हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्वि

विभिन्न ठाउँमा कांग्रेसको प्रशिक्षण

गौरादह, माघ २९/ नेपाली कांग्रेसले झापाको बैगुनधुरामा शनिबार गाउँ सम्मेलन तथा प्रशिक्षण सम्पन्न गरेको छ ।
पार्टीका गाउँ सभापति नगेन्द्रकुमार बस्नेतको सभापतित्वमा भएको कार्यक्रममा पार्टीका प्रशिक्षण प्रतिष्ठानका सदस्य सीताराम भट्टराई प्रमुख अतिथि रहेका थिए ।
महासमिति सदस्य रोहितकुमार शाह बिशिष्ट अतिथि रहेको कार्यक्रममा वर्तमान राजनीति कांग्रेसको भूमिका लगायका बारेमा गाउँ परिशिक्षक रामकुमार ढुंगाना र पार्टीको जिल्ला प्रशिक्षण बिभागका सह-संयोजक यादवराज सेडाईले प्रशिक्षण दिएका थिए ।
त्यसैगरी लखनपुरको वाणि उच्च मा।विमा समेत गाउँस्तरीय प्रशिक्षण सम्पन्न भएको छ । पार्टीका गाउँ सभापति टंक सेढाईको सभापतित्व र महाधिवेशन प्रतिनिधि हुकुमिसंह राईको प्रमुख आतिथ्यमा भएको सो प्रशिक्षणको प्रमुख प्रशिक्षकमा डिल्लीप्रसाद भट्टराई र प्रशिक्षकहरुमा राम गिरी र गोपाल भुजेल रहेका थिए ।
नेपाली कांग्रेस लखनपुर गाउँ समिति सचिव पदम सेढाईले साचालन गरेको सो कार्यक्रममा ऋषिकेश सुवेदी र भीमप्रसाद ताजपुरियाले पनि बोलेका थिए भने स्वागत मन्तव्य दुर्गा पोखरेलले राखेका थिए । सो अवसरमा १ सय ४१ जना कि्रयाशील सदस्यहरु सहभागी थिए । त्यस्तै धरमपुरका ५ स्थानमा केन्द्र बनाएर सबै वडाका कार्यकर्ताहरुलाई प्रशिक्षण दिइएको छ । पार्टी गाउँ सभापति बिनोद ढकालका अनुसार ति केन्द्रहरुमा कमार शंकर प्रेम दाहाल कुमार खतिवडा गोपीचन्द्र गुरुङ नारायण ढकाल खडानन्द्र घिमिरे धर्मराज सुवेदी र डम्बरबहादुर दाहालले प्रशिक्षण दिएका थिए ।

शिक्षक संघको नयाँ नेतृत्व

धुलाबारी, माघ २९/ झापा क्षेत्र नम्बर-१ मा नेपाल शिक्षक संघको नयाँ नेतृत्व चयन भएको छ ।
शनिबार मेचीनगरमा भएको अधिवेशनले रमेशकुमार दाहालको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो । समितिको उपाध्यक्षद्वयमा रमेश निरौला र ईन्दू पनेरु सचिव भोजराज कार्की सह-सचिव फणिन्द्रकुमारी पौड्याल र कोषाध्यक्षमा होमनाथ सुवेदी चयन भएका छन् ।
संघका राष्ट्रिय समितिका सदस्य सरस्वती सिटौलाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संघका जिल्ला सचिव प्रकाश भण्डारी विशिष्ट अतिथी रहेका थिए । कार्यक्रममा संघका बाहुनडाँगी अध्यक्ष चन्द्रशेखर गुरागाँई शान्तिनगर अध्यक्ष गीता ढुंगाना जनतामावि बाहुनडाँगीका प्रधानाध्यापक बिजय देव लगायतले मन्तवब्य राखेका थिए ।
निर्वाचन समितिका संयोजक तोयानाथ दाहालको सभापतित्वमा भएको कार्यक्रममा महेन्द्रबिलास लुईटेलले स्वागत मन्तब्य राखेका थिए ।

दुधे बजारमा पद विभाजन

दुधे, माघ २९/ दुधे बजार विकास समितिको पद विभाजन गरिएको छ । गत माघ २१ गते भएको भेलाबाट सर्वसम्मत निर्वाचित समितिका अध्यक्ष शिवकुमार याङ्याको अध्यक्षतामा भएको बैठकले विभिन्न पदहरुमा निर्वाचित सदस्यहरुबाट पद विभाजन गरेको हो ।
जस अनुसार महासचिवमा इन्द्रदेव पाठक उपाध्यक्षमा ज्ञानेन्द्र तुम्बाफो सचिवमा पशुपति र कोषाध्यक्षमा दुर्गाप्रसाद भट्टराई रहेका छन् । यसैबीच समितिले शनिबारदेखि दुधे बजारलाई व्यवस्थित बनाउन पहल थालेको छ । सडक क्षेत्रमा अव्यवस्थित रुपले रहेका पसलहरुलाई व्यवस्थित ठाउँमा स्थानान्तरण गर्नेक्रम सुरु गरेको हो । समितिले ट्याक्सी तथा बसस्टेण्डलाई समेत व्यवस्थित गरी सडक क्षेत्रमा रहेका रुखका हाँगा काट्ने र सफा गर्ने काम सुरु गरेको अध्यक्ष याङ्याले बताए ।

भित्ते पत्रिका तालिम सम्पन्न

दमक, माघ २९/ सवाल नेपाल झापाको आयोजना तथा शान्ति कार्य समूह झापाको सहयोगमा दुई दिने भित्ते पत्रिका लेखन सम्बन्धी अनुशिक्षण कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
दमक क्षेत्रका विभिन्न ५ सामुदायिक विद्यालयका २१ जना छात्र-छात्रा सहभागी कार्यक्रममा भित्तेपत्रिका तयारी गर्ने बारे सहजिकरण गरिएको आयोजक संस्थाका महासचिव भक्त श्रेष्ठले जानकारी दिए । कार्यक्रममा पत्रकार कमन देवानले सहजिकरण गरेका थिए ।

महोत्सवमा ३ करोडको कारोबार

दमक, माघ २९/ झापाको दमकमा भएको आदिवासी जनजाति सांस्कृतीक महोत्सवमा करिब तीन करोड रुपैयाँ बराबरको आर्थिक कारोबार भएको छ ।
आदिवासी जनजाति महासंघ दमक नगर समन्वय परिषद्को मुख्य आयोजनामा गत माघ-१४ गतेदेखि शुरु महोत्सवमा बिभिन्न घरेलु उत्पादन हस्तकलाका सामान औद्योगीक बस्तु तथा मनोराजनका साधनमा सो बराबरको कारोबार भएको आयोजकको प्रारम्भिक अनुमान छ । आयोजक समितिका सचिव पदम जवेगुले महोत्सव अपेक्षाकृत रुपमा सफल भएको बताए ।
फोटा ः सम्मान ग्रहण गरेपछि सामूहिक तस्विर खिचाउँदै अगुवाहरु

आयोजकका अनुसार महोत्सव अवधिमा आम्दानी तर्फ प्रवेश टिकटबाट २१ लाख रुपैयाँ खेल तमासाबाट ४ लाख ११ हजार रुपैयाँ र स्टल भाडा बापत १ लाख ४५ हजार रुपैयाँ गरी कूल २६ लाख ५६ हजार आम्दानी भएको आर्थिक उपसमितिका सदस्य अमरबहादुर कुमालले जानकारी दिए । महोत्सवमा प्रदर्शनीका लागि राखिएका विभिन्न जातिका नमुना घरमध्ये माझी र गुरुङ जातिको नमुना घरलाई ललितकला प्रज्ञा प्रतिष्ठानले
सम्मान गरेको थियो । दशजना अगुवा सम्मानित  महोत्सवको समापनका क्रममा शनिबार गृहराज्य मन्त्री भीमराज राजवंशीले सामाजिक क्षेत्रमा योगदान पुर् याउने बिभिन्न व्यक्तिहरुलाई सम्मान गरेका थिए । सम्मानित हुनेहरुमा झापाका अग्रज पत्रकार गाजबहादुर दाहाल बेलायत सरकारको सम्मानित युद्धपदक भिक्टोरिया क्रस बिजेता रामबहादुर बेघा सामाजिक अगुवा तथा किरात याक्खा छुम्मा झापाका अध्यक्ष हरिलाल देवान दमक नगरपालिकाका पूर्व प्रधानपाच धनबहादुर श्रेष्ठ र सांस्कृतिक अगुवा कृष्णकुमारी राई शिक्षा क्षेत्रका अगुवाहरु छविलाल शर्मा सिटौला रामदेव शर्मा र बालाकाजी थापा मगर रहेका छन् । महोत्सव समापनका अवसरमा झिँगु समाज नेवारी परिकारको खाजा अतिथिहरुलाई खुवाएको थियो भने राष्ट्रिय गुरुङ परिषद् दमकले संस्कृति प्रदर्शन गरेको थियो । त्यस्तै हाँस्य ब्यङ्ग्य कलाकार विल्सनबिक्रम राईले कला प्रस्तुत गरेका थिए । कार्यक्रम मूल आयोजक समितिका अध्यक्ष मोहन धिमालको सभापतित्वमा भएको थियो ।

दमक ११ मा कलश यात्रा

दमक, माघ २९/  धर्म संस्कृति र परम्पराको रक्षा गर्दै धार्मिक चेतना जगाउने उद्देश्यले झापाको दमक-१९ मा श्रीमत् भागवत् सप्ताह महापुराण तथा धान्यााचल महायज्ञ आयोजना गरिने भएको छ ।
स्थानीय हरेकृष्ण कीर्तन मण्डलीको आयोजनामा भोलि सोमबार बाट सुरु हुने पुराणको पूर्व सन्ध्यामा शनिबार बिहान सो स्थानमा कलश यात्रा आयोजना गरिएको छ ।
हालै निर्माण कार्य सम्पन्न भएको निलकण्ठेश्वर शिव पाचायन मन्दिरमा सम्पन्न हुने पुराणमा प्रतियोगितात्मक भजन कीर्तन दैनिक पूजा आरती चन्दा दाताहरुलाई सम्मान पुष्पााजली कथा महात्म्य तथा ज्ञान माचको कार्यक्रम सम्पन्न हुने जनाइएको छ । पुराणमा पण्डित बेदान्ताचार्य श्री स्वामी बालाचार्य घिमिरेबाट कथा बाचन रहने आयोजकले बताएको छ ।

ठक्करबाट घाइते

लखनपुर, माघ २९/पाडाजुङ्गी-गौरीगाज मार्ग अन्तर्गत लखनपुर-४ मा शनिबार साँझ भएको मोटरसाईकल दुर्घटनामा एकजना घाईते भएका छन् ।
को. २ प ७७७३ नम्बरको मोटरसाईकलको ठक्करबाट स्थानीय २० वर्षीय सागर भण्डारी घाईते भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ । मोटरसाईकल चालक भने फरार रहेको जनाईएको छ । घाइतेको दमकस्थित लाईफ लाईन अस्पतालमा उपचार भइरहको छ ।

खसक्षेत्री आदिवासी ठहर

काठमाडौ, माघ २९/ खस क्षेत्री मुलुककै खास आदिवासी जाति भएको कार्यदलले ठहर गरेको छ । क्षेत्रीहरु आदिवासी जाति हुन् कि होइनन् भनेर अध्ययन गर्न सरकारले बनाएको कार्यदलले खस क्षेत्री मुलुककै खास आदिवासी जाति भएको ठहर गरेको हो ।
राजधानीमा शनिबार पत्रकार सम्मेलन मार्फत् क्षेत्री समाजले क्षेत्रीहरुलाई आदिवासी जातिको सूचिमा सूचिकृत गरी जल जमीन जंगल र जडिबुटीमा अधिकार सुनिश्चित गर्न कार्यदलले तयार पारेको प्रतिवेदन नै मुख्य प्रमाण हुने दाबी गरेको छ । क्षेत्री समाजले खस क्षेत्री खास आदिवासी जाति भएको भन्दै जनसंख्याको आधारमा राज्यका सबै तहमा समानुपातिक प्रतिनिधित्वको माग गरेको छ ।
प्राध्यापक डाक्टर दिलबहादुर क्षेत्रीको संयोजकत्वमा बनाएको कार्यदलले आज प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईलाई प्रतिवेदन बु´ाउँदै छ ।

बालुवाटारमा माओवादीको क्षेत्रीय कार्यालय

दमक, माघ २९/ एकीकृत नेकपा माओवादीले झापा क्षेत्र नम्बर-७ को क्षेत्रीय कार्यालय तथा सहिद स्मारक बनाउन शुरु गरेको छ । दमक-१३ को बालुवाटारमा स्थानीय टोल विकास संस्थाले प्रदान गरेको २ कठ्ठा ऐलानी जग्गामा पार्टीले कार्यालय निर्माण थालेको हो ।
बालुवाटारमा भवन निर्माणको काम गर्दै मजदुरहरु । फोटा ः पिपुल्स टाइम्स

पार्टीका क्षेत्रीय कार्यालय सचिव अमर केसीले नेता कार्यकर्ताहरुलाई स्तर हेरी ५ सय रुपैयाँदेखि ५ हजार रुपैयाँसम्म सहयोग अनिवार्य गरी भवन निर्माण शुरु गरिएको जानकारी दिए । करिब २ करोड रुपैयाँको लागतमा १ वर्षभित्र निर्माण पूरा गर्ने गरी थालिएको सो भवन दुई तलाको रहने जनाइएको छ ।
भवन भित्रका कक्षहरु सहिदका नाममा नामाकरण गरिने बताइएको छ । त्यस्तै जनयुद्ध जनआन्दोलन र मधेस आन्दोलनका सहिदहरुको स्मारक समेत बनाइने माओवादीले जनाएको छ ।
भवन निर्माणका लागि गत तिहारमा पार्टीले साचालन गरेको देउसे भैलोबाट संकलित ११ लाख रुपैयाँ समेत खर्च हुने बताइएको छ । भवन निर्माणका लागि पार्टीका क्षेत्रीय इाचार्ज गगन पुरीको संयोजकत्वमा मूल समिति गोविन्द बस्नेतको संयोजकत्वमा आर्थिक उपसमिति भीमसेन अधिकारीको संयोजकत्वमा भौतिक व्यवस्थापन तथा खरिद उपसमिति कृष्ण गोलेको संयोजकत्वमा लेखा समिति अखिलेश्वर दासको संयोजकत्वमा अनुगमन समिति कि्रयाशील रहेको जनाइएको छ । गत पुष २५ गतेबाट निर्माण सुरु गरिएको भवनमा हालसम्म २० लाख रुपैयाँ बराबरको काम भइसकेको जनाइएको छ ।

कविताको युग वैरागी काइला

धनकुटे कान्छा
वैरागी काइँला भन्छन्
अहिले सम्झँदा- कविता लेख्ने प्रेरणा कहाँबाट पाएँ को उत्तरमा मसँग त्यस्तो ठूलो र आकर्षण कुरा छैनन् । बालककाल देखिको भावुकताले हुर्केर अभिव्यक्त हुनलाई पछिबाट अर्काको देखासिकीमा लेख्ने बलचाँही गरेको छु-सम्झना यत्ति छ । त्यत्ति हो । अझ अगाडि उनी भन्छन्-
मनका कुराहरु अक्षरमा उभिएर कविता भएछन्-को बोधले खुशी पनि लागेको छ पछिबाट मलाई । तर आजतक-कविता के हो बुझ्नु भने सकेको छैन मैले । म जत्तिकै सरल सहज र स्वभाविक अनि रहस्यमय पनि कविता हो कि -बारम्बार
लाग्छ मन भित्र पसेर म सधैँ हराएको छु ।
यी कुराहरु हुन कविताको एउटा युग वैरागी काइँलाको । नेपाली कविताको फाँटमा देवकोटा रिमाल शेरचन मोहन काइराला पछि सर्वाधिक चर्चाका सफल कवि हुन् वैरागी काइँला ।
२०३१ सालमा वैरागी काइँलाले स्वैरागी काइँलाका कविताहरुस् प्रकाशित गरे । जसको ट्रेण्डमा आजसम्म कविता लेखिँदै आएका छन् । तेसो त आजसम्मका साहित्यिक आन्दोलनहरु तेस्रो आयाम
भन्दा माथि जानै सकेको छैनन् ।
स्मातेको मान्छेको भाषण ः मध्यरातपछिको सडकसितस् एउटा मास्टर पिस बन्यो कविताका लागि ४० वर्षसम्म ।
५० वर्षपछि वैरागी काइँलाको अर्को कविता कृति प्रकाशित भएको छ स्अन्धा मान्छेहरु र हात्तीस् । कृतिमाथि इन्द्रबहादर राई लेख्छन्-स्काइँलाको लेखनमा उहाँलाई पुरोगामी एक अतीव साहसिक र प्रवीण प्रयोगी पाउँछौ । जगजीवन सम्बन्धी नितान्त आफ्नै आर्जनको दृष्टि भएका र गहन चिन्तनका कवि हुनुहन्छ र त्यसैबाट छन् उहाँका प्रविधि र सृजनात्मक भाषिक प्रयोग । लिखित भन्दा बढ्ता निर्मित उहाँका कविता रचना गत पचास वर्षदेखि पाठक वर्ग र कवि लेखकवर्ग माथि धेरै प्रभावी रहेका छन् ।स्
समग्र स्अन्धा मान्छेहरु र हात्तीस् दोस्रो कविता संकलन वैरागी काइँलाको कविताप्रतिको समर्पण हो भने समय र साधनाप्रतिको श्रृङ्खलाबद्ध अध्ययनको चासोपनि । पछिल्लो समयको द्वन्द्व र तिनका समयसँगै मान्छेमा बनेका बिम्व । आदिवासी र तिनका चेतना र सांस्कृतिकताको पाटो वैरागी काइँलको पछिल्ला कविताहरुले उठाएका मुद्दा हुन् । यति लामो साधनामा पनि नथाकि कवितामा डुब्नुले वैरागी काइलालाई कविताको एउटा युग बनाएको छ ।
हेर वुद्धि उप्रेुर झिङ्गाले चियाको कपभित्र डुब्यो…।
छटपटाएको डुब्यो÷वुद्धि झिङ्गाले मर् यो
स्वतन्त्रताको अलिकति प्राप्ति िपंजडा थपिन्छ
स्वतन्त्रता रण्डीको प्यार र हसाई ओठले रक्सी पोखाउँछ
बुल्डोजरले पहाड र मरुभूमि बगाएर संकुचित छु अझ फिजिएँर
कहिले विस्तृत र विजयी नभएर मान्छे फलाम भत्किन्छु ।