हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्वि

पूर्व गाविस अध्यक्षको निधन

महाभारा, चैत्र ७/महाभारा गाविसका पूर्व गाविस अध्यक्ष गोपालप्रसाद पोखरेलको निधन भएको छ ।
मुटु सम्बन्धी रोगबाट पीडित करिब ६५ वर्षीय पोखरेलको उपचारका क्रममा काठमाण्डौस्थित शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा आइतबार निधन भएको हो । राप्रपा नेपालका गाउँ समिति अध्यक्ष समेत रहेका उनको सोमबार माहाभारा–८ स्थित कन्काई किनारमा दाहसंस्कार गरियो ।
सो क्रममा उनको पार्थीव शरीरमा राप्रपा नेपालका केन्द्रीय सदस्य घनेन्द्र योङ्या तथा राजेन्द्र लिङ्देनले पार्टीको झण्डा ओढाएका थिए । मृतकका श्रीमती, दुई छोरा तथा दुई छोरी छन् । पोखरेल राजाको प्रत्यक्ष शासनको समयमा गाविस अध्यक्ष रहेका थिए ।

दुई गाँजा तस्कर पक्राउ

मोरङ, चैत्र ७/सोमबार सीमा प्रहरी चौकी बुधनगर मोरङले २६ केजी गाजासहित दुई व्यक्तिलाई पक्राउ गरेको छ ।
शरीरमा लुकाएर भारततर्फ लैजाादै गर्दा २६ केजी गाजासहित बुधनगर ६ का ३० वर्षीय विद्यानन्द सरवरिया र तेतरिया ९ का ४५ वर्षीय टुनकना चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ गरिएका सरवरिया र चौधरीलाई कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानीमा बुझाइएको प्रहरीले जनाएको छ ।

पत्रकार दुव्र्यवहारको भर्त्सना

काठमाडौं, चैत्र ७/स्वास्थ्य राज्यमन्त्री सरोजकुमार यादवले मादक पदार्थ सेवन गरी पत्रकार दुव्र्यवहार गरेकोमा नेपाल पत्रकार महासंघले खेद व्यक्त गरेको छ ।
महासंघ सचिवालयको सोमबार बसेको बैठकले राज्यमन्त्रीको दुव्र्यवहारबारे प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउने निर्णय गरेको छ । समाचार संकलनका लागि अस्पताल परिसर पुगेका पत्रकारहरुमाथि मन्त्री यादवबाट दुव्र्यवहार भएको भन्दै सो घटनाको भत्र्सना गरिएको महासंघका महासचिव ओम शर्माद्वारा हस्ताक्षरित बिज्ञप्तिमा विज्ञप्तिमा उल्लेख छ ।
स्वास्थ्य राज्यमन्त्री यादवले आइतबार राति रक्सी पिएर वीर अस्पतालको आकस्मिक कक्षमा पुगी चिकित्सक, स्वास्थ्यकर्मी र पत्रकारलाई अभद्र व्यवहार गरेका थिए । यसैबीच नेपाल पत्रकार महासंघले आगामी चैत १६ गते ‘१४ जेठभित्र शान्ति र संविधान’ भन्ने मूल नाराका साथ आफ्नो ५७ औं स्थापना दिवस मनाउने भएको छ ।

दोस्रो ‘टी–२०’ क्रिकेट शुरु

दमक, चैत्र ७/दमकस्थित दमक बहुमुखी क्याम्पसमा आजबाट पूर्वाञ्चलस्तरीय अन्तर कलेज दोेश्रो ‘टी–२०’ क्रिकेट प्रतियोगिता शुरु हुँदैछ ।
दमक बहुमुखी क्याम्पस खेलकुद समितिको आयोजनामा शुरु हुने प्रतियोगितामा पूर्वाञ्चलका बिभिन्न १५ क्याम्पसका टोली सहभागी रहेको खेल संयोजक सुवास काफ्लेले जानकारी दिए । आगामी चैत–१७ गतेसम्म चल्ने प्रतियोगिताको बिजयीले ८ हजार १ रुपैयाँ सहित ट्रफी तथा प्रमाण पत्र पाउने छ ।
प्रतियोगिता अन्तर्गत आज आयोजक रातो र मनकामना कलेज बिर्तामोड बीच प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ ।

लुघु व्यवसाय तालिम

चुलाचुली, चैत्र ७/स्थानीयवासीलाई लघु उद्यमतर्फ आकर्षीत गर्ने उद्येश्यले चुलाचुलीमा आयोजीत सात दिने लघु व्यवसाय सिर्जना तथा सचेतना तालिम सम्पन्न भएको छ ।
घरेलु तथा साना उद्योग विकास कार्यालय भक्तपुरको आयोजना तथा राष्टिूय वातावरण तथा स्वास्थ्य अध्ययन केन्द्रको सहयोगमा सो कार्यक्रम चुलाचुलीका चार स्थानमा सञ्चालन हुने जनाईएको छ ।
सोमबार वडा नम्बर–७ को सातपत्रेमा आयोजीत तालिम समापन समारोहमा स्थानीय पाथीभरा सहकारी संस्थाका व्यवस्थापक ओम ढकाल, स्थानीय अगुवा पीएन अधिकारी, गाविसका प्रतिनिधी तुलसा शिवा, प्रशिक्षकद्वय सरस्वती श्रेष्ठ तथा जय खवास लगायको आतिथ्यता रहेको थियो । तालिम तोपगाछीका ४ केन्द्रमा २५÷२५ जनालाई दिईने जनाईएको छ ।

भगवान् भरोसामा सञ्चालित छ सोलु अस्पताल

सोलुखुम्बु, चैत्र ७/सामान्यतया अस्पतालहरु चिकित्सकको भरमा सञ्चालन भएका हुन्छन् । तर यस जिल्लाको फाप्लुस्थित सोलु अस्पताल भने चिकित्सकको भरमा नभई भगवान् भरोसामा सञ्चालन हु“दै आएको छ । त्यहा“ कार्यरत दुवै चिकित्सक लामो समयदेखि अस्पताल छाडेर हि“डेका छन् ।
डा. सुधीर सापकोटा गत फागुन १० गते तालिममा भाग लिन गएका छन् भने अस्पतालमा रहेकी अर्की चिकित्सक डा उदिता मिश्र पनि त्यसको पा“च दिनपछि तालिममा सहभागी हुन भन्दै अस्पताललाई चिकित्सकविहीन बनाएर हि“डेकी छिन् । जिल्लाको एकमात्र सो अस्पतालमा उपचार गराउन आउने जटिल रोगका बिरामीलाई चिकित्सकको अभावमा अन्यत्र पठाउनुपर्ने बाध्यता भएको छ । यस्तो अवस्थामा समयमै अन्य अस्पतालमा पुग्न नसक्दा कतिपय बिरामीको अकालमै ज्यानसमेत जाने गरेको छ ।
गत फागुनको तेस्रो साता काठमाडौ“ पठाइएका एक बिरामी खराब मौसमका कारण्ँ फाप्लु विमानस्थलमा तीनदिनसम्म कुरेर बस्दा पनि विमान नआएपछि उनले त्यही“ प्राण्ँ त्याग गरेका थिए भन्छन् सभासद् आङ्दावा शेर्पा । चिकित्सककै अभावमा सो अस्पतालमा उपचार गराइरहेकी सल्लेरी निवासी विभामाया विकको अवस्था जटिल बनेकाले अन्यत्र पठाउ“दा पनि आर्थिक अभावका कारण्ँ उनी अन्यत्र जाने अवस्थामा छैनन् । उच्च रक्तचापकी बिरामी उनी आङ्खनो घरको खाटबाट लडेपछि बोल्न पनि नसक्ने अवस्थामा छिन् ।
यहा“ रहेका अधिकांश बिरामीका आफन्त चिकित्सकको अभावबारे जिल्ला प्रशासनलगायतका निकायमा गुनासो गर्ने अवस्थामा छैनन् । आङ्खना बिरामी हेर्न आएका सल्लेरी–७ का कुमार तामाङ भन्छन्– ठूला डाक्डर छैन भन्छन् साना डाक्डरमात्र छन् रे खै के हुन्छ थाहा छैन ।
दुवै चिकित्सकले अस्पताल छाडेर गएपछि आफूहरुले १२–१२ घन्टासम्म काम गरेर बस्नुपरेको र Ôमताले भ्याएसम्मको सेवा पु¥याउ“दै आएको बताउ“छन् अनमी रामकुमारी राई । तीनजना चिकित्सकको दरबन्दी भएको १७ शैøयाको यस अस्पतालमा कार्यरत दुई चिकित्सक पनि नहु“दा आफूहरुमा कामको भार थपिएको, फार्मेसीको काम पनि आफै“ले हेर्नुपरेको र बिरामीको चाप बढेको बेलामा भुईंमै सुताएर पनि उपचार गर्नुपरेको उनको गुनासो छ ।
प्रसुति केन्द्र, परिवार नियोजन तथा मातृशिशु सेवा, सामुदायिक आ“खा सेवा, औÈधि भण्डार, ल्याब, एक्सरेजस्ता सुविधा भए पनि पर्याप्त मात्रमा जनशक्ति नभएको सो अस्पताललाई यस वर्Èको आवश्यक औÈधिसमेत उपलब्ध नहु“दा हिमालय ट्रष्टको सहयोगमा काम चलाउन परिरहेको र यस्ता समस्या निरन्तर हुने गरेको अनमी राईको भनाइ छ । वि.सं. २०३१ मा निर्माण्ँ गरिएको यस अस्पतालको भवन बाहिर हेर्दा राम्रो देखिए पनि जीणर््ँ भइसकेको र वर्Èाको समयमा पानी समेत चुहिने भएको छ ।
यस अस्पतालको दुरावस्थाका बारेमा जिल्लाको सर्वदलीय बैठकमा छलफल हु“दा र वीर अस्पताललाई समेत जानकारी गराउ“दा पनि कुनै सुनुवाइ नभएको अस्पतालका अन्य पदाधिकारीहरु बताउ“छन् । अस्पतालमा लामो सयमसम्म चिकित्सकको अभाव भएको बारेमा जिल्ला प्रशासन कार्यालयलाई जानकारी छैन भन्छन् निमित्त प्रमुख जिल्ला अधिकारी कृष्ण्ँप्रसाद पोखरेल ।

मन्त्री, राज्यमन्त्री तथा सचिवहरुलाई प्रधानमन्त्रीले गरेको निर्देशन – दस्तावेज

“इमान्दार बनौं, कामप्रतिको उत्तरदायित्व निर्वाह गरौं र त्यसको पालना नगर्नेलाई दण्ड दिन नडराऔं ।”
वर्तमान सरकार बनेको ६ महिना र ३ हप्ता बित्यो यस बिचमा के कति सकारात्मक र नकारात्मक कामहरु भए सोको समग्र मूल्याङ्कन हुने नै छ ।
सरकारले शान्ति, संविधान, सुशासन र समृद्धिको चार प्राथमिकता निर्धारण्ँ गरेको  थियो । ती चारवटैमा उल्लेख्य उन्नति गर्यौ, रÔात्मक र ब्उययिनष्अब िहुन आवश्यक छैन ।”
बजेट बनाउन नपाए पनि जनता प्रतिको दायित्व निर्वाह गर्ने उद्देश्यले तत्कालीन राहत कार्यक्रम घोÈण्ाँ गर्यौं ।
अत्यावश्यक वस्तुको आपूर्तिलाई सहज बनाउन, अनाधिकृत मुल्य वृद्धि र गुण्ँस्तरहीन मालवस्तु माथिको नियन्त्रण्ँका लागि अनुगमन तिव्र बनायो ।
शान्ति प्रक्रियालाई अगाडि बढायो, जुन विगत सरकारको पालाको तुलनामा तीव्र गतिमा अघि बढ्यो र समाधान तर्फ लम्केको छ । २८ शिविर मध्ये हाल १५ मात्र कायम छन् । १९ हजार भन्दा बढी माओवादी सेनाका लडाकु मध्ये हाल शिविरमा ९ हजार ६ सय मात्र छन् । यो शान्ति प्रक्रियाको कोशेढुङ्गा हो । बा“की काम सम्पन्न गर्ने तर्फ उन्मुख छौं ।
संविधान लेखन तर्फ विवादित धेरै मुद्दा यसै अवधिमा सम्बोधित भएको र बा“की मुद्दा पनि छिनोफानो हुने क्रममा छन् । सुशासन र समृद्धिको लागि गत माघको तेस्रो साता कार्ययोजना जारी गरियो ।
जनताको गुनासो सुन्न “हेल्लो सरकार कÔ” र “जनतास“ग प्रधानमन्त्री” जस्ता कार्यक्रम सञ्चालित गरियो ।
राष्ट्रिय गौरवका आयोजनाहरु छनौट गरी त्यहा“ बजेट र कर्मचारीको कमी नहुने प्रतिबद्धता तथा प्रक्रियागत झण्झट कुनै भए तत्काल हटाउन पहल गर्ने घोÈण्ाँ पनि गरियो । तत्काल राहतका कार्यक्रम ल्याइएको छ । सडक विस्तार दृढ निश्चयका साथ अगाडि बढेको छ ।
लगानी बोर्ड गठन गरियो । संस्थानमा प्रतिस्पर्धाको आधारमा कार्यकारी प्रमुख नियुक्ति गर्ने परंपरा शुरु गर्न थालियो ।
सर्वोच्च कार्यकारी अङ्गमा हामी छौं । राम्रा कामको जस पाउने र नराम्राको दोÈ हामीले बोक्नै पर्छ । राजनैतिक नेतृत्व मष्तिष्क हो भने प्रशासनिक नेतृत्व शरीर हो । सामुहिक उत्तरदायित्व वहन गर्ने नै हाम्रो पद्धति हो । बहुदल र प्रतिस्पर्धामा सबै विÈयमा सर्वसम्मत नहुन पनि सक्छ ।
लगानी वर्È, लुम्बिनी भ्रमण्ँ वर्È जस्ता प्रवद्र्धनात्मक कार्यक्रम सुरु गरियो । लगानी प्रवद्र्धन गर्न औद्यौगिक प्रयोजनका लागि हद भन्दा बढी जग्गा प्राप्त गर्ने प्रक्रियालाई सहज बनाइयो ।
अनुगमन प्रण्ाँली व्यवस्थित गर्न १५ जिल्लामा स्थलगत टोली खटाउने काम शुरु भए ।
गण्ँतन्त्रलाई चीर स्थायी एवम् संस्मरण्ँमा लेराउन गण्ँतन्त्र स्मारक र गण्ँतन्त्र स्तम्भ निर्माण्ँ गर्ने कार्य सरकारले शुरु गरेको छ । त्यसै गरी काठमाण्डौं–कुलेखानी–भीमफेदी–हेटौंडा सुरुङ्ग मार्ग निर्माण्ँ परियोजनालाई द्यइइत् ःयमभ िअन्तर्गत सूचीकृत गर्ने सैद्धान्तिक निणर््ँय पनि सरकारले गरिसकेको छ ।
गत विगतका मन्त्रीपरिÈद्हरुले जथाभावी औÈधोपचार र आर्थिक सहायताको नाममा रकम बा“ढ्ने प्रथा बन्द गरिएको छ ।
यसै अवधिमा मेरो भारत भ्रमण्ँ सम्पन्न भयो र १० वर्È पछि छिमेकी मुलुक चीनका महामहीम् प्रधानमन्त्रीको भ्रमण्ँ सम्पन्न भयो । जसले गर्दा वैदेशिक सम्वन्ध सुदृढ बनाउन थप मद्दत मिलेको छ ।
किसानलाई राहत दिन कृÈि मलमा अनुदान थप गरियो ।
द्वन्द्वरत पÔस“ग द्वन्द्वको शान्तिपूणर््ँ समाधानका लागि वार्ता गरियो, द्वन्द्व पीडितलाई राहत दिने काम एवम् पुनर्निर्माण्ँका काम अगाडि बढाइए ।
काठमाण्डौं उपत्यकाका मापदण्ड विपरीतका संरचनाहरु भत्काई सडक विस्तार गर्ने कार्य थालनी गरियो । यसको सिको देशका अन्य जिल्लाले गर्न थालेका छन् ।
निकट भविष्यमा १० लाख युवा परिचालन गरी स्वयम् सेवा अभियान चलाउने योजना अन्तिम चरण्ँमा पुगेको छ ।
सुशासन कार्ययोजना अनुरुप हरेक मन्त्रालयमा त्तगबष्तिथ ऋष्चअभि निर्माण्ँ गरिएको छ र गुनासो व्यवस्थापन इकाईको व्यवस्थापन गरिएको छ । भ्रष्टाचार निवारण्ँ कार्ययोजना बनाई कार्यान्वयनमा ल्याइएको छ ।
अनावश्यक रुपले तरङ्गित नहुन तपाई हामीले देश सञ्चालनका जिम्मेवारी लिएको हु“दा इमान्दारीपूर्वक आत्म समीÔा गरी सच्याएर जाने नै हो ।
चुनौतीका बीचमा जे जति काम भए सोबाट निरास हुने र हौसिने पनि नगरौं ।
केही समय यता सुशासनको बाटोमा सरुवा विवादित र तरङ्गित भयो । नकारात्मक कुरा चुलिएपछि सकारात्मक सन्देश दिन्छ । अहिलेको समस्याले सकारात्मक निकास खोजेको छ । नकारात्मक रुपमा त्यसलाई लिएर दोÈारोपण्ँ गर्न भन्दा समाधान खोजौं । राजनीतिक र प्रशासनिक नेतृत्व दुवै मिलेर काम गर्दा मात्र सुखद्, सम्बद्ध परिपूरक भन्दा प्रतिस्पर्धात्मक भएमा मात्र नतिजा आउ“छ । अनावश्यक दूरी ल्याउने र चर्काउने गर्नु हु“दैन । विगतको मानसिकताले काम गरेको होला, आ–आङ्खनो आस्था पनि होला । राजनैतिक सोचबाट अलग हुनुपर्छ । सिंहदरबार प्रवेश गरेपछि दलगत आग्रह र प्रशासकले विचारको जुत्ता बाहिर छोड्नु पर्छ । त्यसमा ख्याल गर्नुपर्छ । विचार निÈेध गर्ने, दुरुत्साहित गर्ने मनसाय होइन । विचारको दूरी बढेमा टकराव आउ“छ ।
ट्रेड युनियनले हुल हुज्जत गरेको, अपशब्द प्रयोग गरेको, मन्त्री र सचिवबीच असमझदारी बढेको, दोÈारोपण्ँ गरेकोमा आत्मसात गरेर देखाउनु पर्छ । नियम कानुनले सीमा तोकेको छ । मन्त्रीले समस्या भए मलाई भन्ने सचिवले मुख्यसचिवलाई र मुख्यसचिवले मस“ग ल्याएर समाधान खोज्ने हो । लुगा टकटकाएर धुलो उडाएर कसैको हित हु“दैन । सबैले आत्मसमीÔा गरौं ।
यी र यस्तै राहत, विकास निर्माण्ँ, शान्ति र सुधारका कार्ययोजना, कार्यक्रम र अवधारण्ाँ ल्याई कार्यान्वयन गर्न सवै एक भएर सक्रियतापूर्वक लाग्ने बेलामा हालैका दिनमा कर्मचारी सरुवाको कारण्ँ देखिएका अमर्यादित र अशोभनीय क्रियाकलापले मलाई अत्यन्त मर्माहत, गम्भीर एवम् उद्वेलित पनि बनाएको छ ।
जनताले तिरेको करबाट तलब खाने कर्मचारी र जनताको सेवा गर्ने अभिष्टले राजनीति जस्तो सेवामा लाग्ने राजनीतिज्ञहरु जनतालाई सुशासन र न्यायको अनुभूति गराउने, शान्ति सुव्यवस्था कायम गरी जनताको जीउ धनको सुरÔा गर्ने, विकास निर्माण्ँलाई तीव्रता दिई रोजगारीका अवसर सृजना गर्ने र उनीहरुको जीवनस्तर माथि उठाई सुखी र समृद्ध समाज निर्माण्ँ गर्ने दायित्व र कर्तव्य बोकेकाहरुबाट कर्मचारी सरुवा जस्तो नियमित र नितान्त व्यवस्थापकीय काममा सबैलाई लज्जित बनाउने गरी हाम्रा क्रियाकलाप सडकमा पोखिनु हामी सबैका लागि चिन्ताको विÈय बन्न पुगेको छ ।
सरुवा कुनै पनि संगठन सञ्चालनको नियमित र अनिवार्य व्यवस्थापकीय साधन हो । यो कुनै पनि हालतमा अदृष्य र अनियमित चलखेलको माध्यम बन्न दिनु हु“दैन । विगतमा सरुवामा जे जस्ता विसङ्गति र विकृति देखिए, झां“गिए वा व्यवस्थापकीय कौशलको सर्वथा अभाव, दण्डहीनता र उच्छृङ्खलताका पराकाष्ठा देखियो अब यसको अन्त हुन आवश्यक छ । हामी सबै यसमा गम्भीर बनौं र आजैदेखि यसको मूल कारण्ँ पत्ता लगाई निदान खोजौं भनेर तपाइहरुलाई यहा“ मैले बोलाएको हु“ ।
तसर्थ तपाइहरुलाई म बु“दागत रुपमा निर्देशन दिन चाहन्छु र ती निर्देशन पालना नगर्ने जो सुकै पनि दण्डको भागी हुनु पर्ने छ भनी सतर्क समेत गराउन चाहन्छु । सुधारका लागि म जुनसुकै जोखिम र चुनौती सामना गर्न तयार रहेको हु“दा सम्झौता गर्न तयार छैन ।
१) यहा“बाट फर्केर गए पछि प्रत्येक मन्त्रालय र केन्द्रीय निकाय तथा सामान्य प्रशासन मन्त्रालयले सम्वद्ध पÔस“ग र विज्ञस“ग छलफल गरी कानुनको परिधि भित्र रही न्यायपूणर््ँ र विवेक सङ्गत ऐनको प्रयोगका लागि सरुवाको मापदण्ड बनाई स्वीकृत समेत गरी सार्वजनिक गर्नुहोस् । कसैबाट नाम लिएर सरुवा नगर्नु होस् ।
२) मापदण्ड भित्र रहेर तोकिएको अवधिमा कर्मचारीको सरुवा गर्दा कानुनले अधिकार दिएको व्यक्तिले कानुनको पालना र विवेकको प्रयोग गरेर गर्नुहोस् । कसैको भनसुन, दबाव वा सिफारिस सुन्ने र त्यसको आधारमा निणर््ँय गरेको पाइएमा अनुचित कार्य गरेको अभियोगमा तत्काल कार्बाही अगाडि बढाउनुहोस् । मन्त्रालयका नेतृत्व तहबाट त्यस्तो भनसुन सुनुवाई, दबाव आएमा तत्काल प्रधानमन्त्री तथा मन्त्रिपरिÈद्को कार्यालयमा जानकारी गराउनुहोस् म आवश्यक प्रक्रिया अगाडि बढाउन तयार छु ।
३) मन्त्री र सचिवको कार्य विभाजन सुशासन ऐन, २०६४ ले स्पष्ट गरिदिएको छ । यदि त्यो तपाइलाई स्पष्ट छैन भने, थप स्पष्ट बनाई आ–आफूले गर्नु पर्ने काममा स्पष्ट हुनुहोस् । मन्त्री र राज्य मन्त्रीको समेत कार्य विभाजनमा द्विविधा भए तत्काल समाधान गर्नुहोस् । सचिवको कार्यÔेत्र भित्र सरुवा गर्न वा नगर्न कुनै पनि मन्त्री वा राज्यमन्त्रीले भनसुन वा दबाव नदिनुहोस् । अनावश्यक पÔ लिई कुनै मन्त्रीले सचिवलाई कानुनले दिएको अधिकार प्रयोग गर्न दखल वा दबाव दिनु हुने छैन । यसरी सचिव र विभागीय प्रमुखले गरेको निणर््ँय कानुन सम्मत, उचित र पÔपात रहित नभएमा ऊ स्वयम् जिम्मेवार हुनेछ र त्यसो नगरेमा कानुनद्वारा दण्डित पनि हुनेछ । सचिवले आङ्खनै तहबाट गर्ने निणर््ँयहरु विधि सम्मत भए नभएको परीÔण्ँ गर्ने र त्यसो नभए मन्त्रीहरुले पनि विधिसम्मत बाटो खोज्नुहोस् भन्ने आग्रह गर्दछु । किनकि सचिवले गर्न खोजेको गल्ती औंल्याउने र त्यसो हुन नदिने जिम्मेवारी पनि तपाई मन्त्रीहरुकै हो । विधिसम्मत ढङ्गले दण्डित गर्ने जिम्मेवारी तपाईहरुकै हो ।
४) कर्मचारीका ट्रेड युनियन आ–आङ्खना सदस्य र समर्थकलाई कुन कार्यालयमा पठाउने भन्ने सिफारिश र नाम लिएर आए भने, सचिव÷महानिर्देशक तपाईहरुले ठाडै अस्वीकार गर्नुहोस् । मापदण्ड बनाउ“दा भने उनीहरुस“ग प¥याप्त छलफल गर्नुहोस् । कर्मचारी ट्रेड युनियनलाई मर्यादित र रचनात्मक ढङ्गले व्यवस्थापन गर्नु पर्ने तर्फ मेरो गम्भीर ध्यानाकर्Èण्ँ भएको छ । ट्रेड युनियनको परिचालन नियम सङ्गत छैन । चुनाव छिटो गर्नु होस् । ऐनले नै आवश्यकता भन्दा बढी ट्रेड युनियनका पदाधिकारीहरुलाई दिएको सुविधा रोकी कडाईका साथ पालना गर्नु होस् ।
५) कर्मचारी सरुवा गर्दा राष्ट्रिय गौरवका आयोजना, दूर्गम Ôेत्रका कार्यालय, गा.वि.स. सचिव, र जनताका प्रत्यÔ सरोकारका सेवाप्रदायक कार्यालयलाई प्राथमिकता दिनुहोस् ।
६) यसरी काम गर्दा कसैको दवाव, धम्की वा सार्वजनिक सम्पत्ति तोडफोड गरेको पाइएमा तुरुन्तै सुरÔा निकायलाई किटानी जाहेरी दिनुहोस् । सचिवस“ग आग्रह छ । जिम्मेवारी पूर्वक प्रस्तुत हुनुहोस् । दृढतापूर्वक उभिनु होस् । ऐन, कानुन अनुसार कार्बाही गर्नु होस् । खुट्टा भा“चि दिन्छु भन्दा डराउनु पर्दैन । डराउनु कमजोरी हो । त्यस्तो जाहेरीलाई प्राथमिकतामा राखी गृह मन्त्रालयले कार्यान्वयन गरोस् । यदि तोडफोड भएको र दबाव, धम्की दिएको अवस्थामा पनि सम्वद्ध सम्पत्ति संरÔण्ँको जिम्मेवारी लिएका कर्मचारीले लिखित जाहेरी नदिएमा त्यस्तो कर्मचारीलाई नै कार्बाही हुने व्यवस्था प्रधानमन्त्री तथा मन्त्रिपरिÈद्को कार्यालयले मिलाउने छ ।
७) कर्मचारीलाई गाली गरेर वा दोÈ दिएर मन्त्रीले आङ्खनो कमिकमजोरी ढाकछोप गर्ने र राजनीतिज्ञ वा ट्रेड युनियनको दोÈ देखाएर सचिवले आङ्खनो अकर्मण्यता ढाकछोप गर्ने उन्मुक्ति पनि प्राप्त गर्न सकि“दैन । अहिले देखिएका सबै विकृति विसङ्गतिको व्यवस्थापन गरी सुशासनको प्रत्याभूति गर्ने दायित्व हाम्रै हो । आङ्खनो कार्य Ôेत्र भित्र समन्वयात्मक ढङ्गले काम गरौं ।
संक्रमण्ँकालको फाइदा उठाउन चाहनेबाट सतर्क रहन आग्रह गर्दछु ।

‘चुम्लुङका माग जातीय होइनन्’ – बाटैमा

लिम्बू समुदायहरुको सामाजिक संस्थाको रुपमा गठित किरात याक्थुङ चुम्लुङ झापाका नव निर्वाचित
अध्यक्ष हुन् पुर्णमान लाओती । लिम्बू समुदायहरुको अधिकारका लागि क्रियाशील अध्यक्ष लाओती जिल्लाका परिचित व्यक्तित्व पनि हुन् । चुम्लुङको शनिबार सम्पन्न सातौँ जिल्ला अधिवेशनबाट ३ वर्ष कार्यकालका लागि निर्वाचित अध्यक्ष लाओती केन्द्रीकृत अनुदारवादी नीतिले चुम्लुङले उठाएका अधिकार दबाउन
षड्यन्त्र भएको देख्छन् । सरकारी सेवाबाट सेवानिवृत्त भएर जातीय संस्थामा होमिएका अनारमनी–३
निवासी अध्यक्ष लाओतीसँग बाटैमा गरिएको कुराकानी :–
जातीय संस्थामा किन लाग्नुभयो ?
राज्यका मूलप्रभावहबाट दबिएका, उत्पीडनमा परेका पूर्वका किरात लिम्बूहरुको समग्र विकासका लागि केही गरौँ भन्ने उद्देश्यले चुम्लुङमा संगठित भएको हुँ । प्राचीन आदिवासी यी समुदायहरुको भाषा, धर्म, संस्कार, संस्कृति तथा सामाजिक रुपान्तरणमा जोड दिन चुम्लुङबाट अधिकारमुखी आन्दोलनमा संलग्न भएको हुँ । २०४६ सालको राजनीति परिवर्तनपछि संगठित भएको चुम्लुङ साझा उद्देश्य, लक्ष्यका लागि अभियानकर्ता भएर लागिरहेको छु ।
चुम्लुङले मूलतः कस्ता मुद्दा उठाइरहेका छन् ?
मूलतः लिम्बू समुदायको साझा संस्था हो कियाचु । देशभरी यसको सञ्जाल रहेको छ, भने विदेशमा समेत लिम्बू समुदायहरु बसोबास रहेका ठाउँमा चुम्लुङ स्थापना भएको छ । यसले लिम्बूका परम्परागत भाषा, धर्म, संस्कृतिको संरक्षण तथा नीति निर्माण तहमा राजनीतिक अधिकार वहाली गर्न आन्दोलित रहिआएको सर्वविदितै छ ।

चुम्लुङका माग राजनीतिक माग हो भनेर मानिए के यसले पार्टी विशेषका पक्षमा आन्दोलन गर्छ त ?
विल्कुल गर्दैन । हामीले निर्माण तहमा पु¥याउन लिम्बू समुदायलाई नीति निर्माण तहमा पु¥याउन लिम्बूवान राज्यको मागलाई प्रंमुखताका साथ उठाइरहेका छौँ । अरुण पूर्वका अखण्डित ९ जिल्लालाई आत्मनिर्णय अधिकार सहितको लिम्बूवान राज्य बनाइनु पर्छ भन्ने ऐतिहासिक पृष्ठभूमि आधार अगाडि बढाएका छौँ । चुम्लुङले उठाएका यी माग जातीय होइन पहिचान मात्र हो भनेर भनिरहेका छौँ ।
चुम्लुङले उठाएका माग आन्दोलनरत अन्य लिम्बूवानजन्य संघसंगठन÷दलहरुले पनि उठाएका छन् नि ?
लिम्बूवान राज्य प्राप्तिको मूल कार्यदिशा एकै जस्तो देखिए पनि ती आन्दोलनकारीहरु बीच अझै समानता हुन सकेको छैन । चुम्लुङले संस्थागत ढङ्गले यी शक्तिहरुलाई मोर्चाबन्दी बनाउने कार्य गरिआएको स्मरणीय रहिआएको छ । साझा लक्ष्यमा एकमत बनाउन चुम्लुङ अझै क्रियाशील रहेको छ । लिम्बुवानवासीको समानता, सह–अस्तित्व र जातीय सद्भाव सुनिश्चितता कायम गराउन हामीबीच पनि बेमेल र अस्पष्टता अल्मलिरहेका छन् ।
चुम्लुङ झापाको अवस्था कस्तो छ ?
झापामा रहेका हामी लिम्बूहरु हिजोको अवस्था भन्दा अहिले हरेक दृष्टिले परिवर्तन भएका पाएको छौँ । २०४६ सालमा गठन भएको चुम्लुङ पाठामारी र खजुरगाछी गाविस बाहेक सबै गाउँ नगरमा संंगठित सञ्जाल बनेको छ । जिल्लामा समेत अन्य जातीय संस्था भन्दा केही उचो संख्याको रुपमा चुम्लुङ हो भन्ने विश्वास दिलाउन सकेका छौँ ।
भर्खरै तीन वर्षका लागि पुनः अध्यक्ष चुनिनु भएको छ, यहाँलाई कस्तो लागिरहेको छ ?
जिम्मेवारी थपिएको र लिम्बू समुदायहरुको हितका लागि सेवामुखी काम गर्ने अवसर पाएको छु । हिजोका समय भन्दा अहिले चुम्लुङमा आएको गहन जिम्मेवारीलाई संस्थागत ढङ्गले अगाडि बढाउने दायित्व थपिएको मैले महसुस गरेको छु । एक्लो प्रयासले हुन्न सबै जुटेर लिम्बूका साझा लक्ष्यमा जुट्ने विश्वास दिलाउन चाहन्छु ।

‘आफ्नै बिरानो भएपछि.....’ – दोस्रो लेख

प्रविण बानिया
माओवादी भित्रको अन्तरकलह फेरि एक पटक चर्किएको छ । केहि समय अघि केन्द्रीय समितिको बैठकबाट माओवादीले पार्टी एकता मजबुत भएको र तत्कालका लागि सबैखाले समस्याहरु सल्टिएको सन्देश लिएर बाहिर आएको थियो । तर, पार्टीभित्रको असन्तुष्ट ‘वैद्य पक्ष’ घोषित रुप नै पार्टी संस्थापन पक्ष विरुद्ध खरो उत्रिएको छ । ‘वैद्य पक्ष’को घोषणा र कार्यत्रण्म हेर्दा ऊ पक्षको विचार समूहले पार्टी शुद्धिकरणका लागि भन्दा बढि वर्तमान भट्टराई नेतृत्वको सरकार विस्थापनको मूख्य शर्त बनाएर आन्दोलनको घोषणा गरेको छ । आफ्नै पार्टीका उपाध्यक्ष बाबुराम भट्टराई नेतृत्वको सरकारको विरुद्धमा सडक, सदन र पार्टीबाट कडा विरोध गर्ने र ‘सरकारलाई गलाएरै छाड्ने’ रणनीति अख्तियार गरेको ‘वैद्य पक्ष’ यसपटक राम्रै तयारीका साथ मैदान उत्रिएको देखिन्छ ।
वैद्य पक्षीय नेतृत्वको आयोजनामा राजधानीको होटल ¥याडिसनबाट आन्दोलनको लामो फेहरिस्त सार्वजनिक गरेको ‘वैद्य पक्ष’ले यो आन्लोलनलाई ‘जनसंघर्ष’ भनेको छ । यो विरोधको कार्यक्रमलाई उसले ‘जनसंघर्ष’ भनेर बढि जोड दिएको छ । आफ्नै उपाध्यक्ष नेतृत्वको सरकारलाई ‘वैद्य पक्ष’ले ‘आत्माघाती, राष्ट्रघाती, जनविरोधी, भ्रष्ट सरकार’को आरोप लगाउँदै सरकारको औचित्य समाप्त भइसकेको निष्कर्ष समेत निकालेको छ । केहि समयअघि पार्टीको केन्द्रीय समितिले निर्णय गरे अनुसार सरकारबाट फिर्ता नआएको, जनभावना बिपरित सरकार अघि बढेको, जनजिवीकाका पक्षमा काम नगरेको, भ्रष्टचारलाई प्रश्रय दिएको भन्दै ‘वैद्य पक्ष’ले तयारी र योजनाका साथ सरकार विरुद्धमा सडक संघर्ष तताउने चर्काे उद्घोष गर्नु समयको घडिमा निकै अर्थपूर्ण ढङ्गले हेरिएको छ । ‘वैद्य पक्ष’को यो घोषणाले नजिकिदै गरेको जेठ १४ माथि पनि संशय जन्माइदिएको छ ।
‘अघिल्लो केन्द्रीय समितिको बैठकको निर्णयलाई पार्टी अध्यक्ष प्रचण्डले कार्यान्वयन नगरेको’ असन्तुष्ट पक्षको आरोप छ । ‘सरकार जनसंविधान निर्माणको बाटोबाट पछि हट्दै गएको र पार्टीलाई आत्मासमर्पणको दिशामा कित्तामा उभ्याएको’ निचोड समेत उसले निकालेको छ । तत्काल जनंघर्ष कहिलेदेखि गर्ने भनेर मिति तय नगरे पनि ‘वैद्य पक्ष’ले समान विचारका अन्य दलहरुसँगको छलफलबाट चाँडै कार्यक्रम तय गरिने जनाउ दिएको छ । ‘वैद्य पक्ष’ को तयारीलाई हेर्दा पार्टी भित्रको ‘लाईन संघर्ष’ भन्दा पनि तत्काल सरकार कसरी ढाल्न सकिन्छ भन्ने कित्ताबाट अघि बढेको छ । शान्ति र नयाँ संविधानको भविष्यको बारेका अनेकन टिका–टिप्पणी हुन थालेका बेला ‘वैद्य पक्ष’ यो तयारीले समग्र शान्ति प्रक्रियामाथि नै सन्देह पैदा गरिदिएको छ ।
कतिले ‘वैद्य पक्ष’ को यो कदमलाई ‘पद र शक्तिहिनताको छट्पटाहट भनेका छन् । माओवादीको संस्थापन पक्ष स्वंले यसलाई ‘पार्टीको निर्णय, नीति बिपरित र अराजक कदम’ भनेर भनेको छ । अर्कातर्फ ‘वैद्य पक्ष’ को तयारीलाई हेर्दा उसले प्रमुख विपक्षीका रुपमा रहेका नेपाली कांग्रेस र एमालेसँग पनि सरकार विस्थापन सम्बन्धमा छलफल अघि बढाइरहेको छ । उसो त प्रमुख दलका शीर्ष नेतृत्व हाललाई सरकार भन्दा पनि शान्ति र संविधानलाई प्राथमिकता दिइने भन्दै सघन छलफल र वार्तामा पनि बसिरहेका छन् । प्रधानमन्त्री बाबुराम भट्टराई स्वयंले केहि दिनमै शान्ति प्रक्रियामा ‘ब्रेक थ्रु’  हुने भनिरहेका बेला आफ्नै पार्टीभित्रबाट शुरु भएको यो विरोधले सरकारलाई कहिँ न कहिँबाट अप्ठेरामा पारिदिएको छ । वैद्य विचार समूहको यो विरोध पार्टी फुटको लागि तयारी भएपनि या नभए पनि सरकार सञ्चालन र शान्ति प्रक्रियाको नेतृत्व गर्ने सवालमा सरकार र पार्टीको नैतिक हैसियतलाई कमजोर बनाउँदै लगिरहेको छ ।
विरोध र आन्दोलनको अन्र्तवस्तु हेर्दा वैद्य विचार समूहको यो कदम बढि जनजिवीकाका पक्षमा उठेको छ । जनजिवीकाका पक्षसँग जोडिएका विषयहरुलाई उसले आफ्ना एजेण्डा बनाएको छ । जनताका समस्याहरु लिएर जनसंघर्षका उत्रिने उसको घोषणाले जारी शान्ति प्रक्रियालाई अवरुद्ध पार्ने भय अगाडि छ । अर्कातर्फ ‘जनसंविधान’ बन्ने सम्भावना तुहिँदै गएकोतर्फ नजरअन्दाज गर्दै ‘वैद्य पक्ष’ले जेठ १४ पछि सम्भावित ‘जनविद्रोह’को घोषणा पनि गरेको छ । पार्टीका निर्णय र एजेण्डाहरु नेतृत्वले क्रमशः छोड्दै गएकाले पार्टी र सरकारको विरुद्धमा जनसंघर्ष गर्नुपरेको उसको दाबी छ । तर, पार्टी नेतृत्व यसलाई स्वीकार्न तयार छैन । शान्ति र संविधानसँग जोडिएको केहि महत्वपूर्ण विवादहरु आजसम्म पनि जस्ताको तस्तै रहिरहेका बेला ‘वैद्य पक्ष’ले सेना समायोजनको सवालमा पद मिलानलाई ‘बटमलाईन’ बनाउँदै आएको छ । पार्टीभित्र ‘हार्डलाइनर’का रुपमा स्थापित ‘वैद्य पक्ष’ जनसंविधान बन्ने अवस्था नरहेकाले जनविद्रोहको तयारीको विकल्प नरहेको निष्कर्ष निकाल्छ ।
पार्टीभित्र प्रचण्ड ‘दुई लाइन संघर्ष’का बीचमा उभिदै आएका छन् विगतदेखि नै । कहिले भट्टराई र कहिले वैद्यको कित्तामा उभिदै आएका प्रचण्ड आजसम्म पार्टी नफुटी यहाँसम्म आउनुको श्रेय उनैमाथि नै जान्छ । गत बर्षको पालुङटार बैठकबाट ‘जनविद्रोह’को लाईन समातेर मैदान उत्रिएका प्रचण्ड फेरि पछि ‘तत्काललाई जनविद्रोहलाई स्थगित गरेर शान्ति र संविधानमा अग्रसर हुने’ भन्दै कोल्टो फेरेका थिए । त्यसैबेलादेखि चिडिदै आएको ‘वैद्य पक्ष’ले लगातार पार्टी संस्थापन पक्षको कडा विरोध गर्दै आइरहेको छ । भट्टराई नेतृत्वको सरकारमा पनि वैद्य पक्ष सामेल भएन । साँचो हस्तानतरण, बिप्पा सम्झौता, क्रान्तिकारी भूमिसुधार आदिका विषयमा उसले सडक आन्दोलन पनि राम्रैगरी ततायो ।
‘वैद्य पक्ष’ पार्टीभित्र ‘हार्डलाइनर’का रुपमा स्थापित छ । सँगै ऊ क्रान्तिप्रति सदैव निष्ठावान र अडिग पनि । खास गरी बाबुराम वैद्यको क्रान्तिप्रतिको निष्ठाका कारण भयवित छन् । प्रचण्डको ढुलमुले चरित्रबाट उनी ढुक्क देखिनन् । उता, दाहाल वैद्यको ‘निष्ठाको क्रान्ति’ र भट्टराईको ‘व्यक्तित्व’बाट भयवित छन् । त्यसकै कारण आजसम्म प्रचण्ड दुई नेताका बीचबाट खेल्दै आइरहेका छन् । वैद्य, बाबुरामलाई यथास्थितीवादी ठान्छन् । क्रान्तिप्रतिको उनको अविश्वासकै कारण वैद्य र भट्टराई लामो समयदेखि ‘दुई लाईन संघर्ष’मा विभाजित हुँदै आएका छन् । बेलाबेला ‘तीन लाईन संघर्ष’ जस्तो देखिने माओवादीभित्र अन्र्तवस्तुमा ‘दुई लाईन संघर्ष’ हो । तर, समय र मुद्धाले गर्दा पार्टीलाई तीनवटा धारमा उभ्याउँछ बेलाबेला । यद्यपी, पार्टीभित्र अध्यक्ष दाहालको व्यावहार शैली नै पार्टी अन्र्तसंघर्षको प्रमुख जड हो । लाइन संघर्षकै कारण पार्टी बारम्बार कलहमा फस्दै आउनु दूर्भाग्यपूर्ण छ ।
किन्तु, जारी शान्ति प्रक्रिया उच्च संक्रमणबाट गुज्रिरहेका बेला ‘वैद्य पक्ष’ ले घोषणा गरेको यो आन्दोलनले शान्ति प्रक्रियालाई फेरि पनि अवरोध गर्ने निश्चित छ । सेना समायोजनको मुद्धा सल्टिनसकेको अवस्थामा यो खलबलले अल्झन पैदा गर्नेमा शङ्का छैन् । संविधानसभाको समय सकिन मुस्किलले ७० दिन भन्दा ज्यादा नरहेको अवस्थामा घोषित रुपमा सरकार ढाल्ने खेलमा लाग्नुले परिणामा सुखद् निकाल्ने गुञ्नायस कतै पनि छैन । खास गरी माओवादी पार्टीभित्रको जारी असमझदारीहरु हल नहुने र पार्टी एकढिक्को भएर शान्ति प्रक्रियामा नउभिने हो भने जारी शान्ति प्रक्रिया भङ्ग हुन सक्ने खतरा सामुन्नेमा छ । अहिले बाहिर आएको माओवादी कलहलाई यथाशक्य व्यावस्थापन गरेर पार्टीलाई कम्तिमा पनि जेठ १४ सम्म शान्ति र संविधानका लागि उभ्याउन नेतृत्वले सक्नुपर्दछ । अन्यथा, आजसम्म शान्ति प्रक्रिया निष्कर्षमा नपुग्नु र लम्बिदै जानुको सम्पूर्ण दोष माओवादीको टाउकामा खनिनेछ ।

राजनीतिक रङ्गमा हराएका बेरङ्गहरुलाई दिशाबोध गर्दै गन्तव्य थिएटर – पहिलो लेख

ओमप्रकाश गौतम
देश प्रसव पीडामा गुज्रिरहेको छ । भ्रष्टाचारले सीमा नाघिसकेको छ । सत्ता हत्याउने खेलमा दलहरु कसरत गर्दैछन् । संघीयता विरोधीहरु सडकमा अलप भएका छन् । भाइ–भाइबीच जातीत्वको लडाइमा देशलाई कुरुप बनाइरहेका छन् । संघीयताको वस्तुयथार्थ वहस चलाउन त कहाँ हो कहाँ ? जम्बो नेतागणहरु देशलाई अनिर्णयको बन्दी बनाउँदै विदेश भ्रमणको योजना बनाउन मन्त्रालय धाउँदै छन् । अब हामी सबै नेपालीले तिनै हाम्रा नेताहरुलाई सोधौँ त ? के राजनीति भनेको छेपारोले बाहैं्रमास फेरिरहने रङ्ग हो कि तपाईहरुलाई सर्वसम्पन्न बनाउने रङ्ग रङ्गहरुको खेल खेलाई रहने बेरङ्ग हो ।
हामी चेतनशील जनताले वकालत गर्नै पर्दा रङ्गहरुको झगडा भइरहँदा घाइते मानव मात्र बन्छ । यदी त्यही घाइते मानवको अस्तित्वलाई कुल्चिएर ग्रसित जसले बनाएको हुन्छ । आखिर त्यही रङ्ग–रङ्गहरुको मेलबाट नै सच्चा रुपी प्रेममा आपसी हार्दिकताको भावना अजर र अमर बनिरहन्छ । त्यो सच्चा अनुयायी नै हामी मानव हौँँ । किन कि त्यही मानव आज मानव हुन सकिरहेको छैन । एकले अर्काको अस्तित्वको पहिचान स्वीकार्न सकिरहेको छैन र दिनानुदिन अपहरण, हत्या, आतंकको खैलाबैलाले मानवको रगत चुसिरहेको छ ।
आजका आधुनिक भलाद्मी भनाउँदा हाम्रा नेताहरु रोग, भोक र शोकसँग लड्दै गरेका घाइतेहरुलाई मलम पट्टी लगाउन त परै जाओस् गैर जिम्मेवारीको पराकाष्ठाको दर्जालाई दर्ज गर्दै १७ जना जम्बो सभासद् तथा मन्त्रीहरु गणतन्त्रलाई चुनौति दिँदै विदेश भ्रमण गर्ने चाँजोपाँजो मिलाउदैछन् आज ।
देशमा गणतन्त्रको विजारोपण गर्ने सशस्त्र विद्रोहका सपुतहरुको मर्म र भावनामा घात पछिको प्रतिघात गर्दै आफू रकमी बन्न उद्यत राजनीतिक रङ्गका बहुरङ्गी नेताहरुको सल्बलाहट भइरहेको बेलामा जनचेतनाको संघखोष गर्नका लागि दार्जिजिङ्ग, भोजपुर र इलाम पश्चात पूर्वका सुन्दर नगरी झापा जिल्लाको दमकको रेडक्रस भवन भित्र राजनीतिक व्यङ्ग्ग्यवाणको उद्घोष गरेको छ – गन्तव्य थिएटरको नाटक मञ्चनले । सो नाटक बेरङ्ग रङ्गहरुका परिकल्पनाकार, निर्देशक तथा नाटककार पुर्वेली युवा साहित्यकार प्रकाश आङ्देम्बेले गजलयुक्त काफिया र रदिफबाट शुरुवात गरेका मर्मस्पर्शी  काव्यका सृजनाले हामी दर्शकहरुलाई मर्माहित बनाउन सफल भयो त्यो दिन । जुन दिन सो नाटकका कलाकार किरण पेले गुरुङ्ग, दिलन समाल, काँसी कडेँल, केशव भुजेल, अनिल लिम्बू, ओविद राई, चेतन आङ्थुपो, तुलसा आङ्देम्बे, रुपा लिम्बू, सम्झना ओली लगायतका कलाकारहरुले साँच्चै नै बेजोड तरिकाले नाटकको सफल प्रस्तुति गत महिनाको फागुन २८ गते नाटक प्रस्तुत गरेर हामीलाई दिशाबोध गराएका थिए । यसका लागि हामी दर्शकको तर्पmबाट संयोजक विनोद तिम्सिना, सूर्यकुमार लिम्बू, सन्तोष दुलाल, महेश भण्डारी, विकास बाँस्तोला,  नवीन प्राचीन र रुद्र डाँगी लगायतका अन्य सृजनशील साहित्यकारहरुलाई हाम्रो तर्पmबाट साधुवाद छ ।
किनकि आज देश दुःखेको छ । नेपालको नक्सा क्षत–विक्षत भएको छ । गरीबका आशाहरु तुहिएका छन् । मानवअधिकार विक्षुब्ध अवस्थामा छ । मानव–मानवबीच द्वेष, क्लेसले जरो गाडेको छ । यही बेलामा हराएर हिडिरहेको मानव शरीर सहारा खोज्दा–खोज्दै मरुभूमिमा एक्लो जीवन जिएर बाँच्न बाध्य भइरहेको मानव अब कहिल्यै पनि हिंसामा परेर सधै भरी हराउनु नपरोस् भन्ने भावनाले एक–एक जना व्यक्तिको आर्थिक सहयोगले साहित्यको भण्डार स्थापना गराउनका लागि पूर्वकै साहित्य संगमको थलो दमकमा नै “पढ्ने घर”को स्थापना होस् भन्ने हेतुले आज धेरै पूर्वेली साहित्य स्रष्टा तथा  शुभेच्छुकहरुको आर्थिक सहयोगले पुस्तकालय स्थापनार्थको सहयोगमा नाटक बेरङ्ग रङ्गहरु हामी माझ उदाँउदो तारा बनेर चम्किरहनेछ । गन्तव्य थिएटरको यो साहसिक यात्रालाई हामी कलमजिवीहरुले जीवन रहेसम्म लेखि नै रहनेछौँ । जो इतिहासका पानामा स्वर्ण अक्षरले लेखिनेछ । हुन त यो पंक्तिकारले मेरा आत्मीय मित्र दमक निवासी कलाकार राम बुढाथोकीको संसर्गमा रहेर विगतका दिनहरुमा ५,६ वटा नाटक मञ्चन यही दमकमै अभिनय गरेर देखाएको थियो । त्यसैले म सधैँ भरी साहित्य, कला, संस्कृतिको उत्थान गर्न कहिल्यै पनि पछि नहट्ने भएको हुनाले दमकको भूमि र छिमेकी जिल्लाहरुमा धेरै नै कलाकार र साहित्यकारहरुको जन्म दिनानुदिन बढ्दै गइरहेको हुनाले आगामी सफल दिनहरुमा असफलता–असफलता तिर देशलाई राजनीतिक, सामाजिक, नैतिक, धार्मिक, साँस्कृतिक विचलनतिर धकेलिरहने नेताहरुको मानसपटलाई  शुद्धिकरण गर्दै रङ्गमा हराएका बेरङ्ग मानवहरुलाई चेतना मूलक परिकल्पनाको मूल ढोका उघारेर नौलो बिहानी ल्याउन गन्तव्य थिएटरका कलाकर्मीहरु तथा मेरा आदरणीय साहित्यकार तथा कलाकार श्रष्टा दाई प्रकाश बुढाथोकी र लोकगायक एल.पी. जोशी ज्यूलाई विशेष धन्यवाद दिँदै हराएका धेरै रङ्गहरुलाई हेर्ने हाम्रा दुई आँखामा गौतम वुद्धको उपदेशले रङ्ग भरिदिउन् ।

कहिले सम्म भत्कने ? – सम्पादकीय

नेपाल सरहद भर राजमार्ग, सहायक राजमार्ग, विभिन्न स्तरका सडकहरु, फुटपाथ र सडक किनाराका नाला समेत अतिक्रमण गरेर भौतिक निर्माण कार्य गर्ने, पसल फिजाँउने र अन्य विभिन्न कारणले अतिक्रमण गर्ने कार्य दिनप्रतिदिन बढ्दै गएको छ । मूलतः दश वर्षे द्वन्द्वका समयमा सुरक्षा संवेदनसिलतालाई ध्यानमा राखेर राजमार्गहरुमा सुरक्षा–चेकजाँचका लागि सेना र प्रहरीले विभिन्न स्थानहरुमा ढाट राखेको थियो । तर, लोकतन्त्र प्राप्तिपछिका दिनमा भने राज्यले राजमार्गका कुनै पनि खण्डमा ढाट राख्न नपाइने व्यवस्था लागू गरिसकेको छ । राजमार्गमा यातायात आवगमन सहज पार्न र अप्रत्यासित किसिमले बढ्दै गएका चक्काजाम लगायतका घटनालाई निरुत्साहित पार्न राजमार्ग विशेष छुट्टै ऐन समेत बनेको छ । त्यस्तै, सडक र बाटोघाटो सार्वजनिक सम्पत्ति हुन् । सबैका लागि र सधैंका लागि साझा र निर्वाद हिँडडुलका लागि खुल्ला रहनु पर्दछ सडक भन्ने आममान्यता त छँदैछ, सँगै सडक लगायत सबै सार्वजनिक भौतिक सम्पत्तिहरुको रक्षा गर्ने दायित्व पनि सबैको हुने भनिएको छ । तर अपवाद बाहेक व्यवहारमा यस्तो भएको देखिँदैन । तथापि स्थिति हेर्दा भने ‘कागलाई बेल पाक्यो, हर्ष न विस्मात’ कै अवस्था छ भन्दा फरक पर्दैन । राजधानीकै कुरा गर्ने हो भने पनि फुटपाथ पसले र फुटपाथमा मोटरर्साकल चलाउनेहरु माथि उपत्यका ट्राफिक प्रहरीले केही महिना अघि कडाईका साथ कार्बाही समेत थालेको थियो । तर राजनिितक र अन्य विभिन्न कारणले सो अभियान लामो समय अघि जान सकेन ।
वर्तमान अवस्थामा पनि स्थिति उस्तै छ । बढ्दो शहर–बजारका सडक दिनानुदिन साँघुरिदै गएका छन् भने सवारी साधनको चाप थेगिनसक्नु छ । राजमार्गले चर्चेको जमिनमा सडक बन्नु र यातायात गुड्नु पर्ने हो, तर त्यसो हुन सकेको छैन । कालोपत्रे सडक बाहेकका ठाउँमा अनाधिकृत ढङ्गले पसल र व्यवसाय सञ्चालन भएका छन् भने सडकमै घर तथा अन्य निर्माण सामग्री थन्क्याउने देखि विभन्न प्रयोजनका लागि सडक खन्ने जस्ता गतिविधि तीव्र बन्दै जाँदा सवारी दूर्घटनाको जोखिम त बढेकै छ सँगै लाखौं रकम खर्चिएर निर्माण गरिएका सडक पूर्वाधार भत्किएका छन्, क्षतविक्षत बनेका छन् । तर, यस्ता क्रियाकलापहरु दिनप्रतिदिन बढिरहँदा समेत राज्य र मातहतका निकायहरु भने देखे–नदेखे झैं गरिरहेका छन् । सडक बनाउन पेट काटेर लगानी गर्ने उपभोक्ताहरुको लगानी माथि विभिन्न बहानामा यसरी नै ताण्डव्य मच्चिरहने हो भने थुप्रै स्थानहरुमा सडक बनाउने उपभोक्ता र सडक भत्काउने पक्षबीच झडपको स्थिति सृजना हुन सक्ने खतरा टाढा देखिँदैन ।
झापाको दमकमा हालसालै मोबाइल फोन सेवा प्रदायक कम्पनी एनसेलले दमकस्थित दमक–बेलडाँगी सडक खण्डको करिव १ किलोमिटर कालोपत्रे सडक धमाधम खन्ने र भत्काउने काम गरिरहेको छ तर भत्काएको संरचना पुनर्निमाण गर्ने कुनै गुञ्जायस देखिँदैन । उपभोक्ताले लाखौं रकम संकलन गरेर नगरपालिकासँगको साझेदारीमा निर्माण गरेको सडकमा जथाभावी किसिमले खन्ने र भत्काउने कार्यले यातायात आवगमनमा समस्या उत्पन्न भए सँगै भौतिक संरचना ढुट्टिएको छ । केही दिन यता यो गतिविधि दमक क्षेत्रका लागि रमिता मात्रै बन्दै गएको छ । शहर र सडकसँग सरोकार राख्ने केही उपभोक्ता र स्थानयिले यस गतिविधिका विरुद्ध बोल्ने प्रयत्न त गरे तर राज्य मातहतका निकायहरुले यसलाई बेवास्था गरेका कारण समस्याको निकास भने प्राप्त भइसकेको देखिँदैन । प्रमुख दलका नगरस्थित प्रतिनिधिहरुले आफूहरुसँगको परामर्श बिनै सडक संरचना भत्काइएको प्रति विरोध जनाएका छन् । तर, साँच्चै सडकलाई माया नै गर्ने र लाखौं रुपैयाँ खर्चेको संरचना जोगाउने हो भने अब कुनामा बसेर विरोध मात्रै गर्ने वा काम रोकन निर्देशन दिने तर काम रोकिएको छ÷छैन सो बारे अनुगमन नगर्ने हो भने त्यो जिम्मेवारी प्रतिको उच्चतम लापर्वाही बाहेक अरु हुने छैन ? जनतालाई विकास, सेवा, सुविधा र आधुनिकता चाहिएको छ । तर सुविधा वा विकासकै नाममा भइरहेका लादौं मूल्यका पूर्वाधार नष्ट गरिनु किमार्थ सही होइन । तसर्थ, यस्ता विभिन्न बहानामा विना उचित विकल्प सडक वा जुनसुकै भौतिक संरचना भत्कने कार्यलाई निरुत्साहित गर्न जरुरी देखिन्छ ।