भोलेन्टियस्र पुनर्गठन

बिर्तामोड, माघ २९/ झापामा माच सम्बद्ध संघीय लिम्बूवान राज्य परिषद्को युवा संगठन लिम्बूवान भोलेण्टियस्र पुनर्गठन गरिएको छ ।
शनिबार जिल्ला पार्टी कार्यालयमा भएको कार्यक्रमले भोलेण्टियस्र पुनर्गठन गरेको हो । भोलेण्टियस्रको जिल्ला ईन्चार्जमा मोहन बेघा चयन भएका छन् । यस्तै सह-इन्चार्जद्वयमा अमित खम्बू र असिम थेवे रहेका छन् । यस्तै क्षेत्र नम्बर-१ मा ईन्चार्ज राजीमान लिम्बू २ मा सुजित राई ३ मा राजेन्द्र लिम्बू ४ मा एकराज खवास ५ मा भरत संग्रौला ६ मा अनुप लिम्बू र ७ मा देउकुमार राई इन्चार्जमा चुनिएका छन् ।
यस्तै दमक फिल्ड कमाण्डरको जिम्मा अर्जुन राईले पाएका छन् । परिषद्का केन्द्रीय उपाध्यक्ष ज्ञानु इम्बुङ् भोलेण्टियस्रका केन्द्रीय कमाण्डर फक्तालुङ् योङ्हाङ् कमिसार प्रेमदीप थाम्सुहाङ् परिषद्का केन्द्रीय सदस्य धनराज सुब्बाप्रेम घिमिरे केन्द्रीय उपकमाण्डर राजु राई लगायतको उपस्थिति रहेको कार्यक्रम परिषद्का जिल्ला अध्यक्ष मानबहादुर साँवाको अध्यक्षतामा भएको थियो ।

0 प्रतिकृया:

Post a Comment