विभिन्न ठाउँमा कांग्रेसको प्रशिक्षण

गौरादह, माघ २९/ नेपाली कांग्रेसले झापाको बैगुनधुरामा शनिबार गाउँ सम्मेलन तथा प्रशिक्षण सम्पन्न गरेको छ ।
पार्टीका गाउँ सभापति नगेन्द्रकुमार बस्नेतको सभापतित्वमा भएको कार्यक्रममा पार्टीका प्रशिक्षण प्रतिष्ठानका सदस्य सीताराम भट्टराई प्रमुख अतिथि रहेका थिए ।
महासमिति सदस्य रोहितकुमार शाह बिशिष्ट अतिथि रहेको कार्यक्रममा वर्तमान राजनीति कांग्रेसको भूमिका लगायका बारेमा गाउँ परिशिक्षक रामकुमार ढुंगाना र पार्टीको जिल्ला प्रशिक्षण बिभागका सह-संयोजक यादवराज सेडाईले प्रशिक्षण दिएका थिए ।
त्यसैगरी लखनपुरको वाणि उच्च मा।विमा समेत गाउँस्तरीय प्रशिक्षण सम्पन्न भएको छ । पार्टीका गाउँ सभापति टंक सेढाईको सभापतित्व र महाधिवेशन प्रतिनिधि हुकुमिसंह राईको प्रमुख आतिथ्यमा भएको सो प्रशिक्षणको प्रमुख प्रशिक्षकमा डिल्लीप्रसाद भट्टराई र प्रशिक्षकहरुमा राम गिरी र गोपाल भुजेल रहेका थिए ।
नेपाली कांग्रेस लखनपुर गाउँ समिति सचिव पदम सेढाईले साचालन गरेको सो कार्यक्रममा ऋषिकेश सुवेदी र भीमप्रसाद ताजपुरियाले पनि बोलेका थिए भने स्वागत मन्तव्य दुर्गा पोखरेलले राखेका थिए । सो अवसरमा १ सय ४१ जना कि्रयाशील सदस्यहरु सहभागी थिए । त्यस्तै धरमपुरका ५ स्थानमा केन्द्र बनाएर सबै वडाका कार्यकर्ताहरुलाई प्रशिक्षण दिइएको छ । पार्टी गाउँ सभापति बिनोद ढकालका अनुसार ति केन्द्रहरुमा कमार शंकर प्रेम दाहाल कुमार खतिवडा गोपीचन्द्र गुरुङ नारायण ढकाल खडानन्द्र घिमिरे धर्मराज सुवेदी र डम्बरबहादुर दाहालले प्रशिक्षण दिएका थिए ।

0 प्रतिकृया:

Post a Comment