हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्वि

विवाद समाधानका लागि भएका छलफल निष्कर्ष विहीन – मुख्य समाचार

काठमाडौं, वैशाख ९/ संविधान निर्माणका विवादित मुद्दामा सहमति जुटाउन शुक्रबार बिभिन्न दलहरुले विभिन्न चरणमा अलग–अलग छलफल गरे पनि उनीहरुले निष्कर्ष निकाल्न सकेनन् ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल निवासमा माओवादी र कांग्रेसबीच शुक्रबार भएको छलफलमा विवादित सबै विषयमा सहमति खोज्ने उपाय बारे छलफल भएको कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले बताए । ‘सबै विवादमा सरसर्ती छलफल भयो,’ संवाददाताहरुसित उनले भने ।
संघीय संरचना, शासकीय स्वरुप, न्याय प्रणाली, निर्वाचन प्रणाली तथा नागरिकता विषयमा प्रमुख दलहरुबीच सहमति हुन सकिरहेको छैन । खासगरी राज्य पुनर्संरचनाका विषयमा सडकमा पनि विभिन्न समूहले खबरदारी गरेपछि दलहरुबीच सहमतिको गृहकार्य भएको हो ।
बैठकमा सहभागी माओवादी सचिव पोष्टबहादुर बोगटीले जनअपेक्षालाई सम्बोधन गर्ने बारे छलफल भएको बताए । ‘सडकमा देखिएको जनअपेक्षा सम्बोधन गर्ने बारे पनि छलफल ग¥यौं,’ उनले भने । संविधानका विवादित विषयमा सहमति जुटाउन बैशाख ११ गतेसम्मका लागि अन्तिम समय सीमा तोकिएको छ । गत आइतबार र सोमबार हात्तीवनस्थित रिसोर्टमा दलहरुबीच बैठक बसेपछि संविधानमा केन्द्रीत भएर सामूहिक बैठक हुन सकेको छैन । यसबीचमा भएका बैठक शान्ति प्रक्रियाको मुद्दामा केन्द्रीत रहेको थियो । यस्तै संविधान निर्माणका विवादित मुद्दामा सहमति जुटाउन माओवादी र एमालेबीच भएको छलफल बिना निष्कर्ष टुङ्गिएको छ ।
डिल्लीबजारको भोजन गृहमा भएको छलफलमा विवादित सबै विषयमा सहमति खोज्ने उपाय बारे छलफल गरिएको थियो । बैठकपछि एमाले नेता भीम रावलले वार्ता सकारात्मक भएको बताए । उनले भने –‘वार्ता सकिएको छैन भालि पनि जारी रहने छ ।’ संविधान निर्माणका सबै विषयमा छलफल भएको उनले बताए ।
यसअघि माओवादी अध्यक्ष पुष्पकमल दाहाल निवासमा कांग्रेससँग छलफल भएको थियो । काग्रेससँगको छलफलमा संघीय संरचना, शासकीय स्वरुप, न्याय प्रणाली, निर्वाचन प्रणाली तथा नागरिकता विषयमा सरसर्ती चर्चा भएको कांग्रेस उपसभापति तथा संसदीय दलका नेता रामचन्द्र पौडेलले जनाएका थिए । खासगरी राज्य पुनर्संरचनाका विषयमा सडकमा पनि विभिन्न समूहले खबरदारी गरेपछि दलहरुबीच सहमतिको गृहकार्य भएको हो ।
कांग्रेससँगको छलफलपछि माओवादी अध्यक्ष दाहालले मधेसी जनअधिकार फोरमका अध्यक्ष विजयकुमार गच्छदारसँग छलफल गरेका थिए । शनिबार प्रमुख तीन दलको बैठक बस्ने बताइएको छ ।

‘५ दिनमा ब्रेक थ्रु आवश्यक’ – उपमुख्य समाचार

विवादित बिषयमा सहमति जुटाएर ५ दिन भित्रमा दलहरुले ‘ब्रेक थ्रु’ नगरे आगामी जेठ–१४ मा नयाँ संविधान जारी हुने सम्भावना नरहने संविधानका एक जानकारले बताएका छन् ।
शुक्रबार दमकमा आयोजित एक कार्यक्रममा नेपाल वार एशोसिएसन संघीयता संयोजक दिनेश त्रिपाठीले संविधान निर्माण र शान्ति प्रकृया टुङ्ग्याउन दलहरुले सहमति जुटाउन ढिलाई गरि रहेको बताए । उनले सहमति जुटाउने क्रममा न्यायिक सर्वोच्चता र स्वतन्त्र न्यायलय प्रति कुनै पनि सम्झौता नगर्न दलहरुलाई आग्रह  गरे ।
आगामी जेठ–१४ मा संविधान जारी नभएर देशमा संवैधानिक शून्यता कायम हुने उल्लेख गर्दै उनले सभाषद्हरुलाई त्यस्तो अवस्था सृजना गर्ने अधिकार नरहेको दावि गरे । अब बाँकी रहेको समयमा संविधान नबने हालका सभाषद्हरुलाई सार्वजनिक जीवनमा आउने कुनै नैतिक आधार नरहेको समेत उनले बताए ।

‘शरणार्थी अधिकारका लागि अभिसन्धि आवश्यक’

दमक, वैशाख ९/ नेपालमा रहेका शरणार्थीहरुका समस्याको दिर्घकालीन समाधानका लागि नेपालले शरणार्थी सम्बन्धि अन्तराष्ट्रिय अभिसन्धि अनुमोदन गर्न आवश्यक रहको अगुवाहरुले बताएका छन् ।
नेपाल मानव अधिकार संगठन र मानव अधिकार केन्द्र नेपालले शुक्रबार दमकमा आयोजना गरेको भावि संविधान र शरणार्थीको अधिकार विषयक विचार गोष्ठीमा उनीहरुले नेपालमा शरणार्थी सम्बन्धि कुनै पनि कानुन नहुँदा समस्या चर्किएको बताए । कार्यक्रमका मुख्य वक्ता नेपाल मानवअधिकार संगठनका केन्द्रीय अध्यक्ष सुदीप पाठकले झण्डै २ दर्जन विभिन्न अन्तर्राष्ट्रिय महासन्धि र सन्धिहरु अनुमोदन गरिसकेको नेपालले शरणार्थी सम्बन्धि अभिसन्धि अनुमोदनमा ढिलाई गर्न नुहुने बताए ।
मानवअधिकार संगठन दमकका कार्यवाहक उपाध्यक्ष देव सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल बार एशोसिएसन संघीयता संयोजक दिनेश त्रिपाठीले भुटानी शरणार्थीहरुको तेश्रो देश पुनस्र्थापनाका नाममा उनीहरुलाई सौदावाजीको वस्तु बनाइएको आरोप लगाए । शरणार्थी समस्या समाधानका लागि भन्दै तेश्रो देश लगिँदा उनीहरुलाई छनौट गरिन नहुने र इच्छाएका सबैलाई लैजान सक्नुपर्ने बताए ।
यस्तै शरणार्थी अगुवा तथा भुटानी शरणार्थी प्रतिनिधि स्वदेश फिर्ती समितिका संयोजक डाक्टर भम्पा राईले भुटानी शरणार्थीहरुको स्वेदेश फिर्तीको अधिकार प्रत्याभूतिका लागि पहल गरिदिन नेपाली अधिकारकर्मीहरुलाई आग्रह गरे । कार्यक्रमका बीच उनले ‘मानव अधिकार र भुटानी शरणार्थी’ नामक कार्यपत्र प्रस्तुत गरेका थिए । स्वदेश फिर्ती बाहेकका विकल्प भुटानी शरणार्थी समस्याको स्थायी समाधान हुन नसक्नेमा उनले जोड दिए ।
कार्यक्रममा विभिन्न शिविरका शरणार्थी अगुवाहरुले अब बन्ने संविधानमा शरणार्थीहरुको अधिकारको सुनिश्चितता गराई दिन नेपाली दल तथा अधिकारकर्मीहरुलाई आग्रह गरे । कार्यक्रममा नेपाल बार एशोसिएसन झापाका अध्यक्ष टंक उप्रेती, दमक बहुमुखी क्याम्पसका अध्यक्ष सुरेश सुब्बा, नेपाली कांग्रेसका जिल्ला सदस्य यादवराज सेढाई, नेकपा एमालेका जिल्ला सदस्य केन्द्र प्रसाई लगायतले बोलेका थिए ।
संगठनका केन्द्रीय सदस्य चित्रबहादुर बस्नेतले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा केन्द्रीय सदस्य तथा पूर्वाञ्चल संयोजक डाक्टर केपी सुवेदीले औचित्य बारे प्रष्ट पारेका थिए ।

दुर्घटनामा ५ घाइते

दमक, वैशाख ९/झापाको दमक–१० स्थित एउटा खोल्सीको कल्भर्टबाट बालुवा बोकेको ट्याक्टर र मोटरसाइकल दुर्घटना भई खोल्सीमा पल्टिँदा पाँच जना गम्भीर घाइते भएका छन् ।
अपरान्ह अढाई बजेतिर पश्चिमबाट पूर्व आउँदै गरेको को.१ त ८६४४ नम्बरको ट्याक्टर र दमक–१४ बाट पूर्व–पश्चिम राजमार्ग तर्पm निस्कँदै गरेको मे. ३ प. ५९७९ नम्बरको मोटरसाइकल ठोक्किईँदा कल्भर्टबाट ५० फिट मुनी खोल्सीमा पल्टिएका हुन् ।
सो दुर्घटनामा ट्याक्टर चालक इलाम चुलाचुली–२, हात्तीलेदाका २६ वर्षीय हरि विश्वकर्मा, सह–चालक सोही ठाउँका राजकुमार कटुवाल, ट्याक्टर मजदुर महारानीझोडा–३ का मेघराज ठटाल, मोटरसाइकल चालक दमक–१४ का ४२ वर्षका पूर्णबहादुर श्रेष्ठ र साइकल यात्री दमक–१६ का २५ वर्षीय अजित तामाङ गम्भीर घाइते भएका हुन् ।
ट्याक्टर चालक, सह–चालक र मजदुरहरुलाई घाइते अवस्थामा खोलाबाट उद्धार गरिएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक मिलन भट्टराईले जानकारी दिए । घाइते मध्ये ठटाल र कटुवालको अवस्था गम्भीर रहेको बताइएको छ । दमकस्थित क्यु एण्ड क्यु अस्पतालमा प्राथमिक उपचारपछि श्रेष्ठ डिस्चार्ज भएको र अन्य विराटनगरस्थित नोबेल तथा न्युरो अस्पताल रेफर गरिएको अस्पतालले जनाएको छ ।

निर्णायक आन्दोलन : लिङ्देन

दमक, वैशाख ९/मञ्चसम्बद्ध लिम्बुवान राज्य परिषद्का अध्यक्ष कुमार लिङ्देनले शुक्रबार साँझ पूर्वका विभिन्न ९ जिल्लामा राँके जुलुससहित थालिएको आन्दोलन लिम्बुवान प्राप्तिका लागि निर्णायक भएको बताएका छन् ।
प्रमुख तीन दल र मधेसी मोर्चाले गत आइतबार र सोमबार काठमाडौंको हात्ती वनमा गोप्य बैठक गरी जातीय राज्यका विरुद्धमा सहमति गरेको लिङ्देनले आरोप लगाए । बिहीबार सुनसरीको चतरादेखि संखुवासभाको संखुवा खोलासम्मको  मार्चपासमा सहभागी रहेका लिङदेनले आन्दोलन बारे फोन मार्फत कुरा गर्दै भने –‘आजदेखि  थालिएको लिम्बुवान आन्दोलन एकात्मककवादी र लिम्बुवान विरोधीहरुका लागि चुनौति मात्र होइन, यो कठोर र निर्णायक आन्दोलनको सुरुवात हो । एकात्मक सत्ताको जुनसुकै शक्तिले अब यो आन्दोलनलाई रोक्न सक्दैन ।’
परिषद्का
कार्यकर्ताले पूर्वका विभिन्न नौ जिल्लाका प्रमुख बजार र पहाडी सदरमुकामहरुमा राँकेजुलुससहित विरोध प्रदर्शन गरेको बताइएको छ ।
शुक्रबार साँझ राँके जुलुस सहित विरोध प्रदर्शन गर्दै परिषद्का कार्यकर्ताहरुले दमकको गणतन्त्र चोकमा कोणसभाको आयोजना गरे । सभामा परिषद्का दमक नगर सह–इन्चार्ज सोम ढुङ्गाना, लिम्बुवान महिला परिषद्की झापा अध्यक्ष बबिता राई, संघीय विद्यार्थी युनियनका केन्द्रीय सदस्य दिनेश तुम्बापो लगायतले बोल्दै लिम्बुवान राज्य ग्यारेन्टीको माग गरेका थिए । कोणसभामा नगर सह–सचिव सागर आचार्यको सञ्चालन रहेको थियो ।

सप्तरङ्गीको वार्षिक उत्सव

दमक, वैशाख ९/दमकको सप्तरङ्गी एफएमले शुक्रबार छैठौं वार्षिक उत्सव मनाएको छ ।
नेपाल रेडक्रस सोसाईटी उपशाखा दमकका सभापति प्रकाश बुढाथोकीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राष्ट्रिय सहकारी संघका सञ्चालक गणेशप्रसाद बस्नेत, ब्रोडकास्टर एशोसिएसनका उपाध्यक्ष राजेन्द्र चौलागाँई, दमक बहुमुखी क्याम्पसका अध्यक्ष सुरेश सुब्बा, हिमशिखर टेलिभिजनका अध्यक्ष ध्रुव न्यौपाने,  मदन भण्डारी फाउण्डेसन झापाका अध्यक्ष देवेन्द्र दाहाल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा एफएमका प्रबन्ध निर्देशक गिरीराज भट्टराईले वार्षिक प्रतिवेदन पेश गरेका थिए ।
सोहि कार्यक्रमको दोस्रो खण्डमा एफएमले मासिक रुपमा आयोजना गर्दै आएको सप्तरङ्गी सप्तकमा गायिका कुन्ती मोक्तानले विभिन्न सुमधुर गीतहरु प्रस्तुत गरिन् । उनले डाली–डालीमा, कहिले काँहि मलाई पनि, रुँदै छु म गैरी खेतमा लगायतका विभिन्न लोकप्रिय गीतले स्रोता–दर्शकलाई मन्त्रमुग्ध बनाएकी थिइन् । उनलाई उनका सङ्गीतकर्मी शिलाबहादुर मोक्तानले साथ दिएका थिए ।

द एभरेष्टको कारोबार शुरु

दमक, वैशाख ९÷दमकमा द एभरेष्ट बचत तथा ऋण सहकारी संस्थाले शुक्रबारबाट कारोवार शुरु गरेको छ ।
संस्थाको राष्ट्रिय सहकारी संघका सञ्चालक गणेश बस्नेतले उद्घाटन गरेका हुन् । उनले सहकारी मार्फत दिगो आर्थिक विकास सम्भव हुने बताउँदै सबै  संस्थाहरु सहकारीका मूल्य र मान्यता अनुसार सञ्चालन हुन आवश्यक रहेको बताए ।
दमक–११ स्थित थानारोडमा कार्यालय रहेको संस्थाको अध्यक्ष रुद्रप्रसाद तिम्सिना, उपाध्यक्ष दीपक खरेल, सचिव धर्मानन्दा भट्टराई, कोषाध्यक्ष प्रभा न्यौपाने र सदस्यहरु रोशनकुमार गौतम, हेमकुमार बाँस्तोला र यामजी श्रेष्ठ रहेका छन् । उद्घाटन कार्यक्रममा निर्माण व्यवसायी संघका अध्यक्ष गणेशबहादुर बस्नेत, दमक बहुमुखी क्याम्पसका अध्यक्ष सुरेश सुब्बा, नेपाली कांगं्रेसका नगर सभापति ढुण्डी भण्डारी, दमक उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश प्रसाई, होटल व्यवसायी संघ कन्काई क्षेत्रीय समितिका अध्यक्ष गंगा सिटौला, ईलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक मिलन भट्टराई लगायतको उपस्थिति थियो ।

डेढ दर्जनलाई सम्मान

उर्लाबारी, वैशाख ९/उर्लाबारीमा शुक्रबार पतञ्जली योग समितिले आर्थिक सहयोग गरेबापत डेढ दर्जन व्यक्तिहरुलाई सम्मान गरिएको छ ।
सम्मानित हुनेहरुमा जयधर्म आचार्य, महेन्द्रजंग तामाङ, विरवल थापा, दिलकुमारी लामा, लिला प्याकुरेल, केदार रिजाल, मेजर मानबहादुर राई लगायत रहेको समितिका जिल्ला
सदस्य सानु खड्काले बताए ।
समितिकी केन्द्रीय प्रभारी हेमा ढुङ्गानाले नेपालको ७५ वटै जिल्लामा योग समिति स्थापना गरिएको जानकारी दिए । उनले हाल नेपालमा ३० हजार योग शिक्षक रहेको रहेको र तीमध्ये महिलाको सङ्ख्या १९ हजार रहेको जानकारी दिए ।

गोरु बोकेको ट्रक दुर्घटना

उर्लाबारी, वैशाख ९/पूर्व पश्चिम राजमार्ग अन्तर्गत मोरङ्को शनिश्चरे–१ डाँस खोला नजिकै ट्रक दुर्घटना भएको छ ।
गोरु बोकेको ना.२ ख ३५२५ नम्बरको ट्रक अनियन्त्रित भई सडक दक्षीणतर्फ अघिल्लो दायाँ चक्काको स्पेलेण्डर भाँच्ची ट्रक दुर्घटना भएको थियो ।  ति गोरु सिराहाबाट भारतको नक्शल लैजाने गरेको बुझिएको छ । दुघर्टनाग्रस्त ट्रकमा रहेको तीनवटा गोरु मरेको र एउटा सिकिस्त अवस्थामा रहेको छ भने १९ वटा सकुशल रहेको पथरीका प्रहरी नायब निरीक्षक शङ्कर चौधरीले जानकारी दिए ।
शिव सेना नेपाल मोरङका अध्यक्ष अजय सेनको नेतृत्व टोलीले मृत गोरुहरुको गाड्ने र घाइतेको उपचार तथा अन्य गोरुहरुको कानुनी प्रक्रियाका लागि इलाका प्रहरी कार्यालय पथरीलाई जिम्मा लगाएको छ । चौपाया ओसार पोसार प्रतिबन्ध भएको आवश्यक कारबाही गरिने पथरी निरीक्षक केशव भट्टराईले बताए । ति गोरुधनीको विषयमा खुल्न सकेको छैन ।
प्लाष्टिक मुक्तको ¥याली
उर्लाबारी÷ मोरङको उर्लाबारीलाई प्लाष्टिक झोला मुक्त प्रभावकारी बनाउने उद्देश्यले ¥याली गरिएको छ ।
उर्लाबारी उद्योग वाणिज्य संघको अगुवाईमा स्थानीय एक दर्जन बढी विद्यालयका विद्यार्थीहरुको सहभागितामा गरिएको ¥यालीले उर्लाबारी नगर परिक्रममा गरेको थियो । संघले गत वैशाख १ गतेदेखि उर्लाबारीमा प्लाष्टिकका झोला मुक्त नगर घोषणा गरेको छ । प्लाष्टिकका झोला मुक्त बनाउनको लागि संघले १० हजार भन्दा बढी झोला बितरण गरेको अध्यक्ष केशव कार्कीले बताए ।

सर्वोत्कृष्ट प्राणी – असरल्ल

कमन देवान
सिद्धान्त, शैली, बोली, प्रवचन र प्रतिबद्धता भन्दा व्यवहार माथि हुन्छ । मानिस के, कसरी वा कस्तो बोल्छ ? त्यो मानिसलाई चिन्न काफी छैन । केवल मानिससँग परिचित हुने र सङ्गत गर्ने विषय हुन सक्दछ । तर, वास्तवमा कुनै पनि मानिसको बारे बुझ््नलाई उसले अरुसँग गर्ने व्यवहार नै आवश्यक तत्व हो । जो मानिस आफूमा इमान्दार छैैन, ऊ अरु कसैका लागि पनि इमान्दार बन्न सक्दैन । मानिसको इमान्दारितालाई जाँच्ने कसी भन्नु पनि उसको व्यवहार नै हो । तर, व्यवहारिकताको अर्थ कुनै पुस्तकमा महान् वाणीका रुपमा लेखिएका आदर्श शब्दहरु भने होइनन् । आदर्श शब्दहरुले मानिसलाई कुनै सकरात्मक चिन्तनका लागि प्रभावित सम्म गर्न सक्छ तर समग्र आचरणमै परिवर्तन ल्याउन भने सक्दैन । कुनै एउटा छात्रले अरुकै सहयोगमा गृहकार्य बुझाए जस्तो वा कुनै एक गृहिणीले नोकर चाकर मार्पmत घरायसी क्रियाकलापमा चुस्तता ल्याउनु जति सजिलो आफ्नो आचरण परिवर्तन गर्नु विल्कुलै छैन । आचरण आफै भित्र आफ्नै प्रयासबाट मात्र परिवर्तन गर्न सकिन्छ, अरुले भनिदिएका, औँल्याइदिएका, देखाइदिएका वा सुनाइदिएका र सघाइदिएका भरमा त्यो कदापि सम्भव छैन । सर्वप्रथम हामीले यस सत्यलाई आत्मसाथ गर्न जरुरी छ । अधिकांश समाजमा घरेलु हिंसाका घटनाहरु दिनानुदिन वृद्धि भइरहेका छन् । महिलाहरु विशेष गरी र पुरुषहरु समेत बोक्सी वा बोक्सीका आरोपमा प्रताडित बन्दै आएका घटनाहरु हाम्रा लागि सामान्य जस्तै छन् । त्यस्तै, दाइजोको निहुँमा महिलाहरु माथि अझै पनि हिंसा रोकिएको अवस्था छैन । सामान्य रुघा, खोकी, झाडाबान्ता मात्रै छैन, मृत्युको सिकार पनि बन्ने गरेको छ । जातभात, छुवाछुत, धर्म, वर्ण जस्ता बेतुकका प्रसङ्ग आज समाज विग्रहका प्रमुख तत्व बन्दै गएका छन् । मानिस समाज भन्दा बाहिर छैन । ऊ आफै भित्र प्रदुषित छ, सँगै उसको सामाजिक परिवेश दुर्गन्धित बनिरहेको अवस्था छ । सामाजिक परिवेशलाई दोष लाग्ने काम गर्न तम्सिएको मानिस कति सचेत छ ? कति इमान्दार र व्यवहारवादी छ ? अब समयले यी गौण ठानिएका गम्भीर विषयहरु उपर चिन्तन गर्ने समय आएको छ । यद्यपि, चिन्तनका लागि मात्रै गरिएको औपचारिकता पूरा गर्ने कार्यले अबको मानिसको इमान्दारिताको परिभाषा किताबी वा दर्शनको ठेली हुन सक्दैन । इमान्दारिता भनेको आफू वा आफ्नो जस्तै समस्या अरुका पनि छन् भन्ने बुझ्न सक्ने क्षमता र मानसिकताको विकास हुनु हो । इमान्दारिता भनेको अरुले आफूलाई जस्तो व्यवहार गरोस् भनेर अपेक्षा राखिन्छ, आफूले अरुलाई त्यस्तै व्यवहार गर्न सक्नु र गर्न तयार हुनु पनि हो । इमान्दारिता भनेको बोले अनुसार वा जिम्मेवारी बहन गरे अनुसारको कर्तव्य पूरा गर्न सक्ने व्यवहारिकता हो । तथापि, कसैको मन भित्र निहित व्यवहारिक स्वार्थ नबुझी उसका भनाईमा पछि लाग्ने कार्य समय, श्रम, विवेक र इच्छा शक्तिको नाश गर्नु शिवाय अरु होइन । केही दिन अघि पूर्वाञ्चलको एउटा एफएम रेडियो स्टेशनमा काम गरिरहेका सबै कर्मचारीले राजीनामा दिए । पूर्वकै एउटा अस्पताल चल्न नसकेर सेवा बन्द गर्ने स्थितिमा पुग्यो । अरु यस्ता थुप्रै सेवा प्रदायक संस्थाहरुको भट्टा बस्न थालेको छ । समग्र राष्ट्रकै हालत जोखिमग्रस्त अवस्थाको छ । यसो भनिरहँदा दिग्दार र शंका लाग्छ, कतै हामी पनि भट्टा बस्ने अवस्थाकै युगमा त पुृगेका छैनौँ ? चाहे राजनीति भन्नुहोस् वा अन्य जुनसुकै नीति, नेपाली समाज र परिवेश कतैबाट पनि सुरक्षित छैन । सिङ्गो असुरक्षित परिवेशमा दम्भ गर्ने हाम्रो वास्तविकता केवल आडम्बरी मुस्कान र रवाफ मात्र हो । रवाफ र दम्भले पेट भरिँदैन, किनकि यो सामान्य व्यवहारिक पक्ष हो । हामीलाई थाहा छ, नेपाली समाज दम्भ र आडम्बरी ओढेर निकृष्ट व्यवहार गर्छ अनि सतहमा उत्कृष्ट आदर्श फलाक्छ मात्र । चाहे नेता, चाहे अभिनेता, उद्योगपति, व्यापारी, कैयौँ वा फुटपाटका पसले देखि कृषक, श्रमिक, बेगारी वा दुराचारी सबैलाई एउटै बास्केटमा राखेर तौलन हिच्किचाइरहनु पर्दैन । चिकित्सक, प्राध्यापक, न्यायाधिश, सुरक्षा अधिकारी, प्रशासक, कर्मचारी, पत्रकार, लुटेरा, डाका वा पकेटमार सबैको प्रथम र आधारभूत आवश्यकता निर्वाह हो । जीवन निर्वाह गर्नु प्राकृतिक अधिकार हो मानिसका लागि । प्रत्येक मानिस जन्मन्छन् र मर्छन् प्राकृतिक नियम फरक छैन, तर मानिसका निर्वाहका पेशा, शैली, क्षमता र व्यवहार भने फरक छन् ।
समग्रमा मानिस व्यवहारका कारण कलङ्कित वा पुरस्कृत हुने गर्दछ । इमान्दारिताका कारण स्थापित वा विस्थापित हुने गर्दछ । यद्यपि, मानिसका व्यवहार र इमान्दारिताले आफूलाई मात्र नभएर ऊसँग सम्बन्ध र सरोकार राख्ने उसले लिएको दायित्व अन्तर्गतका उसको पक्षका वा उसले तोकेर काम लगाएका, परिचालित, निर्देशित वा प्रेरित गरेका अरु मानिसहरु जे समेत अवस्था र स्थितिमा गम्भीर प्रभाव पार्दछ । यो अवस्था नै नेपाली परिवेशका लागि घातक सिद्ध बन्दै गएको छ । केही वर्ष विभिन्न नाममा सञ्चालित नेटवर्किङ्ग व्यवसायको हिवगतले पनि कतिपय अवस्थामा माथि वर्णन गरिएका विषयवस्तुलाई सरल ढङ्गले बुझ्न मद्दत पुग्ने छ । अन्ततः मानिस नै मानिसको दुःख, नियति, पीडा, भय, त्रास, विपत्ति र मृत्युको कारण बन्दछ । आखिर सृष्टिकै सर्वोत्कृष्ट प्रांणी पनि त मानिस एक्लो न हो ।

राष्ट्रपति र जातीय राज्य – दोस्रो लेख

डा. सुभाष पोखरेल
हालैको राजनीतिक विकासपछि देशले संविधान पाउने सम्भावना ह्वात्तै बढेको छ । माओवादीमा आएको वर्तमान तिक्तताको कारण्ँ संविधान जारीस“गै विधान च्यातिने सम्भावना पनि प्रबल छ ।
संविधानसभाको समीकरण्ँका कारण्ँ कुनै एक दलको चाहनाअनुसारको संविधान बन्ने अवस्था पटक्कै रहेन बरु सबै राजनीतिक दलको साझा दस्तावेजको रुपमा संविधान आउने भयो । कुनै कुरा माओवादीले भने जस्तो केही कांग्रेसले चाहे जस्तो कुनै एमाले तथा मधेशवादी दलले सोचेजस्तो कुरा संविधानमा लिपिबद्ध गर्नुपर्ने बाध्यता भयो । आङ्खना घोÈण्ाँपत्रलाई एक छिनको लागि थाती राखेर पार्टीहरुले सबै मिलेर बनाएको विधानलाई आङ्खनो ठाने संविधानको सम्बन्धमा दलगत विरोध नहुनुपर्ने हो त्यसमाथि वास्तविकतास“ग परिचित ठूला राजनीतिक दलमा विरोधका स्वर मलीन हुनुपर्ने हो । तर आफू बसेर सहमति गरी हस्ताÔर गर्ने व्यक्ति नै सो सहमतिको विरुद्ध सडकमा ओर्लिएको वास्तविकता भोगिसकेका जनता कुन पार्टीले भोलि के भाÈा बोल्छ भन्ने कुरामा विश्वस्त हुन सकिरहेका छैनन् ।
संविधानमा अन्तिम छाप लगाउने अख्तियार पाएको राष्ट्रपतिले राज्य पुनःसंरचनाको सम्बन्धमा दिएका हालैका अभिव्यक्ति चर्चायोग्य छ । राज्यको भौगोलिक विभाजनले देशको अखण्डतामा आघात पर्ने भए त्यस्तो राष्ट्रघाती संविधानमा आफूले हस्ताÔर नगर्ने राष्ट्रपतिका प्रतिबद्धता हुन् । कुनै पनि राष्ट्रवादी नागरिक राष्ट्रपति यादवको भनाइस“ग असहमत हुने कुरा छैन । विखण्डनकारी तत्वलाई परास्त गर्न जनताको साथ राष्ट्रपतिलाई नहुने कुरै भएन । तर कस्तो किसिमको राज्यको भौगोलिक बनोटले विभाजनकारी शक्तिलाई फाइदा पुग्छ भन्ने कुराको अध्ययन भने हुनुपर्ने देखिन्छ । राष्ट्रपतिका निकटका सल्लाहकारको बदला स्वतन्त्र बौद्धिक व्यक्तित्वको ठम्याइले पुनःसंरचनाको सम्बन्धमा राष्ट्रपतिको भनाइलाई समर्थन गर्छ भने राष्ट्रपतिका कदमलाई न्यायोचित मान्न सकिन्छ । संविधान राष्ट्रहित र सुशासनका लागि हो । तसर्थ बिखण्डनकारी समूहलाई राज्य पुनःसंरचनाको माध्यमबाट सघाउने प्रकृतिको संविधान जारी हुनबाट रोक्न गरिने कुनै पनि कार्य जनविरोधी हुन सक्दैन राष्ट्रघाती हुदैन । चाहे त्यसको लागि राष्ट्रपतिको सक्रियताले विधान मिचेकै किन नहोस् ।
लेखन प्रगति हेर्दा संविधानको अन्तिम मस्यौदा राष्ट्रपतिसमÔ अन्तिम दिन अथवा जेठ १४ गते प्रस्तुत हुन्छ । राष्ट्रपतिले अविलम्ब संविधान जारी गरे देशले संविधान पाउने अन्यथा देशमा संवैधानिक संकट आउने देखिन्छ । राष्ट्रपतिले कुनै धाराको भावनाले नेपालको अखण्डता र राष्ट्रियतामा संगीन असर पार्ने देखे संविधानको मस्यौदा संशोधनको लागि कहा“ फर्काउने ?
सामान्यतः सबै दलले सहमति गरेका अथवा आधिकारिक रुपमा मन्त्रीपरिÈद्ले अनुमोदन गरी पठाएको विÈयहरुमा संवैधानिक राष्ट्रपतिले आनाकानी नगरी स्वीकृति गर्नुपर्ने हो । प्रधानसेनापति कटवाल प्रकरण्ँमा दलहरुको पृथक धारण्ाँ रह“दारह“दै प्रधानमन्त्रीले अन्यथा सिफारिस गर्दा राष्ट्रपतिलाई प्रधानमन्त्रीको सिफारिस लत्याउनु उनको बाध्यता भयो र राष्ट्राध्यÔको पद विवादमा तानियो । माओवादी राष्ट्रपतिको विरुद्ध दोहोलो काढ्न उत्रियो । प्रधानमन्त्रीको सिफारिस राष्ट्रपतिले अÔरशः पालना गर्नै पर्छ भन्ने धारण्ाँका पÔधरहरु राष्ट्रपतिका विरुद्ध नउत्रिएका पनि होइनन् । तर समयले राष्ट्रपतिले गरेको निणर््ँय देश र सेनाको हितमा रहेको प्रस्ट्यो । यद्यपि राष्ट्रपतिका तत्कालीन कदम संविधानको अÔरको विपÔमा थिए भन्ने संवैधानिक कानुनका व्याख्यातासमेत राष्ट्रपतिले देश र संस्थालाई केन्द्रमा राखेर निणर््ँय गरेको भने स्वीकार्छन् ।
परिपक्व राजनीतिज्ञ गिरिजाप्रसाद कोइराला र गण्ँतन्त्रवादी अग्रज रामराजाप्रसाद सिंहले इच्दा गर्दागर्दै समयचक्रले नेपाली कांग्रेसका तत्कालीन महामन्त्री रामवरण्ँ यादव राष्ट्रपति नियुक्त हु“दा नेपालीलाई एकताबद्ध गर्न उनको सामथ्र्यले नभ्याउने हो कि भनी चिन्ता व्यक्त गरिएको थियो । तर छोटो समयमा नै उनले जनताको शंका निवारण्ँ मात्र गरेनन् बरु एउटा परिपक्व र राष्ट्रवादी नेताको रुपमा आफूलाई स्थापित गरे । यादवको बदला अन्य कुनै व्यक्ति राष्ट्रप्रमुख भएको भए देश समस्याको भूमरी पर्ने ठोकुवा गर्ने जमात पनि ठूलै छ । जनतामा विश्वासको लामो जरा गाड्न सफल भइसकेका कारण्ँ समेत उनको न्यायोचित कदमलाई एक पल्ट आनाकानी नगरी समर्थन गर्ने समूह विशाल हुन्छ । राजतन्त्रको अन्त्यमा असंवैधानिक कदम चाल्ने राजा ज्ञानेन्द्रको बदला वीरेन्द्र भएको भए परिस्थिति पृथक हुन पनि सक्ने थियो । वीरेन्द्रका निकट विगतका छवि र कामहरुले उक्त आ“कलन आएको हो ।
यस पंक्तिकारको मान्यता पनि राष्ट्रपतिले दलहरुको सहमतिअनुसार मन्त्रीपरिÈद्ले सिफारिस गरेको संविधानमा हस्ताÔर गर्नै पर्छ भन्ने हो । तर दलहरुले जनचाहना र देशको अखण्डतालाई थाती राखेर संविधान बनाउ“छन् भने त्यस्तो संविधानको खेस्रालाई राष्ट्रपतिले लत्याउने हिम्मत गर्नै पर्छ । राष्ट्रपति भनेको चेतनशील व्यक्ति हो संस्था हो । राजतन्त्रका बेला संसद्मा राजाको प्रतीकका रुपमा ल्याइने राजदण्ड होइन राष्ट्रपति । सामान्यतः राष्ट्रपतिका प्रत्येक क्रियाकलाप जननिर्वाचित प्रधानमन्त्रीद्वारा निर्देशित हुनुपर्छ । तर प्रधानमन्त्रीले दिएको सिफारिसअनुसार चल्दा मुलुक ठूलो भ“डखालोमा जाकिन्छ भने त्यसबखत राष्ट्रपतिको विवेकको उपयोग अपरिहार्य हुन्छ ।
जातियतालाई केन्द्रमा राखेर बनाएको देश कति कमजोर धरातलमा उभिएको हुन्छ भन्ने उदाहरण्ँका लागि युगोस्लाभियाको अध्ययन काफी छ । एउटा निश्चित जातिका मानिसको बाहुल्य रहने गरी आठ राज्यसहितको युगोस्लाभिया बन्यो । सन् १९८० को दशकसम्म सम्पन्न देश थियो युगोस्लाभिया । अमेरिका र सोभियत संघको शीतयुद्धताका तेस्रो विश्व र ग्रुप अफ ७७ को अन्तर्राष्ट्रिय अवधारण्ाँ ल्याउने जोसेफ टिटोले शुरुमा प्रधानमन्त्री पछि राष्ट्रपतिको रुपमा युगोस्लाभियामा शासन गरे । सात प्रतिशत आर्थिक वृद्धिदर सबैको लागि निःशुल्क स्वास्थ्य ९१ प्रतिशत साÔरता र सरदर आयु ७२ वर्È भएको युगोस्लाभिया संसारमै सफलताको उदाहरण्ँ थियो । एकै व्यक्ति सधै जीवित रहने होइन अन्तर्राष्ट्रिय व्यक्तित्व टिटोको मृत्युपछि युगोस्लाभियाको दुर्दिन शुरु भए । एउटा राज्यमा एकै जातिका व्यक्तिको मात्र बसोवास रहेकोले उनीहरु अर्को राज्यमा रहेका भिन्न जातिका व्यक्तिस“ग सौहार्र्द कायम गर्न नसक्ने अवस्थामा पुगे । एकलका“टे भए उनीहरु । सर्प क्रोयट्स र स्लोभेन्सहरु एकै स्थानमा बस्नै नसक्ने भए । अझ दुःखान्तकारी घटना त जातिका आधारमा विभक्त राज्यहरु जनमत संग्रहको माध्यमबाट छुट्टिए । राज्यमा एकै जातको मात्र बसोवास रहेकाले आङ्खनै जातको स्वतन्त्र देश निर्माण्ँ गर्ने जातिय लालसामा जनमत गर्दै केन्द्रबाट अलग्गिए । यदि युगोस्लाभियाको गठन बहुजातिक राज्यको अवधारण्ाँमा भएको हु“दो हो त त्यहा“का जनता जातीय सहिष्ण्ँुताको संस्कार सिक्थे । सो संस्कार विभाजनकारी शक्तिस“ग लड्ने ताकत बन्थ्यो । जातिको आधारमा राज्यको गठन हुनु नै युगोस्लाभियाको पतनको कारक हो ।
प्रष्ट नभने पनि राष्ट्रपति यादवको भावना एक राज्यमा एकै जातजातिका व्यक्तिको मात्र बसोवास भए त्यहा“का नागरिकहरुले कसरी अन्य जात र वर्गका मानिसस“गस“गै मिलेर बस्ने भन्ने संस्कारको बदला युगोस्लाभियाको जस्तो आफू र आङ्खनास“ग मात्र रमाउने दानवीय संस्कार सिक्छन् । अलिकति पनि प्रतिकूल अवस्था भए मिलेर समस्या समाधान गर्नुको बदला आफू एक्लै बस्ने सोच पलाउ“छ र त्यस संस्कारले देशलाई विखण्डन गर्छ । युगोस्लाभियाको जातीय राज्यको अध्ययन गर्दा अखण्ड नेपालको कल्पना गर्ने हो भने जातीय आधारमा राज्यको कल्पना गर्नै हु“दैन । दलहरु एकातिर अनि राष्ट्रपति अर्को तिर हि“ड्दा संविधान बन्ने अनि जनताले अझ दुःख पाउने भएकाले राष्ट्रपतिको सोचअनुसार जातिको आधारमा राज्य निर्माण्ँ नगर्ने प्रतिबद्धता राजनीतिक दलबाट आए समस्या स्वतः समाधान हुने थियो । सबै पÔले देशकै भलाइ सोचेका हुन् भने समाधानको बिन्दु ननिस्कने कुरै छैन । जातीयतामा आधारित राज्य निर्माण्ँ गर्ने सोच सबैले त्यागे समाधान गा¥हो छैन ।

जनआन्दोलन उपलब्धी व्यवस्थापन र नेतृत्व प्रवृत्ति – पहिलो लेख

राम प्रधान
आज भन्दा ठीक ६ वर्ष पहिले अर्थात २०६३ साल वैशाख ९ गतेका दिन नेपालमा दोस्रो जनआन्दोलनको १७ औँ दिन थियो । नेपालका सबै वर्ग, तह, तप्का, भाषा भाषी, जातजाति, पेशाकर्मी लगायत नेता, कार्यकर्ता, मजदुर, किसान, प्राध्यापक, कर्मचारी, शिक्षक वकिल, डाक्टर, विद्यार्थी, महिला, युवा, केटाकेटी, लेखक, कलाकार, पत्रकार, वुद्धिजिवी सबै जनआन्दोलनको सफलताको लागि भोक, तिर्खा, निन्द्रा छोडेर सडकमा उत्रिएका थिए । प्रत्येक नेपाली नागरिकहरुको नाडीमा जनआन्दोलनको तातो रगत भलभली उम्लिरहेको थियो । क्रमिक रुपमा जनआन्दोलनप्रति ऐक्यबद्धता, समर्थन र सहयोगका ताती लागिरहेको थियो । नेपाली नागरिकहरुलाई पेशा, व्यवसाय, काम दाम भन्दा पनि जनआन्दोलन प्रतिको जिम्मेवारी र दायित्व थपिएको महसुस गर्दै सडक आन्दोलनलाई थप सशक्त पारिँदै थियो । नेपालको हरेक शहर, सडक र गल्लीहरुमा जनआन्दोलनकारीहरुको सागर उर्लिएको थियो । नेपालमा लोकतन्त्त स्थापनार्थ गरिएको जनआन्दोलन थियो । आन्दोलनको १७ औँ दिन सम्मा दर्जनौँ नेपाली सपुतहरुले जीवन आहुती दिइसकेका थिए । कैयौँ आमाबुबाको काख रित्तियो, कैयौँ टुहुरा भए, कैयौँको सिन्दुर पुछियो । अथक त्याग र बलिदानको कारण १९ दिने दोस्रो जनआन्दोलनको चक्कर पूरा भएको थियो । त्यो क्षण सबै नेपालीहरुको भावना एकतृत भएर जनआन्दोलन सफलताको मात्रै चिन्तन थियो ।
तत्कालीन अवस्थामा नेकपा माओवादी सशस्त्र युद्धमा भएकोले प्रत्यक्ष खुलेर जनआन्दोलनमा सहभागिता नभए पनि अप्रत्यक्ष रुपमा सहयोग र सहभागिता रह्यो । विघटित संसद् पुनस्थापना गरी स्वयं माओवादीहरुले संसद्को स्वाद लिनलाई क. कृष्णबहादुर महरा लगायत नेकपा एमाले बराबरको संख्या प्राप्त गरी नेकपा माओवादीको नामबाट सञ्चालित सशस्त्र युद्धलाई किनारा लगाउने कामको शुरुआत गरियो । थुप्रै पटक विवाद, छलफल, सहमति, असहमति सम्झौता गरेर आन्तरिक संविधान तय गरी घोषणा गरियो । अन्तरिम संविधान घोषणा गरेकै दिन सो संविधान जलाएको कारण मधेशवादी दलहरुले उठाएको मधेश आन्दोलबाट राज्यले धेरै कुराहरु त्याग गर्नुप¥यो । त्यो मधेशवादी आन्दोलन फाइदा उठाउन नेपाली कांग्रेस, नेकपा एमाले, स्वयं माओवादीका हस्तीहरु पार्टी र विचार तयार गरी मधेसवादी पार्टीहरुमा समाहित बन्न पुगे । अन्ततः मधेशवादीहरुलाई सम्वोधन गर्न पहिलो पटक अन्तरिम संविधान संशोधन गर्न दलहरु बाध्य भए । संविधानसभाको निर्वाचन गर्न पनि पटक–पटक मिति परिवर्तन गर्न दलहरुलाई कर लाग्यो । थुप्रै चोटीको प्रयास सहमति र सम्झौताबाट २०६४ साल चैत्र महिनामा संविधानसभाको निर्वाचन गरियो । निर्वाचनको परिणामले नेपाली कांग्रेस र नेकपा एमालेको आकार घटाइदियो भने नेकपा माओवादी प्रमुख शक्तिको रुपमा उदायो । यसपछि २०६५ जेठ १४ गते पहिलो पटक संविधानसभाको पहिलो बैठकबाट २३८ वर्ष सम्म लगातार रुपमा राज्यसत्ता सम्हालेका शाहवंशीय राजतन्त्र उन्मुलन गरी गणतन्त्र नेपालको घोषणा गर्दै २ वर्षभित्र गणतन्त्र नेपालको लोकतान्त्रिक संविधान बनाउने कबुल नेताहरुले जनताहरु सामु घोषणा पनि गरे ।
तर सम्झौता र सहमति अनुसारको समयमा संविधान निर्माण प्रकृतिहरुभन्दा पनि गैर जिम्मेवारी ढङ्गबाट नेताहरु प्रस्तुत हुन पुगे । शान्ति प्रक्रिया व्यवस्थापन र संविधान निर्माणको आधारभूत विषयवस्तुहरुमाथि छलफल, बहस, तर्क, सहमति र समझदारीहरु गर्नु भन्दा दलहरु खिचातानी, अहमता र अहंकारले ग्रस्त बनेर अरुलाई सिध्याउने खेलमा दलका नेताहरुले २ वर्षको समय वर्वादी गरे । प्रायः सबै दलहरुमा अन्तरद्वन्द्व र अन्तरघातको विषयले शान्ति प्रक्रिया र संविधान निर्माण भन्दा पनि प्रमुख विषय वस्तुको रुपमा रुपान्तरित भए । संविधानसभा, संविधानसभा सदस्यहरु, नेपालका राजनीतिक दलहरु, दलका प्रमुख नेताहरु तथा परिवर्तनका वहावहरु “काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर” लागे । त्यसकारणले नेपालका राजनीतिक दलहरु र ती दलहरुलाई नेतृत्व गर्ने नेताहरुको नैतिकता, चरित्र, अनुशासन, व्यवहार, जिम्मेवारीप्रति कति घटिया रुपले प्रस्तुत भएर आउँछन् भन्ने कल्पना पनि थिएन । नेपालको परिवर्तनहरुमा अर्थात नेपाली क्रान्तिबाट प्राप्त उपलब्धीहरु ठेगान लाग्न सकेका छैनन् । हरेक पटकको उपलब्धीहरु व्यर्थ भएको छ । उपलब्धीहरु उचित रुपमा व्यवस्थापन गरेर ठेगाना लगाउनु भन्दा कुनै व्यक्तिको गुटको, अहंकार र व्यक्तिगत सनकबाट, गुटगत निच स्वार्थपूर्तिको लागि अहिले सम्म देशलाई अग्रगमनको गोरेटोमा हिँड्न नदिने काम भइरहेको छ । देशलाई व्यक्तिगत सनकको भरमा विवेकहीन तरिकाले अन्धकार तर्फ धकेल्ने भइरहेको छ ।
अब २०६९ साल जेठ १४ गते नेपालको संविधान निर्माण भएर घोषणा हुन्छ वा हुँदैन ? नेपाल र नेपाली जनताहरुको भाग्य र भविष्यसँग सरोकार राख्ने संविधान बनेर वा बनाएर घोषणा हुन्छ वा हुँदैन । नेपालको शान्ति प्रक्रिया टुङ्गोमा पु¥याउने कि नपु¥याउने ? नेपाली जनाहरुलाई अब शान्तिसँग बाँच्न दिने कि नदिने ? सशस्त्र युद्धको राप र तापबाट पिल्सिएका, नेपालीहरुको हृदयमा मलमपट्टी लगाउने कि नलगाउने ? आज माता तिर्थ औंशीको दिन आफ्नो गुमेका र बेपत्ता पारिदिएको सन्तानको वियोगमा तड्पिएको आमाको आशु पुछ्ने कि अरु आमाहरुलाई पनि सन्तान वियोगमा तड्पाउने ? यस्तै यस्ता प्रश्नहरु उत्तरको खोजीमा छ । वास्तवमा नेपाली जनताका छोराछोरीहरुलाई काल्पनिक सपना बाँडेर आन्दोलनमा होमिन्छ । ती गरीबका इमान्दार र उर्जाशील युवा युवतीहरुलाई नानाथरी आशा देखाएर सडकमा उतारिन्छ । क्रान्ति गराइन्छ । के–के नै गछौँ भनेर अन्धविश्वासको थुप्रो लगाइन्छ । सोझा, सिधा, इमान्दार, कर्मशील, उर्जाशक्तिहरु युवाशक्तिहरुको उपलब्धीहरु दलाल, ठग, श्रमचोर, विश्वासघाती, निच स्वार्थी लोभी, पापी, देशमारा, जनतामारा, अवसरवादी वैदेशिक दलालहरुको पृष्ठपोषक नेताहरुको कारण नेपाल,नेपालीहरुको भाग्य र भविष्य माथि कुठाराघात नहोस् । नेताजीहरुको वुद्धिमा बिर्को नलागोस् । अहिले सम्मको उपलब्धीहरु रक्षा गरी संविधान घोषणा होस् । फेरि नेपाल आमाको घाटीमा रगतको खोला नबगोस् ।