हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्वि

दमकमा घर बनिने क्रम घट्यो

पिपुल्स टाइम्स समाचार
दमक/झापाको दमक नगरपालिकामा घर बनिने क्रम घटेको छ । अघिल्लो बर्षको तुलनामा गएको बर्ष दमक नगरमा घर बनिने क्रम केहि घटेको हो । दमक नगरपालिका घर नक्सा पास उपशाखाका अनुसार आर्थिक बर्ष २०७०÷७१ सालको अवधिमा ७७ ओटा घर नक्सा पासमा कमी आएको छ । सो वर्ष नक्सा पास भएका पक्की घर संख्या ४ सय २९ ओटा, पक्की टिनको छानो १४ गरि जम्मा ४ सय ४३ ओटा घर नक्सा पास भएका छन् । अघिल्लो वर्षमा  घर नक्सा पास भएका पक्की घर संख्या ५ सय २०, पक्की टिनको छानो भएका २६ गरि ४ सय ९४ ओटा नक्सा पास भएका थिए ।
उपशाखाका प्रमुख मोहन ओलीका अनुसार आर्थिक बर्ष २०७०÷७१ मा निर्माण इजाजत भएका पक्की घर संख्या ५ सय १३, टिनको छानो ३ गरि जम्मा इजाजत लिनेको संख्या ५ सय १६ पुगेको छ । यो इजाजत संख्या गएको बर्षको भन्दा बढी हो । आर्थिक बर्ष २०६९÷७० मा घर बनाउन
इजाजत लिनेको संख्या ४ सय ७५ रहेको थियो । यस्तै गएको बर्षमा जम्मा नक्सा दर्ता भएको संख्या भने बृद्धि भएको छ । सो वर्ष ५ सय ७३ ओटा घर बनाउन, थप्न इजाजत लिएका उपशाखाका प्रमुख ओलीले जानकारी दिए । आव २०६९÷७० मा भने जम्मा घर इजाजत लिनेको संख्या ५ सय २२ थियो ।

                          दमक–१० मा घर बनिने उच्च
दमक–१० वडा नम्बर सवैभन्दा बढी घर बनिने क्षेत्र हो । गएको बर्षमा समेत ती वडामा सवैभन्दा बढी घर बनिने अवस्था बनेको हो । त्यस्तै दमक–१७ र १९ वडा गरि दुई वडामा दुई बर्ष देखि नयाँ पक्की घर बनिएका छैनन् ।
नगरपालिकाको घरनक्सा पास उपशाखाका अनु्सार गएको आर्थिक बर्ष २०७०÷७१ अवधिमा दमक–१० मा एक सय ३९ ओटा नयाँ घर थपिएका छन् । अघिल्लो वर्षमा समेत दमक–१० मै एक सय १० ओटा घर बनिएका थिए । दमक–१० सहित दमक–११, १२, १३, १४, १५ र १६ वडाहरु शहरीकरणको सूचिमा मानिन्छन् । ती वडाहरुमा बर्षेनी घर थपिने क्रम रहेको उपशाखा प्रमुख ओलीले जानकारी दिए । दमकमा पहाड तथा ग्रामीण क्षेत्रहरुबाट बसाईसराई गरि आउने क्रम बढेको ओली बताउँछन् । ओली भन्छन्–‘दमक उपयुक्त भौगोलिक तथा मिश्रीत समुदायको बसोवास भएकाले यो ठाउँमा बर्षेनी घर धमाधम थपिँदै छन् ।’
दमक–१० सँगै वडा नम्बर १ मा ५२, ११ वडामा ३८ ओटा, वडा नम्बर १२ मा ३२, वडा नम्बर १३ मा ४५, वडा नम्बर १४ मा ३२, वडा नम्बर १५ मा ३०, वडा नम्बर १५ मा १०, वडा नम्बर २ मा १८, वडा नम्बर ३ मा ७, वडा नम्बर ४, ५, ७ मा दुई÷दुई, वडा नम्बर ८ मा ४ र वडा नम्बर ९ मा २५ र वडा नम्बर १८ मा एक ओटा घर थपिएका छन् ।

                      दमकमा करको दर बढ्यो
दमक ÷ दमक नगरपालिकाले यसै आर्थिक वर्षवाट नक्सापास वापत लिँदैआएको दस्तुरमा बृद्धि गरेकोे छ । नगरपालिकाले आर्थिक वर्ष ७१÷७२ वाट लागु हुने गरी घरनिर्माणका लागी नक्शा पास इजाजत दस्तुरमा बृद्धि गरेको हो ।
नगरपालिकाले नक्शा पास इजाजत दस्तुरका लागी शहरी क्षेत्र र ग्रामीणक्षेत्र गरी दुई श्रेणीमा विभाजन गरेको थियो ।
जस अन्र्तगत शहरी क्षेत्रकालागी पक्की घरका लागी लिइँदै आएको सिफारिस दस्तुरको प्रति स्क्वाएर फुटमा ५ रुपैयाँमा २ रुपैयाँ बढाएर ७ रुपैयाँ बनाएको छ ।
त्यसैगरी ग्रामीण क्षेत्रका लागी ३ रुपैयाँ मा १ रुपैयाँ बढाएर ४ रुपैयाँ प्रति स्क्वाएर फुट बनाईएकोे दमक नगरपालिका घर नक्शा उपशाखाका प्रमुख मोहन प्रसाद ओलीले जानकारी दिए ।
नगरपालिकाले नगर क्षेत्र भित्र निर्माण हुने अन्य प्रकृतिका घर तथा वालकम्पाउण्ड हरुको सिफारिस दस्तुरमा समेत बृद्धि गरेको छ ।

चुरा लगाइदिँदा दुर्व्यवहार गर्ने व्यापारी पक्राउ

दमक/एक बालिकालाई चुरा लाइदिने क्रममा दुब्र्यबहार गरेको आरोपमा एक ब्यापारीलाई  प्रहरीले पक्राउ गरी म्याद थप गरेको छ ।
इलाका प्रहरी कार्यालय दमकका अनुसार दमक ५ बेलडाँगीमा  चुरा पसल गरेर बस्ने सुनसरी बबिया ५ का मोहम्मद जियाउल हकलाई  प्रहरीले पक्रेर अनुसन्धान गरिरहेको हो । प्रहरीका अनुसार आइतवार हरियो चुरा लगाउन आएकी भुटानी शरणार्थी शिबिर बेलडाँगीकी एक बालिकालाई चुरा लाउँदा लाउँदै उत्तेजनामा आएका हकले पसलको भित्र लगेर चुरा लगाइ दिने बहानामा शरिरका  संम्वेदनशील अंग चलाएको  पिडित पक्षको आरोप छ ।  
बालिकाले  छाती दुखेको कुरा सुनाए पछि आमाले सोधखोज गर्दा चुरा पसेलेले दुब्र्यबहार गरेको घटना खुलासा भएको थियो । पिडितको जाहेरीको आधारमा गत आइतवार पक्राउ गरिएको हकलाई हिजो जिल्ला अदालत झापाले जबरजस्ती करणी उद्योगको मुद्धामा पाँच दिनलाई म्याद थपेको छ । उनलाई  इप्रका दमकको हिरासतमा राखेर अनुसन्धान भइरहेको  प्रहरी नायव उपरीक्षक रवि पौडेलले बताए ।
शिविर ब्यवस्थापन समितीले पिडकलाई हदैसम्म कारबाही गर्न प्रहरीलाई माग गरेको छ । यता इप्रका दमकका प्रहरी नायब उपरीक्षक  पौडेलले साउनको महिनामा पतिको दिर्घायू र आफूले चाहेजस्तो वर माग्दै हरिया चुरा र मेहन्दी लगाउने महिलाहरुले आफू दुब्र्यबहारको शिकार होइने कुराबाट  सजग रहन आग्रह  गरेका छन् ।   
उनले भने ‘कसैले दुब्यबहारको महसुष गरे प्रहरीलाई खबर गर्नुस् ।’

क्याम्पसमा रक्तदान सम्पन्न रक्तदान

दमक/झापाको दमक बहुमुखी क्याम्पसमा सोमवार  रक्तदान सम्पन्न भएको छ ।  क्याम्पसको आयोजनामा रक्तदान सम्पन्न भएको थियो ।
पूर्वमा रगतको आपुर्ति गर्नका लागी रक्तदान गरिएको हो । रक्तदानमा ४ महिला सहित २७ जनाले रगतदान गरेका थिए । दमक रेडक्रसको प्राविधिक सहयोगमा रक्तदान सम्पन्न भएको हो ।

परिषदलाई समितिले वार्तामा बोलायो

दमक/पूर्वका ९ जिल्लालाई लिम्वुवान राज्य घोषणाको माग गर्दैआएको मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदलाई संविधानसभाको संवैधानिक–राजनैतिक संवाद तथा सहमति समितिले वार्ताको लागि पत्राचार गरेको छ ।
समितिले सोमबार परिषदलाई एक पत्र लेखी यही साउन ११ गते इलाममा वार्तामा बस्न पत्रचार आमन्त्रण गरेको छ । संविधानसभा भन्दा बाहिर रहेका ३३ दलीय राजनैतिक दल मध्येको एक परिषदले संविधान सभाको दोश्रो चुनाव बहिस्कार गरेको थियो ।
समितिका संयोजक आनन्द प्रसाद ढुंगानाद्वारा हस्ताक्षरित सो पत्रका बारेमा केही दिनभित्रै दमकमा केन्द्रीय समितिको आकस्मिक बैठक बसी सो वार्तामा लगिने एजेण्डाको बारेमा छलफल गरिने परिषदका केन्द्रीय अध्यक्ष कुमार लिङ्देन मिराकले जानकारी गराएका छन् ।

विवाद मिलाई न्याय दिन आग्रह

दमक/ झापा दमक–१७ स्थित सापमाराका स्थानीय ८ घरका बासिन्दाहरुले जग्गा बिवादका कारण आफुहरु समस्यामा परेको बताएका छन् ।
२०२७ सालमा दलबहादुर थापा मगर र लोकथान भट्टराई बिच किनबेच भएको जग्गा पछी मुद्दा लगाई अप्ठ्यारोमा पारिएको उनीहरुले बताएका छन् । सोमवार  झापाको दमकमा पत्रकार सम्मेलन गर्दै भट्टराईले ८ जनालाई जग्गा बेचेको तर जग्गाको कारोबार समेत भइरहेको उनीहरुले बताए ।
अंशियार बिच झगडा भई मिलापत्र समेत भइसकेको र मगरले सो जग्गा बिक्री गरेका थिए । तर अर्को पक्षले अदालतमा मुद्दा दिएको र जग्गा समेत रोक्का नभएको स्थितीमा एक पक्षीय रुपमा मुद्दा फैसला भएको उनीहरुको जिकिर थियो । दुइ पक्ष बिच मिलापत्र भएपछी जिल्ला भुमि प्रशासन कार्यालयमा सो  पत्र बुझाउनुपर्ने भएपनि तीर्थ थापा र भट्टराईले सो पत्र नबुझाएका कारण समस्यामा परेको जग्गा धनी देवी प्रसाद अधिकारीले बताए ।
उनीहरुले अदालतको मुद्दा फिर्ता लिने कागज समेत रहेको मुद्दा पुनरावलोकनका लागी अदालत समेत जाने तयारी भएको जानकारी दिए । जग्गा बिवाद बढी रहदाँ दुई पक्ष बीच गत असार १९ गते दमक १७ सापमारामा झडप समेत भएको थियो । जग्गा विवादका कारण समस्या बढेको र न्याय दिलाइदिन स्थानिय जग्गा धनी तिलकबहादुर थापाले  आग्रह गरे । टोलवासीहरुको जीउज्यानको सुरक्षा र शान्ति कायम  गरी दिन  जग्गा धनीहरुको आग्रह छ ।  दमक–७ का रमेश गिरी र तिर्थ पाण्डेले  सापमारा टोलको ५ बिगाहा १४ कठ्ठा जग्गा आफुहरुको नम्वरी जग्गा भएको भन्दै हट्न माग गर्दै धाक धम्की दिने गरेको पिडित जग्गाधनीहरुको आरोप छ ।

नौ हजार राहदानी सिफारिस

दमक/इलाका प्रशासन कार्यालय दमकले आर्थिक बर्ष २०७०/७१ मा झण्डै ९ हजार राहदानीको सिफारिस गरेको छ ।
जिल्ला प्रशासन कार्यालय मार्फत प्रकृया अघि बढ्ने भए पनि यस क्षेत्रमा इलाका प्रशासन कार्यालय दमकले राहदानीको सिफारिस गर्दै आएको छ । सो अवधिमा ८ हजार ९ सय ६६ वटा मेसिन रिडएबल पासर्पोट सिफारिस गरिएको प्रमुख बासु प्रसाद कोइरालाले जानकारी दिए ।
बैदेशिक रोजगारमा जानेहरुको संख्याँ बढे सँगै सिफारिस गर्ने बढेका छन् । सँगै हस्तलिखित राहदानीको अब मान्यता सकिन लागेको कारण संख्या बढेको उनले बताए ।
अघिल्लो आर्थिक बर्षमा ५ हजार २ सय ६८ जनाले राहदानीका लागी सिफारिस लिएका थिए ।

धनेश्वर सहकारीको बार्षिकोत्सव

दमक/झापाको दमक–१० स्थित धनेश्वर बचत तथा ऋण सहकारी संस्थाको सोमबार पाचौँ बार्षिकोत्सव सम्पन्न भएको छ । संस्थाको कार्यालयमा सम्पन्न बार्षिकोत्सव कार्यक्रममा सहभागीहरुले सहकारी फष्टाउन सके यसबाट आर्थिक रुपान्तरण गर्न सकिने जोड दिए ।
सो कार्यक्रममा संस्थाको सल्लाहकार समितिका संयोजक उपमणी प्रसाई, संस्थाका उपाध्यक्ष लक्ष्मी प्रसाद उप्रेति लगायतले सहकारी शिक्षाको महत्वका बारे चर्चा गरेका थिए । सोही अवसरमा संस्थाका ब्यवस्थापक विनोद न्यौपानेले संस्थाको हालसम्मको आर्थिक कारोवार प्रस्तुत गरेका थिए । बार्षिकोत्सव संस्थाका अध्यक्ष जगत बहादुर बोहोराको अध्यक्षतामा भएको थियो ।

सुरुङ्गामा विश्व कलायात्री नगेन

सुरुङ्गा/शान्ति, पर्यटन र कलाको प्रवद्र्धन गर्ने उद्देश्यका साथ विश्व कला यात्रामा जुटेका नगेन सिंह आफ्नो कला यात्राको क्रममा झापा कनकाई नगरपालिकास्थित सुरुङ्गा आइपुगेका छन् । स्वदेश तथा विदेशकाका आम नेपाली जनमानसहरुमा आफ्नो मौलिक कलाको पहिचान गराउँदै यसको विकास र प्रवद्र्धन गर्ने उद्देश्यले उनी विश्व कला यात्रामा निस्किएका हुन् ।
ललितकला क्याम्पस काठमाडौँबाट चित्रकलामा स्नातकोत्तर गरेका लेखनाथ नगरपालिका १२ कास्कीका ३५ वर्षीय सिंहले गत असार १६ गते पूर्वको तीर्थस्थल ताप्लेजुङको पाथिभराबाट आफ्नो कला यात्राको आरम्भ गरेका हुन् । ताप्लेजुङका विभिन्न धार्मिक एवं पर्यटकीय स्थलहरु, पाँचथरको गढीमाई मन्दिर, पर्यटकीय स्थल स्वीजरल्याण्ड, इलामको नारायणथान मन्दिर, भ्यू टावर लगायतका स्थानमा आफ्नो कला प्रस्तुत गर्दै उनी झापासम्म आइ पुगेका हुन् । उनले झापाका प्रमुख पर्यटकीय स्थलहरु जामुनखाडी सिमसार, दोमुखा, कनकाई धाम कोटीहोम, धनुषकोटी धाम, अर्जुनधारा जलेश्वर धाम लगायतका स्थलमा भ्रमण गरी ती क्षेत्रको प्रत्यक्ष रुपमा चित्र समेत बनाएका छन् ।
झापापछि पूर्वी जिल्लाहरु सुनसरी, मोरङ हुँदै देशका ७५ वटै जिल्लाको धार्मिक एवम् पर्यटकीय क्षेत्रहरुको चित्र क्यान्भासमा उतार्ने उनको लक्ष्य छ । आगामी चैत्र २२ गते दार्चुलाको खलङ्गामा पुगेर नेपाल यात्रा टुंग्याउने उनी बताउँछन् । त्यसलगत्तै नेपालको कलासम्बन्धी पुस्तक प्रकाशन गरी सोही पुस्तक बोकेर विश्व समुदाय माझ नेपाली कला पहिचानलाई लग्ने विश्व कला यात्री सिंहले बताए ।

बोलबम मेलामा २० हजारद्वारा जलार्पण

धरान/प्रत्येक वर्ष साउनमा धरानस्थित पिण्डेश्वर मन्दिरमा लाग्ने बोलबम मेलामा यस वर्ष साउनको पहिलो सोमबार करिब २० हजार भक्तजनले जल चढाएका छन् ।
सुनसरीको चतरा स्थित सप्तकोशीबाट जल बोकेर पैदल ल्याई पिण्डेश्वरमा चढाउने परम्परा छ । साउनमा भारत बिहारको देवघरस्थित बैद्यनाथ मन्दिरमा मात्र बोलबम मेला जाने परम्पराको अन्त्य गर्दै ०४२ सालदेखि पिण्डेश्वरमा जल चढाउन बोलबम मेलाको शुरुवात गरिएको हो ।
यद्यपि कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौला भने यसैसाता धरानको पिण्डेश्वरको साटो तीर्थब्रतका लागि    स–परिवार विहारको देवघर पुगेका छन् । तर, नेपालीहरु भने स्वदेशमै बोलबम मेलामा सहभागी हुने क्रम बढेको छ ।
अहिले नेपालमा मुख्य शिवालयमा बोलबम मेला लाग्ने गरिए पनि सर्वप्रथम पिण्डेश्वरबाट बोलबम मेलाको शुरुवात गरिएको थियो । गेरुवस्त्र लगाई सप्तकोशीको पवित्र जल बोकेर खाली खुट्टा पैदल आएर जल चढाउने गरिन्छ ।
साउन शिवजीको प्रिय महिना भएकाले यो महिनाभरि शिवालयहरुमा शिवभक्तहरुको घुइँचो लाग्ने गर्दछ । सोमबार शिवको बार भएकाले पनि साउनको सोमबार शिवालयमा मेला लाग्ने गरेको हो । यस्तो मेला धरान लगायत श्रीपशुतिनाथ काठमाडौं, हलेसी महादेव खोटाङ, मधुगंगा सिन्धुली र चितवनको देवघाटमा लाग्ने गर्दछ ।
साउनको सोमबार ब्रत बस्दै शिवजीलाई जल चढाए राम्रो श्रीमान पाइने, श्रीमानसहित परिवारमा सुख समृद्धि हुने र मनोकामना पूरा हुने विश्वास गरिन्छ । धरानको पिण्डेश्वर अमृतको अंशवाट स्थापित भएकोले पनि यहाँ पवित्र जल चढाउँदा अमृतको प्रभाव पाइने स्कन्ध पुराणमा उल्लेख भएको बताइन्छ । यस वर्षको पहिलो सोमबार बोलबम भक्तजनलाई उछिन्दै स्थानीय भक्तजनको भीड बढेको थियो ।

ज्येष्ठहरु बीच भजन किर्तन

दमक/झापा दमकको ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठानको दिवा सेवा प्रभावकारी बन्दै गएको छ । प्रतिष्ठानमा रहेको दिवा सेवामा वृद्धवृद्धाहरु बिच अन्तर्कृया हुने गरेको छ । त्यस्तै दैनिक रुपमा सत्सङग, भजन किर्तन, सांङ्गीतिक कार्यक्रम हुने गरेको छ ।
प्रतिष्ठानका अध्यक्ष सिताराम खतिवडाले प्रतिष्ठानका दैनिक रुपमा हुने कार्यक्रम प्रभावकारी हुँदै गएको बताए । प्रतिष्ठानमा आइतबार मनोबिमर्श, सोमबार सत्संग, शनिबार भजन किर्तन, निशुल्क स्वास्थ्य परिक्षण गरिने गरिएको छ ।
प्रतिष्ठानले वृद्धवृद्धा बिचको अन्तर्कृया समेत गर्ने गरेको छ । प्रतिष्ठानले सन्ध्याकालिन सेवा शुरु गरेपछी उनीहरुलाई समय कटाउन सजिलो भएको हो ।

विराटनगर चक्रपथ निर्माणमा पाँच करोड रकम फ्रिज

उर्लाबारी/टेन्डर प्रक्रियामा ढिलाइ एवम् क्रसर उद्योगको आन्दोलनले गर्दा विराटनगर चक्रपथ निर्माणको लागि छुट्याइएको रु पाँच करोड रकम फ्रिज भएको छ ।
विभिन्न विवाद तथा टेन्डर प्रक्रियामा भएको ढिलाइले लखन्तरी देखि झोराहाट सम्मको चक्रपथ ट्रयाक खोल्ने र कटहरीदेखि झोराहाट सम्म सडकको स्तरउन्नति गर्ने काम सम्पन्न हुन नसकी उक्त रकम फ्रिज भएको हो ।
आर्थिक वर्ष २०७०÷७१ मा लखन्तरीदेखि झोराहाट सम्मको ट्रयाक खोल्नुपर्ने र कटहरी देखि झोराहाट सम्मको स्तरउन्नति गर्नु पर्नेमा फागुनमा मात्रै टेन्डर भएकाले निर्माण सम्पन्न हुन नसकी सो रकम फ्रिज भएकोे हो ।
ट्रयाक खोल्ने काम ७० देखि ७५ प्रतिशत सम्म सम्पन्न भए पनि झोराहाट क्षेत्रमा भने स्थानीय बासिन्दाको विवादका कारण काम सम्पन्न हुन नसकेको शहरी विकास तथा भवन निर्माण विभागले मोरङले जनाएको छ ।
झोराहाट क्षेत्रको विवाद अहिले साम्य भए पनि कटहरी देखि झोराहाट सम्मको स्तरउन्नति गर्ने कार्य वर्षाको मौसम सकिए पछि मात्र सुरु गर्ने विभागले जनाएको छ ।
बयालीस किलोमिटर चक्रपथ     (रिङरोड)को लम्बाइमध्ये साढे ४१ किलोमिटरको ट्रयाक खोलिसकेको र अब झोराहाटमा मात्रै आधा किलोमिटरको ट्रयाक खोल्न बाँकी रहेको छ ।
आर्थिक वर्ष ७०÷७१ मै ट्रयाक खोल्ने कार्य सम्पन्न हुनुपर्नेमा झोराहाटको विवादले गर्दा पूरा हुन नसकेको विभागले जनाएको छ । ट्रयाक खोल्न रु छ करोडको बजेट छुट्याइएकोमा रु एक करोडको मात्रै काम भएको रु पाँच करोड बजेट फ्रिज भएको विभागका प्रमुख रोशन श्रेष्ठले बताएका छन् ।
चक्रपथको बाँकी रहेको ट्रयाक खोल्नका लागि रु ६८ लाख र सडक स्तरउन्नतिका लागि एक करोड १२ लाखमा सम्झौता भएको थियो । सम्झौतामा असार २५ गतेसम्ममा काम सम्पन्न गरिसक्नुपर्ने उल्लेख गरिएको भएपनि त्यो भने हुन सकेन ।
सभासद् अमृत अर्यालले निर्माणाधीन अवस्थामा रहेको चक्रपथमा भएको ढिलाइतर्फ आफ्नो ध्यानाकर्षण भएको बताउँदै यसलाई समयमा सम्पन्न गर्न सम्बन्धित निकायमा दबाब दिने बताए ।
विभागले मुख्य काम भनेकै ठेक्का लगाउने काम भएकाले त्यो काम पूरा भइसकेकाले निर्माणको काम अब भने तदरुकताका साथ अगाडि बढ्ने र आउँदो असोज सम्ममा सम्पन्न हुने जनाएको छ ।
अबको एकदेखि डेढ वर्षको अवधि सम्ममा चक्रपथ ग्राभेल बनिसक्ने विभागको भनाइ रहेको छ । विसं २०६४ देखि शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयले विराटनगर चक्रपथ निर्माणको जिम्मा लिएको हो ।

हेवन्ली पाथको युवामा नयाँ नेतृत्व

दमक/हेवन्ली पाथ युवा संघ नेपालको झापा जिल्ला शाखाको नयाँ नेतृत्व चयन भएको छ ।
सोमबार सम्पन्न संघको तेश्रो जिल्ला अधिवेशन तथा नवौ वार्षिक साधारणसभाले पेवा छेवाङ तामाङको अध्यक्षतामा नयाँ समिति चयन भएको हो । गठित समितिको प्रथम उपाध्यक्षमा राजन राई, द्वितीय उपाध्यक्षमा मन्दिप राई, सचिवमा खड्ग राई, सहसचिवमा मदनकुमार राई, कोषाध्यक्षमा सम्झना राई र सह–कोषाध्यक्षमा नानीकाजी राई चुनिएका छन् ।
हेवन्ली पाथ युवा संघ नेपालको झापा जिल्ला शाखाको नयाँ नेतृत्व
यसैगरि सदस्यहरूमा सञ्जीता राई, दिपा राई, राज राई र पबित्रा राई रहेका छन् । सोही अधिबेशनले पञ्च बहादुर राई, जैकुमारी राई, रामप्रसाद चाम्लिङ र रमा श्रेष्ठ रहेको एक सल्लाहकार समिति समेत गठन गरिएको छ । अधिवेशन संघका केन्द्रीय सदस्य सुसाङ राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

स्मारिकाको ताला खुल्यो

लखनपुर/सम्झौता अनुसार बिद्यालयलाई रकम उपलब्ध गराएपछि लखनपुर–१ स्थित स्मारिका सामुदायिक अंग्रेजी स्कुलमा लगाएको ताला खुलेको छ ।
गएको वर्षदेखि विद्यालय सञ्चालन गर्न भाडा वापत वार्षिक ३ लाख ५० हजार रुपैयाँ दिने सम्झौता कार्यान्वयन भएपछि आईतबार नै विद्यालयको ताला खुलाईएको हो । गत शनिबार विद्यालयको साधारणसभामा नै सञ्चालकहरूको एक समूहले विद्यालय प्रशासन कक्षमा ताला लगाएका थिए । सम्झौता अनुसार रकम नपाएको गुनासो गदै तालाबन्दी गरेको भोलिपल्ट नै विद्यालयका अध्यक्ष लगायतका नेतृत्वहरूले समिति समक्ष रकम उपलब्ध गराएका थिए ।

आन्तरिक कम्युनिष्ट एकता र एमाले

ओमप्रकाश गौतम
 अन्ततः एमालेको असार १९ गतेबाट शुरू भएको नवौं महाधिवेशन लगभग बाह्रौं दिन पश्चात बल्ल सकिएको छ । अनपेक्षित रुपमा लम्बिएको एमालेको आधा महिना लामो महाधिवेशनबाट चुनिएको नयाँ केन्द्रीय नेतृत्वको चयन आज नयाँ अनुहार र पुराना उही अनुहारहरू परिवर्तित भएर आएको छ । एक अर्थमा भन्नुपर्दा एमालेको यो महाधिवेशन सही रुपमा विश्लेषण गर्दा आरोह–अवरोहबीच नयाँ विचार र धारणाहरूबीचबाट चुनिएर आएको छ । समष्टिगत रुपमा अन्वेषण गर्नुपर्दा नेपालमा भएका राजनीतिक दलहरूको तुलनामा आन्तरिक लोकतन्त्र मजबुत भएको पार्टी भनेर चिनिएको पार्टी भनेको नै एमाले पार्टी नै हो, किन कि हाम्रो देश नेपालमा प्रजातन्त्र प्राप्तिको आन्दोलनदेखि आजसम्मको राजनीतिक परिवेशसम्म आइपुग्दा तत्कालीन राजा–रजौटाहरूको एकलौटी शासन सत्तादेखि नेकपा माओवादीको दश वर्षे सशस्त्र द्वन्द्वको अवस्थालाई शान्ति प्रक्रियामा ल्याएर जनयुद्धलाइ विराम गराएर छोड्ने पार्टी भनेको एमाले नै हो । त्यो बेला देशको शासन सत्ता सही दिशामा थिएन, पार्टी–पार्टीबीच गुटबन्दी तलदेखि माथिसम्म सतही रुपमा चुलिएर गएको थिएन, यसको असर कम्युनिष्ट पार्टीभित्र परेको थियो र पछि एमालेबाट अलग्गिएर धेरै साना–साना पार्टीमा रुपान्तरण हुन पुग्यो । दुर्भाग्यवश त्यो बेला कम्युनिष्टबीच एकता हुन नसकिरहेको बेला नै एमालेको वैचारिक शक्तिमा क्षयीकरण भयो । ‘कम्युनिष्ट जुट्न जान्दैनन्, फुट्न मात्रै जान्दछन्’ भन्ने सिद्धान्तको चरितार्थ प्रमाणित नेपालमा भएका साना या ठूला पार्टीहरूले जनतालाई देखाइदिएको इतिहास तरोताजा छ । यसैको पाठ सिकेर आज एमालेले उसको नवौं महाधिवेशन काठमाडौंमा सम्पन्न गरिसकेर लोकतान्त्रिक गणतन्त्रमा रुपान्तरित हुन पुगेको छ, किन कि सत्ता, शक्तिको चङ्गुलमा फँसेर क्रान्ति र विद्रोहलाई निस्तेज बनाउनु हुँदैन भनेर उसले आज चुनावी प्रक्रियाद्वारा सबैभन्दा ठूलो १४ र केन्द्रीय कमिटी सदस्य मतदान प्रक्रियाद्वारा चुन्न अरु दललाई पाठ सिकाइदिएको छ । हुन सक्छ, जनवादलाई रुपान्तरण गर्ने सवालमा पार्टीभित्र गुटबन्दी त अवश्य नै हुन्छ, त्यो नै नेका, एनेकपा माओवादी, नेकपा–माओवादी, राप्रपा लगायत अन्य साना–साना दलभित्र पदको खिचातानी नभएको त होइन, तापनि लोकतान्त्रिक मूल्य र मान्यतालाई अक्षरस पालना गर्दै जनवादी गणतन्त्रमा लामबद्ध भएर जनताको जनसंविधान लेख्न सबै दल हातेमालो गरेर अघि बढ््नुपर्दछ भन्ने जनदिशालाई उसले आगामी दिनमा सच्चिएर जान सक्नुपर्दछ । कोहो प्रधान शत्रु र वर्गीय शत्रु ? भनेर उसले चिन्न सक्नुपर्दछ, तर विरोधको कसीमा राखेर षड्यन्त्रको खेल खेल्न भने पटक्कै गर्नु हुँदैन । आज लोकतान्त्रिक विधि र प्रक्रियालाई शिरोधार्य गरेर राजनीतिको मैदानमा अध्यक्ष पदमा पार्टीका वरिष्ठ नेता माकुने र संसदीय दलका नेता केपी शर्मा ओलीबीच प्रतिस्पर्धात्मक रुपमा निर्वाचन प्रक्रियामा उत्रिएर निकै संशयबीच ओली अध्यक्ष पदमा निर्वाचित भएका छन् । उनको यो विजयको उत्सवमा उनका अघिपछि लामबद्ध कार्यकर्ताहरूको झुण्डका निम्ति त हर्ष बढाईको सुनौलो अवसर होला, तर जनताका निम्ति भने यो त्रासदी हो । लोकतान्त्रिक गणतन्त्रको जति रटान दिएपनि उनकै छत्रछायाँमा फस्टाएका अरु वादीहरूको रवैया आगामी दिनमा उनले सच्याएर लानु अस्वयंमभावी छ । त्यति मात्र होइन, अहिलेको विषम परिवेश र गुटबन्दीको चरम उत्कर्षमा हात लागेको पद सम्हाल्न धेरै ठाउँमा सम्झौता र समन्वयकारी भूमिका निर्वाह गरी सबै दलहरूलाई मिलाएर अघि बढ्नु ओली नेतृत्वको पदाधिकारीको काँधमा जिम्मेवारी आएको छ, अब उनले विगतका जस्तै सजिलै गोली जस्ता बोली प्रचण्डलाई होस् या प्रतिपक्षहरूलाई, लगाउन सजिलो उनलाई आगामी दिनमा अवश्य पनि सजिलो नहोाल । उखान टुक्का, पदावल िजोडेर होस् या भाषणमा लागेका बोल्ने खरो स्वभावलाई व्यवहारमा उतार्न सक्नु उनको त्यतिकै जिम्मेवार काँधमा आएको छ ।
उनको तत्कालको आवश्यकता भनेको पूर्वअध्यक्ष झलनाथ खनाल र प्रतिस्पर्धी नेता माधव नेपाललाई केन्द्रीय नेतृत्व तहमा समेटेर लैजानु पनि हो । नेताद्वय खनाल र नेपालले पनि आपसी कटुताका आधारमा होइन, नवनिर्वाचित अध्यक्ष ओलीलाई रचनात्मक सहयोग गरेर अगाडि बढ्नु नै सिङ्गो एमाले पार्टीलाई मात्र हैन, सम्पूर्ण वामपन्थी शक्तिलाई उर्जा मिल्नेछ । अहिले अध्यक्ष ओली सामु दोहोरो जिम्मेवारी बोध छ । एउटा एमाले संसदीय दलका नेताको रुपमा संसद र संविधानसभामा नेतृत्वदायी भूमिका खेल्नुपर्ने आवश्यक हुन्छ भने मुलुकको दोस्रो ठूलो दलको प्रमुखका हैसियतमा राष्ट्रिय राजनीतिमा पनि उत्तिकै भूमिका उनले खेल्न जरुरी छ । जे होस्, हामी सम्पूर्ण झापाबासी शुभेच्छुक तथा राजनीतिक नेतृत्वहरूले एउटा सबैभन्दा ठूलो खुसीयाली मान्नुपर्ने कुरा यो छ कि नेपालकै सबैभन्दा बढी कम्युनिष्टहरूको बाहुल्यता रहेको र २०२८ सालको झापा विद्रोहमा अमरत्व प्राप्त गर्ने अमर शहिदहरूको रगतले सिर्जिएको भूगोल भनेको नै झापाको उर्वर भूमि हो, त्यतिबेला सशस्त्र संघर्ष गरेर जीवनको कालखण्डमा १४ वर्षसम्म जेल जीवन बिताउने नेतामध्ये वहाँ पनि एक हो, जसले तत्कालीन तानाशाही राजतन्त्रको चिहान खन्न आफ्नो जीवनलाई बन्धक बनाएर अहोरात्र प्रजातन्त्त प्राप्तिका लागि झापाली जनताको लागि संघर्ष गरेर आज उनी एमाले पार्टीको वर्तमान अध्यक्षमा निर्वाचित भए । हामीले गर्व गर्नुपर्ने बेला आएको छ अहिले । किन कि महासचिव इश्वर पोखरेल लगायतका बहुमत पदाधिकारी झापाबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् र आगामी दिनमा कम्युनिष्ट पार्टीबीचको मोर्चाबन्दी गरेर अघि बढ्न सक्नुपर्दछ । सबै वामपन्थी शक्तिहरूबीच ध्रुवीकरण गरेर जनसंविधान निर्माणका लागि फुटेर, गुट–उपगुट सिर्जना गरेर वादपछिको जनवादको अपव्याख्या गरेर होइन, उनलाई अगाडि बढ्ने क्रममा सबै कार्यलाई प्रभावकारी ढङ्गले पूरा गर्दै लैजान आफ्नै पार्टीभित्र बिथोलिएको पद्धति सम्हालेर आन्तरिक व्यवस्थापन चुस्त राख्नलाई उनी सामु अहिले समग्र राजनीतिक जीवनकै सन्दर्भमा नेतृत्व क्षमता परीक्षणको सर्वाधिक परीक्षण खनालको विगतको नीति तथा नेतृत्वको लेखाजोखा भन्दा पनि आफ्नो यो संसयपूर्ण गतिरोधको अन्त्य गरेर सम्पूर्ण राजनीतिक शक्तिलाई गोलबद्ध अघि बढ्न सक्नु उनको काँधमा जिम्मेवारी आएको छ । सबलाई चेतना भया ।
omgautam817@gmail.com

ठगीका मेनपावरलाई कारवाही – सम्पादकीय

कमन देवान
स्वदेशमा रोजगारी नपाएपछि विदेशिने नेपाली युवाको बाध्यता नै भएको छ । स्वदेशमा नै काम र उचित पारिश्रमिक नपाएपछि बिदेसिनु आमयुवाको नियति नै भइसकेको छ । नेपालीका लागि वैदेशिक रोजगारी रहर नभई बाध्यता पनि हो ।  मलेसिया र अरबी मरुभूमिमा चर्को गर्मो तथा जोखिमपूर्ण कामका बाबजुत बर्सेनि करिब ४ लाख नेपाली रोजगारीको खोजीमा त्यसतर्फ पुग्ने गरेका छन् । नेपालको युवा जनशक्ति सस्तोमा श्रम बेचेर आफ्नो गुजारा गर्न विवस छन् । यस्तो हविकतका कारण नै सिर्जनशील उमेर ती देश निर्माणमा लगाइरहेका छन् । बिदेशिएका भरमा नेपाली अर्थतन्त्र चलेको छ । रेमिट्यान्सले मुलुकको अर्थतन्त्रलाई सहज बनाइरहे पनि यसको सामाजिक मूल्य अस्तब्यस्त बनाउदै लगेको छ ।
वैदेशिक रोजगारीमा जानेहरू समस्यामुक्त भने छैनन् । केहिदिन अघि मात्र दर्जनौ  मेनपावर एजेन्सीहरुले  अवैध रुपले रकम उठाइआएका विषय सार्वजनिक भएको छ । कतार र मलेशिया जस्ता देशहरुमा रोजगारको खोजीमा पुग्ने सयौ नेपालीहरु तोकिएको रकम भन्दा चर्को मूल्य तिरेर बाहिर जानु परेको खुल्न आएको छ । सरकारी निकायले त्यस्ता मेनपावर एजेन्सीहरु उपर कारवाही गर्ने सार्वजनिक रुपमा चेतावनी दिएका छन् । बैदेशिक रोजगार बिभागले सार्वजनिक गरेको उडान सहितको लागत रकम भन्दा ठुलो धनराशी खर्चेर विदेश लाग्नु पर्ने सृजना भएको विदीतै छ । धेरै मेनपावर कम्पन्नीहरुले बिभागले तोकेको रकम भन्दा चर्को तवरले रकम उठाउदै आएको घटनालाई न्यूनीकरण गर्न ध्यान जानुपर्छ । यदि अवैध ढंगले कामदारबाट तोकिएको रकम भन्दा बढी रकम संकलन गर्ने काम भेटिए त्यस्ता कम्पन्नी उपर कडा कारवाही गर्न नियमकारी निकाय जवाफदेही बन्नै पर्छ ।
 बिदेश पुग्नेहरू पूर्वसर्तबमोजिम काम नपाउँदा बीचैमा कम्पनी छाडेर भाग्ने प्रवृत्ति विदेशमा देखिएको अहिलेको मूल समस्या हो । यसले एउटा काम छाडेर पनि अर्के कम्पनीमा काम पाउन असजिलो छैन, तर यसो गर्दा उनीहरूको वैधानिक हैसियत कमजोर हुन्छ । एक त श्रम सम्झौतामा नै कम्पनी छाड्न नपाउने सर्त राखिएको हुन्छ भने अर्कातर्फ कामदारको पासपोर्ट पहिलेकै कम्पनीका मालिकको हातमा हुने भएकाले बिना राहदानी काम गर्नुपर्ने भएकाले प्रहरीसँग बच्न अनेकौं तिकडम गर्नुपर्छ । यस्ता समस्या झेलेर नेपाली श्रमिकहरु विदेशमा काम गर्न बाँध्य हुनुपरेको छ ।
आज नेपाली श्रमिक विश्व बजारमा छरिएका छन् । खाडी बाहेकका देशहरुको श्रमको अवस्था सुरक्षित र आर्कषक रहेको पाईएको छ ।