मलेशियामा तीन नेपाली महिलाको मृत्यु

क्वालालम्पुर/  नेपालबाट मलेशियाको टप ग्लोव कम्पनीमा काम गर्न आएका तीन जना नेपाली महिलाको मृत्यु भएको छ ।
यहाँ आएका १९ जना नेपाली कामदारहरुलाई क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलबाट कम्पनीमा लैजाने क्रममा सडक दुर्घटनामा परि उनीहरुको घटनास्थलमै मृत्यू भएको हो ।
दूर्घटनामा परी मृत्यू हुनेहरुमा झापा स्थायी वसोवास भएकी नेपाली राहदानी नं। ०५४७२२७१ वाहक कमला देवी गुरागाईं सिन्धुपाल्चोक स्थायी वसोवास भएकी नेपाली राहदानी नं। ०५५५६१२८ वाहक डिलकुमारी श्रेष्ठ र गुम्दा स्थायी वसोवास भएकी नेपाली राहदानी नं। २५८१९३५ वाहक दिलमाया गुरुङ रहेको क्वालालम्पुर स्थित नेपाली दूतावासकी द्वितिय सचिव चमेली पोखरेलले जानकारी दिईन् । 
दुर्घटनामा घाइते भएका फालावाङ्ग २ सल्यान घर भएका मन बहादुर वलिको सुनगाईवुलो अस्पतालमा र चुलाचुली ३ इलाम घर भएकी जीना राई गोरखाकी लालमाया गुरुङ्ग र मंगलटार काभ्रेका बाबु तामाङगको क्लाङग स्थित अस्पतालमा उपचार भइरहेको र सवैको स्वास्थ्यस्थिति सुधारउन्मुख रहेको जानकारी निजको उपचारमा संलग्न चिकित्सकहरुले दिएका छन् । अन्य १२ जना नेपाली कामदारहरुको सामान्य उपचारपछि कम्पनीको आवाश गृह होस्टल मा राखिएको छ ।

0 प्रतिकृया:

Post a Comment