हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्वि

भुपेन्द्र पूर्वकै च्याम्पियन बने

दमक/झापा दमकका बुद्धिचाल खेलाडी भुपेन्द्र निरौला (निरज) पूर्वाञ्चल च्याम्पियन भएका छन् ।
शनिबार इटहरीमा तीन दिनसम्म सञ्चालन भएको क्षेत्रीय स्तरको बुद्धिचाल प्रतियोगितामा निरज पूर्वकै उत्कृष्ट भएका हुन् । उनले स्विस लिग अन्तर्गत सात राउण्डको खेलमा सातै खेल जितेर पूर्वाञ्चल बुद्धिचालको उपाधि हात पारेका हुन् । निरौला राष्ट्रिय स्तरका खेलाडी समेत हुन् । यसअघि उनी र प्रकाश नेपाल सहितका तीन खेलाडी जिल्लाबाट छनौट भएका थिए ।
यसैगरि सोही प्रतियोगितामा नै दमककै प्रकाश नेपालले दोश्रो उपाधि हात पारेका छन् । उनी ६ अंकका साथ दोश्रो र सुनसरीका हिमाल राई ५.५ अंकका साथ तेश्रो भएका थिए । पूर्वाञ्चलका १६ ओटै जिल्लाबाट ३ जनाको दरले क्षेत्रीय प्रतियोगितामा सहभागिता रहेको थियो । उक्त प्रतियोगिता पूर्वाञ्चल खेलकुद विकास समितिले आयोजना गरेको हो ।

बिहानीको सांगीतिक कार्यक्रम

दमक/गुरु प्रर्णिमाको अवसरमा शनिबार दमकमा बिहानी कला केन्द्रले गुरु पुजन कार्यक्रम गरेको छ ।
सो अवसरमा केन्द्रमा प्रशिक्षण लिइरहेका विद्यार्थीहरूले साङ्गीतिक प्रस्तुति समेत दिएका थिए । केन्द्रकी प्रमुख कमला खनालले विद्यार्थीहरूले गुरु पुजनसँगै साङ्गीतिक कार्यक्रम समेत गरेको जानकारी दिइन् ।

निरौलाको एकल कविता वाचन

दमक/आदिकवि भानुभक्त आचार्यको दुईसत् वार्षिकीका अवसरमा शनिबार झापाको दमकमा एकल कविता वाचन गरिएको छ ।

ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठान दमकको आयोजनामा कवि रुद्र निरौलाले छन्दबद्ध कविता वाचन गरेका हुन् । उनले विभिन्न छन्दमा कविताहरू वाचन गरेका थिए । शिक्षासेवी छबिलाल सिटौलाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अर्का कवि चुडामणि रेग्मीले छन्द साहित्यमा निरौला जिल्लामा उत्कृष्ट भएको बताए । साहित्य कला संगमका सचिव डम्बरुबल्लभ न्यौपानले कवि निरौलाको जिवनीमाथि प्रकाश पारेका थिए ।
प्रतिष्ठानका सचिव सुर्य पौडेल, साहित्यक उपसमितिका संयोजक नरपति पाण्डेले निरौलाको साहित्य सिर्जनाको चर्चा गरेका थिए । कविहरू विष्णु न्यौपाने, हेम अधिकारी, मन्दीरा भट्टराइले निरौलालाई कबिता वाचनमा सहयोग गरेका थिए । कवि निरौलाले त्रिवेणी, भञ्जाङको सुसेली नामक कृति प्रकाशन गरिसकेका छन् ।