युवकको रहस्यमय मृत्यु

दमक, माघ २९/  अचेत अवस्थामा भेटिएका दमक-१० का एक युवकको उपचारको क्रममा शनिबार मृत्यु भएको छ ।
दमक-१० को पाथीभरा चलचित्र मन्दिर छेउमा अचेत अवस्थामा भेटिएका दमक-१० का २३ वर्षीय विश्वराज दाहालको दमकस्थित आम्दा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
उनको शव पोष्टमार्टमका लागि मेची अाचल अस्पताल भद्रपुर लगिएको प्रहरीले जनाएको छ । घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसैबीच मृतकका आफन्तहरुले उनको सुनियोजित हत्या भएको आशंका गर्दै छानबिनको माग गरेका छन् ।

0 प्रतिकृया:

Post a Comment