुरु गरेको अध्यक्ष याङ्याले बताए ।

भित्ते पत्रिका तालिम सम्पन्न

दमक, माघ २९/ सवाल नेपाल झापाको आयोजना तथा शान्ति कार्य समूह झापाको सहयोगमा दुई दिने भित्ते पत्रिका लेखन सम्बन्धी अनुशिक्षण कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
दमक क्षेत्रका विभिन्न ५ सामुदायिक विद्यालयका २१ जना छात्र-छात्रा सहभागी कार्यक्रममा भित्तेपत्रिका तयारी गर्ने बारे सहजिकरण गरिएको आयोजक संस्थाका महासचिव भक्त श्रेष्ठले जानकारी दिए । कार्यक्रममा पत्रकार कमन देवानले सहजिकरण गरेका थिए ।