शिक्षक संघको नयाँ नेतृत्व

धुलाबारी, माघ २९/ झापा क्षेत्र नम्बर-१ मा नेपाल शिक्षक संघको नयाँ नेतृत्व चयन भएको छ ।
शनिबार मेचीनगरमा भएको अधिवेशनले रमेशकुमार दाहालको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो । समितिको उपाध्यक्षद्वयमा रमेश निरौला र ईन्दू पनेरु सचिव भोजराज कार्की सह-सचिव फणिन्द्रकुमारी पौड्याल र कोषाध्यक्षमा होमनाथ सुवेदी चयन भएका छन् ।
संघका राष्ट्रिय समितिका सदस्य सरस्वती सिटौलाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संघका जिल्ला सचिव प्रकाश भण्डारी विशिष्ट अतिथी रहेका थिए । कार्यक्रममा संघका बाहुनडाँगी अध्यक्ष चन्द्रशेखर गुरागाँई शान्तिनगर अध्यक्ष गीता ढुंगाना जनतामावि बाहुनडाँगीका प्रधानाध्यापक बिजय देव लगायतले मन्तवब्य राखेका थिए ।
निर्वाचन समितिका संयोजक तोयानाथ दाहालको सभापतित्वमा भएको कार्यक्रममा महेन्द्रबिलास लुईटेलले स्वागत मन्तब्य राखेका थिए ।

0 प्रतिकृया:

Post a Comment