हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्वि

"नेपालीहरुको इेज्जत सफल ब्यवसायी दिनेश भट्टराई अर्थात अमेरिकनहरुको प्रिय नाम 'डोल' । "

आचार्य प्रभा
                             
                                                                                     कोलोराडो ( अमेरिका )



हामी नेपाली युवाहरु शायदै आफ्नो देशकालागी मेहनती परिश्रमी बन्न सकेनौं । यो हाम्रो हालको देशको स्थितिले बताएता पनी हामी नेपाली कुनै पनी मुलुकमा गएर आफ्नो मेहनत,परिश्रम,इेमान्दारितामा अटल नै छौं । औसत बाहेक । कुनै पनी मानिसमा शिप छ,मेहनती छ ,पौरखी छ तर पनी अवसरको अभाव छ भने उस्का ति सब गुणहरु ब्यर्थै हुन पुग्दछन् । हाम्रो देशका केही युवाहरुको बिडम्बना पनी यही भन्नु पर्दछ अर्थात अवसरको अभावमा पनी कती मेहनती र लगनशिल अनी पौरखी हातहरु निकम्मा बन्न पुग्दछन् । तर अवसर र समयले साथ दिएमा त्यस्ता मेहनती, परिश्रमी मनहरुले अवश्य उन्नतिको शिखर चुम्न सफल हुन्छन् । यस्को ज्वलन्त उदाहरण हो कोलोराडो वेस्मिनिष्टर अर्थात अरभादाका नेपाली रेस्टुरेन्ट ब्यवशायी दिनेश भट्टराई अर्थात अमेरिकनहरुका मन मुटुमा बस्न र सम्झन सफल नाम मिष्टर डोल भट्टराई ।
दिनेश भट्टराई जो एउटा साधारण बालक नेपालको पश्चिम क्षेत्र स्याङ्जामा जन्म भइे साधारण शिक्षा हाँसिल गरि बाल्यावस्थामा नै  कर्म थलो खोज्न आफ्नो जन्मथलोलाई छाडी भारततिर भासिएका थिए । करिब १३ /१४ बर्षकै उमेरमा आफ्नो भाग्य बटुल्न परदेसिएका दिनेश भट्टराईले सानै उमेरदेखी नै दु:ख,संघर्षसँग जुझेर आफुलाई आफ्नै खुट्टामा उभ्याउँन सफल बनाइे सकेका थिए । सानै उमेरमा नै संघर्षशिल बनी सकेका दिनेशले भारतमा नै आफ्नो भाग्य निर्माण गर्न सुरु गरिसकेका थिए । समयको अन्तरालसँगै उन्को मेहनत र संघर्षमा पनी सफलता प्राप्ती हुँदै गयो । केही बर्ष भारतमा नै रेस्टुराँमा शेफका काम गरिसकेका उनी आफ्नै संघर्षको बल्बुत्ताले उन्ले दुबइ जाने अवसर पाए । दुबइमा पनी उन्ले करिब् ३ बर्ष यही पेशा अप्नाए । यसरी रेस्टुराँको अनुभवहरु सँगाल्दै उन्ले धेरै मानिसहरुको संगत पाए । उन्मा रेस्टुराँप्रतिको लगनशिलता र अनुभवले परिपक्वता बढ्दै गैरहेको थियो । यसरी संघर्ष र मेहनतको दोसाँधमा डुबुल्की मार्दा मार्दै उनी अमेरिका भित्रिन पनी सफल भए । उन्को मेहनत र लगनशिलताले भने यो भुमिमा आएर साकार हुने मौका पायो । उनी अमेरिकाको कोलोराडो स्थित बोल्डर शहरमा आएर बोल्डरकै एउटा चर्चित रेस्टुराँ ताजमा आफ्नो पसिना बगाउँन सफल भए । उन्ले उक्त रेस्टुराँमा लग्भग ६ बर्ष काम गरे । उन्को लगनशिलता र मेहनतले अझ उन्मा आत्मबल बढ्यो र उन्ले आफ्नै रेस्टुराँ खोल्ने बिचार  गरे । उनी भन्दछन् मेरो प्रयास,साथिभाइहरु र इेष्ट मित्रहरुको सहयोगले मैले आफ्नै ब्यवसाय खोल्न सफल भएँ । 
यसरी आज भन्दा लग्भग १० बर्षअघी कोलोराडोको (शेरिडन) वेष्टमिनिष्टरमा "याक एण्ड यती" नामक रेस्टुराँ खोले । हामी नेपालीले गौरव गर्नु पर्दछ कि अमेरिकाको शहरमा नेपाली अस्तित्व झल्किने नामको रेष्टुरेन्ट एउटा साधारण कामदार नेपालीले खोल्नु यो हाम्रो स्वाभिमान र गौरवकै कुरा हो । आफु मालिक भएपनी अरु काम्दारहरुसँगसंगै समानताको साथ काम गर्नु । सबैसँग नरम बोली र ब्यवहार गर्नु दिनेशको अर्को छुट्टै परिचय हो । उन्ले उक्त रेस्टुराँ खोलेर धेरै नेपाली युवाहरुले रोजगारी पनी प्राप्त गरे र गरिरहेका छन् । ग्राहकहरुसँग नरम बोली,असल ब्यवहार,मिजासिलो बानीले गर्दा उन्को निजी जीवनमा मात्र होइेन ब्यवसायमा पनी सकारात्मक् उन्नती हुँदै गयो । ब्यवशायमा सफलता प्राप्ती हुँदै गयो र उन्ले केही बर्ष पछी फेरि डेन्वरमा पनी अर्को रेस्टुराँ "इण्डिया ओभन" किन्न सफल भए । यसरी एउटा साधारण ब्यक्तिले ब्यवशायमा हात हालेर सफलता पाउँदै जानु भनेको उक्त ब्यक्तीभित्रको आत्मबल,मेहेनत र धैर्यता नै हुन सक्दछ । यी सबै कुराको पूर्णता भने दिनेश भट्टराईभित्र अवश्य छ र नै उनी पल पल सफल हुँदै गए भन्नमा अत्युक्ती नहोला । यसरी दुइतिरको ब्यवशायलाई सम्हाल्दै भएपनी उन्ले कती संघर्ष र अप्ठ्याराहरु खप्न नपरेको पनी होइेन तथापी उनी आफुलाइे जहिले निरीह नबनाइे आफुलाइे सक्षम र बल्वान बनाउँदै कतिपनी नहड्बडाई आफ्नो लक्षमा लागीपरे । यही बिचमा उनी विवाह बन्धनमा पनी बाँधिए । त्यस्पस्चात उनी ब्यवशायी मात्र नभएर एउटा बैवाहिक र कर्तब्य परायण लोग्ने अनी एउटा घरमुली पनी बन्न सफल भए र अहिले उनी तीन छोरा छोरीका बाबु हुन पुगेका छन् ।
यसरी अनेकौं खुड्किलाहरु पार गर्दै उन्ले फेरि कोलोराडोकै अरभादामा अर्को नयाँ "याक एण्ड यती"नामक रेस्टुराँ खोल्न सफल भए जुन अहिले ३/४ बर्षको उमेरको खुड्किलो चढि रहेछ । यसरी उन्ले आफ्नो मेहनत,आत्मबल र साहसको साथमा अमेरिका जस्तो देशमा एउटा सफल ब्यापारी बनी नेपालीहरुको नाम चम्काइे रहेका छन् जुन हामी सबै नेपालीले गौरव गर्नै पर्दछ । त्यतिमात्र नभएर उनी आफ्ना छोरा छोरीहरुलाइे उच्च शिक्षा दिनमा पनी उस्तै चिन्तित देखिन्छन् । आफुले सानैदेखी दु:ख र कष्ट खप्नु परेको र भने जस्तो शिक्षा हाँसिल गर्न नपाएकोमा आफ्ना सन्ततिहरुलाइे भने सकेसम्म शिक्षा प्रदान गरिदिने उन्को भनाइे छ । रात दिनको खटाइे र मेहनतले पनी उन्को मुहारमा कहिल्यै पनी निरशता र थकान देखिन्न । शायद यसैको परिणाम नै हुनुपर्दछ उन्ले यत्तिका सफलता हात पार्नुको रहस्य । उन्ले रेस्टुराँ ब्यवशाय मात्र नगरेर अरभादाको रेस्टुराँ परिशरमा नै बियर फ्याक्ट्रि पनी संचालन गरेका छन् ।
दिनेश भट्टराई अर्थात डोल भट्टराईको प्रवासी जीवनको सफलताको जती बयान गरे पनी कम् नै लाग्दछ । हामी नेपालीहरु प्राय अरुकै काम गरेर जीवन निर्वाह गरिरहेका छौं । औसत बाहेक । कतिपय अन्य नेपालीले पनी आफ्नै ब्यवसाय गरिरहेका छन् त्यो छुट्टै कुरा हो तर दिनेश भट्टराईको जस्तो सफलता भने उती पाउँन सकेका छैनन् कि जस्तो आभास लाग्दछ । उसो त दिनेशको पनी आफ्नै समस्या,पीडा,बाधा,अड्चन त नभएका छैनन् तथापी उन्को सम्पत्ती भन्नु नै उन्को म्रिदुभाषी बोली,धैर्यता,मेहनत,सहनशिलता र इेमान्दारिता भन्न सकिन्छ । आफु मालिक भएर पनी ब्यवहारमा नरमपन र शान्त अनी मिजासिलो स्वभाव नै दिनेश भट्टराईको सफलताको मुख्य पक्ष मान्न सकिन्छ । उन्ले आफु अमेरिकामै बसे पनी नेपालमा आफ्ना गाउँ, घरका बालकहरुकोलागी राम्रो पठन पाठनको ब्यवस्था गर्न यहाँबाट सहयोग गरिरहेका छन् । रेस्टुराँ ब्यवसायको आशय केवल व्यवसायी बन्न मात्र होइेन आफ्नो देशको परिचय दिनु र नेपाली कला संस्क्रितिको पनी उजागर गर्नु उन्को अभीष्ट बताएका छन् । हर अमेरिकनलाई थाहा छ कि "याक एण्ड यती" एउटा नेपालीको ब्यवसाय हो र नेपाली पन नेपाली मन पाउँन "याक एण्ड यती"मा गए पुग्छ भन्ने अमेरिकनहरुको मान्यता पनी बनी सकेको छ । "याक एण्ड यतिमा" प्रसिद्ध अमेरिकनहरु पनी आएर भोजन गर्दछन् । हर कोलोराडोबासी औसत अमेरिकनको मुखमा "डोल"नामले प्रशिद्दी कमाएको छ । एउटा नेपालीले यसरी सानो स्तरबाट उन्नतिको शिखर चुम्न सक्नु हाम्रो स्वाभिमानमा थप उर्जा हुनु हो । यसरी प्रवासमा रहेर एउटा स्थापित ब्यापारी बन्न सक्नु पनी दिनेश भट्टराईको आफ्नो खुबी हो जस्ले कतिपनी हरेश नखाइे संघर्षका पाइेलाहरु चाल्दै गए । नत्र त सबैको मानसिकता के छ भने बिदेशमा गएर हर नेपालीहरुले मजदुरी मात्र गर्छन् । त्यस्तो नकारात्मक मानसिकताको लागि दर्‍हो चुनौती हो दिनेश अर्थात डोल भट्टराई ।      

* स्थानीय धानले मूल्य पाएन * धान अभावमा मिलहरू बन्द

झापा, १९ कात्तिक
भारतबाट लुकाई–छिपाई चामल भित्रिने क्रम नरोकिँदा झापामा उत्पादित धानले उपयुक्त मूल्य पाउन सकेको छैन । खुला सीमाका कारण विभिन्न नाका हुँदै भारतबाट चामल भित्रिएपछि स्थानीय उत्पादनले मूल्य नपाएको हो ।
धान खरिद गर्ने चामल मिल सञ्चालकहरू भारतीय चामल आयात नरोकिएसम्म स्थानीय उत्पादनले उचित मूल्य नपाउने बताउँछन् । चामल उत्पादक संघ झापाका अध्यक्ष विजय बरालका अनुसार अनियन्त्रित रूपले भारतबाट सस्तो मूल्यको चामल भित्रिएकाले झापाको धानले मूल्य नपाएको हो ।
भारतबाट सोझै चामल आयात भएपछि लाखौं रुपैयाँ खर्चिएर खोलिएका चामल मिलसमेत बन्द हुन थालेका छन् । चामल आयातको क्रम नरोकिँदा मूल्य नपाएर कृषक मार्कामा परेको र न्यून मूल्यमा कृषकले धान नबेच्दा मिल सञ्चालक समस्यामा परेको अध्यक्ष बरालले बताए । उनका अनुसार दैनिक ५० ट्रकको हाराहारीमा चामल उत्पादन गर्दै आएका झापाका करिब ५५ वटा सेलर मिल (चामल उत्पादक मिलहरू) मध्ये करिब डेढ दर्जनले उत्पादन नै बन्द गरेका छन् ।
व्यापारिक प्रयोजनका लागि नभई दैनिक उपभोगका लागि भनेर न्यून परिमाणमा भारतबाट चामल भित्रिरहेको मेची भन्सार कार्यालय कांकडभिट्टाका भन्सार अधिकृत उमेशकुमार बस्नेत स्वीकार्छन् । “ट्रक वा ठूला गाडीमा चामल भित्रिँदैन तर थोर–थोरै गरी ल्याइएको चामलको कुल परिमाण पनि दैनिक दुई–तीन ट्रकसम्म पुग्छ,” उनले भने । एक ट्रकमा करिब १५ मेट्रिक टनसम्म अँट्छ । अधिकृत बस्नेतकै भनाइअनुसार पनि न्यून परिमाणमा भित्रिरहेको भनिएको चामलको मात्रा दैनिक सरदर ३० मेट्रिक टनभन्दा बढी हुन्छ ।
घरेलु तथा साना उद्योग कार्यालय झापाले भने चामल मिल बन्दको जानकारी कार्यालयमा आइनपुगेको जनाएको छ ।
कृषि उपजमध्ये मुख्य मानिएको धानको बजार मूल्य पनि कहिल्यै निश्चित हुने गरेको छैन । पूर्वाञ्चलको हकमा हरेक दिन साँझ विराटनगरको ‘गोल बजार’ मा भेला हुने व्यापारी तथा व्यापारीका एजेन्टहरूले बिना कुनै आधार धानको बजार मूल्य तोक्ने गर्छन् । “त्यहाँ एक किसिमको दलाली नै चल्छ, दलालकै भरमा धानको बजार भाउ तोकिन्छ, अर्काे साँझसम्मका लागि,” एक व्यवसायीले भने ।
गत वर्ष कात्तिक दोस्रो सातासम्ममा बजार भित्रिएको धानले औसत प्रतिमन ७ सय रुपैयाँ पाएकोमा यो वर्ष ५ सय रुपैयाँ पनि पाउन सकेको छैन । दमक, बिर्तामोड, सुरुंगा, धाइजनलगायत ठाउँका मिलहरूले यतिबेला भित्रिरहेको आउ मुसुली, डल्लेलगायत धान ५ सय रुपैयाँ प्रतिमन (४० केजी)ले किन्न मानिरहेका छैनन् भने ती बजारसम्म धान ल्याउने ग्रामीण भेगका व्यापारीले कृषकलाई ४ सय रुपैयाँमात्रै दिइरहेका छन् ।
एकता कृषक समूह कोरोबारी–१ का कृषक रघुनाथ निरौला सरकारले धान उत्पादनमा लाग्ने रासायनिक मल तथा कीटनाशक औषधिको मूल्य तोकेर पनि सहज रूपमा उपलब्ध नगराउने र धानको मूल्य तथा बिक्रीको ग्यारेन्टी नलिने समस्याका कारण कृषिक्षेत्रको विकास हुन नसकेको बताउँछन् ।