हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्वि

संविधानसभाको म्याद छ महिना थप्ने सहमति,६ बुँदे सहमति-पूर्ण पाठ सहित

काठमाडौ, मंसिर १३ - ब्यवस्थापिका संसदको बैठकमा ब्यवस्थापिका संसदले आन्तरिम संविधानको संशोधन गरी मंगलबार संविधानसभाको म्याद छ महिना थपेको छ । यो चौथों पटक म्याद थपिएको हो ।

ब्यस्थापिका संसदमा भएको मतदानमा उपस्थित ५०८ सभासद् मध्ये ५०५ ले सरकारले प्रस्तुत गरेको संविधानसभाको म्याद थप सम्बन्धि संविधानसंशोधन प्रस्तावको पक्षमा मतदान गरेका थिए भने विपक्षमा तीन मत परेको थियो । उक्त तीन मत राष्ट्रिय प्रजातान्त्र पार्टी नेपालको हो ।

यसअघि मंगलबार बिहान मधेसी मोर्चासहितका माओवादी, काँग्रेस र एमालेको बैठक बसी छ बुँदे सहमति गरेर संविधानसभाको म्याद छ महिना थप्ने सहमति गरेको थियो । सर्वोच्च अदालतले एक पटक भन्दा बढी म्याद नथप्न आदेश गरेकाले यही समयसीमा भित्र संविधान जारी गर्नु पर्ने बाध्यात्म परिस्थिति रहेको छ । 



चार दलवीच मंगलबार भएको ६ बुदे सहमति
२०६८ साल कार्तिक १५ गते भएको सात बुँदे सहमतिलाई प्रगति र कार्यान्वयन गर्दै शान्ति प्रक्रिया निष्कर्समा पुर्उन र संविधान निर्माणकोलागी चार दलवीच निम्नाअनुसारको सहमति भएको छ ।
१. कार्तिक १५ गते भएको सहमति अविलम्ब पुरा गर्न शान्ति प्रक्रिया र संविधान निर्माण कार्यलाई समयमै सम्पन्न गर्ने प्रतिबद्धता ब्यक्त गर्दछौ ।
२. सात बुँदे सहमतिमा मंसिर ७ गते सम्म गर्नु पर्ने भनि भएको सहमति लाई मंसिर मसान्तसम्म पुरा गर्ने ।
३. सहमति कार्यान्वयन र काम सम्पादनको समिक्षा गर्न प्रत्येक साता शिर्ष नेताहरुको बैठक बस्ने ।
४.२०६८ साल मंसिर २० गतेभित्र संबैधानिक समितिबाट संविधान निर्माणको कार्यतालिका निर्माण गर्ने । राज्यपुर्नसंरचना आयोगको पहिलो बैठक बसेको दुई महिनाभित्र पुर्नसंरचनाको स्वरुप सहितको प्रतिवेदन तयार पार्ने
५.अविलम्ब राष्ट्रिय सरकार गठन गर्ने
६. संविधानसभाको म्याद ६ महिना थप गर्ने
.....................                    .........................    ...............    
पुष्पकमल दाहाल प्रचण्ड           शुशिल कोइराला      झलनाथ खनाल
अध्यक्ष एनेकपा माओवादी    सभापति नेपाली काग्रेस  अध्यक्ष नेकपा एमाले

        .............................
             विजयकुमार गच्छदार
            संयूक्त लोकतान्त्रिक मधेसी मोर्चा