बालुवाटारमा माओवादीको क्षेत्रीय कार्यालय

दमक, माघ २९/ एकीकृत नेकपा माओवादीले झापा क्षेत्र नम्बर-७ को क्षेत्रीय कार्यालय तथा सहिद स्मारक बनाउन शुरु गरेको छ । दमक-१३ को बालुवाटारमा स्थानीय टोल विकास संस्थाले प्रदान गरेको २ कठ्ठा ऐलानी जग्गामा पार्टीले कार्यालय निर्माण थालेको हो ।
बालुवाटारमा भवन निर्माणको काम गर्दै मजदुरहरु । फोटा ः पिपुल्स टाइम्स

पार्टीका क्षेत्रीय कार्यालय सचिव अमर केसीले नेता कार्यकर्ताहरुलाई स्तर हेरी ५ सय रुपैयाँदेखि ५ हजार रुपैयाँसम्म सहयोग अनिवार्य गरी भवन निर्माण शुरु गरिएको जानकारी दिए । करिब २ करोड रुपैयाँको लागतमा १ वर्षभित्र निर्माण पूरा गर्ने गरी थालिएको सो भवन दुई तलाको रहने जनाइएको छ ।
भवन भित्रका कक्षहरु सहिदका नाममा नामाकरण गरिने बताइएको छ । त्यस्तै जनयुद्ध जनआन्दोलन र मधेस आन्दोलनका सहिदहरुको स्मारक समेत बनाइने माओवादीले जनाएको छ ।
भवन निर्माणका लागि गत तिहारमा पार्टीले साचालन गरेको देउसे भैलोबाट संकलित ११ लाख रुपैयाँ समेत खर्च हुने बताइएको छ । भवन निर्माणका लागि पार्टीका क्षेत्रीय इाचार्ज गगन पुरीको संयोजकत्वमा मूल समिति गोविन्द बस्नेतको संयोजकत्वमा आर्थिक उपसमिति भीमसेन अधिकारीको संयोजकत्वमा भौतिक व्यवस्थापन तथा खरिद उपसमिति कृष्ण गोलेको संयोजकत्वमा लेखा समिति अखिलेश्वर दासको संयोजकत्वमा अनुगमन समिति कि्रयाशील रहेको जनाइएको छ । गत पुष २५ गतेबाट निर्माण सुरु गरिएको भवनमा हालसम्म २० लाख रुपैयाँ बराबरको काम भइसकेको जनाइएको छ ।

0 प्रतिकृया:

Post a Comment